लेखनाथका प्रमुख कविता

From नेपाली किताब सम्पादन (Nepali Book Editor)
Revision as of 05:56, 8 June 2024 by Prakash (talk | contribs)

Source:https://nepalikitab.org/lekhnath-poudel-lekhnath-ka-pramukh-kabita/

त्रि. वि. मा. सा. शा, सं. अन्तर्गत स्नातक तहको द्वितीय पत्रकोऐच्छिक अध्ययन 'ख' खण्डका लागि निर्धारित नेपाली पाठ्यक्रमअनुसार लेखनाथका प्रमुख कविता सम्पादन डा. वासुदेव त्रिपाठी

प्रकाशक : साम्रा प्रकाशन संस्करण : पहिलो, २०४६दोस्रो, २०४९तेस्रो, २०६२ (११०० प्रति) आवरणकला : टेकवीर मुखिया म्‌ल्य : रु. ३५।- मुद्रक : सार्रा प्रकाशनको छापाखाना, पुलचोक ललितपुरफोन : ५५२१०२३, फ्याक्स : ५५४४ २३६15819 : 99933-2-488-4 मन्तव्य त्रिभुवन विश्वविद्यालयको मानविकी र सामाजिक शास्त्र सङ्काय-अन्तर्गतको ऐच्छिक नेपाली विषयको प्रवीणता प्रमाणपत्र / स्तातक /स्नातकोत्तर तहको पाठयक्रमको आवश्यक संशोधनका क्रममा सम्बन्धितनेपाली विषय समितिले कतिपय पाठ्यसामग्रीमा विशेष सुधार ल्याई तिनलाईअद्यावधिक एवं सान्दर्भिक तुल्याउनु आवश्यक ठहत्याई पाठचसामग्री विकासपरियोजनाको तर्जुमा २०४५ सालमा गरेको थियो । सोही परियोजनाकाकार्यान्वयनका क्रममा प्रथम चरणमा नेपाली साहित्यका विविध फुटकरविद्या (कविता, कथा, एकाङ्की, निबन्ध एवं समालोचना) का तहगत शैक्षिकआवश्यकतालाई दृष्टिगत गरी विधागत पाठघसङ्कलनहरू सम्पादन गर्ने रदौसौ चरणमा साहित्यसिद्धान्त, भाषाविज्ञान र नेपाली साहित्यकोइतिहासलगायत अन्य अपेक्षित पाठयसामग्रीको तयारी गर्ने निधो गरियो ।उक्त प्रथम चरणअन्तर्गत सम्पादित प्रस्तुत ग्रन्थ लेखनाथका प्रमुख कवितास्तातक तहको द्वितीय पत्रको खण्ड 'ख' को विशिष्ट अध्ययनकोपाठचसामगरीका रूपमा स्वीकृत पाठहरूको सङ्खलन हो । यसका सम्पादनकाक्रममा विषय समितिद्वारा निर्धारित आधारहरूको अवलम्बन गरी स्नातकतहमा पढाउनका निम्ति लेखनाथका प्रमुख कविताहरू सङ्कलित गरिएकाछन्‌ । .यो ग्रन्थ लेखनाथका प्रमुख कविताको सङ्कलनतर्फको एक अर्कोप्रयास हुँदै हो तर सम्बन्धित शैक्षिक तहका पाठघण्टा र पाठ्यस्तरकापरिधिमा रही सोही शैक्षिक प्रयोजनअनुरूप यहाँ लेखकविशेष र कृतिविशेषको चयन गरिएको छ । यस चयनमा सम्बन्धित बिधाका प्रमुख युग र घाराएवं तिनका प्रमुख स्रष्टाका शैक्षिक तहगत रूपमा उपयुक्त हुन सक्नेकृतिहरूको समावेश हुनु स्वाभाविकै हो । शैक्षिक क्षेत्रमा प्रयुक्त हुने यसप्रकारका सङ्कलनहरू आफ्ना शैक्षिक तहगत शृङ्खलामा आबद्ध र आधारितरहने तथ्य छँदै छ।नेपाली विषय समितिको उक्त परियोजनाअन्तर्गतको यस ग्रन्थकोप्रकाशनको चाँजोपाँजोलगायत सम्पूर्ण अभिभारा वहन गर्ने साप्ज प्रकाशनप्रतिपनि त्रि.वि. मानविकी र सामाजिक शास्त्र सङ्कायको नेपाली विषय समितिकातर्फबाट आभार व्यक्त गर्दछु ।२०४५ चैत्र १७ गते डा. बासुदेव त्रिपाठीअध्यक्षनेपाली विषय समितिनेपाली केन्द्रीय शिक्षण विभागत्रिभुवन विश्वविद्यालयकीर्तिपुर, काठमाडौँ । विषयस्‌ची कविशिरोमणि लेखनाथ पौडघालको कवितायात्रा : एक चर्चा री 5 उ” १८ ५ ३५ 70 परी कबिकवबितालाप वैतिक दृष्टान्त वसन्त कोकिल जीवन-चङ्गा गौँधलीको चिरिबिरी (१) सत्य सन्देशहरू विज्ञानको मोह पतित-पावनी श्री गङ्गाजीको माँकीवंशीघरको दिव्य वंशी . युगवाणी. वर्षा. सरस्वती स्मृति साहित्यको फुटबल . हाम्रो इन्द्रेनी पूर्वस्मृति . आखिरी कविता क १०१२१५१९ २४ २८२९ ३२३४ कविशिरोमणि लेखनाथ पौड्यालकोकवितायात्रा : एक चर्चा कविशिरोमणि लेखनाथ पौडथाल (वि.सं. १९४१-२०२२) लेबाल्यकालमा आफ्नो जन्मस्थल कास्की जिल्लाको पोखरा उपत्यकाको अघौँअर्चले गाउँमा नै कविताको उद्बोधन प्राप्त गरै तापनि खास गरी काठमाडौंकोरानीपोखरी संस्कृत छात्रावास (तीनधारा पाठशाला) मा रही संस्कृत मध्यमाकोअध्ययन गरिरहेका बखत नै उनको कविताअभ्यास विशेष तीव्र भएकोबुझिन्छ । उनको यो कविताअभ्यास तात्कालिक शैक्षिक परिप्रेक्ष्यअनुरूपसंस्कृत र नेपाली दुवै भाषाका माध्यमबाट थालिएको थियो भने उनलेअध्ययन गर्ने गरेको रानीपोखरी पाठशालाको वर्णन गर्ने संस्कृत समस्यापूर्ति'पाठशाला विशाला' सुरक्षित रूपमा उपलब्ध पनि छ र उनका प्राथमिककविता-आराधनाका परिचायक दुई नेपाली कविता 'कविताकल्पद्रम' (सन्‌१९०५ : बि.सं. १९६१-६२) मा प्रकाशित भएको पाइन्छ । 'शृङ्घारपच्चीसी'र 'मानसाकर्षिणी' शीर्षकका यी दुई कविता नै उनका प्रकाशित प्राथमिकनेपाली कविताहरू हुन्‌ । नेपाली लेख्य व्याकरणको निर्धारण नभइसकेको,भङ्गाररसतर्फ नेपाली कविताको विशेष चाख देखा परेको र परम्परागतवर्णमात्रिक छन्दमा शब्दालङ्कार र अर्थालङ्ारको सजधजतर्फ विशेष उत्सुकताप्रकट भएको नेपाली कविताको उत्तरमाध्यमिक कालको कविता-परिवेशकाउपजका रूपमा लेखनाथका उपर्युक्त दुई कविता देखा पर्छन्‌ । समकालीतकवबिता-परिवेशका उपज हुँदाहुँदै पनि यी दुई कवितामा लेखनाथको उर्वर प्रतिभाको मिर्मिरे रन्कोचाहिँ सुनिन्छ नै । यसरी २०-२१ वर्षका उमेरमा'कविताकल्पद्रुम' का माध्यमबाट लेखनाथको जुन कवितायात्रा थालियो त्योउनको शेष जीवनकालभर अक्षुण्ण र गतिशील रह्यो । उनको ८२ वर्षेजीवनकालमध्ये लगभग ६० वर्षको अवधि नेपाली कविताको साधनामासमर्पित रह्यो । यतिको लामो समयावधिअन्तर्गत युवावस्थाका 'कविताकल्पद्रुम'(बि.सं. १९६१-६२) का उपर्युक्त दुई श्ृङ्घारिक कवितादेखि बृढ्घौलीमामृत्युसम्ममा लेखिएको 'आखिरी कविता' (२०२२) सम्मको ६० वर्षभन्दा बढीअवधिको कवितायात्रा कविशिरोमणि लेखनाथले गरेको पाइन्छ । युवा लेखनाथ पौडघालका कविताहरू सुन्दरी पत्रिका १९६३) माछापिन थाले । समस्यापूर्ति र फुटकर कविताको रचना गर्दै प्रथमतः उनले'नुङ्घारिक घाराकै आवाहन गरेका हुन्‌ र 'वियोगिनी विलाप' यतिखेरकोउनको उल्लेखनीय कविता हो । उनका भाव, लय र शैलीको प्रतिभापूर्णछलबल पर्याप्त मात्रामा यस कवितामा प्रकट भएको पाइन्छ । तर सुन्दरी-कालमै उनको 'कालिकाविलासी' जस्तो समस्यापूर्तिले शृष्वारधाराप्रति छेडहाल्न थालेको र 'वैराग्यवल्ली' कविताले श्ुङ्गारविपरीत शान्तरसतर्फ चाखदेखाएको भेटिन्छ र उनका भाव, लय र शैलीमा विशिष्ट छचल्काहरूप्रकट भइरहेको कुरा 'बैराग्यवल्ली' कविताले एनि फल्काउँछ । यसरी१९६३ सालमै लेखनाथ समसामयिक आङ्गारिक परिवेशबाट तकिँदै आफ्नोशान्तरसमूलक कबितायात्रातर्फ प्रवत्त भएको र उनको कवित्व पनि प्रतिभापूर्णछचल्काहरूले उद्देलित भइरहेको अनुभव हुन आउँछ । १९६५-६६ साल लेखनाथको प्राथमिक कवितायात्राका निर्णायकवर्ष हुन्‌ । लेखनाथको काव्यघाराको खास प्रवर्तन माघवी पत्रिकाकामाध्यमबाट यतिखेर नै थालियो । हलन्त बहिष्कारमूलक लेख्य व्याकरणकाअनुशासनमा कविता रच्दै र राष्ट्रिय जागरणका सामाजिक, साँस्कृतिक,धार्मिक तथा आध्यात्मिक लहरहरूलाई छुँदै अकृत्रिम तर अलङ्वारपूर्णशैलीमा कविताको स्तरीकरण गर्ने चासो माधवी प्रत्रिकामा छापिएकालेखनाथका कविताले देखाएको पाइन्छ । यस पत्रिकामा छापिएको ४८पद्यको 'वर्षाविचार' लामो कविता वा लघु काव्यका रूपमा देखा पर्छ रयो न्ख- उनको आगामी क्रतुबिचार काव्यको प्रारूप पनि हो । नेपाली भाषामापनि संस्कृत वा फारसी भाषाको जस्तो स्तरीय काव्य लेखिन सक्छ भनीप्रमाणित गर्ने क्रममा प्रथम पाइलास्वरूप लेखिएको वर्षाविचार मा लेखनाथपौडचालको निजी काव्यधारा र त्यसका आधारभूत प्रवृत्तिहरूको प्राथमिकदिग्दर्शनसम्म प्राप्त हुन्छ । लेख्य व्याकरणका अनुशासनमा कविता रच्ने,परिष्कारवादी (शास्त्रीय वा क्लासिकल) काव्यधाराको बरण गर्दै नेपालीकविताको स्तरीकरण गर्ने र राष्ट्रिय जागरणको सन्दर्भतर्फ उन्मुखतादेखाउने जस्ता कुरा उनका काव्यधाराका केन्द्रीय पहिचान हुन्‌ भनेबर्षाविचारमा ती कुरा प्रारम्भिक तर स्पष्ट रूपमा देखिन्छन्‌ । काव्यकारचनासामग्रीका दृष्टिले प्रकृतिका छनि, सामाजिक परिदृश्य, हिन्दू पुनर्जागरण,नैतिक चेतना र आध्यात्मिक मनन नै लेखनाथका केन्द्रीय सामगी हुन्‌ भनेत्यतातर्फ वर्षाविचारका लेखनाथ उन्मुख भइसकेका छन्‌ । काव्यभाषा रशैलीका सन्दर्भमा तत्सम र तद्भव पदावलीको समुचित सन्तुलनमा आधारितसरल-गम्भीर तथा सहज-मनोरम शब्दशय्याको अनुप्रासीय अन्तर्धाराकोलयलालित्य लेख्य व्याकरणका अनुशासनभित्र रही प्राप्त गर्नु लेखनाथकोपहिचान हो भने त्यसको प्रारूप 'वर्षाविचार' मा देखा पर्छ । सहज स्तस्फूर्ततुल्यकिन्तु शक्तिशाली अलङ्करण लेखनाथका कविताका लालित्यका परिपोषकतत्त्वमध्यै एक हो भने त्यो सहज मनोरम आलङ्कारिक छटा पनि वर्षाविचारमाचहकिलो छ्‌ । काव्यचेतनाका दृष्टिले वस्तुतत्त्व र अन्तर्भावका बीचकोबौद्धिक पुटसमेत परेको चेतनापरिपाक परिष्कारवादी लेखनाथको केन्द्रीयपहिचान हो भने त्यो वर्षाबिचारमा मिरमिराइरहेको पाइन्छ । यसरीलेखनाधका प्राकृतिक पर्यवेक्षण, सामाजिक व्यङ्गय र आदर्शीकरण, नीतिचेत,पौराणिक सन्दर्भको नवीन व्याख्या, युगोन्मेष, हिन्दू पुनर्जागरणको स्वर रअध्यात्मचेतका साथ्यै लय, ौली र अलङ्गरणका अनुशासित लालित्यसहितसहज-संयमित परिष्कारघर्मी स्तरीय कविताचेतका प्राथमिक प्रस्फुटनकाबिन्दुका रूपमा वर्षाबिचार लघु काव्य ।१९६५-६६) देखा पर्छ र यसलाईनेपाली खण्डकाव्यको परिष्कारधर्मी प्रथम स्तरीय प्रयास पनि भन्न सकिन्छ ।वास्तवमा यसै बिन्दुदेखि नै लेखनाथ पौडयालको कवितायात्रामा उनको नज काव्यधारा आफ्ना खास काव्यस्रोत र काव्यप्रवत्तितर्फ अभिमुखीकृत भईदेखा परेको पाइन्छ । लेखनाथका कवितायात्राका क्रममा लालित्य (१९६९) उनकोकवितायात्राको अर्को महत्त्वपूर्ण पाइलो हो । यसमा लेखनाथका ६ कबितापरेका छन्‌ जसमध्ये 'मनोलड्ड्‌' कविता उनको धार्मिक-अध्यात्मिक कवि-चेतको परिष्कारोन्मुख भावार्द्र अभिव्यक्ति हो । त्यस्तै अर्को 'विचित्रवाहिनी'कवितामा शोषण र उत्पीडनको हास्यआभास अँगाल्दै लेखनाथको युगोन्मेषमुल्किएको छ र सामाजिक पर्यवेक्षण र व्यङ्गघको क्षमता पनि झल्कन्छअनि शब्दालङ्कार र अर्थालङ्कारको विशेष, चहक पनि प्रकट भएको छ।अर्को 'रामराज्य' कवितामा पूर्वीय राज्यआदर्शहरूको संस्मरण छ र शब्दार्थकोअलङ्कार सृष्टिसामर्थ्य पनि चहकिलो छ । लालित्यभित्रको 'कविकवितालाप'कविताचाहिँ कवि लेखनाथको निजी काव्यघाराको घोषणापत्रतुल्य देखापर्छ । माध्यमिककालको उत्तरार्धका समसामयिक साहित्यिक प्रचलनप्रतिआक्षेप, व्यङ्ग्य र अस्वीकारसहित कविताका भाषामा व्याकरणसम्मत सुघारल्याउने, मौलिक कविप्रतिभाको सञ्चार गर्ने, नीतिचेत र आदर्शोन्मुखविचार गर्दै सामाजिक जागरण र सुधारप्रति सोट्टेश्य कविताको प्रवर्तन गर्नेर पूर्वी उच्च साहित्यिक परम्पराप्रति श्रद्धासाथ नेपाली कविताको स्तरीकरणगर्दै नवीन काव्ययुगको आवाहन गर्ने सङ्कल्प 'कविकवितालाप' कवितामाउनले प्रकट गरेका छन्‌ । यस तात्पर्यमा १९६९ सालसम्म आइपुग्दालेखनाथ नेपाली कवितामा युगान्तर ल्याउन कृतसङ्ल्प देखा पर्छन्‌ । १९७० सालको शोकप्रवाह खण्डकाव्यले लेखनाथको उच्चभावक्षमताको परिचय दिन्छ । उनका लय र शैलीमा आइरहेको परिष्कृतिलेगर्दा यसको भावधारा कझन्‌ चहकिएको छ । परिष्कारवादी काव्यधाराकोउल्लेख्य कृतिका रूपमा यस करुण खण्डकाव्यले लेखनाथको विकासशीलकविप्रतिभालाई प्रस्तुत गरेको छ । - १९७२-७६ सालका अवधिमा लेखनाथको परिष्कारवादीनबकाव्यधाराको सृजनात्मक क्षमता प्रभावकारी रूपमा प्रकट भएको रस्थापित भएको देखिन्छ । यस अवधिमा उनका प्रशस्त फुटकर कविताहरू न्च-- र तीन खण्डकाव्यका साथै एक नाटक प्रकाशित भएको पाइन्छ । उनकाफुटकर कविताहरू खास गरी गोरखाशिक्षाका भाग १, २ र ३ (क्रमशः१९७२, १९७३, र १९७४) मा र सूक्तिसिन्धु १९७४) मा सङ्कलित छन्‌ ।१९७३ सालका 'हिउँदका दिन', 'इन्द्र्धनु' र १९७४ सालका 'प्रभात',शबसन्त' र 'वसन्तकोकिल' कवितामा लेखनाथको पूर्वस्वच्छन्दताबादीस्पर्शसहित परिष्कारवादी प्रकृतिपर्यवेक्षणको कुशलता प्रकट हुन्छ । १९७२सालका 'दशैँ' र 'तिहार' मा उनको साँस्कृतिक चेत तथा 'ईश्वरस्तुति' माआध्यात्मिक चेत रुल्कनाका साथै १९७३ सालको “म कस्तो हँ' र १९७४सालका 'म केके नगरँ' र नैतिक दृष्टान्त कवितामा उनको नैतिकआदर्शचेत व्यक्तिएको छ । १९७४ सालको 'पिँजराको सुगा' तात्कालिकयुग-व्यथा र स्वतन्त्रता-कामनाका प्रतीकात्मक व्यञ्जनाका रूपमा बह्चर्चितरहेको छ । १९७४ सालका सूक्तिसिन्धुका कवितामध्ये 'विरहिणीका उपरसखीको प्रश्न' कविता वियोगिनी र योगिनीका श्लेषात्मक भावसन्धिमैउभिँदै शृङ्गार युग र शान्त-आध्यात्मिक युगको दोसाँधको अत्यन्त कलात्मकअभिव्यक्ति हुन आएको छ । १९७४ सालको भर्तुहरिनिर्वैद नाटकको पद्यांशलेपनि खास गरी उनको आध्यात्मिक कवित्व तथा शैलीगत अन्तर्विकासकोपरिचय दिन्छ । यसताकाका लेखनाथका खण्डकाव्यहरूमध्ये व््रतुविचारप्रकृतिकाव्यका रूपमा, बृद्धिविनोद बौद्धिक काव्यका रूपमा अनिसत्यकलिसंवाद सामाजिक काव्यका रूपमा देखा पर्छन्‌ । लेखनाथले प्रवर्तनगर्न लागेको नयाँ काव्यधाराका प्राकृतिक, बौद्धिक र सामाजिक सन्दर्भलाईयी तीन काव्यहरूले प्रस्तुत गरेका छन्‌ । यी काव्यहरूमध्ये समाजसन्दर्भ रयुगोन्मेषको वस्तुगत पर्यवेक्षण, व्यङ्घवय र आदर्शीकरणतर्फ सत्यकलिसंवादविशेष जागरूक छ र यसमा हिन्दू पुनर्जागरणका स्वरसँग लेखनाथकासांस्कृतिक स्वप्न तथा सुधारवादी स्वर पनि सलबलाउन खोजेका छन्‌ ।सामाजिक रूढि, विकृति र अमङ्गतिप्रति व्यङ्ग्य तथा आर्थिक दैन्यप्रतिआक्रोश एवम्‌ धार्मिक नैतिक पतनप्रति कौतुकसहित राजनैतिक सन्त्रासकाप्रतिच्छायामा सत्यकलिसंवाद रचिएको छ र यसमा काव्यमूल्यभन्दा हिन्दूपुनर्जागरणको स्वर तथा सामाजिक मूल्य र युगचापको मात्रा बढी देखिन्छ । न्ङ- बुद्धिविनोद समकालीन नेपालका पूर्वी-पश्चिमी वा प्राचीन नवीन मूल्य,दृष्टि र चेतनाका प्रश्न-प्रतिप्रश्नको द्वन्द्वमय अभिव्यक्तिका रूपमा उभिँदैज्ञान र विज्ञानको घर्षण थालिएका युगीन बौद्धिक धरातलको व्यञ्जक नैबढी देखा पर्छ । क्रतुविचार खण्डकाव्य भने प्रकृतिकाव्य भएर पनिलेखनाथका सबैजसो काव्यप्रवृत्तिहरूको सङ्गमस्थलतुल्य छ र यसमासामाजिक-सांस्कृतिक तथा नैतिक-आध्यात्मिक प्रतिच्छविसहित लेखनाथकोसृक्ष्म प्रकृति-पर्यवेक्षण प्रकट भएको छ । लेखनाथका लय, भाव, चिन्तन रशैली-शिल्पको पूर्वस्बच्छन्दतावादी स्पर्शसहित सहज-परिष्कृत संश्लिष्टसौन्दर्यको नमुनास्वछूप क्रतुविचार खण्डकाव्य नेपाली कविताकै पनिप्रथम परिष्कृत सौन्दर्यबाटिकाका रूपमा देखा पर्छ । यसरी १९७२-७६सालका उपर्युक्त कविता र काव्यका माध्यमबाट लेखनाथ पौडयाललेनेपाली कविताको माध्यमिककाललाई तोड्दै आधुनिक नेपाली कविताकोउषाकाल बा मिर्मिरे प्रथम प्रहरस्वरूप परिष्कारवादी (शास्त्रीय? कलासिकल)धाराको प्रवर्तन तथा प्रतिष्ठापन गरेको पाइन्छ । खास गरी १९७३-७६सालका बीच प्रवर्तित यो परिष्कारवादी धारा शारदा पत्रिकाको अभ्युदय[वि. सं. १९९१) पूर्वको अवधिसम्म नेपाली कविताको अग्रणी धाराकोरूपमा रह्यो । यस अबधिमा गोरखा शिक्षाको चारौँ भाग १९८० मालेखनाथका 'धनमहिमा', 'सन्ध्या' र 'धतिशीलता' कविता छापिएका छन्‌ रउनको 'गीताञ्जली' र लघु स्तुतिकाव्य पनि प्रकाशित भएको छ । 'धनमहिमा'ले खास गरी धनमूलक सामन्त परिवेश र भौतिक मोहप्रति व्यङ्गय गरेकोछ भने 'धवृुतिशीलता' चाहिँ आदर्शवादी धीर व्यक्तित्वको गायन हो अनिसन्ध्या' चाहिँ प्राकृतिक सौन्दर्यको पूर्वस्वच्छन्दतावादी पुट पनि परेकोपर्यवेक्षण । 'गीताञ्जली' शासक स्तुतिको सन्दर्भसँग जोडिएको छ रलेखनाथको जागरण-स्वर मूलतः राजनीतिनिक्षेप सांस्कृतिक-सामाजिकजागरणको व्यञ्जक हो भन्ने जानकारी सत्यकलिसंवादपछि यस लघुकाव्यले दिन्छ । तर परिष्कारवादी प्रसन्न शैली-शिल्प र मनौोरथ भावकोलय-लालित्यको छटा भने यस स्तुतिकाव्यमा पनि व्याप्त रहेको छ।लेखनाथको ६ दशकभन्दा लामो कवितायात्राको पूर्वार्द्ध वा प्रथम प्रहर । छ १९६१-६२ सालदेखि १९९० सालसम्मको पूर्वोक्त अवधि नै हो। यसअवधिमा प्रथमतः: १९६३-७३ सालका बीचमा उनले समसामयिक माध्यमिकश्यङ्गारधारालाई तोड्दै आफ्नो परिष्कारबादी काव्यधारातर्फको प्रयोग रप्रवर्तन गर्दै क्रमश: त्यसलाई स्थापित गरेको पाइन्छ । नेपाली कवितामालेखनाथको यो भूमिका युगान्तकारी र्‌ नवयुगप्रवर्तक देखा पर्छ अनिनेपाली कविताको स्तरीकरण गर्दै र स्तरीय खण्डकाव्यको समेत रचना गर्दैपरिष्कारवादी काव्यचैतन्य र काव्यसौन्दर्यका स्रष्टा प्रथम महान्‌ नेपालीकविका रूपमा उनी यस अबधिमा प्रतिष्ठित हुन आउँछन्‌ । उनले सिर्जेकोयही परिष्कारवादी धारा नै नेपाली कविताको आधुनिकतातर्फको सङ्क्रान्तिकोउषाकाल वा प्रधम प्रहरसमेत देखा पर्न आउँछ । १९९१ सालदेखि शारदा पत्रिकासँगै नेपाली कवितामा नयाँ चहलपहलथालिन्छ र लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरणजस्ता कविहरू स्वच्छन्दतावादीकाव्यधारा अँगाल्दै प्रकट हुन लाग्दछन्‌ । लेखनाथका परिष्कारवादीकाव्यधारामा पूर्वस्वच्छन्दतावादी तत्त्वहरू केही मात्रामा अन्तर्निहित रहैतापनि देवकोटा र सिद्धिचरणका सहकारितामा खास स्वच्छन्दतावादकोअभ्युदय नै १९९१-९२ सालतिरको नेपाली कविताको मुख्य घटना हो ।वि. सं. १९७६ पछि राजनैतिक चाप र व्याकरण-दवन्द्वका साथै अन्यसान्दर्भिक कारणहरूले गर्दा फक्रिन नपाई खुम्चिन पुगेको लेखनाथकोकवित्ब पनि शारदाकाल लाग्दानलाग्दै मन्‌ खारिएर प्रकट हुन थाल्यो ।वि. सं. १९९१ सालको परिवर्तित-संशोधित क्रतुविचार नै लेखनाथकोकबितायात्राको पूर्वार्द्धको उत्तराद्धको उद्घोषक कृति हुन आउँछ । लेखनाथकाकाव्यधाराका सन्दर्भमा स्वच्छन्दतावादको आंशिक चास्तीसहित परिष्कारवादीकाव्य-सुषमाको उत्कृष्ट कान्ति प्राप्त गर्दै उनका विविध काव्यप्रवृत्तिहरूअक तिम्खर र परिष्कृत भई, विशेष स्तरीकृत बन्नु नै क्रतुबिचार (१९९१)को केन्द्रीय प्राप्ति हो । यसरी देवकोटाका केन्द्रीयतामा स्वच्छन्दतावादीकाव्यधारा हुर्कन लागेको त्यस युगमा परिष्कारवादी काव्यधाराको नेतृत्वगर्दै लेखनाथ आफ्नो सामाजिक पर्यवेक्षण र आध्यात्मिक चेतनालाई अरखादै र समीकृत गर्दै अनि आफ्ना कविताको लय, शैली, शिल्प र संरचनालाई प्छ अर परिष्कृत तुल्याउँदै गतिशील रही परिष्कारवादी काव्यसौन्दर्यका उत्तुङ्गशिंखरका रूपमा चुलिँदै गएको पाइन्छ । लेखनाथको कवितायात्राको पूर्वार््धलाई प्रथम चरण .स्वीकार्दैउत्तरार्द्धस्वरूप १९९१-२०२२ सालको अवधिलाई चाहिँ २००७ सालकोविभाजक युगरेखाका आधारमा दुई भागमा वर्गीकृत गर्न सकिन्छ । यसरी१९९१-२००७ र २००८-२२ सालका दुई समयावधिमा उनको उत्तरार्द्धकवितायात्रालाई विभाजित गर्दा पहिलोचाहिँ समयावधि उनको कवितायात्राकोदोस्रो चरण र दोस्रोचाहिँ अवधि तेस्रो चरणका रूपमा देखिन आउँछन्‌ ।अवश्यै उक्त तेस्रो चरणका माफ्माक २०१३ सालदेखि लेखनाथको कवितामाअर्को चौथो चरणको सम्भाव्यता कल्कन्छ तर त्यो अघूरै रही तेग्रो चरणमैअन्तर्भुक्त बन्न पुगेको छ । प्रथमत: उनको कवितायात्राको दोस्रो चरण(१९९१-२००७ साल) का बारेमा नै चर्चा गरौँ । 'ञ्रतुविचार' (१९९१) को परिवर्धन-परिष्कारपछि लेखनाथकाकवितायात्रामा कवित्व र चैतन्य दुवैको अन्तर्विकास र परिष्कारको प्रकियाझन्‌ तीव्र हुन लागेको पाइन्छ । यतिखेर उनको उमेर पचास वर्ष पार गरीजीवनको छैटौँ दशकतर्फ लाग्दै थियो र पेसागत चक्करबाट मुक्त हुँदैप्राय: स्वाधीन रूपमा उनको जीवनचर्या पनि चालिँदै थियो । यतिखेरसमकालीन राणाशासनका सन्दर्भमा पनि उनी नियमित चाकडी र दौडघुपकाप्रक्रियाबाट पन्छिदै र सत्ताकेन्द्रका विपरीत दिशामा उन्मुख कतिपयराणापरिवारहरूसँग सम्बद्ध हुँदै थिए । उनले आफ्नो कवितायात्राका पूर्वार्द्धमातत्कालीन कठोर राजनैतिक पर्याबरणमा जागरणधर्मी कवितासृजनाकाकठिनाइ र भुक्तमान भोगिसकेका थिए भने उनका युगचेत सूक्ष्म व्यञ्जनाकास्तरमा नै विशेष मुखरित हुनाका साथ प्राय: राजनीतिइतर सामाजिक,आर्थिक तथा सांस्कृतिक, नैतिक, धार्मिक र आध्यात्मिक जागरणकै सेरोफेरोमाबढी सुसेलिएको पनि हो । वास्तवमा आफ्ना कविजीवनभरि नै राजनैतिकस्तरमा उनी विप्लवी-विद्रोही कविभन्दा स्तुति-प्रशंसाका सामयिक अपेक्षाकोपूर्ति गरिदिने खालका कवितासमेत लेख्तै रहे तर युगचेतनाका पूर्वोक्तव्यापक सामाजिक-सांस्कृतिक सन्दर्भचाहिँ उनका कृतिहरूमा स्पन्दित र न्ज- व्यञ्जित नै रह्यो । कवितायात्राको उत्तसर्द्धमा पनि उनी यही वृत्तमा नै२००७ सालसम्म केन्द्रित रहेको देखिन्छ तापनि उनका १९९१-२००७सालका अवधिका कवितामा जागरणधर्मी चैतन्य विशेष रूपमा स्पन्दित रव्यञ्जित भएको पाइन्छ । पेसागत मुक्तता, उमेरको परिपक्वता रसत्ताकेन्द्रविपरीत क्रियाशील कतिपय राणापरिवारहरूसँगको तादात्म्य तथाशारदाकालीन साहित्यिक जागरणका युगमा प्राप्त साहित्यिक आत्मप्रतिष्ठाकाकारणले गर्दा पनि उनी आफ्नो कवित्व र चैतन्य दुबैको बिस्तार रपरिष्कारतर्फ यतिखेर क्रमिक रूपमा उत्प्रेरित भएको बुझिन्छ । उनकोकवितायात्राको दोस्रो चरण (१९९१-२००७) मा दुई खण्डकाव्य, एकनाटक र प्रशस्त फुटकर कविताहरू प्रकाशित भएका छन्‌ । यी रचनाहरूलाईकेलाउँदा एकतर्फ उनका जीवनदृष्टिमा परिपक्वता आइरहेको र त्यसमापूर्वीय दर्शनको अध्ययन र सामाजिक सचेतता दुवैको भूमिका बढिरहेकोभेटिन्छ भने अर्कातर्फ परिष्कारवादी कवित्वको कलात्मक प्राप्तितर्फ उनकोदक्षता उत्तरोत्तर विकसित भइरहेको पनि पाइन्छ । लेखनाथको कवितायात्राको दोस्रो चरण (१९९१-२००७) मा देखापर्ने प्रमुख फुटकर कविताहरू हुन्‌- 'जीवनच्गरा', 'कालमहिमा' र 'गौँथलीकोचिरिबिरी' (१९९२), सत्य सन्देशहरू १९९५-२०००,), विज्ञानको मोह(१९९५), 'पिँजराको प्यासा मैना' ।१९९७), 'पतितपावनी श्रीगङ्गाजीकोज्ञँकी' १९९२), 'बंशीघरको दिव्यवंशी' (१९९९), 'हाँसेको साहित्यसागर'(२००४), 'गौंधलीको चिरिबिरी' (२) (२००४), “नारद र विज्ञान' (२००६)आदि । यी फुटकर कवितामध्ये 'जीवनचङ्गा' ले लेखनाथमा आध्यात्मिकजीवनदृष्टिको सघन अन्जषणको अभिर्शंच बढिरहेको र त्यसलाई कतितात्मकपरिणति दिने चासो तीब्र भइरहेको सङ्केत दिन्छ भने 'गौँथलीको चिरिनिरी'हरूले व्यक्तिवादी, बहिर्मुखी, सामन्ती र भौतिकवादी स्वार्थ र तृष्णाकाविपरीत मानवतावादी, अन्तर्मुखी, आर्ष र अध्यात्मवादी जीवनमूल्यतर्फलेखनाथको बढ्दो मुकाउलाई प्रस्तुत गर्दछन्‌ । 'विज्ञानको मोह” र 'नारद रविज्ञान' जस्ता कविताबाटै सत्यकलिसंवादको विज्ञानप्रतिको कौतुक भाव रबुद्धिवितोदको विज्ञानतर्फ पनि सचेत पृष्ठभूमिपछि लेखनाथ विज्ञानलाई नस मनुष्यका दुरन्त भौतिक तृष्णाको विस्तारक तथा ध्वंसात्मक दिशातर्फविश्वसृष्टिलाई धकेल्ने तत्त्व ठान्दै विज्ञानविरुद्ध उभिरहेको देखिन्छ । प्रथमविश्वयुद्धदेखि दोस्रो बिश्वयुद्धसम्मका चार दशकमा लेखनाथले भौतिकसभ्यताको प्रतीक ठहन्याई यसका ध्वंसात्मक पक्षमा विशेष जोडसमेतदिएको अनुभव हुन आउँछ । 'पिँजराको प्यासा मैना' कविताले लेखनाथकोआध्यात्मिक जीवनदृष्टिलाई विषय-तृष्णा र त्यसका अशान्तिज्वारका सन्दर्भमाविश्वबोधसहित प्रस्तुत गरेको छ र उनका 'सत्य सन्देश' हरूले मानवीयआत्मिक उज्ज्वलतामा केन्द्रित आध्यात्मिक जीवनदृष्टिको आर्ष व्यञ्जनागरेका छन्‌ । पूर्वीय पुराकथाको पुनर्व्याख्या गर्दै भौतिक भोगवादीजीवनमूल्यका सीमाहरू औंल्याउँदै परम ज्योतिको आत्मिक अन्वेषणकोप्रक्रियातर्फ लेखनाथको संलग्नतालाई 'वंशीघरको दिव्य वंशी' जस्ता कवितालेजनाएका छन्‌ । यी फुटकर कविताहरूका आलोकमा लेखनाथकोकवितायात्राको दोस्रो चरणको भौतिक तथा भोगवादी जीवनमूल्य र त्यसमूल्यका कारणले उब्जेका सामाजिक वैषम्य तथा बिश्व-वैषम्यप्रति पनिसच्चेत हुँदै पूर्वीय अध्यात्मदर्शनको युगीन प्रस्तुतिमा आधारित उदात्त चेतनाकाआवाहनतर्फ केन्द्रित भइरहेको तथ्य स्पष्टिन्छ । लेखनाथको यसचिन्तनप्रक्रियालाई उनको बुद्धिविनोदको प्रथम विनोद काव्य (१९९४) रलक्ष्मीपूजा नाटक (१९९४) का पद्यांशले पनि झूल्काएका छन्‌ भने उनकापूर्वोक्त फुटकर कविताहरूमा त्यो चिन्तनप्रक्रिया कन्‌रन्‌ खारिँदै आएकोपाइन्छ । यसरी लेखनाथको कवितायात्राको दोस्रो चरण क्रमश: चिन्तनशीलकवित्वतर्फ उन्मुख भएको र त्यसमा आध्यात्मिक चैतन्यको उज्ज्वलताकासाथ युगीन आदर्शोन्मेषसमैत प्रकट भइरहेको अनुभव हुन्छ । समाजबोध,विश्वबोधका क्रममा आध्यात्मिक जागृतिको यही उदात्त चैतन्यकै विस्तारितअभिव्यञ्जनाका त्िम्ति २००४ सालतिरदेखि तरुण तपसी नव्यकाव्यकासृजनामा प्रवृत्त भएको कुरा पनि यहाँ उल्लेखनीय छ । लेखनाथको कवितायात्राको प्रथम चरण बा पूर्वार्मा नै पनिआध्यात्मिक चिन्तनशीलता उनको कवित्वको एक विशिष्ट प्रवृत्ति वाअभिलक्षणका रूपमा रहेको हो । यही प्रवृत्तिविशैष नै उनको कवित्वको ननम. केन्द्रबिन्दु हुन आउनु र उनी चिन्तक कविका रूपमा प्रकट हुनु नै उनकोकवितायात्राको दोस्रो चरणको मूल घटना देखा पर्छ । तर लेखनाथकोचिन्तक व्यक्तित्व र कवि व्यक्तित्वको सुन्दर समीकरणका परिणति हुन्‌उनका कवितायात्राका दोस्रो चरणका अधिकांश कविता । जीवनकोआध्यात्मिक चिन्तन नै कविताको मुख्य विषयवस्तु रहे पनि त्यो चिन्तनभावमय हुनु र त्यो चिन्तनधर्मी भाव वर्णमात्रिक लय-लालित्य, शैली-समृद्धि, शिल्प-सामर्थ्य र संरचनाक्षमताको उच्च परिष्कारघर्मी सिद्धिद्वाराओतप्रोत रहनु उनका यस चरणका अधिकाँश कविताको वैशिष्टघ हो ।उनका 'जीवनचङ्गा' जस्ता कवितामा चिन्तनचाप रहे पनि रूपपरक शक्तिपनि उत्तिकै बेजोड छ भने 'पिँजराको प्यासा मैना' मा चिन्तन र भावरूपकोअन्योन्य उच्च सहकारिता देखिन्छ । 'पतितपावनी श्री गङ्गाजीको शाँकी'जस्ता कवितामा शैलीको उच्च समृद्धि छ भने उनका अधिकांश कवितामाशैलीको त्यही माधुर्य र लयको लालित्यसँगै अलङ्कारविधान र संरचनाकोउच्चतम सामर्थ्यसहित चिन्तन भावमय भई परिष्कारधर्मी कवित्व चुलिएकोपाइन्छ र 'कालमहिमा' जस्ता कविता उनको कवित्वका यस्तै उच्च्चतमक्षणका प्राप्ति हुन्‌ । अध्यात्मिक चैतन्यसँग कविता-कलाको समेत परिष्कृतसिद्धि नै उनको कवितायात्राको यस दोस्रो चरणको केन्द्रीय प्राप्ति हो । यसैपरिप्रेक्ष्यमा उनी २००४ सालको नेपालको साहित्यिक चहलपहलको मारआफूलाई 'हाँसेको साहित्यसागर' ठान्न पुग्छन्‌ । २००७ सालदेखि यताका लेखनाथका कवितामा प्रधमत: युग-परिवर्तनको उत्साहका साधै सङ्क्रमणकालीन नेपाली समाजका विविधअसङ्गतिप्रति व्यङ्यको प्रवत्ति तीव्र रूपमा प्रकट भएको छ र दोस्रो चरणमैदेखा परेको विश्वबोध र मनुष्यताका परिप्रेक््यमा आध्यात्मिक चैतन्यकोव्यापक आवाहनको प्रवृत्ति नै यस तेस्रो चरणका प्रारम्भिक अवधिमा पनिविस्तारित भइरहेको पाइन्छ । २०0७-२२ को समयावधि उनको उत्तरार्द्कवितायात्राको अन्तिम प्रहर र समुच्चा कवितायात्राको तेस्रो चरण पनिहो । परिष्कारवादी काव्यकलालाई सामाजिकता र युगोन्मेषका साथै विश्वबोधर जीवनबोधको प्रगतिवादी स्पर्शसहित उदात्त भावचिन्तनका केन्द्रीयतामा नट अँगाल्दै आफ्ना अन्य विविध प्रवृत्तिहरूलाई पनि समेट्दै आएको तरुणतपसी (२०१०) नै उनको यस चरणको शीर्षस्थ कृति हो । «उनको मेरोराम ।२०११) कीव्यचाहिँ रामभक्तिमूलक अध्यात्मचिन्तनको उपज कृतिहो र अमर ज्योतिको सत्य स्मृति काव्यचाहिँ महात्मा गान्धीका शोकमार स्मृतिमा लेखिएको आध्यात्मिक मानवताचादी युगोन्मेषको काव्य हो ।यीदुई काव्यको आआफ्नो महत्त्व हुँदाहुँदै,पनि समाजचेतना र अध्यात्मचेतनाकोसमीकरण बिन्दुमा विश्व र मानवताको अतीतवर्तमानको काव्यात्मकसर्वेक्षण गर्दै आर्ष, उदात्त, आध्यात्मिक चैतन्यद्वारा नै बीसौँ शताब्दीकोमनुष्यजातिको उपचार सम्भव ठहराउने महाकाव्यधर्मी तरुण तपसी नव्यकाव्यनै यस चरणको सर्वोच्च कृति ठहरिन आउँछ । वास्तवमा क्रतुविचार(१९९१) को परिष्कारवादी काव्यसौन्दर्यको उच्च सृष्टिपछि लेखनाथकोकवितायात्राको प्रौढ काव्यचैतन्यको अर्को परिपक्व काव्यकृतिका रूपमायो महाकाव्यधर्मी तरुण तपसी नव्यकाव्य देखा पर्छ । यस चरणमा उनकादुई कवितासङ्ग्रह लालित्य प्रथम भाग (२०१०) र द्वितीय भाग (२०२५)पनि देखा परेका छन्‌ । लेखनाथका कवितायात्राका विभिन्न चरणकाकविताकृतिहरू यी दुई सङ्ग्रहमा समाविष्ट छन्‌ तापनि यिनमा उनकाकविताहरूको क्रमतद्ध व्यापक सङ्कलन नभई आंशिक सङ्कलन मात्र हुनसकेको पाइन्छ । लेखनाथको कवितायात्राको तेसो चरणका सुरुसुरुकामुख्यमुख्य फुटकर कविता हुन्‌- युगबाणी (२००७), वर्षा (२००९), प्रगति(२०१०), कविताको खोजी, साहित्यको फुटबल (२०१०। आदि । यीकविताहरूमा एकातर्फ २००७ सालको परिवर्तनपछिको नवयुगको रन्कोछ भने अर्कातर्फ त्यस युगको सङ्क्रमणकालका अनेक सामाजिकअन्तर्विरोधप्रति व्यङ्ग्य छ अनि जीवनका अन्तर्बाह्य परिष्कारका स्वच्छआदर्शतर्फको कवितात्मक चासो पनि छ । यस सन्दर्भमा यी कविताहरूजीवनको अन्तर्बाह्य आध्यात्मिक उज्ज्वल कामनासहित प्रगतिवादी पुटपनि परेका कविता देखा पर्छन्‌ । समुच्चा कवितायात्राको अन्तिम दशक (२०१३-२२) मा लेखनाथकोरचनाप्रक्रियामा बुढ्यौलीको जर्जरता, शारीरिक शिथिलता र रोगव्याधिका न्ठ्न कारणले लेखनकठिनाइ आइपरे पनि उनको सृजनात्मक प्रतिभाचाहिँ अक्षुण्णनै रहेको पाइन्छ । २०१८ सालतिरैदेखि उनले लेख्न प्रयास गरेको गङ्गागौरीमहाकाव्य अपूर्ण नै रहेको पाइन्छ । गङ्गागौरी महाकाव्य अपूर्ण नै रहे पनि योमहाकाव्यांश, परिष्कृत भर्तृहरिनिर्वेद नाटक (२०२०) को पद्यांश र विभिन्नफुटकर कविताहरूले उनको कवितायात्राको तृतीय चरणको अन्तिम अवधिसम्मनै उनको सृजनात्मक प्रतिभा अफ नौला सम्भाव्यताका साथ छलबलाइरहेकोकुरा स्पष्टयाउँछन्‌ । यस तेस्रो चरणका प्रारम्भिक अवधिमा प्रगतिवादीवायुमण्डलको चाप तीव्र रहेको अनि सामाजिकता र आध्यात्मिकताकोसमीकरणको प्रक्रिया अँगाली उनको परिष्कारवादी कवित्व विशेष गतिशीलरहेको साक्ष्य तरुण तपसी र पूर्वोक्त फुटकर कविताहरूबाट प्राप्त हुन्छ भनेजीवनको सान्ध्य अन्तिम दशाकका 'कवितामा चाहिँ उनको समाज द्रष्टा रचिन्तक व्यक्तित्व अफ खारिँदै र अफ सौन्दर्ययुक्त हुँदै आइरहेको र त्यसलेराष्ट्रवादको युगीन सन्दर्भ अँगाल्नाका साथै आफ्ना पूर्वस्वच्छन्दतावादीकाव्यतत्त्वहरूतर्फ पनि पुनः चाख लिइरहेको सङ्केत प्राप्त हुन्छ । क्रतुविचारको उत्कृष्ट सौन्दर्यप्राप्ति र तरुण तपसीको उत्कृष्ट चैतन्यबिस्तारसहितपरिपक्व काव्यप्राप्ति दुवैको समन्वित बिन्दु हुन खोज्ने गङ्गागौरी महाकाव्यअपूर्ण नै रहे पनि लेखनाथको समुच्चा कविव्यक्तित्वको सान्ध्य उत्कृष्टसिद्धिको स्पर्श प्राप्त गरेका कतिपय फुटकर कविताहरू विशेष स्मरणीयदेखिन्छन्‌ र ती हुन्‌-हाम्रो इन्द्रेणी (२०१३), मेरो किशोर (२०२०), पूर्वस्मृति(२०२२) र आखिरी कबिता ।२०२२) आदि । यी कविताहरूमध्ये धेरैजसोमालेखनाथको आत्मसंस्मरणको मुद्राका साथै आध्यात्मिक जीवनचिन्तन रसौन्दर्यबोधसमेतको समन्तित उत्कृष्ट व्यञ्जना देखा पर्छ । आंशिकपुर्वस्वच्छन्दतावादी पुटसमेत परेको भाव-शिल्प-सौन्दर्यको उत्कृष्ट परिष्कारवादीकाव्यवाटिका क्रतुबिचार र सामाजिक-आध्यात्मिक चैत व्यको उत्कृष्टकलात्मक अभिव्यक्तिस्वरूप महाकाव्यधर्मी परिष्कारवादी नव्यकाव्य तरुणत्पसी को सृजनापछि यी दुवैको सङ्गमबिन्दुका रूपमा प्राकृतिक, सांस्कृतिक,राष्ट्रिय र आध्यात्मिक परिप्रेक्ष्यमा लेखनाथले रच्न लागेको गङ्गागौरी महाकाव्यपूर्ण भएको भए त्यो जेजस्तो हुन्थ्यो त्यसको सङ्गत उनका पूर्वोक्त फुटकर जाड कृतिहरूबाट केही मात्रमा प्राप्त हुन्छ । यस तात्पर्यमा लेखनाथको कवितायात्राकोसम्भाव्य चौथो चरण अपूर्ण रही तेस्रो चरणभित्रै अन्तर्भुक्त देखा पर्छ । उपर्युक्त चर्चाको अन्त्यमा के भन्न सकिन्छ भने लेखनाथको ८२ वर्षेजीवनको लगभग ६० वर्षको कवितायात्रामा निरन्तर गतिशीलता, परिपक्वतार प्रतिभाको अक्षुण्णताका साथ उत्तरोत्तर सिद्धिका लक्षणहरू देखा पर्छन्‌ ।,यस कवितायात्राका क्रममा उनले नेपाली कविताको माध्यमिक काललाईतोड्दै -पूर्वस्वच्छन्दतावादको आंशिक स्पर्शसहितको नेपाली परिष्कारवादीकाव्यधाराको प्रवर्द्धन, प्रतिष्ठापन र नेतृत्व गरी नेपाली कविताको आधुनिकयुगको पहिलो प्रहरको सूत्रपात गर्नाका साथै नेपाली कविताका स्वच्छन्दतावादी,प्रगतिवादी र प्रयोगवादी धाराका चहलपहलका माफ पनि त्यस परिष्कारवादीकाव्यधाराको आजीवन संवर्द्धन गरेको पाइन्छ । उनी नेपाली वर्णमात्रिकगीतिचेतना वा छन्दचेतनाका सर्वाधिक ललित र परिष्कृत गायक हुन्‌ र्‌ उनीपरिष्कृत नेपाली काव्यभाषा, काव्यशैली र काव्यशिल्पका प्रथम पारखी स्रष्टाहुन्‌ । उनी नेपाली प्रकृतिको सौन्दर्यको सूक्ष्म पर्यवेक्षण र व्यञ्जना गर्ने प्रथमपरिष्कारवादी कविकोकिल हुन्‌ र उनी नेपाली समाजका सांस्कृतिक-आध्यात्मिकपुनर्जागरण-प्रक्रियाका प्रवक्ता काव्यकोविद्‌ हुन्‌ । नेपाली आध्यात्मिक चैतन्यपरम्परा र युगोन्मेषको समीकरणका बिन्दुमा विश्वबोध र मनुष्यता-बोधगर्ने क्रषि कवि वा कवि तपसीका रूपमा उनको स्थान सर्वोपरि छ । उनीआधुनिक नेपाली समाजका नैतिक-आध्यात्मिक कवि-गुरु हुन्‌ र आध्यात्मिककाव्यसौन्दर्यका सर्वोच्च नेपाली स्रष्टा पनि हुन्‌ । उनी हाम्रा प्राना कविहरूमध्येसबभन्दा नयाँ र हाम्रा आधुनिक कविहरूमध्ये सबभन्दा पुराना र जगकोभूमिका खेल्ने महान्‌ परिष्कारवादी कवि हुन्‌ । उनी नेपाली कविताकोपरिष्कारवादी (शास्त्रीय : क्लासिकल) काव्यधाराका सर्वोच्च चुली हुन्‌ ।उनका क्रतुविचार खण्डकाव्य र महाकोव्यधर्मी तरुण तपसीका साथै तीन-चार दर्जनजति उत्कृष्ट फुटकर कविताहरू उनको त्यही परिष्कारवादीकाव्यधाराका उत्तम कृतिका रूपमा नेपाली जातिका र नेपाली भाषाकाचिरस्मरणीय निधि हुन आएका छन्‌ ।

लेखनाथका प्रमुख कविता

१. कविकवितालाप कवि- भगवति ! ककिते ! देवी, जुगजुग तिम्रो म हुँ सदासेवी; बाहिर निस्कन आज, किन माननुभो बडो लाज ?कविता- रसिला गुणिजन हेरी, हाली अँगालो गलाविषे फेरी रञ्जन पारी समाज, डुली रहेकी मलाई के लाज ?कवि- तिमी भनि अरू सब बात, छोडी बिताये बसी रात; तैपनि करुणा गरिनौँ, कसूर के देखि सामूमा परिनौ ?कविता- गर तिमी आफनु काम, न लेक बानु । कसूरको नाम; मेरै कर्म अभागी, बुझेर दबिनरे कुना लागी ।कवि- जसका वश परि सुकृति, कहलाये व्यास वाल्मीकि प्रभृति; मनमनमा धैर्य धारी, सौही तपाजी अभागिनी कसरी !कविता- सकदिन बानु ! सहन, अब अरु केही कुरा नभन;चरचरि चिरिनछ छाती, वाल्मीकि व्यास सम्झ्दामा ती ।कवि- तिमी छौ रसरङ्गवती, भनेर, डाकेँ गरी ठूलो विनति;उल्टा आँशु खसाली, किन रुन लाग्यौ घुस्धुरु खालि ? लेखनायका प्रमुख कविता /१ कविता- व्यासादिक सत्कविले छोडि मलाई बिदा भये जहिले;उस दिनदेखि छु नङ्गी, छैन कुनै रङ्गिचङ्गिको भङ्गि ।कवि- जाउन वृद्ध व्यासप्रभृतिक, तिम्रो भयो र के नाश?अक पनि सत्कवि हामी, खडा छँदै छौँ बडा नामी ।कविता- शिब ! शिव ! यो बज्जसरी, शरीरभैदी कुरा सुनौँ कसरी,अब चुप चुप चुप बाबू । गन्यो मलाई अभाग्यले काब्‌ !कवि- म गरख्लु तिमि भनि; मान, तिमि थुनछेउ स्वयं वृथा कान;हुन आयो कुन हेतु, रहेछ तिम्रो कहाँ केतु?कविता- तिमि जस्ता बनि कविजी, गरदछु कविता भनेर पत्र फिजी;लागून यो केही दशा, न बिग्री हुनथ्यो कहाँ सहसा ।कवि- मकन बेसरी पोली, न बोल अति पेचिला रुखा बोली;चिन्हिनौ कत्ति मलाई, जान तिमी व्यासको भाइ !!कविता- आफ्नु शक्ति नजानी, नबने अबदेखि, पण्डितम्मानी;कुह् बरु धनिका ढोका, मिलछन पछि दानका पोका !!!कबि- प्रतिभा पूर्ण छ मेरी, लेखि लगाएँ किताबको ढेरी,यस्तो सत्कवि सुजन, जानछु र ढोकाविषे म किन ?कबिता- अक्षर अक्षर भाँची, कनि कुथि गरि खालि छन्दमा नाची;प्रतिभा नभये कसरी ? लेखन्‌ कन्था अगाडि सरी । २/लेखनाथका प्रमुख कविता कवि- लेखनशैली मेरी, प्रसादगुण-शालिनी हेरी;बालक पनि छन दङ्ग, थियो कि यो व्यासमा ढङ्ग ?कविता- £खतिदिनु दिन दिन कन्था, ग्रामीण भ्रष्ट बोलिको पन्था;बुसु्दछ पलटन सारा, चलदछ अनि बिक्रिको धारा ।कवि- अपठित जङ्गलिलाई, समन सजिला किताब फैलाई;हुनुपरने यश मात्र, किन अपयशको भन्ने पात्र ?कविता- छेक न दुप्पो पारी, कविता-सौन्दर्य बेसरी मारी;गरि उल्था खालि कथा, नभननु 'कवि हुँ' भनेर वृथा ।कवि- गरँला उन्नति भारी, तिमीकन सर्वाङ्ग- सुन्दरी पारी;भनने यो अभिलाषा, पेचि कुराले भयो नाश।कबिता- यस्ता स्तन भनी लेखी, वर्णन गर ती कुरा पढे देखी;शिक्षित हुनछ समाज, पचदछ मनको सबै लाज ।कवि- व्यासजिका पनि देख, . अनेक आँंगारका लेख;त्यसै गुङ्ि नहाँक, छोपनु परला वृथा नाक।कवबिता- व्यासजिका लेख जति, हेरी हेरी सफा गराइ मति;पायेछीँ खुब सार भँडुवा ग्रामीण शंगार ।कवि- हितकारी जो छ खडा, गरनु उसैका समीपमा फगडा;होला अनि सब जाति, काङ्गारियौली भलिभाँती । लेखनायका प्रमुख कविता /३ कविता- जसले लेखन शैली, बिगारनाले भजऔै अति मैली,उहि मेरो हितकारी !! धन्य महात्मा दयाधारी !!!कृवि- फिकिकन संस्कृत- नेल, गराइ भाषा वबिषे ठूलो मेल;खेलाजै जसलाई, शत्र उसैको भज्जे अरे !! हाई ।कविता- ञ्रिकिकन संस्कृत- सारी, मर्यादा अङ्ग अङ्गको मारी,न नचायै उदर- दरी, भरीभराक हुने कसरी ?कवि- है भाषामा उपदेश, लेखिदिनाले स्वयं बुढो देश;लिन सक्दछ शुभ शिक्षा, मागनु परदैन काहिँ गै शिक्षा ।कविता- गर फगडा सब माफ, बल्ल सुनायौ मिठा कुरा साफ;देश सुधारन भाषा, कुञ्जि छ यो कालमा खासा ।कवि- भाषाका गुणधारा, मालुम मनमा छँदा छँदै सारा;किन हो यतिनजेल, थापिरहेकी ठूलो रेल?कविता- भद्दा अबनतिकारी, रसियाजस्ता किताबका भारी;दिन दिन बढ्ता देखि अघोर मनमा उठ्यो शैखी ।कवि- शिक्षा विचारशाली, लेखन्‌ मिहिनेत मात्र हो खाली,गरदछ को रुचि यसमा, छन सब बोक्रे कथारसमा ।कविता- रसिला नैतिक बात, लेखन उठ्दैन आफनै हात ?भ्रन बरु छ भने होस्‌ किन दिनु अरूमा वथा दोष ? ४ लेखनाथका प्रमुख कविता कृबि- उपयोगी परिपाटी, लियेर कन्धा कटाकटी काटी;लेखनु यो कठिन कुरा, छन सब त्यस्ता कहाँ .चत्रा ?कविता- उपकारी मर्मज्ञ, विचारवाला गुणी महाप्नज्ञ;भाषामा छैन कुनै, यो त बताज्रे स्वयं अघि नै।कवि- अघिका सत्कवि जस्ता, मिलछन्‌ कविजी कहाँ सस्ता,तर तिमी हार नखाङ, स्थिर गर भाषाविषे पाउ ।कबिता- होला शिक्षित देश, भनेर भाषाविषे सहैँ क्लेश;कविको पुगेन ढङ्ग, उल्टा मेरो टुटै अङ्ग।कवि- दर्द बुझ चुपचाप, बस तिमी मनमा न लेक सन्ताप;आफनु जीबनसम्म, सुधार गर्ला सकेसम्म ।कविता- अघितिर पुच्छर घुसारी, कविता प्रत्यक्ष लोकमा पारी;गंकनछौ तिमी यसरी, सुधार होला हरे! कसरी;कवि- गुणवति ! सुन अबदेखि, गन्धन कन्धा बिकामका लेखी;गरने छैन दिमाक, पक्का यो चित्तमा राख।कविता- बैस भन्यौ अबदेखि, विचारशाली मिठा कुरा लेखी;मेरो गरनु सुधार, शिरमा तिमी बोक यो भार ।कवि- पहिले अलि अलि . हाँसी, नुहिकन पछि बेसरी छाँसी;अर्ति दियौ हितकारी, नपाइ शाकना ठूला भारी । लेखनाथका प्रमुख कविता /५ कविता-बढिया हो 'यो वचन,. तिमीसित शिवजी सदा खुसी रहन;बन्द - गरौँ सब बात, सुत अब धेरै गयो रात।- प्रार्थनाखुसिसित बसि मेरो लेख यो हेरि साफगुण जति लिनु होला दोषमा पाउँ माफ ।भनि नुहिकन सारा मित्रमा प्रीतिसाथगरदछ कर जोडी प्रार्थना 'लेखनाथ' ॥ वि. सं. १९६९ लालित्यबाट ६लेखनाथका प्रमुख कविता २. नैतिक दृष्टान्त बडाले जो गन्यौ काम हुन्छ त्यो सर्व-संमत ।छैन शङ्करको नङ्घा, मगन्ते भेष निन्दित ॥ ॥।गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्खन ।बसेको छ महासिन्ध सीमाबद्ध बनीकन ॥र्‌ £दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।त ३कसैको लोकमा छैन एकैनास समुन्नति ।अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ॥॥ छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उलँदो खहरे हेर कत्तिको गड्गडाउँछ ॥द्‌ ज्यादा सोको हुनूभन्दा टेढिनु छ फला५धिक । गरदैन कुनै सोग्गो ग्रहको पूजना$५दिक ॥॥ टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित । बोलने को अँध्यारोमा महा$६५त्मा जुन्किरीसित ॥७ लेखनायका प्रमुख कविता /७ सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोचने जङ्गली काँढा पहिले नै तिखा कति ॥यू मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा । एकता हेर कस्तो छ मौरीको महमा सदा ॥९ जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर । जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ॥१० हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक । कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ॥9 ११ गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी। .कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ॥१२ योग्य स्थानविषे मान सानाले पनि पाउँछ । कृ्‌ष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ॥१३ उपकारी गुणी व्यक्ति निहरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नमुकेको कहाँ छ र॥१४ मेटिँदैन कसैबाट आफनू कर्मपद्धति । बतवासी बने राम चौधै भुवनका पति ॥११ धर्म हो धीरको धैर्य राखनू दु:ःखजालमा । मान्‌ मौनव्रती हुन्छ कोइली शीतकालमा ॥१६ ५/ लेखनाथका प्रमुख कविता सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन । रस चसेपछि भृङ्ग फूलमा भूल्दथ्यो किन ?१७ सङ्घले पनि जाँदैन दुष्टको दुष्टता रिस । श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ॥१८ मूर्खका मनमा अर्ती गालीतुल्य बि्ाउँछ । दूधपान गरी सर्प खालि विष बहाउँछ ॥१९ वि. सँ. १९७४ गोरखाशिक्षाको तेसो पुस्तकबाट लेखनाथका प्रमुख कविता /९ ३. वसन्त कोकिल भरी लता वृक्ष विषे टनाटननवीन लाखौँ फूल पालुवाकन ।बसन्त आयो कलकण्ठको अबसुनिन्छ साह्ै कल कण्ठ-गौरव ॥१अगाडि जो दीन बनी लुकीकनबिताउँथ्यो केवल दु:खमा दिन ।अहो ! उही कोकिल हेर आज योप्रमोदले पूर्ण महासुखी भयो ॥ 01बसी बगैँचा-बिच मोजमा परीनयाँ कलीला सहकारमञ्जरी ।चपाउँदै मस्त भएर बेसरीकुहकुहू गर्दछ त्यो घरीघरी ॥ 21चलीरहेको छ सिरी सिरी हवाजुलीरहेछन्‌ सब मञ्जु पालुवा ।जता दियो दृष्टि उतै खुसी मनप्रमोदले पूर्ण नहोस त्यो: किन ?॥॥ 4 १०४ लेखनाथका प्रमुख कविता वि. सं. १९७४ समीरले पुष्प परागको फ्रीलगाउँदा त्यो रसरङ्गमा परीमुलीरहेको छ शरीर बेसरीमुछेर तेही रजमा घरीघरी ॥श्रपिएर सा५५नन्द रसालको रसघुमाउँदै नेत्र दुवै मदाभ्लससहर्ष खोलौं सुरिलो गलाकन घनक्क घन्काउँछ त्यो सबै वन ॥ द्‌घरीघरी भुर्र उडी अलीकतिघुमेर शाखान्तरमा यताउति ।बडो बहाडी रसिकै बनी तहाँढलीमली गर्दछ पालुवामहाँ ॥७चुचो ठडाईकन चट्ट मञ्जरीढुँगेर च्यापीकन देखिने गरी ।फरक्क फर्कन्छ घरी पछिल्तिरप॒सन्नता-साथ लतारि पुच्छर ॥दन शीत-बाघा, न त घामको डरन बाग नङ्गा, न त वृष्टिको पिर ।बसन्तका गौरवले गरीकनखुसी छ साह्कै कलकण्ठको मन ॥९ गोरखाशिक्षाको तेसो पुस्तकबाट लेखनायका प्रमुख कविता /११ ४. जीवन-चङ्वा कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार ।भित्र अलकति हेर्दा अर्कै रसिलौ चमत्कार ॥ १दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गग्ना ।फरफर गर्छु उपर यो जीवनमय पातलो चङ्गा ॥ र्‌ममतासहित अहन्ता ग्रन्थि परेका बडा रम्य।सुखदु:खका कका छन्‌ खूब मिलेका दुवै टम्म ॥१ , मनमय घुम्छ लटाइ फनफन फन्का पलापला मारी । अतिशय दुर्लभ तर त्यो रसिक लटाई लिने चमत्कारी ॥॥ ॥ 1 सङ्गल्पको छ धघागौ छुटी रहेको लगातार । गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र संचार ॥५ त्यो मसिना धागामा खिरिलोपन ल्याउने ताजा । घसिएको बहुत सफा विवेक, बुद्धिको माजा ॥ ददचङ्गाको मुखचाहिँ पवृत्तिमय रङ्गले लाल । अलिअलि कालो आशा-पुच्छर, उसको छ चलबले चाल ॥७ १२/लेखनायका प्रमुख कविता वैषम्य झै ककामा अलिकति गतिमा घुस्यो भने दोष । ग्वाँख मिलाउनलाई संयम, सुविचार, शान्ति, सन्तोष ॥द्‌ यस्तो अद्भुत चङ्गा तयार पारी बडो चमत्कारी । नभमा कौतुक गर्ने कुन होला धीर अविकारी ? ९जतिजति गडेर हेर्छु यस चङ्गाको विचित्र संचार ।उतिउति शून्य गगनमा विलिन हुन्छु न देखदा पार ॥१०कहिले नीलो दहमा सफारी माछो सरी भरी।लीला गर्छ गगनमा चक्कर लाखौँ थरी मारी ॥११कहिले प्रेम हावामा सररर अक्कासिँदै जान्छ ।कहिले फरक्क फरकी तम तल कौँठी पनी खान्छ ।१२कहिले भुजङ्गजस्तै सुलुलुलु बग्दै बटारिन्छ ।कहिले वबिधिवश बिचमा अरूअरूसँग बेसी लठारिन्छ ॥ १३कहिले पुगेर माथि सोकै बहँदै शनैः शनै: सल्ल ।निश्चल टक्कर मारी अडिन्छ बँउडाइ-बोहरी-तुल्य ॥१४जलचर नभचर सबका सुन्दर लाखौँ थरी चाल ।देखिन्छन्‌ यही हाम्रो जीवन-चङ्गा विषे सदाकाल ॥१५अक्काशिएर ज्यादा माथि जाँदा हराउने भय छ।तल गङ्गा-लहरीले लपक्क पार्ने विछट्ट संशय छ॥१६ लेखनाथका प्रमुख कविता /१३ शीतल सरसर बहने बीच गगनको सफा हावा । जति पायो उति यसले खान्छ गजब चालले कावा ॥१७ कहिलेदेखि उडेथ्यो? अब उड्ने हो कति बेर। आखिर चङ्गा ठहतन्यो चुँडिनालाई छ के बेर?१८ जति दिन यो उड्ने हो उति दिन उडन्यै छ बीचमा नअडी । तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥१९ जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास । सृक्ष्म लटाईभित्रै रहेछ प्रभुको निवास वा भास ॥२० वि. सं. १९९२ शारवा वर्ष १ सङ्ख्या २ बाट १४ लेखनाथका प्रमुख कविता ५. गौँथलीको चिरिबिरी (१) म बस्ने कोठाकै दलिन-बिचमा गौँधली बस्यो,पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो।मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरीचरी बोल्यो मेरो मन सब बुकी त्यो चिरिबिरी ॥१अहो !! त्यस्ता ताता नजर अति राता विष सरीतरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथितिथी माघे औँसी शहरभर भूकम्प-फजिती ॥र्‌जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भोचल्यो भारी हा हा नसहिसकनू नै प्रलय भओ।कहाँ पाउँ ठाडो घर, कसरि ओतौँ शिर भनीदुवै भाले-पोषी फनफन घुम्यौँ व्याकुल बनी ॥ डेबिरालोको फेरि अधम चिलको, काग शठकोशिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।परी शङ्का भारी सबतिर बिचारी डुलिड्लीनिराशामा एन्थेँ अघि अघचिलो ठाम नमिली ॥॥ $ लेखनाथका प्रमुख कविता / १५ यहाँ तिम्रो सानू घरमहल वा रामजुपडीखडा. देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी ।पसेको हुँ बाबा ! अलि दिन बसूँला कि म भनीप्रियाको आगामी प्रसव दिनको उत्सव गनी ॥५तिमी भन्छौ मेरो सकल घर यो खास यसमाचरी घुस्प्रो सानू कुन चिरबिरे रङ्गरसमा ।म भन्छू हे बाबा ! घरमहल मेरो छ नभनपलामा घर्केका घरउपर दौडाउ नयन ॥0निमेषैमा भत्की घररर गरी घर्र त्यसरीढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी ।विधाताको भित्रै मधुर करुणाको रस परीपरेनौँ तै हामी विकट भुमरीमा अरु सरी ॥७ तिमी जान्ने सुन्ने मनुज चतुरा, हामी बिचराचरा साह्दै साना अबुरु वनका केवल किरा ।तथापी श्रद्धाले फुकि विनति गर्छु म सरसवथा मेरो भन्ने जटिल ममता-ग्रन्वि नकस ॥द्‌खुला पारी राम्रो सँग नयनको भित्र नयनबिचारी यी सारा गृह-विभवको चञ्चलपन ।दयालु भै रोक मिलिजुलि सबै वान्धवसितभलो होला जाक, रिस नगर रन्केर मसित ।९कुनै पल्टेका छन्‌ मलिन मुख लाई रुखमनिकुनै रुन्छन्‌ बाटो-बिच नमिलि सानू रुख पनि । १६“ लेखनायका प्रमुख कविता कनै भोका शोका५५कुल मरिरहेछन्‌ नगरमाहरे ! तिम्रो यस्तो कुन तुजुक यो तृच्छ घरमा ॥१०त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयनयहाँ यो डन्डीमा बसिबसि म चिम्लन्छु नयन ।अरू सेरोफेरो सब मुफत मेरो छ नभनअघी मेरो भन्ने। कतिकति गए ती सब गन ॥११उघारी त्यो भारी मधुर कषणा-द्वार मनकोगरी रक्षा सारा विकल बिचरा दीन जनको ।यता विश्व-प्रेमी बन, मनुज चोला सफल होस्‌उता स्वर्गद्वारा क्षणभर पनी बन्द नरहोस्‌ ॥१२तिमीभन्दा लाखौँ गुन अफ धनी मानिस पनिडुलेका छन्‌ बाबा ! फगत भिखमङ्गासरि बनी ।विधाताको सारा अघट घटना सम्कू मनमासबै मेरो मेरो भनि नभुल यो मोह- वनमा ॥१३,कदाचित्‌ यो तिम्रो भवन चकनाच््‌र पहिलेहुँदो हो ता हन्थ्यो कसरि किन यो भेट अहिले ।दया राख्यो भारी सदय विधिले सङ्गत भयोसुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो॥१४कसै सक्तैनौ यो यदि तिमि भने घच्च सहनमलाई द्यौ बाबा ! फगत अब यौ रात रहन ।म भोली नै जान्छु नुपतिसँग भूकम्प कहनपखेटा छन्‌ सक्छू अफ्‌ त नभमा सर्र बहन ॥१५ लेखनाथका प्रमुख कविता /१७ गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो भनेँ मैले भैगो तँ बसि कुद्टि दे गैह्र घर यो। पखेटा पैँचो दे बरु म पछि आएर तिएँला दयाधारी राजासित सकल मै बिन्ति गहँला ।१६ बि. सं. १९९२ शारदा वर्ष १ सङ्ख्या ७ बाट १८ लेखनाथका प्रमुख कविता ६. सत्य सन्देशहरू कालो मन्दाकिनीको जलजल, निधिको मोतिको जोति कालो, कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो । कैलाश-श्रेणि कालो, कूलमल गरने सूर्यको बिम्ब कालो यो सारा सृष्टि कालो, मनबिच्च छ भने दम्भ दुर्भाव कालो ॥१ थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन्‌ उज्यालो भिक्षा भारी उज्यालो, अझ धन वनको शागशिस्नू उज्यालो । फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो तृष्णाको तुच्छ जालो मनबिच नभएर जो मिल्यो सो उज्यालो ॥१ भर्दाभर्दै हजारौँ विषय-सुख-घडा देह लम्तन्न पर्दा र्कर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा । सर्दा आपस्त डैं परपर, धमिलो नाचको अन्त्य पर्दा गिर्दामा साथ जाने क्न कुन चिज हुन्‌ ? सम्क ती काम गर्दा ॥१ विद्याको, वयको र बुद्धि, बलको, सौन्दर्यको, मानकोप्रज्ञाको, कुल-जातिको, इलमको ऐश्वर्षको ज्ञानको ।तातो ग्यास मनुष्यका मगजको सम्पूर्ण उत्री दिएपृथ्वीमा सब देवता घरघरै आएर खेल्ने थिए ॥ बि. सं. १९९१ शारदा बर्ष ४ सङ्ख्या ३,४,५ र १२ बाट लेखनाथका प्रमुख कविता /१९ मत्ता हात्ती हलुङ्गो, वितत जलधिको ह्वेल माछो हलुङ्गोजङ्गी बेडा हलुङ्गो, विकट कटकटै रेलगाडी हहलुङ्गो ।शैलश्ेणी हलुङ्गो, पृथुतम पृथिवी-गौल सारा हलुङ्गोयो बह्माण्डै हलुङ्गो, जब सब मनकी तिर्सना लाग्छ टुङ्गो ॥ वि. सं. १९९९ शारदा वर्ष ८ सङ्ख्या ३ बाटदोषी माता-पिताका वचन, गुरुजना६५देश निःशेष दोषीसत्त्या(५त्मा मित्र दोषी, गृह-परिजनको चाल देखिन्छ दोषी । पत्नीको प्रेम दोषी, अमृतमय मिठा बेदका वाक्य दोषीयो सारा सृष्टि दोषी, विधि-वश छ भने आफन्‌ू दृष्टि दोषी ॥ वि. सं. २००० शारदा वर्ष ९ सङ्ख्या ६ बाट २०४ लेखनायका प्रमुख कविता ७. विज्ञानको मोह सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजातिगर्थ्यौ छाती फुलाई पलपल सुखका कल्पना भाँतिभाँति ।सोही उन्मत्त भस्मा५सुर बनि अहिले बाहु लम्बा पसारीपीछा गर्दो छ दौडी विकट मुख लिई सर्वसंहारकारी ॥१जस्को नि:सार बोक्रो चहलपहल वा रङ्गमा दङ्ग मानीभुल्दामा पेट-पूजा विधि विकट बन्यो भार भो जिन्दगानी ।उस्कै आराधनामा अरु किन यसरी मर्छ यो मर्त्यजातिकस्तो विश्वास, भक्ति, प्रणय शिव ! हरे ! तुच्छ विज्ञानमाथि ॥र्‌चाहे विज्ञान पैले त्रिभुवनभरको सार सारा उतारोस्‌चाहे आकाशमाथी किसिमकिसिमको सृष्टि-शोभा फिँजारोस्‌ ।त्यो त्यस्को तुच्छ बोक्रे चटकमटक हो भित्र अर्कै छ चर्कोसर्को लाग्दो अशान्ति-ज्वरमय सरुवा व्याधिको दीर्घ धर्को ॥ ३यो विद्याले सबैको हृदयबिच ठूलो उन्नति-भ्रान्ति पारीदैवी सम्पत्ति, मैत्री, शम दम, करुणा, शान्ति, सन्तोष मारी ।खित्का छोडेर गर्दा जटिल जहरिलो ग्याँसको अट्रहासको हेर्ने शास फेरी उस बखत कठै !! सृष्टिको सर्वनाश ॥॥ लेखनाथका प्रमुख कबिता / २१ यै छोटो जिन्दगीमा अमृतं पद दिने विश्वकल्याणकारी उस्तो अध्यात्म-विद्या-विषयक महिमा मोहले दूर सारी । फोस्रो विज्ञानमाथी जतिजति गहिरो गर्दछौँ प्रेम हामी रुन्छन्‌ सम्पूर्ण पृध्वी उतिउति डरले थर्थराएर कामी ॥1 वि.सं. १९९५ शारदा वर्ष ४ सङ्ख्या ६, ७ बाट २२/ लेखनाथका प्रमुख कविता ८. पतित-पावनी श्री गङ्गाजीको काँकी ठाडै कैलाशदेखीद्रुततर गतिले गड्गडाएर क््दीर्स्दा श्रीशङ्करैकोगल-गलित ठुलो सर्पकैँ सल्ल पर्दी ।लाखौँ चट्टान चिर्दीबिकट गिरिशिला-कन्दरा चूर्ण गर्दी ।बन्दै नाची दगुर्दी,श्रबण-विवरमा नित्य संगीत भर्दी ।१आमा ! भन्दै करैकासकल गिरिनदी काखमा टप्प धर्दीछर्दी पीयूष जस्ताजलकण लहरी-हस्तले, मस्त पर्दी ।कालो बर्दी-सरीकोकलिमल मनको ध्वस्त पारेर हर्दीगङ्गामा भुक्ति-मुक्तिदुद्ग दिदि-बहिनी नित्य खेल्छन्‌ कपर्दी ।र्‌ वि.सं. १९९८ शारदा वर्ष ७ सङ्ख्या ६ बाट सेखनायका प्रमुख कविता /२३ ९. बंशीधरको दिव्य बंशी सारा भौतिकवृन्दरूप जड यो विस्तीर्ण वृन्दावनघन्काएर घनक्क, भित्र उसमा भर्दै नयाँ जीवन ।हे बंशीघर, ! विश्वमोहन ! परा बाग्रूपिणी बाँसुरीफुक्छौ नित्य नयाँ नयाँ सुर किकी व्यामोह-वर्षा गरी ॥ १त्यो चर्को सुरबाट जागृत बनी तिम्रो गरी खोजनीघुम्ने रासविलासको रहरमा धीवत्ति छन्‌ गोपिनी । साथै छौ; तर लुक्नमा चतुर छौ, हाँसी रहन्छौ लुकीत्यै तिम्रो रस-रङ्गमा छ रसिलो यो सृष्टिको चक्चकी ॥२ वि.सं. १९९९ शारदा वर्ष ८ सङ्ख्या ८ बाट २४ लेखनाथका प्रमुख कविता १०. युगवाणी प्रिय नेपाली शूरवीर हो, नवयुगको यो संक्रान्ति-समय छ, यसमा नचढोस्‌ तिमिमा फूट-बैरको भ्रान्ति !एकै तन भै एकै मन भै देश-कालको गति जानीबढ्दै जाङ, चढ्दै जा, भन्दछ यो युगवाणी ॥ १तोडचौ हुकुमी साङ्ला, फाल्यौ फ्याङ्ला खड्गनिशानामुयाङ्ला काटचौ सब मर्जीका, बदल्यौ स्थिति र जमाना ।अब तिमी नै छौ सेवक, तिमि नै मालिक, यो पहिचानीलाग निरन्तर देशोन्नतिमा भन्दछ यो युगवाणी ॥॥दुःशासनले केश खिच्नेकी द्रुपदकुमारी जस्तीदुःख दर्दको विकट दल्दलमा बिचरी पलपल फस्ती ।जन्मभूमिका सुनीनसक्ना लम्बा करुण कहानीसुन्दै जाङ, गुन्दै जाक भन्दछ यो युगवाणी ॥डैगर्नैपर्दछ अब तिमि सबले नव राष्ट्रको निर्माणयसमा तिलभर नहट पछाडी, चाहे जाओस्‌ प्राण ।वीर देशका वीर तिमी छौ वीरव्रतका अभिमानीनजुकोस्‌ तिम्रो वीरपताका, भन्दछ यो युगवाणी ॥डे लेखनाथका प्रमुख कविता / २५ हिमगिरितटका सब बासिन्दा तिमी दुनियाँ छौ कोटिएकमती भै हात बढाउ कर्तव्यमा दुई कोटि।फुट्टाफुट्टै दूर देशमा कल्लीगिरि बा दरबानीगर्दा गर्दै जनम नजाओस्‌, भन्दछ यो पुगवाणी ॥१जुन तागतले एक शताब्दीतक सब यो नेपालरगत सुकाई जर्जर नंगा पात्यो नरकंकाल ।उसको छाया छाप उडाक नगरी आनाकानीभर अब अर्कै दिव्य जवानी, भन्दछ यो युगवाणी ॥1भरखर जननी जन्मभूमिका तोडचौ साङ्ला सिक्रीऔषदको नै पहिले इनको गर्नुपर्द छ बिक्री ।यस मौकामा केही नसोची पछिको लाभ र हानिकिन खलबलिने ? किन अलमलिने ? भन्दछ यो युगवाणी ॥७ राजा रैती एक मतो भै ल्याएथ्यौ त्यो क्रान्तिअब सब बदली क्रान्ति-लहर ती ल्याउनुपर्दख शान्ति ।त्यसका लागि बारिक मनले छानी दूध र पानीकर्मयोगमा वन सहयोगी, भन्दछ यो युगबाणी ॥यअडबेखडबे डाँडाकाँडा तोडीफोडी सारासंथल पारी उसमा जारी कर्नाका जलधारा ।पार सबैतिर लहलह खेती, सुक्न नपाओस्‌ पानीमुलुकै सुखमय बन्दछ त्यसले, भन्दछ यो युगवाणी ॥2पूर्व र पश्चिम उत्तर दक्षिण रस्ता निस्कून्‌ खासारेल र मोटर तिनमा दौड्न्‌, बस्नू नपरोस्‌ बासा । २६/लेखनायका प्रमुख कबिता घरघर बिजुली, कल, कार्खाना, कपडा अन्न र पानीइच्छा माफिक सबले पाउन्‌, भन्दछ यो युगवाणी ॥१०ग्रामैपिच्छे शिक्षा पाकन्‌ लाखन बालबालाकुनै कुनामा घुस्न नपाओस्‌ गरिबीपनको ज्वाला ।सबका घरघर डबल होस्‌ व्ययभन्दा आम्दानीधर्म सनातन तब पो रहला, भन्दछ यो युगवाणी ॥११उच्च हिमाचल सेती गाई, तल उपपर्वतँ-मालाधूनसरी छन्‌ दूध-बराबर रत्न अनेक उज्याला ।दुहुनैपर्दछ ती सब तिमीले किसिमकिसिमका खानीतब पो रहला तिम्रो पानी, भन्दछ यो युगवाणी ॥१२अहिले अग्ला दशं-आठोटा रङ्गमहलमा खालीचहलपहलका साथ निरन्तर खेल्दछ जो खुसियाली ।त्यो सब सुप्रामुप्राहरूमा ल्याउनुपर्दछ तानीनत्र भयो के ? दु:ख गयो के ? भन्दछ यो युगवाणी ॥१३ वि.सं. २००७ युगवाणी वर्ष ४ अङ्क ४२-४३ बाट ११. वर्षा सं सं सं सं पानी बस्यौ अब वर्षा क्रतु आयो ।विश्वशान्तिको खातिर बढ्दो क्रान्तिवीरमँ घनघोरगर्जन गर्दै घन-मण्डल त्यो नभमा सबतिर छायो ॥ म सं ... लपलप गर्दो असिघारालँ चमचम बिजुली उसमासुषमा भर्छे, त्यसले सबको खुसियाली मुसुकायो ॥ सं फं ... उस ज्वालाले सुकी सकेका तृण, तरु, लहरा सारालहलह गर्दै उठे पल्हाये, हरियाली लहरायो ॥ मं म्रै ... खलखल खोला, छरर छहरा टिलबिल टिलबिल सरिताधनरस-भरिता धरणी रसिली त्यो सब ताप विलायो ॥ सं कं ... घुलो धमिलो हालि नयनमा, दुनियाँ अन्धो पारीभतभत पोल्ने उष्ण पवनले शीतलता अपनायो 7 सं छं ... घनरव सुन्दै नाचिरहेछन्‌ मदले मत्त-मयूरमनमन भन्दछ कोकिल कसले युगपरिवर्तन ल्यायो ॥ सं सं... वि.सं. २००९ भारती वर्ष ४ अङ्ग १ बाट २८ लेखनाथका प्रमुख कबिता १२. सरस्वती स्मृति मिही प्राशै वीणा, मन मुदुनखी, कम्प कलना;गरी लाखौँ ञिक्ती स्वर-मधुरिमा स्मेरवदनारसीलो फक्रेको हृदय-कमलै आसन गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥१सफा वर्णा५५कार स्फटिकमय मालाकन घरीजगत्‌मा तदृद्वारा व्यवहृति-कला शीतल गरी ।सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥र्‌सुनेको, देखेको, अनुभव गरेको जति कुराकुनै आघा मात्रा तक नछोडी सब पुरा ।छपाई-राखेको स्मृतिमय महापुस्तक घरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥३यही हाम्रो भित्री हृदयमय गम्भीर सरमाडुबी उत्री खेल्दो, चपल, चटकी हंसबरभा ।चढी लीला साथै भुवन महिमा जीवित गरीबसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥1 लेखनाथका प्रमुख कविता / २९ जगद्व्यापी मेरो अति मधुर यो जीवन-कला बुर््यो जस्ले उस्को कसरि भय अज्ञान रहला । भनी सामुन्नेमा वर अभय मुद्राकन घरी बसेकी वाग्दैवी क्षणभर नबिसूँ जुनिभरी ॥र वि.सं. २०१० लालित्य भाग १ बाट ३०० लेखनाथका प्रमुख कविता १३. साहित्यको फुटबल भाषाको छ विशाल चौर जसमा गर्दै ठुलो तर्खरभ्रै कोही फरवार्ड, रेफरि कुनै ब्याकिड्‌ र गोल्कीपर ।खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरीहावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥ १खेल्नै हो अब खेल यो यदि भने चाँडो अगाडी सरील्याउँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्‌भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस्‌ ॥ रेत्यो घात-प्रतिघात-चङ्क्रमणको चातुर्य-सौदामिनीलड्नासाथ उठेर चक्कर लिंदै घुम्दै रहोस्‌ फन्फनी ।खेल्छौँ हामि जती उती चटपटे उस्को नयाँ रङ्ग होस्‌सारा दर्शक वर्ग मस्त सुरमा ताली पिटी दङ्ग होस्‌ ॥| वि.सं. २०१० लालित्य भाग १ बाट लेखनाथका प्रमुख कविता / ३१ १४. हाम्रो इन्द्रेनी पर्वत नगिचै त्यो जलतटमा सात रङ्गको सुरिलो आकारकर्के कर्के गरी उठेको छविको अद्भुत मुस्लो उसपारदेख्नासाथै लोचन खिचिये, कौतुकिताका उरमा छालउर्लन थाले, साथै मनमा रङ्ग रङ्गका उठे सबाल ! उही कुनाको बादल फुस्रो, उही पखेरो, उही खोला त्यसमा त्यस्तो छविको लट्टी कसले कहिले टाँग्यो होला ?के सुरकँवरी त्यस लट्टीको पीङ बनाई चहचह गर्छन्‌ ?अथवा चटकी साँझ त्यो हो जसले ती स्वर्गङ्गा तर्छन्‌ ? अमर क्सुमका रसले रञ्जित सात किसिमका छविधारीकामघधनुषको छाया हो बा विरहीको जीवन हारी ।त्यस्तो घनुले मदन कृसुमका कति तीखा शर हान्दो होलाजसले गर्दा पलपल चल्छन्‌ विरहीका मुटुका सोला ! अथवा त्यो हो दिगङ्गनाका कण्ठस्थलको मञ्जुलमालाभर्दख जसले नव जलधरमा प्रणय-सुधा-रसको प्यालाकलमल त्यस्तो अद्भुत छविको हार गाँथने सुरकन्याकुन कुन होलान्‌ शूत्य गगमा शिल्पकतामा चतृरी घ्रन्या ३२“ लेखनाथका प्रमुख कविता रतिमन्मधका केलिभवनको यही द्युतिमय तोरन हो अथवा अमीरहरूकै शिरको चुनरीरष्ठी रीवन हो।'मुनामदन' की उही मुनाको सुन्दरताको नमुना होकि ?जसले हाम्रा प्रिय कविजीमा सुन्दरताको छापा ठोकी ! यो सब गन्दा गन्दै दिलमा अर्कै अद्भुत छाया भास्योत्यस छायाको रूप अँगाली मेरो दिल कन्‌ झन्‌ हाँस्यो ।हृदय गगनमा सबको देख्यो आशाको नानारङ्गीइन्द्रेनीको क्षणिक उज्यालो उठदो छिपदो रद्ठीचङ्ठी ! बि.सं. २०१३ ड्न्द्रैनी वर्ष १ अङु ५ बाट सेखनाथका प्रमुख कविता / ३३ १५, पूर्वस्मृति हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिरलेख्यौ सा५५दर पत्र, त्यो सब पढेँ केही मुकाई शिर ।ठेगानातिर हेरदा नयनमा देखा पन्यो 'पोखरा'जो देख्दा मनमा मिहीं स्मरणका लाखौँ फुटे आँक्रा ॥१पैह्ला अङ्कुरमा हिमाल हँसिलो अग्लो अगाडी सस्यो-साथै पर्वत-शृङ्खला विपुल त्यो चौरतफि देखा पन्यो ।लंबा संधर फाँट तालहरुको कल्क्यो ठुलो चक्घकीफेरी त्यो गड्वा, विजेपुर, खुदी, सेती बगेकी लुकी ॥ द्‌कोठे साँघु, बजारको झिलिमिली, काला उखु, सुन्तलादोस्रो अङ्क्रमा खचाखच भये ज्यादै मिठा शीतला ।पैसा ढाँक उखू यतातिर, उता कोरी बढी सुन्तलात्यो संगी खुशिले रमाउँछ यहाँ अद्यापि मेरो गला ॥ डेतेस्रो अङ्कुरमा उपस्थित भयो अघौं तथा अर्चलेपुर्खाको जसमा थियो जस ठुलो प्रख्यात पाण्डित्यले ।चौथोमा उभियो पवित्र खरको छानू भयेको घरआमाको मृदु लालना सुख जहाँ लिन्थे म लोकोता ॥ 11 ३४लेखनाथका प्रमुख कविता पाँचौंमा सुकुमार बाल्य वयका साथी सबै देखियेसाना पल्लव तुल्य त्यो बखतमा नाना थरी जो थिये ।तिन्का साथ डुलेर काफल, तिँदू, ऐसेलु, चुत्रो 'सब'टिप्ता जो पुरुषार्थ- गर्व मनमा चढ्थ्यो, कहाँ त्यो अब ॥ १छैटौँ अङ्कुरमा मिल्यो असजिलो, पाटी धुलौटो, खरीदेखाएर कडा उक्स्मुकुसमा, जर्काउँथ्यो कन्सिरी ।त्यो आपत्ति सही सुखाखर गरी साह्वा सबै अक्षरभाषा-श्लोक फलाक्न घोक्न मनले कस्तै गयो कम्मर ॥ 0सातौँ अङ्कुरभित्र अङ्कित भये गङ्गा-गणेश-स्तुतिचण्डी कोश र कौमुदीहरु ममा भर्दै निजी संस्कृति ।त्यो देखर भन्यो- कठै !! नवमले “जा राजधानीतिरबेडा पार हुँदैन अध्ययनको खाली अँगाली घर” ॥ ७चर्को चक्र घुम्यो शनैः समयको, टाढा भयो अर्चलेप्यारा साथि पनि क्रमैसित सबै संसारदेखी-. चले । देख्दा यो सब तारतम्य विधिको धर्कन्छ छाती सबत्यो जन्मस्थलमा कठै !! म कसरी कैले पुगूँला अब ?पन बि.सं. २०२२ बेणीबाट लेखनाथका प्रमुख कविता / ३५ १६. आखिरी कविता यो दु:ख भोग्ने परमेश्वरै हो ।यो देह उस्को रहने घरै हो॥यो भत्कँदा दुःख अवश्य मान्छ ।सुटुक्क सामान लिएर जान्छ ॥ बि.सं. २०२२ कविता वर्ष २ अङ्ग र बाट ३६/ लेखनाथका प्रमुख कबिता

सामा प्रकाशनका केही कविता /काव्य अज्ञात प्रारम्भअतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोक एउटा अर्को बुइँगल एक फूल अनेक पत्रएक्लो विजेता काँडाका फूलहरू केही गीत केही गजलघाउमा हरिश्चक्त कटुवालचिसो च्‌ह्लो छुटेका यादहरू दाजै ! कविता गाउँमै छनफुलेका फूलहरू नरमेध -निर्माणाधीन सडकपञ्चदशिका पलकभित्र पलकबाहिरपृथिबीमाथि आलेखप्रेमका कवितामृत्यु-कविता लक्ष्मी कवितासङ्ग्रहवीरकालीन कविताशाकुन्तल (महाकाव्य)समसामयिक सासा कबितासाफा कविता हिमालचुली ।सङ्कलन) पान राररुरुललाकाररुर, कार ककन भ्रीम विराग दिनेश अधिकारीविजय सुब्बा राजव सं. कशघकृष्णहरि बरालपुरुषोत्तम सुवेदीमनु ब्राजाकीकालीप्रसाद रिजालकणाद महर्षिबालकृष्ण समवियोगी बुढाथोकीभूपाल राई क्षेत्र प्रताप अधिकारीखुमनारायण पौडेलशङ्कर थपलियाअनु, भरतराज पन्तमञ्जु काँचुलीगोपाल पराजुली सं. फणीन्द्र खेतालामञ्जुल सं. चूडामणि बन्धुसं. दयाराम श्रेष्ठलक्ष्मीप्रसाद देवकोटासं. डा. तारानाथ शर्मासं. चृडामणि बन्धुसं. ईश्वर बराल उँ५ 99933-2-488-4 | हेई। ६99 | 3