८० दिनमा विश्व भ्रमण
बाल सन्दर्भ सामग्री - २६
नेपाल सरकार
शिक्षा मन्न्ालयपाठयक्रम विकास केन्द्र
८० ढिनमा प्िद्रण भ्रमण
लेखनजुल्स वर्न
अनुवादगोरखबहादुर सिंह
चित्राड्कन कर्ताअविन्द्रमान श्रेष्ठ
आवरणनबिन्द्र राजभण्डारी
नेपाल सरकारशिक्षा मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर
प्रकाशक : नेपाल सरकारशिक्षा मन्त्तालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर
6 प्रकाशकमा
परिमार्जित संस्करण : २0७३
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (ग्रुएसएआइडी) को सहयोगमा यो सन्दर्भ सामग्री प्रकाशनभएको हो । यसमा समाविष्ट सामग्रीको जिम्मेवारी प्रकाशकमा निहित छ। यसमा रहेका सामग्रीलेगयरुएसएआइडी र अमेरिकी सरकारको अवधारणालाई प्रातिनधित्व गर्दैनन् ।
हाम्रो भनाइ
बाल बालिकाको पठन सिप बढाउन, मनोरञ्जन प्रदान गर्न, मानसिक र बौद्धिक विकासकालागि सिकाइ सम्बद्ध सन्दर्भ सामग्रीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । सन्दर्भ सामग्रीलेबाल बालिकालाई अध्ययनशील बनाउनका साथै पढाइ सिप विकास गरी पाठ्य पुस्तकमाभएका विषय वस्तु ग्रहण गर्नसमेत मदत गर्छ ।
पाठ्यक्रम विकास केन्द्रद्वारा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम कार्यान्वयनगर्ने क्रममा यो सन्दर्भ सामग्रीलाई अद्यावधिक गरी गुएसएआइडीको आर्थिक सहयोगमाप्रकाशनमा ल्याइएको हो । प्रस्तुत सन्दर्भ सामग्री कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूकालागि उपयोगी हुने गरी विकास गरिएको छ तापनि आवश्यकतानुसार जुनसुकै कक्षामा पनिप्रयोग गर्न सकिने छ।
प्रस्तुत सामग्री शिक्षकहरूले सबै बाल बालिकाहरूलाई पढ्ने मौका दिई आपसमाछलफलसमेत गराई उनीहरूको पठन सिप विकासमा सहयोग गर्नुहुने छ भन्ने अपेक्षागरिएको छ । अन्त्यमा यस सामग्रीका सम्बन्धमा प्राप्त हुने सुझाव एवम् प्रतिक्रियाकालागि पाठ्यक्रम विकास केन्द्र सदैव स्वागत गर्दछ ।
बि.सं. २०७३ पाठयक्रम विकास केन्द्र
८० दितमा विश्व भ्रमण
फिलियस फग निकै धनी थियो । उसको निकै ठुलो घर थियो । फिलियसको घरलन्डन सहरको मध्यभागमा थियो ।
फिलियस फगको जीवन चर्या अत्यन्तै व्यवस्थित थियो । क सधैँ एकै समयमाउठथ्यो । उसको खाना सधैँभरि एकै प्रकारको हुन्थ्यो । उसको खाना खाने समयपनि निश्चित थियो । खाना खाने समयमा कहिल्यै पनि तलमाथि गर्दैनथ्यो ।र जहिले पनि एकै प्रकारका काम गर्थ्यो । उसले गर्ने सबै काम पनि निश्चितसमयमा नै हुने गर्थे ।
फिलियस फग कुनै नयाँ काम गर्न मन पराउँदैनथ्यो । उसलाई उसको निश्चितकार्य तालिका मन पर्थ्यो । फिलियस त्यसलाई परिवर्तन गर्न मन पराउँदैनथ्यो ।हरेक दिन क क्लबमा जान्थ्यो र पुरै दिन क्लबमा नै बिताउँथ्यो । क्लबमा पनिक सधैँभरि एउटै कुर्सीमा बस्थ्यो र सधैँभरि एउटै प्रकाशनको अखबार पढ्थ्यो ।
अक्टोबर महिनाको एक बिहान उसले उसको घरमा काम लगाउन एक जनामानिसलाई सोधपुछ गम्यो । त्यो काम खोज्न आउने मानिसको नाम पासपारटुथियो । क फ्रान्सबाट आएको थियो ।
। «
“मेरो घरमा तिमी किन काम गर्न चाहन्छौ ?” फिलियस फगले पासपारटुलाईसोध्यो ।
“किनभने तपाइँ शान्त र व्यवस्थित मानिस हुनुहुन्छ । तपाइँको जीवन शान्त रनियमित छ। मलाई पनि त्यस्तै जीवन मन पर्छ ।” उसले जवाफ दियो ।
उसको जवाफ फिलियस फगलाई चित्तबुझ्दो लाग्यो । फिलियसले भन्यो, “मैलेपनि तिमी जस्तै मान्छै खोजेको थिएँ । मलाई लाग्छ, तिमी मैले खोजे जस्तै छौ ।तिमीलाई मेरो घरमा स्वागत छ । तिमीले अहिलेदेखि नै काम सुरु गर्न सक्छौ ।”
“तपाइँलाई धन्यवाद छ, श्रीमान् ।” पासपारटदुले भन्यो । त्यति भनेर क कोठाबाटबाहिर निस्क्यो । क आफूले जागिर पाएको खुसीमा उसको मालिकले नदेख्ने गरीनाच्यो पनि ।
“म यस्तै कामको खोजीमा थिएँ ।” उसले मनमनै भन्यो, “कुनै समस्या छैन, कुनैदुख चिन्ता छैन र कुनै परिवर्तन छैन । क्या मजाको शान्त र व्यवस्थित जीवन ।”तर पासपारटदुको अनुमान मिलेन ।
पासपारट्ले काम पाएकै दिन दिउँसो फिलियस फग क्लबमा गयो । क्लब भएकोघर ठुलो र राम्रो थियो । फिलियस फग क्लबमा कुर्सीमा बसेर समाचार पत्र पढ्नखुबै मन पराउँथ्यो । त्यो दिनको समाचारमा मुख्य समाचार बैङ्क डकैती थियो ।समाचारअनुसार पुलिस बैङ्क डकैती गर्नेहरूको खोजी गरिरहेका थिए ।
साँझपख फिलियस फग क्लबको अर्को कोठामा गयो र अर्को समाचार पत्र पढ्यो ।त्यसैबेला उसको एउटा साथीले भन्यो, “पृष्ठ तिनको समाचार पढ त, फिलियस ।”
फिलियस फगले समाचार पत्रको तेस्रो पृष्ठ फर्कायो ।५८० दिनमा विश्व परिक्रमा ... ” समाचार यहीँबाट सुरु भएको थियो ।“बिचित्रको समाचार रहेछ ।” उसले हाँस्दै भन्यो ।
उसको साथीले भन्यो, “हेर त, समाचार पत्रमा ८० दिनको हिसाबकिताब पनिदिएको छ।” लेखअनुसार यो सम्भव छ। तर वास्तवमा कसैले पनि यो कुरा सम्भबछ भनेर ठोकुवा गरेर भन्न सक्दैन ।”
फिलियस फगले यसबारे गहिरिएर सोच्यो, “सायद यो सम्भव छ । फिलियस,सायद तिमी ८० दिनमा विश्वको फन्को मार्न सक्छौ ।” उसले आफैँलाई भन्यो ।
क्लबको कोठामा अरू दुई जना साथी थपिए । चारै जना तास खेल्न थाले । तासखेल्दै गर्दा पनि उनीहरू त्यस लेखबारे कुरा गर्दै रहे ।
«यो सम्भव छैन ।” फिलियसको एक जना साथीले भन्यो ।
“तर केही पनि असम्भव हुँदैन ।” फिलियसले जवाफ दियो । त्यहाँ तास खेल्दै गरेकाफिलियसका साथीहरू गल्लल हाँसै ।
उनीहरूले भने, “फिलियस तिमी सपना देख्दै छौ ।”
फिलियसलाई एकाएक एउटा विचार आयो । उसको जीवनको सबैभन्दा विचित्रकोविचार ।
“म यो काम गर्न सक्छु । उसले भन्यो, “म अहिले नै हिँड्छु र ८० दिनभित्र म यहीँआइपुग्ने छु।”
उसका साथीहरूले सारै अचम्म माने ।
“यदि म असी दिनभित्र आउन सकिन भने मेरो ब्याडकमा रहेको २० हजारपौन्ड (करिब २० लाख नेपाली रुपियाँ) तिमीहरूको हुने छ ।” फिलियसले भन्यो ।यसपछि त उसका साथीहरू अझै अच्चम्ममा परे । यति अचम्म कि उनीहरू छक्कपरेर फिलियसलाई हेर्नुबाहेक केही बोल्नै सकेनन् ।
अन्त्यमा फिलियस र उसका पाँच जना साथीहरूले बाजी थापे । बाजीका सर्तनिश्चित गरियो : यदि फिलियसले ८० दिन अथवा ८० दिनभन्दा कम समयमाविश्व परिक्रमा गरेमा फिलियस फगलाई उसका साथीहरूले २० हजार पौन्ड दिनेतर उसको भ्रमण ८० दिनभन्दा लामो भएमा फिलियसले उसका प्रत्येक साथीलाईचार हजारका दरले जम्मा २० हजार पौन्ड दिने ।
फिलियसले फेरि थप्यो, “आज २ अक्टोबर हो र अहिले ८:४५ बजेको छ। मतिमीहरूलाई २१ डिसेम्बरमा यही कोठामा यही समयमा भेट्ने छु ।”
उसले समाइराखेको तास राख्यो र तुरुन्तै क्लबबाट बाहिरियो । क फटाफट घरतिरलाग्यो । उसको घरमा पासपारटु शान्तपूर्वक आफ्नै तालमा काम गरिरहेको थियो ।
“पासपारटु !” फिलियसले भन्यो, “एउटा झोलामा मेरो र अर्को झोलामा तिम्रोसामान राखेर छिटो तयार होर ।”
“हामी कतै जाँदै छौँ ?” पासपारटुले सोध्यो ।
हो, हामी जाँदैछौ । हामी विश्वको परिक्रमा गर्न जाँदै छौँ ।” फिलियस फगलेभन्यो।
पासपारटु हाँस्न त खोज्यो तर कुन्नि किन हो हाँस्न सकेन ।
त्यसको दुई घण्टापछि फिलियस फग र पासपारटु च्यारिङ क्रस स्टेसनको एउटारेलमा थिए । गार्डले रेल चलाउन सिठी बजाएपछि रेलले बिस्तारै आफ्नो गतिलियो । यही नै उनीहरूको विश्व भ्रमणको सुरुआत थियो ।
उनीहरू बेलायतको समुद्री किनारमा पुगे । त्यो समुद्री किनार बेलायतको सिमानाथियो । त्यसपछि उनीहरूले डुड्गाबाट इङ्लिस नहर पार गरेर फ्रान्सको कालाइससहरमा पुगे ।
फ्रान्समा पुगेपछि पासपारट्ले सोध्यो, “के हामी केही दिन फ्रान्समा बिताउनसक्छौँ ? मलाई यहाँ धेरै क्रा हेर्ने मन .......”
“पटक्कै सक्दैनौँ ।” फिलियस फगले भन्यो, “हामी एकदम हतारमा छौँ ।”
कालाइसमा उनीहरू एउटा रेलमा चढे र पेरिस हुँदै इटाली पुगे । रेल इटालीलाईपार गर्दै ब्रिन्दिसी बन्दरगाह पुग्यो ।
त्यो दिन अक्टुबर महिनाको ५ तारिख थियो । अर्थात् उनीहरूले यात्रा सुरु गरेकोतिन दिन पुगिसकेको थियो ।
उता लन्डनका अखबारहरूमा बैडक डकैतीको खबर निकै चर्चामा थियो । पुलिसबैडक डकैतको खोजीमा लागिपरेको थियो । अखबारमा बैडक डकैतको विवरणर तस्बिर छापिएको थियो । क्लबमा फिलियस फगका साथीहरूले आश्चर्यले जिब्रोटोके । बैङक डकैतको तस्बिर त फिलियस फगसँग दुरुस्तै मिल्छ नि। केत्योकुख्यात बैङ्क डाँका उहीनैहोत?
फिलियस फग र पासपारटु स्वेज जानका लागि डुङगामा चढे । उनीहरू अक्टोबर९ मा स्वेज पुगे ।
“हामी एकदमै ठिक समयमा आइपुग्यौँ।” डुङ्गाबाट ओलँदै फिलियसले भन्यो, “हाम्रोयात्रा हाम्रो योजनाअनुसार नै गइरहेको छ ।”
उनीहरू स्वेज बन्दरगाहमा ओलँदा सयौँ मानिसले यात्रु ओर्लदै गर्दाको दृश्यहेरिरहेका थिए । ती सयौँ मानिसमध्ये एक जना पुलिस इन्सपेक्टर फिक्स पनिथियो । तर क पुलिस पोसाकमा थिएन । कसँग बैङ्क डकैतको तस्बिर थियो ।डुङ्गाबाट ओर्लने सबैलाई फिक्सले निकै ध्यान दिएर हेरिरहेको थियो । त्यही बेलाउसले फिलियस फगलाई देख्यो । उसले घरि तस्बिर घरि फिलियसलाई हेर्न थाल्यो ।
“त्यो मान्छै यही हो।” उसले मनमनै भन्यो, “हामीले समाउन खोजेको बैडक लुटेरायहि नै हो ।” इन्सपेक्टर फिक्स निकै खुसी भयो । किनभने बैङ्क लुटेराको पत्तालगाउने मानिसलाई ठुलो पुरस्कारको घोषणा गरिएको थियो ।
इन्सपेक्टरले सोच्यो - “अब त्यो पुरस्कार मैले नै पाउने छु । तर इन्सपेक्टरफिक्सलाई एउटा समस्या पस्यो । क फिलियस फगलाई समाउन त चाहन्थ्यो
तर त्यसका लागि बेलायत प्रहरीको अधिकार पत्र चाहिन्थ्यो । त्यसैले फिक्सलेबेलायतको पुलिस कार्यालयमा फोन गरेर अधिकार पत्र पठाइदिन अनुरोध गस्यो ।
“म अहिले नै यसलाई गिरफ्तार गर्न सक्दिनँ ।” उसले मनमनै भन्यो, “उसलाईपक्रन पक्राउ पुर्जी चाहिन्छ । तैपनि मैले उसको पिछा छोड्नु हुँदैन । जहाँ पुग्दापक्राउ पुर्जी पाउँछु त्यहीँ पक्राउ गर्छु ।” फिलियस फगको लामो यात्रा योजनाथाहा नपाउन्जेल इन्सपेक्टर फिक्स निकै खुसी भयो । तर फिलियस फग भारतकोबस्बईमा जाँदै थियो । फिक्सले फिलियसलाई पिछा गर्दै भारत पनि जाने विचारगन्यो।
त्यसै दिन दिउँसो एउटा डुङ्गा स्वेजबाट बस्बईका लागि हिँड्यो । डुङ्गामाफिलियस र पासपारटु मात्र थिएनन् इन्सपेक्टर फिक्स पनि थियो ।
डुङ्गामा इन्सपेक्टर फिक्सले पासापारटुलाई भेट्यो र उनीहरू एकअर्काका मित्र बने ।पासपारट्ले फिक्सलाई फिलियससँगको त्यो यात्राका बारेमा बतायो ।
“हामी ८० दिनमा विश्वको फन्का मार्दै छौँ ।” उसले भन्यो, “अन्यथा फिलियसफगले उसँग भएको सबै पैसा उसका साथीहरूलाई दिनुपर्ने छ ।”
त्यसपछि त फिलियस फग नै बैड्क लुटेरा हो भन्नेमा फिक्सलाई कुनै शङ्का रहेन ।“८० दिनमा विश्व भ्रमण ? कसैले पनि यस्तो फन्टुस विचार गर्दैन ।” उसले विचारगन्यो, “र, भएको सबै पैसा लुटेराबाहेक अरू कसैले पनि साथीलाई बाँड्दैन ! मलाईकेवल पक्राउ पुर्जी चाहियो, त्यति भयो भने म उसलाई सजिलै पक्राउ गर्न सक्छु।”
फिक्सले उसले सोचेका यी कुरा उसको नयाँ साथी पासपारदुलाई भनेन । बरु उसलेके आशा गप्यो भने उनीहरू बम्बई पुग्दा फिलियस फगको पक्राउ पुर्जी पनि बम्बईपुगेको हुने छ।
“अनि त बस्बई पुग्ने बित्तिकै फिलियस फगलाई पक्राउ गर्ने छु र पुरस्कार पाउने छु।”इन्सपेक्टर फिक्सको सोचाइ थियो । फिक्स समुन्द्री यात्राभरि नै निकै प्रसन्न थियो ।जति बेला पनि उसले फिलियस फगलाई निकै सतर्कता साथ हेरिरहयो । उनीहरूचढेको डुङ्गा अक्टोबर २० तारिखमा बम्बई पुग्यो । बम्बई पुग्नेबित्तिकै इन्स्पेक्टरफिक्स पक्राउ पुर्जी लिन बेलायत सम्पर्क कार्यालयमा पुग्यो ।
कार्यालय कर्मचारीले भन्यो, “माफ गर्नुहोला, यहाँ त्यस्तो कुनै पत्र आएको छैन ।”
“तैपनि मैले पक्राउ पुर्जी नआउन्जेलसस्म फिलियस फगको पिछा छोडनुहुँदैन ।”इन्सपेक्टर फिक्सले विचार गस्यो ।
“फिलियस फग कहाँ छ ?” क फर्केर होटेलमा गयो र सोध्यो ।
“उनी त हिँडिसके ।” होटेल कर्मचारीले जवाफ दियो, “उनी कलकत्ता जानकालागि रेल स्टेसन गए ।”
इन्सपेक्टर फिक्स जिल्ल पम्यो ।
“रेल ६ बजे छुट्छ ....” होटेल कर्मचारीले भन्दै थियो तर कर्मचारीको वाक्य पुरानहुँदै इन्सपेक्टर फिक्स बाहिर पुगिसकेको थियो ।
क रेल स्टेसन पुग्यो । रेल स्टेसनमा उसले फिलियस फग र पासपारट्लाई देख्यो ।उनीहरू टिकट लिँदै थिए । उसले उनीहरू रेल नचढ्न्जेलसम्म पर्ख्यौ । त्यसपछि
उसले पनि टिकट लियो र त्यही रेलमै चढ्यो ।
साभँको ६ बजे रेलले स्टेसन छोड्यो । सयौँ अरू यात्रुसँगै ती तिन जना पनि सयौँमाइल टाढाको कलकत्ताका लागि यात्रा सुरु गरे । रेलभित्र गर्मी थियो, असजिलोपनि थियो तर फिलियस फगलाई यसको कुनै मतलब थिएन । किनभने उनीहरूकलकत्ता जाँदै थिए र सबै काम योजनाअनुसार नै हुँदै थियो ।
भारतका रमाइला पहाड र जङ्गलका सुन्दर दृश्यहरूमा रमाउँदै नदी र फौटहरूलाईपार गर्दै रेल अघि बढ्दै थियो .... एक्कासी रोकियो ।
“के भयो ?” फिलियस फग भस्क्यो । के भएको रहेछ, उसले पासपारट्लाई बुझ्नपठायो । पासपारटु निकै मलिनो अनुहार लिएर फर्क्यो ।
एकछिनपछि भन्यो, “यहाँभन्दा अघि रेल नजाँदो रहेछ । इलाहावाद पुगेपछि मात्रफेरि रेल भेटिन्छ । त्यसैले हामीले इलाहावादसम्मका लागि अर्कै व्यवस्था गर्नुपर्छ ।”
“त्यसो भए यातायातको अरू कुनै व्यवस्था गर ।” फिलियस फगले भन्यो ।पासपारटु फेरि बाहिर गयो र एक घण्टापछि आयो ।
“श्रीमान् ! इलाहावाद पुग्न एउटा मात्रै साधन रहेछ ।” उसले भन्यो ।
“के साधन हो ?” फिलियस फगले सोध्यो ।
“हात्ती ।” पासपारटुले भन्यो र ठुलो हात्ती लिएर रेलनजिकै उभिएको एक जनापथ प्रदर्शकलाई देखायो । हात्ती चढ्नु अत्यन्तै कष्टकारक थियो र बाटो पनि लामोपनि थियो । तर उनीहरूसँग अरू उपाय थिएन । हात्तीले उनीहरूलाई जङ्गल हुँदैपहाड माथि पनि पुस्यायो ।
जङ्गलमा उनीहरूले एउटा अनौठो दृश्य देखे । उनीहरूले सयौँ मानिसको जुलुस देखे।उनीहरूले काँधमा मानिसको शरीर बोकेका थिए । जुलुसका बिचमा एक जनासुन्दर महिला पनि थिइन् ।
«यहाँ के हुँदै छ ?” फिलियस फगले पथ प्रदर्शकसँग सोध्यो ।
“यिनीहरू शब यात्री हुन्।” पथ प्रदर्शकले भन्यो, “त्यस महिलाको श्रीमान् मरेको छ।”उसले दाउराको ठुलो चाङलाई देखाउँदै भन्यो, “उनीहरूले त्यही चाङमा उसको
१४|
शरीरलाई जलाउँदै छन् ।”“अनि ती महिला किन त्यति हताश देखिन्छिन् ।” फिलियस फगले सोध्यो ।
पथ प्रदर्शकले भन्यो, “किनभने यहाँको प्रचलनअनुसार उनीहरूले जिउँदी श्रीमतीलाईपनि उनको मृत पतिसँगै जलाउँदै छन् ।”
“यो हुनै सक्दैन ।” फिलियस फगले भन्यो, “हामीले उनलाई बचाउनुपर्छ ।”“यो सम्भव छैन ।” पथ प्रदर्शकले भन्यो ।
“केही पनि असम्भव छैन ।” फिलियस फगले भन्यो र पासपारट्सँग सल्लाह गर्नथाल्यो । उनीहरूले त्यो सुन्दर युवतीलाई चितामा चढाएको हेरिराखे । चिताकोएकतिर उनी पल्टिन्, उनीसँथै उनको मृत पति पल्टेको थियो । ती मानिसमध्येएक जनाले दाउराको चाङमा आगो सल्कायो, तुरुन्तै चिताको वरिपरि धुवाँ फैलियो ।धुवाँले गर्दा पासपारटु चितामा चढेको कसैले देखेन अनि उसले ती महिलालाईलिएर भाग्यो ।
“भूत ! भूत !!” त्यहाँ थुप्रिएका शवयात्री डरले चिच्याउँदै जडङ्गलतिर भागे ।“एकदम ठिक गन्यौ, पासपारटु ।”
फिलियस फगलेभन्यो, “गजबको जुक्तिनिकाल्यौ !”
फिलियस फगले तीमहिलासँग सोध्यो,“तिम्रो नाम केहो?”“अउदा ।” उनलेकृतज्ञताको भावमाभनिन्, “मलाई बचाउनुभएकामा म धेरै आभारीछु।”
द्र र ॥“२ ,,%/,. 1
“तिमी पनि हामीसँगै आउन सक्छ्यौ ।” फिलियस फगले भन्यो, “हामी विश्वभ्रमण गर्दैछौँ ।”
“मलाई पनि भ्रमण गर्न मन पर्छ ।” अउदाले भनिन् । फिलियस फगले उनलाई पनिहात्तीमा चढायो ।
“अब इलाहवाद पुगेर उनीहरू कलकत्ता जाने रेलमा चढे । कलकत्ता पुगेर उनीहरूहङकङ जाने डुङ्गामा चढे ।
इन्सपेक्टर फिक्स पनि उनीहरूसँगै आइरहेको छ भन्ने कुराको उनीहरूलाई अत्तोपत्तोथिएन । हङकङमा फिलियस फगले केही झमेलाको सामना गर्नुपन्यो । पहिलो क्रात पासपारटु हरायो र कति खोज्दा पनि फेला पर्न सकेन । अर्को कुरा फिलियसहङकङ पुगेको अर्को बिहान जापानको योकोहामा जानका लागि डुङ्गा खोज्दाउसले डुङ्गा पाएन ।
“डुङ्गा हिजो राति नै गयो ।” डुङ्गा कम्पनीको मानिसले भन्यो, “डुङ्गामा तिम्रोसहयोगी पासपारटु पनि थियो । अब केही दिनसम्म योकोहामा जाने अर्को डुङ्गापाइँदैन ।”
तैपनि फिलियस आत्तिएन । उसले चीनको साङघाइ जाने डुङ्गा भेट्यो रसाङघाइमा जापानको योकोहामा जाने अर्को डुङगामा चढ्यो । उनीहरू नोभेम्बरको१४ तारिखमा योकोहामा पुगे ।
“हामीले कसरी पासपारटुलाई भेट्न सकौँला र ?” अउदाले भनी, “यो असम्भव“केही कुरा पनि असम्भव छैन ।” फिलियस फगले भन्यो ।
उनीहरूले पासपारदुलाई जताततै खोजे र अन्त्यमा एउटा सर्कसमा देखे पनि ।उसलाई उनीहरूले सर्कस गर्नेहरूको एउटा समूहमा देखेका थिए । उनीहरूलेमान्छे मान्छेको समूह मिलेर ठुलो त्रिभुज बनाएका थिए । उनीहरूले त्रिभुजकोपुच्छरमा पासपारटुलाई देखे । पासपारटुले पनि जब फिलियस र अउदालाई देख्यो,क तत्कालै उनीहरू भएतिर दौड्यो । उसकै भरमा उभिएका विशाल त्रिभुजमासर्कस गर्नेहरू भुइँमा पछारिए ।
ती तिन जनाले त्यसै रात अमेरिकाको सान फ्रान्सिस्कोका लागि डुङ्गा चढे ।भनिराख्नु नपर्ला, उनीहरू चढेको डुङ्गामा फिक्स पनि थियो । उनीहरू प्रशान्तमहासागर पार गर्दै २१ दिनमा सान फ्रान्सिस्को पुगे । उनीहरूले विश्वको आधाभन्दाबढी भाग पार गरिसकेका थिए । सान फ्रान्सिस्को पुगेकै रात उनीहरू संयुक्तराज्यलाई पार गर्दै न्युयोर्क जानका लागि रेल चढे ।
त्यो यात्राका सुरुमा सबै कुरा राम्रो थियो । तर केही समयपछि नै उनीहरू स्युइन्डियनहरूको प्रदेशमा पुगे ।
«यो ठाउँ निकै खतरनाक छ ।” फिलियस फगले भन्यो ।
फिलियस फगले यसो भन्नेबित्तिकै रेलको झ्यालका सिसा टुक्रा टुक्रा भएर फुटे,जताततै घोडामा चढेर आएका स्यु इन्डियनहरू देखिए । उनीहरू रेलमा चढे ।उनीहरू सबैसँग छुरा र बन्दुक थिए ।
“सबैले आफ्नो सुरक्षा गर ।” फिलियस फग चिच्यायो ।
“यो असम्भव छ।” इन्सपेक्टर फिक्सले भन्यो, “उनीहरू सयौँको सङ्ख्यामा छन् ।”“केही पनि असम्भव छैन ।” फिलियस फगले भन्यो ।
त्यहाँ ठुलो लडाइ चल्दै थियो, त्यसैबेला केही सैनिकहरू पुगे । सैनिकलाई देखेर स्यूइन्डियनहरू भागे । तर उनीहरूले पासपारटुलाई बन्दीका रूपमा लगे ।
“म उसलाई छुटाउन जान्छु ।” फिलियस फगले भन्यो, “मसँग को आउँछ ?”थोरै मात्र फिलियस फगको पछि लागे । इन्सपेक्टर फिक्ससमेत धेरै मानिस न्युयोर्कजादैँ गरेको त्यो रेलबाट बाहिर निस्किएनन् ।
“म तिमीलाई पर्खेर यहीँ बस्छु।” अउदाले भनिन् । उनी रातभरि त्यहीँ नै बसिन् ।उनीहरू बिहानै फर्कदा पासपारटु पनि उनीहरूसँगै थियो । उनीहरू विजय उत्सवमनाउन चाहन्थे तर फिलियस फगलाई फुर्सत थिएन ।
“हामी हाम्रो योजनाभन्दा एक दिनपछि परिसकेका छौँ ।” फिलियस फगले भन्यो,“हामी जति सक्यो छिटो न्युयोर्क पुग्नुपर्छ ।”
त्यसपछिको गाडी केही टाढाको स्टेसनबाट जान्थ्यो र हिउँ जमेको मैदान पार गरेरजानुपर्ने अर्को स्टेसनमा पुग्ने साधन हिमगाडी मात्र थियो । हिम गाडीको यात्रा चिसोथियो र सुविधानजक पनि थिएन । तैपनि केहीबेर पछि नै उनीहरू न्युयोर्कका लागिरेलमा चढिसकेका थिए ।
न्युयोर्क पुगेपछि उनीहरूले नराम्रो समाचार सुने । उनीहरूले इङ्ल्यान्ड जाने डुङ्गाभेटाउन सकेनन् । उनीहरू त्यहाँ पुग्नुभन्दा ३५ मिनेट पहिले नै डुङ्गा छुटिसकेको रहेछ ।इन्सपेक्टर फिक्सले त डुङ्गा भेट्यो तर फिलियस फग, अउदा र पासपारट्ले भनेडुङ्गा समाउन सकेनन् ।
पासपारटुले भन्यो, “अब हामी समयमै लन्डन फर्कन सक्दैनौँ । यो असम्भव छ।”“केही पनि असम्भव छैन ।” फिलियस फगले भन्यो ।
बन्दरगाहमा सानो डुङ्गा थियो । डुङ्गाको नाम हेन्रिएता थियो । तर हेन्रिएताकोक्याप्टेन उसको डुङ्गामा यात्रु बोक्न मन पराउँदैनथ्यो । तर फिलियस फगले डुङ्गानै किन्यो र यस समस्यालाई टास्यो ।
फिलियस फग, अउदा र पासपारदु तथा नाविकलाई लिएर राति नौ बजे डुङ्गान्युयोर्कबाट हिँड्यो । हेन्रिएताले एटलान्टिक महासागर पार गर्दै थियो । अप्ठेरो के
पस्यो भने हावा पनि चल्दै थियो । यसले गर्दा डुङ्गामा भएको इन्धन छिटै सकियो ।डुङ्गाको इन्जिनमा बाल्नका लागि डुङ्गाका काठबाहेक केही पनि बाँकी रहेनन् ।फिलियस फगले नाविकहरूलाई भन्यो, “डुङ्गामा भएका कुर्सी, टेबुल, म्र्यालको खापासबै जस्मा गर । डुङ्गालाई चलाई राख्न हामीले यिनै काठ इन्जिनमा बाल्नुपर्छ ।”“तर यसो गर्दा हामीले डुङ्गालाई भताभड्ग पार्ने छौँ ।” चालकले भने ।
“हो।” फिलियस फगले भन्यो, “मैले विचार गरेको कुरा पनि त्यही हो । हामीसँगइङ्ल्यान्ड पुग्न दुई दिन मात्र बाँकी छ।” डुङ्गा चालकले भेटेजति काठ बाले ।दुई दिनपछि डुङ्गामा कुर्सी, टेबुल, खाट केही पनि थिएनन् ..... यहाँसम्म किउनीहरूले डुङ्गाको छाना पनि बालिसकेका थिए । जति बेला डुङ्गाको इन्जिनमाबाल्नका लागि केही पनि बाँकी रहेको थिएन उनीहरूले आयरल्यान्डको किनार देखे ।“इङ्ल्यान्ड पुग्न अझै २४ घण्टा बाँकी छ ।” बन्दरगाहमा पुगेपछि फिलियस फगलेभन्यो, “मैले यहाँबाट डब्लिनका लागि छिटो कुद्ने रेल लिन सक्छु र डब्लिनबाटलिभरपुल पुग्न छिटो कुद्ने डुङ्गा लिन सक्छु। यसरी १८ घण्टामा लन्डन पुग्न सक्छु।यसको मलतब, म अभै पनि समयमै लन्डन पुग्न सक्छु । ”
७
0
22) 0१
के७
श्र
फे
के
स
सस
पस
बिह
सबै कुरा ठिकठाक चलिरहेको थियो । उनीहरू रेल र डुङ्गा चढेर लिभरपुल आए ।“मिस्टर फिलियस !” उनीहरू लिभरपुल पुग्नेबित्तिकै कसैले फगको कुममा हातराख्यो । फिलियस फग फर्केर पछाडि हेस्यो । क इन्सपेक्टर फिक्स थियो ।“तिमी पक्राउ पन्यौ ।” इन्सपेक्टर फिक्सले भन्यो ।
फिलियस फग पुलिस चौकीमा पुस्याइँदा बिहानको ११ बजेको थियो । लन्डन जानेरेल जहिले पनि दिउँसो तिन बजे छुटथ्यो ।
“म त्यही रेलमा जाने छु।” फिलियस फगले विचार गन्यो । “म ८:३० बजे लन्डनपुग्ने छु र क्लबको मिटिङमा समयमै पुग्ने छु, होइन भने मेरा साथीले मसँग भएकोसबै पैसा लैजाने छन् ...”
“म इन्सपेक्टर फिक्ससँग केही क्रा बुझ्न चाहन्छु।” एक जना पुलिससँग फिलियसफगले भन्यो ।
“उहाँ छिट्टै आउँछु भनेर जानुभयो ।” यति भनेर पुलिस हिँड्यो ।
फिलियस फग इन्सपेक्टर फिक्सलाई पर्खिंराख्यो । १२ बज्यो, १ बज्यो, २ बजेपछिमात्र इन्सपेक्टर फिक्स आयो ।
“मलाई माफ गर, फग ।” फिक्सले भन्यो, “मैले सोचेको थिएँ बैङ्क लुटेरा तिमी नैहौ तर म गल्तीमा रहेछु । जतिबेला हामी संयुक्त राज्यमा थियौँ पुलिसले वास्तविकबैङ्क लुटेरालाई पक्रिसकेका रहेछन् ।”
फिलियस फग अरू छलफल गर्न लागेन । उ पहिले पासपारटु र अउदा भएकोठाउँमा पुग्यो र तिन बजेको रेल समाउन भ्यायो । कसँग अझै पनि समय थियो ।तर रेलले ढिलो गस्यो र रेल राती ८:५० बजे मात्र लन्डन पुग्यो । ८० दिनसम्मविश्वको फन्का मारेर पनि क क्लबमा पुग्न पाँच मिनेट ढिला भयो ।
फिलियस लन्डनको उसको घरमा पुग्यो । उसको अगाडि अउदा बसेकी थिइन् ।
“अब स गरिब भएँ ।” उसले बिचार गस्यो तर पनि क चिन्तित देखिँदैनथ्यो ।अब उसलाई अउदाका बारे विचार गर्नु थियो ।
अडदाले भनिन्, “श्रीमान् फिलियस फग, अहिले तिमी धेरै झमेलामा छौ । तिमीसँगयति समस्या छन् कि तिमी एक्लैले समाधान गर्न अप्ठेरो हुने छ। अनि एक्लैले भन्दा हि२१
दुई जना मिलेर प्रयास गर्दा समस्या समाधान गर्न सजिलो हुन्छ ।”
एकाएक फिलियस फगले उसले सोचेको क्रा सम्भ््यो । फिलियसले भन्यो, “अउदा,के तिमी ....”
“मिस्टर फग, कृपया यो कुरा मलाई भनिदेक । तिमी मसँग बिहे गर्छौं ?”“अवश्य बिहे गर्छु ।” फिलियस खुसीले उफ्रियो ।
उनीहरू तुरुन्तै पादरीलाई भेट्न गए ।
“हामी भोलि नै बिहे गर्न चाहन्छौँ ।” उनीहरूले पादरीलाई भने ।
“आइतबार ?” पादरीले भन्यो, “आइतबार बिहे गर्नु त्यति राम्रो मानिँदैन ।”“सोमबार बिहे गरे हुन्न, भोलि त आइतबार होइन सोमबार हो ।” फिलियसलेभन्यो ।
“तर फग, मलाई त्यस्तो लाग्दैन ।” पादरीले भन्यो, “आजको समाचार पत्रमा मितिहेर त।”
फिलियसले समाचार पत्रमा मिति हेप्यो । पादरीले भनेकै ठिक रहेछ - त्यो दिनआइतबार, डिसेस्बर २० रहेछ ।
फिलियसले तुरुन्तै गते र बारका सम्बन्धमा आफूले गरेका गल्ती थाहापायो । विश्वको विभिन्न ठाउँको भ्रमण गर्दा उसले कहिल्यै पनि आफ्नो घडीमासमय मिलाएको थिएन । त्यसैले क इडल्यान्ड पुग्दा वास्तविक समयभन्दा २४घण्टा छिटो थियो । (पूर्वतिरबाट विश्व भ्रमण गरेकाले र पश्चिमको भन्दापूर्वको समय छिटो हुने तथा यसरी विश्वको एक फन्कामा २४ घण्टा छिटो हुनेभएकाले - अनुवादक) त्यसैले त्यो दिन २१ डिसेम्बर नभएर २० डिसेम्बर थियो ।
कसँग क्लबमा साथीहरूलाई भेट्ने समय बाँकी नै थियो । फिलियस क्लबतिर दौड्यो ।
दने बजिसकेको थियो । क पुग्नुपर्ने समय एक मिनेट मात्र बाँकी थियो ।क्लबभित्रका उसका साथीले घडी हेरे ।
“उ फर्कन सकेन ।” एक जनाले भन्यो र त्यति नै बेला अर्थात् (८5:४५ बज्नुभन्दाकेही पहिले) फिलियस फग कोठाभित्र पस्यो ।
पह नत कै प्रे“म आइपुगेँ।” उसले लगभग चिच्याउँदै भन्यो, “मैले ८० दिनमा विश्वको परिक्रमापुरा गरेँ ।”
अर्को दिन फिलियस फगले अउदालाई बिहे गस्यो । उनीहरूको बिहे हेर्न सयौँ मानिसचर्चमा पुगेका थिए । त्यो समारोहको नायक फिलियस फग थियो ।
“मैले फिलियस फगबाट निकै महत्त्व पूर्ण कुरा सिकेँ ।' पासपारटुले विचारगत्यो, 'मैले सिकेको त्यो महत्त्व पूर्ण कुरा हो । केही कुरा पनि असम्भव छैन ।'
समाप्त
२४)
संसार फेरिएको छ
भारत
यो किताब सन् १८७२ मा लेखिएको हो । त्यतिबेला र अहिलेको भारतमा धेरैफरक परिसकेको छ । त्यति बेला भारत एउटा गरिब मुलुक थियो । भारतकोकेही भागमा बेलायतको शासन थियो र अरू भागमा स्थानीय राजाहरूले शासनगर्थे।
जापात
त्यतिबेला यातायात र सञ्चारको अहिलेको जस्तो विकास भएको थिएन ।त्यसैले जापानको विश्वका अरू मुलुकसँग धेरै सम्पर्क थिएन । जापानकामानिस अरू मुलुकमा नगण्य सडख्यामा मात्र जान्थे र विदेशी मानिस पनि कमसङ्ख्यामा मात्र जापान जाने गर्थे ।
संयुक्त राज्य अमेरिका
सन् १८७२ मा संयुक्त राज्य अमेरिकाको जनसङ्ख्या २ करोड मात्र थियो ।त्यहाँका धेरै मानिस किसान थिए । सहरहरू थोरै र साना थिए । देशको ठुलोभागमा त्यहाँका स्थानीय अमेरिकन इन्डियनहरू बस्थे ।
यातायात
सन् १८७२ सम्म राम्रा गाडी र हवाईजहाजको विकास भइसकेको थिएन ।त्यतिबेलाको सबैभन्दा छिटो साधन रेल थियो । रेल पनि अहिलेको भन्दा निकैढिलो चल्थ्यो । अरू देशमा जानका लागि मानिसहरू डुङ्गाबाट यात्रा गर्थे ।त्यतिबेला यात्रा गर्न महँगो पनि थियो । त्यसैले थोरै मानिसले मात्र देशविदेशको यात्रा गर्थे ।
आजकल छोटो समयमै यात्रा गर्न सकिन्छ । पुरै अमेरिका अथवा आन्ध्र
हि
महासागर सुपरसोनिक जेटबाट तिन घण्टामा पार गर्न सक्छौँ । रकेटहरूले२० मिनेटमै विश्वको परिक्रमा गर्न सक्छन् । तर त्यतिबेला फिलियस फगलाईविश्व भ्रमण गर्न पुरै ८० दिन लागेको थियो ।
पोसाक
त्यतिबेलाको पोसाक पनि अहिलेको भन्दा निकै फरक थियो । अहिलेको भन्दात्यतिबेलाको पोसाक औपचारिक हुन्थे । पुरुषहरूले जहिले पनि टोप लगाउँथे ।महिलाहरूले लामा लामा पोसाक लगाउँदै । त्यसैले त्यतिबेलाको पोसाक त्यतिसुविधाजनक र हल्का थिएनन् । हिजोआजका मानिसहरू हल्का कपडा लगाउँछन्।टि सर्ट र जिन्स कपडा त विश्वमै प्रचलित छन् । त्यतिबेला र अहिलेको तुलनागर्दा धेरै कुराहरूमा धेरै फरक परिसकेको छ।
भाइ बहिनीहरू ! तिमी पनि विचार गर त अरू के के कुरामा फरक परेकोहोला ?
शब्द जाल
रेखा तानेर तलका शब्दजालमा यो किताबमा प्रयोग भएका देश र सहरको
नाम पत्ता लगाक
लिन्डजा ओभा त ता लब्लिन बाला इ जा[पा|भ।लि [ पु। ल|को|त्ता|जा|इ|ला|हा [वा द|न [क | तार |त [मा | बे|हा | य | [मा | | सं | [क्त | | यु | दा|ल|रि[ पु | [पा | जा|न|न [चा | [मा | न।भा|ची | य | ली|रा [क | | स |ले [बे । ला [सं [यु [क्त राज्य मे।रि [का | [य | त्ता|तहि [मा | सि।ब्लि।ई | न |ला [वा | ड् ।त्ता | सं | रा।ज्य|रि [का |ज्यू [पा | जा [घा | यो|द|के|ड [घा | [पा | जा|ई|ला|र|पेको।ओ|ङ|हा [मा ली [मा [न्यु यो।र कन [पा । यो।र कदन्ड [सा | भान |टा|ला|बे|ता|।ल|रि|पे | स | न | न | डहा।त्ता।ला|इ [वा | वे।द न [क | ङ् [क | त्ता [सा | ङ्इ्|न [घा | [पा । जाला न|र [मा पे|२रि [स | अ [का | रिल।|न्ड|भा|अ |२रि | य | इ|टा|ह ली|ल | पु | [मा | न्ड।त्ता[मा | ल।दा|भा|र|त पे | स | ङ।री|जा| ड|ब्लि| न | न |ल |।त्ता [क | [प। डा [मा ल [सा | [क | न [मा रि [स | आ [बे ।ग।ची|।जा|न|न|दा [वा | न|ङ|ला|लि | पु | न्ड | स |
माथिको शब्दजालमा किताबमा प्रयोग भएका ६ ओटा देश र १० ओटासहरको नाम दिइएको छ।
प्रयोग भएका देश र सहरको नाममा बुझिने गरी घेरा हाल ।घेरा हाल्दा तलमाथि, दायाँबायाँ, माथितल वा छड्के जसरी पनि घेरा
(२७
हाल्न सकिन्छ तर घेरा सोझो हुनुपर्छ ।
४. शब्दजालका देशमा चीन, जापान, भारत, बेलायत, इटाली र संयुक्तराज्य अमेरिका छन् । सहरमा पेरिस, हङ्कङ, लन्डन, साङघाईं, डब्लिन,न्युयोर्क, योकोहामा, इलाहवाद, कलकत्ता र लिभरपुल छन् ।
आफूलाई जाँचौँ
२० मिनेटमा सक्ने अति प्रतिभाशाली,
३० मिनेटमा सक्ने - प्रभावशाली,
४० मिनेटमा सक्ने - सामान्य र
४० मिनेटभन्दा बढी समय लगाउने - कमजोर
०200 0
८० दिनमा विश्व भ्रमणका कठिन शब्दको अर्थ
शब्दअक्टोबर
अचस्मअधिकारअधिकार पत्रअनुमानअत्तोपत्तोअन्यथाअसम्भवआभारीआयरल्यान्डइटालीइन्धनइन्सपेक्टरइलाहावादओर्लनुकम्पनीकुख्यातखतरनाकचर्चा
चाङ
चिताचिन्तितछ्क्क
शब्दार्थ
असोजको आधाआधीदेखि कार्तिकको आधाआधीसम्म पर्ने इस्वीसंवत्को दसौँ महिना
नचिताएको उदेकलाग्दो कुरा, आश्चर्य
ह्क
कुनै काम गर्नका निस्ति पाएको हकपत्रअड्कल, अन्दाज
कुनै काम क्राका बारेमा केही पनि थाहा नहुनेस्थिति होइन भने, नत्र
सम्भव नभएको, हुन नसक्ने
अर्काले गरेको उपकार मान्ने, गुनिलोबेलायतको एक प्रदेशको नाम
युरोप महादेशको एक देश
शक्ति प्रदान गर्ने साधन मटितेल, डिजल, पेट्रोल, कोइलाप्रहरी सेवाको एक दर्जा, प्रहरी निरीक्षकभारतको एउटा सहर
माथिबाट तलतिर झर्नु, ओरालो लाग्नुव्यापारिक संस्था, समुदाय
बदनाम, नराम्रो काम गर्नमा नाम चलेकोखतराले भरिएको, डरलाग्दो
प्रसङ्ग, छलफल
थुप्रो, खात, रास
मुर्दा पोल्न बनाएको दाउराको टाँड वा खातसुर्ताएको, पिर लागेको
आश्चर्य, अचम्म
छुराजापानजीवन चर्याझस्कनुझमेलाटारनुठोकुवा गरेरडकैतीडब्लिनदुरुस्त
दृश्यनियमितनिश्चितन्युयोर्कपत्रिका
पथ प्रदर्शकपौन्डपरिक्रमापटक्कै
पक्रनु
पक्राउ पुर्जीपिछाप्रशान्तप्रशान्त महासागरप्रकाशनप्रचलन
चक्कु जस्तो लाग्ने हतियार
एसियाको सुदूर पूर्वमा रहेको एउटा प्रसिद्ध देशजीवनका दिनदिनै गरिने कार्यक्रम, दिनचर्या, दैनिक नियमएकाएक तर्सनु वा डराउनु
झन्झट, भझम्मार
निर्वाह गर्न, जे जसरी भए पनि काल चलाउन
निश्चित गरेर, निर्णय गरेर
डाँका मार्ने काम, डाँकाको काम
बेलायतको एउटा सहर
जस्ताको तस्तै, ठिकठाक, उस्तै
हेर्न वा देख्नका लागि राम्रो, हेर्न लायक, मनोहर, सुन्दरसबै कुरा ठिकठाक समयमा भइरहने, निर्धारित
निश्चय गरिएको, निधो भएको, पक्का गरिएको
उत्तर अमेरिकाको पूर्वी किनारमा रहेको प्रशिद्ध सहरनिश्चित समयमा प्रकाशित हुने समाचार पत्र
बाटो देखाउने व्यक्ति, मार्ग दर्शक
बेलायतको मुद्रा
चारैतिर घुम्ने क्रिया
कति पनि, एकदमै ठ्याम्मै
समाउनु, पक्डनु
पक्रिने समयमा अभियुक्तलाई दिइने पुर्जी, वारेन्ट
थाहा नपाउने गरी कसैको पछि लाग्ने काम, लखेट्ने कामशान्त, निश्चल
पाँच महासागरमध्ये एउटा महासागर
पुस्तक, पत्र पत्रिका प्रकाशित गर्ने काम, छपाउने कामचालचलन, चलन
फन्को
फटाफटफाँटफ्रान्सफन्का मार्नुफन्दुसफेला पार्नुबन्दीबन्दरगाहबाजीभ्रमणभताभुङ्गमहासागरमजाकोमतलबसलिनुमृतयातायातयात्रुयोकोहामायोजनालन्डनलिभरपुलव्यवस्थितविचित्र
एक पटकको घुमाइ, एक ठाउँबाट हिँडेर फेरि त्यसै ठाउँमाआइपुग्ने कामचाँडोचाँडो हिड्ने, कुनै काम छिटो छिटो गर्ने किसिमखेती गर्न लायक सम्म परेको जमिन वा मैदानयुरोप महादेशको एक प्रशिद्ध देशएक छाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने कामकाम न काजको, बिना मतलबकोभेट्नु, भेट्ने काम गर्नुथुनुवा, कैदी, अ्यालखानामा थुनामा परेको व्यक्तिपानी जहाज अडिने समुद्र किनारको घाट, पानी जहाजको स्टेसनकुनै खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्त, होडयात्रा, सफर, घुमफिर गर्ने कामबरबाद, नाश, लथालिङ्गठुलो समुद्रउत्तम, राम्रो, रमाइलोकुनै भनाइको अर्थ, माने, आशयउज्जल नभएको, अँध्यारोमृत्यु भएको, प्राणहीनआवत जावत, बाटोघाटोयात्रा गर्दै रहेको व्यक्ति, बटुवा, पर्यटकजापानको एउटा सहरकुनै काम गर्न गरिएको पूर्व निश्चित तयारीबेलायत (इङ्ग्ल्यान्ड) को राजधानी सहरबेलायतको एउटा सहरव्यवस्था मिलेको, जस्तो हुनुपर्ने हो त्यस्तै भएको राम्रो अवस्थाकोअनौठो, अद्भूत[३१
वाक्यविश्वशवयात्रीसपना देख्नुसमूह
सर्त
सम्भवसंयुक्तसर्कससाडघाईसाधनसासनासिमानासुरुवातसुरक्षासोधपुछस्टेसन
हतासहिसाबकिताबहिमगाडी
पुरा अर्थ दिने सार्थक शब्दहरूको समूहसम्पूर्ण सृष्टि, संसार, जगत्
शवयात्रामा सम्मिलित हुने व्यक्ति, मलामीरमाइलो भविष्यको आशा वा कल्पना गर्नुधेरै मानिसको जमात, हुल
सम्झौता गर्दाका कुरा, कबुल
हुन सक्ने, सम्भावित
मिसिएको, सिलेको
आश्चर्य जनक खेल, तमासा
चीनको पूर्वी किनारमा रहेको ठुलो सहरउपकरण, कुनै काममा प्रयोग गरिने सामानमुकाविला, मुठभेड
साँध, किनारा, छेउ
कुनै कामको थालनी, आरम्भ, सुरु
रक्षा, राम्रो बचाउ
प्रश्न गराई, केरकार
रेल, मोटर आदि रोकिने ठाउँ
निराश, अत्तालिएको
हरहिसाब, आम्दानी खर्चको लेखाजोखा
मालसामान वा यात्रीलाई हिउँमा ओसारपसार गर्ने साधन