गलबन्दी (हास्यव्यङ्ग्य सङ्ग्रह)

Revision as of 13:16, 11 June 2024 by Nepalikitab8848 (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

Source: https://nepalikitab.org/bhairab-aryal-galbandi/

पुस्तक परिचय

भैदव अर्यील गलबन्दी


भूगिका

घ्याम्पे भुँडीको विपक्षमा जयगानको फलाको उरालेर र अल्छे शरीरमाबेस्मारी काउकुती लाएर भ्रैरव अर्यालले हास्यव्यङ्गयलेखकका रूपमा आफ्नोकीतिंपताका निक्कै रमाइलोसित पहिल्यै फरफराइसक्नुभएको थियौ । उनैरमाइला लेखन्ते फेरि सबै पाङ्दुरे मुखुन्डाहरूको आन्द्राभुँडी धुतेर सत्यलाईनड्ग्याउन र असत्यलाई उदाङ्गो पार्न सुरिनुभएको छ ।

यसरी नै उत्तरदायी कलाकारले सचेत रूपले समाजका मैलाहरूलाईउधिनेर देखाइदिन्छ र ती मैलाहरूलाई मिल्काउने सङ्केतले सुतेकाहरूलाईअगुल्टाले झैं 'झोस्तै बिउँफझाउँछ । लासवादी साहित्यको थुप्रोले निसास्सिएकोनेपाली वातावरण अर्यालजस्ता भित्तो पुन्याएर सत्यको पक्षमा कु्लन सक्नेथोरै मात्र साहित्यकार नभइदिए कहालीलाग्ने हुने थियो । उहाँ निर्धक्कभन्नुहुन्छ- “हो त नि यहाँ कसले के छोपेको छैन ? टेरिलिनको सूटलेदाउरिएको आङ छोपिन्छ, एक बट्टा पाउडरले चाउरिएको छाला छोपिन्छ,डिग्रीको साइनबोर्डले दिमुगको गोबर छोपिन्छ, मानको पगरीले बेइमानको :घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाको राल छोपिन्छ ।” हास्यलेखको मूल उद्देश्य हँसाउनु होइन । यसले हँसाउने आवरणभित्रजीवनका गृढतम रहस्यहरूको उद्घाटन गर्छ । यस दृष्टिकोणले हेर्दा अर्याललाईसफल हास्यकार मान्नुपर्छ । उहाँभन्दा अगाडिका लेखकहरूमा केही कृत्रिमताजवरजस्ती ठोकठाक पारेर हँसाउने मूल उद्देश्यको निम्ति मिलाइएको बोधहुन्थ्यो । अर्यालका लेखहरूमा भने अनुप्रासबाट उत्पन्त हाँसोसमेत स्वाभाविकप्रवृत्तिकै रूपमा प्रकट हुन्छ । यस स्वाभाविकताले गर्दा नै अर्याल आजसम्मकाहास्यलेखकहरूभन्दा बढी सफल, बढी प्रभावशाली र बढी जनप्रिय हुनपुग्नुभएको छ । अर्यालको शैली आकर्षक हन्छ । झरौ नेपाली भाषाका शब्दहरूलाई अत्यन्त उपयुक्त ठाउँमा उहाँ प्रयोग गर्नुहुन्छ । 'उडाउनु' सित एकछिनउड्दा' मा नेपाली क्रिया 'उडाउनु' का विभिन्न अर्थको व्याख्या गर्दै हास्यकोसाह्दै राम्रो भाषिक उदाहरण लेखकले दिनुभएको छ । वास्तबमा शब्दढुकटीकोज्ञानबाट वञ्चित हाम्रा बहुसङ्ख्यक लेखकहरूको बीचमा शब्दज्ञानले भूषितथोरै चम्किला नक्षत्रहरूमध्ये एक हुनुहुन्छ भैरव अर्याल । हुन त हास्यकोक्षेत्रमा अरूले पनि प्रवेश गरेका छन्‌ तापनि तिनको मूल उद्देश्य झर्राशब्दहरूलाई टर्रा प्रमाणित गर्ने रहेकाले अर्यालको जस्तो हास्यलाई व्यापकक्षेत्रमा साधारणीकरण गर्ने क्षमता तिनीहरूमा पाइन्न । ती हास्यमा जबरजस्तीहँसाउने जमर्को र तुच्छ व्यङ्ग्य हुन्छन्‌ तर अर्याल त्यस्तो व्यङ्ग॒यलाई मनपराउनुहुन्न । अर्यालको व्यङ्ग्य चित्तबुभदो, फराकिलो र स्थायी हुन्छ ।उदाहरणको लागि अर्यालको यस व्यङ्गञयलाई लिन सकिन्छ, “निरस्त्रीकरणकोप्रस्ताव एउटा गलबन्दी हो- आणविक गाँडको । शान्तिवार्ता एउटा गलबन्दीहो- करतुत र कुचक्रका गाँडको । यसरी सोच्तै ल्याउँदा क ठम्याउँछ- कमात्रै होइन, उसको समाजै गँडाहा छ, उसको युगै गँडयाहा छ । आफू चुत्थोमान्छे भएकोले साह्रै ठूलाको कल्पना गर्न सक्तैन र मात्रै, नत्र क यो पनिठान्दो हो- यो विश्व नै ब्रह्माण्ड नभई ब्रह्मगाँड होला । पृथिवी त्यसगाँडमाथिको खटिरा, अरू हुन सक्छ- मान्छेचाहिँ त्यस खटिराभित्रका कीरा ।” 'गलबन्दी' निबन्धले एकातिर तुलेगाँडोको विवशतालाई अघि तेर्स्याएरहामीलाई मरीमरी हँसाउँछ भने अर्कातिर दोष, कुरूपता र अयोग्यता लुकाएरगुण, रूप र योग्यताको पगरी गुत्ने फटाहाहरूको आन्द्राभुँडी केलाएर सत्यकोउद्घाटन व्यङ्ग्यात्मक रूपले गर्छु । 'टाउको' अथवा 'आलु' जस्ता मामुलीविषयहरूलाई लिएर पनि लेखकले एक प्रकारले हाम्रो स्वाँगे र पाखण्डीसमाजको चित्तबुभदो चित्र उपस्थित गर्नुभएको छ । 'मान्छे मोडेल १९६७' र'पच्चीसौँ शताब्दी अझ्गप्रत्यङ्गमा' ले वैज्ञानिक कलपुर्जाले हाम्रो जीवनमाल्याएका यान्त्रिकताको व्यङ्ग्यात्मक दृश्य देखाउँछन्‌ भने 'सातसूत्रीयसाहित्यदर्पण' ले हाम्रो साहित्यिक क्षेत्रका साइँदुवाहरूको राम्रो झाँको झारेकोछ। अर्यालका हास्यलेखहेरूलाई दुई तहमा हेर्न सकिन्छ । बाहिरी तहमाती हँसाउन लेखिएका हुन्‌ तर हँसाउने उद्देश्यबाहेक अर्को उद्देश्य लेखककोछ। यसको भित्री तहमा उहाँ सामाजिक अन्याय र शोषणलाई उदाङ्गोपार्नुहुन्छ । 'साँढे' शीर्षक निबन्ध बाहिरी तहमा साँढेसम्बन्धी हास्य मात्र हो तर भित्री तहमा यसले विश्वका मै हुँ भन्ने घमन्डीहरू, चाकरीवाला,मपाईंवादीहरू र बुद्धिहीन ढँटुवारेहरूका कार्यहरूलाई विश्लेषण गरेरमानवतावादको स्थापना गर्न खोजेको छ । 'चुरोट केही झिलिमिली संस्मरण'मा पनि दुई तह छन्‌ । मामुली चुरोटको तलतलबाट यस निबन्धले उँभोउठेर मानवका मानसिक कमजोरीहरूलाई साह्रै राम्ररी प्रकट गरेको छ।मान्छे अर्कालाई उडाउँछ अनि आफैँ उडेको चाहिँ पत्तो पाउँदैन र 'ए ज्याभुसुक्कै !" भन्दै आफ्ना कमजोरीहरूलाई लुकाउँछ । अर्यालले यिनै मानवकाविश्वव्यापी कमजोरीहरूलाई ढन्डेसो खुस्कुन्जेलको व्यङ्ग्य गर्नुभएको छ ।ज्ञे होस्‌, यो सँगालोले सिद्धहस्त हास्यव्यङ्गग्यकारको प्रशंसनीय प्रतिनिधित्वगर्दै हामी पाठकहरूलाई रसिला उपमाहरू, अनौठा तर सुन्दर भनाइहरू रसफल कलात्मकताको भोज प्रस्तुत गर्छ । हाम्रो समाजको यथार्थ र कलात्मकचित्रण नडराई गर्ने अर्याल यसरी हाम्रो हृदय जित्न सफल हुनुभएको छ ।हास्यव्यङ्गयको क्षेत्रमा कौवा प्रकाशतले गरेका सुनौला कार्यहरूमायस सङ्घलनले अवश्य नै केही सुगन्ध त थप्ने नै छ भनेर म फुरुङ्ग छु। जमल, काठमाडौँ तानासर्मा१५.४.१९६९, (प.सं. बाट)

नवौँ नवकीसिली

अर्यालज्यूले कविता नलेख्नुभएको होइन, दुई-चारओटा तक्मैझुन्डघाउनुभएको छ । लेख-निबन्ध नलेख्नुभएको होइन, त्यस्तै लेखेर जीवनघान्नुभएको छ । तर पनि मान्छे उहाँलाई बढी चिन्छन्‌- हास्यव्यङ्गझयकारकोनाताले । उहाँका हास्यव्यङ्ग्यहरूको सङ्घलन काउकुती र जय भुँडीले पाएकोलोकप्रियताकै लोभले हामी उहाँको यो तेस्रो सङ्ग्रह प्रस्तुत गर्दै छौँ- गलबन्दी ।फुकाएर हेरे यहाँ जीवन र जगतका अनेकौँ विसङ्गतिका गाँडहरू देखिन्छन्‌ रती गाँडमाथि आधुनिक युगले उमारेका पुत्लेपाङ्रै फोकाहरू देखिन्छन्‌ । योदेख्ता भैरवको हास्यव्यङ्गग्यबारे कृ्‌ष्णचन्द्रसिंहले भन्नुभएको कुरा मान्न करलाग्छ- "...राँकोको उज्यालोमा दसै अवतार पर्दामा टाँगिन्छन्‌, भैरवकोछुबाइमा नेपालीको आधुनिक जीवन व्यक्तिन्छ । पर्दा बोल्दैन, इतिहास लाटिन्छ,मूक जनता मन बहलाई आत्मसन्तोष गर्छन्‌; तर भैरवका व्यङ्ग्यले मथिङ्गलधुन्छ । सामाजिक विकृति र विरोधाभासहरू उपहास भई नाङ्गिन्छन्‌ । जीवनकोछन्दहीन व्यथाप्रति सहानुभूति व्यक्तिन्छ ।" हुन पनि अर्याल ग्रामीण वाअश्लील खालका ठट्टा गरेर बलात्कार हँसाउन खोज्नुहुन्न, न त कुनै व्यक्तिलाईगिज्याएर लेख्नुहुन्छ । इन्द्रबहादुर राईले उहाँको काउकुती छुँदै लेख्नुभएकोछ- "अर्यालको व्यङ्ग्य कसैलाई ताकेर होइन, केहीलाई ताकेर हुन्छ ।” चिन्तनशील कवि र युगअवस्था बुझेको पत्रकार भएर पनि होला,हास्यव्यङ्कग्यको परिवेशलाई अर्यालले सबैँ हिपटाइट र ठाडो टुपीमा मात्रैअलमल्याउनुभएन । गलबन्दीमा उहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय जीवनका विभिन्नपक्षमा ओढाइएका वाघबुट्टै गलवन्दीहरू फुकालेर चियाउन पुग्नुभएको छ ।अण्‌बम र अपोलो, मानवताको नारा र काला-गोराको जातिभेद, हैजा लागेकोबृढो र मुटुको परिवर्तनसम्म उहाँले कलमको सुइरो चलाउनुभएको छ।कवित्वले उहाँको शैली साजएको छ । व्यापकताले बौद्धिकता नअंगाली सुख पाएको छैन । त्यसैले सस्तो हाँसो खोज्नेहरूले यहाँ केही पाउन नसक्लान्‌, तरबुद्धिजीवीहरूले पक्कै रुचाउलान्‌ भन्ने हामीले आशा गरेका छौँ । यही आशामा दसतिर छरिएका निबन्धहरू बटुली यसलाई सङ्ग्रहकोरूप दिनु हामीले आवश्यक ठानेका छौँ । कौवा प्रकाशनको उद्देश्य नै नेपालीहास्यव्यङ्ग्यसाहित्यको सेवा गर्नु हो । मात्रा बढाउन होइन, स्तर बढाउन पनिप्रकाशनले धेरै क्रा गर्नु छ । यसभन्दा अघिका प्रकाशनलाई झैँ यसलाई पनिप्रेम गरिदिनुभए प्रकाशनको हौसला अझ बढ्नेछ । यसको सङ्गलन र प्रकाशनको निम्ति अनुमति दिनुहुने लेखकलाई,भूमिका लेखिदिनुहुने तानासर्मालाई र व्यङ्गयचित्रको निमित्त पारिवारिक मित्रटेकवीर मुखियालाई प्रकाशन धन्यवाद टक्रचाउँछ । यसमा सङ्ग्रह गरिएका टुक्राहरू पहिले प्रकाशित गर्ने रमश्षम, रूपरेखा,रचना, रत्नश्री, अर्पण, प्रतिबिम्ब, सगुन पत्रिकाहरूप्रति पनि प्रकाशन आभारप्रकट गर्दछ । आत्मदेव शर्माआज प्रोप्राइटर, कौवा प्रकाशनअसारको पन्ध ढुङ्घाअडडाबजार, काठमाडौँ । २०२६ (प.सं.बाट)

'उडाउनु' सित एकछिन उड्दा

एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूधउडाइदिएछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ भने एउटा बिनसित्तिकोकराले पनि एकछिन सित्तैँ अलमल्याइदिन्छ । न त्यो देश र बिरालामा कुनैसम्बन्ध छ, न भउपग्रह र दुधमा समानता । तर क्रियाचाहिँ दुइटैले एउटैगरे- उडाइदिए । भूउपग्रह उडाउन कैयौँको साधन र साधना लाग्यो, तरबिरालालाई द्ध उडाउन त साधनको नाममा एउटा चम्चा चाहियोसाधनाको नाममा केही चालचल । तर यी दुवै कामलाई उडाउनु नै भनिन्छभने उडाउने क्रियालाई महत्त्वपूर्ण भन्ने कि मामुली ? यो पनि एउटा प्रश्नहो । तर कस्तो केटाकेटी प्रश्न : यो ल एउटा भाषाको चमत्कार मात्र हो ।हाम्रो देशमा एउटा मान्छेका दसोटा सिद्धान्त भएकै हाम्रो भाषामा एक “ज्डाउनु' लित एकछिन उड्दा - १२७ शब्दका अनेक अर्थ हुन्छन्‌ । उदाहरणको लागि आफ्नो लभ परेको दिन आफ्नोनजिकको नातादारको जुठो परेको हुन्छ । जीवनको असङ्घति भनेको यही नयै ? त्यसैले बिरालाको दूधउडान र त्यस देशको भूउपग्रहको उडानमा पक्कपर्नुसट्वा अर्को कुनै महत्त्वपूर्ण समस्यामा विचार गर्नु राम्रो । मन अर्कोविचारणीय समस्या खोज्न थाल्छ, तर मगजको तन्तु हल्लाउँदै एउटालेप्वाक्क सुनाउन आउँछ- “रामबहादुरले त सीतादेवीलाई उडाएछ नि बुझिस्‌ !'रामबहादरले सीतादेवीलाई क्यारेभलमा राखेर ब्याङ्ककतिर उडाएको हो किपछ्यौरामा तानेर भण्डारकोठातिर कुदाएको हो- त्यो दुबिधामा अलमलिँदैनअलमलिई म साथीसित सोध्छु- “उडाएछ ? कसरी थाहा पाइस्‌ :” कथप्छ- “अहिले त्यहीँ रेस्टुराँमा सबै ठिटाहरू रामबहादुरलाई उडाउँदै थिए ।"अब भएन के : एकै दिनमा सुन्नुघरेका यी चार उडानका समाचारहरूबाटबुझेको सानो क्षितिजमा कौतूहलको चारचोसे विमान फन्का मारीमारीउड्न थाल्छ- अन्तरिक्ष जान संलग्न देशले भूउपग्रह उडायो । बिरालाले दूध उडायो । रामबहादुरले सीतादेवीलाई उडायो । ठिटाहरूले रामबहादुरलाई उडाए । उडाउनुको यसै फन्कोमा कान्छाले बेलुन उडाएको, ठाइँलाले चङ्गाउडाएको, काइँलाले गाँजा उडाएको, साहिँलाले परेवा उडाएको, माहिलालेतहबिल उडाएको, जेठाले सर्वस्व उडाएको सम्झना पनि फन्कामाथि फन्काथप्तै उड्न थाल्छन्‌ । अनि म फेरि छक्क पर्छु- कति बिचित्र क्रियाछयोउडाउनु ' तर छक्क पर्ने क्रा पो के रह्यो र : प्रकृतिले पक्षपात गरेर मान्छेलाईपखेटा दिएन । त्यसै झोकमा होला, उसले उड्नु र उडाउनुका अनेकौँक्रियाहरू सिक्न थाल्यो । उड्नुमा भन्दा उडाउनुमा आफ्नो पुरुषार्थ व्यक्त हुनेदेख्न थाल्यो । अझ भनूँ भने प्रकृतिले त उडाउनलाई प्वाँख र पखेटा नभईनहने गराएथ्यो, तर मान्छेले मान्छेलाई बिनापखेटा हावामा पनि उडाइदिनलाग्यो, हाहामा पनि उडाइदिन लाग्यो । त्यसैले एपोलो र सौयुजका उडानसफल भएकै ताका आफ्नो घ्याम्पोउडान असफल भएर मध्यटौँडखेलमाअरिनकाण्ड परे तापनि नेपालीहरूसमेत उडाउने काममा पछि परेका छैनन्‌ ।भनूँ भने उडाउने क्रियामा नेपालीहरू अरू दुई पाइला अगाडि नै छन्‌ भन्ने १२ ” थैरव अयलिका हास्यव्यङ्ग्य मेरो धारणा छ; किनभने प्रकृति प्वाँख र पखेटा खोजिरहोस्‌, विज्ञान अक्सिजनर नाइट्रोजन जोडिरहोस्‌, हामी कुरैक्रामा कैयौँ कुरा भुर्र उडाइदिन्छौं । हाम्रोभाषा स्वयं कति वैज्ञानिक छ भने उडाउने क्रियामै उसले सयौँ प्वांख रपखेटाहरू जोडिराखेको छ, त्यसैले कसैले चाहेमा यहाँ पच्चीस पैसामाजुँगादाह्री उडाउन सक्छ, सोह्रठाडीमा घरबारी उडाउन सक्छ; अलिकतिभेटीघाटीले एउटा गजबको ठेकदारी उडाउन सक्छ; एक-दुई जनाले धर्मछाडे एक-दुई हजारको धर्मभकारी उडाउन सकिन्छ । उडाउनुलाई यतिव्यापक र बहुउद्देश्यीय गराई आफ्ना ' कैयौँ क्रियाप्रतिक्रियासित सम्बद्ध राख्ननेपालीहरूले कम श्रम र समय खर्चेका छैनन्‌ । त्यसैले एउटा कागतकोघ्याम्पो उडाउन असफल हुँदैमा हामीले आफूलाई उडाउन नजान्ने भनीआत्मग्लानि लिनु पर्दैन । हावामा उडाउने प्रतियोगिता अमेरिका र रूसले गर्दैरह्न्‌, हाहामा उडाउने विज्ञानको लागि विश्वले नेपालबाट धेरै कुरा सिक्नबाँकी नै छ। मउडाउने काम गर्न वैज्ञानिकहरूलाई विमान र वेधशाला नभई हुँदैन,तर हाम्रा क्रषिमुनि मन्त्रैमन्त्रले पहाड उडाइदिन्थे रे, हाम्रा गुभाजूहरू तन्त्रमन्त्रलेहाड उडाइदिन्थे रे । त्यसैले मान्छे जाबालाई उडाउन विमान र बेधशालाकोके खाँचो ? आजको युगमा मन्त्रतन्त्रको खोजीनिती झन्‌ कल्ले गरिरहोस्‌ ?हो, कसैलाई मेचैसमेत उडाइदिनु छ भने यसो चुक्लीसुक्ली लगाइदिए भइहाल्यो,होइन; सामान्यलाई सामान्दै किसिमबाट उडाउनचाहिँ त दुई चुच्चाको एकजमघट भए जत्ति भने पनि पुग्छ । त्यसैले धारामा होस्‌ वा चौतारामा होस्‌;सडकको पेटीमा होस्‌ कि रेस्टुराँको कुर्सीमा होस्‌, हामी चुच्चैचुच्चा मिलाएरएउटा बिचित्र बेधशाला बनाउन सक्छौँ र धमाधम मान्छे उडाउन सक्छौँ ।उडाइने मान्छे भोजपुरमा होस्‌ कि भक्तपुरमा होस्‌, भोज खान लागेकोहोस्‌ कि भोकै मर्न आँटेको होस्‌, उसको उपस्थितिबिना नै उसलाई भुर्रउडाइदिन सक्नु हाम्रो उडानको अद्वितीय विशेषता हो । अर्को विशेषता के छभने जुन बेला तपाईं अर्कालाई उडाइरहनुभएको हुन्छ, त्यसै बेला तपाईंलाईअर्कोले उडाइरहेको हुन्छ । त्यसैले यो उडानमा जति आनन्द आउँछ, उडाउनेलेनै पाउँछ, उड्ने बिचराले कहाँकहाँ कसकसले कसरीकसरी आफूलाई उडाउँदैछन्‌ भन्ने कुराको सुइँको पाउँदैन । उडाउने कलामा अशिक्षित र गाउँलेहरूभन्दासभ्य र शिक्षितहरूले बढी सफलता पाउनु स्वाभाविकै हो, किनभने आजकोशिक्षा र सभ्यता नै गराइदिनुमा भन्दा उडाउनुमा बढी लहसिएको छ । त्यसैले 'उडाज्नु" लित एकछिन उड्दा “ १२९ तपाईं मलाई उडाउनुहुन्छ, म तपाईंलाई उडाउँछु । हामी दुबै जनाको भेटभए फलानालाई उडाउँछौँ । उड्नु र उडाउनुको यस अभियानमा घरकोतरकारी समस्यादेखि अफिसको सरकारी फाइलसम्म न केहीको पीर, नकसैको परवाह ! अरूलाई उडाउँदा पाइने एउटा गुलियो रसमा रसना रसाउँदैएकैछिन हल्ल हाँस्न पाइन्छ; आफ्नो अहंमा एक थप्की लगाउँदै बाँच्नुको मजाचाख्न पाइन्छ । यो त भयो अनुपस्थितिमा उडाउने कुरा । कोही मान्छे अघिल्तिरैउपस्थित छ र उसलाई उडाउनु छ भने थाल्नोस्‌ तपाईं उसको तारिफ गर्न ।उसको टोपीको टुप्पो सगरमाथाको जस्तो छ कि गौरीशङ्गरको जस्तो छ ?त्यसको बयानबाट सुरु गरी अन्त्यमा भनिदिनुहोस्‌- “चाहेको भए तपाईँउहिल्यै केके भइसक्नुहुन्थ्यो !” यो दिव्य वचन सुन्नासाथ क आफ्नो भित्र-बाहिर हेर्दै नहेरी अहंका पखेटा फटफटाउन थाल्छ र एकैछिनमा भारहीन,भएर स्वयं उड्न थाल्छ- “प्रधानमन्त्रीसम्म पाएको भए सोच्नुहुन्थ्यो, मन्त्रीजाबो को भइरहोस्‌ !" तपाईं थपिदिनुहोस्‌- “यहाँजस्तो योग्य व्यक्तिले मन्त्रीमात्र हुनु त नसुहाउने नै कुरा हो !” अनि क झन्‌ अकासिन्छ र आफूबाहेकसबैलाई लम्फूलम्फू देख्न थाल्छ । तर आफूलाई कति हाइलम्फू ठानेरउडाउँदछन्‌, बिचराले पत्तै पाउँदैन । उडाउने योचाहिँ कलामा उडनेलेआत्मतृप्तिको महँगो मेवा पाउँछ, उडाउनेले मनोरञ्जनको सितनस्वरूप सकेदुई घुट्को जाँडै पाउला नसके एक तुर्को चिया कतै नजा ! त्यसैले, मर्सिडिज कारले कसैका आँखासम्म धूलो उडाओस्‌ बा शिक्षितबेकारले एक थाल भातबाट दुई थाल भझिँगा उडाओस्‌- उडाउनु भनेकोवास्तवमा उडाउनु नै हो । यी सबै हेरिल्याएको खण्डमा बीसौँ शताब्दीउडाउने युग हो । राकेट उडाउनेदेखि पाकेट उडाउने कलासम्ममा आजजति प्रगति भएको छ, त्यति पहिले कहिल्यै थिएन । हिरोशिमा उडाउनेदेखिलिएर साँधसीमा उडाउनेसम्मका सयौँ उडान पृथिवीमा भएका छन्‌ भनेचन्द्रदेखि मङ्गलसम्मका कैयौँ उडान अन्तरिक्षमा भएका छन्‌ । तर मलाईसोध्नुहुन्छ भनेचाहिँ, आधुनिक उडानको इतिहास हनुमान्देखि सुरु हुन्छ ।हनुमानूले द्रोणाचल उडाए भने उनका वंशज वानरहरूले पशुपतिको पूजासामाउडाउनुमा के आश्चर्य; वानरले देवताको पूजासामा उडाउँछ भने वानरबाटविकसित नरले पृथिवी नै उडाउनुमा के दोष ? रमभझमबाट १३० ४ भैरव अर्यालका हास्यव्यङ्ग्य

चुरोट : केही झिलिमिली संस्मरण

एकातिर बैँसदार मायालुको ओठ, अर्कोतिर गैँडामार एक कित्ता नोट,माझमा एक बट्टा मोटरमार चुरोट- यी तीनै थोक अहिले अगाडि परे भनेपहिले म कुनचाहिँ टिपुँला ? निद्वाविहीन एक रात बाह्र-एक बजेतिर मेरोदेमागमा एउटा प्रश्न गुजुल्टयो । निकैबेर भ्यालको डँडाल्तीमा ट्वालट्वालती'रेर तरङ्गिएपछि एक्लै खिसिक्क ओठ फुस्क्यो- कहाँ पालिसदार हीरा, कहाँफुसिलकीरा ! जाबो दुईपैसे चुरोटको पनि कहीँ बैँसदार ओठ र गैँडामारपोटसँग तुलना हुन सक्छ ? धत्‌, बहुला कहाँको ! मैले आफैँलाई हप्काएँ, तर(प्काउँदाहप्काउँदै मानौँ नाइटैदेखि तुलबुलीको एउटा कस्तो मुस्लो उठ्योपने बसेको ठाउँमा बस्नै नसकी जुरुक्क उठेँ, भननन्न एक पटक कोठामापौँतारिएँ । झुन्डिएजति कोट, पैन्ट, कमिज, बुससर्ट सबका खल्तीखल्ती छामेँ,गउटा टफी कताबाट अडकेको रहेछ क्वाप्प मुखमा हालेर मर्मरी चपाएँ ।पैपनि तुलबुलीको रन्को छुटेन । अनि दराज, तखता, खोपा, मेच, बाकस,म्याल, ढोका सबका अन्तरकुन्तरतिर हात घुसारँ अस्ति नै हरायो भनेकोएउटा काँगियो पाइयो, ककसले खसालेर नभेट्टाएका दुई-तीनओटा दुईपैसे,बारपैसे र पाँचपैसे ढ्याक भेटिए । टेबुल र खाट सारेर मुन्तिरका घुरानहलाएं- एउटा भाँच्चिएको होल्डर, दुई-चारओटा गोरखापत्र, समीक्षा र नयाँ[माजका पत्र, साँचो हराएको एउटा ताल्चा, दुइटा बेजोडा मोजा, एउटा"लो रिबन यस्तैयस्तै अर्थ न बर्थका सत्र थोक फेला परे, तर खोजेको जे होपोचाहिँ हात लागेन । हैरान भएर एक गिलास पानी तन्न पिइदिएँ र तन्द्रङ्गल्टएँ त्यही भताभुङ्ग ओछचानमाथि । प्रश्न फेरि दोहोरियो- हँ, अहिले मलाईचाहिएको त : सुर्केस खोलेँ भने एउटा गैँडामार नोट कसो ननिस्केला, जेए पनि महिनाको पहिलै साताको जागिरदार॒ पो त ! बैँसदार मायालुकै कुरार भने कमसेकम आफ्नी पमनिन्ट त तुरुन्तै एभैलेबुल । यी दुई थोक पाएर चरोट : केही क्रिलिमिली संह्मरण १३१ पनि यो तलबली किन, यो छटपटी किन ? किन भनूँ ः दानापानीको, सेक्सपानीकोअहपानीको प्यासभन्दा बेग्लै (:) त्यस बेला मलाई सताएको थियो अर्कै प्यासले, माने- एक सर्को चुरोटको प्यासले । त्यसकारण ओठ न नोट, म घधुइँधुइँती खोज्दै थिएँ चुरोटको एउटा ठुटै भए पनि कतै अलमलिएको छ कि भनेर । प्रत्येक वर्षझैँ- त्यो वर्ष पनि वैशाख १ गतेदेखि चुरोट छाड्ने माघ १पातेदेखिकै सङ्कल्प थियो । चुरोट खान छाडनु आवश्यक मात्र होइन, मेरोनिम्ति अनिवार्य पनि थियो । यो अनिवार्यता मैले नबुझेको होइन, बुभ्दाबुभ्दा-बुझ्दा कति बुझिसकेको थिएँ भने प्रत्येक चुरोट सल्काउँदा यही नै अन्तिमहो भनी आफ्नो तालिमी मनले सङ्कल्प पढिसक्थ्यो । तर तलतलै न हो, मेरासङ्कल्प सारालाई तलतलै पुन्याएर आफू तेलझैँ मास्तिर तहरिहाल्थ्यो । अनिपैतै आज एक दिनलाई भैगो, भोलिदेखि खाए के ?' म दृढतासाथ सङ्कल्पदोहोस्याउँथेँ । यसै गरी आज एक दिनबाट यो एक महिना, यो एक महिनाबाटयो बाँकी वर्ष हुँदाहुँदै चुरोट छौड्नलाई नयाँ वर्षको प्रारम्भ पर्खने लुत्रे र झुत्रेतालले कहिल्यै छाडेन । सइल्पशक्तिको यो हीनता जिन्दगीकै क्षीणता हो भनीम नबुभ्ने त होइन, तर बुभदैमा त्यो दह्ढो भइहाल्ने पनि त होइन । चुरोट रक्यान्सरका सम्बन्धमा कति चर्चा सुनिए, पर्चा पढिए, तैपनि चुरोट छोड्नसकिँदैन । आजित भएर २०१९ साल चैत मसान्तको दिन बेलुका मैले आफ्नोलाइटर फोरफार पारी फ्याँकिदिएँ, आस्ट्रै किचकाच पारी मिल्काइदिएँ, बाँकीबचेका दुई-चार खिलीसहित बट्टा च्यातचुत पारी आफल्दिएँ । "ए, लाइटर तनफालौँ” भनी बराबर सलाई नपाएर भोगेका कतिपय सङ्टको- सम्झना उनीदिँदै थिइन्‌, तर मैले भीष्मको आवाजमा सगर्व उडाइदिएँ- “अब पनि मैलेचुरोट खाला भन्ने ठानेको कि?” १ गतेदेखि नखाएको ४ गते बेलुका यो दसा ! मलाई आफ्नो कमजोरीदेखिरिस, घृणा, ग्लानि सबथोक उठे, तर सबैभन्दा अग्लो भएर उठ्यो फेरि उहीतलतल । हो, म साँच्चै तलतलाएँ, तर उपाय केही थिएन, गाउँको घरभएकोले पसल नजिक थिएन, आधा रातमा आधा कोस पर कसलाई उठाउनजाने ? बरु काकाकहाँ माग्न पठाकँ- एउटा मसिनो आशा उदायो । तर यतिजाबो क्रामा पनि आफ्नो दृढ प्रतिज्ञा अहिल्यै उनको अगाडि कसरी भन्गगर्ने ? मेरो पौरुष अनकनायो । अम्बलले न पौरुष भन्छ, न प्रेस्टिज ! तत्कालै एउटा घटनाको सम्झनाआयो । एकताका पोखराको एउटा गाउँले स्कूलमा म शिक्षक थिएँ । एक दिन १३२ ८ भैँरव अर्यालका हास्यव्यङ्ग्य यसै गरी चुरोट खान पाइएन । दिनभर पुग्ला भनियो, बेलुका त ठन्डाराम !भोलिपल्ट तलतलले सबेरै तल ओरालिहाल्यो । आँगनमा आफू बसेको घरकोहली हल्लँदै रहेछ । आफ्नो मास्टरी प्रेस्टिजलाई दाह्वाले सकेसम्म थिचेर त्यहीग्वाङ्ग्रौ खालको हलीसित मैले दीन पुकार गरेँ- "रामेदाइ, तिमीसित एउटाचुरोट छैन :" रामेले अर्साजलो मानेर भन्यो- “चुरोट बनाउँदै छु मास्टरसाहेब !”नभन्दै क बेलौती (अम्बा) का सुकेका पात टिपेर माड्दै रहेछ । म केटाकेटीहरूलाईपसल पठाउने धुनमा थिएँ, रामेले भुसा ल्याएर टक्रघायो । बूढी औँलाजत्रोकलात्मक चिलिममा अम्बाको पात माडेको धूलो हालेर निकालेको धूवाँ- नतमाखु, न कक्कड साँच्चै भुसाहा नै थियो त्यो ! “तानूँ त ?" मैले लजाउँदै सोधेँ ।“यति सात्तो चिलिम उचाल्न सक्नुहुन्न र तान्नै पन्यो, तान्नलाई डोरी पनिचाहिन्छ कि ?” रामे हल्ल हाँस्यो, मैले सुइँसुइँ भुसाहा तानेँ । भयालबाटकेटाकेटीले गिज्याए- “जात फाल्नु गहता' झोलमा !” तर के लाग्छ, म्याकक्याकगरेर पनि तलतलले मूतको न्यानो तापिछाडचो । त्यसरी त लाज पचाइयो भनेउनलाई उठाएर काकाकहाँ चुरोट माग्न पठाउन के गाह्रो ! तर काका पनि तचुरोटपीडित रहेछन्‌ भने ? फेरि अर्को सम्झना आयो । एक दिन केटाकेटीमै काका (बलराम अर्याल) र म पढेर घर फर्कंदैथियौं । तलबी हुँदा त तीन दिन भरी भए तेह्र दिन पन्चट रहने आफ्नो खल्तीकोकुलाङ्गार बानी, त्यस बेला बिलकुल ढाक्रे बिद्यार्थी । एकातिर बाबुबाजेकोअघिल्तिर चुरोट नखाने हामी आदर्श छोरा, अर्कातिर एकान्तमा ठुटा बेरेर भएपनि मुख नधुवाँई नहुने हामी अम्बली मोरा ! अनि पैसा पनि सधैँ कहाँबाटपुगोस्‌, दुवै जना हरिकङ्गाल । टङ्गाल हुँदै कमलपोखरीबाट गौशालातिरको सडकमालुखुरलुखुर हिँड्दै थियौँ । हुन त भोकले पनि कम सताएको थिएन, तर भोकभन्दामापाको थियो उही तलतल ! रातो पुलनिर पुगेपछि तिनताकाका पुड्कापुड्काहाम्रा काकाले मायालाग्दो गरी प्वाक्क भन्नुभयो- “बाटामा राम्रोसित हेर्दै हिँड्‌है, त्यतिका पशुपतिभक्तहरू हिँड्दा यो सडकमा एउटा दुईपैसे ढ्याक कसौनपाइएला !” यो ठट्टा भइदिएको भए वरु त्यति हाँसो उठतैनथ्यो तर कुरो थियोमर्मान्तकै ! अहिले पनि त्यो बाटो हिँड्दा बुक वन र बिगिनसँं ट्रान्स्लेसनकाकिताप च्यापेर बाटामा ढ्थाक पाइन्छ कि भन्दै हिँडेका पैसाविहीन काका-भ्रतिजाका तलतलग्रस्त तुलबुले मुद्रा झलझली सम्झन्छु । चुरोट नपाउँदाका, सलाई नजुट्दाका, बाआमाले थाहा पाउलान्‌ भन्नेडरले लुक्ता-लुकाउँदाका चाखलाग्दा काण्ड कति छन्‌ कति- घरतिर, च्रोट : केही क्िलिमिली सत्मरण 233 छात्रावासतिर, स्कूलकलेजतिर, अडडाअफिसतिर अनि सबैतिर । जतिसुकै प्रेस्टिजर नैतिकता राख्नुपर्ने मान्छे छ भने पनि चुरोटमा उसको केही लाग्दैन ।कहिलेकाहीँ चिन्दै नचिनेका मान्छेसित्त पनि एकोटा अप्ठ्यारो जनाउँदै चुरोटमागिएको छ, चुरोट नभएको बेलामा चिनेको मान्छे भेट भयो भने त 'केखोज्छस्‌ काना आँखा' भइहाल्छ । माग्नै किन पच्यो र ! आफ्नो रित्तो खल्तीछामछुम पान्यो, चुरोट खाने मित्र रहेछ भने यसले चुरोट खोज्यो भनीबुझिहाल्छ । यो त मामुली नै भयो, सुटुक्क भनिदिउँ भने कहिलेकाहीं मैलेबाबुको खल्तीबाट चुरोट चोरेको पनि छु, काहलेकाहीं मेरो चुरोट चोरिएकोपनि छ। यस्तै कुराहरू सोचेर आत्मग्लानि मेट्तै मैले उनलाई उठाएँ र भनेँ-“म त चुरोट छोड्न नसक्ने भएँ बा ! के गर्ने ?” आफूले गरेको भविष्यवाणीसत्य निस्कँदा उनी गर्वले गजक्क फुलेर नाक नेप्ट्याउन थालिन्‌- “मैलेसक्नुहुन्न भनेकै थिएँ, अब यस बेला के गर्ने तमाखु खाने ?" प्रस्ताव तगजबै हो, तर मध्यरातमा द्वार्रटवार्र हुक्का बजेको सुन्दा ख्याक आयो भनेरभाइबहिनीहरू कतै नभस्कून्‌, त्यो पनि छोडिदिऔँ, बाले सुन्नुभयो भने,'चुरोटसुरोट खाँदैन भनेको छोरो त आधा रातमा हुक्का पो टुर्टुराउँदो रहेछए !' त्यसौ भए पानोसानी मिल्काएर स्वाइँस्वाइँ तान्ने त ! कुरो योचाहिँलम्बरी ! अगेनो तलै भएकोले त्यो अकबरी तलतल मार्न तलै ओर्लिएर तमाखुहालियो । पानी रित्तिएको हुक्कामा नली नहाली स्वाइँस्वाइँ-स्वाइँस्वाइँ एकनासशौषले झैँ तानेर मैले तमाखु सिद्धचाउनै आँटेको थिएँ, आमाले आफ्नै कोठाबाटबोलाइदिनुभयो- “बाबु !” तलैबाट आवाज दिउँ, यस बेला तल किन :'हजुर' अन्नको लागि कोठामा पुगूँ, त्यति छिटो बिरालाचालले कसरी भन्याङउक्लने ? आफूलाई फेरि रिङटा लागेर छुट्टी ! तर छौराबुहारी कसैबाट आवाजनगएकोले उहाँले फेरि दोहोच्याउनुभएन र मात्रै, नत्र प्रतिज्ञा तोडेको अपराधकोफल तुरुन्तै फलेजस्तो हुन्थ्यो आफूलाई । चुरोट त खादैखान्नँ भन्दाभन्दै तमाखु र बिँडी दुई थोक नयाँ अम्मलसमातिए । घरमा तमाखु, बाहिर बिँडी, कति सजिलो '! तैपनि चुरोट नै चाहिँनखाएकोले जे भए पनि गर्वै थियो । तर एक साँझ सिनेमाको मध्यान्तरमारोचकले झसङ्ग पार्दै भने- “ए चुरोट छाडेको होइन के ?" नभन्दै म तमजासित गोल्डफ्लेक उडाउंदै पो रहेछु । रमेश विकलले कन बेला चुरोटदिएछन्‌, आफूले सुइँम्याइएछ, कस्तो मजा बेहोसी ! १३४ / भैरब अर्यालका हात्यब्यड्रय आफू चुरोट नखाने मान्छे, त्यसै पनि हामीले खाएको मन पराउँदैनन्‌,झन्‌ म त छाड्नै पर्ने र छोडिसकेको मान्छे, त्यसैले कति दिन अरूको अगाडिमैले चुरोट, बिँडी केही पनि खाँदै खाइनँ । एक दिन राति म एक जनासाथीकहाँ थिएँ, मलाई आफ्नो कोठा छोडेर उनी अर्कै घरतिर गइसकेपछि मैलेलुसुक्क चुरोट सल्काउन खोजेको, सलाई पाइनँ । ताल्चा नमारेका ठाउँजतिसबैतिर खानतलासी गर्दा पनि एक छेस्को सलाई पाइएन । आखिर कताकताबाटखाटमुनि एउटा थोत्रो हिटर फेला पार्न पुगेँ म । तार तानतुन पारी टुपिनजोडेको मात्र के थिएँ- बिजुली, भ्याप्पै । अब भएन के : चन्द्रावतीले भातखान लागेको जस्तो पो भयो आफूलाई । चुरोट खाने चाँजो मिल्दै मिलेन ।तिनताका मेरो डेरा थियो बाङ्गेमोहडानिर, बाङ्गेमोहडानिर डेरा भए पनि म तमान्छे सोझै थिएँ । भोलिपल्ट बेलुकी नौ-दस बजेतिर अफिसको काम रहोटलको माम सकी कोठामा पस्ता त आस्ट्रे, लाइटरसहित एक बट्टा क्याप्टेनसिरानमा सजिइराखेको ! छक्कै परेर सूचना पढेँ- “हिजो सलाई नपाएरजिल्लिएको बुझिएकोले सबधोक हाजिर छ, भोलि सबेरै एउटा हास्यव्यङ्ग्य-लेख प्रेसमा हाजिर गराउनू !” यो थियो रचनाका लहडकान्त सम्पादकज्यूकोआदेश । हुन त महाकवि देवकोटाको चुरोटखुवाइ सम्झँदा हाम्रो चुरोटखुवाइकै हो र, प्रशस्त खाएको दिन सालाखाला दुई बट्टा खाइएला, त्यसमा पनि मत सिंहमारदेखि बिरालोमारसम्म जे पनि सरासर चल्ने क्लासविहीन भलादमी ।तैपनि बढ्दै थियो- आफ्नो स्थिति हेरी । त्यसैले छोड्नै नसके पनि घटाउनेप्रयत्तमा मैले बट्टाको सट्टा खुद्रा खरिदको नीति लिएँ । तर आफूले नलिँदैमाखान घदछ भन्ने आशा पनि बेकार ! बरु आफूले चुरोट तानिरहेको बखतमान्नुपर्ने मान्छेले 'खोइ, एउटा यता पनि' भनिदिए भने उल्टो आफैँले हिन्नेत्याइँअनुभव गर्नुपर्छ । कवि सिद्धिचरणज्यू र रामराजज्यूसित कसोकसो प्राय: यस्तैपरेको छ धेरै पटक । आफूलाई खान छ, अरूले माग्दा छैन, छैन, चुरोट पनिछैन, सलाई पनि छैन साथमा, कहिल्यै पनि । चुरोट छोड्नै सकेको पनि होइनकहिल्यै पनि- कस्तो दरिद्र चाल ! त्यसैले एक दिन मैले अरू विभिन्न प्रतिज्ञाहरूको साथ “चुरोट खानुरमान्छे पोलेको धूवाँ खानु बराबर' हो भनी किरिया खाएर कागत लेखेँ, सहीगरेँ, हुक्काले अलमल्याउला भनी त्यो पनि फोरिदिएँ र सन्त भएर ती दिनगाबैँमा काटैँ तर पनि कही लागैन । मैले तीन-चार वर्ष मासु छोडेँ, कति दिन चुरोट : केही फ्रिलिमिली संस्मरण - १३४ नुन छाडेँ, कति लामालामा अवधिसम्म आफ्ना अति प्रिय वस्तु र प्रियतमहरूछाडेँ, तर एक साता पनि धूम्रपानलाई बिलकलै छाडन सक्निँ । मेरी यो चुरोटेसमस्यामा सबै साथीको सहानुभूति उब्जन्छ र अफिसमा एकछिन चुपोलागेको देख्ता हाम्रा केदारज्यू सोध्छन्‌- "दाजुको ट्वान्जिस्टरलाई ब्याटीचाहिएको जस्तो छ नि !” हो, निकोटिनको क्यान्सर हुन्छ, तर सेलाएका बखतस्तायविक तारहरू तताउन निकोटिनको निकै आवश्यकता पर्दो रहेछ क्यारेहामीलाई । साँच्ची नै शिथिलतामा सुर्तीले ग्लुकोजको काम दिई फुर्ती निकालिदिन्छभने सुर्तीका क्षणको सबभन्दा ठूलो सङ्गाती पनि सूर्तीको धूवाँसिवाय कही:छैन । यी दुवै कुरा मैले आफ्नो एक महिनाजतिको दिल्लीप्रवासको बखतराम्चैसित अनुभव गरेको छु । त्यहाँ पनि मैले चुरोट छोडेँ, पपाँच मिनेटमाएउटाएउटा ट्याप लगाएको बात नलागोस्‌ नत्र बाबुराम पौड्याल साक्षी छन्‌,मैले प्रत्येक दिन चुरोट छोडेँ, प्रत्येक रात चुरोट छोडेँ । त्यसै बेलादेखिमार्कटिवनको यो भनाइ साह्टै घतलाग्दो गरी म सम्झन्छु- “चुरोट छोड्नुकुनै गाह्रो काम होइन, मैले एक सातामा कैयौं पटक चुरोट छोडिसकेँ(उसैको वाक्य आएन) ।" त, व्यापारीले बातैपिच्छे धरोधर्म भन्नु र मैले सासैपिच्छै चुरोट खान्नभन्नु एकै भयो । तैपनि जमुनाको किनारमा बसेर अर्की सङ्ल्प गरेँ- अबगङ्गाजीको किनारमा उभिएर पानी छुँदै किरिया हालौँला । तर बनारस पुगेपछिभेटनेबित्तिकै चारमिनारका बढ्ठा तेर्स्याउँदै शिव भट्टराईज्यूले भने- “विश्वनाथबाबाको नगरमा सके गाँजाकै चिलिमले स्वागत गर्नुपर्थ्यौ !” म पनि पशुपतिनाथबाबाकै प्रजा हुँ नि ! चारमितारको कहिरीमण्डलमा हाम्रो ठट्टाध्याय सुरुभइहाल्यो । कहाँको चुरोट छोडने ? व्यावहारिकता र सांसारिकतादेखि नैवाक्क भएर घरबार राजीनामा गर्ने त्यागी, महात्यागीले त चुरोट छाडन्‌कोसट्टा गाँजासमेत उडाउन थाल्छन्‌ भने मैले चुरोट किन छाडने ! स्वास्थ्यकोनिम्ति भनुँ भने अब चुरोट छोडेर स्वास्थ्य सुधार्छु भन्नू बूढी बेश्याले आर्यघाटनुहाएर जीबन पचित्र पार्छु भनेजस्तै त हो नि ! यस्ता क्रा सोच्तासोच्तै पनिकाठमाडौं पुगेर चुरोट छाड्ने धोको ठ्याम्मै बिसाएको त थिइनँ । तर शृभसाइतमाचाहिँ कहिल्यै परेको होइन । चुरोट छाड्ने अर्को प्रयास मैले पोहोर रावर्लापण्डीमा पनि गरेँ । त्यसबेला साथी हनुहुन्थ्यो- रूपरेखाका सम्पादक बालमुकुन्ददेव पाण्डे र १३६ भैरब अर्यालका हास्यव्यङ्ग्य मदरल्याण्डका सम्पादक मणीन्द्रज्यू । काठमाडौँ-त्रिशूली सडकजस्तै ।ठीकउस्तै र उत्रै) एउटा पहाडी यात्रामा उहाँहरूले मलाई धेरै सम्झाउनुभयो, तरमैले पो चुरोट छाडनुपर्छ भन्ने करो बिर्सेको कहाँ थिएँ र मोटरैबाट चुरोटकोवट्टा मिल्काएर भनेँ- “लौ त लौ, म चुरोट खान्नँ ।" तर साँझ एउटा पार्टीमाभने उनीहरूको आँखा छलेर पनि चुरोट तानिछाडेँ । म कहिलेकाहीँ त्यसै पनि व्रत वसिदिन्छु । साथीहरू भन्छन्‌- खानापत्ति छाड्न सक्छ कस्तो मान्छे यो ! फेरि जब चुरोट सल्काउन थाल्छु उनीहरूदोहोच्याउँछन्‌- जाबो चुरोट पनि छाड्न सक्तैन कस्तो मान्छे यो ! अब मयस्तै मान्छे ! के गर्ने ? चुरोट त म खान्न भन्दै छु, तर चुरोटले चोरेर भएपनि मलाई खाइहाल्छ । हो, सत्य भन्छु- मलाई चुरोटदेखि डर लाग्छ, घुणालाग्छ तर म आत्मसमर्पित हुँदै आएको छु- यही छुसी चुरोटसँग । यो क्रमकतिसम्म चल्ने हो, म हजुरले कति पटक चुरोट छाड्ने हुँ त्यो त भन्नसक्तिनँ, तर फेरि नयाँ वर्ष लाग्दै छ, म चुरोट छोड्दै छु- योचाहिँ पक्का हो । रूपरेखाबाट बुरोट : केही क्षिलिसिली संस्मरण ” 19७

टाउको

“पृथिवी गोल छ" -म चिच्च्याउँछु । कस्तो गोल गुरु ?” -विद्यार्थीले स्पष्टीकरण माग्छ । “पृथिवी भोगटेजस्तो गोल छ” -म बुझाउँछ । “कस्तो गोल रे गुरु ?” -विद्यार्थी बुझ पचाउँछ । म रिसले तिलमिलाउँछु । मभित्रको गुरुत्व कक्षा चर्काएँर टेबुलमा बजारिन पुग्छ- “पृथिवी तेरो टाउकोजस्तो छ !" विद्यार्थीको मुखमा बडे बुझो लाग्छ । तर टेबुलमा रन्धनिएको मेरोहात आफ्नै टाउको छाम्न पुग्छ, टोपीको सिउनीले कुन्नि कसको एउटा पङ्क्तिसम्झाइदिन्छ- १३६ ” बैरब अर्यालका डास्यव्यङ्ग्य “यो टाउको होइन, टोपीको स्टयान्ड पो हो त !” नभन्दै यो त टोपीको स्ट्यान्ड हो; हिजो मात्रै किनेको सक्कली ढाकाकोटोपी मैले यही स्टान्डमा राखेको छु । (कसैको निम्ति यो टोपको स्टचान्डहोला, कसैको निम्ति फेटाको, कसैको निम्ति फ्रेसक्यापको स्ट्यान्ड होला,कसैको निम्ति पगरीको । तर मेरो टाउको टोपीको स्टयान्ड हो) । टोपी,सभ्यताको पताका, संरक्षणको गुटिका अनि व्यक्तित्वको झन्डा हो । त्यसैलेयो राख्ने एउटा गतिलो स्टयान्ड चाहिन्छ । मेरो टोपीको स्ट्यान्ड पृधिबीजस्तैगोल छ। छाम्दाछाम्दै शड्डा उठ्छ- त्यसो भए मेरो टाउको खोइ त ? साँच्चीटाउको खोइ त ? विद्यार्थीहरू डराएर मेरो मुखाकृतिमा टुलुटुलु हेरिरहन्छन्‌-मानौँ उनीहरूको कृतृहल यही छ- पृथिबी टाउकोजस्तो हुन्छ, तर टाउकोभनेको कस्तो हुन्छ ? म आफैँ अलमलिन्छु- टाउको भनेको कस्तो हुन्छ? मपढेको मास्टर, नपढेको करा जान्दिनँ । नपढेको कुरा बुझ्न गिदी चाहिन्छ,गिदी । गिदी भनेको टाउकाको गुदी हो, लिपि घोटेर लेपेको लेप होइन । तरमसँग गिदी छैन, त्यसैले टाउकाको ग्रर्थ पर छैन । यो अर्थबिनाको अस्तित्व... । हं, न, होइ: टाउका पं किन छैन ; शरीरको माथिबाट ठडिएररहने यसको अर्थ हो; त्यसैले सुत्ता पनि यसलाई तकियाको अग्लो स्टयान्डचाहिन्छ । अर्थात्‌ ठडिएर रहनुमा टाउको सार्थक हुन्छ । तर मजस्तो एउटासाधारण शिक्षकको टाउकाले कहाँ पाउँछ सधैँ ठडिरहन ? नौ सय नमस्तेमानिहरनुपर्छ; हजारौं हस्‌मा लच्कनुपर्छ । बलभद्र र अमरसिंहजस्ता मेरा कैयौँबाजे-बराज्यूले बरु टाउको दिए, तर टाउको निंहराएनन्‌ रे; तर मैरौ टाउकोकति लुलो छ भने भिंगालाई पनि गोडैमा ढोगिदिउँला झैँ गरी निहुरन्छ, मानौँउसको पाखुराखँँचाइ मेरो टाउकालाई चुनौती हो । म टाउको छाम्दाछाम्दैहराउँछु । विद्यार्थीको प्रश्नको घोचो लिएर मलाई कक्षामा तान्छ- “भन्नोस्‌ न गुरु, पृथिवी टाउकोजस्तो भए टाउको कस्तो छ ?” मलाईरिस उद्छ- यो पनि कुनै प्रश्न हो : तर आफूले बौल्न नपाउँदै अर्को विद्यार्थीजबाफ दिन्छ- “टाउको फुटबलजस्तै हुन्छ ।” त्यसैले यसलाई बरावर पम्पुदिनुपर्छ । मेरो टाउकामा पहिलो पम्पु मास्टरले दिएका थिए, विद्यालयलेजोख्यो, तौलचिहन लगायो, प्राध्यापकले पम्पु दिए, महाविद्यालयले जोख्यो,तौलचिहन लगायो । पम्पु दिने काम बढ्दै गयो । विश्वविद्यालयले जोख्यो, टाउको ट १२९ बडेमानको फुर्के चिह्न झुन्ड्याई गुडाइदियो चौतणांछ तौल गर्दै सत्र पटकतौलिएको यो मेरो टाउको कति गर्विलो छँ, कति दर्पिलो छ। म आफ्नोटाउकाका तौलको बहाल माग्न अड्डा: पुग्छु, .अदालत पुग्छु, कम्पनी रकर्पोरेसन धाउँछु सेवाआयोग अझ बडेमानको तुलो लिई अघि सर्छ । जोख्ताजोख्तैगाँठिएको टाउको फेरि जोखाउँछु, एउटा अर्को तौलचिह्न थपेर पुन्याइदिन्छस्कूलतिर । अहिले म मास्टर छु । होइन, होइन, म एउटा पम्पु छु, हावा दिँदैछु सयौँसयौँ बलहरूमा, यी सबैका टाउकाको तौल बढाउनु छ, यिनीहरूबाटपनि त्यसै गरी जीवनको रङ्गशालामा आआफ्नै टाउकाको भकुन्डो खेलाउनुछ । एउटाले अर्कोलाई बुङ्ग हिर्काउँछ, अर्काले अर्कालाई । खेल न हो ! कुनैटाउको बुद्रुम्क उफ्रन्छ माथि पुग्छ, कुनै माथिबाट तल झर्छ । टाउकै खेलाडी,टाउकैको खेल, 'गोल, गोल' भन्दाभन्दै कति टाउकाको बीचैमा भद्रगोलहुन्छ। “तर होइन, टाउको भकुन्डोजस्तो होइन, मलाई त अरिङ्गालको गोलोजस्तोलाग्छ ।" मजस्तै अर्को गुरु बीचैबाट प्वाक्क बोल्छ । म नजिकैको रूखमाअरिङ्गालले लगाएको गोलो सम्झन्छु, आङ जिरिङ्ग हुन्छ । अरिङ्गालहरू भुनभुनाइ'छन' गोलामा, मानौँ त्यहाँ बास नपुगेको ठूलोरन्का छ, बलियाबाङ्गाहरूले धेरैधेरै ठाउँ पहिल्यै ओगटिसकेकाले लुत्रेलाम्रेहरूलाईटाउको घुसार्नसम्म ठाउँ छैन, एउटा 'ठाउँ छाडिदे' भन्छ, अर्को 'धक्का नलगा'भन्छ, गर्भिणी अरिब्गाल्तीले बच्चा खसाल्ने ठाउँ पाउन्न, कसैले बल्लबल्लपाएको बच्चा कसैले थिचिदिएको छ, मिचिदिएको छ, आमै नि! कस्तोगन्जागोल यो अरिङ्गालको गोलामा । मलाई अघि नै सुझेको भए विद्यार्थीलाईयही भनिदिन्थेँ- पृथिवी अरिङ्गालको गोलाजस्तो छ; अरिङ्गालको गोला हाम्रोटाउकोजस्तो छ । स्मृतिसामु एउटा अरिङ्गाल उड्छ, क सायद आहारा खोज्नपाएको होला आफ्ना बच्चाहरूलाई; ओहो, मेरो सानू बच्चाले आज दूध खायोकि खाएन कुन्नि :ः उसलाई निमोनिया भएको थियो, बल्लबल्ल हिजोदेखिअलिअलि बिसेक भयो । आमाचाहिँ पनि साह्रै मूर्ख छ, विचारै पुस्याउन्न ।अघि उडेको अरिङ्गाल अर्को दलिनमा बस्छ । अर्को एउटा पनि भुनभुनाउँदैत्यहीँ पुगेर बस्छ, मानौं ती भाले-पोथी हुन्‌ । तर एउटा भ्यागुताको बच्चाजस्तो,अर्को माछाको बच्चाजस्तो ! छ्या, जोडा पनि भनेजस्तो नमिल्नु; यो जोडाभित्रकोएक जौर बिजौडा ! त्यसैले पनि अरिन्गाल एउटा समस्या, समस्या एउटाअरिङ्गाल, अब कल्ले भन्न सम्छ- टाउको अरिब्गालको गोला होइन ! पालेले १४० .” थैंरव अर्पालका हात्यव्यड्ग्य घण्टी लाउँछ- सम्झनाले उठाएका अरिङ्गालहरू गालामा गढ गुजमुजिन्छन्‌,भुराहरू भुरभुराउँदै उठ्छन्‌ । म अफिसको टेबुलमा हाजिर कापी थचाछ,थ्वचक्क बसेर टाउको समाउँछु । प्रधानाध्यापकज्यू भन्नुहुन्छ- मेरो त मुद्दालेटाउको खायो । मेरो टाउको पनि कुटुकटु खान्छ- बिरामी छोराले । टोपी फुकालेरटेबुलमा राख्छु- एउटा प्रश्न राखिएझैं लाग्छ टेबुलमाधि- के अरू सबैअङ्गभन्दा टाउकै कमलो छ ? नत्र चार महिनाको छोराले आमाको स्तन चुस्नछाई? बाबुको टाउको किन खान्छ ? छोराले मात्र होइन, कहिलेकाहीँ प्रेमिकालेपूनि जब आँपजस्ता गाला छाडेर यही ओखरजस्तो टाउको खान थाल्छिन्‌, तबमलाई लाग्छ- भगवातू्‌ले मलाई मुर्कट्टा नै जन्माइदिएको भए हुन्थ्यो । त्यसोगरिदिएको भए जोरीपारीले पनि 'तेरो टाउको नफुटाई के छाडौँला' भन्तपाउने थिएनन्‌ । टाउकै बनाउनु थियो त ढुङ्गाको बनाइदिएको भए पनि नकम्नैले खान सक्थ्यो न कसैले फुटाउन । तर मान्छेको टाउको कस्तो कमलोछ भने यसलाई जोगाएर राख्ने फिक्रीले नै कुटुकुटु टाउको खाइरहेको हुन्छ ।तैपनि जोगिन्छ कि भनी म कपाल पाल्छु, टोपी लाउँछ र भन्न खोज्छु-टाउको टोपीको स्टयान्ड होइन, टोपी टाउकाको कभर हो । म टौपी टिपैर टाउको छोप्छु, तर कपाल मात्र छोपिन्छ, टाउकोभित्रकोसिलिङबिलिङ छोौपिँदैन । बरु त्यहाँ एउटा छाल आउँछ, एउटा भुमरी पर्छ,भुमरीमा म फन्न रिङ्छु, देश रिङ्छ, विश्व रिङ्छ मानौँ सिन्दै ब्रह्माण्डअटाए को छ मेरो टाउकोभित्र ! आमै नि ! कति ठूलो हुन्छ मान्छेको टाउको !पुथिबीभन्दा धेरै ठूलो, ब्रहमाण्डभन्दा धेरै ठूलो ! ओहो, यत्रो भयइर टाउकोमैले कसरी बोकेको छु ! मलाई खलखली पसिना आउँछ, टाउको छाम्छ-एउगा सानो जुम्रो छ्यास्स टेबुलमा खस्छ । बह्माण्डभन्दा ठूलो टाउकाकोवासिन्दा यो जुम्रोले मानौं आफ्नो परिचय दिन्छ- म त्यस गोल दुनियाँकोअर्वश्रष्ठ जुम्राजाति हँ । म पनि यस गोल दुनियाँको सर्वश्रेष्ठ मानवजाति हुँ ।दुवैको पृथिवी गोल छ भने जुम्रा र मान्छेमा के फरक छ : जब मेरो टाउकोधेरै फोहोर हुन्छ जुम्राको सृष्टि हुन्छ, जबसम्म म नुहाउन्नँ, उसको स्थितिहन्छ, एकअकाँसित मायापिर्ती बस्छ, लिखा जन्मन्छन्‌ । लिखाबाट जुमा बन्छन्‌,यो रौंबाट क नैँ, यो कुनाबाट क कुना ओह्वोरदोहोर चालरहन्छ । जुम्रामापनि कनै भास्कोडिगामा र कुनै कोलम्बस नौलानौला ठाउंको पत्ता लगाउलान्‌ ।जम्रामा पनि कुनै व्यास, होमरजस्ता कवि होलान्‌ । कोपरनिंकस, न्युटन र टाउको १४१ आइन्स्टाइन निस्केर टाउकाको परिधि र व्यासको लेखाजोखा गर्लान्‌ ।गुरुत्वाकर्षण र सापेश्षतावादको व्याख्या गर्लान्‌ । त्यहाँ पनि कृष्ण, कन्फ्युसियस,क्राइस्ट, बुद्ध र मोहम्मदजस्ता महात्मा जन्मैर जम्राजातिका उद्ारका लागिभरमग्दुर कोसिस गर्लान्‌ । अझ सम्भव क्रा- त्यहाँ पनि गाँसबास र यौन-प्यासको निम्ति युद्ध होला । ढाडी जुम्राहरू चमकनाहरूलाई छिर्नाछनमासताउँदा हुन्‌, तर जव म नुहाउन थाल्छु, सावनको झोलले जुम्रालाकमाहाइड्रोजनको काम गर्छ । महाप्रलय भएर उनीहरूको दुनियाँ उजाङ हुन्छ ।मेरो र जुम्राको संसारमा के फरक छ : मेरो र जुम्राको अस्तित्वमा के फरकछ ? बरु हन सम्छ, पृथिवी कसैको गोल टाउको हो, मान्छे त्यस. टाउकाकाजुम्रा ! जब टाउकोवाला नुहाउन थाल्छ, हाम्रो प्रलय हुन्छ, फोहोरै राखिछाडोस्‌बरु उसले आफ्नो टाउको । म सोच्तै जान्छु- जुम्रा टेबुलमा रगरगाउँछ,कस्तो अनुभव हुँदो हो त्यसलाई टेबुलमा । उसले यहाबाट फेरि फर्कन पायोभने जुम्रालोकमा कस्तो यात्रावत्तान्त सुनाउँदो हो- “बुभ्यौ, हाम्रो संसारभन्दाबाहिर अर्कै संसार रहेछ ।” हो, पक्कै यस्तो व्याख्यात छाँदतो हो । एउटाकुतूहल ल्याउँदो हो । तर मलाई जुम्रादेखि असाध्यै घिन लाग्छ, नमारे पनित्यो धेरैबेर बाँच्न सक्तैन भन्ने थाहा हुँदाहुँदै पनि म मारिदिन्छु । कस्तोनिर्ममता ! हस्याङफस्याड गर्दै घरको नोकर भन्त आउंछ- “सानो नानीलाईसाह्टै भइसक्यो, छिटै पाल्नोस्‌ रे ।" य म टोपी मिलाउँदै कृदछ । तर जुम्राको बाबु कुदेर आएन । आएकै भएपनि के लछानँ सक्थ्यो र त्यसले, जसरी केही गर्ने सक्तिनँ म आफ्नो मर्नलागेको छोरो नमान । मृत्युको टाउको देख्न पाए मान्छेले कति टोक्तो हो,कति ठोक्तो हो ! तर अहिलेसम्म कति दार्शीनकहरूको टाउको खायो योमृत्युले । अहिलेसम्म कति वैज्ञानिकहरूको टाउको खाँदै छ यही मृत्यु ।त्यसैले भन्न मन लाग्छ- मृत्युकै टाउकोमा हाम्रो सृष्टि छ । मैरो टाउकोअझ रन्धनाउँछ, तर छोरोको टाउकोमा अब कुनै रन्धन छैन, जुम्रा र हाम्रोगत्युमा फरक यत्ति छ- उसलाई जीवनको मायाले रन्थनाउदैन, मृत्युकाछायाले तसाँउँदैन । कारण उसको र हाम्रो टाउको उस्तै हँदैन । हो, सबै प्राणीभन्दा अनौठो टाउका मान्छेकै हो । भनूँ भने मान्छेकोविशेषता नै टाउको हो र टाउकाको साधथकता नै मान्छे ! त्यसैले कृष्ण एउटाटाउको, क्राइस्ट एउटा टाउको, कन्फ्युसियस एउटा टाउको ! कपल, कणाद,गौतम सब टाउकैटाउका । सुकरात, प्लेटो, एरिस्टोटल टाउकैटाउका । वृद्ध १४२ - भैरव अर्यालका हास्यव्यङ्ग्य जनक, अरनिको टाउकैटाउका । आर्किमिडिज, आइन्स्टाइन र ग्यालिलियो-टाउकैटाउका । मलाई भन्न मन लाग्छ- इतिहास टाउकैटाउकाको मालाहो । गधा पिठचूँले बाँच्छ, गाई कल्चौँडाले बाँच्छ भने मान्छेले बाँच्नै माध्यमटाउको पाएको छ, आफूलाई साँच्ने माध्यम टाउको पाएको छ । हो, मेरो पनिपुर्खा थिए, तिनमा कोही टाउकैले बाँच्ये होलान्‌ । तर मलाई थाहा छ- मेराधेरै मामाहरू गर्धनले बाँचे, मेरा कति काकाहरू पाखुराले बाँचे, मेरा कैयौँभाइबहिनीहरू केवल भुँडीले बाँच्छन्‌- त्यसैले मैले टाउकाले बाँच्न पाएकोछैन, जब टाउको उठाउन खोज्छु, भित्रभित्रै मेरो टाउको साटिइसक्छ, यसकोबिचित्रता नै यस्तै छ- आफ्नो टाउको साटिएको आफैँलाई थाहा हुँदैन ।त्यसैले टाउकोबाट बाँच्न खोज्दाखोज्दै म टाउकोबाटै हराउँछु । तर मेरोहिमालय मलाई बराबर सोधिरहन्छ- ए, तैँले आफ्नो टाउको हराएको तछैन ? हत्त न पत्त छाम्छु, टोपी त सिँगुलै छ । तर टाउको कति साटिएको छ,कति छाँटिएको छ, त्यो ठम्याउन सक्तिनँ । अनि मेरो टाउकाभरि हीनताभासभरिन्छ- मेरो टाउको टाउको नभएर टेपरिकर्डर बन्छ । त्यसैले म प्रत्येकदिन स्कूलमा टेपरिकर्डर फुकाउँछ्‌- “सगरमाथाको उचाइ २९००२ फिटछ ।” सगरमाथाको उचाइ... ... । रचनाबाट टाउको ” १३

गलबत्दी

लाटा' देशाँ' गाँडो तन्नेरी भन्ने उखान सुने भने विश्वका समस्तगाँडाहरू धमाधम मानचित्र पल्टाएर धुइँघुइँती खोज्न थाल्दाहन्‌- त्यो लाटाकोदेश कुन महाद्ठीपमा कहाँनेर पर्छ ? त्यस देशको भौगोलिक स्थिति कस्तो छर किन त्यहाँ तन्नेरी हुने अधिकार गाँडाको लागि मात्र सुरक्षित हुन्छलाटाको देशमा जाने भिसा कहाँबाट लिनुपर्ने हो र कुन प्लेन वा ट्रेन समाएरत्यहाँ पुग्न सकिने हो इत्यादि । तर उनीहरूलाई कसले बुझाइदिने ? लाटोभनेको बाटौ न घाटोसित दगुर्ने प्राणी हो, जो इतिहासको -फेदीदेखि थिति नठेगातासित गुँड जमाउँदै आएको छ । हेरिल्याउँदा प्रत्येक देश लाटैलाटाकोनिर्माण हो तर हेरिलैजाँदा जहाँ बसे पनि लाटो स्वयं देशविहीन हुन्छ । १४४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य क पनि भन्थ्यो- कोलम्बसले अमेरिका पत्ता लगायो भने उसले लाटा'देश ठम्याउन किन सक्तैन ? तर क कोलम्बस होइन, क त हो तुलेगाँडो,तुलामा राखेर जोख्ने हो भने जीउ जति धार्नीको छ, त्यति नै धार्नीको थियोउसको गाँड । त्यसैले उसको नाम पनि तुलेगाँडो, उपाधि पनि तुलेगाँडो ।वास्तवमा क लाटो नै होइन, गाँडो मात्र हो, तर राम्रैराम्राका बीच गाँडो हुनुपनि उपहासको भाँडो हनु हो, त्यसैले पार्नु मर्का पारेको छ उसलाई - त्योगाँडले । अन्तर्वार्ता गर्न जान्छ गाँडले पहिल्यै बहिर्वाता गरिदिन्छ, सभाभित्र पस्तासबैको खिसी आकर्षित गरी सभापति बिर्साइदिन्छ उसकै गाँड । त्यसैले कझर्किन्छ, रुन्छ र रुँदारुँदै हाइय्य गर्छ, एकैछिनमा मन्त्री हुन्छ । त्यो लाटाको देश हो त ? केही थाहा छैन उसलाई, केवल यत्ति थाहा छ,क मन्त्री हो- सबैबाट सम्मानित, सबैबाट प्रशंसित । पण्डितहरू उसको गाँडकोमाहात्म्य गाउँछन्‌- अघिल्लो जन्ममा क सरस्वतीको साह्रै प्यारो भक्त थियो,एक दिन उनले के माग्छस्‌ भनी सोधिन्‌ । ठाडो घाँटी लगाउँदै उसले भन्यो-“मलाई विद्यामृत दिनुहोस्‌ ।" सरस्वतीले तथास्तु भनी वीणाको गट्टाले उसकोघाँटीमा छोइदिइन्‌ । जन्मजन्मान्तर नसिद्धिने गरी समस्त विद्याहरू पोको परेरउसको कण्ठमा झुन्डिए, त्यसैले मन्त्रीज्यूको विद्वत्ता अनुपमेय छ, अपरिमेय छ गलबत्दी 2 १४५ डृत्यादि । उसलाई विश्वास लाग्दैन, तर इतिहास व्याख्या गर्दछ- मन्त्रीज्यू तीगण्डक क्रषिका सन्तान हुनुहुन्छ, जसले तपस्या गरेकोले नदीको नाम नै गण्डकीरहेको थिग्रो, गण्डक गाँडवान्‌ महर्षि थिए, त्यसैले मन्त्रीज्यू पनि आधुनिक जगत्‌काएक महर्षि नै हुनुहुन्छ । अझ उसलाई पत्यार लाग्दैन, तर कवि गाइदिन्छ- हे चिशाल रुद्रघण्टीशवर यो तिम्रो गाँड होइन, गहना हो दु:खसागर तर्ने बहना हो ? हो त नि, क ढङ्ग पर्छ, मक्ख पर्छ, नोकर्नीको हात समाएर दिवस्ट गर्छ ।तर अपशोच ! खाटबाट लडेर गाँड ढोकिन्छ, रगत बगाउँदै झल्याँस्स हुन्छ-ऐना हेर्दा आफूलाई तुलेगाँडै पाउँछ । उसको सपना सत्य थिएन, तर यो असत्य कुरो पनि होइन । ठूलो हुनसके गाँडै पनि गहना हुन्छ, कृष्णको चीरहरण लीलामा गनिएफैँ, भियतनामकोनरसंहार शान्तिको निम्ति भनिएझैँ । तर ठूलो कसलाई भन्ने ? घर ठूलो, बैड्ब्यालेन्स ठूलो, दर्जा ठूलो, अधिकार ठूलो, डाँको ठूलो, देश ठूलो, डन्डा ठूलोया झन्डा ठूलो ! उसको केही पनि छैन, छ भने त्यही गाँड छ सबैभन्दा ठूलो !त्यसैले क ठूलाबडामा गनिन सक्तैन, किनभने चुत्थो मान्छेको रुद्रघण्टी नैपनि गाँड भइदिन्छ, दुनियाँमा गाँड गहना हुने त कुरै छैन । तुलेगाँडो हताशहुन्छ, निराश हुन्छ । अनि उसलाई झोक पनि चल्छ- भएभरका लाटागाँडा बटुलेर म नेताकिन नभइदिङँ ? गाँडाको ग्लानि खोरन्डालाई पनि हुन्छ, खोरन्डाले जतिखिसी कानाले पनि पाउँछ । क आफ्ना साथीहरूसित प्रस्ताव राख्छ- एउटासङ्गठन बनाउने, जसको नाम रहनेछ- लाटागाँडा एवं लुलालङ्गडा सम्मानसमिति । तर खल्बाट धूर्त हुन्छ- सभापतिको बाक्लो पगरी उसलाई चाहिन्छ ।तुलेको चित्त बुभ्दैन; किनभने उसमा अरूको जस्तो कमी छैन । हुन पनि गाँडएउटा बढग्रन्थि हो, विशेष अङ्ग हो, जुन जो पायो उहीसित हुँदै हुँदैन । खुट्टैखँड्काले निहुँ खोज्छ, त्यसो भए उसको खुट्टो झन्‌ खम्बाजत्रो छ । मोटो सुँडहुने गणेशलाई सबभन्दा पहिले पुजिन्छ भने उसको खुट्टो सभापति बन्न किनसक्तैन ? कसित थोरै भए पनि गणेशत्व छ तर डुँडेले सभा ब्याकआउट गर्छ ।क सद्दे मान्छे गाँडागर्चाको गोष्ठीमा किन बस्छ ? नभन्दै हो पनि, पन्जाभित्रकोहातलाई कसले डुँडे देख्छ ः सङ्गठन गठन नहुँदै विघटन हुन्छ, तुलेगाँडो जिल्लपरेर गाँड कोतर्छ । १४६ ; थैंरव अर्यालका हास्यव्यङ्ग्य हुन त क पनि त्यस्तै ! बाठैबाठासँग बाँच्नुपरेपछि उसले पनि बाठोबन्नै पर्छ । बठ्याइँको दीक्षा लिन छोप्ने विद्या जान्नै पर्छ । हो त नि, यहाँकसले के छोपेको छैन : टेरिलिनको सूटले दाउरिएको आङ छोपिन्छ, एक बट्टापाउडरले चाउरिएको छाला छोपिन्छ, डिगीको साइनबोर्डले दिमागको गोबरछोपिन्छ, मानको पगरीले बेइमानीको घ्याम्पो छोपिन्छ, मैत्रीको जालले ब्वाँसाकोराल छोपिन्छ । हो, हो- गाँडाको गम कम होइन- गलबन्दीले गाँड छोप्नसकेमा तन्नेरी हुन अरू केही चाहिँदैन । तुलेगाँडो डिसिक्क हाँस्छ । गाँड उसको कत्रो समस्या ? तर समस्याको समाधान कति सजिलो छएउटा गलबन्दी गुतिदिनु । अनि कसले भन्न सक्छ रङ्गीचङ्ठी गलबन्दीभित्रजाँडको पुन्गोजस्तो एउटा कुहिएको गाँड पनि छ । कसैले भनिहाले पनि जबाफदिनुपर्छ भित्रभित्र खोतल्ने हो भने ककसको केके छन्‌, केके छन्‌ ? क श्री 'क'लाई सम्झन्छ- जसले एक हजार घर लुटेको थियो, सयौँ घरमा पोइलाईबाँधेर स्वास्नीको सतीत्व लुटेको थियो, रामनामीको गलबन्दीले क कतिसजिलैसित आफ्नो अपराधको गाँड छोप्छ, महामहोपाध्याय बनी नैतिकताकोव्याख्या गर्छ । श्री 'ख' लाई सम्झन्छ, श्री 'ग' लाई सम्झन्छ- मासुको नहोस्‌ सही,पापको गाँड उनीहरूको पनि छ, क देख्छ- जजसको ठूलो गलबन्दी छतिनको गाँड पनि ठूलै हुन्छ, तर क गलबन्दी गुत्दैन । तर उसले नगुतेर के गर्नु ? आजको विश्वमा सबभन्दा बढी खपत छगलबन्दीको । निरस्त्रीकरणको प्रस्ताव एउटा गलबन्दी हो- आणविक गाँडको ।शान्तिवार्ता एउटा गलबन्दी हो- करतुत र क्चक्रका गाँडको । यसरी सोच्तैल्याउँदा क ठम्याउँछ- क मात्रै होइन, उसको समाजै गँडयाहा छ, उसकोयुगै गँडयाहा छ । आफू चुत्थो मान्छे भएकोले साह्रै ठूलाको कल्पना गर्नसक्तैन र मात्रै, नत्र क यो पनि ठान्दो हो- यो विश्व नै ब्रहमाण्ड नभईब्रह्मगाँड होला । पृथिवी त्यस गाँडमाथिको खटिरा, अरू हुन सक्छ- मान्छेचाहिँत्यस खटिराभित्रको कीरा । छ्या: आफू गाँडो हुँदैमा सबैतिर गाँडैगाँड्ड देख्न क चाहँदैन । तरउसले नचाहेर के गर्नु ? गाँड यथार्थ हो, गलबन्दी त त्यसलाई छोप्ने आदर्शमात्रै । त्यसैले यथार्थवादलाई ठूलाबडा मन पराउँदैनन्‌, किनभने यसबाटसमाजको गाँड देखिन्छ- जो सभ्यताको विरुद्ध कर्म हो । हो, त्यसैले ततन्नेरीलाई गाँड देखाउन लाज लाग्छ, अनि गलबन्दीमै रमिता देख्छ, बूढालाई गलबन्दी ” १४७ गाँड कोट्टयाउनु अपराध लाग्छ- अनि गलबन्दीकै कविता लेख्छ, तुलेगाँडोचिन्तक बन्छ, क पुराण पल्टाउँछ, इतिहास पल्टाउँछ । रामको पनि गाँड थियो । क आफू नर भएर वानर बदुल्छ, आफू भुँडीबोकाउँछ, स्बास्तीलाई बात लगाउँछ । एउटाको रिसमा हजारौँको घरबारजलाउँछ, सबलाई आदर्शको शिक्षा दिन्छ- तर मनमनै उसको गाँड पाक्छ-पश्चात्तापको पीप बगाएर, अनि सरयूमा हामफाल्छ, मर्छ । तर वाल्मीकिगलबन्दी गुताइदिन्छन्‌ उसलाई । क पूजनीय लाग्छ हामीलाई । चन्द्रशमशेरलाईलोभ लाग्छ, त्यस्तै गलबन्दीको अनि सेढाई बुन्न थाल्छ चन्द्र-मयूख । तरजङ्गबहादुर साह्टै बाठो मान्छे हो, आफ्नो गाँड छोप्न । क कृष्णका आदर्शकोगलबन्दी गुत्छ । नाङ्गी तरुनी उसको आराध्य, परचक्री तरुनी उसका साध्य ।लाटा गौपहरूका देशको कृष्ण एउटा गाँडो तन्नेरी, त्यसैले हत्क उसकाचुद्कीको काम, सर्बसंहार उसको दर्शनको अन्तिम धाम । तुलेगाँडो युगजोर्छ- महाभारतको हिटलर कृष्ण, कुरुक्षेत्र उसको ग्यासच्याम्बर, जहाँआइकम्यानको पूर्णावतार अर्जुन भुट्छ- आफ्ना दाजुभाइहरूलाई, लाखौँलाखौँआइमाईका छोराहरूलाई, पोइहरूलाई ! आखिर गाँड पाक्छ. कृहिन्छ,सलबलाउँछन्‌ पश्चात्तापका कीराहरू । र आत्महत्या गर्छ डा. बाड्ले झै ।मर्दामर्दै व्यासले: ओढाइदिन्छन्‌ स्वर्गरोहणको सुकिलो गलबन्दी 1 के गीताएउटा बलियो गलबन्दी होइन कृष्णको ? ध्तेरी ! म कस्तो नास्तिक, आफू गाँडो भएँ भन्दैमा आफ्न पूजनीयऐतिहासिक पुरुषहरूलाई उडाउनु अपराध हो, अनास्था हो । के भित्र विष्ठा छभन्दैमा आफ्नै पेटलाई चर्पी मान्ने ? तुलेगाँडो आफैँलाई हप्काउँछ । अत्र ककसैलाई निन्दा गर्दैन । यस लोकमा त गाँडो भइयो भइयो, परलोकमा उसकोगाँड हुने छैन, क सुन्दर र सलसलाउँदौ हुनेछ किनभने उसले कसैका हत्यागरेको. छैन, उसले कसैलाई दु:ख दिएको छैन, उ स्वगैं जान्छ सरासर ।उसको मन प्रफुल्ल हुन्छ, तकिया सजिलो लाग्छ । सोच्तासोच्तै "० हर्रउड्छ । एकैछिनमा क एउटा ठूलो ढोकामा उभिन पुग्छ । पालेले चर्कोडाँकोमा उसलाई सोध्छ- तिम्रो नाम के ? कहाँबाट आयौ र बाँच्ताकोल्याकत कस्तो थियो इत्यादि । तुलेगाँडो सबै 'हुलिया' यथार्थ दिन्छ र भन्छ-मैले जीवनभर धमैधर्म गरेको छ । घोक्रेसुत्ती लाउँदै पाले गर्जन्छ- गह्नाउनेगाँड लिएर धर्मात्मा भन्दै अप्सराको देशमा आउन पाइन्छ ? तुरुन्तै जान्छस्‌भने गैहाल्‌ नत्र सोझै रौरवमा खसालिएलास्‌ मोरा ! क भुतभूताउँछ- स्वर्ग १षषद ” भैरव अर्यालका हास्यव्यङ्ग्य गोराहरूको हो, स्वर्ग जोधाहाहरूको हो, यहाँ कत्राकत्रा सेठ, कत्राकत्रा शासक,कत्राकत्रा मन्त्री र कत्राकत्रा विजयीहरू छन्‌, यस्तायस्ता भएको ठाउँमाआउने को रे भने तुलेगाँडो ! क जिल्ल पर्छ । हुत त हो नि ! दक्षिणा लिँदैस्वर्गको पासपोर्ट बाँड्ने पण्डितहरूलाई सम्झन्छ उ, धर्म र पापको तिनलाईके वास्ता ? दस रुपियाँको गोदान डाँकाले गरे पनि स्वर्गकै बास पाउँछ ।उसले आफू हजार दुःख खपेर पनि अरूलाई दुःख नदिएको सित्तैँ भो त : सित्तैँभो त ? क चिच्च्याउँछ । स्त्रास्ती बोलाउँदै उठाइदिन्छे- के सित्तँ भो तपाईंको ? उसको यो लोक पनि सित्तै भो, परलोक पनि सित्तैँ भो । यो लोककोहैसियत राम्रो नहुनेको परलोक पनि कुम्भीपाक हुन्छ । हत्या गरेरै भए पनिकमाउनुपर्छ, लुटलाट गरेर पनि जमाउनै पर्छ, करोडपति हुन सके हजारकोपाटी बनाएर अखबारमा दानको विज्ञापन पाइन्छ, ढवाड नठटाई गरेकी धर्मस्वर्गको तथ्याइबिभागले कहाँ सुन्न सक्छ ! त्यसैले त व्यापारीहरू बहुतैचतुरा हुन्छन्‌, धरोधर्मको गलबन्दी गुतेर मन लागेको भाउ गर्छन्‌ । धत्तेरि, फेरि म नास्तिक भएँ । तुलेगाँडो पछुताउँछ । हो, दुनियाँमाकसैको पनि गाँड छैन, उसको मात्रै छ, क मात्रै अभागी छ, क मात्रै हतभागीछ । त्यसैले क गाँड चिर्न अस्पताल पुग्छ । रातो 'झोल प्याउँदै नर्स गिज्याउँछे-गाँडको ओखती निल्न गाद्दो पर्छ, एउटा राम्रो मफलर गृत्ने गर्नोस्‌ न,देखिँदैदेखिँदैन नि ! उसलाई 'फोक चल्छ, क लुकाएर सिप्लिस पाल्ने जातकोमान्छे होइन । त्यसैले गाँड भनेको चिर्नै पर्छ चाहे भित्री होस्‌, चाहे बाहिरी ।तुलेगाँडो एक्लै चिच्च्याउँछ । डाक्टर फकाउँछ- हुँदैन बा हुँदैन ! गाँड चिर्दारुद्रघण्टी चिरिन्छ, मरिन्छ । त्यसैले एउटा पट्टी बाँधिदिन्छ उसलाई, पट्ठीस्वास्तीको आँखा पहिले पट्टीमै पुग्छ । गाँड चिर्न गएको मान्छे गाँडमा साइनबोर्डटाँसेर आउँछ, क पश्मिनाको गलबन्दी टक्रचाउँछे, तर तुलेगाँडो चिच्च्याउँछ-गाँडको समस्या गलबन्दीले समाधात हुँदैन ! क गलबन्दी फ्याँकिदिन्छ, गाँडहल्लाउँदै बजार घुम्छ । क गाँडो मात्रै होइन, लाटो पनि हो, लाटो मात्रै होइन, अब बौलाहापनि भो- सर्वत्र यही चर्चा चल्छ, के क पक्कै बहुलायो : क आफैँलाई शाड्डालाग्छ, घरमा पुगी ऐना हेर्छ- गँडचाहा र बौलाहाको समन्चय झन्‌ नरमाइलोप्रतीत हुन्छ । ऐनाको गाँडले प्रश्न गर्छ- के गाँडको समस्या गलबन्दीलेसमाधान हुन्छ : क गलबन्दी ओढ्दै जबाफ दिन्छ- विज्ञानले चिर्ने चक्कुभन्दछोप्तै गलबन्दी धेरै बनाएको छ । गलबन्दी “ १४९ गलबन्दीबाट तुलेगाँडाको दृष्टिमा अब मानचित्रभरि लाटैलाटाका देशदेखिन्छन्‌, क कोलम्बसभन्दा पनि ठूलो कोलम्बस हन्छ, कतैको प्रधानपञ्चहुन्छ त कतैको प्रधानमन्त्री । हुँदाहुँदै भूगोललाई भकन्डाझैँ बुङ्ग हानिदिनखोज्छ जक, तर झजस्ता गाँडा अरू पनि त छन्‌ नि ! भकुन्डो राम्रैसित सुरुहुन्छ । लाटाहरूको सातोपुत्लो जान्छ, रेफ्री हुने मान्छे नै छैन । त्यसैलेउनीहरू पूर्व फर्केर चिच्च्याउँछन्‌- यो विश्वमा जान्नेसुन्ने को छ हँ ?जबाफ आउँछ- तुलेगाँडो र म । रचनाबाट १४० ४ भैरव अर्यालका हात्यव्पङ्ग्य

आलु

आलुको नामकरण कसले कसरी गरेको हो, त्यो भाषाशास्त्रीहरू नैजान्लान्‌, तर मलाई लाग्छ- पहिलेपहिले खेतका आलीतिर उम्रेर फलेकोभेट्टिएकोले यसको नाम आलु रहेको होला । तर मेरै विचार सबैले मान्नुपर्छभन्ने केही छैन, तपाईँ पनि आफ्नो तर्क तान्न सक्नुहुन्छ- कोही आले थरकोमान्छेले पहिलो पटक पत्ता लगाएको वा खाएको हुनाले यसको नाम आलुरहेको हो कि : भन्छन्‌- आलु पहिले कसैले खाँदैनथ्यो, तर अनिकाल परेकोबखत उसिन्ने क्रा केही नपाएर सायद कुनै बूढाले आफ्नो बूढीलाई भन्योहोला- “आ, लेन त्यही गाँठा उसिनेर खाङँ ।" यसरी 'आ लेन' भनेकोले आलु १११ यसको नामै आले रहेको र खांदा साह्रै मीठो भएकोले आलेलाई प्रेमपूर्वकपुकारी 'आलु” भनेको पनि हुन सक्छ । मान्छे भन्छन्‌- गोलभिँडा आलुको ठिमाहा छोरो हो, तर बोट उस्तै भएपनि एउटाको जन्म जराबाट, अर्काको जन्म हाँगाबाट हुने हुँदा यो तर्क खालिपहिलेपहिले गोलभिँडा खान पल्केका बाजेहरूले छाँटेको गफ मात्रै हो जस्तोमलाई ' लाग्छ । बरु, साँच्चै आलुको नातागोता नखोजी नछाड्ने हो भनेपिँडालुसित सोध्नुपर्छ । पिँडालु आलुको बाबु हो, त्यो किद्न सकिन्न तापनिआलु र पिँडालुमा रगतको नातो छ भन्ने कुरा दुवैको मिल्दोजुल्दो नामलेबताउँछ । एक शब्दमा दुबैको जात कन्दमूल र पेसा तरकारी-कारबार हो ।उपव्यवसायमा पिँडालु कहिलेकाहीँ मस्यौरा-उद्योगमा सहयोग दिन्छ र'यदाकदाघेवारेको तौल पुगेन भने भरथेग पनि गर्छ । यसबाहेक पिँडालुको त्यति प्रसिद्धिछैन, जति आलुको । पोलिएर, उसिनिएर, पाकेर, साँधिएर, तारिएर, चप, पकौडी, कट्लेटआदि बिभिन्न परिकारमा परिणत भएर जुन बेला जस्तो चाहियो उस्तै बन्नसक्ने आलुको व्यक्तित्व साँच्चै नेपाली बुद्धिजीवीको जस्तै बहुमुखी छ । अर्थात्‌जसरी यहाँ एउटै व्यक्ति शिक्षक, दीक्षक, लेखक, सेवक, पत्रकार, अलपत्रकार,नेता, अभिनेता, जुन मौकामा जेको महत्त्व देखिन्छ, त्यसैमा फिट भइदिन्छ,त्यसै गरी आलु पनि जुन बेला जे चाहियो त्यसैमा फिट । ढिँड्डोलाई सितनचाहियो आलु फिट, जाँडलाई सितन चाहियो आल नै फिट । ज्वाइँलाईझटपट खाजा ख्वाउनुप्यो आलुको कबाफ, पाहुना धैरै लागे भने एक पाउआलुमा एक पाथी पानी राखी छडकाइदिनोस्‌ आलुदम काइदासाथ । त्यसैले आलु साह्रै जनप्रिय छ । बिच्रार गर्दा आलु पिँडालुभन्दा निकैबाठोटाठौ र अपटुडेट लाग्छ, त्यसैले यसलाई बूढो भन्न मेरो आलुप्रिय जिभ्रोलेकदापि सक्तैन । वरु बूढो बाबुचाहिँ पिँडालु नै होला, किनभने यसका मुखभरिरौं र कत्ला देखिन्छन्‌ । तर आलुको अनुहार सधैँ सुकुमार, मानौँ उठनेबित्तिकैअपट्डेट सैलुन पुगेर आएको युवकजस्तो । दाह्टीजुँगा नेभएका भन्दा तपाईंहरूशङ्का गर्नुहोला- के आल्‌ स्त्रीजाति त होइन : कुन्नि बा गौरलाभँडालाईआलुको ठिमाहा छोरो भनेको कारण आलुले पिँडालुसित लभ गर्दागर्दै पाएकोलेपो हो कि? जे होस्‌, को कसरी जन्मेको हो र कसको जात के होत्यौनालीबेली लगाइरहनुपर्ने जरुरत छैन । मैले त आलुको सामान्य परिचय मात्रदिन खोजेको हुँ, मैले चिनेसम्म आलुको नाम आलु, आलुको थर आलु, आलुको १४२ “ भैरव अर्यालका हास्यव्यङ्ग्य बाबु-बाजे-बराज्यू आलु, आलुको छोरा-नाति-पनाति आलु, आलुको मामा-भातिज-साला-जेठान आल, आलुको लोग्ने-स्वास्नी, प्रमी-प्रेमिका, जार-नाठोसप्पै आलु । आलु कस्तो मिलनसार छ भने गान्टोमा स्वयं गान्टेमूलादेखि लिएरअग्लोमा लौकासम्म, चच्चेमा स्वयं चुच्चेकरेलादेखि लिएर बुच्चेमा परवरसम्म,खाँदिएकोमा गृुन्द्रकदेखि लिएर बांधिएकोमा करिलोसम्म, जेसँग जसरीमिलाइदिनुहोस्‌ आलु ठ्याम्मै मिलिहाल्छ । त्यसैले धनी, गरिब, मानी, मगन्ते,विद्वान्‌, लम्फू, बृढिमान्‌ लटठू साराका भान्सामा आलुका समान सम्मान छ,समान प्रवेश र प्रतिष्ठा छ । यस अर्थमा आलुलाई समाजवादी, समन्वयवादी,साम्यवादी तपाईं जे नाम दिनुहोस्‌, वस्तुतः आलुको मूल सिद्धान्त आलुवाद नैहो । जतिसुकै समानताको आदभश राखे पनि आफूआफूमा मेल नगर्नु आलुवादकोविशेषता हो । आल्‌ वर्णले रातो र सेतो हुन्छ, सायद आफ्रिकाका फाँटतिरकाला आलु पनि होलान्‌ । तर अहिलेसम्मको अध्ययनमा सेतो आलु नै ठाल्‌मानिन्छ । त्यसैले सेतो र रातो आलुको भाउमा मसिन्‌ र उसिनुको जत्तिकैफरक पर्दछ भने सेतो र कालोमा चाहिँ मार्सी र कोदोजत्तिकँ । त्यस्तैफलाइका, तन्त्राइका, क्टाइका, प शन भेदले पनि आलुलाई विभिन्न वर्गमाबाँड्न सकिन्छ, जसको बर्णन गरेर यहां साध्य छैन । कसैलाई ढाक्रेबाट सोझै भन्सारअडडाको हाकिम हने काकताली पच्योर यता बहाली गरेको भोलिपल्टै उता जेठी सासूको अपृताली पनि पन्यो मर्नेहामी भन्छौं- फलानाको तालमा त आलु फलेछ । यसरी फल्ने आलुलाई नमल चाहिन्छ, न जल, न माटो चाहिन्छ, न स्थल । कसैको रौँ पनि उम्नननसकेर वाँफो पल्टिरहेको तालमा पनि रोप्न्‌ न गोडनुसित आलु फलिदिन्छ ।यसरी तालुमा आलु फलेपाछि मगजमा पिँडाल्‌ भरिएका र मुट्मा नालुबेरिएका भलादमी पान ठाल्‌ हन्छन्‌ । जसको तालमै आल फल्छ, उसलाइतरकारी-समस्याले त कं पिथ्याँ र, सरकारी नियमकानुनल पनि केही लछानसक्तैन । त्यसैले आलु परम भाग्यको प्रतीक हो, जो तालमा फलाउन सक्योभने आफ्नो जीवन मात्र होइन, सालीपट्टिका सात पुस्ता र भिताजपट्टिका नौपुस्तासम्म सङ्टमुक्त हुन्छन । तर एकातिर परम सौभाग्यको प्रतीक गनिने हाम्रो महामान्य आलुअर्कोतिर दभाँग्यको गाली पनि भर्डादन्छ । हिँडदाहिडदै कसैले तपाइँलाई “एफलानाले त आलु खाएछ नि थाहा पाइस्‌ ?" भनी सनाया भने कहिले, कहाँ, आल : १४३ कसरी र कति प्लेट आलु खाएछ भनी बुभनुभन्दा पहिल्यै 'हरे शिव' भनीअपसोच प्रकट गर्नुहुन्छ । दनियाँमा कोको केके खान्छन्‌ कके ? कोही माडखान्छन्‌ त कोही जाँड खान्छन्‌, कोही जुस खान्छन्‌ त कोही घूस खान्छन्‌,क्रोही ताली खान्छन्‌ त कोही अपुताली खान्छन्‌ । यी सबै खाएको सुन्दातपाईंलाई कुनै अपसोच लाग्दैन ।पाए आफैं उडाउनुहोला बरु) तर कसैलेआलु खाएको सुन्नासाथ मुख बिगारेर च्चः च्च: भन्ने किन ? किनभने यहाँसबै थोक खाए पनि आलु खान हुन्न, फलानाले आलु खायो भन्नुको मतलबउसले परीक्षामा पुल्टुङबाजी खाएछ या आलु भनी आफ्नै जिभ्रो टोकेरपरमधामको बाटो तताएछ भन्ने बुझिन्छ । अब तपाईं नै भन्नोस्‌, जुन आलुतालुमा फल्दा मान्छे ऐश्वर्यशाली भनिन्थ्यो, यही आलु खाएछ भन्दा गुल्टिएछभन्ने बुझिन्छ भने आलु आफैँ सौभाग्यको वस्तु हो कि दुर्भाग्यको ? आलुवादीदर्शनमा यो महत्त्वपूर्ण प्रश्न हो । जिम्रो मिठ्याउन होस्‌ वा भुँडी उक्स्याउन, आलु सबै खान्छन्‌ । तरकसैलाई आलु खान लागेकै बखत “तपाईंले आलु खानुभो कि क्या हो ?" भनेरमुस्कुराई सोध्नोस्‌, त्यही आलुको चौटोले तपाईंको तालु ताक्छ । कस्तोबिचित्रता, आलु बाए पनि मा खाएको कुरा सकार्न सक्तैन । सायदयसैले होला 'आलु खाएर पेडाको धाक' लगाउने चलन चलेको । उसिनाकोभात हसुरेर मसिनाको भुजा ज्यूनार गरेँ भन्नेदैखि लिएर बम पड्काईशान्तिको अभियान चलाएको भन्नेसम्म दर्जादर्जाका धक्कुबाजहरू संसारमापाइन्छन्‌ । बास्तवमा यी सबै आलु खाएर पेडाको धाक लगाउने हुन्‌, अर्थात्‌कर्मले गरेका नीचतालाई धाकले ढाक्नु आलुवादको धार्मिक पक्ष हो, जो बीसौँशताब्दीका प्रत्येक व्यक्तिले पालन गर्नै पर्छ । तर आलु त्यति तुच्छ वस्तु कहाँ हो र जसलाई पेडाको तुलनामा यत्रोइन्सल्ट गरिएको छ । भनूँ भने कति हलुवाई दाजुलाई पेडा बनाउन महृत गर्दोहो- यही आलुले । मान्छेलाई बैगुनी भन्नुपर्ने कारपै यही हो, क गुणकोपारख गर्नुको साटो बेइज्जती गर्छ- कसैको राम्ररी टाइम नदिने घडी रहेछभने प्वाक्क भनिदिन्छ- यो कस्तो आलुघडी । यसै हो भने भोक, रोग रशोकले सुकेर सामर्थ्यहीन भएका आजका लाखौँ मान्छे के साँच्चै आलुमान्छेहोइनन्‌ त ? किन होइनन्‌ ? आलु खाएर पेड्डाको धाक नलगाउने हो भनेवास्तवमा आल नै मान्छै र मान्छे नै आलु हो- त्यसैले कहीँ उसिनिन्छ, कहीँकबाफ लाग्छ । ४ « भैँटवब अर्यालका डात्यव्यडय तर जेसुकै होस्‌, म सधैँ आलु खान्छु, तर मलाई सधैँ आलु खान डरलाग्छ किनभने म पनि बीसौँ शताव्दीकै आलुमान्छे, जसको कर्म हो आलुखानु; तर धर्म हो आलु खाएर पेडाको धाक लगाउनु । त्यसैले आलुको बारेमा लेखिएकी यो निबन्धलाई कसैले आलु-निबन्धभन्छ भने भनिरहोस्‌, मेरो दृष्टिमा यो पूरापूरा पेडा-तिबन्ध हो । रत्नश्वीबाट आलु / ११४


मान्छे मोडेल १९६७

गृड्डनेमा गज्जादेखि कारसम्म, उडनेमा वेल्‌नदेखि टलिस्टारसम्म,जडनेमा औँठीदेखि हारसम्म, अडनेमा झुपडीदेखि दरवारसम्म, मब्रैकोमोडेल बारम्बार वर्दालन्छ, नर मान्छे नै यस्तो बोत्रो प्रडक्सन हो, जसकोमोडेल जहिले हेरे पनि जस्तातस्तै । उह्दी एउटा कभिन्डोजस्ता टाउकोमाटिंप्लर्कार्टाप्लक टचंका गुलबजस्ता एक जार आँखा, मध्यसडकमा अलपत्रमिकिणको डवल पाइपवाला ढलजस्तो छन्द न बन्दको एउटा नाक, जतिटाले पनि छिनछिनमा हिङ्ग भई फुस्किनै पडकेको ट्युबजस्तो एउटा म्‌ख- १४६ - भैरव अर्यालका हास्यव्यङ्ग्य साच्चै मान्छको मोडेल आघ आखट-यगमा जस्तो थियो. हाल रार्कट-युगसम्म उस्तै छ । कमसेकम दुइटा आंखालाई दुईतिरै गालामा टाँसेरसाबिक दुईंप्वाले तेर्सो नाकलाई सिङ्गलप्वाले दुई गोल वनाई हाल आँखारहेको ठाउंमा राखिदिन पाए पनि माडेलमा आलिकति हेरफेर पक्कै आउँथ्यो ।या हात, खुट्टा, आँखा, कान डवलडबल- भएपछि आजको वृद्धिवादी युगमाटाउका पान डवलै जड्दिन पाए मान्छेले डवल बुद्धि निकाल्न सक्थ्यो ।एउटा टाउकाले ज्ञानको काम गर्थ्यो त अर्काले बिज्ञानको । टाउको थप्ननसके भएका दुइटा कानलाई नै एउटालाई टाउकामा अर्कोलाई पैतालामाराखिदिन पाए एकातिरबाट आकाशवाणी सुन्न पाइन्थ्यो भने अर्कोतिरबाटपातालबाणी पनि सुनिँदो हो । अथवा हरेकासत दुईदुइटा आँखा छन्‌ भनेएउटा अगाडि एउटा पछाडि जड्दिएको खण्डमा मोडेलमा चेन्ज आउनु तछँदै छ, देउतास्थानमा दर्शन गर्न जाँदा अघिल्लो आँखा देउतामा चढाउनपनि पाइन्थ्यो, पछिल्लो आँखा कुनै देउतीतिर लडाउन पनि पाइन्थ्यो । तरके गर्नु र : ब्रहमाजी बूढाले जस्तो बनाइदिए त्यसमा कत्ति पनि अदलबदलगर्ने सकिएन । अरूको कुरा किन गरूँ, म आफैँले सात समुद्वपारिका सत्रजना नामुद इन्जिनियर झिकाएर बिलकलै अत्याधुनिक मोडेलको वङ्गलाबनाएँ, न्युयोर्कबाट अल्ट्रा मोडन॑ मोडेलको कार ल्याएँ, हङकङदेखिहलिउडसम्म घुमाएर श्रीमतीलाई अत्याधुनिक फेसन सिकाएँ, तर वैठककोऐनामा उभिएर हेस्यो- आफ्नौ त उही दुई हात, नाक, आँखाका खोपामाटिलपिल-टिलपिल तिनै जिरो बाटका गुलुब । छ्या ! रिसै उठ्छ, कस्तोआउट अफ्‌ डेट्‌ मोडेल ! एक रात साह्रै दिक्क लागेर म ओछ्यानमा पल्टीसोच्तै थिएँ- मान्छेले सयौं पटक आफ्नो इतिहासको मोड बदल्यो, कैयौँपटक आफ्ना आवासहरूको मोडेल बदल्यो । उदाहरण लिन अन्त किनजानुपत्यो र ! ९० सालको भूकम्पले पुराना घर स्वाहा हुँदा यहाँ कति नयाँमोडेलका घर बने, नयाँ बाटा बने, यही क्रममा पुराना अनुहार स्वाहाभएपछि मान्छेले सक्ने भएको भए त्यसपछि जन्मनेको अन्‌ुहारै बेग्लै पार्दैनथ्योत - साच्चै त्यसै हुँदो हो त ९० सालयताका प्रत्येक मान्छे पखेटावाल हुन्थेहोला, किनभने भैँचालो जाँदा भाग्न नभ्याई भक्रान हुनुपरेको अनुभवलेउसलाई पक्कै सुभथ्यो- पखेटा भइदिएको भए भूकम्प हुनासाथ मिलेभ्यालबाट, नामले खटप्बालबाट फुत्त निस्की भुर्र उड्न पाइन्थ्यो । साँच्चैआजका युवक -युवतीहरू सारा पखेटावाल भइदिएको भए हाम्रो मात्रै होइन, मान्छे मोडेल 1९६७ १४७ नेपालकै मोडेल बर्दालइसक्थ्यो । नेपालको मात्र होइन, दुनियाँकै मोडेलब्दलिइसक्थ्यो । तर के गर्नु, बिचारको दृष्टिले दस सेकंन्डमा दस अवतारलिन सक्ने मान्छेले दस हजार वर्ष कोसिस गरे पनि आफ्नो अनुहार बदल्नसक्तैन । ब्रहमाजी बूढालाई कतै भेट्न पाए मेरो पहिलो उजुरी हुन्थ्यौ- "एबाजे, केही त बदलिदिनोस्‌ ।” राति निकैबेर ओछ्यानमा पल्टेर तर्कना गर्दागर्दै नभन्दै ब्रहमाजीसितटुप्लुक्क मेरो भेट भइहाल्यो । ढुङ्गो खोज्दा देउता मिलेजस्तो सन्जोग !भियतनाममा बम पड्केको सुनेर 'ए मान्छेका छाउराहरूले मेरो सुन्दरसृष्टि भताभुङ्ग पारिदिन आँटेछन्‌' भन्ने पीरले रन्थनाउँदै हिँडेका रहेछन्‌बूढा त । भेट हुनासाथ ढोगभेट गरेर मैले आफ्नो अर्जी गरेँ- “मान्छेकोमोडेल साह्रै आउट्‌ अफ्‌ डेट्‌ भो बाजे, यही असन्तुष्टिले कुण्ठित भएर मान्छेजे पायो उही फलाक्न थालेको छ ! नपत्याए बिटनिकहरूलाई सोध्नोस्‌,कति बिद्रोही भएर निस्केका छन्‌ उनीहरू, सैगोनमा गएर अमेरिकी सिपाहीर भियतकङ गुरिल्लाहरूलाई भेट्नोस्‌, कसरी उम्लेको छ उनीहरूको रगत !यस्तै चाल हो भने बाजे, हाइड्जोजनको एक वृष्टिमा तपाईंको सम्पूर्ण सृष्टिखतम !” । बह्माजीले सुस्केरा हाल्दै भने- “ठीक छ, मान्छेको मोडेल बदलिदिनम तयार छु, तर कस्तो मोडेलमा ढालिदिउँ, लौन त तिमीहरू पनि केहीसुझाव देओ, हामीले युग बदस्यौं भन्छौ, बदलिएका युगको अनुकूल मान्छेकोमोडेलको एउटा इस्टमेट पनि देओ न त मलाई ।” बूढाको क्रा मलाई पनिमनासिबै लाग्यो र नयाँ मोडेल कस्तो हुनुपर्छ भन्ने राय लिन विभिन्न विद्वान्‌,बुद्धिमानहरूलाई निम्ता पठाएर राष्ट्रिय रङ्खशालामा एउटा बृहत्‌ सभा बोलाएँ ।सभापतिको पदमा ब्रह्माजी स्वयं निर्वाचित भए । आजको आर्थिक युगमा मान्छेको मोडेल पनि सकेसम्म छरितो र कमखर्ची हुनुपर्छ भन्दै एक जना अर्थशास्त्रीले आफ्नो राय व्यक्त गरे- “टाउकाकोहुप्पामा एउटा आँखा जडिदिनू, सुन्नको लागि त्यहीँनेर एउटा सानो एरियलराखिदिन्‌, हावा र खावा पास गराउन त्यहीँनेर दुइटा प्वाल खोपिदिनू सिद्धिगो ।यो दमाहाजस्तो पेटको बिलकुलै जरुरत छैन, पाकस्थली राख्न एउटा सानोबेलुत्तजस्तो पेट भए पर्याप्त । आइमाईलाई एकोटा अस्थायी पाठेघर राखिदिनुपर्छजो दुइटा छोराछोरी पाउनासाथ स्वत: सुकेर गइहालोस्‌; त्यसो भए जनसङ्ख्यापनि अटोमेटिक मेथडबाटै कन्ट्रोल हुन्छ ।" १४६ ” धैरव अयालका हास्यव्यडाय राजनीतिक दृष्टिले हेर्दा हामीलाई मान्छे घटाउनुभन्दा बढाउनुजरुरी छ भन्दै एक राजनीतिज्ञले भने- “मान्छे बढे नागरिक बढ्छन्‌,नागरिक बढे सैनिक बढ्छन्‌, सैनिक बढे शक्ति बढ्छ अनि विश्वमाशक्तिसन्तुलन हुन्छ । त्यसैले पेट नराखे पनि प्रत्येक महिलामा एक-एकदर्जन पाठेघर राखिदिनुपर्छ ता कि वासिङटनमा एउटी आइमाई सुत्केरीहुँदा सैगोनमा बाद्द जना अमेरिकी सैन्य थपिन सकून्‌ । साथै माछेलाईआँखाजस्तो मुख पनि डबल हुनु जरुरत छ । यसो भएमा परेको बेला एउटामुखले शान्तिवार्ता र अर्को मुखले युद्धवार्ता एकै पटक गर्ने सुविधा विश्वकाराजनीतिक नेताहरूलाई मिल्दछ ।" उत्तको भाषणपछि एक जना धर्मशास्त्रीले कडकिएर भने- “पाप गर्नेअङ्गहरू सबै फेरी खालि पुण्य गर्ने अङ्गलाई मात्र नयाँ मोडेलमा स्थानदिनुपर्छ । त्यसैले पहिला यो फोहोर धुने देउरे हातै झिक्नुपर्छ, दिसा-पिसापका यन्त्र उडाइदिनुपर्छ ।” उनी बोल्दै थिए, एक जना डाक्टरले घोरविरोध गरे- “यसरी त शरीरै चल्दैन । मेरो विचारमा सम्पूर्ण रोगहरूकोकारण पेट हो, किनभने यसमा जथाभाबी आहार कोचेर मान्छेले नाना थरीरोग जन्माउँछ- त्यसैले नयाँ मोडेलमा पेट राख्नहुन्न ।” उनीहरू वोल्दाबोल्दैएक जना मनोवैज्ञानिकले कुरा काटे- “सम्पूर्ण दुःखको कारण मानिसकोचिन्ता हो, चिन्ता दिमागबाट उत्पन्न हुन्छ, त्यसैले नयाँ मोडेलमा टाउकैनराखे कसो होला ?” तर बेदान्ती महोदयलाई यो पटक्कै मन परेन । उनलेभने- "निरञ्जन निराकार चैतन्य परमेश्वरको प्राप्तिका लागि मान्छेकोचैतन्यशक्ति विस्तृत पार्नुपरेकोले नयाँ मोडेलमा टाउका बाइ्ओटा राख्नुपर्छ ।इन्द्रियहरू सब लोभ, मोह, मद, मात्सर्यका कारण भएकाले टाउकोबाहेकअरू कुनै पनि अङ्गको जरुरत छैन, हिँड्नडुल्न बाह्रै टाउकामा ससानापाङ्ग्रा राखिदिए भइहाल्यो ।” एउटा कविलाई यो मन परेन, उनले भने- “मान्छे सौन्दर्यको उपासकहो, सौन्दर्यपानको लागि उसको टाउकामा दुई आँखाले पुग्दैन, दुई हजारआँखा चाहिन्छ । साथै उसलाई वबाह्वओटा वेदना खप्ने छाती चाहिन्छ ।” तरअर्को कविले संशोधन गर्दै भने- “हामीलाई मुटुसुटु चाहिन्न, एउटा ठूलोटाउको हुनुपर्छ, प्रत्येक इन्द्रिय पत्थरको चाहिन्छ ।" पत्रकारले राय व्यक्त गरे- “नयाँ मोडेलमा मान्छेको पखेटा हुनै पर्छ,नाकको जरुरत छैन, चारओटा मुख र बाह्रओटा जिश्रो हन्‌ नितान्त जरुरी छ मान्छे मोडेल 1९६७ .” १४९ त्यसो भए मान्छे घेरै बोल्छ, नयाँनयाँ समाचार धेरै पाइन्छ ।” साथै किसान र मजदुर दुई जनाले पनि आफ्नो संयुक्त राय प्रकट गरे-“नयाँ मोडेलमा मख एउटै भए पुग्छ, तर हात एक दर्जन चाहिन्छ, टाउकोसकेसम्म सातै होस्‌ तर आङ र टाड हात्तीकँ जत्रो हनुपर्दछ ।" यस्तैमा एउटीयुबती भीडबाट निस्केर मञ्चमा पुगी फलाक्न थालिन्‌- "मोडेल चेन्ज गर्दास्त्री र पुरुषको मोडेलमा लिङ्गभेद गर्न हँदैन, प्रत्येकको नाकमूनि जुँगा होस्‌,प्रत्येकको पेटमुनि एउटा पाठेघर होस्‌ । छोरा पाउनुपरे बाबुले, छोरी पाउनुपरेआमाले पालैसित पाए भइहाल्यो ।" “अब क्‌त्रिम गर्भाधान सुलभ हुन आँटिसकेकोले लिङ्गमेदै हुनुपर्छभन्ने म पनि मान्दिनँ, तर चन्द्रलोक र मब्घललोक पनि आबाद गर्नुपर्नेभएकोले अब प्रसर्वाक्रयाचाहिँ दुवै थरीलाई अनिवार्य गराउनै पर्छ" भन्दैएक वैज्ञानिकले राय झिके- “वरु आहारको लागि इन्जेक्सनले काम चल्नेहुँदा पेट नभए हुन्छ ।” अर्को वैज्ञानिकले भन्यो- “अब कम्प्युटरले सबै काम गर्ने भएकोलेमान्छ बनाउने झन्झट किन ः” यसपछि एक फिल्म अभिनेताले भने- "मान्छे काला र गोरा मात्रैकिन : नयाँ मोडेलमा हरिया, नीला, झालेमाले, छिरविरे, आकाशरड्ी, पहेँला,सब रङ्गी बनाउनुपर्छ ।" एबंक्रमले मतमतान्तर चल्दै गए, सबैको कोसिस व्रहमाजीलाईएकोहोच्याएर आफूले भनेबमोजिमको मोडेल स्वीकृत गराउनुमै लागेकोथियो । राजनीतिज्ञचाहिँ नजिकै बसेर कहिले बूढाको दाह्ठी कन्याइदिन्थे,कहिले ख्वाक्क खोक्ता फिकदानी लिई उनको अघि सधैं । सवै आआफ्नोरायको औचित्य साबित गर्न अरूको रायको निन्द्री र चर्चों गर्न थाले,अलिआलि गर्दागर्दै घरै भयो, सल्लाह गर्दागर्दै हल्ला बढ्यो । कस्ताकस्ती रमुवकामुक्की हुन थाल्यो- ब्रहमालाई पर्नसम्म फसाद पस्यो । त्यसैले उनलेएउटा कम्प्रोमाइज ्कामटी गठन गरे- सवैको राय ख्याल गरी उपयुक्तमोडेलवारे यथाशीघ रिपोट दिन्‌ नै त्यसको काम थियो । र्कामटीले सवै विद्वान्‌, विशेषज्ञ, वुद्धिमान्‌, व्यवहारज्ञको मतमतान्तरकोअध्ययन गरी सन्‌ १९६७ को लागि मान्छेको णउटा माडर्लाचत्र तयार गरीबह्माजीछिउ पेस गयो । चित्र यस्ता थियो- १६० « भैरब अर्यालका हास्यव्यङ्रय नित्य रिंगिरहने एउटा च्याप्टो जाँतोजस्तो टाउको, टाउकाको वरिपरिदसतिर फार्कएका दसोटा एरियल, निधारमा माखोजत्रो एउटा आँखो; नाक,कान, गाला केही छैन, तीन बित्ता लम्बाइ, तीन बित्ता चौडाइको एउटाचारपाटै मुख, मुर्खभित्र बाह्रओटा जिभ्रा, चारओटा दाँत, छाती दुनोजस्तो, पेटसारड्गीजस्तो, हीप कीपजत्रो, नलीखुट्टा नीपजत्रो । व्रहमाजीले त्यो चित्र लिई प्रत्येक व्यक्तलाई सोध्न थाले- “के यही होतिमीले खोजेको नयाँ मोडेल ?" एउटाले भन्यो- “छि: यस्तो पनि नयाँ मोडेल हुन्छ ?” अर्कोले भन्यो- “यो त मान्छेजस्तो नै देखिएन !” अर्कोले भन्यो- “आबै ! यस्तो पनि मान्छे हुन्छ ?” अर्कोले भन्यो- "यस्तो वनाउनुभन्द्यु चाहिँ वरु फे्दैनफेर्नू !” धेरैले एकै स्वरमा भने- “भैगो व्रहमाजी ! भैगो । हामीलाई आउद्‌अफ्‌ डेट भए पनि साबिकै मोडेल ठीक छ ।" “अनि के बौलाइराखेका त तिमीहरू ?" -ब्रहमाजी गर्जे । उनको गर्जना सुनेर मेरो पनि निद्रा खुल्यो । झटपट उठेर आङ तान्दैऐनाअघिल्तिर उाभएँ, आफ्नो अनुहार आफैँले म्वाइ खाकँ जस्तो राम्रो लाग्यो ।त्यस दिनदेखि मोडेलको करो उठ्यो कि म मान्छेको नयाँ माडेव सम्झन्छु,अनि मेरो दिमागमा चक्कराउन आइपुग्छ उही मान्छै मोडेल १९६७ । रउमझमवाट मान्छे मोडेल १९६७ " १६१

पच्चीसौँ शताब्दी अङ्गप्रत्यङ्गमा

“आच्या, नाक त नेप्टै पो देख्छु नि; नफेरी आउँदिनँ भन्नुहुन्थ्यो, खोइत फेरेको ; केन्द्रतिर जादै जानुभएन कि क्या हो :" एकसुरले तानाबाना बुन्दैफर्केको नेपुलकलाई कोठाभित्र पस्नेबित्तिकै स्वास्नीले झल्याँस्स पारी, क घरआडइपुगेछ । “केन्द्रतिर नगएको त कहाँ हो र ? तर... ...” वाक्य पूरा हँदानहँदैनेपुलकको दिमागमा एउटा स्विच घुम्यो, उसको अघिल्तिर न्यु स्टेटस्थित 'अइ-परिवर्तन केन्द्र' भन्ने सङ्ेतपाटीसहितको विशाल भवन उभिन आयो । आफ्नोकोठा कोठैकोठा भई तानियो- कुनैमा तन्द्राङतुन्द्रःङ हातैहात 'झुन्डिएका,क्नैमा खुट्ढैखुट्टा । अर्कापट्टि लङ मिलाई पारदर्शक बट्टामा राखिएका नाक.कान र आँखाहरू अनि भित्ताको सानो कोठामा 'गोप्य' अड्रित बट्टामा स्त्री रपुरुषका जननेन्द्रियहरू । १६२ .” भैरव अर्यालका हात्यब्यड्ग्य नेपुलकले कोट फुकालेर मिर्कायो । अनि सुटुक्क सोफामा बसी स्वास्तीतिरएकटकसित हेत्यो । हेदाहेदैं स्वास्नी थेप्चिएर पुड्की भईं, पग्लिएर कमलीभई, बैँसको बाक्लो पालिसले उसको गाला फक्रक्क फक्रे, चिम्सा आँखालम्बिएर टिप्लिकटिप्लिक चलमलाउन थाले, नेपुलकको आँखा जुध्यो । त्योकप्लक्कै निलिदिकँ जस्ती नमुनाकी तरुनी मुस्कुराएर साँधिरहेकी थिई-“भन्नोस्‌ श्रीमान्‌, तपाईंको कुन अङ्ग फेर्नुपन्यो ?” नेपुलक अनकनाउँदै थियो,तरुनीले फेरि सोधी- “भन्नोस्‌ न, म यस केन्द्रकी रिसेप्सनिस्ट कम्‌ गाइड हुँ,मेरो नाम हो सुकमारी प्यारेन्टलेस्‌ ।” नेपुलकले हडबडाउँदै भन्यो- “ए, त्यसो भए तपाईंसँग कुरा गरे पनित भौ नि, होइन ?” “साँच्चै भनुँ भने म त यो अङ्गपरिवर्तन केन्द्रमा आज पहिलो पटकआउँदै छु, अझ भनूँ भने यहाँ कुन अङ्ग परिवर्तन हुन्छ र कसरी के दरमा हुन्छत्यो पनि मलाई थाहा छैन ।” सुकुमारी एउटा कान उसको कुरातिर लगाई जबाफचाहिँ अर्कै एउटाग्राहकतिर फर्केर दिँदै थिई- “ल यो कागज लिएर सर्जरी रुममा जानोस्‌,डाक्टरले तपाईंको आँखा सरक्क झिकेर राख्छ, तपाईँले रोजेअनुसार भर्खरएउटा पर्यटकले फेरेर मिर्काएका एक जोर मधुरा आँखा छन्‌; त्यही जडनलगाउनुहोस्‌, अनि एकाउन्ट अफिसबाट बाँकी पैसा लिई जानोस्‌ । दुईघण्टामा झिक्ने-हाल्ने दुवै काम चट्‌ ।” य त्यो मान्छे गयो । नेपुलकतिर हेरेर सुकुमारीले भनी- “बुभ्नुभयो, योअङ्गपरिवर्तन केन्द्रमा सबै थोकको सुविधा छ । तपाईं आफ्नो कुनै अङ्ग बेच्नचाहनुहुन्छ भने स्ट्यान्डर्ड र इन्टरनेसनल मार्केटमा त्यसको माग हेरी उचितमोलमा हामी किनिदिन्छौं, तपाईंको कुनै अङ्ग छैन अथवा भए पनि गतिलो छैनर फेर्न चाहनुहुन्छ भने रोजेर किन्न सक्नुहुन्छ, यहाँ नभएको अङ्ग रहेछ भनेअर्डर दिएको तीन दिनभित्र हामी मगाइदिन्छौँ । जीवित अन्ग बेचेर कृत्रिम अङ्गजडन चाहनुहुन्छ भने त्यो पनि जडेर पठाइदिन्छौँ । जीवित अङ्गको जडानशुल्क १००।- छ र कृत्रिमको १०।- मात्र । अब भन्नोस्‌, तपाईंको के सेवागर ?" सुकुमारीले गालामा गुराँस फुलाई । नेपुलकले अनकनाईअतकनाई भन्यो- “अरू त केही होइन, यो नाकएउटा अलि नेप्टो भएकोले फेर्दै कि भनेर आ'को ।" सुकमारीले फोनमा रिङ गर्दै भनी- "हलो, हलो नाक सेक्सन !” पन््चीर्यौ शताब्बी अङ्ग्रत्यङ्मा “ १६३ जवाफको प्रतीक्षामा रिसिभर गालामा अड्याउंदै नेपुलकतिर फर्केर भनी-“फेर्नु त पर्छ त ! पच्चीसौँ शताब्दीमा पनि यस्तो नेप्टो नाक लिएर निर्बाहहुन्छ त ?” नेपुलकलाई यो आवाज स्वास्नीको जस्तो लाग्यो । नभन्दै उसकीआफ्नै स्वास्ती सोफानिर उभिएर भनिरहेकी थिई- “यस्ता असभ्य मान्छेसितके क्रा गर्नु । नेप्टो नाक देख्ता म्वाइँ खानै घिन लागेर पो फेरेर आउनोस्‌भनेकी ! साँच्चै अङ्गपरिवर्तन केन्द्रमा स्तनको भाउ के रहेछ हँ ?” प्रश्नले नेपुलकलाई फेरि घचेटेर अङ्गपरिवर्तन केन्द्रमा पुन्यायो । सो-रुमहरूमा बिभिन्न अन्गप्रत्यङ्गहरू देखाउँदै सुकुमारी भनिरहेकी थिई- "यीबीस-बाइसे स्तन भर्खर हिजो मात्रै दुइटी तरुनीले बेचेर गएका ।” नेपुलकले आश्चर्यचकित भएर सोध्यो- “बीस-बाइसैमा स्तन बेच्नेवैराग्य किन आएको त ती मोरीहरूलाई ?” सुकुमारीले खिस्स हाँस्तै भनी-“ती दरिद्व मोरीहरूलाई यति टुमुक्क परेका स्तनहरू किन चाहिए त; आफ्नास्तन चचार हजारमा बेच्ने, चचार सयमा यहाँ बूढीहरूले फेरेर मिर्काएकाझुम्रे स्तन टाँसे, गए । छाती रित्तो पत्ति रहेन, ढिँडो निस्तो पनि रहेन । बरुतपाईंकी श्रीमतीलाई चाहिन्छ भने लैजानुहोस्‌, आजै लिनुभए अलि सस्तैमापाउनुहुन्छ भोलिसम्ममा यी उडिसक्छन्‌ । स्तनको माग कति चढ्दो छ,तपाइँलाई के थाहा ! भोलि नै यो आठ हजार जोडीमा विक्छ ।" “एक जोर बीस-बाडइसै स्तनको आठ हजार पर्दो रहेछ !” नेपुलकस्वास्नीलाई उत्तर दिन्छ । स्वास्ती एक पटक जिश्रो काढ्छे र पोइको उत्तरदोहोस्याउँछे- “एक जोरको आठ हजार !” एकछिन गमेर अनुनयपूर्वकपोइको नजिक गई भन्छे- “एउटा कुरा भन्छु मान्ने है त !" अन्यमनस्कभावमा नेपुलक सोध्छ- "के :” "मलाई पनि एक जोर वीस-बाइसे स्तनकोसाह्रै रहर लागेको छ । आफ्नो बेचेर नपुगेको पैसा थपी किन्न पाए कस्तो कुन आँखा फुटेकीले किन्ली र तिम्रो बेलुन फुटेजस्ता स्तन ।” नेपुलकस्वास्नीतिर फर्केर झोक्किन्छ । “आँखा फुटेकीले आँखै किनिहाल्छे नि ! सुटुक्क लगेर बेचिदिउँ, कसलेथाहा पाउँछ र मैले स्तन बेचेको :” नेपुलकको मुखाकृतिमा रिसले घिनकोगुइँठा पात्यो; छा, कस्तो जुग आयो । “बुभ्नुभयो, जुग अर्कै आयो ।” रिसेप्सनिस्ट ठिटीले सो-रुममा ४ “ भँरव अर्यालका हास्यव्यङ्ग्य हिफाजतसाथ राखिएका मुटुहरू देखाउँदै भनी- “आजको जगमा पैसालेसाथ दियो भने मान्छे हजारौँ वर्ष बाँच्न सक्छ । एक अमेरिकी धनर्पातको कुरासुनिहाल्नभयो । २२५ वर्षको उमेरमा यसर्पाल फेरि उनले आफ्नो मुटुफेरेछन्‌ । औषधिविज्ञानको कत्रो प्रगति !" “क्ो, औषधिविज्ञानको उन्नतिले गर्नेसम्म ग-यो । मान्छे पनि मोटरझैँफडइत्याडफुड्लुङ फुक्लने भयो, टाकटुक जोडिने भयो, कृत्रिम ट्युबमा बच्चाजन्मने भयो, तर शक्ति र सम्पत्ति नहुनेहरूको निम्ति के भयो ?" नेपुलकगम्भीर मुडमा सोच्नै थियो । रिसेप्सनिस्ट सुकुमारीले अर्को शौ-केस देखाउँदैभनी- “लौ, तपाईंले नाक खोज्नुभएको हाइन : कुन नाक हाल्नुहुन्छ ? रसियननाक तपाईंको बनोटमा अलि म्याच गर्दैन । अमेरिकी नाकको कलरै नमिल्नेभइहाल्यो, चिनियाँ नाक हाल्नोस्‌, तपाईँलाई मङ्गोलियन टाइपकै नाक सुहाउँछ ।अचेल फेसन सानो नाकको छ बुभनुभयो ?” नेपुलकले मुन्टो हल्लाउँदै भन्यो-“मलाई त नेपाली नाकै दिनुहोस्‌ बा, हिसी र रङ्ग दवै फिट हुन्छ।" तररिसेप्सनिस्ट तरुनीले नेपाली नाक पाउनै मुस्किल छ भन्दै टिप्पणी गरी- “छनत एक दर्जन नेपाली नाक छन्‌, तर यी सबै विदेशीको अडंरमा लिइराखेका,आखिर विदेशी मुद्रा कमाउनु पनि त पन्यो । हाड हार्मोन्स सबै विदेशबाटझिकाउनुपर्छ ।' फेर्ने पर्ने भएपछि नेपाली नाक नै के टाँस्नुहुन्छ त ल,योइन्डियन नाक हाल्नोस्‌; सस्तो, राम्रो, बलियो, मलाई त यस्तै मन पर्छ ।" नेपुलकलाई त्यो नाक अलि असजिलो होला जस्तो लाग्यो- वास्तवमाउसलाई आफ्नो शरीरमा बेजातको अङ्ग जड्ने मन छैन । तर क करा टानखोज्दै भन्छ- “यी नाक बेच्नेहरूले युरोपियन नाक हालेर गए होलान्‌,होइन :" ठिटीले खिसीको भावमा मुख बङ्ग्याउँदै भनी- “ती तपाइंजस्ताफेर्न चाहने क्रहाँ थिए र; भरिया न हुन्‌, एक मानो रगत बेचेर एक पाथीमट्टीतेल किन्छन्‌ । आफ्ना साबुत अङ्ग बेचेर यहाँ तपाईंजस्तो भलादमी वा“पर्यटकले फेरेर जगेडा रहेका चेप्टानेप्टा, लुला, बाब्गा अङ्ग सस्तोमा टाँस्छन्‌,जान्छन्‌ । अझ कति त बीस-तीस रुपियाँमा प्लास्टिक अन्ग लगाई जीवन टानेँनियतले फर्कन्छन्‌ बिचराहरू ।" “धनले गरिब भए पनि स्वास्थ्यले त उनीहरू धनी नै थिए; औषधिविज्ञानलेउनीहरूको त्यही धन पनि खोसी विकृत र विकलाङ्ग त पारेन ?" नेपुलकलेलामो सास फेरेर गम्भीर वैकल्य प्रकट गप्यो । रिसेप्सनिस्ट सुकुमारी मुसुक्कहाँसी- "तपाईँ मान्छे साह्रै भावुक हनुहँदो रहेछ; शो-केस हेदैमा यति विकल पच्चीर्यौ शताब्दी अहप्रत्यङ्षमा / १६१ हुनुहुन्छ भने मेरो जस्तै यहीँ काम गर्नुपन्यो भने त तीन दिनमा तपाइंको टाउकैफेर्नुपर्ने हुन्छ कि क्या हो ! तपाईंलाई थाहा छ, यहाँ राखिएका प्रत्येक अङ्गकोएकोटा करुण कथा छ । उ: ती कान एउटा साह्रै सुन्दर नेपाली केटाका हुन्‌ ।मलेरियाले मर्न आँटेको बाबुलाई औषधि गराउन नसकी हिजा मात्र उसलेआफ्नो दुवै कान बेचेर प्लास्टिकका कान टँसाई गयो ।” नेपुलक ट्वाल्ल परेर ठिटीको कुरा सुनिरहेथ्यो, उसले फेरि थपी-“बुभनुभो, एक थरी त्यस्ता छन्‌, अर्को थरीको कथा सुन्नुहुन्छ भने हिँडनुहोस्‌पल्लो कोठामा, त्यहाँ आजै लिएका नाक र कानहरू छन्‌ । एक जना दरिद्रबृढालाई अस्ति हैजा लागेछ, बेलामा औषधि नपरेकाले उनी बाँच्न नसक्नेभए । उँनका छोराहरू हिरिकहिरिक्‌ हुन लागेको बाबुलाई भ्याइँकुटी पार्दैदगुराएर यहाँ ल्याएर भने- “नमर्दै यिनका साबुतजति अङ्ग किनिदिनुहोस्‌ ताकि यिनलाई पोल्ने दाउरा किनेर बाँकीबक्यौता बाँडचुँड गरी अलिक दिनहामी पनि पेट पाल्न सकौँ... ..." म त त्यो बिचराको चिरफार हेर्न नसकीएक बोतल हाइल्यान्ड ह्विस्की लिएर ढोका धुनी बसेँ ।” नेपुलकले भन्यो- “कस्तो आजको विवशता !” सुकुमारीले भनी- “यो हो आजको वास्तविकता !” तर नेपुलककी स्वास्नीले आफ्नो पोइले सुनाएका यी घटना र टिप्पणीहरूराम्ररी बुझिन । उसको मन छोराले गरेको उपद्रोतिर गइरहेको थियो । 'अहिलेक इन्तु न चिन्तु भई लडेको छ, के गर्नु त अब अर्को पाउँला !' तर क छोरो १६६ भैरव अयालिका हास्यव्यङ्ग्य पाउँदाको कष्ट साम्झन्छे, आट जरुङ्ग हन्छ; नाइँ क राडिमेड बच्चा किनेरन्याउंछे । अँ. त्यसमा भा उसलाई पाद्रेघरको के जरुरत : यो बेर्चिदिए पनि हन्छ,वल्ल समस्याको समाधान निस्क्यो, खिसिक्क हांस्तै उसले पातलाई सोधी- “अवमरे पाठेघरका के काम छ र हाँग : यही वेच्चर स्तन लिन पाए कसो होला :” नेपूलकको दिमाग चक्कराउँदै अङ्गपरिबनेन केन्द्रको अर्को कक्षमापग्दछ । एउटी सोझी खालकी महिलासंग रिमेप्सानस्ट ठिटी सोधिरहेकीहुन्छे- "के तपाइँका वच्चा छैनन्‌ ?" “छन्‌, तर दइटै गँडमड किनेका; आफ्नै पाठेघरमा वनेको वच्चाकोम्वाइ खाने मेरो जिन्दगीमा एउटै धोको छ । त्यसैले एक तोला विशुद्ध हिमालीवीर्य आफूमा भिव्याजँ भनेर आएकी ! “कस्ती हरिलदठक आइमाई..." -नेपुलकलाई हाँसो उठ्यो, “कुनैलोग्नेमान्छेसित पोइल गए न भइहाल्यो नि ।” उसले प्वाक्क भन्यो । सोझीमहिलाले सोक्षै तालमा उत्तर दिई-.“लोग्ने त भइहाल्तुहुन्छ नि, मालिकलेमेरो पतिसित आफ्नो सम्पत्ति साटिदिए । करा वुझिहाल्नुभयो होला, आजहाम्रो घर छ, मोटर छ, जग्गा छ, जागिर छ, तर... ।" नम केही सहयोग गर्ने सक्छु कि :” नेपुलकले अनकनाईअनकनाईभन्यो । महिलाले आफ्नो सतीत्वत्रार निक्कै लामो व्याख्या गरी र भनी- “मखालि वीर्य चाहन्छु, सतीत्व बेच्न चाहन्नँ ।” नेपुलर्कातर फर्केर मस्कुराउँदै सुकुमारीले भनी- “उन्नाइसौँ शताब्दीकोअबशेष पनि यो देशमा अझै वांकी छ ।" नेपुलकले महिलालाई आश्वासनदिदै भन्यो- “तपाईँको सतीत्च मैले किन्न खोजेको होइन, एक तोला वीयंतपाईंलाई निःशुल्क दान दिन खोजेको मात्र हो ।” केहीवेर अन्यमनस्क भइमहिलाले सुकुमारीतिर हेरिन्‌, क मृस्कराउँदै अर्को कक्षतिर लागी । केहीवेरपाँछि नेप्लक र महिलाको मुखमृद्रा पालैपालोसित हेर्दै ठिटीलेव्यङ्ग्य गरी- "कन्ट्र्चाक्टरको कोमसन कसले दिने नि?" महिलाले मुखरातो पार्दै केटीलाई प्याट्ट हिकाँई । यसो गर्दा सृकमारी त पिलिकपिलिक्‌ गर्दैरुन पा थाली । नेप्लक फरि जिल्ल पस्यो । आखिर त्यात साह्रो दुख्ने गरीपिटेकी त कहाँ हो र उसले : तर यो चनमनी किन रुन्छ : उसको दिमागरन्धनियो । झन्‌झन स्दै आफ्नो छातीमा लिप्सन आएकी महिला आत्तिई रशि्टाचार ,पान देखाउन नभ्याई निस्किहाली । दुनमताएकी सुकुमारीलाईसमाएर बमबुम्याउंदै नेपुलकले सोध्यो- "तिमीजस्ती मान्छेलाई पानि यस्ताविधि फन्चीतौ गतान्दी अङप्रत्यड्मा - 1६5 रुन मन लाग्छ :” सँक्कसक्क गर्दै केटीले आफ्ना मन फाटे- “टचचमाजन्माइएकी भन्दैमा म आर्टाफसल मान्छे ह २ - तपाइजस्तै कने लाग्नमान्छु२ उनीजस्तै कनै स्वास्तीमान्छको रगत मिसाएर जन्माड्ाकी तह नि"फरक यति हो- तपाइँहरू आफ्ना नातागोता पचन्नहन्छ: स्नेट ममता णउनहन्छःमलाई आफ्नै विगत-आगतको पत्ता छैन ।” उसको सकमार अनुहार मसादै नेपलकले सोच्र्या- "फे निमीलाईआफ्नोवारे कही बाहा छैन त ?" “म अमेरिकाको कनै लेबोरटरीमा जन्माइण्की था, गन्थ्रापीलाजीकोआधारमा वभ्दावुभदा म नेपाली रगनकैँ प्रडक्सन ट भन्ने लागेकोले यट्टाआएर नोकरी गर्दै छु । मेरो होलिया यत्ति हा ।" मायाल स्वरमा याँत ननरसुकमारीले आफ्नो मन्टो नेप्‌लकका छातीमा टाँसी, नपुलक रामाच्चरित भयो,उत्तेजित भयो । उसका औँलाहरू सुकमारीका अइप्रत्यद्रमा चलमलाएर छिरैउसलाई निर्वाइ पारी उधाने र्कासए । तर आफूले वोल्न नपाउँदै सकमारीलेएउटा फलिक्रो छाडी- "तपाइँ नै मेरो वा भर्ड्रादन्‌भएको भा कस्ता हन्थ्योहगि ?” नेपुलक जिल्ल पप्यो । उर्साभत्रको पितत्तर तरै आखाबाट झरेर नेपालीनाक राखेको सो-कंसमा तप्पतप्प थोप्लिइरहेको उसले निकैवेरपाँछ चालपायो । यो पनि थाहा पायो- त्यमै वेला एक जना साहेव ९ वर्षको उमेरमाआफ्नो आइप्रत्यङ्घको तेस्रो पटक ओभरहल गराई सकमार्रीसत विवाहकोप्रस्ताव राख्न आएका थिए । “नाक फेर्ने भए छिटा छान्नुहोस्‌, काउन्टरमा ग्राहक र विक्रताहरूकोामीड लागिसक्यो" -निकँवेरपछि स्‌कमारीले नेपुलकलाई भनी । नेपुलकलेगम्भीर मुद्रामा भन्यो- “भैगो नानी, मलाई नेप्टै नाक भए हन्छ; उमेर पानित ५० पुग्न लाग्यो ।” ए, त्यसो भए तपाईलाइ न्य स्टेट्की मैयाँले छांट पारेर पगालिर्साकछन्‌,लौ, उसैलाई ब्याएर बस्नास्‌; आजदेखि हाम्रो विवाह विच्छेद '" -नेपूलककोस्वास्तीले एक सासमा रन्क्दै भनी र फन्कदै काठावाट निम्कि पनि हाली ! एकछिन जिल्ल परेर नेपुलकले सोध्यो- “सानु कहा छ त?" फर्कदैनफर्की स्वास्तीचाहिले जवाफ दिई- “कान्त, त्यता खार्टातर मरिराखकाहोला ।” नेपुलकले छोराको लास छामछम पान्यो- त्यसमा टाउकै थिएन । सगनवबाट १६5 शैरव अयालका हात्यब्यड्ग्य


ए ज्या भुसुक्कै !!

पढेका र परेका, गुनेका र सुनेका, सुझेका र बुझेका इत्यादि जम्मैगरी हाम्रो दिमागमा कति मुरी क्रा कोचिएका छन्‌, त्यसका नापजोख गरीसाध्यै छैन । मानौँ, मान्छेको मगज एउटा बहमाण्ड-व्याइ हो, जहाँ सहसौँस्वरूपका कच्ची-पक्की करेन्सीहरू कित्ताका कित्ता गरी थन्क्याइएका छन्‌ ।आशामरुलाई चिट्ठा परेको, सर्वहाराले जुवा जितेको, चुक्लीकान्तले वकसपाएको वा घाटेबाजेलै दान पाएको रकमझैँ एकै पटक र एकै कलम गरीथुपारिएको होइन, बरु खस्याङखुसुडको खुद्रा पसलेले दुई पैसाको हिड्देखिजरायोको सिङसम्म बेचेर चुबुरचुबुर गरी लिएका चानचुन पैसा खाइनखाईखुत्रुम्के कन्तुरमा खुत्रुकखुत्रुक खसालेझै प्रतिमिनेट, घण्टा, दिन, महिना र वर्षकेही न केही कमाउँदै र थन्क्याउँदै यो पुँजी जम्मा भएको छ । चाहिएका बेलाझिकौंला, परेको बेला खर्चौंला र आबश्यक परै अरूलाई आफ्नो कमाइबाटगुन लगाउँला भन्ने उद्देश्यले नै मान्छे केही कमाउँछ, केही बचाउँछ-व्याड्मा राख्छ । यसकारण दिमागका व्याङ्गममा बचत खाताको भन्दा चल्तीखाताको महत्त्व बेसी छ । तर भएर के गर्नु ? चाहिएको बेला चेक काटन खोज्यो भने के कताके कता बेपत्ता ! पढेगुनेका कुरा नआउनु त त्यति आश्चयंका कुरा हाइन,किनभने अचेल पढ्नुगुन्नुको अर्थ ज्ञानगरिमा वढाउनु र त्यसलाई व्यबह्ृनगर्नुसम्मको झन्झट-भझमेलामा जेलिएको छैन । येनकेन प्रकारेण परीक्षामाउत्तीर्ण हुनु, आफ्नो नामका अगाडिपर्छाडि डिग्री र उपाधिका नन्द्रचाडतुन्द्रझुन्डयाउनु र जागिरका लागि कर्न, ढुम्नु, धाउनु अनि केही नलागे चुक्ली,चाकरी र चाप्लुसी गर्न धाल्नु नै आज शिक्षादीक्षाको उद्देश्य केन्द्रित छ ।त्यसैले कहिलेकाहीँ अन्तर्वातामा सोधिदेलान्‌ भनेर मात्रै हो, नत्र पढेका कराविर्सेकोमा विस्मात मान्नुपर्ने केही छँदै छैन । तर कतिपय भुक्तभोगी भइसकेका ए ज्या मृतक ” “ 1६९ कुरामा पनि सम्झनाको रिसिभर उठाउँदा कम्पाराबाट डायलटोन नै आउँदैनर पो साह्रै अचम्म लाग्छ । हुन त हो नि, आइन्स्टाइन र न्युटन पनि निकै बिर्सुवा थिए । अझटोमस एल्बा एँडिसनले त एक पटक कनै आविष्कार दर्ता गर्न जाँदा आफ्नोनामै भुसुम्क बिर्सेर बताउन नसकेका रे ! कवि किटसलाई सम्झनोस्‌, उनलाईअरू त कै भर्खरै खाएको वा लुगा लाए-नलाएको पनि होस हुँदैनथ्यो । यस्तै'तपाईंको पैसौः तिर्नु थ्यो' कि :' भती तलब पाएको दिनः भेटिएजति सबैलाईसोध्दै जाने महाकेखि देबकोटा हाम्रो नाजकै थिए ! तर उनीहरू सबै करा बिर्सेपनि सुभझिका र बुझेका कुरा बिसंदैनथे । आफ्नो साध्यक्षेत्रमा उनीहरूकोध्यान कस्तरी एकोहोरिएको थियो भने त्यससित असम्बन्धित अरू सम्पूर्ण क्रानबिर्सी उनीहरूलाई सुखै थिएन । कै सबैको बिर्साइ त्यस्तै हो त ? भुत्रो निहोइन । हामीमध्ये कति मै हुँ भन्ने विद्वान्‌ वा लेखकलाई आफ्नै विषयमा एउटासामान्य लेख लेख्न दसोटा पुस्तक वरिपरि राखी घण्टौँघण्टा लेख्तै-केर्दै, केर्दैलेख्तै गर्नुपर्छ भने हामीलाई यो पत्याउन मुस्किल पर्छ- लर्ड मेकालेलेवेलाइतको आठ भागमा विभाजित इतिहास कनै पनि पुस्तकको सहाराबिनालेखेका थिए । हामीमध्ये कति मै हुँ भन्ने व्याख्याताहरूलाई आफ्नै विषय वाविभागमा एक साधारण व्याख्यान दिन निकै अघिदेखि घोत्लिएर, घोट्टिएर पनिभन्ने बेलामा क्न्नै पर्छ भने यो पत्याउन पानि मुस्किलै पर्दो हो- स्वामीबिवेकानन्द कैयौँकैयौँ घण्टा धाराप्रवाह व्याख्यान दिएर विश्वका दर्शन-दिग्गजहरूको मगज तिलमिलाइदिन्थे । हामीले नपत्याउंदैमा साँचो करोझ्टो हन्छरः ज्ञानगुनको कुरामा त हेक्काको हबिगत त्यस्तै भो नाइँ, तर चानचुनकूरामा पनि आफूसमेत कतिको होसल्याङ्गै गति देख्ता पो झन्‌ रमाइलोलाग्छ । “विहान उहाँ जाने भनेको गइस्‌ त ?” “ए मैले त बिसँछु ।” . “तपाईंले हिजो आउंछु भन्नु भा' होइन ?" “जा, मैले त भुसुक्कै !” “खोइ त पुस्तक :” “ए ज्या भुसुक्कै !” १७० भैरव अर्यालका हास्यव्यड्रय यस्तैयस्तै गरी दिनको सैयौँ पटक अचेल हामीमध्ये धेरैको मुखबाटनिस्कने गर्छ- 'ज्या भुसुक्कै !!' आफ्नै अत्यावश्यक र नियमित कामकुरा त विसिंडन्छ भने अरूकोकुरा नसम्झेकोमा के अचम्म ! त्यसैले हिजो मात्रै कसैको कुनै काम गरिदिन्छुभनी आश्वासन दिएका छौं भने आज सजिलैसित हामी भनिदिन्छौँ- “ज्या,मैले त भुसुक्कै बिसँछु ।” पैँचो तिर्ने वा दिने, माल लगिदिने, केही गरिदिनुपर्ने,कतै गइदिनुपर्ने अथवा केही भनिदिनुपर्ने जस्ता कुरामा दिइएका भाका तझन्‌ दिनको पाँच पटक सम्झाए पनि ज्या भुसुक्कै ! 'ल', 'हुन्छ', 'हस्‌' र 'जोआज्ञा“ आदि प्रिय शब्द निकालेर बचन दिनु कत्ति पनि गाह्रो छैन, जति गाह्रोछ- तिनलाई सम्झनुमा छ । त्यसैले यहाँ भाषणको सिलसिलामा दिइनेबकितम्‌ आश्वासनको त कुरै छाडिदिनुहोस्‌, सालङ्डार शुभनामको सहीदानगरिदिएका कैयौँ लिखितम्‌ तोकहरू पनि यहाँ बिस्मृतिको बास्केटमा फालिएकागुनासो बराबर सुन्नुपर्छ । त्यसैले मान्छेको दर्जासितै पदोन्नति हुँदै जाने केहीबानीहरूमध्ये बिर्सने बानी पनि एक हो भनेमा तपाईं पक्कै पत्याउनुहोला ।नपत्याए, कुनै धनीमानी वा अधिकारी-अधिकारिणीसित एउटा मामुली कामकोअनुरोध बोकेर जानोस्‌, खाने-पाउने कुराको अनुरोध रहेछ भने म भन्नसक्तिनँ, नत्र तपाईं पक्कै भोलिपर्सिको आश्वासन पाउनुहुन्छ । पर्सिपल्ट जानोस्‌उनी बिनम्रतापूर्वक सोध्दछन्‌- यहाँ कति कामले पाल्नुभयो कुन्ति ! फेरिबिलौना गर्नोस्‌- आश्वासन दोहोरिन्छ । अब त गरिदिए होलान्‌ भनी अलिदिनपछि जानोस्‌- तपाइँका सम्पूर्ण आशाभरोसालाई चूर्ण पार्दै उनी सजिलैसितमुस्क्राइदिन्छन्‌- 'ए ज्या भुसुक्कै " अब बिर्सेपछि के लाग्यो ! बिर्सनुकोविरोधमा नालिस दिने कुनै दफा ऐनमा छैन । धर्मशास्त्रले पनि पाप गर्न हुन्नभनेको छ, बिर्सनै हुन्न त भनेको छैन । त्यसैले त कैयौं महाशयहरू नबिर्सेपनि बिर्सेको अभिनय गर्दछन्‌ । चाकरी, नसनाता, भनसुन, करकर र डरधम्कीलेकाम लिने विगत जहानियाँ तन्त्रले बसालेको संस्कार नतिखुन्जेल हुन्न भन्ननसक्नेले बिर्सने वानी पनि बसाल्नुपर्दो रहेछ । तर कुरा यो बेग्लै हो, प्रसङ्गकोकुराचाहिँ के भने बिर्सने बानी एक प्रकारको फेसन पनि हो । धेरै ठूलावडामाबिर्सने बानी पाइएपछि चानचुने बडाहरूलाई पनि आफ्नो वढत्व बढाउन यहीबानी बसाल्ने रहर लाग्छ र भन्न थाल्छन्‌- ठूल्ठूला भारी बोकेकाहरूलाईससानो कुराको हेक्का कहाँ रहिरहन्छ र ? तर यो अर्जी अब्राहम लिङ्नले किननिकालेनन्‌ ? सम्झने शक्तिमा नामुद जुलियस सिजर र रुजबेल्टको कार्यभार ए ज्या भुतुक्कै "० १७१ आजका कुनै पानि जीउको भन्दा हजार खण्ड बेसी थिएन त ! अझ नेपोलियनके भन्थे भने मेरो दिमाग खण्डैखण्ड भएको एउटा कन्त्रजस्तो छ, जुन बेलाज्ञ चाहिए पनि म यसबाट साजिर्लौसत झिक्न सक्छु । त भन्तोस्‌, कार्यभारबढ्दैमा विर्सन बानी पनि वढ्नै पछ भन्न कनै आनवार्यता रहेछ त !अर्कातिर, कलाकार वा काव्यकार भएपछि मान्छे अलिर्कात बेहोसीहुन्छ भन्छन्‌ । तर आदिर्काव व्यास र होमरसित चाहिएको बेला प्याट्ट पल्टाएरस्या्ट सारिदिने न कुनै किताप थियो न सुझेको क्रा सम्झनाको लागिटिपिराख्ने एउटा नक्कले नोटबुक नै । जे थियो उनीसित आफ्नै होस थियो ।त्यस्तै सुप्रसिद्ध अस्ट्रेलियन सङ्गीतकार मोजार्ट थिए । उनी गिर्जाघरमा गाइएकोसङ्गीतको नोटेसन आफ्नो दिमागमा कस्तरी टिपिदिन्थे भने घर पुगेर कापीमाएक नबिराई सारेर गाउन सम्थे रे ! रे का कुरा किन चाहियो, बालकृष्ण समर बाबुराम आचार्यको स्मरणशक्ति सम्झँदा साधकहरूले बिर्सुवा हुनै: पर्छभन्ने अर्जी 'नाच्न नजान्नेले आँगन टेढो' भनेजस्तै लाग्छ ।वास्तवमा हामीमध्ये कतिको दिमाग अचेल ब्रह्माण्ड-व्याङ्ग होइन,कच्चा घरको निदालजस्तै छ । अलिकति मकाएको, अलिकति कीराले खाएकोर समस्त ध्वाँसोले रङ्गिएको त्यस निदालका प्वालप्वालमा गृहिणीहरू जे पायोउही घुसारिदिन्छन्‌ । दुई-चारोटा खुद्रा पैसा, फुटेको ऐना, सलाईको बट्टा,काँचो धागो, केटाकेटीको खेलौना, साबुनको टुक्रा, दाँत माभने बुरुस इत्यादिगन्ठ्याङमन्ठ्याङ केके हुन्‌ केके ! अनि चाहिएको बेला केही खोज्यो भनेकताकता ! हातभरि आउँछ ध्वाँसो र घूलो मात्र । आजका वुद्धिजीवीकोदिमागको पनि हालत यस्तै त होइन : एकातिर माल्थसको जनसङ्ख्या-सिद्धान्तलाई अधकल्च्याएर घुसारिएको छ भने अर्कोतिर मौका परे अर्कीषोडशीको लगनगाँठा समात्ने धोको पनि सिउरिएकोा छ । एउटा कनामामाक्स, लेनिन, गान्धी, रसेलका विचारको पोका छन्‌ भने अर्को कुनामाभूमिसुधारका फलस्वरूप जग्गा घटैको पीरले पनि कातिलाई पिरेकँ होला ।.. उसले त उसलाई सामन्ती भनेछ, अब भियतनामको स्थितिकस्तो होला, फलानाफलाना पञ्चायतको सीमामा 'फगडा पन्यो, कच्छबाटकसले के भन्यो ? मंगीको खोस्टे दाल माना एकको १।२५, चिनी बन्द, चीनर न्थ्सको मतभेद कहाँ टुङ्डिएला, फलानाले फलानाको कविता चोस्यो, मन्त्रीलेमानेन, गुडँठा वितरण सामतिका स्‌चना, सातौं हप्तामा ब्रह्मचारी, फलानीत सिद्धिइछ, वी एस्पी को रिजल्ट कहिले निस्कला हँ :, त्रिभुवन राजपथमा १७२ , भैरव अर्यालका हास्यव्यङ्ग्य सान जना खतम, शुभविवाहको निमन्त्रणा. ..इत्यादिइत्यादि समाचार,प्रतिक्रिया, टिप्पणी, व्यवहार, आचारबिचार, भ्रष्टाचार, क्यामू र सात्रै, किसानसक्रटनको सभापति, युबामहोत्सव, बहुउद्देश्यीय विद्यालय, अस्तित्ववाद, विविधभारतीको पञ्चरक्ठी कार्यक्रम- हावामहल... । यस्तै जिली न गाँठीका अनेक वेप्रसङ्गी प्रसङ्हरू जब तरङ्गिरहन्छन्‌,दिमाग रन्थनिएर दुख्न थाल्छ, होस पातलिँदैपातलिँदै हावासँग मिल्न खोज्छ,अनि वन्द भएको घडीलाई औंल्याएर दम दिनुभएन ? भनी कसैले सोध्यो भनेडिस्स हांस्तै जबाफ दिन्‌पर्छ- 'ए ज्या भुसुक्कै !!' अव भन्नुहोस्‌, ए ज्याभुसुक्कै पनि यही युगको देन ह्वोइन त : तर मैले आग्रा' कुरा गर्दागर्दै गाग्राकोगफ पो छाँटैँ क्यार : बिर्सने वानीका बयान गर्न लागेको विच्छुब्ठलताको बहसगर्न पुगियो, लेखै विच्छुङ्जल भयो । तर टाउकामा खिचडीको खँडकौलो छड्कनेयस युगमा साहित्यमा भृड्डला खोजेर के साध्य हगि ? हुन त बिर्सनु झन्‌ चाहिने कुरा हो, कति आज खुइलिएकाहरू हिजोकोजगजगी बिर्सन नसकेर रुन्छन्‌, कति खली खाएकाहरू आफ्ना चोटचपेटाबिर्सन नसकेर बहुलाउँछन्‌ र कति लैला र मजनूहरू एकअर्कालाई बिर्सननसकेर सिलटिम्मुर खाइदिन्छन्‌ । हाकिमले हप्काएको, खुकुरी रमको जोसमाखुकुरी चलाउँदा मामाघरको निम्ता पाएको, ज्वानुको ठेक्कामा गानु गएको,क्यासिनोमा क्यास होम्दाहोम्दा हरि ३० जप्तै माला घुमाउनुपरेको, भत्याङमनिमन थाम्न नसक्ता साहको काखमा राहु रोएको आदिआदि कुराहरू बिर्सननसकेर बहुलाएकाहरूको उपचारको उपाय एउटै बाँकी रहन्छ- बिर्सनु रबिर्साउनु । तर बिर्सनुपर्ने कुरा बिर्सन सकेको भए सम्झनुपर्ने कुरा किनबिर्सन्थ्यो र ? त्यसैले मैले पनि केके न लेखुँला भनेर यो निबन्ध सुरु गरेकोलेख्तालेख्नै यहाँ नलेखिएजति जम्मै करा बिर्सिएछ । तपाइँको पनि टाउकोखचाखबै होला, यो छुसी गफ फेरि कहानेर कोच्नुहुन्छ, पढिसक्नासाथ बिर्सिंदिएहुन्छ । रचनाबाट ए ज्या भुतुक्कै ” / १७१

साढि

हिन्दूहरूले साढिलाई महादेवको निजी वाहनको पदमा नियुक्त गरिदिएकाछन्‌ । महादेवलाई वाहनको आवश्यकता थियो-थिएन दैव जानोस्‌, तर आफूलाईजेजे चाहिन्छ देवीदेवताहरूलाई पनि त्यही चाहिन्छ भन्ने मान्छेको धारणारहँदै आएको छ । आफू घोडा, हात्तीमा चढ्ने हुंदा हाम्रा पुर्खाले आफ्नादेवीदेवताहरूको लागि पनि चढेर हिँड्ने एकोटा जनावरको प्रवन्ध गरिदिएकाछन्‌ । जस्तै- विष्णुलाई गरुड, देवीलाई वाघ, यमराजलाई राँगो र गणशलाईमुसो । आजको जमाना हुँदो हो त विष्णुलाई गरुडको सङ्टा हेलिकोप्टर दिङँदाहो । त्यस्तै अरूलाई पनि दजा हेरी कार, स्कुटर, रिक्सा, साइकल वितरण गर्दैगणेशजीलाई चाहिँ गाडाकै प्रवन्ध गरिन्थ्यो कि ः भन्नाको मतलव आजकाहिन्दूले महादेवको बन्दोवस्त गर्नुपरेको भए या महादेव अहिलेसम्म रहेका १७४ - भैरव अर्यालका हात्यव्यड्ग्य भए त्यही साँढे चढी के हिँड्दा हुन्‌ । यतार्उात हिँडन कमसेकम एउटामर्सिडिज कार र हिमालयमा ससुराली जात एउटा विशेष किसिमको हेलिकोप्टरत उनलाई चाहिन्थ्यो, चाहिन्थ्यो । तर जान दिकँ उस बेला जे भयो, भयो ।महादेवको विशेष वाहनमा श्रीमान्‌ साँढे नै नियुक्त भयो । त्यति उच्च ओहदामा नियुक्ति पाउने योग्यता साँढेसित के थियौ रभन्ने प्रश्न उठाउने आवश्यकता नै छैन । कारण योग्यताभन्दा माथिका दुइटामहायोग्यता कसित थिए । पहिलो त सांढै भनेको गाईको साक्वै लोग्ने हो,उसकी श्रीमतीसित आमाजस्तै एउटा धार्मिक साइनो हाम्रो लागेको छ । यहीसाइनोले उपल्लो नातेदार भएको साँढेलाई तल्लो ओहदामा राख्ता उसकोप्रतिष्ठा घट्ने कुरा त छँदै छ, दुनियाँमा नसनाताको महत्त्वै नासिँदै जान बेरछैन । साँढेको अर्को महायोग्यता हो उसको फुँकार । आध्यात्मिक जगतमाऔँकारको जति महत्व छ व्यावहारिक जगतमा फुँकारको उत्तिकै महत्त्व छभन्ने कुराको ज्वलन्त प्रतीक साँढेले पाएको सम्मान हो । क रुष्ट भयो भनेपर्खाल भत्काउन, बाली बेमाख पार्न र फाँक्क र फुँक्क गरी मान्छे हान्न सक्छ,त्यसैले उसलाई एउटा माथिल्लो पदमा सुशोभित गरिदिन पाए जुरो नचाउँदैजिभ्रो मिठयाइरहन्छ, सायद यही सोचेर उसलाई त्यत्रो ओहदा प्रदान गरिएकोहोकि ? जे होस्‌- महादेवको विशेष वाहनमा नियुक्त भएकोले साँढेको चुरीफुरी निश्चय नैकुनै मन्त्रीको पी.ए. को भन्दा कम छैन । मन्त्रीज्यको आदेश खोज्नेले पी. ए. लाईरिझाउनुपर्छ भन्ने पद्धतिको श्रीगणेश नै हिन्दूहरूले साँढेबाट गरेका छन्‌ ।त्यसैले पशुपतिनाथको दर्शन गर्नुभन्दा पहिले उनको अगाडि लँगौटीसमेत नलगाएरगजधम्म बसेको लबस्तरो साँढेलाई साष्टाङ्ग प्रमाण गर्नुपर्छ । बाली फाँडोस्‌ किमान्छेलाई हातोस्‌ उसलाई लट्ठी देखाउनु महापाप ठानिन्छ । जिमीदारलेजतिसुकै अत्याचार र व्यभिचार गरे परि नेपाली किसानले ठूलाबडासित जौरीखोज्न हुन्न भनी सहनुपरेझैँ हिन्दूहरूले सढिको अत्याचार सहँदै आएका छन्‌ ।साँढेको सिङमा हाम्रो इहलोकको भाग्य निर्भर गछ भने सांढेको पुच्छर परलोककोनिम्ति बैतरणीको 'झोलुङ्गे पुल हुन्छ रे ! वृषोत्सर्ग हिन्दूको तर्ने उत्सव, गाईपुत्रकोजीवनोत्सव । यस दिन त्रिशूलचक्रको ब्याज भि्ने सौभाग्य पायो भने गाईपूत्रलेआजीवन छाडा हुने अधिकार पाउँछ- साँढा भएर खाने बिर्ता पाउँछ । उब्जाउनेर कमाउने झन्झट साँढेलाई पर्दैन । तर अपसौच के भने साँढे हुने सौभाग्यदुई-चार भाग्यमानीले मात्र पाउँछन्‌, बहुसङ्ख्यक गाईपुत्रहरूको निम्ति त साङ.” १७४ वालकैँमा भेसेक्टोमी गरर मखमा पेरुङ्गो लगाई काँधमा जुवा बोक्नुसिवाय अर्कोवाटो रहदिन । त्यमैले सढि सामन्त हन्छ, गोरु सर्वहारा । साढे गोराझैँ रजाइँगछ, गास निग्राकै काजन्छ, साढै शक्तिपूर्ण स्वतन्त्र र स्वच्छन्द नेता बर्गमा पुग्छ,गारु लरलाम्ज जनता ' साढेको आफ्नो खुव्री 'फकार मात्र ही टन त. जेर्जात अहङ्गार उसमाचढ्छ त्यो त्रिशूलकै प्रतापको 'फल हो । यसो भनेर साढेको सम्पूर्ण प्रसिद्धिमहादेवको वाहन हुनाले मात्र भएको भन्नुचाहि गाइको बेइज्जती गर्नु हो ।उच्च ओहदामा पुर्ने श्रीमतीका श्रीमान्ले “चिन्नुभएन : म फलानीकीश्रीमान्‌ हुँ' भनी फुलेर परिचय दिएझैं साँढे पनि जुरो नचाउँदै गर्व गर्छ- 'मगौमाताको पतिदेव हुँ ।' मास्टरकी श्रीमतीलाई वर्णमाला नखारीकनै मास्टर्नीमान दिएझैं दिने हो भने सांढे पदेन हाम्रो गौपिता हो । पतिको अस्तित्वविनापत्नीको अस्तित्व आधा हुने हाम्रो संस्कारअनुरूप गाईलाई मान्दा साँढेलाईनमान्नु आधा गाईको पूजा गर्नुजस्तै हो । तर यस तथ्यलाई कत्ति ध्यान नदिईहामी गाईतिहार मान्छौँ, साँढेतिहार मान्दैनौं, गाईजात्रा गर्छौं, सांढेजात्रा गर्दैनौँ ।यो हेर्दा आफैँले सम्मान गरेको साँढेको आफैँले अपमान गर्न खोजेजस्तोलाग्छ । गाईतिहार, गोरुतिहार मानी साँढेतिहार नमान्नु जनाना र नामर्दकोअगाडि पुरुषको उपेक्षा गर्नु होइन र ? तर होइन, छोरीले राजीनामा दिएको भोलिपल्ट 'ज्वाइँ न स्वाईँ अगुल्टालेच्वाइँ' भनेकै गाईमैयाँले छाडिदिनासाथ राँको बालेर साँढे लखेट्ने चलन पनियहाँ देखिएको छ । हाम्रो संस्कारमा जेसुकै होस्‌, व्यवहारमा गाईको निम्ति'उक्तदान' बाहेक साँढेको अरू योगदान के हुन्छ र ? जिभ्रोमा लोभ, जुरोमाअह्वङ्कार, सिङमा रिस र मनमा ईख लिएको सढि वास्तवमा फांटफाँडा रसमाजभाँडा तत्त्व हो, जो एकअर्कोसँग मिलेर बाँच्न सक्तैन । एकले अर्कोलाईदेख्नासाथ भुइँ खोसदै होक्काँ गर्छ र जुध्न थालिहाल्छ । कोही नपाए भित्तैमापनि सिड्ौरी खेलेर तुजुक शान्त गर्ने साँढेको प्रवृत्तिले मान्छेमा पति साँढा हुनेरहर जगाइदिन्छ । त्यसैले हामी कान्जी हाउस बनाएर थुन्न खोज्छौं, सांढहरूपर्खालमा सिड्औौरी खेलेर भत्काउन र भाग्न खोज्छन्‌ । हामी शान्तिशान्तिभनेर चिच्च्याउँछौं, साढिहरू होक्काँ-होक्काँ- गर्दै जुघिरहेछन्‌, सम्भव छ एकदिन दुई-चारओटा हान्ने सढिको जुधाइमा सँसारका सम्पूर्ण शान्तिप्रिय चाच्छाहरूकिचिन के बेर : मिचिन के बेर ? अर्पणावराट परिवतित १७६ भैरव अर्यालका हात्यव्यङ्ग्य

सातसत्रीय.साहित्यदर्पण

प्रस्तावना छायावादी या मायावादी, प्रयोगवादी या उपयोगवादी, पुरातन यानूतनवादी आदिआदि जेजति बादीको नाम लिए पनि सारांश एउटै निस्कन्छ-साहित्य सबैँ बादविवादी रहँदै आएको छ । एक थरी वा एकताकाको व्याख्यार वर्गीकरण अर्को थरी वा अर्कोताकाका समीक्षाशास्त्रीहरूलाई मन पर्दैन ।मार्न्छोपच्छेको सिर्जना मान्छ्यैपिच्छेको पारख । त्यसैले तपाइँ-हामीजस्तापाठकलाई ठूल्ठूला ठेलामै ठेलिएका सृत्रहरूमा सही हालेर रटन्ताम्‌ गर्नुपर्ने केखाँचो : जव साँच्चो समीक्षा दुलम हुन थालिसकेको छ । यसकारण कसैलाईकल परोस्‌ या नपरोस्‌, मैले देखेको कुरा लेखेको छु, साहित्य तपसिलबमोजिमसान प्रकारका हुन्छन- सातस्‌त्रीय साहित्यवर्पणा “ १७७ १. क्रीत साहित्यविकृत साहित्यअधिकृत साहित्य. स्वीकृत साहित्यअनुकृत साहित्यनिजीकृत साहित्य, परिष्कृत साहित्यअब संक्षेपमा प्रत्येक प्रकारको भाष्य पनि दिँदै जाँदा तपाईंहरूलाईपट्टाइ त लागोइन : ।लागिहालेमा शीर्षक पढेर छाडिदिनुभए पनि हुन्छ ।आफ्नो रचनाबाहेक अरू कसकसले केके गथासो गरेका छन्‌ पढेर समयफ्याँक्न बेकार । धेरैजसो रचना पत्रिकाका पत्रै भर्ने त हुन्‌ नि, सत्य, यो पनिमैले टाकटुक पारेको मात्र हो । आफू घागडान लेखक भएकोले राम्ररी लेख्नफुर्सत कहाँ पाउनु ?) अँ, कुरा के भने मेरो सातसूत्रीय साहित्यदर्पणको भाष्यपनि म आफैँ लेख्नै छु । (अचेल आफ्नो रचनाको आलोचना त कति घागडान्‌साहित्यकारज्यूहरू अरूलाई किन दुःख दिनु भनी आआफैँ लेखेर कल्पित वाविर्कल्पित नामले छपाउन थालेका छन्‌ भने मेरा सूत्रको मैल्यै व्याख्या नगरेकसले गरिदेला त ?)सुबोध भाष्यक्रीत साहित्य- बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा क्रीत साहित्यभन्नाले किनिएको साहित्य भन्ने बुभनुपर्दछ । पैसा भए भेडाच्याङ्ग्रा मात्रैहोइन, मान्छेमान्छी नै किन्न पाइने संसारमा साहित्य मात्र किन्न नसकिनेकारण के छ र : साहित्य झन्‌ सस्तो छ- एउटा लम्बुकोट, जिम्बुको कोटा,निबुवा भन्सारको डिद्ठा, जेको लाभ देखाइदिए पनि गरिब साहित्यकार छभने जे पनि लेखिदिन्छ, लेखेको कापी मात्र होइन, लेख्ने कलम पनि उधारैमाबेचिदिन्छ । त्यसैले साहित्यको इतिहास पल्टाई हेर्नोस्‌ सामन्ती समाजमामात्र होइन, जस्तोसुकै प्रगतिशील युगा वा समाजमा पनि साहित्यको एउटाधारा स्तोत्र, स्तुति, प्रशस्ति र महिमामा रडर्माडएको पाइन्छ । खोज्दै र खोतल्दैगएमा गनिगनाउ गरी नकिनिएको भए तापनि अप्रत्यक्ष रूपमा यस्तो साहित्यकिनिएकै हुन्छ ।क्रीत साहित्यको 'ख' श्रेणीमा त्यस्ता पुस्तकहरू पर्दछन्‌ जसको रचनाएउटाबाट भएको हुन्छ तर लेखकमा नाम दर्ता भएको हुन्छ अर्कै महाशयको । क कम ठुद ्ट त लु १७८ “ भैरव अर्यालका हात्यब्यड्ग्य टाढाको कुरा नगर भने हाम्रै कति जरसाहेब करसाहेबहरूले पत्ति कीर्तिराख्नाखातिर यसो गरेका थिए रे । 'ख' श्रेणीका क्रीत साहित्य परिष्कृत पनिहुन सक्छ, उपयोगी पनि हुन सक्छ, तर 'क' श्रेणीको क्षणिक स्वार्थपूरक मात्र । विकृत साहित्य- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा विकृत साहित्यभन्नाले विकारग्रस्त या बिग्रिएको साहित्य बुभ्नुपर्छ । जति लाजभाँड लेख्नसक्यो, जति अरूलाई सराप्न सक्यो, अहम्‌ गर्जाउन सक्यो, जति चोरचार पार्नसक्यो, त्यति आधुनिकताको श्रेणी बढ्ने विकृत साहित्यको स्रोत पेरिस, न्युयोर्कर यस्तै अत्याधुनिक सहरहरू भए तापनि यसले अचेल नेपाली साहित्यजगत्‌मापनि आफ्नो कृहिएको खुट्टो घुमाउन थालिसकेको छ रे ! अधिकृत साहित्य- विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा क्नै न कुनैकुराको खास अधिकारप्राप्त मान्छेले लेख्ने साहित्यलाई अधिकृत साहित्यमान्नुपर्छ । प्रतिभा भए होस्‌, नभए नहोस्‌ कागत-गोस्वाराको सुब्बाले आफ्नीछोरी पोइल गएको उपलक्ष्यमा गरेको गुनासोलाई यो मेरो कविता छापिदिनुस्‌न भनेर कुनै सम्पादकज्यू कागतको कुपन माग्न जाँदा विनयपूर्वक भन्यो भनेनाइँ भनेर सुख ! अहिले अस्वीकार गरिदेओस्‌, भोलि पत्रिका छाप्ने कागतपाउँदैन । स्वीकार वा अस्वीकार गर्ने अधिकार सम्पादकैसित रहोस्‌ कागतकोअधिकार कसित हुन्छ, प्रेसम्यानेजरले एउटा छेउ न दुप्पाको कथा दिए पनिकमसेकम मुद्रणशुल्कमा अलिकति घटाइदेला भन्ने आशाले स्वीकृत गरिदिनुपर्नेहाम्रा पत्रिकाको स्थिति कसलाई थाहा नभएको हो र ? यसको मतलबअधिकारप्राप्त व्यक्तिहरू सबै उस्तै हुन्छन्‌ भनेको होइन, कति जना प्रतिभाशालीसाँच्चैको साहित्यकार पनि हुनुहोला । स्वीकृत साहित्य- घागडान-मण्डलीमा दर्ता भएर पनि झारा तिरेरलेखिने साहित्यलाई स्वीकृत साहित्य भन्नुपर्छ । एकेडेमीसियन वा लेखक सङ्घवा अरू कुनै यस्तै स्वीकृत संस्थाका स्वीकृत लेखक-कविले लेखेको रचनालाईयसोउसो भनी पन्छाउने कसको के तागत ? तर स्वीकृत कवि भयो भन्दैमाउसले लेखेको तमसुक पनि कविता हुन्छ भन्ने के ग्यारन्टी ? तर मान्नुपर्छ,स्वीकृत मान्छेले लेखेको जुनसुकै कीर्ति जस्तोसुकै खोक्रो भए पनि स्वीकृतैहुन्छ । बोक्रोभित्रको गुदी भेट्ठाउन नसक्नु पाठकको बुद्धिको कमी हो, बुभनु-भएन के ः अनुकृत साहित्य- विषय वा प्रसङ्घले अर्को अर्थ नलागेमा अनुकृतसाहित्य भन्नाले अर्काको अनुकरण पारिएको साहित्य भन्ने बुझिन्छ । टी.एस्‌. सातसृत्रीय साहित्यकर्पण । १७९ इलियटले खोक्रो मान्छे लेखे भने तपाईं उही शब्दशैली, उस्तै भाव र विचारराखेर 'छोक्रा मान्छे' लेख्न सक्नुहन्छ । तर म त भन्छु साहित्यकार पहिलेअग्रजहरूको अनुकरण नै गर्छ, त्यसैले क्रीत, विकृत र अधिकृत साहित्यभन्दाअनुकृत साहित्यलाई वेस भन्नै पर्छ तापनि शतप्रतिशत मौलिकचाहिँ तपाईंभन्न सक्नुहोला जस्तो मलाई लाग्दैन । निजीकृत साहित्य- अरूले लेखेर छपाइसकेको या सुनाइसकेको कृतिलाईसुटुबक नामसारी गरेर आफ्नो गरिएको साहित्यलाई निजीकृत साहित्य भन्नुपर्छ ।हुन त क्रीत साहित्यको 'ख' श्रेणीसित यसको रचनात्मक सीप मिल्छ तरक्रीत साहित्य किनिएकै .हुन्छ, कमसेकम लेखकले केही पाएको वा पाउनेआश्वासन पाएको वा आशा कमाएको हुन्छ तर निजीकृत साहित्य अर्कालेबिहा गरेर तैजान लागेकी दुलहीलाई कृष्णले हरेझैँ देखादेखी हरिएको अथवाअर्काको बगलीको नोट सुट्ट तानी आफ्नो बगलीमा घुसारेजस्तो सोझै चोरिएकोहुन्छ । निजीकरण कला जानेको छ भने क प्रतिभा र परिश्रमबिना नैमहामान्य साहित्यकार हुन्छ, त्यसैले निजीकृत साहित्यको मात्रा पनि अचेलप्रशस्तै बढ्न लागेकोले असम्भव छैन यही खेस्रो पनि रहंदाबस्दा अर्कैकोनाममा नामसारी नभइजाओस्‌ ! अन्त्यमा एउटा छ, परिष्कृत साहित्य- विषय वा प्रसङ्गले अर्को अर्थनलागेमा परिष्कृत साहित्य भन्नाले परिष्कार पुगेको मौलिक र जीवनवादीसाहित्यलाई लिनुपर्छ, । परिष्कृत साहित्य छँदैछैन भन्न सकिन्न, तर अरू छप्रकारका साहित्यको दाँजोमा यो साह्ै कम पाइन्छ । परिष्कृत साहित्य अलिर्कात 'क्रीत' पनि हुन्छ किनभने समाजले यसलाईधेरैधेरै मोल परे पनि किनेर पढ्छ । अलिकति विकृत पनि हुन्छ, किनभने यहाँमानवीय प्रवृत्ति तथा सामाजिक विकृतिहरूलाई कलात्मक ढङ्गले देखाएरसुधार्ने सजगता पनि दिइएको हुन्छ । अलिकति अधिकृत पनि हन्छ, किनभनेयो प्रतिभा, परिश्रम र अध्ययन एवं अनुभवले भाषा र साहित्यका अधिकारप्राप्तमस्तिष्क र मुटुको समन्वयबाट सिर्जना भएको हुन्छ । आलिकति स्वीकृत पनिहुन्छ तर यो स्वीकृति कुनै आफ्ना मान्छै भएको बोर्ड वा समितिबाट होइन,सबै किसिमका पाठक भएको समाजबाट । अलिकति अनुकृत पनि हुन्छ,किनभने यहाँ जीवन र जगत्‌को राम्रो, नराम्रो दुवै पक्ष इमानदारीसाथअनुकरण गरिएको हुन्छ र अलिकति निजीकृत पनि हुन्छ जसमा लेखकलेपूर्णतः निजी शैली र स्वरूप छाडेको हुन्छ र बीचको जुनसुकै एक पङ्क्ति १८० ० भैरव अर्यालका हास्यव्यङ्ग्य पढ्दा पनि यो फलानाको भनी ठ्याक्कै भन्त सकिन्छ । तर तपाईंलाई मात्र भनेको, उपल्ला पाँच प्रकारका साहित्य(निजीकृतबाहेक। मैले पनि निकै लेखेँ हुँला, तर परिष्कृत साहित्य भनेरअहिलेसम्म लेखेकोमा खाइ कुनचाहिँ देखाउँ, तपाईंलाई त म पक्कै ढाँदनसक्छु, तर आफैँलाई ढाँटन पो धौधौ पर्दो रहेछ । छातीमा हात राखेर भन्नोस्‌,।भन्नु पर्दैन, आफैं गम्नोस्‌। साहित्यकार हुनुहुन्छ भने तपाईंलाई पक्कै मेरैजस्तो अनुभव भएको होला । तर डर छैन, यो सातसूत्रीय साहित्यदर्पण पढेरआफ्नोआफ्नो कृतिहरूको समीक्षा गर्दै जान थाले भने एक दिन लाटाको खुट्टोपान बाटाँ' कस्सो परोइन ? ।माफ राख्नुहोला- मैले यो सम्पूर्ण 'म' को प्रयोग१०% मात्र गरेको छु, हिजोआज एउटा लेखमा ५०% सम्म मपाईँको प्रयोगगर्ने अधिकार लेखक- खास गरेर समीक्षकहरूलाई प्राप्त छ। हुन पतिमपाइँमहिमा नमिसाए लेखकको स्तर कसरी उठ्छ र हगि ?) प्रतिबिम्बबाट सातसृत्रीय साहित्यवर्पण -" 241