बालभाका - १ (बालकविता सङ्ग्रह)

From नेपाली किताब सम्पादन (Nepali Book Editor)
Revision as of 14:08, 14 June 2024 by Nepalikitab8848 (talk | contribs) (Created page with "बालमाका -१५ (बालकविता सङ्ग्रह) श्री बाबुराम पौडेल, महानिर्देशक, शिक्षा विभागश्री केशवप्रसाद दाहाल, निर्देशक, शिक्षा विभागश्री दीपक शर्मा, निर्देशक, शिक्षा विभाग श्री जयप्रसाद लम्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

बालमाका -१५

(बालकविता सङ्ग्रह)

श्री बाबुराम पौडेल, महानिर्देशक, शिक्षा विभागश्री केशवप्रसाद दाहाल, निर्देशक, शिक्षा विभागश्री दीपक शर्मा, निर्देशक, शिक्षा विभाग

श्री जयप्रसाद लम्सालश्री युक्त शर्माश्री हारे खनाल

श्री हरिभक्त पौडेल

(9

प्रकाशकशिक्षा विभागप्रारम्भिक बालविकास शाखासानोठिमी, भक्तपुर

पुस्तकको नाम : बालभाका - १ (ब्वालकविता सङ्ग्रह)सर्वाधिकार : शिक्षा विभागलेखन : प्रभा भट्टराई

अनुराधा शर्मा

हरिहर तिमिल्सिना

उमा घिमिरे

गेहनाथ गौतम

श्रमिक बराल

हरि खनाल (हरे)

सविता दङ्गाल

उद्धवप्रसाद प्याकुरेल

अनन्त वाग्लेप्रकाशक : शिक्षा विभाग, सानोठिमी भक्तपुरचित्र : गोविन्द बिमली, योगेश महर्जनसज्जा/कलर : टच क्रियसन प्रा.लि., बागबजार

फोन : ०१-४२१५४४८

मुद्रण : टिकाराम अफसेट प्रेस, अनामनगर

यस पुस्तकलाई प्रकाशको अनुमतिवेगर प्रकाशन तथा बिक्री वितरण गर्न पाइनेछैन। कविता कविका निजी सिर्जना भएकाले यसप्रतिको जवाफदेहिता सम्बन्धितकविहरूमै निहित हुने छ।

ग्म्मति

लय हालेर गाइने कविता बालबालिकाका लागि प्रिय एवं रूचकर हुन्छ। कविता गाउँदा गाउँदैभाषिक विकास हुने र यसबाट विषयगत सिकाइमा पनि मद्दत पुग्ने भएकाले पाठ्यक्रमकाविषयवस्तुमा आधारित गरेर शिक्षा विभागको प्रारम्भिक बालविकास शाखाले 'बालभाका'एक, दुई र तीन विकास गरी प्रकाशन गरेको छ । प्रस्तुत 'बालभाका'हरू बालबालिकाकालागि सिकाइको उपयुक्त सामग्री बन्न सक्ने अपेक्षा गरेको छु । यसका लागि सम्बन्धितविद्यालय तथा बालविकास केन्द्रका, शिक्षक र अभिभावकबाट महत्त्वपूर्ण सहयोग हुनेविश्वास गर्दछु।

कविता लेखेर उपलब्ध गराइदिने बालसाहित्यकारहरू, कवितालाई चित्राङ्कन गरिदिनेचित्रकारहरू, मेहनतपूर्वक रचना छनोट गर्ने छनोट समिति र सम्पादन गरी प्रकाशनयोग्यबनाउने सम्पादक मण्डल, प्रारम्भिक बालविकास शाखा तथा 'बालभाका' विकास रप्रकाशनमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

बाबुराम पौडेलमहानिर्देशकशिक्षा विभाग

प्रकार

[कीय

कविता गेयात्मकहावभावसहित

त्मक विधा भएकाले बालबालिकाहरू रमाइलो मान्दै, आनन्द लिदै

हित गाउने अभ्यास गर्दछन्‌ । गायन रूचकर भयो

भने त्यसले नयाँ शब्दको

ज्ञान गराउनुका साथै संवेगात्मक पक्षको विकासमा पनि मद्दत पुस्याउँछ । गायनलाई

हावभावसहित गराउँदा बालबालिकाहरूको

हरूको शारीरिक विकासको

सको पक्षसँग पनि कविता

जोडिन पुग्छ । त्यसैले बालबालिकाहरूको

[हरूको सर्वाङ्गीण विकासका लागि कविता सशक्त

माध्यम हुनसक्छ भन्ने विश्वास गरिएको छ । प्रस्तुत बालकवितामा प्रतीक र विम्बको

प्रयोग

।ग खोजिएको छैन । यसमा त केवल बालसुलभता र रूचलाई स्वभाविक गतिमा

प्रकट गराईदिने गरी शव्द संयोजन गरिएको छ।

प्रारम्भिक बालविकास पाठ्यक्रमको

विषयवस्तुलाई आधार

र बनाएर लेखिएकाले यो

'बालभाका' बालबालिकाहरूको सिकाइसँग

बालशिक्षक र अन्य कक्षाका शिक्षकले पनि यसलाई उद्देश्यमूलक र मनोरञ्जन प्रदान गर्नेप्रारम्भिक बालविकास कक्षाका बालबालिका स्वयम्‌

दुबै प्रयोजनले प्रस्तुत गर्नुहुने छ । प्र

सँग जोडिने अपेक्षा

गरिएको छ । आशा छ,

पढ्न नसक्ने भएकाले यी

। भाकाहरूलाई गति

बालकक्षाभन्दा माथिकाहाम्रो अपेक्षा रहेको छ।

बालबालिकाहरूले पनि

बालबालिकाहरूका लागि

निर्धारित विषयमा आधारित भएर कविता लेख्ने काम सजिलोअवश्य होइन तरपनि बालसाहित्यकारहरूले त्यसलाई सहज रूपमा ग्रहण गर्नुभई रचना

दिने काम बार्लशिक्षकबाटै हुनुपर्ने हुन्छनि यसको सहज प्रयोग गर्न सक्छन्‌ भन्ने

प्रदान गर्नु भएबाट यसकोसर्जकहरूलाई सादर धन्यवाद

बनाइदिने रचना छनोट समिति र सम्पादन समितिप्रति

प्रकाशन सम्भव भएको हो । हामी रचना प्रदान गर्नुहुने सम्पूर्णद दिन्छौं। कविता छनौट गरिदिने र सम्पादन गरी प्रकाशनयोग्यति हामी आभारी छौं । कवितामा

चित्र दिने श्री गोविन्द बिमली, योगेश

गेश महर्जन र

डिजाइन टच क्रिएसन तथा मुद्रक

श्री टिकाराम अफसेट प्रेसप्रति कृतज्ञ छौं । बालकावता विकास र सम्पादनको क्रममासहयोग पुस्याउनु हुने श्री सत्यदेवी गिरी र सुभद्रा पौडेललाई हार्दिक धन्यवाद दिन्छौं । विज्ञ

तथा पाठकहरूबाट रचनात्मक सुझाव प्राप्त हुने आशा

प्रारम्भिक

ग राखेका छौं ।

शिक्षा विभागगरम्भिक बालविकास शाखासानोठिमी, भक्तपुर

आफैँ गर्छु म

खोइ?

चरी बोल्यो

नाप

भान्छा

मामाघर जाने होमुसाको वनभोजमेरो सानो मुनेरमाइलो स्कुल

सानो हुँ कि ठूलो

प्रभा भट्टराई

अनुराधा शर्माहरिहर तिमिल्सिनाउमा घिमिरे

गरेहनाथ गौतमश्रमिक बराल

हरि खनाल (हरे)सबिता दङ्गालउद्वप्रसाद प्याक्रेल

अनन्त वारले

११

१३

१६

१८

२१

प्रभा भट्राई

मैले आज जुत्ता लाएँ, मोजा मिलाएँ ।किताबकापी राखेर, झोला मिलाएँ ॥

टोपी खोजेँ, लठ्ठी खोजेँ, हजुर्‌बुवाको ।भन्नुहुन्छ नातिनीलाई कस्तो सुहा'को ॥

साना-साना गोडाहरू आफैँ चाल्छु म ।आजदेखि खाना आफैँ खान थाल्छु म॥

आमाले नै भन्नुभाको ठूली भएँ रे।दाँत माझ्दै पँधेरामा आफैँ गएँ रे ॥

सानो-सानो घैलाभरि पानी भर्छु म।सकेजति सबै काम आफैँ गर्छु म॥

कता गयो नाक मेरो नाक मेरो खोइ ?रै,छ यो त आँखा मेरो नाक मेरो खोइ ?

कता गयो नाक मेरो नाक मेरो खोइ ?रै,छ यो त मुख मेरो नाक मेरो खोइ ?

कता गयो नाक मेरो नाक मेरो खोइ ?रै,छ यो त कान मेरो नाक मेरो खोइ ?

कता गयो नाक मेरो नाक मेरो खोइ ?रै,छ यो त गाला मेरो नाक मेरो खोइ ?

कता गयो नाक मेरो नाक मेरो खोइ ?मुखभन्दा माथि रै, छ हो कि होइन होइ ?

चरी बोल्यो

हरिंहर तिमिल्सिना

चरी बोल्यो चिरबिर ।पुतलीको फिर्‌फिर ॥

मैले फुके बाँसुरी ।बज्न थाल्यो तिरिरी ॥

स्कुल जाने बेलामा ।गर्दिन म अलमल ॥

नाप

उमा घिमिरे

मकै भर्ने माना, सुकाउने छाना ।भुटी फुल पारी, राख्ने पाथी भरी ॥

नाप्ने मानापाथी, थाहा होला साथी ।एक पाथी पारौं, आठमाना हाली ॥

अहिले ढक तराजु, छक्क पर्छन्‌ बराजु ।धार्नी, पाउ, किलो, जोख्न पर्दा सजिलो ॥

गान्छा

गेहनाश गौतम

एक टेवल चार कुर्सी,भान्छा कोठामा ।दिदी दाइ जम्मा भयौं,खाने बेलामा ॥

१०

सागभात थालमा,कचौरामा दही ।गोलुभैडाको अचार,थपी दिनुस्‌ है ॥

काँक्रो गाँजर मूलाको,सलाद हुन्छ मीठो ।सबै थोक खाएर,स्कुल जाउँ छिटो ॥

मामाघर जाने हो

स्कुल आज छुट्टी छ,ज्यानमा अर्कै फूर्ति छ।बोलाउनु भो मामाले,जाउँ भन्नु भो आमाले ॥

मामाघर गाउँमा छ,रमाइलो ठाउँमा छ।आमासँगै जाने हो,भाइलाई पनि लाने हो॥

मोटर गाडी चढेर,झोलुङ्गे पुल तरेर ।मामाघर जाने हो,मीठो-मीठो खाने हो॥

मुसाको वनभोज

हरि खनाल (हरे)

हिजो, सानो मुसाका, साथी जम्मा भए ।साथी साथी मिलेर, वनभोज गए ॥

कोही चढे साइकल, घण्टी टिन टिन ।प्वाँप्वाँ गर्दै बस आयो, रोके एकै छिन ॥

१४

बस पुग्यो डाँडामा, गुडी छिटो छिटो ।सबै मिली पकाए, खाना मीठो मीठो ॥

घिन्ताङ्‌ घिन्ताङ्‌ मादलु, बजाउने भानु ।तिरितिरी मुरली, फुक्ने साथी सानु ॥

नाच गान गर्दै जाँदा, हुँदै गयो राती ।रमाइलो भयो भन्छन्‌, सबै जना साथी ॥

१०

मेरो सानो मुनले

सविता दङगाल

मेरो सानो मुने ।डोको भित्र थुने ॥गर्न थाल्छ म्याँ-म्याँ ।रोएजस्तो प्याँ-प्याँ ॥

खेल्न जाने बारी ।

मुने चर्ने झाडी ॥

कान दुवै हल्लाई ।कुदूछ मलाई पछ्याई ॥

आँखा गोला गोला ।पुच्छर डोला डोला ॥बुबु खान्छ रमाई ।

प्यारो लाग्छ मलाई ॥

रमाइलो स्कुल

उद्धवप्रसाद प्याकुरेल

लागे घाम झलमल ।गर्दिन म अलमल ॥

पसिना भो खलखल ।पिएँ पानी कलकल ॥

बज्यो घण्टी टिङटङ ।जान्छु स्कुल दिनदिन ॥

चल्यो हावा सरर ।हाग्रो झण्डा फरर ॥

अनन्त वाग्ले

कहिले भन्छन्‌ सानै छौ, कहिले ठूलो भइसक्यौ ।सानो हुँ कि ठूलो हुँ, के हो बताइदेज ॥

फूलबारीका फूलहरू, राता, नीला, पहेँला ।लालुपाते लहलह, मनमा फुलाइदेञ ॥

सानो सानो जामुनो अग्लिएछ म भन्दा ।जामुनोको हाँगामा छुने बनाइदेज ॥

२४

प्रकाशकशिक्षा विभागप्रारम्भिक बालविकास शाखासानोठिमी, भक्तपुर