जय भुँडी (हास्यव्यङ्ग्य सङ्ग्रह)
फष्ठाप260 80:
७१0०ने७साझा शिक्षा ई-पाटी[०11-0011 110
५५४५४४४,[१15101(919%90,01५४४/५४४,01€21121221,01
केही भन्नु
हास्यव्यङ्गग्यतिर यो मेरो माहिलो सङ्ग्रह हो । यसको दाजु 'काउकृती'ले दुई वर्षमै दोस्रो जुनि लिने सौभाग्य पाएकोले पाठकसमक्ष यसलाई पनिसेवार्थ घचेद्ने रहर गरेको छु । सहोदरको नाताले 'काउकुती' र 'जय भुँडी'को अनुहार उस्तैउस्तै भए पनि दाजुभाइको स्वभावमा धेरै फरक पनि छ ।
यसअन्तर्गतका धेरैजसो निबन्धहरू पत्रपत्रिकामा छापिएका हुन् तापनिकेही नयाँ परिवर्द्धन र संशोधनसहित पुस्तकहरूमा यो समग्र नै पाठकहरूलाईमेरो नयाँ कोसेली हो ।
अन्त्यमा, जुनजुन पत्रिकाबाट यी उद्धरण गरिए, तिनीप्रति आभार व्यक्तगर्नुको साथ्चै यसलाई प्रकाशमा ल्याउने विशेष आग्रह गर्ने रत्न पुस्तक भण्डारलाईपनि धन्यवाद दिनु छ ।
- लेखक
मपाईं
'तँ' को आदरार्थी 'तपाईं' भएजस्तै 'म' को आदरार्थी 'मपाई' हुन्छ ।त्यसैले सभ्य भाषामा 'तँ' को ठाउँ तपाईंले ओगटेपछि 'म' को ठाउँ 'मपाई' लेनलिनु किन ? 'म' लाई संस्कृत वैयाकरणहरूले उत्तम पुरुषको श्रेणीमा पुज्दैआएका छन् भने अरू भाषामा पनि “म' को स्थान प्रथमै छ । त्यसैले हामीलेपनि बाह्रखरी पढ्दैदेखि 'म' लाई राम्रो 'म' भनी मान गर्दै आएका छौँ । जबसँगैको 'तँ' जाबोले पदोन्नति पाई 'तपाईं' भयो भने 'म' लाई पदोन्तति दिई“मपाईं' नगराउनु पच्चीसै आना पक्षपात हो, 'म' प्रतिको अन्याय हो । यसकारणअरूले “तपाईं' भने पनि नभने पनि हामीले आफूलाई 'मपाई' भन्नै पर्छ, योयुगको माग हो; 'मपाईं' को मन्तव्य यस्तै छ ।
“मपाईं' शब्द सुन्दा नयाँजस्तो लाग्छ । तर यसको भाव भाषाभन्दा जेठोर इतिहासभन्दा बूढो छ । किनभने मुख चलाउनुभन्दा पहिले मान्छेले 'म' कोमाया गर्न जान्यो, अरूलाई केही मान्नुभन्दा पहिले आफैँलाई सम्पूर्ण ठान्नथाल्यो । फलतः शक्ति बढ्ता हुनेले आफूलाई लायक वा नायक भनाई आत्मआदरखोजे, मपाई बने; बठ्याइँ बढ्ता हुनेले धर्मकर्ममा अक्कलझक्कल झिकीआफूलाई ईश्वरको नक्कल भनी 'म' को महत्ता दर्शाए, मपाईं बने ।
एक पटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठूलो भन्नेबारे गम्कागम्कीपरेछ, फैसलाको लागि दुवै महादेवकहाँ पुगेछन् । देवमाथिका उपरदेव महादेव,उसै त तपाईंको धुरन्धर, झन् त्यो मौका पाएका । हत्त न पत्त आफ्नोअनौठाको 'ज्योतिर्लिङ्ग' तेर्स्याउँदै भनेछन्- “लौ, एक जना उँधो जार, अर्कोउँभो । जो यसको फेद वा टुप्पो पत्तो लगाउँछ, त्यही ठूलो ।” मारेन के ?न्यायाधीश मानिसकेपछि आज्ञा नमानून् कसरी ? ब्रहमा र विष्णु राणाकालीनलाठसाहेबका चाकरीवाल दौडेक्ैँ स्याँस्याँ गर्दै लागे तल-माथि । तर दुवैले
मपाई / ६१
लक्ष्य भेट्ठाएनन् । कीर्ते साक्षी बकाएर भए पनि आफ्नी मपाईत्व जोगाउनेब्रह्माको षडयन्त्र पनि असफल भयो । अनि लँगौटी बाँध्दै महादेवले छाँटे-“देख्यौ, को ठूलो रहेछ ? मेरा अगाडि तिमीहरूको मपाईत्व ' दुवै उस्तै हौ, लौजाओ !”
यसरी ब्रह्मा-विष्णुका पालादेखि चलेको मपाईंलाई कसरी नयाँमान्नुहुन्छ ?
मपाईंत्व प्रदर्शित गर्ने यस्ता कथाहरू नौ मुरी पाइन्छन् । पुराण पढ्नोस्,पण्डित भैटदनोस् कि पादरी भेट्नोस् मपाईकै चर्तिकला तपाईं सुन्नुहुन्छ । कृष्णहुन् कि काइस्ट हुन्, सबैका कथामा मपाईंकै गाथा सुनिन्छ । जौ बूढो उहीबाटो हगुवा भनेझँ जसजसलाई दुनियाँले महापुरुष मान्दै आयो, ती सबैलेआफ्नो महाप्ुरुषत्व मपाईंबाटै सुरु गरेका त होइनन् ! कुन्नि, मपाईंलाई तशङ्कै लाग्छ ।
अर्काको तपाईंत्व स्वीकार नगरेर 'म' कै महिमाको मादल बजाउनुमपाईं बन्नु हो । सभ्यताको जतिजति विकास हुँदै आयो, उतिउति मपाईंत्व-प्रवृत्ति पनि विष्णुमतीको मूला मौलाएभैँ मौलाउँदै आएको छ । त्यसैले प्रत्येकव्यक्ति आफूलाई हात्ती सम्झन्छ, अरूलाई बोका । अब समाज हात्तीहात्तीकोहो वा बोकैबोकाको हो कसले छुट्टयाइदिने ?
अर्को शब्दमा मपाईंत्व एक नशा हो, यसले लटठ्याएपछि कक्टेल पार्टीकाश्रीमान्हरूझैँ सब मपाईंहरू एकअर्काका बीच ठक्कर खान र चर्किन थाल्दछन् ।सम्झनुभएन ? राम र रावणको मपाईंत्व बजारिएर लङ्का डढ्यो, भीमरदुर्योधनको मपाईंत्व चर्केर कुरुक्षेत्र बन्यो । यस्तै मपाईं मपाईंको चर्काचर्कीमाहिरोशिमामा एटम बम पड्क्यो, त जर्मनी खडगीज्यूकहाँको बनेल बन्यो ।
हिरण्यकशिपुदेखि हिटलरसम्म, अलेक्जेन्डरदेखि एडवर्डसम्म, बाबरदेखिबबरसम्म कसले आफूलाई मपाईं भनेन ? तर के गर्नु ! सबै मपाईँ ठोक्किए-बरालिने पोइको खाटमूनि गुन्डाका मुन्डा टाउका जुझेकैँ । फलस्वरूप नौरङ्गीक्रान्ति भए, सङ्घर्ष भए, युद्ध र महायुद्हरू भए, आखिर बलियाहरूको मपाईझन् पाक्यो, चतुरहरूको मपाई झन् चर्क्यो । दव्ने मपाईको इतिहास माटोमामिल्यो, जितुवा मपाईको महिमा चितुवाझैँ उप्र्यो, त्यसैले रामायण लेखियो,रावणायण लेखिएन, '“चन्द्रमयूख' देखियो, 'देवमयूख' देखिएन ।
मपाईंको त यस्तै खस्रा क्रा गर्ने बानी छ । नास्तिक भनून् वा नाकठाडाभनून्, मपाईलाई पनि आफ्नो महान् मपाईंत्वमा पूरा विश्वास छ । वास्तवमा
६६ / भैरव अर्यालका हास्यव्यङ्ग्य
मपाईं बन्नु आत्म-आदर खोज्ने मानवीय मनस्थितिको मोटो विशेषता हो ।आफ जस्तै बामपुड्के भए पनि अरूलाई होच्याइदिन पाए हातले नछोईकनधर्को लामो पार्ने 'बीरबल मेथड् अफू डेभलपमेन्ट' सफल भइरहन्छ । त्यसैलेहोला खुश्चेभले मरिसकेका स्तालिनको जरैसम्म जुँघा उखेलेर मपाईं बने ।त्यसैले त जुनसुकै गल्लीमा भेटिने जोसुकै मान्छेसित सोध्नोस्- सब चोरसब लोफर, सब आवारा, सब नामर्द, सद्दे भन्नु उही मात्र, जो तपाईसँगहाँकिरहेको हुन्छ ।
प्रत्येक पसले भन्छ- म अरूजस्तो ठगाहा होइन, प्रत्येक कर्मचारीछाँट्छ- म अरूजस्तो कामचोर र घूसखोर होइन, प्रत्येक युवती नखरा पार्छे-म अरूजस्तो छँडुली होइन, प्रत्येक युवक धक्कु लगाउँछ- म अरूजस्तो नामर्दहोइन, प्रत्येक कवि-कलाकार फुल्छ- म अरूजस्तो बकमफुसे होइन । प्रत्येकनेता गुड्डी हाँम्छ- म अरूजस्तो भ्यासझुस लिडर होइन । ओहो ! जसकाअगाडि उभिए पनि उही मपाईँजनित थुकका छिटा मुखमा पर्नुसिवाय केहीछैन । हुँदाहुँदा गल्लीको लुते कुक्रले कुइँकुइँ गरेको सुन्दा पनि म अरूजस्तोभुस्याहा होइन भनी फुइँ छोडेको त होइन ? भन्ने शङ्का लाग्छ मपाईलाई ।
शङ्का मात्रै होइन, कुकुरको मपाईं झन् मापाको हुन्छ । फोहोर खानेजात भएर के गर्नु, जुनसुकै देवीदेवताको स्थानतिर हेर्नोस्- वरिपरि झुम्मिइरहेकाहुन्छन् उनै । मोटरमा गुड्नेदेखि रकेटमा उड्नेसम्म सौभाग्य पाएको कुक्रजस्तोसुकै लुते, लुखुरे, लिँडे, तिल्के, टाटे, रागेपाटे, झिल्के, भ्याउरे भए पनिआफूलाई बेलाइती नै सम्झन्छ । त्यसैले त मान्छे जहाँ पूजा गर्छन् कुकरत्यहाँ जिभ्रो लतपताइदिन्छ, मान्छे जहाँ ढोग दिन्छन्, कुकुर त्यहाँ तुर्क्याइदिन्छ ।कसले नदेखेको छ र ? एक चौटा मासुको निम्ति अथवा एउटी माली ककुर्तीकोनिम्ति कुक्रहरूको मपाईं कसरी चर्किन्छ ? कसरी उनीहरू दाँत ङिच्च्याएरएकअर्कासित लुछाचुँडी गर्छन् र कति चाँडै मित्र शत्रु हुन्छन्, अनि मपाईंकोधुमर्के झन्डा पिँधतिर झुन्डघाएर एकै दिन भए पनि, एकैछिन भए पनि,कुक्रतिहार मनाउँछन्, माला लाउँछन् । जब मपाईंत्व चुर्लिंदा माछापुछेकोचुचुरोमा पुग्छ अनि कार्तिके डाँगाझँ उनीहरू जसको पाए पनि घोडा चढ्नखोज्छन्, जसलाई पाए पनि टोक्न थाल्छन् ।
अनि सबैतिरबाट घुस्सा खान्छन्, कुइँकुइँ गर्दै फेरि बिरालासित मित्रताबाँध्न थाल्छन् । त्यसैले त कहिलेकाहीँ राजनीतिमा कुकुर-बिरालाको पनिसंयुक्त मोर्चा भएको देख्न पाइन्छ ।
मपाई / ६७
मपाई- न धार्मिक दृष्टिले पाप हो, न कानुती दृष्टिले अपराध । मागेरखानेदेखि मात्तिएर खानेसम्म सबैलाई आफ्नो महिमा गाउने मौलिक अधिकारछ । त्यसैले त अचेल जसले आडदेखि टाङसम्म रङ्गीचङ्गी प्वाँख जडेरआफ्नो महत्ता दर्शाउन सक्छ त्यो महान् हुन्छ । कामले नसके कुराले, दिमागलेनभ्याए सुराले, जसरी भए पनि आफ्नो महत्ता बढाउनुपर्छ, अनि स्वास्नीले नुनकिन्न पठाउँदा “नुनभन्दा त चुन सेतो रे'छ, बूढी" भन्दै चुनको पोको गौजीमाहालेर आउने भलादमीले पनि चतुर चन्द्रको उपाधि पाउन सक्छ । युगमपाईंको हो । त्यसैले युगअनुसारको आवाज हुनुपर्छ, आफ्नो सहनी आफैँलेगर्नुपर्छ- अरू कसले गरिदिन्छ ।
हाम्रा साहित्यिकहरूले पनि यो कुरा छर्लङ्ग बुझेका छन् । त्यसैलेकोही आफूलाई शेलीको सालो ठान्छन् त कोही मिल्टनको मामा । कुनै पनिसभासम्मेलन वा समारोहमा जानोस्- कर्केछड्के हावभावका साथ मञ्चमाउभिनेचाहिँ कवि वा वक्ता सुनाइरहेको हुन्छ- मपाईं-महिमा । सुन्नेहरूचाहिँखासखास खुसखुस गर्दै सुनाउनेलाई तीन कौडीमा पनि नगनी आफआफ्नामहत्त्वको महिमा गाइरहेका हुन्छन् । यसै क्रममा सम्मेलन सिद्धिन्छ । अरूलेलेखेको पनि पढिदिङँ, अरूले बोलेको पनि सुनिदिउँ, अरू पनि तपाईं हुन्भन्ने प्रवृत्ति कसैमा छैन । किनभने यो “नामकरण' को बेला हो, कामकरणकोहोइन ।
मपाईं धेरै थरीका हुन्छन् । कसैलाई उपाधि-मपाईंले छोएको भोलिपल्टैदेखिउनीहरू शङ्का गर्न थाल्छन्- के दुनियाँमा मजत्तिको पढैया र बढैया अर्कोकोही होला त ? कसैलाई पगरी-मपाईं लागेको हुन्छ, ओहदामा पुर्नेवित्तिकैउनीहरूका आँखाले सबैलाई हल्कारा देख्छ । त्यस्तै, कोही जहानियाँ-मपाईंहुन्छन् त कोही घरानियाँ-मपाईं । कसैलाई मोहनी-मपाईँले सताएको हुन्छ ।बाटाघाटामा, अड्डाअदालतमा, कार्यालयमा वा विद्यालय, महाविद्यालयमा जतिपनि युवती देखिन्छन् सबैका आँखा उनीहरू आफैँपट्टि फर्केको देख्छन् रसाथीहरूसँग फुइँ छाड्छन्- मलाई देख्नासाथ सबै युवती मोहित हुन्छन् किनहोला ? तर युवतीले उसको गालाको चाउरी हेरेका हुन् वा गलाको गाँडहेरेका हुन् उसलाई सुइँकै हँदैन । यस्तै कोही चुइयाँ-मपाईं हुन्छन् जो पेट मार्नुतै आफ्नो पुरुषार्थ सम्झन्छन्, कोही फुइयाँ-मपाईं हुन्छन्, घर बन्धकी राखीपार्टी जमाउँछन् । यस्तै कोही हुन्छन् टपर्दुइयाँ-मपाईं, उनीहरूलाई एकै थोकमामात्रै मपाईत्व प्रदर्शित गरेर हुँदैन । चढ्नेमा रिक्सादेखि रकेटसम्म, पढ्नेमा
दृव ” भैरब अर्यालका हास्यव्यङ्ग्य
पित्तासको कथादेखि प्याराडाइज लँस्टसम्म, चिन्नैमा चोरदेखि चर्चिलसम्म,किन्नेमा रिबनदेखि रेडियोसम्म इत्यादि सबैतिर उत्तिकै महत्ता प्रदर्शन गर्नुटपर्टुइयाँ-मपाईंको मूलभूत विशेषता हो ।
मपाईँ त छँदै छन्, अझ त्यस्ताको मपाई रमाइलो हुन्छ, जसलाईकसैले झुक्किएर पनि तपाईं भनिदिँदैन । बिचराहरू आफ्नो महत्ता देखाउनटोपीको चुच्चोदेखि जुत्ताको टुप्पोसम्म भझिलिक्क पार्दै दिनदिनभर मूल सडकचक्कर मार्छन् । सिउन लागेको सूचीकार देखे पनि, पिउन लागेको जँडयाहादेखे पनि 'हलो' भन्दै हात मिलाउँछन् । एक-दुईवटा फिल्मी गीत गुनगुनाएरउसको ध्यान तान्न खोज्छन् । जब कसैले पनि वास्ता गरिदिँदैन, घरमा गएरस्वास्नीलाई हकार्छन्- “बुझिस्, मलाई दुनियाँले कत्रो सन्मान गर्छ, तर तैँजैरी मात्र मेरो महत्ता बुभिदनस् बाबै !” यस्ता पुङ न पुच्छरका मपाईंहरू जत्तिधेरै भए मपाईंलाई चाहिँ उत्ति रमाइलो लाग्छ । किनभने भेट हुनासाध “ओहोतपाईंजस्तो" भनिएपछि कमसेकम भोजन वा सिनेमाको निम्तो पाइहालिन्छ ।कोही यस्ता अभागी पनि हुन्छन् ख्वाउँदा-प्याउँदा पनि प्रशंसा पाउँदैनन् ।त्यस्ताको मपाईँ यस्तरी बटारिन्छन् कि अर्थ न बर्थ धोक्रो फुलाएर तीन धोक्रोरिस मनमा कोची मनमनै आफ्नो प्रशंसा गर्न थाल्छन् ।
सबै तँजस्तै छुसी हुन् त !- भन्नुहोला तपाईंहरू, त अचेल तपाईंनिम्ठो भए मपाईं झन् झुसी ! नपत्याए तपाईं नै भन्नोस्, यो सिङ्गो लेखपनि एउटा मपाईंत्व-प्रदर्शन नै न हो ?
सिंहनाद
मपाई / ६९
चन्द्रलोक कसको ?
उहिलेका क्रा खुइलिहाले, कोही सुन्दैन । अहिलेका कुरा सबैलाई थाहाछ, सुनाउनै पर्दैन । त्यसैले म कुरा भिक्तै छु- एक्काइसौँ शताब्दीकोउत्तरार्धतिरको, जुन बेला चन्द्रलोकको जग्गा वितरण गर्नेबारे संयुक्त मुलुक-सङ्घमा दिनहुँ बहस हुन्थ्यो । आकाशमा चील घुमेझैँ घुमिरहने टेलस्टार, घर-घरमा चलचित्रभँ झलमलाइरहने टेलिभिजन इत्यादिले गर्दा कहाँ के भइरहेछ,कसले के भने इत्यादि थाहा पाउन कत्ति गाह्रो थिएन । भोजपुरको खबरकान्तिपुरमा आइपुग्न महिना दिन लाग्ने वर्तमान अवस्थाका हामीलाई यो कुरासुन्दा अचम्म लाग्छ । तर, त्यतिखेर हावामा जेटको स्टेसन बनाउने र हाबैद्वारापेटको भोक मार्ने व्यवस्था हुनहुन आँटिसकेको थियो । “यो के हावा बिग्रेकोकुरा गच्यो" भनी तपाईंहरू अकमकिनुहोला, तर वास्तवमा यो हो इतिहासमानयाँ प्रयोग ।
इस्वी सन् १९२० को डिसेम्बर महिना थियो, तारिखचाहिँ मैले बिसे,चन्द्रलोकको जग्गा आबाद गर्न जाने भनी धेरैजसो मुलुकका बलिया -बाङ्गानेताहरू जेनेभामा जम्मा भएका थिए । संयुक्त मुलुकसङ्गघको सूचना थियो-“त्यहीँबाट अन्तग्रृहयामी जेटद्वारा सबैले चन्द्रलोक जानुपर्छ । अनि 1५[0011910पारामा एगागाडनगा अर्थात् चन्द्रलोक विभाजन आयोगले तयार पारेकोनापनक्साबमोजिम आआफ्नो भागमा आआफ्नो झन्डा गाड्नुपर्छ ।”
संयुक्त मुलुकसङ्घको बनोट अहिलेको संयुक्त राष्ट्रसङ्घजस्तै थियोतापनि त्यति बेला भिटो पाउने दुई मुलुक मात्र थिए । सङ्घको अफिस थियोभर्खरै आबाद गरिएको सहारा नगरमा, जसलाई भूगोलमा एउटा नयाँ प्रयोगभनिदिए हुन्छ ।
म नब्बे पुगी हब्बे न कब्बे भैसकेको थिएँ, तैपनि उडिरहेको टेलस्टार
७9 ” भैरव अर्यालका हास्यव्यङ्ग्य
जेनेभाको दृश्य सबै रिले गरिरहेको थियो, मेरा नातिनीबुहारीहरू सञ्जयलेधृतराष्ट्रलाई महाभारत सुनाएफ्ैँ भ्यालमा बसेर मलाई बेलीबिस्तार लगाउँदैथिए ।
जेनेभामा साँच्ची एउटा अभूतपूर्व मेला लागेको थियो । नलागोस् पनिकिन ! हजारौँ पटक यही सहरमा हजार थरी सम्मेलन भए, सहरभरिका घरथर्किए, भुइँ र भित्ता चर्किए, न निरस्त्रीकरण हुन सकेको थियो न विश्व-शान्ति । त्यसैले चन्द्रलोकको यात्रा यहीँबाट सुरु हुनुलाई जेनेभाले आफ्नो ठूलोगौरव र सफलता सम्झेको थियो ।
अन्तर्ग्रहयामी जेट दुइटा मात्र थिए, एउटा अमेरिकन, एउटा रसियन ।हुन त त्यस बेला सबैभन्दा जोधाहा र जुधाहा मुलुक थिए लन्डन र पेकिडङ,तैपनि विज्ञानका क्रामा रूस र अमेरिकाको नाम जाज्बल्य छँदै थियो ।अहिलेका केनेडी र खुश्चेभझँ त्यति बेला लवूलेस र च्याङ्बो नै त्यस्ताव्यक्तित्व थिए, जसको एक झोकमा पृथ्वीको दैनिक गति बटारिन सक्थ्यो ।अन्तर्राष्ट्रिय एकता भन्दाभन्दै अङ्ग्रेजको राज्य फेरि कहिल्यै घाम नअस्ताउनेस्थितिमा पुगिसकेको थियो । उता पेकिङ भनिरहेको थियो- परापूर्वकालमाचीनका राजा चूयान दर लोत्सेले राज्य गरेकाले मूनल्यान्डको नाम चन्द्रलोकरहेको हो । त्यसकारण चन्द्रलोकको प्रभुसत्ता चिनियाँ सन्तानकै हातमा रहनुपर्छ । चन्द्रलोकको प्रशासनका लागि ह्लासाको एउटा ध्याङमा खडा भैसकेकोथियो- गवर्नमेन्ट अफ् मूनल्यान्ड क्वीनल्यान्ड रिपब्लिक । प्रभुसत्ता आफूलेलिए तापनि चन्द्रलोकको जग्गा वितरण गर्न क मन्जुर थियो । चीन भनेरतपाईंहरू हाम्रो अहिलेको शान्तिप्रिय छिमेकी राष्ट्रलाई सम्झनुहोला नि, उसबेलाका पेकिङेहरू अर्कै किसिमका थिए बुभ्नुभएन के ? बुझे बुभ्नोस् नबुझेनबुभ्नोस्, यो थियो- अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ प्रयोग ।
अँ, यता प्रबन्ध हुँदै थियो, उता अमेरिकन जेट पाइलटले मौका छोप्नुबृद्धिमानी हौ भन्ने ठान्यो । सायद रूसीले पनि उही सम्भ्यो होला । परस्परसिडौरी खेल्दाखेल्दै आफआफैँ सिड फुक्लेर ठुटे भएका साँढेहरू (रूस रअमेरिका) बाहिर नुन खाएका कुखुराजस्तै अलि झोक्राएका भए तापनि भित्रअनौठा सपना देखिरहन्थे । त्यसैले भाग लाउने भन्दाभन्दै फुत्त बाँद्वरले लड्डुउडाएभैँ जेटहरू भुर्रे उडिहाले ।
“ए बितायो बा !” भन्दै एउटी पेकिडे युवती र एउटी लन्डने युवती हत्तन पत्त एकोटा जेटको पुच्छरमा झुन्डिन पुगे । सायद उनीहरूको मनमा
चन्द्रलोक कसको ? ” ७१
चढ्यो होला चन्द्रलोकमा पुग्नेबित्तिकै जेट ल्यान्ड गरुन्जेलमै प्यारासुटबाटउत्रेर आफ्नो झन्डा गाडिहाल्नुपर्छ । लन्डने युवतीको चतुन्याइँ बुझी हत्त नपत्त उसको खुट्टा समाउन पुग्यो थाइल्यान्डको युवक, अनि देख्तादेख्तै पहिलेकापश्चिमाभिमुख देशका प्रतिनिधिहरू पनि क उसको खुट्टामा, क उसकोखुट्टामा हत्त न पत्त झुन्डिन पुगिहाले । यता पेकिङे युवतीको खुट्टा पक्रन पुग्योक्यबाली ठिटो । त्यसपछि क्रमैसँग पहिलेका पोल्यान्ड, चेकोस्लाभ, हङ्गेरी रअल्बानिया आदि पनि त्यसै गरी झुन्डिए । फसाद पत्यो पहिलेका तटस्थ हौँभन्नेहरूलाई । उडूँ आफ्नो जेट छैन, नउडूँ मन मान्दैन । तटस्थको केहीअस्तित्व भएको बेलामा त एउटा न एउटा लोभले मै हुँ भन्ने तटस्थहरू शक्तिगुटको पाउ दाब्न पुग्छन् भने त्यतिखेर त को तटस्थ, को अतटस्थ आखिरउड्न नपाउनेमा परे मुलुकसङ्घका सेक्रेटरी मिस्टर तन्याङतुरुङ ।
म कोठामा पल्टिरहेको थिएँ । मेरी कान्छी नातिनीबुहारी फलानो योफलानो क भन्दै टेलिस्टार र टेलिभिजनको प्लेटमा मलाई चिनाइरहेकी थिई ।टेरलिनको हाफपैन्ट र नाइलनको फ्रक लगाएकी मेरी नातिनीनुहारी गालाचाउरिएर पनि छाला टिमिक्क परेकी देखिन्थी । सम्पूर्ण पारदर्शक आवरणमासुरक्षित उसको छाती र तिघ्राको सुडौलपनले हामी जोसुकैको अङ्गमा पनिघरीघरी अन्तरइन्द्रियगामी जेट उडाइदिन्थ्यो । हुन त व्यक्तिव्यक्तिको यौनस्वतन्त्रतामा हाडनाताले पर्खाल लाउनु उसको वैयक्तिक मौलिक अधिकारहनन गर्नु हो भन्ने तत्कालीन जाग्रत् समाजको एक मत थियो, तापनि मयिनताकको रूढिवादी बूढो भएकोले त्यति प्रगतिशील हुन सकेको थिइनँ ।
“यी सबै भएपछि चन्द्रलोकमा कसको चाहिँ प्रमुख सत्ता कायम होलात ?” मैले नातिनीबुहारीसित सोधेँ ।
म अलि कान नसुन्ने भएकोले माउथ स्पीकरद्वारा उसले विश्लेषणगरी- “मेरो विचारमा महायुद्धपछिको जर्मनीजस्तै तानातान र खोसाखोस तहोला नि !” उसको कुरा मलाई पनि ठीकै लाग्यो र प्वाक्क भनिहालेँ- “अबतेस्रो महायुद्धको कारण र क्षेत्र चन्द्रलोक त हुन आउने होइन ? तै अहिलेसम्मसत्रोटा युद्ध भइसके पनि महायुद्ध त हुन सकेको छैन !"
कुरा गर्दागर्दै लामालामा पुच्छर गाँसेका चङ्गाझैँ अकास्सिरहेका जेटहरूबादलपारि पुग्न लागिसकेछन् । दुवैतिरबाट चर्काचर्की नारा लागेका थिए ।एउटा लाम भन्थ्यो- चन्द्रलोक कसको ? साम्यवादीको । अर्को लाम भन्थ्यो-चन्द्रलोक कसको ? समाजवादीको । एउटै लाममा पनि कोही जनवादीका
७२ « भैरव अर्यालका हास्यव्यङ्ग्य
भन्थे त कोही गणवादीको, कोही सुधारवादीको भन्थे त कोही उदारवादीको ।अलिहेका सम्पूर्ण ताराहरू मानौं पुनः जाग्रत् भइरहेका थिए चन्द्रलोककायात्रीहरूमा । यता विश्व मुलुकसङ्घका सेक्रेटरी मिस्टर तन्याङतुरुङ ट्रृष्ट्रीशिपकाउन्सिलको बैठकमा भन्दै थिए- “चन्द्रलोकको संरक्षण मुलुकसङ्घअन्तर्गतहुनुपर्छ ।” अफिसका मेच-टेबुलहरू मात्र मौन रहेर उनको भनाइमा सम्मतिजनाउँथे । अरू भन्थे- “काग कराउँदै गर्छ पिना सुक्तै गर्छ ।”
हामी हेर्दै र सुन्दै थियौँ, घुमिरहेको टेलस्टारको मद्दृतले- आफ्नै कोठाकोटेलिभिजन र रेडियोमा । उसले उसको खुट्टा, उसले उसको खुट्टामा बलैसँगसमातेर तन्द्रङ्ग झुन्डिँदै अकास्सिरहेका ताँतीमा जोस र उत्तेजना बढ्दैगइरहेको थियो । दुइटै जेटहरू आआफ्ना मान्छेमय पुच्छर झुन्डयाएर समानान्तररेखाबाटै उडिरहेका थिए । सम्मुख-सम्मुख परेकाले सबभन्दा माथिको पेकिङेयुवतीले कानै खाने गरी कराई- चन्द्रलोक कसको : पेकिङको ।” उसको योफुर्ती देखेर लन्डने युवतीको तालुदेखि पैतालासम्म तातेर आयो । “यी यत्रो तहो चाइनाको !” भनी हत्त न पत्त लोप्पा ख्वाउन हात झिक्ती भएकी जेटमाझुन्डिएको लाम खन्द्रचामखुन्द्रम ।
यसरी आफ्नो प्रतिस्पर्धी म खन्द्रामखुन्द्रम भएको देखेर पल्लोज्ञेटमा झुन्डिने पेकिडे युवतीलगायत सबैलाई खितितित्त हाँसो उठ्यो । हर्षकोआवेशमा 'हा ! !' गर्दै हात ठटाउन खोजेको उनीहरू पनि चर्ल्यामचुर्लुम्म ।
पुच्छरमा झुन्डिएका गहौँगह्रौँ तानहरू एक्कासि भवाट्ट छुट्टिँदा जेटहरूहत्त हत्तिए । एकअर्कामा डघाङ्ग -बजारिन पुगे । त्यसै वेला झिमिक्क के होझिल्केको थियो टेलिस्टारको बत्ती भ्याप्प निभ्यो । अनि के भयो म भन्नसक्तिनँ । दिमागमा भने अफ्गै त्यो झल्का आउँदै छ- चन्द्रलोककसको ?.. रस्साको । चन्द्रलोक कसको ?... अमेरिकाको... यो पनि मेरो स्मरणशक्तिको नयाँ प्रयोग होइन त ?
मुकुट माघ २०१९, ह्नैकन्तला
000
चन्त्रलोक कसको ? “ ७३
लाहुरेको पात्रासंस्मरण
एक त आफ्नो जातै बीर, दोस्रो वीरबहादुरको झनाति, तेस्रो नामै मेरोवीरबल पाँडे- अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालकोनाइ्टैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, बीरधाराकोकलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन रसोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो,बल र तागत भन्ने बस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !कत्राकत्रा युद्ध, महायुद्धमा वीरता देखाउन सक्नेको सन्तान, एक बटुको खोलेपियोस् वा हाफ प्लेट छोलेद, नर जिओस्, यति मामुली कुरामा केकोखोजीनिती ? अझै मेरो वीरतामीध विश्वास छैन भने हेर्न आउनुहोला, बाजेलेबर्माको लडाइँमा वीरगति प्राप्त गरी कमाएको वीरचक्र अलिहेसम्म चुहलोमाथिकोदलिनमा घुसारेको छँदै छ ।
त्यसैले त हो, रोग लागेको बेलामा पनि सौभाग्य मिले बीर अस्पतालैपुग्न पाइन्छ जहाँ औषधिले रङ्गाएको उही वीरधाराको निर्मल जल कैयौँवीरहरूले प्रत्येक दिन सित्तैमा सुर्क्याउन पाउँछन्, जसमध्ये म पनि एक हुँ ।तर मेरा कुनैकुनै साथी यस्ता निर्दोष छन्, वीरको अस्पताल पुग्न छाडेररोगाएको एक महिना नहुँदै डाक्टर-पूजा गर्न थाल्छन् । यो कुरा मलाई पटक्कैमन पर्दैन र म भन्छु- नामर्दको ओखती पो नमर्दै हुन्छ त, मर्दको ओखती मर्दाभोलिपल्टसम्म गरे हुन्छ बाबै ! कतिपय साहित्यकार, कलाकार आदिले समेतअवलम्बन गरेको या सिद्धान्त आफूले छाड्ने कसरी ? आखिर बेकार भए पनिम एउटा कार हुँ, लुरे भए पनि वीर जातिको आकार हुँ ।
आजको आर्थिक युगमा, आर्थिकै दृष्टिले हेर्ने हो भने पनि मेरो सिद्धान्तरामवाण जस्ता छ । 'मर्देका दसोटी हुन्छन्' भन्ने हाम्रो लौकिक आदर्शमुताविक
उड « भैरव अर्यालका हास्यव्यङ्ग्य
एउटा भालेलाई दसोटीसम्म पोथी गुटमुटयाउने लाइसेन्स समाजले दिएकैछ । यो विख्यात मर्देताको फलस्वरूप च्ह्लैपिच्छे खोलिएका पुत्रपृत्री प्रोडक्सन'बहुपत्नी लिमिटेड' का शाखाहरूबाट धडाधड उत्पादन हुने साराका सारालेभोक लाग्नेबित्तिकै खान र रोग लाग्नेबित्तिकै उपचार गराउन थाले भनेभोलिदेखि आकाशतिर फर्केर फुलौरा बर्सलान् कि भनी आँ५५ मुख बाउननपर्ला भन्ने के ग्यारन्टी ? वीर भएकोले इलमउद्योगकी पीर गर्नापट्टि लागिएनत, कि दाउरे बन, कि लाउरे बनकै जम्वामर्दी संस्कारमा हु्कियो अहिलेसम्म !अनि भन्नोस् मैले झैँ रोग, भोकलाई स्वातन्त्र्य नदिने हो भने आखिर पोखरा-भर्ती केन्द्रजस्तै लमजुड-भर्ती केन्द्रसमेत खोल्नुपच्यो भने !
लौ, म कुरो गर्न लागेको त सोझै हो, तर अतिथि इन्जिनियरहरूलेबनाइदिएको बाटाघाटाको नक्साझैँ दसतिर टेढिएर लम्किन गएकोमा माफराख्नुहोला । मुख्य कुरो के भने, यत्रो वीर भएर पनि अहिलेसम्म गोडामा एकजोर लाहुरे जुर्राफ पर्न सकेको छैन । हुन त नामको लागि एउटा कामगर्नुभन्दा नामको लागि सत्रोटालाई सलाम गर्नु आजको सभ्यता हो, तर एक,बारको चोलामा 'झोला बोकेर लाह्रै नगई के मर्नु जस्तो लागेर आयो ।तन्नेरीमा लाहुर नपस्ने र बुढ्याइँम" काशी नबस्ने नेपाली गति पर्दैन भन्छन् ।हुन पनि वीरको छाउरो भएपछि फ्याउरोझँ के आफ्नै घरका लुते धन्धामालाग्नु त । ,ल, कुरो त फेरि मन्त्रीज्याको भाषणझैँ उही पो दोहोरियो । आखिर जतिभूमिका भट्टयाए पनि म जान लागेको थिएँ लाहुर, त्यसैले इस्टकोटको टाँकलगाएर खुकुरीबाल टोपी छड्के पारेँ, अलिअलि सामलतुमलको 'फोला भिरेँ,हिँडे । तपाईंलाई के ढाँटौँ कुरा ! जति ढाँट्ने साहुलाई नै ढाँटी गोजीमाजमाएको थिएँ- गोडा सोरेक रुपियाँ । त्यही पनि साट्सुट गर्दा ठ्याम्मै भयोदसुको नोट । पैसा मात्रै भनेर हुन्छ, देशी पैसा, हामीकहाँबाट मसिना चामलफ्िकाउने पैसा, हाम्रो पैसा उताबाट उसिना चामल बेसाउने पैसा ! जे होस्,आफूलाई चाहिएको थियो नयाँ ठाउँमा जान नयाँ पैसा । आखिर पुग्नुसम्मलाईत हो, लाहुर पुग्नेबित्तिकै त वीर नेपाली आएको भनेपछि नोटको माला लिएरस्वागत गरिहाल्छन् । त्यसैले आनेकाने कुरा नहेरी कालधाराबाट म लुसुक्कनिस्केर पुगिहालेँ सुनधारा ।
“ओहो ! वीरबलबाबू कता नि ?” बसमा उक्लनेबित्तिकै सुनियो एउटाबूढी-स्वर । यसो हेर्छु त आफ्नै भंक्तिनी बज्यै । दुई-तिनोटी तरुनीको माझमा
लाहुरेको यात्रासत्मरण “ ७१
बसेर रामनामी टाउकामा राखेर रुद्राक्ष घुमाइरहेकी । “म त लाहरतिर, आमैकतानि?”
मैले सोधि नसक्तै बृढी थोते मुख नचाउँदै भन्न थालिन्- “कहाँ हुन्थ्यो,उनै विश्वनाथ बाबाको पाउमा त हो नि ? यी नानीहरूले पनि कहाँ साह्रैसास्ती पाएछन्, सवै अनाथको बाबा विश्वनाथ भनेर उतै लिएर हिँडेकी ।एउटीलाई सासूले नसहेर छुट्टी, अर्कीको पोइ लाहर.. ।” बूढी परी लाउँदै थिइन्,बीचैबाट अर्का एउटा भलादमीले प्वाक्क भन्यो- "कुरो राम्रो, विश्वनाथबाबालाई सधैँ भेटी मात्र कति चढाउनु त, कहिलेकाहीँ केटी पनि चढाइदिनैपर्छु । यसबाट एकतिर चेलीबेटीको उद्धार हुन्छ, अर्कोतिर आफ्नो दालरोटीकोसमस्यै टर्छ ।” भलादमीले यो कस्तो क्रा गरेका हन्, म त लक्क न बक्क भैजिल्लिदै थिएँ, बूढी आमै भने जिस्क्याइएको जँडयाहाभैँ पाखुरा खैँचेर सराप्नथालिन्- “तीर्थ जान लागेका मेरा छोरीबेटीसँग आँखा जुधाउने तँ लुठालाईपख्लास् !” वास्तवमा त्यो बिचरो भलादमीले आँखा जुधाएकै थिएन है, नभएकोकुरा भन्नु पाप लाग्छ, तर बूढी किनकिन त्यसै रन्किन् र मसित भन्न थालिन्-“हेर्नोस् न बाबू, के मैले यी केटीहरूलाई भागीरथीमा वगाइदिउँला त ?”भलादमीले भने- “भागीरधीर र त केही थिएन, माझीले उतार्थ्यो, तरचचार पाथी चनामा मोलाउला भन्ने पो डर त ।” यो औडेखौडे कुरा के हो,मैले भने आधुनिक साहित्यजस्तै सबै बुझेर पनि केही बुझ्न सकिनँ ।
'असार-साउनको माटो, बाइरोडको बाटो ।' ड्राइभर रमले रन्न, ट्रकयात्रुले टन्न । अब चाहिया के र : एकछिन त थचाराथचार धक्कमधक्कालेनिकै स्वाद चखाएको थियो, तर जतिजति टक उँभोउँभो लांग्दै गयो, उतिउतिआफ्नो हंस भने उँधोउँधो हुँदै गयो । तैपनि वीरको यात्रा वीरताकै माफिकहुन्छ भन्दै बूढीका चेलीबेटीलाई म आश्वासन दिँदै थिएँ- तीर्थ जानेलाई केकोडर ? बाँचे बाराणसी, मरे अमरावती । तर, नढाँटीकन भनूँ भने आफूलाईचाहिँ सन्देहै थियो । बाँचे त म लाहुर पुग्छुपुग्छु, मरे कहाँ पुग्छु : स्वर्ग किनरक ! स्वगौं पुग्न त अमरावती इन्स्योरेन्स कम्पनीका एजेन्ट-बाजेहरूलाईखीर खुवाएकै छैन । जे होस्, वीरजातिको सन्तान भएकोले बाबुबाजेलेकमाइदिएको नामकै भरमा चित्रगुप्तले कमसेकम सेकेन्ड क्लास सिट त कसोनदेलान् '
म आफ्नै सोचाइमा एकस्र थिएँ, पछाडिबाट कोट्याउँदै एक जनासाहूजीले भने “तपाईं लाहर जाने भए त्यतातिर रायोको सागको माग विचार
७६ / भैरव अर्यालका हात्यव्यङ्ग्य
गर्नुहोला है ! नभए एजेन्ट बनेर प्रचार गरे कमिसन पनि दिउँला । मेरोव्यापार चानचुने छैन बुभ्नुभो, यसपालि मात्रै पाँच हजारको साग निकासीभयो ।” आफ्नो मूल राष्ट्रिय तरकारी पनि विदेश निकासी गर्ने साहूको करासुन्दा मेरो भने साह्रै चित्त दुख्यो र भनिहालेँ- “बिहानबेलुका अरू थोक केहीनपाए पनि डुकुको झोलसित ढिँडो पुकुपुक् निल्न सकिन्थ्यो, त्यही डुकु पनिनिकासी गरिदिएपछि त तरकारी मात्रै होइन, भोलिदेखि तिहुनकै समस्या तपर्दैन ?” साहले बीचैमा कुरा काद्तै भने- “तिहुनको समस्या झन् टर्छ ।गहिरिएर हेर्नोस् त, यताबाट सागका मुठा पठायो, उताबाट सब्जीको ' डिब्बाभिकायो । मीठोको ठाउँमा मीठो, छिटोको ठाउँमा छिटो, कुरा बुभ्नुभएन ?यस्तै हुन्छ चत्रहरूको व्यापार !” साहुको कुरा मलाई मनासिबै लाग्यो ।आजको जमानामा पनि उहाँको झिलिमिली रेडिमेड 'सब्जी' खान छाडेरदुकुचामा पखालेको डुक्चा को केलाइरहोस् । सरकारी काममा होस् कितरकारी खानमा होस्, सबैतिर छिटोछरितोपनको आवश्यकता छ आज, आधुनिकसभ्यता भनेकै यही न हो!
साहूजीसित कुरा गर्दागर्दै आफू त सातघुम्तीमा हाराबारा तोरी गर्दैघुम्न पुगिसकिएछ । भक्तिनी बुढिया रामराम भन्दै थिइन्, तर ड्राइभर हरामपरेकोले ट्रक झन्झन् वेगसित घुम्न थाल्यो । घच्चाघच्ची गर्दागर्दै लागेछक्यार चौधरीज्यूलाई ! कालोकालो अनुहारलाई रिसले झन् कालो पार्दै झपारिहाले-“पहाडिया लोग मूर्ख होते है । सडक बनवा दी है हम लोगौं ने, घच्चा देते हैंहमेँ ही । जरा सन्मान के कायदे सीखो ।” आफूले त पक्की भाषा जानेको भएपो बुभनु ! पक्की बात गर्न पनि कि लाहरे हुनुपर्छ कि जोगी हुनुपर्छ यहाँ ।तैपनि शिष्टतापूर्वक चौधरीज्यूलाई भनेँ- “बाटोमा कहिलेकाहीँ घच्चा लाग्छहजुर ! नरिसाउनोस् ।” चितुवाका जस्ता आँखा एक पटक तरेर उनकी श्रीमतीलेभनिन्- “आइन्दा ऐसा मत करना, कहाँ जा रहे हो ? हमारे यहाँ नौकरबैठेगा ?” यो कुराले भने मलाई यस्तरी रनक छुटायो कि फट्कारेर भनिदिएँ-“म त लाहुर पस्न लागेको पो त, तिमीकहाँ नोकर बस्छु ?” “बैठोगे तो तुम्हेँहम दरबान भी बना देगे” भनी चौधीरनी भाउजू आँखा नचाउँदै थिइन्, मफरक्क फर्केर पुगेँ अर्कै छेउमा ।
प्राणबायु अपानबायु दुवै समान भएकाले ट्रकभित्र सास फेर्न पनिमुस्किल परिरहेको थियो । घुइँचोले कुन कसको सीट हो, कोको कहाँनिर छन्पत्तै भएन, मानौँ संसार-सागर त्यहीँ थियो । त्यसैले मलाई लागिरहेको थियो-
लाहुरेको यात्रासंस्मरणा ? ७७
लाहुरबाट फर्किंदा त म यो भद्रगोलमा के बस्थेँ, त्यति बेला आफूसित रुपियाँकोब्याग हुन्छ, स्वास्नीलाई ल्याइदिएका लुगागहना हुन्छन्- केके हुन्छन् केके !सम्झेर के साध्य ! देश भनेको देशै हो, धन हुने बाबूसाहेबहरूको राख्न जानेठाउँ पनि उहीँ, नहुनेहरूको कमाउन जाने ठाउँ पनि उहीँ । दाजुभाइसितझगडा परे झिटीभझाम्टा जिम्मा दिने पनि उतै, बाबुआमाले गाली गरे पाखुराखैँचन पाइने पनि उतैबाट । कस्तो बिचित्र ठाउँ होला त त्यो !
मैले गम्दागम्दै ट्रक त पुगिसकेछ रक्सोल । उत्रनेबित्तिकै विभिन्न थरीउर्दीपोसाक लाएकाहरूले “बाबूजी, इधरउधर” भन्दै मलाई छोपिहाले । वीरनेपाली भनेपछि स्वागतार्थी पनि कतिकति आएका ए ! मैले नेप्टै भए पनिआफ्नो नाक फर्सीजस्तो पारी फूलाएँ । तर फसादचाहिँ के पन्यो भने सबैलेतानेपछि जाने कतातिर ? ससुराली भिन्न भएको साल सोह्7सरादको श्राद्धमागएको जुवाइँलाई जस्तो अप्ठ्यारो पन्यो आफूलाई त । “क्याहो ए वीरबलभान्जा ! तिमी पनि यहाँ ?” त्यहीँ नजिकबाट आफ्ना मामाको स्वरले मलाई'झसङ्ग पारिदियो । “ओहो, मामा तिमी पनि यहाँ ?” मामालाई भम्टँदै मैलेपनि सोधिहालेँ- “उता लाहुर गएको भन्थे- यहीँ हो कि क्या हो लाहुर ?”मलाई आफूले तानिरहेको रिक्सामा बस्नै अनुरोध गर्दै मामाले भने- “तिमीअलि सोझा छौ भान्जा ' नेपालीको निम्ति डाँडो काट्यो कि लाहुर ! तिमीकता नि ?” मैले चकित भावमा जबाफ दिएँ- “म पनि लाहुरतिर लागेको !”“लाहर त लाहुर, तिमी साँच्चीकै लाहुर पुग्न आँटेछौ, पोकोपन्तरो खोइ ?”यताउति हेरेर झपादै मामाले भने । नभन्दै पोकोपन्तरो त अर्कै स्वागतार्थीलेअघि नै लगिसकेछ- अब कहाँ कसलाई समाउन जाने त लौ !
“फ्यँकिदेक त्यो टोपीसोपी, यता टोपीको दर्शन पाएपछि पोको मात्रैहोइन पोकोवालालाई बोकोभैँ घिच्च्याएर बेचिदिन बेर छैन बाबै !” मामाकोयो व्याख्यान मैले केही पनि बुझिनँ । तैपनि टोपी फुकालेर रिक्सामा बसेँ ।मामा सोध्दै गए- “अब के गर्छौं त ? रिक्सै चलाउँछौ भने, मामाभानिजकोकांमक्रो मिलिहाल्यो । होइन, म त नोकरी नै गर्छु भन्छौ भने कुनै होटलमाबेरा खाली छ कि बुभनुपर्ला ।” मामाको यस प्रश्नले मलाई छक्क पान्योरसोधेँ- "के साँच्चै लाहुर यही हो मामा ?” मामाले मुस्कुराउँदै जबाफ दिए-“भनिहालेँ नि, हाम्रो निम्ति डाँडो काट्यो कि सबतिर लाहुर । रक्सोलमा रिक्साचलार बा दरभङ्गामा दरबानी गर, मलायामा बुट ठोक कि मणिकर्णिकामामुर्दा बोक, घर गएपछि कमसेकम पाइजामा नफाटुन्जेल तिमी लाहरे भइहाल्छ ।"
उद “ भ्ैरब अर्यालका हास्यव्यङ्ग्य
मामाका यी मार्मिक क्राले म त छानाबाट खसेजस्तै भइहालेँ, निधारमाचिटचिट पसिना आयो, नाक-मुख खङ्ग्रङ्ग सुकेर रिक्सैमा घोप्टो परौँला भन्नेडर लाग्न थाल्यो । “के यही हो त लाहुर- हजारौँ नेपालीले आउने गरेकोलाहुर ? वीरजातिले पुरुषार्थ देखाउने लाहुर ?” मैले अत्तासिँदै सोधेँ आफ्नालाहुरै मामासँग । मामाले च्याँठिएर जबाफ दिए- “के तिम्रो हाम्रो बीरताखलङ्गामा लड्ने नेपालीको वीरता हो र ? त्यसो भए त तिमीलाई देशकोमाया हुन्थ्यो, उतै घोट्टिन्थ्यौ, उतै बाँच्थ्यौ । तर तिम्रो वीरता, त्यो 'गुर्खा' कोवीरता, जसले देशमा एउटा काम गर्नुभन्दा विदेशमा सत्रोटालाई सलामगर्नुलाई पुरुषार्थ ठान्यो, आफ्नो पसिना दिनुभन्दा अरूको निम्ति रगत दिनजान्यो । तिमी त्यो कँवर-कुलको कमानमा दीक्षित नेपाली जसले तन्नेरीकोतन, तरुनीको मन सबको दरभाउ बसायो, धन कमायो, कैयौँ ब्याङ्क जमायो ।कुरो बुभ्यौ ?” तर सत्यसत्य मैले कुरो बुझिनँ । मैले मामाको कुरा बुझिनँ ।तर मनको भित्री भागमा चाहिँ के लाग्यो भने- घरबाट ल्यएको पोकोपन्तरोमात्रै नहराएको भए पनि म ठाडै खुट्टाले फर्कन्थेँ घर । तर, अब परियो यताआफू अलपत्र, जहान उता अलपत्र, जो भएको भझिटीझाम्टा पर्न गयो साहकोसत्र ! जे होस्, हामी वीरको साथै उदार पनि त हौँ, दुई-चार जना हामीजस्तास्वदेशीहरू हराएर के भो, कैयौँ 'देशी' हरू नक्कली मयूरभैँ भित्रिदै पनि तछन् के नि ! तर जति सम्झाए पनि मनचाहिँ बिग्य्रोबिग्य्रो, लाहुर बस्नै मानेनर फर्के घरैतिर । त्यसैले, हेर्नोस्, कहाँ लाहुरे बन्न गएको मान्छे अहिलेसम्मदाउरे बनेर भ्याउरे गाउँदै छु ।
वैशाख, २०२१ गोकर्णरचना
लाहुरेको यात्रा संस्मरण / ७९
नेता नम्बर एक सय एक
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताकापातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्निरे, फ्याँते, फोक्से, चुच्चे,नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो ।साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पाटीमाबास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा भिकम्तै छु त्यहीझालेमाले दशाब्दीको ।
म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा मआफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिबडाभनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन ।बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारकोसट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो किआइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।
मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा 'टर' नझुन्डिएकोजागिर के खानु ? किनभने जमान्तै 'टर' को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर,इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाएबस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा 'टर' तझुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तैमकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरूपी छुचुन्द्रोमागणपति लम्केभैँ ढल्किदैढल्किदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमाप्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओह्लदै नमस्कारपूर्वकमैले सोधेँ- “नेताजी कता ?”
“एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले
4० ” भैरब अर्यालका हास्यव्यङ्ग्य
हालसाललाई नेताजी न यता न उता !” नेताजीले नाक मुसार्दै भने । अनिखल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- “ तपाईंजस्तानौजवानले पनि बहीदारमा झुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न ।सेक्रेटरी गराइदिन्छु । अहिलेलाई चिया-चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछिचप-चुस्कीको चमेना पनि गर्नुहोला ।” सेक्रेटरी, हँ ! 'टर' भन्दा पनि ठूलोटरी !! उनको क्रा सुन्नेबित्तिकै के खोज्छन् काना ? आँखो भनेझैँ मलाईलाग्यो र झोला र झन्डा काँधमा हालेर हिँडे त्यहीँदेखि चन्दा उठाउने धन्दामा ।जोजो जेजे चाहन्छन् त्यहीत्यही मिलाइदिन आशा देखाएपछि चन्दा झर्न कतिबेर ! हाम्रो घोषणापत्रमै लेखेको थियो-
“व्यापारीलाई दर, सुकुमवासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजाखानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाईतास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन; पुलिसलाई डन्डा, नेतालाईझन्डा; पन्डालाई भेटी, गुन्डालाई केटी इत्यादि ।”
तर के गर्नु- नेता थिए नम्बर वन, जति चन्दा उठाए पनि आफैँ.च्वाम् । आखिरमा मएर मलाई जङ्बहादुरको पालाको एउटा जडाउरी कोटमाटारिदिए । चौटा खान गएको सम्धि झोलमा डुबेर मन्यो भनेभैँ म हिस्स बूढीहरिया दाँत भएँ । तर उद्योग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्नेसम्झेर तुरुन्तै ज्वाइन गरेँ अर्को पार्टी ।
पार्टीको नाम त के हो कुन्नि, अङ्ग्रेजीमा थियो, तर नेताको नाम भनेरेशमवीर पाँडे हो ! नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्-“तपाई पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाईभनेर अफिससेक्रेटरी गराइदिउँला ।" के गररँ-
“नेताना नेतीनां चैव वचन नैव लंघयेत्,
संसदीये प्रजातन्त्रै पार्टीनितैव ईश्वर: ।”
यही ठानी गएँ उही दिन काम्लोकुम्लो बोकेर देउपुरतिर । तै, घिउबोकेर आउँदै थिएँ, भाग्यमानीको भूतै कमारा भनेझैँ अर्को नेताले समाएरभने- “त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अर्डर मै दिउँलातिमीलाई, मेरो पार्टीको सङ्गठन गर ।" कुरा मलाई ठीकै लाग्यो र थालेँउनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रोमान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डालेलोभ्याएर, कसैलाई डन्डाले सोभ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर,
नेता नम्बर एक सय एक / यप
कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउला भनेर, कसैलाई सुनलाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजीसाथ पार्टीकोसदस्यबुकमा सही गराएँ । यसको फलस्वरूप कैयौँ पटक जुलुस, भाषण,हडताल, पिकेटिङ गरियो । “जहाँसम्म हाम्रो अखिल नेपाल दुःखमोचन पार्टीकोसरकार हुँदैन, त्यहाँसम्म हाम्रो सङ्घर्ष जारी नै रहन्छ” भन्दै सभापति श्रीबकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले योपनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दुःखजतिकालमोचनमा लगी म बगाइदिन्छु ।
नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्,मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्काल्बाङ पनि पाएनन् वा अरू जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको,कतै सालाको पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङचल्यो र म पुगेँ अर्कै पार्टीमा ।
तर त्यो रहेछ गजब पार्टी । जानासाथ मेरो इन्टरभ्यु पो लिन थाल्यो !प्रश्नोत्तर यिनै थिए-
“हूलदङ्गामा तँ कति पटक पक्रिएको छस् ?”
“छैन ।”
“हतियार चलाउन केके जान्दछस् ?”
“जान्दिनँ ।”
“चोरी, रहजनी इत्यादिमा बात लागेको छ कि छैन ?”
“छैन ।"
“परेको बेलामा चर्पीको प्वालबाट भाग्न सक्छस् कि सक्तैनस् ?”
“सक्तिनँ” इत्यादि । अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो-
“चोरीचकारी नगरी चतुन्याइँ हुन्न
दङ्गाफसाद नगरे इजतै रहन्न ।
सोझा र सज्जन कबै नलिनू दलैमा
पार्टी चलाउनु सधैँ छल औ बलैमा ।"
यो सुनेर म अक्क न बक्क परी फर्कै बरैतिर । तर पार्टीको नशाअफिमको भन्दा पनि कडा हुने रहेछ । बाबुआमा गाली गर्थे- पार्टीमा कदनुभन्दापाटीमा एउटा नाङ्ले पसल थाप्नु नि बाबू ? तर के भन्या यस्तो ? नेता हुनेमान्छेले नाङ्लाँ तिलौरी बेचेर बस्नु ? तिलौरीको सट्टा बरु स्वास्नीको तिलरी
५२ ” भैरव अर्यालका हास्यव्यङ्ग्य
बेचुँला नि भनेजस्तो लाग्यो । अनि मैले धमाधम एकपछि अर्को, अर्कोपछिअर्को गर्दै भएजति पार्टी चहारेँ । दुई-चार वटाको नाम पनि सुनिहाल्नोस्-
(१) राष्ट्रिय छलछाम परिषद् ।
(२) अराष्ट्रिय पेडाजुल्फी दल ।
(३) अन्तर्राष्ट्रिय खुर्पा पार्टी ।
(४) अराष्ट्रिय जम्बुक दल ।
(५) सुराष्ट्रिय कन्याखोज मण्डल ।
(६) कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि ।
श्राद्ध गर्दा बिकरलाई घोप्टघाएको दुनो पनि पछि गएर पुरेतले सोभ्याउनलाउँछन्, तर मेरौ घोप्टिएको दुनो कतै पनि सोझिएन । एक सयवटा नेताकोसङ्गत गरेँ, जुत्ता बोके, आखिरमा आएर न यता न उता। त्यसैले 'फोकैशान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो-अखिल नेपाल भस्याङभुसुङ दल' । जसले जे भने पनि आखिर म पनि एउटानेता भैहालेँ । अन्त्यमा, मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भनेबङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोलाअधवा जग खन्ने मुसा, घुरी खोस्रने बिरालाको सिङमा झुन्ड्याइदिए पनिहामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेराको कानमा सुटुक्कभनी पठाए पनि हुन्छ । नोट गरी राख्नोस्- नेता नम्बर-एक सय एक ।
प्रहरी फागुन, १९६५ सन्ह्नैकन्तला
नेता नम्बर एक सय एक ” परे
महापुरुषको सङ्गत
'जब भयो राति, अनि बूढी ताती' भनेझैँ जब कालले पासो हाल्दैल्याउँछ, अनि मान्छेमा ज्ञानगुनको चासो लाग्दै आउँछ । पहिले सालीकाआसक्तहरू पछि कालीका भक्त हुन्छन्, पहिले खन्तीराजमा बदनामी कमाएकाहरूपछि सन्त महाराज भई रामनामी गुन्न थाल्छन् । संस्कारै यस्तै छ । संसारैयस्तै छ । त्यसैले आफू पनि उस्तै । साठी नपुगुन्जेल पाठीको घिच्रो पनिनिमोठियो, लाटीको तिघ्रो पनि चिमोटियो । कसैको घाँटी अँठयाइयो त कसैकोगाँठी जिब्टधाइयो । कतै जोरै हात लम्काइयो त कतै सोह्दै भाइ झम्काइयो ।जब आँट मर्दै र दाँत झर्दै आयो, अनि बल्ल घट्टमा घाम लाग्यो- ए!महापुरुषको सङ्गत त गर्नै पर्ने ! मर्ने बेलामा बूढाबा' ले भनेका थिए- “अरूथोक नसके पनि महापुरुषको सङ्गत त गरैस् है बाबू ! ज्ञानगुन पाइन्छ, स्वर्गजाइन्छ ।”
तर महापुरुष पाउने कहाँ ? यसै त देशको जनसङ्ख्यामा स्त्रीको भन्दापुरुषको सङ्ख्या कम छ । त्यसमा पनि लाहुरे भएर विदेशमै रत्तिएका, दाउरेभएर स्वदेशमै लत्तिएकाको के भाउ ? योबाहेक जति छन् तिनमा पनि जमानाकोजाँतोमा सभ्यताको सातु पिन्दापिन्दै जिङ्ग्राएको भयाउरै छन् । त्यसैले क्रैगर्ने हो भने यहाँ पूरापुरुषको भन्दा लघुपुरुषको सङ्ख्या धेरै होला । महापुरुषकोत कुरै छोड् ।
तैपनि पहिल्यै हरेस खाएर त भएन । त्यसैले एक दिन बिहान टौबामाकौवा नबास्तै गौवाको बासी पानीले पूजा भूजा चामचुम पारेर निस्कैँ ममहापुरुषको सङ्गत गर्ने ।
हाम्रा भेगका लम्वरी पण्डित पनि त महापुरुबै हुन् । उनका नामै मात्रहुँदा हुन्- १०६ । कुराकानी गर्दा प्रत्येक वाक्यमा 'जो छन् सो' जोड्ने हँदा
द४ “ भैरव अर्यालका हास्यव्यङ्ग्य
कोही उनलाई 'जो छन् सो पण्डित' भन्थे । घिउ चिनीबिनाको खाना बोसीकोदाना' भन्ने उनको सिद्धान्त भएकोले कोही भन्थे उनलाई 'घिउ-चिनी बाजे ।'यस्तै, दाँत उछिट्टिएकोले केटाकेटीहरू 'दन्तुरे बा' भन्थे त खुट्टो अलि खोच्याउनेहुनाले ठिटाठिटीहरू भन्थे- 'खुन्तुरे बूढा । जजसले जे भने पनि उनी थिएधर्मशास्त्रका नम्बरी पण्डित । जरसाहेबका खोपीदेखि बाख्रे बूढीको झोप्रासम्मसबै उनका जजमान, सबैकहाँ उनको सम्मान, त्यसैले श्रीगणेशाय नम: मैलेपनि तोक उनकै दलान ।
बूढा जबाँमर्दै हुन्, त्यति सबेरै पुसको ठन्डीमा पनि मन्डी ओढेर चन्डीभटभटचाउँदै गोठमा भुसा काटिरहेका । मैले पाउलागी गरेपछि मन्डी फालेररामनामी बेह्विँदै चिप्लो स्वरमा सोधै- “कताबाट जो छन् सो आइस् त नानी !तीर्थबर्त जो छन् सो त केही आँटिनस् ?” मैले भनेँ- “मर्ने बेलामा केहीज्ञानगुन पाइन्छ कि भनेर हजुरजस्ता महापुरुषको सङ्गत खोज्दै हिँडेको बा !”बूढाले मलाई हप्काउँदै भने- “मने बेलामा त जो छन् सो दसदान गर्नु,वृषोत्सर्ग गर्नु, सप्ताह लाउनु, शय्यादान गर्नु पो पर्छ त जाबा ! दानबिनाकोज्ञान जो छन् सो मकैबिनाको घानजस्तै हुन्छ, बुझिस् !” उनी मलाई नुझाउँदैथिए, नजिकै बाँधेको भैँसीले गोबर लतपतिएको पुच्छर हल्लाउँदै बूढाकोमूखैमा छयाप्प हानिदियो । हत्त न पत्त रामनामीले दाह्टी पुछै, अकस्मात्हाच्छिउँ आएर तमाखुका धूवाँले धैँस्याएका जुँघामा नागपुरे पालिस थोपरिदियो ।त्यही बेला एक जना गाहकी गोरु खोज्दै उनैको गोठभित्र आइपुग्यो । जुँघामुसार्दै बूढाले भने- “हिजो एक जना पिशाचकहाँ जो छन् सो सत्यनारायणकोकथा भन्न गएको, अमिलो ट्वाँक दही जो छन् सो खान दिएर रुघा' जो छन्सो लागिसक्यो ।"
गाहकीले यतिन्जेल गोरु हेरिसकेकोले मोलमोलाइ चल्न थाल्यो । बूढालेएकैचोटि कुरा सिद्धघाउन खोज्दै भने- “शास्त्र जो छन् सो बाहुनले गाईगोरुजो छन् सो नबेच्नु भन्ने लेखेको छ, त्यसैले ५० दिन्छौ भने लैजाक जो छन्सो नत्र म गोरु बेच्तिनँ ।” गाहकीले साह्रै बूढो भएकोले ४५ देखि दिन नसक्नेराय प्रकट गरेपछि बूढाले च्याँड्घिएर कुरा थपे- “अलि बूढो भए पनि जो छन्सो गुजाँतीको खच्चड हो ! कसो नानी ?" आफ्नो मुखतिर ताकेर सही मागेपछिमैले पनि बोल्नै पस्यो । भनिदिएँ- “यस्ता क्रषिजस्ता महापुरुषले पनि ५रुपियाँको निम्ति झूटो बोल्छन् ? गोरु जातकै हो ।” गाहकी भन्दथ्यो- “योगोरुको पनि दाह्ठीजुँघा हुँदौ हौ ता बाजेजस्तै क्रषि देखिन्थ्यो होला ।" यो सुनी
महापुरुषको सङ्गत ८१
रन्किएर बूढा भैँसीलाई भुसा कोच्याउँदै उच्चा स्वरले चतुश्लोकी भागवत पाठगर्न थाले, मचाहिँ जुरुक्क उठेर हिँडे घरतिर । .
ढुङ्गो खोज्दा देउता मिलेभैँ सच्चा महापुरुष त आफ्नै पिँढीमा पोप्रकट भएका रहेछन् । सोझो मनले चिताएपछि 'तँ चिता म पुच्याउँछु' भन्छरे दैवले, नत्र त पशुपतिपुरका स्वामी मेरो झुप्रामा कसरी प्रकट हुन्थे ।
उनका पनि नाम त थुप्रै थिए । सन्तान नभएका आइमाईलाई सन्तानहुने जन्तर बाँध्नमा प्रख्यात भएकोले धेरै उनलाई 'सन्तान गिरी' भन्थे । तरकोहीचाहिँ बाली उठाउन घरघर हिँड्ने हुँदा फटफटानन्द भन्थे त कोहीपार्टीप्रचारमा गाउँगाउँ चहार्ने हुँदा चटपटानन्द पनि भन्ने गर्थे । वास्तवमाउनको सम्कली नाम थियो- स्वामी सद्गुणानन्द षड्शास्त्रोपाध्याय । उनकोखान्की जग्गाको सानु टुक्रा आफूले पनि कमाएकाले आफ्नो त साक्खै तल्सिङपनि ।
महापुरुष प्रकट हुनाको कारण खोतल्दै थिएँ- उनले बालीको कुराझिकेर आफैँलाई हपार्न थाले बा ! आङमा गेरुवा रेशम, हातमा बेरुआ औँठीलगाएका महात्मालाई मैले तिर्नुपर्ने पौँच पाथी धानको त्यत्रो मोह ! तैपनि मैलेआफ्नो मनको बह फोएँ, ज्ञानको निम्ति रोएँ । अनि आफ्ना महापुरुषार्धहरूउनले मलाई निकै सुनाए । एउटा मोहीले दुई पाथी कोदो बुझाउन ल्याएकोथिएन रे, उनको पालो घरैमा गएर त्रिशूल चखाइदिएपछि थुरधुर कामेरभोलिपल्टै ल्याए रे । एक पटक सेठकहाँ उनले यस्तरी गीताको प्रवचन गरे रेकि त्यो प्रवचन सुन्दासुन्दै मुग्ध भएर एउटी आइमाई उनको काखैमा लड्नआइपुगी रे । यसबाहेक उनले कतिपल्ट आफ्नो हातमा आइसकेको मन्त्रीपदछोडेर जनताको सेवा गर्न 'गुठी-बिर्ता संवर्द्धन परिषद्' खोलेको र आगे सालजिल्ला पञ्चायतको चुनाव लडेर आफ्नो संस्थाको अधिवेशन गर्न आँटेको क्रापनि बताए । उनको पुरुषार्थ सबै सुनेपछि मैले पनि उनको संस्थामा सदस्यहुने भाका राखी दहीचिउरा ख्वाउँदै बालीको कुरा छल्न खोजेँ, तर हिँड्नेबेलामा उनले भने- "ज्ञान लेना है तो कल धान लेकै आइए, नहीं तोमोहीयानी मिलेगा दूसरेको ।”
यसरी दुईतिरबाट निराश भएपछि मैले निश्चय गरेँ- गोपी गुरुकै गोडाकिन नसमातूँ ! सक्कली महापुरुष उनी पो त ! राधाको झैँ सिउँदो, रुम्मिणीकोझैँ अलख, दुपीमा अत्तर, जुँघामा कलप, गलामा सिक्री, गालामा फाः, गुरुजीकोवैह्रन घोती र दोसल्ला । कलिमा जन्मेर मात्रै अलि लीला बढ्न सकेन, द्वापरमा
६६ 7 भैरव अयलिका हास्यव्यङ्ग्य
जन्मेका भए कृ्ष्णमाथिका उपरकृष्ण हुन्थे होलान् हाम्रा गोपी गुरु ।
दरबारै भने हुने उनको 'कुटी' मा पुगेपछि आफू त वृन्दावनमा पसेकोमसोजस्तै अक्क न बक्क भएँ । अघिल्तिर कन्या साथमा सधवा, पछिल्तिरसयौँ बढी र विधवा राखेर गोपी गुरु सुनाउँदै रहेछन्- गोपिनीको चीरहरण ।मैले सम्झैं, एउटी आइमाई मान्ने हामी त पुरुष कहिन्छौँ भने यतिका आइमाईलेपत्याएका गोपी गुरुलाई महापुरुष नभन्ने को ? पुराण सकिएपछि गुरुकोचरणारविन्दमा आफ्नो अभागी पुर्पुरो टेकाउँदै मैले भनेँ- “म एउटा ज्ञानकोभोको महापुरुषको सङ्गत गर्ने धोको लिएर आएको छु हजुर ?” पुराणकाभेटीघाटी बटुलेर पोको पार्दै गुरुले भने- “लौ, सधैँ यहाँ आएर भक्तभक्तिनीकोसेवा गर्नू ।" गुरुको आज्ञा हुनासाथ एउटी भक्तिनीले मुज्याएको फरिया दिँदैमलाई भनिन्- “यति पछारेर ल्याइदिनोस् त बूढा बा !” मलाई जङ चलिसकेकोथियो तैपनि सुनेको नसुन्यै गरेर चल्दिएँ ।
अनि मलाई लाग्यो- जसको धनधान्य, उही सर्वमान्य ।' जाउँ कालुसाहूकहाँ नै, क पनि त एउटा महापुरुबै हो ।
अस्तिसम्म नालुको जुत्ता लाएर आलु बेच्न जाने तालु खुइलिएको कालुसाहलाई अहिले ठालु भयो भन्दैमा महापुरुष कसरी भन्नु ? भन्ने तर्क पनिआउला, तर क लघुपुरुष हुँदो हो त लक्ष्मीले कसरी पत्याउँधिन् ! स्वाँठ भएरअरूलाई लछार्ने भए पनि, ट्वाँट पिएर सडकमा पछारिने भए पनि क्याँट हुनेमान्छे महाजनै गनिन्छ । यसको क्याँट कताबाट कसरी बदलियो भन्नेतिरकिन सोचिरहूँ ? यसरी भित्रभित्रका कुरा खोतल्ने हो भने कसका केके देखिन्छकेके ।
घरमा पुग्नेबित्तिकै साहुजीले चुरोट टक्प्राउँदै सत्कार गरेर छोराछोरीलेवैसा उडाइदिए भन्ने दुःख पनि प्रकट गरे । अनि कुरैकुरामा आफ्ना कुराकोबासा खोल्न नपाउँदै उनले साउती गर्दै भने- "म चाहिने जो तपाईंकहाँआउँदै थिएँ, चाइने जो म बद्री दर्शन गर्न चाहिने जो जाने अठोट गरेको छु,चाहिने जो 'पशुपतिको जात्रा सिद्राको बेपार' भन्दछन्, चाहिने जो दुई-चारवटी केटीहरू पाए चाहिने जो लिएर जाँ भनेको, चाहिने जो अचेल उता(?) तिर केटीको भाउ चर्को छ भन्ने सुन्छु । चाहिने जो बाजेले यताउति दुइटीकेटीलाई चाहिने जौ नोकरी लाइदिन्छु भनेर ल्याइदिनुभए चाहिने जो, जोमिलेको आधाआधी गरौँला ।" साहका कुराले म छक्क परेँ । मेरा महापुरुषफेरि भन्दै गए- “चाहिने जो सोफो औँलाले घिउ आउँदैन, चाहिने जो यत्रो
महापुरुषको सङ्गत “ द७
श्वीसम्पत्ति चाहिने जो आलु बेचेर मात्र अथवा चाहिने जो कुटोकोदालो गरेरमात्र चाहिनै जो कमाएको ठान्नुभएको छ ! चाहिने जो लक्ष्मीको ध्यान गर्नेलेचाहिने जो मौकामा गाई पनि, मार्नुपर्छ, भाइ पनि मार्नुपर्छ । चाहिने जोबिरालीको घिउ बेचेर भए पनि बुहारीको जीउ बेचेर भए पनि चाहिने जोढुकुटी भर्नुपर्छ बाजे ! यस कालमा !”
साहका यी कुराले झन् बिरक्त्याए मलाई । अनि सोचेँ- अब यस्ताथोत्राथोत्री केलाउन नलागूँ भाइ ! खोजौँ जमानाअनुसारको महापुरुष । यहीबिचारले रातभरि गम्दागम्दै महापुरुष ठहरिन गए मिस्टर ड्याहाल बौ ।
उनका बानु थिए गणपति दाहाल बाजे भनेपछि निष्ठाकर्ममा नेपालवर्णाएका । उनैका छोरा हिन्दुस्तान छउन्जेल दाहालबाब् भनिन्थे, अहिले अमेरिकागएपछि 'मिस्टर ड्याहाल बौ' भएर फर्केछन् ।
अमेरिकालाई उहिल्यैको नागलोक, अहिलेको कुबेरलोक भन्छन् । त्यस्ताठाउँमा झन्डै दुई वर्ष पढेर आएकालाई महापुरुष नभने कसलाई भन्ने ?
म पुग्नेबित्तिकै उनकी छोरीले भनिन्- “डाडी ब्रेकफास्ट लिँदै हुनुहुन्छ,एकछिन वेट गर्नुपत्यो” तर उसले भनेको कुरो नबुझेर म सरासर माथिउक्लेँ । छोरो पूजाचौकामा बसेर बूढा बाबूले भागवत राख्ने खटियामा पूजासामाहाल्ने तामाको प्लेट राखेर सन्जे भन्दा पानी अचाउने आचमनीले चिकेन पुलाउखाँदै रहेछ । मलाई देख्नेबित्तिकै उसले पनि 'डचाडी ब्रेकफास्टमा, ममी बाधरुममा,तपाईं एकछिन वेट गर्नोस्” भन्यो । म जिल्लिदै थिएँ मिस्टर डघाहाल बौ 'आईसी' भन्दै ओर्ले । ससाना केटाकेटीलाई पनि अङ्ग्रेजीको राम्रो तालिम दिएकोमाम धन्यवाद प्रकट गर्दै थिएँ, उनले भने- “मेरो आइडिया छ, चिल्ड्रेनलाईचाइल्डहूडदेखि नै नेप्लीज ल्याङ्वेज बोल्नै नदिएर इङ्ग्लिस बोलाउँदै लानपाएपछि यिनको प्रोनाउन्सेसन् करेक्ट हुन्थ्यो ।" सबै क्रा नबुझे पनि मैलेबीचबीचमा 'हजुर' भन्नचाहिँ छौडिनँ । त्यताबाट थाले उनले अमेरिकाकोवर्णन । सडक, पर्खाल, रेस्टुराँ, चियाको कपदेखि लिएर टेलिभिजन रटेलिस्टारसम्मको बर्न सिद्धघापछि दुःख प्रकट गर्दै उनले भने- “के गर्नु र !यहाँ एउटा हिटर र एउटा रेफ्रिजेटर पनि पाइन्न । नेपाल एउटा कन्डी नै हैनबुभनुभो ?” मैले ठाडो उत्तर दिएँ- “बुझेँ ।” अनि उनले नेपाललाई उन्नतिशीलगराउने हो भने यीयी योजना बनाउनुपर्छ भनी आर्यघाटमा बाँध बाँध्नेदेखिलिएर चाँगुको ढिस्काबाट रकेट उडाउनेसम्मका उनका योजना सुनाए । दुईघण्टा अमेरिका माहात्म्य, दुई घण्टा आफ्नो पुरुषार्थ, दुई घण्टा योजना, दुई
घय ” भैरब अर्यालका हात्यव्यङ्ग्य
घण्टा स्वदेश र संस्कृतिको निन्दोचर्चौ, दुई घण्टा अरू फाटफुट कुरा गरिसकेपछिउनले भने- “आई सी, तपाईं किन आउनुभएथ्यो सोध्नै बिर्सेछु ।” त्यही केलाउनकी नयाँ दुलहीले चिया ल्याइ्हालिन्, फेरि चल्यो दुलहीको परिचय । किनर कसरी ल्याइयो भन्ने विवेचना । उनी रहिछन् इन्डो-अफ्रिकत केटी, पहिलेकता एयर होस्टेस थिइन् रे, पछि पहिलो लभरले धोका दिएकोले कुन्निकुनचाहिँ धर्डक्लास होटेलमा बसिरहेकी । देशी दुलही भएकीले एउटा धम्मरधुसकोछोरो नाफा पनि आएको रहेछ उनलाई ।
यी सबै कुरा सुनेपछि आधुनिक महापुरुषको सङ्गत पनि ज्ञानगुनकैहुने रहेछ भन्ने ठानी आफ्नो कुरो नखोलीकन म फर्के । फर्कदै थिएँ, नयाँ-सडकमा हात समाउन आइपुगे चरिचुच्चे काजी । अघिअघि महापुरुष खोज्नमान्छे पशुपतितिर जान्थे, अचेल नयाँसडकमै जस्तो खोज्यो उस्तै मान्छेपाइन्छन् । झन् उनको त स्थायी अस्थायी दुवै ठेगाना नयाँसडक भनिदिएहुन्छ । ुचुच्चेचुच्चे अनुहारका चरिचुच्चे काजीलाई नचिन्ने मान्छे विरलै होलान् ।उनी के हुन् त भन्ने भन्दा के होइनन् त भन्ने प्रश्न पहिले उठ्छ । नेताहोइनन् भनूँ, कतिवटा पार्टीको .प्रचारमन्त्री चलाइसके, अभिनेता होइनन् भनूँ,चारवटा नाटकमा विदूषकको पाठ खेल्ने उनै । कवि होइनन् भनूँ, कवि-सम्मेलनमा उनकै डाँको ठूलो, विद्वान् होइनन् भनूँ, जुन बेला भेटे पनि उनीट्युसनमा जान लागेको भन्छन् । यति मात्र होइन, नुझक्कडमा उनी यतिसम्मथिए कि, वदु टोलदेखि गुच्चा टोलसम्म कसकसका घरको हालत के छ, कस-कसको ल्याकत के छ, सबै उनलाई सधैँ कण्ठस्थ । बोलक्कड यति थिए किआफू बोल्न लागेपछि बिग्रेको रेडियोझैँ चार घण्टासम्म एकनास भटभटाइरहन्थे ।अब यस्तो बहुमुखी प्रतिभासम्पन्न मान्छे भेट्टाएपछि म अर्को महापुरुष खोज्नकहाँ गइरहुँ भन्ठानेर मैले भनेँ- “अहो काजी ! म तपाईंलाई खोज्दै हिँडेको ।”काजीले फुरुक्क परेर भने- “लौत,' उसो भए एक कप चिया ख्वाउनोस् !”गङ्गाजलले सूर्यलाई अर्घ्य भनेझैँ महापुरुषलाई एक कप चिया को नख्वाउँदोहो!
रेस्टुराँमा पुगेपछि उनले चिया मात्र होइन चाउचाउ, चमचम, चप,चिकेन आदि चौध धोकको आर्डर गर्दै गफ छाँट्न थाले । आफ्नो साइकिलकोट्युब पड्केकोदेखि लिएर हिरोशिमामा अणुबम पड्केको गफसम्म छाँटेसकेपछिउनले भने- “तपाईंले किन भेट्न खोज्नुभएको हो कुन्नि, मलाई अहिले
महापुरुषको सङ्गत ? 4९
मन्त्रीकी छौरीलाई पढाउन जान बित्यो, कृपया भोलि यसै बेला यतैतिरभेट्नुहोला |” उनको चाला देखेर एकछिन त म जिल्लै परेँ, तर महापुरुषलाईएक पेट मजैसँग आफ्नो पैसाले खुवाउन पाएकोमा सन्तोष पनि लाग्यो । उनीहिँडेसकेकाले पैसासैसा तिरेर बाहिर निस्केको, 'साइकिल चोर, साइकिल चोर'भनी कराउँदै सबै दगुर्न थाले । एकछिनपछि हलमा पसेर हेरेको त आफ्नैमहापुरुष पो साइकिल चौरमा पक्रिएछन् । एक पटक त माया पनि लाग्यो, तरके गर्नु, फुटपाथमा साइकिल अड्याएर किनमेल गर्न लागैकी एउटी महिलाकैसाइकिल उडाएछन् चरिचुच्चे काजीले त । महापुरुष ठानेको मान्छेले कुदाउनैपरे पनि कमसेकम मर्दाना साइकिल त कुदाउनुपर्थ्यो, हेर विचित्रता भन्नेसम्झँदै आधारातमा घर पुगेँ । अघिपछि भएको भए त्यस बेलासम्म भातकृहाएबापत बूढी पन्यूँ लिएर झम्टन्थी होली, तर अहिले त महापुरुषकोसङ्गतमा लागेको उसलाई थाहै थियो ।
कहिलेकाहीँ जहानबाट पनि महान् क्रा निस्कन्छन् भन्थे, नभन्दै घरकीबूढीले एउटा जड कुरो झिकी- “महापुरुष खोज्न पनि लुखुरेले केटी खोजेझैँजहाँ पायो उहीँ लरखराएर हुन्छ ? पस्नुपर्छ सिंहदरबार ।” कुरा ठीकै हो । पढे-गुनेका र देखे-सुनेका जति बढुलिने ठाउँ सिंहदरबारबराबर अन्त कहाँ होलार ? फाईँफुट्टीराज मन्त्रीदेखि सुइँखुट्टीदास पालैसम्म उहीँ पाइन्छन् । त्यसैलेहोला मर्न आँटेको स्याल पनि सिंहदरबारभित्र पस्न पायो भने एकछिनलाईसिंहै बनेर गर्जन्छ भनी अनुभवीहरू भन्छन् । त्यस्तो ठाउँमा पुगेपछि महापुरुषपाइन्न कि भन्नु त स्वर्गमा देवता पाइयोनन् कि भन्नुजस्तै असम्भव शङ्काहो । त्यसैले आनेकाने कौनै कुरा नहेरी भोलिपल्ट पसेँ उहीँ ।
पस्न त पसिहालेँ तर कताकता ! सर्दारसाहेबको दाह्रीमा पसेको जुम्राभैँघरी यता घरी उता गर्दागर्दै आधा दिन त्यसै बित्यो । अलकापुरीमा कुनदेवता, कुन जनता भनेझैँ सबै बडेबड्ेमानका टेबुलअगाडि राखी गजवकागणेशफ्ँ गजक्क परिरहेछन्, अब कुनचाहिँ महापुरुषलाई समात्ने हो! तैअजिङ्गरको आहारा दैबले पुच्याउँछ भनेझैँ एउटा कोठामा झुलुक्क देखिए“हुक्के सुब्बा ! हुन त उनी अहिले सुब्बा मात्र होइन, सुब्बाभन्दा माथिकाउपरसुब्बा भैसकेका थिए । तर उहिल्यै सिमसिमे मन्त्रीको पालामा उनकोहुक्का समातेर सेवा गरेबापत एकै पटक सुब्बाङ्गगी पाएकाले अझै उनलाईभन्थे हुक्के सुब्बा । हात मल्न र 'हस्' बोल्तमा उनको नाम चारभन्ज्याङभरिप्रख्यात थियो, त्यसैले आफ्ना लोकदेखि ससुराली लोकसम्म हक्के सुब्बा आए
९० / भैरव अर्यालका हास्यव्यङ्ग्य
भनेपछि गरिबगुरुवा, राँडी, विधवा सबै थर्कमान हुन्थे । कमाइ पनि घागडान,जमाइ पनि घागडान भएका यस्ता साहेबलाई छाडेर अर्को महापुरुष कोखोजिरहोस् भनी म पुगेँ उनकै अगाडि । तर कुर्सीकुर्सीमै तेसिएर स्वप्नलोकमापुगेका रहेछन् । अफिसरजस्तालाई अफिसैमा निदाए भन्नु कसरी ? हुन सक्छमध्याह्नकालीन समाधिमा थिए हुनन्, महापुरुष न ठहरिए । त्यसैले समाधिमाबाधा पारिदिनु ठीक छैन भनी म ठडिएरै कुरिरहेँ, उनी तेर्सिएरै घुरिरहे, निकैबेरपछि आँखा माड्दै उतको समाधि टुट्यो । चुरोट टक्य्राउँदै मैले दर्शन गरेँ ।
उत्तले मलाई नचिनेका त होइनन्, तैपनि महापुरुषले जो पायो उसलाईकहाँ सम्झिराख्छन् र ! सबै नाउँगाउँ सोधे, मैले नालीबेली लगाइदिएँ । आलपिनलेदाँतको लुई कोट्याउँदै उनी भन्न धाले- “कहाँ भन्नुहुन्छ तपाईंको मन्त्रचलाउने ल्याकत र हिम्मत भएको मान्छेलाई तपाईंको दर्जा परिरहेछ चानचुने ।त्यसैले तपाईंको काम गर्ने जाँगरै चल्दैन ।” त्यसपछि ०७ सालदेखि ०१६सालसम्म कुनकुन मन्त्रीले उनलाई कस्तोकस्तो स्याबासी दिए भन्ने बेलीवृत्तान्तसुनाउँदै साहेबले फेरि भने- “के गर्नु, तपाईको जागिर सरकारी भए पनितपाईंको समस्या छ तरकारीको, आफूले तपाईंको नमीठो खाइएन । अचेल तझन् काउलीसाउली भए दुई मुढीको जाउली रुच्छ, साग भए तपाईंको भागबस्न पनि मन लाग्दैन ।” यो भूमिका छाँटिसकेपछि उनले भने- “तपाईंकोघिउ अलिकति किन्न पाए हुन्थ्यो...।" उनी भन्दै थिए चारको घण्टी लाग्यो, दुवैजना उठ्यौँ, त्यताबाट ढोकामा नआइपुग्दै एउटा पिउनले आएर उनलाईचिठी टक्ग्रायो । चिट्ठी हेर्नेबित्तिकै बिचरा कालोनीलो मुख लगाएर डडङ्रङ्गलिडे बरन्डामै । पछि पो थाहा पाइयो... तहबिलको पैसा मासेर तबेला बनाएबापतउनलाई भ्रष्टाचारको पुर्जी आएको रहेछ ।
दरबार पसे पनि घरबार बसे पनि फसादको दशा उत्तिकै । त्यतिकामहापुरुष भेट्वाउँदा पनि चित्त बुझाउन नसक्ता मलाई एक दिन भवाट्ट लाग्यो...म स्वयं पनि त एउटा महापुरुष हुँ, नभए महापुरुषको यो धुइँधुइँती खोज किनचल्थ्यो ? अनि मन बल्ल शान्त भयो । यहाँदेखि बिहान उठ्नेबित्तिकै यी प्रसिद्धआउ महापुरुषहरूको मैले पाठ गर्ने गरेको छु । तपाईंहरूले पनि नबिर्सनुहोला ।
सिंहनाद पौष ०२०, गोकर्ण
महापुरुषको सङ्गत / ९१
जय भुँडी
व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिँलेख्न भुसुक्कै बिर्सेछन् । वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशकोयुगमा तैँले कसरी सम्भिस् ? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बूढीआमाले भट्ट सम्झाइदिइन् । साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाटदृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरू पुराणको प्रारम्भमा 'शारदायै नमः'भनेजस्तै पुराणको सुरुमा म भन्दछु- बूढी आमायै नम: ।
परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारकोनिमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्बदेशीयर सर्वधर्मीय पुराणको नाम हो- 'भुँडीपुराण ।' भुँडी विश्वको सर्वोच्च देवीहुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिदेव महादेबले पनि मान्नुपरेको थियो ।हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्ध हुन् कि कन्फ्युसियस हुन्सबै देवात्माहरू भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन् । महर्षि हुन् किमार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरू भुँडीमै निर्मित भएर देखापरेका हुन् । वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँतेहुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्मभुँडीबाटै भएको हो । अलेक्जेन्डर हुन् कि चङ्गोज खाँ हुन्, लिङ्कन हुन् किलेनिन हुन्, नेपोलियन हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायणशाह हुन्, सबै नेताहरूको उद्गमस्थल भुँडी हो । त्यसैले भुँडी जीवनकीनिर्मात्री र विश्वकी अध्िष्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणी मात्रको प्रमुखकर्तव्य हो ।
भुँडीको पूजाविधि देख्नलाई त्यति 'झन्झटिया छैन, किनभने हाम्रा अरूदेवदेवीलाई जस्तो चन्दन, अबिर, सिन्दूर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत
₹२ ४ भैरव अर्यालका हास्यव्यङ्ग्य
छैन । उनलाई त केवल जल र नैबेद्य भए पुग्छ । तर जल र नैवेद्यका प्रकारर मात्राहरूचाहिँ विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठचारो न भीमसेनपूजा हुन्छ, न भगवतीपूजा । जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो,तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि ।अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन । त्यस कारण,यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धतिपढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ । यो पुराणमात यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ । नैवेद्यको अभावमा वाकमीमा, नैवेद्यको हेलचेक्य्राइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन् । शङ्कररिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साक्खैआमा पर्ने महामाता भुँडी रिसाउँदा के होला के नहोला, आफैँ कल्पना गर्नसक्नुहुन्छ । विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको क्रादेखिलिएर विश्वका कैयौँ नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीलेमच्चाएका घम्साघम्सी र ध्वंसाध्वंसी कसलाई थाहा छैन र ! यसैले ज्ञानमाजति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्या जति पढे पनि, बृद्धि जति जडेपनि आखिर सबै चुलिँदै गई 'ओं' बन्छ भनी क्रषिहरू भन्थे, तर मलाई लाग्छ-त्यो एउटा अक्षर “ओं' होइन 'आँ' बन्छ । यसकारण प्रत्येक बिहानै 'कुखुरी काँ'को साथै प्रत्येक घरका केटाकेटीहरू मुख बाइहाल्छन्- 'आ' ! अनि रातोरातोजल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरुगर्नुपर्छ । घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्,ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् वा घाटैमा होस्, आखिर जहाँ भएपनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथैव च ।
आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम: ॥”
भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पच्यो भने आफ्नो भुँडीरिसाउनुभन्दा पहिले घरकी बूढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तसिङ्गल भुँडी त हो नि । नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ । आखिरगनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङ्गा भुँडी र बूढीकोभुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साढे सातभन्दा कमभुँडी पाइन मुस्किल छ । अनि कतिको भुँडीपूजा कतिपल्ट गर्ने ? त्यसैलेकोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थेँ ।
जय भुँडी : ९३
हो पनि, मान्छेलाई त्यो झन्झट नपरेको भए क सत्यवादी हुन्थ्यो, सदाचारीहुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पर्थ्यो, आकाश उतार्थ्यो । तर मलाईलाग्छ- यी केबल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सृत्थ्यो- कुम्भकर्णसुतेक्नैँ । अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो ।
सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमाउनको अंश नभएको हुँदैन । अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतारहो । कसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ । त्यसैले मान्छे उखानगर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ । नभन्दै गोसाईंथान जानेयात्रु हुन् वा अन्तरिक्षका यात्रु हुन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नैपर्छ । कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेकोहोस् मुख्यतः सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ । गधाझैँ लादिनपरोस् बा गाईभैँ दुहिन परोस्, कुक्रभैँ दैलैदैलो ढुक्नुपरोस् वा लाटोकीसेरोभैँरातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भनेघरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काटनुपर्छ ।आखिर सत्य कुरो यही हो- 'येनकेन प्रकारेण उदर॑ परिपूरयेत् ।' सबैले थाहापाएकै छन्- यही भुँडीपूजाको लागि हाम्रा कैयन् पुर्खाले परचक्रीको दैलोकुरे । हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके । अझै कैयौँ बुढिया रदुलही नानीहरू भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरूकोप्रतीक्षामा आँखा तान्दै छन् ।
त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ । अर्कोशब्दमा प्रत्येक भुँडी मिलेर देश बा समाजको विशाल भुँडी बन्छ र बिशाल-बिशाल पनि जुद्दा भुँडीको विराद् रूप बोध हुन्छ । उस्तै र उत्रै भए पनिप्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहरू विभिन्नकिसिमका हुन्छन् ।
यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्नसकिन्छ ।
तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी । सकेसम्म अरू साराको भाग.आफ्नै भुँडीभित्र घोप्टचाएर दुनियाँमा भुँडीवादको सिद्धान्त लाग् गर्न हाँडीघोप्टेभुँडी सबैँ हाँडीजस्तै मुख बाइरहेको हुन्छ । कर्म न कुकर्म, सर्म न बेसर्म, धर्मन अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरूहाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन् ।
१४ / भैरव अर्यालका हास्यव्यङ्ग्य
दोस्रो छ घ्याम्पे भँडी । जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनिस्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ । तेस्रौ हो- टाकतटुकन भुँडी । जसलाईतैवेद्य जुटाउन सत्रतिर दाह्वा डिच्च्याई टाकनटुकन नगरी हुँदैन । यिनकोअतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ । हाँडीघोप्टे रघ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरू यहाँ मात्र होइन, पृथ्वीकोभुँडीभरि 'ठाउँ न ठहर, धोको न रहर” भै भकुन्डिरहेका छन् । कति वानरकोफौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि । भुँडीकोनैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेरल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरूले हाँडीघोप्टे भुँडीझै हाउडेभुँडीमा पस्नुपरेथ्यो । यी कथाहरू सम्झेर सम्भिनसक्ना छन् । एसिया, अफ्रिकाकाकैयौँ टाकनटुकन भुँडीहरूले अफ्नै पश्चिम फर्केर 'भवतिभवति गहुँ मे देहि'भनी प्रार्थना गर्न छुटेको छैन ।
सबलाई थाहा छ- बीसौँ शताब्दीको विराट् भुँडीले सुरसाको मुखबनाएको छ । मान्छे हनुमान्झँ आकाशपाताल चहारेर कति नै ठूलो आङफुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीकोमुखमा जीरा हुन्छ । कसलाई थाहा छैन र ! भुँडीकै लागि समुद्र तरेकाभारतीयहरू भुँडीकै भाग नपुगी लड्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोलेजुगजुगदेखि 'ब्रहमाको मुलुक' पसेका नेपालीहरू भुँडीकै समस्याले बर्माबाटफर्काइँदै छन् । बु -
भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गतन्यो के गरेन,बयान गरी साध्य छैन । सुरुमा काँचा तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेलेआज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो ।तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भक्राभक्र गर्नथाले । बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाध्याम्पा जधै, कोही हाँडीघोप्टे हुन पुगेत धेरैजसो ठन्डाराम भै भकुन्डिए । आखिर अरबौँ ठन्डाराम भुँडीहरूले रुन्चेस्वरमा चिच्च्याउनुपन्यो । भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ । फलस्वरूपमार्क्सले भुँडीपृजाको समान पद्धति सोचे, भुँडीवालहरूले उनलाई उडाए, तरआखिर कतिपय देशका ठन्डाराम भुँडीहरूको ध्यान त्यता नगराई छोडेन ।
यसैयसै गरी करोडौँ ठन्डाराम हाँडीहरूले भारतमा सर्वोदयको सपनादेखे भने लाखौँ ठन्डाराम हाँडीहरूको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ । तैपनि हाँडीघोप्टै र घ्याम्पे हाँडीहरू
ज्ञय मुँडी / ९१
ड्यारङ्यार-डरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझ्ैँ नाक बजाउँदै छन् ।तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरूको माझमातिहुँ खोज्न लागे भने उनीहरूको जुगानुजुगदेखि टन्किएको भुँडीले मादल रदमाहाभैँ बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ । कुराको जरो यही हो ।
मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ । जुनदिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्यपाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौँ महापुराणकोरूपमा मेरो भुँडीपुराण कसो नजोडिएला त ?
जय भुँडी ।
९६ / भैरव अर्यालका हात्यब्यङ्ग्य
ब्रह्माको प्रयोगशालाबाट
उफ्, नवनिर्मित हिमालको चुचुरोमा घ्याच्च बसेर ब्रह्माजीले सुस्केराहाले । “कतै आकाश छोला जस्तो अग्लो, कतै पाताल छोला जस्तो गहिरो,कति मिहिनेतसाथ बनाएको पृथ्वी यस्तो औडे र खौडे :” जतिसुकै तानतुनगर्दा पनि पृथ्वीको तह मिल्न नसकेकोले ब्रहमाजी बाजेलाई साह्रै दिक्कलाग्यो । उनले सम्झे- आकाशको सतह मिलेको छ, पातालको मिलेको छ,तर उनैले बनाएको पृथ्वी मात्र यस्तो अबतारको भयो ।यो तह नमिलेको माटाको सतहमा अब म के सृष्टि गरुँ, तह मिलाउननसन्नेले नयाँ सृष्टि गर्ने किन खोज्नु भनी मलाई के मेरै रचनाले गिज्याओइनन् ?”ब्रह्माजी आत्मग्लानिले द्ववित भए । एक फेरा फेरि सुय्य सुस्केरा हालेरमनमनै भने- “भैगो, तह त मिलेन, दह्रो त हुनुपर्थ्यो, बलियो त हुनुपर्थ्यो, एकझोक्का चल्यो भने जगदेखि धुरीसम्म थर्र काम्छ, अलि ठूलो कम्प भयो भनेचर्ल्यामचुर्लुम भएर फुट्न के बेर ! चरक्क चिरिएर फाट्न के बेर ! यो पृथ्वीनै यस्तो अग्लो-होचो छ भने यहाँ बस्नेहरूको गति कस्तो होला, पृथ्वी नैयस्तो लुलो छ भने यहाँ बाँच्नेहरूको गति कस्तो होला ।आफूले बनाएको घर बाङ्गोटिङ्गो र कमजोर देखेर खिन्न भएकोडकर्मीले क्रँ, आफ्नो चित्र बिग्रेर हताश भएको चित्रकारले झैँ अथवा आफ्नोआविष्कार खोजेजस्तो नहुँदा उदास भएको वैज्ञानिकले झैँ आफ्नो सिर्जनास्वरूपपृथ्वीलाई लक्ष्य गर्दै ब्रह्माजीले भने- “धिक्कार होस् ।”तर निकैबेरपछि चुलीमा चलेको हिमाली हावाले बूढा ब्रह्माको विरक्तिएकोमन शान्त भएर आयो । आत्मशमन भयो । अनि उनलाई लाग्यो- “ठीक छ,यो पृथ्वी यस्तै होस्, तह नमिलेकै होस्, चुरो धरमराएकै होस्, तर म यस्तोप्राणी बनाउँछु जोसँग विवेक हुनेछ, बुद्धि हुनेछ र बर्कत हुनेछ । उसको नाम
ब्रहमाको प्रयोगशालाबाट ” ९७
राख्नेछु 'मान्छे' । अनि यो तह नमिलेको पृथ्वीलाई त्यही मान्छेले सम्म पार्नेछ,जग बलियो पार्नेछ, अनि यसैमा स्वर्गका सम्पन्नताले सिँगारेर मेरो सिर्जतात्मकधोको साकार गर्नेछ । हो, साँच्ची म मान्छे बनाउँछु- प्रबल र प्रबुद्ध शक्ति रसीपको समन्वय गरी म आफूभन्दा उम्दा उत्तराधिकारी मान्छे बनाउँछ ।”ब्रहमाजी आफ्ना सेता दाह्री मुसार्दै एक पटक मुस्क्राए, अनि जुरुक्क उठेरओर्लिए बँसीतिर ।
हिमालय पर्वतका वरपर घुमेर ब्रह्माजीले एक भारी सुन, एक भारीवञ्ज, एक भारी सिमलको भुवा इत्यादि धेरै थोक सरसामान जोडे । अब उनलेबनाउनु थियो मान्छे- उसले उनको तह नमिलेको पृथ्वीलाई सम्म पारीमिलाउन सकोस्, अनन्तअनन्तसम्म त्यही सतहमा सृष्टिको शृङ्खला शाश्वतराख्तै नेतृत्व दिन सकोस् ।
सुनका लाप्सा पिद्तापिट्तै उनलाई शङ्का लाग्यो- 'मान्छै त बनाउनलागेँ, कथङ्कदाचित् प्राण भर्न सकिएन भने ! बरु एउटा सानो परीक्षण गरीहेर " अनि त्यहीँ छरिएको धूलोधालो एक मुठी उठाएर उनले पानीमा मुछे ।त्यही हिलोमा एउटा छहरा काटकूट पारी जोर खुट्टा, जोर पखेटा र चुच्चासहितकोएउटा प्राणी बनाए । जीउभरि भुवा टाँसदुँस पारी सुन-तामा पगालेको 'फोलमाएक पटक रङ्गाइदिए । उनको रचना साँच्चै विचित्रको भयो । ब्रह्माजीआफैँलाई पनि हाँसो उठ्यो । तर अचम्म मान्नुपर्ने केही थिएन, किनभनेगमला बनाउनुभन्दा पहिले चक्र ठीक छ कि छैन भन्तेर जाँच्नलाई कमालेलेएउटा छन्द न बन्दको घैँटो बनाई हेरैजस्तै प्रयास थियो यो व्रह्माजीको ।त्यसैले त्यस जीवनको चुच्चो र पिँध दुवैतिरबाट उनले प्राण फुकिदिए ।फुक्ताफुक्तै पख्रेटा फटफटाउँदै जन्तु एक फेरा बेसरी चिच्च्यायो- “कुखुरीकाँ ।”
ब्रह्माजी मुसुक्क हाँसे, प्राणदान दिन सक्छु भन्ने कुरामा उनलाई पक्काविश्वास भयो ।
0 0 क ८ ३
हिमालयको एउटा गुफामा रहेको ब्रहमाजीको प्रयोगशाला आज खचाखचथियो । एकातिर वज्ज छाँटेर बनाइएका हात, खुट्टा, टाउको, ढाड, करङ इत्यादिसामानहरू एकअर्कोमा जोड्न हुने गरी बडा कलापूर्ण ढङ्गले काटेर थुप्प्राइएकाथिए, अर्कोतिर सुन पगाल्ते काम हुँदै थियो । एक्ला ब्रहमाजी कता हेरून्, कतानहेरून् । सबभन्दा चम्किलो मणि छानेर आँखाको बान्की मिलाउँदै थिए उनी ।
& ८ बैरव अर्यालका हास्यव्यङ्ग्य
सब सामान ठीक भयो । एकछिनपछि उनले जड्ने काम पनि थाले ।आफ्नै जस्तो चारैतिर चार मुख जडेपछि उनलाई लाग्यो- यत्रो तह नमिलेकोपृथ्वीलाई तह मिलाउनुपर्ने हुनाले हातगोडा पनि चचारकटै किन नराखिदिउँ ?
कहिल्यै नखिइने गरी बनेका बज्र पिजरमा सुनको मसल, मणिकाआँखा, पाराको गिदी र सिमलको भुवाको मुलायम दिल जडिसकेपछि उनलेसोचे- 'मेरो मान्छेलाई स्वर्गतिर उड्ने पखेटा पनि चाहिन्छ ।' नभन्दै मान्छेउनले चिताएजस्तै रूपमा बन्यो । खुसीले गद्गद हुँदै प्रत्येक अङ्गप्रत्यङ्गछामेर ब्रह्माले जाँचे, सबै तन्दुरुस्त । अहिले नै पखेटा फटफटाएर उड्लाजस्तो, अहिले नै गोडा सरसराएर हिँड्ला जस्तो, अनि अहिले नै जिभ्रो फट्कारेरबोल्ला जस्तो । कस्तो कालिगडी उनको, ब्रह्माजीले आफैँलाई एक चोटिधन्यबाद दिए ।
एकछिनपछि नवनिर्मित मान्छेको प्रतिमालाई गुफाको दैलामा ठड्याएरअङ्गअङ्गबाट उनले प्राण भरे । अब मान्छे पूरा भयो, ब्रह्माको धोको पूराभयो । उनलाई खुसीको सीमा रहेन । अब एक फेरा बोलाइ पनि हालूँ न भनीखुबै वात्सल्यपूर्ण स्वरमा उसतिर फर्केर ब्रह्माले बोलाए- “मान्छे बाबू ! एमान्छे बाबू !” तर मान्छे बोलेन । स्वर अझ ठूलो पार्दै उनी फेरि चिच्च्याए-“ओ मान्छे !!" तैपनि क बोलेन । ब्रह्माको निधारमा चिटचिट पसिना आयो ।हातखुट्टा पग्लिए । उनले बनाएको त्यति राम्रो मान्छे, त्यति बलियो मान्छेचुइँक्कसम्म बोलेन, हरे !
ब्रह्माको साहस एकै पटकमा किन सेलाउँथ्यो । भोलिपल्ट उनकाप्रयोगशालामा अर्को मूर्ति ठडियो । तर अघिल्लाको सुनको मसल थियो भने योथियो- त्रिमुखी । उस्तै भव्य, तब अलि हलुका मूर्तिलाई गुफाको आँगनमाउभ्याएर ब्रह्माले बोलाए- “मान्छे बाबू ! ओ मान्छे बाबू !” फेरि उसका तीनैमुखबाट कुनै आवाज निस्केन । दोस्रो प्रयोग पनि विफल हुँदा ब्रह्मा साह्रैहतासिए । आफ्नो प्रयोगशालामै आगो लगाएर जाँ तपस्या गर्न भन्ने 'फोकपनि उनलाई उठ्यो । घ्याच्च बसेर सुय्य सुस्केरा हालेपछि उनलाई लाग्यो-अब एक पटक इस्पातको पिंजरमा तामाको मसल राखेर प्रयोग गरी हेरै त !अबको पालिमा पखेटासखेटा पनि नजड्ने, मुख पनि अघिल्तिर र पछिल्तिरदुइटा मात्रै राखिदिने उनको ठहर भयो । सोहीबमोजिम भोलिपल्ट तेस्रोप्रयोगस्वरूप तामाको मान्छै ब्रहमाको अगाडि उभियो । उसै गरी ब्रह्माले प्राणभर्दै बोलाए- "मान्छे बाब् ! ए मान्छे बाबू !” मान्छे अहिले पनि बोलेन !
ब्रह्माको प्रयोगशालाबाट ” ९९
“तै रिन तै रिन बूढी बाखी किन्"- यही कुखुराको सुलीको बनाई हेर्छुभनी ब्रह्माले रन्कँदै कुखुराको सुली थुपारे । सुनचाँदी गालेको अगेनाबाटअलिकति खरानी झिकेर त्यसैमा मुछै अनि मामुली काठको एउटा औडेखौडेअस्थिरपन्जर ठीकठाक पारेर त्यही मिस्कट हिलो थोपरथापर पारी अर्को मूर्तिठड्याए, एकाएक लल्याकलुलुक हुने हातखुट्टा, एकापट्टि मात्रै मुख, आङभरिझुस, टाउकोमा जगल्टा, मुख र आँखाको माझमा बडो चुच्चिएको नाक,साँच्चै मूर्ति अकबरी खालको भयो । छ्या: कस्तो विरूप मूर्ति, यस्तो पनिमान्छे होला ? एकतिरबाट सास भर्दै गयो अर्कोतिरबाट फुसुफुसु फुस्कलाजस्तो । कस्ताकस्ता बोलेनन्, अब यो भयाउ बोल्ला त ! ब्रह्माजीलाई आफ्नोचौथो प्रयोगदेखि साह्रै घृणा लाग्यो । जस्तो औडेखौडे पृथ्वी उस्तै औडेखौडेमान्छे : मिल्छ त मिल्छ नै, धन्य ब्रह्मे बूढा ! तेरो दाह्ठी पनि अब सिनित्तखौरेर यही मान्छेलाई बकस दिए भयो । उनी आफैँ आफैँलाई खिज्याउनथाले । कथड्कदाचित् यो विकृत मूर्ति बोलिहाल्यो भने अर्को एउटा जोडा पनिबनाइदिन्छु र प्रजननको शक्ति दुवैलाई आधाआधा पारेर बाँडिदिन्छु । अनिझन् रमाइलो हुन्छ । मान्छे छुसी सिङ्गो हुँदाहुँदै पनि आधा हुन्छ । त्यसो भएआफूलाई फेरि मान्छे बनाइरहने झमेला पनि पर्ने भएन- इत्यादि सोच्तैब्रह्माले त्यो कार्टुन मूर्तिमा प्राण भरे ।
बोल्ला भन्ने आशा त रौँजति पनि थिएन तैपनि विधि पुन्याइदिँदैमा केहोला त ! भनी कान्लामाथि टुसुक्क वसेर अचेलका धनी मानिसले नोकरलाईबोलाएझैँ बेवास्ताको स्वरमा बोलाइदिए- "ओ मान्छे भाते !”
ब्रह्माको आवाज खस्न नपाउँदै मुन्टो निहुराएर मूर्ति बोल्यो-
म्ज्य ।”
बाजेको दिमाग झोकले तिलमिलायो । उसले बोलेको आफ्नो उपहासगरेको जस्तो उनलाई लाग्यो । त्यसैले मान्छेले 'ज्यू' भन्नासाथ ब्रहमाजीलेझोकले भने- “मरेस् मोरा !!"
अब भएन के ! उसै त कुखुराका सुली र खरानीले बनेको कार्टुन मूर्ति-मान्छे, त्यसमाथि मर्ने सराप पायो भने कता पृथ्वीको सतह मिलाइदेला भन्नेब्रहमाजीको सपना; कता यस्ता गाईजात्रे रचना ।
मगज सङड्केको बूढाभैँ ब्रह्माजी खितितिति हाँस्तै बेपत्ता भए । उनकोउपहासात्मक प्रयोग मान्छे एकपछि अर्को गर्दै त्यही औडेखौडे पृथ्वीमा जन्मन्छमर्छ; जन्मन्छ मर्छ ।
१०० ” धैरव अर्यालका हास्यव्यङ्ग्य
नपत्याए कन्याई हेर्नोस् प्रत्येक व्यक्तिको आङबाट एक प्रकारको छारोउड्दछ, जसमा कुखुराको सुली र खरानीको मिस्कट हुन्छ ।
देउराली (नेपाली लोककथामा आधारित)बैशाख २०२०, गोकर्ण
ब्रहमाको प्रयोगशालाबाट १०१
पख्नोस्
०७,
“पख्नोस्, एउटा लेख दिउँला ।”
'पख्नोस्'- उही चिरपरिचित शब्द ! उही पत्यारलाग्दो आश्वासन !उही झुलाएर फुलाउने बोक्रे बढत्व !!
तपाईंको कन्सिरी तातेर आयो होला, होइन ! तर, डर नमान्नुहोस्कन्सिरी जतिसुकै .ताते पनि तपाईंको जीउमा आगलागी भैहाल्ने छैन ।भियतनामका बौद्ध भिक्षुले झैँ तपाईंले ज्यूँदै डढेर मर्नुपर्ने छैन । किनभनेनेपालमा रक्तकाली प्रकट भैसकेकी छन् ।
जे होस् ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईंलेमसित माग्नुभएको, तर पटकैपिच्छे ,मैले 'पख्नोस्' भन्दै आएको छु, पर्खाएकोछु । सम्पादकजस्तो मान्छेले पनि जमिनदारकहाँ क्रण माग्न गएको जैरै काहिँलोभझैँपटकैपिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जङ चल्नु स्वाभाविकै हो ।जङ्गिँदाजड्गिँदै जङ्गबहादुरै बने पनि के लाग्छ र ! अर्काको हातबाट कुनैकाम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईंले पर्खनुपर्छ । चिल्लोशब्दमा तपाईंले धैर्य गर्नुपर्छ । अझ भनूँ भने झुल्नुपर्छ, धाउनुपर्छ- पर्खनुपर्छ ।सभ्य शिक्षितहरू चिल्ला शब्द प्रयोग गर्छन्, थाङ्ने, माग्नेहरू खसा शब्द,फरकचाहिँ यत्ति हो । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।
भनूँ भने, मान्छेले राम्ररी जानेका क्रिया नै पर्खनु र पर्खाउनु हो । यो केबकन्याइ छाँट्न लाग्यो भनी तपाईं जिल्लिनुहोला, तर पख्नोस्, तपाईं आफूमात्रै पर्खिरहेको नठान्नुहोस्, तपाईं अहिले जुन बेला मसित लेख पर्खिरहनुभएकोछ, यसै बेला यत्तिखेरै कहाँकहाँ, कोको, केके पर्खिरहेका होलान् त ! लौमनमिटर घुमाउँदै जानोस् ।,
यसै बेला यतिखेरै कपुरीकान्त कार्की कान्लामाथि बसेर माइत गएकी
१०२ / भैरव अर्यालका हास्यव्यङ्ग्य
कार्किनीलाई पर्खदो हो । खस्याङखुसुङ खोलाका खबटानन्द खतिवडा खाटमाथिपल्टेर ख्वाडख्वाङ खोक्तै डाक्टर खुक्रीराम खत्रीलाई पखँदो हो । गाना सुन्नगाएकी गीतादेवी बेला नभैसकेकोले गजक्क परेर रेडियो भएनिर पर्खदी हो ।घटसिंह घले घट्टमा घैयाको प,ठा पिँध्न गएको, पालो नपाएर उँघीउँघी पखदोहो । जङ्गबहादुर डोलेसित लहस्सिएकी सुश्री नाकथोप्ली मैयाँ भन्याङमुनिङिच्च मुख लगाएर उसैलाई पर्खदी हो । चम्रेलबाबू चाक्सी किन्न पठाएकोचोर चतुरे चार घण्टा भैसक्यो आएन भनी पर्खंदा हुन् । छत्रजङ्ग छातानहुनाले छत्रपाटीको छ्यापीपसलमा पानी रहला र हिँडुँला भनी पर्खदा हुन् ।जरसाहेबकाँ जागिर माग्न गएको जगन्नाथ जैसीदेबलको छिँडीमा उनकोबाटो कुरी पर्खदो हो । झाडा लागेको झसवीरेकी बुहारी, झटपटसाथ टट्टीगएकी, भित्र अर्कै मानिस देखेर बाहिरैपट्टि पर्खदी हो । गोरुसिङ्गे 'अ' जस्तोलट्टक अचाको नाति सिद्रा बेच्न देउपाटन गएको वनकालीमा बाँदर देखेरफरक्क फर्की गौशालाको बस पखँदो हो । ल भन्नोस्, नाम, काम र ठामकोपछि नलागेर जबाफ दिनोस् कै यी सब सम्भाव्य पर्खाइ होइनन् ? नेपालकोमात्र कुरा नलिङँ भने मनमिटर अलि टाढाटाढा नै पुग्याइदिनोस् ।
यस बेला यत्तिखेरै तानाबाना भिरेर ताइपेहमा जम्मा भएका तोर्मेसिपाहीहरू विपक्षीको तालुमा तारो हान्न पर्खदा हुन् । थाइल्यान्ड पुगेकाथाकखोलाका थाक्सेहरू अमेरिकी सैनिकको अड्डामा थुनिएर रिहाइको आदेशपर्खदा हुन् । दलाई लामाका दलालहरू दानापुरमा दाना सिद्धिएर देवताकोनाम बा दाम कमाउन देश फर्कने दाउ हेर्दै देवाधिदेबको दैलामा दण्डवत्गरीगरी परखँदा हुन् । धक्कुबाजका धुरन्धर धम्मरधुसहरू पेरिसको धोके क्लबमासाफसित रक्सी धोकेर बाटबाटैमा ओछ्थान लाउन आआफ्ना जोडीको मन्जुरीपखँदा हुन् ।
ल, अब कति भनूँ, नपुगेको भए फेरि मनमिटरलाई जताजता पर्छ,उतैउतै छोड्नोस्- यस बेला यतिखेरै पोल्यान्ड जान लागेका पाँडेजी पालमएयरपोर्टमा पासपोर्ट जँचाएर 'पाइप' पिउँदै प्लेन पर्खदा हुन् । फर्सीजङ्गसुब्बा फैजावादको प्लेटफार्ममा फत्तेपुर जाने रेल पर्खंदा हुन् । बाटुली बराल्नीलाहर गएको पोइ कहिले आइपुग्छ भनी पखँदी हो । भाटभटेनी बस्ने भुँडेकाजीभद्रेकालीनिर आफ्नी रखौटी पर्खंदो हो । मास्कोमा वैज्ञानिकहरू उडिरहेकोस्पुतनिक मरुभूमिमा खस्ने भो भनी आँखा तानेर पर्खिरहेका होलान् ।
ओहो !! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो । तपाईंलाई
पछ्नोस् / १०३
कति भरको लाग्यो होला हकि ? तर साह्रै नै झर्को लागेको भए त एक सर्कोचुरोट तान्नोस् । अनि तपाईं नै भन्नोस् को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ?त्यसैले दार्शनिकहरू जति घोत्लिइरहन्, वैज्ञानिकहरू जति घोट्टिइरहन् मलाईत लाग्छ- बाँच्नुको पर्याय नै पर्खनु हो । सोझै कुरा गर भने पनि हेर्नोस्, दसौँमहिना आमाको एकमाने भुँडीमा गुँडुल्किएर नपर्खी तपाईंले पृथ्वीदर्शनपाउनुभएन । दसौँ दिन कुनामा गुटमुटिएर नपर्खी तपाईंले सूर्यदर्शतको साइतफेला पार्नुभएन । यसरी नजन्मेदैखि पर्खदै आउनुभएको तपाईंले सायद किशोरभएपछि विद्यालयमा शिक्षकलाई कैयौँ दिन पर्खनुभयो होला । बैँस लागेपछिबाटाको छेडोमा, बारीको डिलमा, या बिग्रेको पाटीमा प्रतीक्षाका गीत गुनगुनाईदिनको बाह्रौँ घण्टा पर्खनुपत्यो होला- आफ्ना केटी साथीहरूको गुलियो भाकामा ।यसरी पर्खाइबाटै सुरु भएको तपाईं-हाम्रो जिन्दगी यता र उता, यसलाई रउसलाई पर्खदा आज कताबाट यहाँ आइपुगेको छ, तपाईं पर्खने र म पर्खाउनेहुनुपरिरहेको छ । मान्नोस्, मैले आज लेख दिएँ तर भोलिदेखि तपाईंको पत्रिकाकहिले निस्कने हो भनी मैले पर्खनुपर्छ । एकमहिने भनेको चार महिनामानिस्कने नेपाली पत्रिकाको बानी नजान्ने को छैन ? भनूँ, एक न एक दिनतपाईंको पत्रिका निस्किहाल्यो, तर भोलिपल्टदेखि पुरस्कार लिन आजआजभोलिभोलि भन्दाभन्दै कैयौँ दिन तपाईंले झुलाउनुहुन्छ, पर्खाउनुहुन्छ ।
आफू जुम्राजस्तो जुम्सो छ, अनि कामको सट्टा कुराले टार्न खोज्छ भनीतपाईं गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुनपनि हो, म अचेल साह्टै जुम्सो भएको छु । बरु के तपाईं पत्याउनुहुन्छ ? योजुम्स्याइँको जन्मदाता पनि यस्तै जङचल्दा पर्खाइहरू हुन् । साँच्चै भनूँ भनेमेरो दुनियाँ झन् लम्स्याङलुम्सुडको छ । मेरो जमाना झन् जम्स्याङजुम्सुङकोछ। मैले थाहा पाएदेखि म परखदो छु । काममा गएकी आमालाई, चाकरीमागएका बाबुलाई, पाठ दिने गुरुलाई, प्यार दिने आइमाईलाई, जागिर पाउनेआश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई, बिदा दिनेनिर्देशकलाई, पैसा दिने मालिकलाई, लुगा सिउने दमाईलाई ।
यी सबै पर्खाइको पछिल्तिर मेरा सयौँ सपनाहरू पर्खिरहेछन्, इच्छा रआकाङ्क्षाहरू पर्खिरहेछन् । म केही गरुँ, केही बनूँ, केही दिउँ भन्छु, तर योअसीमित डृष्टसिद्धको लागि यतै पर्खनुपर्छ, उतै पर्खनुपर्छ, यतै झुल्नुपर्छ, उतैधाउनुपर्छ, दोष कसलाई ? जब जमाना नै यस्तो जुम्सो छ कि जर्मन एकीकरणकोप्रश्न क्राक्रैमा पर्खिरहेछ । पैँसद्ठी करोडको चीनलाई एउटा साधारण सदस्यताको
१०४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य
लागि राष्ट्रसङ्घले पन्धौँ वर्षदेखि पर्खाइरहेछ । धेर कुरा किन ? सुरुदेखि सत्य,समता र शान्ति पर्खदै आएको मानिस आज झन् विषमताको विषले बौलाहिरहेछ,झन् अशान्त भइरहेछ । बुझ्नै सकिँदैन- आणविक हतियारमा प्रतिबन्ध लगाउनेकुरोमा किन सबैको लम्स्याङलुम्सुड हो, भौतिक उन्नति यति तीव्र भैसक्योतैपनि दुई गज र दुई गाँसको निम्ति जिन्दगीभर पर्खनुपर्ने । यो कस्तोजम्स्याङजुम्सुङ हो ।
अब तपाईं मात्रै पर्खनुपन्यो भनेर किन पट्टाउनुहुन्छ जब तपाईंलाईनपर्खी सुखै छैन । त्यसैले मान्नोस्- पर्खाइदेखि डराउने पलायनबादी हो,पामर र पानीमरुवा हो । जुन आदर्श आज म तपाईंका अगाडि छाँद्तै छु,भोलि तपाईं मेरा अगाडि छाँदनुहुन्छ । वास्तवमा तपाईं पनि पर्खन चाहनुहुन्न,म पनि पर्खन चाहन्नँ । हामी दुबै चाहन्छौँ एउरा त्यस्तो दुनियाँको सिर्जनागरौं जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ! झुल्याएर फुल्याउने,लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् । तर समस्या त उही नै हो-जतिसुकै बलियोसँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन,पर्खनुपर्छ । त्यसैले त म लस्याङ्लुसुङ गरेर भए पनि घरी यता धाउँछु, घरीउता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्स्याङजुम्सुङ गरेर भए पनिपर्खिरहेछु र तपाईँलाई पनि भन्दै छु- पर्खनदेखि पट्टाउनु पलायनवादिता हो ।
मेरो पर्खाइ-पुराण त अहिल्यै के सकिन्थ्यो र ! तर अब कतिबेर पर्खाकैँ,तपाईंकी श्रीमती (सम्पादक्नी) ज्यू घरमा तपाईंलाई पर्खिरहेकी होलिन् । आउँदैगर्नुहोला, धाउँदै गर्नुहोला, पख्नोस्, कुन न कुनै दिन म पनि एउटा लेख लेख्नेप्रयास गरुँला, तपाईंको पत्रिकामा छाप्न दिउँला ।
लौ त, नमस्तै !
सिंहनाद कार्तिक २०, गोकर्ण
पख्नोस् ” १०५
पशु- पशुपति र मान्छे
साँढेको नेतृत्वमा गएको पशुहरूको प्रतिनिधिमण्डलले एक दिन बिहानैपशुपतिको दक्खिन ढोका घचघच्यायो । पशुपतिले प्रसो हेरेका मात्र कै थिए,जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो- “तपाईं पशुकापति भएर पनि हामी पशुहरूमाथि कुनै वास्ता गरिदिनुभएन । 'तपाईंलेपुलपुल्याइदिँदा आज मान्छेले गर्नुसम्म गरिसक्यो । रिसानी माफ हुन्छ भनेहामी समस्त पशुहरूको एउटै आवाज छ- मान्छे मात्तियो, मात्तियो तर पशुबिचरो आत्तियो ।”
यो मोरो पशुको जा.., 4, . पनि रङ्ग त ढङ्गको कचकच गर्नआउँछ भन्ने ठानी पशुपतिले झर्किएर सोधे- “आखिर तिमीहरूको समस्याक्या हो?”
साँब्चैले भन्यो- “हामी फाँटको फाँट मडिया मार्ने साँढेजातिलाईकान्जीहाउसभित्र थुनेर दुई मुठा परालमा बाँच भन्छ- आजको स्वतन्त्रताप्रियभनाउँदो मान्छे ।” साँढेको कुरामा संशोधन थप्तै गोरुले भन्यो- “होइनहजुर ! वास्तविक मर्कामा परेको पशु त अझ म पो छु । जमिन जोत्नेको हुन्छभनी नारा लाग्दछ तर जमिनको खास जोताहा मलाई मुखमा पेरुङ्गोबाँधिदिन्छ- आजको समाजवादी मान्छे ।” साँढे र गोरु आँखा पल्टाउँदै थिए,वानर उफ्रेर पशुपतिका अगाडि पुग्यो । उसले अर्जी गन्यो- “हामी विश्वकासमस्त वानरजाति घरबारहीन छौँ, तर हाम्रो यो समस्या हेरिदिँदैन- आजकोविश्वबन्धुत्वबादी मान्छै ।” यत्तिकैमा रौँडा र ग्राहको संयुक्त डाँको सुनियो-“हामीलाई जङ्गल र जलमा पनि चुपचाप बाँच्न दिँदैन- आजको शान्तिवादीमान्छे ।”
ओहो ! सुन्दासुन्दा पशुपतिको कानै टट्टायो । उनले च्याँट्टिएर भने- “यो
१०६ ” श्वैरव अर्यालका हास्यव्यङ्रय
सब तिमीहरूका बकबास हुन् । मान्छेमाथि मेरो पूरापूरा पत्यार छ। ककहिल्यै पशुभैँ मात्तिँदैन, क उत्ताउल्याइँ जान्दैन ।” पशुपतिको कुरा काद्तैपशुराज सिंहले भन्यो- “होइन हजुर ! हामीसित चोखो बल छ, तर मान्छेसितबिटुलो बुद्धि छ, बुद्धिभित्र छल छ । त्यसैले मान्छे भस्मासुर भैसक्यो, आज रकआफूबाहेक कसैलाई पनि गन्दैन, स्वयं पशुपतिलाई पनि पशुले मात्र पत्याउनेपाषाण पो ठान्छ ।”पशुपतिजीले पशुहरूका कुरा सुनी दिक्क भएर सोधे- “त भन नआखिर तिमीहरू के चाहन्छौ ?” साखुल्ले भएर अघि सर्दै ब्वाँसोले भन्यो-“अरू हामी केही चाहँदैनौं हजुर ! यो मान्छेको जातलाई हाम्रो जिम्मालगाइदिनुपन्यो । यिनीहरूले तपाईंकै टाउको खान लागिसके ।” “व्यर्धै केकोफिक्री ? मात्तिएको मान्छेलाई हात्तीले तह लगाउँछ ।” दाद्वावाल हात्ती कड्क्यो ।तर पशुपतिको चित्त बुझेन । उनले भने- “मैले कत्रो दुःख गरी पाले-पोसेका,सिकाए-सधाएका मान्छे अब म पशुको जिम्मा दिँ ? स्पुतनिक युगबाट केफेरि म जङ्गली युग फर्काउँ ?- यो हुन सक्तैन । पशुभन्दा मान्छे कहिल्यैनजाती हुँदैन ।” बूढी गाईले नम्रतासाथ भनिन्- “हो हजुर ! मान्छेलाई अबतहमा राख्ने हो भने यसको जिः 2 पशुलाई नै दिनुपर्छ । मान्छेसित केवलआसक्ति बाँकी छ, शक्ति छैन, आक्रोश बाँकी छ, प्रेम छैन । आशङ्का बाँकीछ, विश्वास छैन ।” गाईको पनि यस्तो कुरा सुन्दा पशुपतिको मनमा अलिकतिचिसो पस्यो । पशुपतिले गम्भीरतासाथ सोधे- “आखिर तिमीहरूसित यसकोप्रमाण के छ त ? प्रमाणबिना अर्कालाई दोष लाउन पाइँदैन- बुभ्यौ ?”मुखामुख गर्दै पशुको प्रतिनिधिमण्डल चुप लाग्यो । अन्त्यमा बिदाइको सलामगर्दै गधाले भन्यो- “प्रमाण एक मात्र होइन, हामी हजारौँ लिएर आऔँला ।”बाहिर आएर पशुहरू मान्छेका करतुतका सबुद खोज्न थाले । कोही.पुस्तकालयतिर गए त कोही वाचनालयतिर, कोही वेधशालातिर गए त कोहीगए सैन्यशालातिर ।१ १ १एक दिन पशुपतिको प्राङ्गणमा पशुहरूको कचहरी थियो । स्पष्टीकरणदिन मान्छेको प्रतिनिधि पनि उपस्थित थियो । सयौँ हात्तीहरूले रासका रासपुस्तकहरू पशुपतिका अगाडि राख्तै भने- “मान्छेका दिमागको एउटा करतुतयही हो, जसको कारण आजको मान्छे बौलाएको छ ।" पशुपतिले एउटापुस्तक पल्टाएर सर्र पढे, पुस्तकमा कसरी अरूलाई उछिनेर आफू अघि बढ्ने,
प्शु- पशुपति र मान्छे / १०७
कसरी मान्छे फकाउने, कसरी छकाउने र कसरी बहकाउने इत्यादि कुराथियो । पशुपतिले आँखा अलि तरेर नजिकै बसिरहेको मान्छेलाई सोधे- "योक्या हो ?” मान्छेले फुर्तीसाथ जबाफ दियो- "यो पुस्तक हो- राजनीतिकोपुस्तक ।” पशुपतिले अर्को पुस्तक पल्टाएर, त्यसमा कसरी सम्पत्ति धेरै कमाउने,कसरी बचाउने इत्यादि कुरा थिए । मान्छेले बतायो- “यो अर्थशास्त्र ।"पशुपति पुस्तक टिप्तै गए, मान्छे भन्दै गयो- "यो व्यापारशास्त्र, यो आधुनिकदर्शन नित्सेको, यो मनोविज्ञान फ्रायडको, यो डार्बिनको थ्योरी, यो योगवाशिष्ठ,यो धम्मपद, यो बाइबिल, यो इजरा पौन्डको कबिता, यो क्यामुको कथा,यो.. ..",पशुपतिले जिभ्रो कादतै भने- “यी सब किन: ? किन यी सब ? पशुठीकै भन्छन्- बुझिस् मान्छे ! तँ बौलाहा भइछस्, धेरै मात्रामा बहुलाइसकिछस् ।अब लैजा यी सारा कसिङ्गर । ए वानर हो ! च्यातिदेओ यी सारा थाड्नाहरू ।”मान्छे जिल्ल पत्यो । युगानुयुगदेखि उसले गर्दै आएको चिन्तन, मनन, मन्धन,आविष्कारको सम्पूर्ण राशि पुस्तकप्रति पशुपतिको यत्रो कुदृष्टि । आखिर पशुपतिपशुकै पति रहेछन्- यिनलाई मान्छेको दिमाग कति गहिरो र व्यापक छ- केथाहा ?
यत्तिकैमा एक वधान तकुर बिराला र मुसाहरूले अखबारको ठेलीलगेर पशुपतिको समक्ष थुप्प्राए- त्ञाम्राज्यवादी अमेरिकाले भियतनामलाईध्वस्त पान्यो'- पशुपतिले अखबार एक-एक गरी पल्टाउँदै गए- 'बिस्तारवादीचीनले भियतनाममा खुट्टो घुमायो', 'मङ्गलग्रहको तस्बिर खिचियो', 'अल्जेरियामासैनिक विद्रोह, 'रूसको नयाँ राकेट, जोन्सन र देगालको भनाभन', 'जनकपुरचुरोट कारखानाको प्रगति', 'कलकत्तामा लाठीचार्ज', 'बलिंनमा गोलीहानाहान “यी सब के हुन् ?” रातो मुख लगाउँदै पशुपतिले सोधे । “यीअखबार हुन् हजुर ! दिनदिनका समाचार, विचार छापिने अखवार ।” पशुपति-“के यिनमा सब सत्यसत्य छापिन्छन् :” “सत्य त सत्यै हुन्, तर आजकोमान्छेको अगाडि सत्य गणितजस्तो छैन । देशदेशका आफ्ना सत्य, दलदलमाआफ्ना सत्य ....।" मान्छेले ब्याख्या गच्यो, पशुपति रन्किए । अखबारहरूलाईधुजाधुजा पारेर पशुपतिले भने- “विग्रेछौ मान्छेहो ! तिमीहरू पक्का विग्रेछौ ।”
“अँ, यो के हो नि ?”- वाघभालुहरूले सकीनसकी बोकेर ल्याएकाहातहतियारतिर नियाल्दै पशुपतिले सौधै । चितुवाले भन्यो- “हामीलाई हिस्रकजन्तु भन्तेर हेलाँ गर्ने मान्छेले मान्छेमाथि नै प्रहार गर्न बनाएको यो बन्दुक, योतोप, यो क्षेप्यास्त्र, यो एटम बम... ।” "धिक्कार !!" पशुपतिले लामो सुस्केरा
१०८ “ भैरव अर्यालका हास्यव्यङ्ग्य
हाल्दै मान्छेलाई धिक्कारे । सारा पशुहरूले कुनैले खुट्टा बजारेर, कुनैले सिङतिखारेर र कसैले जुरो हल्लाएर भने- “कसो भो !" मान्छेले अँध्यारो मुखलाएर स्पष्टीकरण दियो- “यी सब संहारको निम्ति होइन, सुरक्षाको निम्तिहामीले निर्माण गरेका हौँ, शक्तिसन्तुलनको लागि बनाएका छौँ........।”
“गाय्यौ सुरक्षा !” भनेर अझ रन्कँदै पशुपतिले पशुहरूपट्टि फर्केर भने-“लैजाओ, अब मलाई वास्ता छैन- यी मान्छेहरूको बुद्धि र बठ्याइँ पाएँभन्दैमा मात्तिने र पात्तिने यी उत्ताउलाहरूलाई अब तिमीहरू नै जे गर्छौंगर ।” यति भनेर पशुपतिले मान्छेलाई फेरि भने- “जा, तँ पशुको पछि लाग्-अब मलाई कसैको वास्ता छैन, म समाधिमा पसेँ ।”
“हाम्रो समाजमा त यसलाई ल्याउन हुन्न, यसले भित्रभित्र बम बनायोभने......... टि 2
“हो हो ल्याउन हुन्न, यसले पशुका छाउराछाउरीलाई पनि पुस्तकपत्रिका पढ्न सिकाएर बिगारिदियो भने..."
“केही पशुहरू कराए । तर लुरुक्क परेर मानिसले आफ्नो बचेखुचेको
मौलिकता पोली पशुका समक्ष आत्मसमर्पण गस्यो ।आषाढ, २०२२
सगुन . लायकुसाल
पशु- पशुपति र मान्छे १०९
अमरावती कान्तिपुरी नगरी
«यहाँ छउन्जेल कहिले डिद्ठा-विचारीसित बिन्ती बिसाउँदैमा बित्यो,कहिले उड्स-उपियाँको नाचगान हेरेर भ्यालखाना रुङ्दैमा बित्यो, कवितालेख्ने कत्रो घोको हुँदाहुँदै पनि मन फुकाएर मनग्गे ठेली लेख्नै पाइएन........।”
स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशीपार्कमादुसुक्क बसेर अफसोचको एक सुस्केरा हाले । उर्वशीपार्कको रमिता बयानगरिनसक्नुको थियो । त्यसमाथि बिर्के टोपी र छड्के पछ्यौराले कसिएका' निकैपुखला भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदिचपलाअबलाहरूको चनमते आँखा र छनमते कम्मर कसले हेरिदेओस् ! त्यसैलेअपशोचको सुस्केरा हाल्नेबित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले-
कतिको बनिता कतिको रमिताअब लेख्छु याहिँ बसी कविता ।
स्वर्गङ्गाको सिरसिर बताससित भानुभक्तको स्वरसितार पनि जबबग्न थालेको थियो त्यहाँ उपस्थित सारा यक्ष, अप्सराहरू सपेराको बाँसुरीमाझुमेका नागनागिनीझँ अधवा भनूँ, कृ्ष्णजीको मुरलीमा लद्टिएका गोपगोपनीझैँहेरेको हेन्यै भ्रृहाले । आशुकवि भानुभक्तलाई न मूड चाहियो, न कलम नै, त्यसदिनदेखि कविता रच्न थालेका, रच्तारच्तै कति शरद् बिते, कति वसन्त बिते,उनलाई पत्तै भएन । धेरै वर्षपछि एक्कासि उनको मुखबाट निस्क्यो-
अमरावती कान्तिपुरी नगरी ।
अनि पो भानुभक्त आफ्नो काव्य-निद्राबाट झल्याँस्स ब्युँफझे । टक्कअडिएर पल्याकपुलुक हेर्न थाले । केही सम्झैजस्तो, केही खोजेजस्तो उनकोमुद्रा देख्ता सबै निकैबेर चकित भए । तर कविजीले आफैँ उठेर पर्छिल्तिरफर्की समूहलाई सोधे- “होइन, यहाँ कान्तिपुरीबाट आउने कोही छ ?”
११० “ भैरव अर्यालका हास्यव्यङ्ग्य
कहिल्यै नसकिने अलका मार्क चुरोटको धूवाँ बुड्बुड्ती उडाउँदा पल्लोछेउमा पलेटी मारिरहेका मखिबुट्टे टोपीवाल भलादमीले जुरुक्क उठेर भने-“म पनि कान्तिपुरबाटै आएको तपाईंको चेलो हुँ । गुरुजी, मेरो नाम लक्ष्मीप्रसाददेवकोटा हो ।” भानुभक्तले दङ्ग परेर अँगालो मार्दै सोधिहाले- “त्यो मेरोप्यारो पुरी अचेल कस्तो छ हँ ?” चुरोटको लामो सर्को तान्दै देवकोटाजीलेभने- “तपाईंको पालाका भन्दा त कताकता सुन्दर छ । मैले आफ्नो 'मुनामदन'मा पनि मन फुकाएर प्रशंसा गरेको छु, साँच्चै रमणीय छ त्यो गुरुजीकोअलकापुरी । म आउँदै त त्यस्तो थियो भने मैले छाडेको पनि भैसक्यो पाँच-छ वर्ष ।"देवकोटाको कुरा सुन्दा भानुभक्तलाई तुरुन्त ओह्लिएर एक पटककान्तिपुरको सैर नगरी भएन भन्ने लाग्यो । तर जाने कसरी ? उनी बिलखबन्दमापरी गुनगुनाउन थाले-॥ कतिका दिन याहिँ बिते सुखले,कतिका कविता रचिए मुखले ।अब झल्झल भो म भुलैँ कसरी,अमरावति कान्तिपुरी नगरी ।रामायणकार भानुभक्त भानुका मात्र भक्त थिएनन्, रामभक्त पनि हुनेभ्ैहाले । रामभक्तिको प्रताप कति अलौकिक हुन्छ भन्ने कुरा त हनुमानकोचरित्रबाट प्रस्ट छँदै छ । जुन भक्तिको प्रतापले हनुमानूले त्यत्रो सागर उडेरतरिदिए, त्यत्रो लङ्का पुच्छरमा आगो लिएर जलाइदिए, त्यत्रो द्रोणाचल पर्वतहत्केलामा राखेर ल्याइदिए । त्यसै भक्तिको प्रतापले हाम्रा भानुभक्त पनिकसरीकसरी एक दिन दुप्लुक्क बालाज्यूमा उत्रन आइपुगेछन् । १०० वर्षभन्दाअघि मरेको मान्छे यहाँ आउला भन्ने कसलाई विश्वास लाग्ला र ! तर कसैलेपत्याए पत्याङन्, नपत्याए नपत्याकन् मैले भन्न खोजेको कुरा यत्ति हो- एकदिन आफ्नो प्यारो अलकापुरी हेर्न हाम्रा आदिकविजी आइपुगोछन् काठमाडौँमा ।त, बालाज्यू बाइसधारा उद्यान देख्नेबित्तिकै उनी एकछिन त जिल्लारामैपरे, झन्डै यो त अमरावतीको अप्सराउद्यानजस्तै पो छ ए ! भानुभक्तलाईखपिनसक्नु खुसी लाग्यो र तुरुन्तै टोपी झिकेर एउटा बेन्चमा पल्टिए, पल्टिनु,के थियो कबिताको मूल फुटिहाल्यो-यति दिनपछि फेरी बल्ल बालाज्यु देख्याँ ।पृथिवितलभरीमा स्वर्ग हो जानि लेख्याँ ॥
अमरावती कान्तिप्री नगरी “ १११
तर नगिचै औद्योगिक क्षेत्र थियो । त्यहाँका नयाँनयाँ भवनबाट निस्केकाघार्रघुर्रै आवाज एवं धुवाँको मुस्लोले गर्दा उनको कविता पूरा हुन पाएन ।उनलाई के लाग्यो भने अप्सरा आएर यहाँ यस्तो रमणीय उद्यान बनाइसकेछन्,बिश्वकर्मा आएर त्यहाँ त्यत्रो औद्योगिक क्षेत्र खोलिसकैछन्, लम्फू त मै मात्ररहेछु- अहिलेसम्म आफूलाई अत्तोपत्तो थिएन । तर वीणा र हतौडा एउटैखटियामा सजाएजस्तो उद्यान र उद्यमस्थान एउटै ठाउँमा गाँसेको चाहिँउनलाई अलि चित्त बुझेन । तैपनि कान्तिपुर अब केबल प्राकृतिक क्रान्तिलेमात्र होइन औद्योगिक क्रान्तिले पनि अकैँ ढङ्गमा बदलिन लागेजस्तो भानुभक्तलेअनुभव गरे । त्यसैले उनको कविता पनि यस्तरी फुट्यो-कहिँ घर्घर ज्यावल-मेसिनको,कहिँ चिर्बिर गान् रसिला चरिको ।हरियो गहुँ झुल्दछ फाँटभरी,अलकापुरि कान्तिपुरी नगरी ॥यत्तिकैमा केही युवायुवतीहरू जोडाजोडी मिली उद्यानभित्र पसेकालेकविता रच्तारच्तै भानुभक्तजीका आँखाचाहिँ ठ्याक्क युवतीको टाइट हिपतिरलाग्न पुगेछन् । आमै ! यी केटीहरू नागकन्या त होइनन् ! लवाइ र हिँडाइ तठ्याम्मै उस्तै छ बा, हेर्दै राम्ररी ! भानुभक्तको सम्पूर्ण ध्यान उनीहरूकै वक्र-भङ्गिमा र भाव-भङ्गिमातिर पुगेर अड्यो । युवकहरू पनि माथिमाधिफुकिफुकाउ तलतल कसिकसाउ देख्ता भानुभक्तजी झन् दङ्ग परे । हुन तत्यहाँ अरू पनि बालक, बूढा, गृहिणी सब थिए, तर ठिटाठिटीको नृत्यलीलामाती त केबल आफैँजस्ता दर्शक मात्र । आखिर उनलाई के लाग्यो भने काठमाडौँकोठाउँ मात्रै आाँघुरिँदै गएको होइन, मान्छेको लवाइ पनि साँघुरिँदै काँचुली नैबनिसकेछ । रसिक भानुभक्तलाई यो परिवर्तन झन् रोचक लाग्यो र कबितापनि फुटिहाल्यो-कटि कूच कसी हिँडन्या युवती,चलन्या पथमा नलजाइ रति ।सँगमा छ युबा-दल ओरिपरी,अमरावति कान्तिपुरी नगरी ।साँझ परिसकेकोले त्यहाँ धेरैबेर बस्ता आफ्नो कवितामा अश्लील दोषपर्ला भन्ने ठानी उनी जुरुक्क उठेर उद्यानबाहिर निस्के । साझा यातायातकोहरियो बस पनि ठ्याक्क त्यहीँ रोकिइरहेको रहेछ । सबै पसेको देखी उनी पनि
११२ / भैरव अर्यालका हास्यव्यङ्ग्य
पसे त्यैमा । पस्न त पसे, तर बस्न भने घुइँचोले दिएन । “कान्तिपुरीमामान्छे पनि निकै बढेछन् ए, यतिका मान्छै खान्छन् पो के ?” -उनको दिमागमाअर्को प्रश्न रिङ्न आयो । तर त्यत्रो हलमूलमा प्रश्न के रिङ्न पाउँथ्यो, उत्तीआफैँलाई रन्न रिडाएर हत्त्याउँदै एउटी पुषतीको छेउमा पुन्याइदियो । उनकोकाखमा एउटा रहरलारदो कुकुर पनि थियो ।
नारीसित नारिएर बस्न भानुभक्तको नैतिकताले मानेको त होइन, तरघुइँचोमा एउटा सानो छेउ पाएकोले आपद्धर्म सम्झी उनी दुसुक्क बसिहाले ।तर बस्नेबित्तिकै उनलाई घुच्चा ख्बाउँदै युवतीले सातो खाइन्- “महिलादेख्तादेख्तै टाँस्सिन आउने नकचरो लुठो कहाँको !” भानुभक्त जिल्ल परे ।भर्खरै मात्र पार्कमा छिल्लिएर हिँडेकी आफ्नै आँखाले देख्ने भानुभक्तले अहिलेनगिच बस्ता मर्दले छुनै नहुने जस्लो गरी छाँटा पारेको सहन सकेनन् रकाखको कुकुरलाई औँल्याउँदै उनले सोधिहाले-- "होइन, मैयाँकी त्यो कृक्रपनि महिला नै होकि ?”
“तँलाई के बास्ता !” भनी युबतीज्यू फेरि सातो खाँदै थिइन्, त्यसै बेलाबसले चाहिँ जञोल्टिङ खाइदियो । बसभरिका मान्छे माझीको पेरुङ्गाका माछाफ्षैँक उसको डँडाल्नोमा चढ्न पुग्यो त. क उसको भुँडीमा भकुन्डिन पुग्यो ।बिचरा भानुभक्तको चाहिँ बिर्के टोपी नै कता पुग्यो कता ! “धन्य परमात्मा !बाटोभन्दा ठूलो बस, बसभन्दा ठूलो थुप्रो बसभित्र बस्नेहरूको । त्यही पनिबस भन्नु मात्रै बस्न पाइने होइन, बरु उठीउठी यात्रा गर्नुपर्ने यस्तो वाहनकोनाम 'उठ्' नै राखेको भए ठीक हुन्थ्यो कि ?" भानुभक्तले एउटा बृढ्ोपाकोयात्रुसित प्रस्ताव राखे ।
उसले भन्यो- “यस्तै सिन्कीकोचाइ र रन्कीकुदाइले त कति नेपालीबाइरोडको बाटो स्वर गइसके, थाहा पाउनुभएन ?” लर स्वर्ग गएका भए तभानुभक्तले बाटामा भेट्नुपर्ने । सायद ट्रकसित गुजुल्टिएकाले बैकुण्ठकै ट्रङ्ककालआयो कि उनीहरूलाई । तर जेसुकै आओस् आदिकविज्यूलाई चाहिँ कबिताआइहाल्यो-
पथ सात फुटे, बस नौ गजको,
सिट बीस भए भिड सौतकको ।छ त अन्त कतै सुबिधा यसरी ?अमराबति कान्तिपुरी नगरी ॥
अमराबती क्षान्तिप्री नगारी' / ११३
कविताको तेस्रो चरण मिल्दानमिल्दै बस आफ्नो स्टपमा आएर बसिहाल्यो ।ओर्लिएर यसो हेर्छन् त भानुभक्त छक्कै । टुँडखेलवरिपरि बार, बीचबीचमालामपुच्छे बत्ती, सडकभरि बस, मोटर सिलिङमिलिङ, रङ्गीचङ्गी मान्छे तकति हुन् कति ! अमरावती पुगेको दिन जसरी अलमलिएका थिए, अहिले पनिझन्डैझन्डै उस्तैजस्तै भो भानुभक्तलाई । एकछिन यताउति नियाले- फराकिलासडक, बसको ताँती, दुँडिखेलको झिलमिलाउँदो रूप देखेर मक्ख पर्दै कवितारच्ने सुरमा थिए ।
तर बीचैमा चार-पाँचवटा भुराभुरीहरू पिलपिलाउँदो मुख लगाउँदैभटमास किन्ने पैसा माग्न थालेकाले उनको मूड नै अफ् भयो । यहीँ यतिकासेठसेठानीहरू छन्, यहीँ भटमास खाने पैसा माग्छन्- साँच्ची कान्तिपुर धनीभएको कि गरिन हुँदै गएको हो उनलाई छुट्टयाउन मुस्किल पन्यो, तैपनिकान्तिपुरै मुखमा कति कान्ति बढेछ भनी एक-एक गरी चियाउन थाले । छनता सबैका मुख सिँगारिएकै थिए, तर कसैका गोरिँदागोरिँदा हाड टल्कने सेता,कसैका नर्मिन्दानर्मिन्दा बासी जाईको फूलजस्ता नरम । आखिर उनले केठम्याए भने कान्तिपुरको कान्ति त निक्कै बढेछ, तर कान्तिपुरेको कान्ति भनेमामाघर जान थालेछ है ! यो गम्दा उनलाई यति खल्लो लागेर आयो किसुचीले समेत च्यापेर ल्यायो । त्यति रङ्गरमिताको भीडमा गर्ने कहाँ ? यताउतिहेरै कतै पत्तो लागेन ।
यतिका मान्छेमा सुची गर्नुपर्ने मान्छै मै मात्र रहेछु कि क्या हो, नत्रयस्तो जमघट हुने ठाउँमा एउटा शौचालय किन बन्दैनथ्यो ! भानुभक्त अकमक्कपरे । तर सहिनसक्नु भएकोले उनी सरासर लागे उत्तरतिर । सडककै छेउमालस्करै बसेका भुराभुरीलाई देख्ता यहाँ कसले के छेक्ने रहेछ र भन्ने उनलाईलाग्यो । तर सुची गरिसकेपछि पो उनी झल्याँस्स भए, त्यहीँनेर महात्माबुद्धको एउटा चैत्य रहेछ । नैष्ठिक भानुलाई आफू निष्ठाच्युत हुनुपरेकोमा खेदलाग्यो, तर लागेर के गर्ने ?
आखिर उनी पसे नयाँसडकतिर । नयाँसडक सडक मात्र नयाँ थिएनतडकभडक पनि नयैँ थियो । कान्तिपुरेको कान्तिविहीन मुहार पनि नयाँ-सडकमा त फुर्तिलो देख्ता उनलाई अलि सन्तोषै लाग्यो । तर त्यहाँ कान्तिपुरेमात्रै थिएनन्, रङ्गरङ्गका चेहरा र कद थिए त्यहाँ- राता, सेता, काला, नेप्टाचेप्टा, फ्रकवाल, दोचावाल, पोटवाल, मोटवाल, शान्तिदूत, धर्मदूत, सन्देशदूतकोको हुन् कोको ! भानुभक्तको प्रतिभा उम्लेर आयो-
११४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य
पिसकोर यहीँ घुसखोर यहीँ,
नव-जोर पहीँ दिलचोर यहीँ ।
जति छन् सब छन् धनवानसरी,
अलकापुरि कान्तिपुरी नगरी ।
सबै थरीका बीच भानुभक्त पनि त एक बेग्लै थरी व्यक्तित्व थिए-नयाँसडकमा । सबै दूतका बीच उनी आफू काव्यदूत थिए स्वर्गका । यसैलेअरूको वास्ता गरिरहनुभन्दा दुई-चार जना कविलाई नै भेटेर बात मार्नआदिकविलाई मन लाग्यो ।तर भेट्ने कहाँ गएर कसलाई । उनी अन्योलमा परै । तैपनि नगिच्चैको
एक युवकलाई कोट्टयाउँदै उनले सोधे- “यहाँ कोको लेखक-कवि कहाँकहाँछन् हँ ?” युवकले नाक नेठ्याएर जबाफ दियो- “पुराना कवि-लेखक अलिकतिएकेडेमीतिर साहित्यमा रिसरागबारे रिसर्च गर्दै छन् भन्ने सुनेथेँ, नयाँ कवि-लेखकहरू प्राय: यतै वरपर छरिएका होलान्, तपाईं कसलाई खोज्नुहुन्छ ?एउटा बिलकुलै बफाउँदो नयाँ कबि.त म पनि हुँ !” भानुभक्तले नमस्ते गर्दैखुसी प्रकट गरे- "ओहो ! त्यसो भए त ढुङ्गो खोज्दा देउता मिलिहाल्यो नि !यहाँले कति वर्ष काव्यसाधना गर्नुभएको छ कुन्नि ?" युवकले चारमिनारकोबट्टा उघार्दै जबाफ दियो- “मैले लेख्न त यसैपालिदेखि थालेको हुँ, तर गोडासातेक लामालामा कविता लेखिसकैँ । एउटा ताजा कविता सुन्नुहुन्छ भनेसुनाइ पनि हालूँ ?” आदिकवि भानुभक्त आधुनिक कविको कविता सुन्नतरखराउँदै थिए, अर्को ठिटो आएर भन्न थाल्यो- "तँ पनि कविता लेख्ने ?ककितै सुन्नुहुन्छ भने मेरो सुन्नोस् बाजे ! बिलकुलै आधुनिक- यही पीपलकोबोटको कबिता ।” “ओहो ! यहाँहरू सबै कवि हुनुहुँदो रहेछ, होइन यहाँ अरूकवि पनि छन् ?” “अरू को छन् र ?” भनी नयाँ कवि बताउँदै हुनुहुन्थ्यो,पत्रिका बेच्ने हकरले उहीँनेर आएर भन्यो- “एउटा कवि त म पनि छु हजुर ।”उसले भन्दाभन्दै पसलेले कुरा थप्यो- “यहाँ मिनिस्टरदेखि कम्पोजिटरसम्मसबै कवि ।" जे होस्, आदिकविलाई कविहरू बढेको सुन्दा खुसी नै लाग्यो ।यस्तै खुसीमा एक जना सज्जनले कबिजीलाई नजिकैको रेस्टुराँतिर डोच्याए ।उनी रेस्दुराँभत्र पस्न लागेको मात्र के थिए उनको बिर्के टोपीमा एउटा बडोमरेको मूसो फ्यात्त पर्न आयो । उनी जिल्ल परेर मास्तिर हेर्दै थिए- अर्कोभयालबाट एक थुप्रो फोहरफाहरका टाला मानौँ पुष्पवर्षा भएझैँ सडकमाबर्सिए । यो वर्षाले आफ्नो स्वागत गरेको हो कि विरोध गरेको हो उनलाई
अमरावती कान्तिपुरी नगरी ” १११
ठम्याउन घौधौ पत्यो ।रेस्टुराँभित्र एक छेउमा दुई-चार जना भात खाँदै थिए, अर्को छेउमा
दुई-चार जना जेरी जिप्ट्याउँदै थिए । अलि पर एउटा अँध्यारो कुनामा दुई-चार जना रम र मम भन्दै थिए ! त्यसैले यो भट्टी हो कि चियापसल हो किभोजनशाला हो- कविले केही बुभदै बुझेनन् । उनको उत्सुकता शान्त गर्दैनगिचैका सज्जनले भने- “यस पसलको पहिलो विशेषता के भने शाकाहारी,मांसाहारी, दुरधाहारी र मद्याहारी जो जस्तो छ, यहाँ त्यस्तै खानेकुरा पाइन्छ ।दोस्रो विशेपता यहाँ जति पुरानोपुरानो खानेक्रा खोजे पनि तुरुन्त पाइन्छ ।”भानुभक्तले ठाने- “म पनि पुरानै मान्छे भएकोले यहाँ ल्याएको होला ।"यस्तैमा सिँगानको लत्को दौरातिर पुछतै एउटा मरन्च्याँसे केटाले खानेकुराकोरिकाबी टक्य्रायो । भानुभक्त भने कविताको धुनमा मस्त थिए-
मृत मृषिकको -बुटि झर्छ जहाँ,
हिँडदा डुलदा टुपि जल्छ जहाँ ।
कुतिको कलरब् अझ ओरिपरी,
अमरावति कान्तिपुरी नगरी ।
नै 0 नै
यलियाभरि पस्कि भझिँगालु रस,
खटियाउपरै कुतिसाथ बस ।
खुब खाउ चपाउ पिङ सुमरी,
अलकापुरि कान्तिपुरी नगरी ।
ने? जै क
होटलबाट निस्केपछि भानुभक्तलाई ठूलो समस्या पच्यो- बासको । रात
परिहाल्यो, नयाँ कान्तिपुरीमा आफूले चिनेको काही छैन । पहिले त उनीसँगकासज्जनले आदरसाथ पसलमा - लगेर चिया खुबाएकोले उनैले घर लैजालान्भनी ढुक्कमा थिए, तर चिया खाइसकेपछि पो सज्जनको उद्देश्य उनले बुझे ।सज्जन रहेछन् लाइफ् इन्स्योरेन्स कम्पनीका एजेन्ट । उनलाई इन्स्योरेन्सगर्नोस् भनेर निकै नुझाउँथै । तर भर्खर स्वर्गबाट ओर्लेका भानुभक्तलाईकहाँको लाइफ् इन्स्योरेन्स । आखिर बल्लबल्ल सज्जनको पन्जाबाट फुत्केरभानुभक्तजी बास माग्ने तरखरमा हिँडे । घरैघरले बाटो नपाइने आजकोकान्तिपुरमा बासकै समस्या छ भन्ने उनलाई के थाहा थियो र एक-दुई गर्दैनयाँसडक गेटदेखि वसन्तपुरसम्म गोडा पन्ध्रेक घरमा उनले बास मागे एक
११६ / भैरव अर्यालका हास्यव्यड्ग्य
रातको लागि । तर कसैले छैन मात्र भनेर फर्काए त कसैले यतिका होटलहुँदाहँदै बास माग्न घरघर चहार्ने यो लबस्तरो बूढोलाई लगाइदेऔँ न कुकुरभनी पारे । कसैले उनलाई चोरको शङ्का गरे त कुनै लालबुझक्कडले यो“सी. आई. डी. हो, सी. आई. डी." पनि भने ! बाह्र बजुन्जेल खोज्दा पनि बासपाउन नसकेर भानुभक्तजी रङमडिंदै थिए बेसमयमा हिँडेको दोषमा उनलाईपुलिसले पक्रिदियो । स्वर्गबाट कान्तिपुर हेरुँ भनेर आएको बास नपाएका कुराबताएपछि पुलिसले निगाह गरेर भन्यो- “यो हावा खुस्केको पहाडिया रहेछ,भ्रैगो छोडिदिङँ ।” अनि पेटीतिर गएर बस् भनी पुलिस हिँड्यो । भानुभक्तजीपेटीपेटी रानीपोखरीको डिलमा पुगेर रोकिए । रानीपोखरीको पालेले कड्केरसोध्यो- “हामफाल्ने सुर छ कि क्या हो ?” उनले नम्रतासाथ होइन भनेर योपनि बताए- बाँकी रात काट्ने कुनै ओतसोत पाइन्छ कि ? बूढो पालेलेभानुभक्तलाई पनि बूढो देखेर हो कि किन हो- उ... त्यो सालिकमा बस्नोस्न बाजे ! भनी भानुभक्तकै सालिक देखाइदियो । उनी गएर यसो हेर्छन् तआफ्नै प्रतिमूर्ति । एकछिन दङदास भएर उनले आफ्नो सालिक टुलुटुलु हेरिरहे ।माला लगाइदिएको, सिन्दूर दलिदिएको- भव्य मूर्ति, उनी एक मन दङ्ग परे ।तर आप्नो बिहानदेखिको रित्तो पेट छाम्दा र यत्रो कान्तिपुरीमा एक रात बासनपाउँदा भने उनलाई ग्लानि पनि लाग्यो । सालिकनिर टुसुक्क बसेर पछ्यौराझिकेर ओढ्दै उनले गमे-
शव सालिक पृजित हुन्छ जहाँ,
सिँगुलै उभिँदा तर मिल्छ घृणा ।
दिलबार उदार कहाँ यसरी,
अमरावति कान्तिपुरी नगरी ॥
उनी गुनगुनाउँदै थिए, त्यहीँनेर पेटीमा एक डल्लो भई सुतेको एउटाकेटो उठेर भन्न लाग्यो- “दाजु ! तिम्रो पछ्यौराको एउटा छेउ मलाई पनिदेक न, साह्रै जाडो भयो ।” भानुभक्तले उसलाई बोलाएर जम्मै पछ्थौराओढाइदिए । जीउ तातेपछि केटाले भन्यो- “आज भानुजयन्ती, राति नौबजेसम्म सारा मान्छे यहीँ जम्मा भएर बेलाँ सुत्न पनि पाइएन । यो भानुभक्तकोसालिक भन्छन् । त्यो भानुभक्त भन्ने कुनचाहिँ रैछ, हँ दाइ ? भानुभक्तलाईतिमीले पनि देखेनौ हकि ?”एकोहोरो फतफत गरिरहेको केटोले निकैबेर सही थापेको नसुन्दा मुन्टो
उठाउँदै भन्यो- “साँच्ची भानुभक्तलाई देखेनौ हकि तिमीले ?” तर केटाका
अमराबती कान्तिपुरी नगरी “ ११७
प्रश्नको जबाफ दिन भानुभक्त त्यहाँ थिएनन्, उसको अगाडि त जिल्ल परिरहेकोथियो भानुभक्तको सालिक मात्र । पर पर को भट्टयाउँदै जाँदै थियो-
एक् दिन् भानु त कान्तिपुर् पुगिगया लोकको बुझूँ रीत् भनी ।
साह्दै दङ्ग पन्या घुम्या वरिपरी मो भानुभक्तै भनी ॥
पाया हन्डर खूब कान्तिपुरमा चिन्दै नचिन्ने भया ।
आफ्नै सालिकमा कटाइ अलिबेर् ति अन्तर्ध्यानै भया ॥
ध्वनि
११६ ४ भैरव अर्यालका हास्यव्यङ्ग्य