चतुरेको चर्तिकला (कथा सङ्ग्रह)

Revision as of 14:10, 14 June 2024 by Nepalikitab8848 (talk | contribs) (Created page with "बाल सन्दर्भसामग्री बाल बोध - २२ चतुरेकोचर्तिकला (कथा सङग्रह) श्री ५ को सरकारशिक्षा तथा खेलकुद मन्त्रालयपाठ्यक्रम विकास केन्द्र प्रकाशक : श्री ५ को सरकारशिक्षा तथा खेलकुद मन्त्र...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

बाल सन्दर्भसामग्री

बाल बोध - २२

चतुरेकोचर्तिकला

(कथा सङग्रह)

श्री ५ को सरकारशिक्षा तथा खेलकुद मन्त्रालयपाठ्यक्रम विकास केन्द्र

प्रकाशक : श्री ५ को सरकारशिक्षा तथा खेलकुद मन्त्रालयपाठ्यक्रम विकास केन्द्रसानोठिमी, भक्तपुर

पुनर्लेखन : गोरखबहादुर सिंह

भाषा सम्पादन : गणेशप्रसाद भट्टराई

दृष्टान्त चित्र : श्रीहरि श्रेष्ठ

आवरण : नवीन्द्र राजभण्डारी

कम्प्युटर लेआउट : नन्दमाया सिटौला

छु सर्वाधिकार प्रकाशकमा निहित

पहिलो संस्करण : २०५८ वैशाख

प्रावक॒थन

बालकालिकाहरूका ज्ञान, सीप तथा अभिवृत्ति बढाउन, मनोरञ्जन प्रदान गर्न रमानसिक तथा बौद्धिक विकासका लागि सन्दर्भसामग्रीहरू उपलब्ध हुनु अत्यावश्यकठानिन्छ । यस्ता विविध सन्दर्भसामग्रीहरूले विद्यार्थीहरूलाई लगनशील र अध्ययनशीलबनाई पाठ्यपुस्तकमा भएका विषयवस्तु सजिलै ग्रहण गर्न सहयोग पुन्याउँछन्‌ ।उल्लिखित कुरालाई मनन गरी पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तकका अतिरिक्तअन्य पाठ्यसामग्रीहरू पनि प्रकाशन गर्दै आएको छ ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकास गराई उनीहरूमा जिज्ञासु प्रवृत्ति र सिर्जनात्मकक्षमता अभिवृद्धि गराउनका लागि सर्न्दभसामग्री निर्माण गर्ने क्रममा पाठ्यक्रमविकास केन्द्रले यो शृङ्खखला तयार पारेको हो । हाम्रो देशका अधिकांशबालबालिकाहरूले पाठ्यपुस्तकका अतिरिक्त अन्य सामग्री नगण्य रूपमा मात्रपढ्न पाउने भएकाले पनि यस्ता सामग्री बढी आवश्यक र उपयोगी हुने कुरामादुईमत हुँदैन ।

यो सामग्री विशेषत: कक्षा चार र पाँचका विद्यार्थीहरूको स्तर हेरी तयार पारिएको छतापनि परिस्थितिअनुरूप अन्य कक्षाहरूमा पनि उपयोगी हुने अपेक्षा गरिएको छ ।प्राथमिक कक्षा भनेको शिक्षाको आधार भएको कुरालाई दृष्तिगत गरी शिक्षकहरूलेप्रस्तुत सामग्री विद्यार्थीहरूलाई पढ्ने मौका दिई परषणर छलफल समेत गराउनसके यसको प्रभावकारिता बढ्नेछ ।

यो सामग्री तयार पार्न सहयोग पुग्याउनुहुने सम्पूर्ण महानुभावहरूलाई पाद्यक्रमविकास केन्द्र कृतज्ञता व्यक्त गर्दछ, साथै यस सामग्रीका सन्दर्भमा प्राप्त हुने सुझावएवम्‌ प्रतिक्रियाको हार्दिक स्वागत गर्दछ ।शिवप्रसाद सत्यालमहानिर्देशक

पाठ्यक्रम विकास केन्द्र२०५८ सानोठिमी, भक्तपुर

२. दुई रोटीको भागबन्डा डड

४. भालेको मोल द

६. सहरको ठूलो चोर १३

य. देख्ने अन्धो १९

१०. खेतको पहाड २४

१२. ढुङ्गे फोल ३०

अचम्मको दाँत

एकपटक चतुरे कामको खोजीमा हिँड्यो । उ घुम्दैफिरदै राजदरबारमा पुग्यो । संयोगवशउसले दरबारमा काम पायो । सजिलै काम पायो, त्यो त राम्रै भयो, तर काम थियोतबेलाको । तबेलाकै भए पनि चतुरेले काम गर्न मन्जुर गत्यो किनभने उसले कहिल्यैराजालाई देखेको थिएन । चतुरेको सोचाइ थियो - दरबारमा काम गरे राजालाई सजिलैदेख्न पाइन्छ । तर संजोग मिलेन, महिनौँ काम गरे पनि उसले राजालाई देख्न पाएन ।

एकपटक चत्रेको दाँत दुख्यो । उसको दाँत दुख्ने रोग अलिक पुरानै थियो ।

चतुरे दुख्ने दाँत निकाल्ने विचारमा थियो । उ दाँत निकाल्न दरबारकै दन्त चिकित्सककहाँजाँदै थियो । चतुरे दरबारको प्रवेशद्वारमा पुग्यो । त्यसैवेला राजा बाहिरबाट दरबार फर्कंदैथिए ।

राजा पलङमा थिए । पलङलाई चारजना बलिया मानिसले बोकेका थिए । राजा पलङमाथिपल्टिएका थिए । बूढा र कमजोर राजालाई देखेर चत्रेको आश्चर्य बाहिरै निस्क्यो, “एहे !मैले त राजा सुन्दर, बलिया र युवक होलान्‌ भन्ठानेको त यस्तो कमजोर र बूढा पोरहेछन्‌ । राजा यस्ता छन्‌ भन्ने थाहा पाएको भए कसले खान्थ्यो तबेलामा जागिर !”

चतुरेको चर्तिकला

राजाका पहरेदारले चतुरेको कुरा सुने ।

“हाम्रा राजाको खिल्ली उडाउने आँट कसरी गरिस्‌ ?” राजाका पहरेदारले चतुरेलाई एउटाकोठामा थुनेर भकूर्न थाले ।

“ठीक छ ! तपाईंहरू मलाई जति भकुरे पनि भकुर्नुस्‌ तर खानेकुरा चाहिँ नदिनुहोला ।”- चतुरेले दुवै हात जोड्दै भन्यो ।

“कुट्नु चाहिँ हुन्छ रे, तर खाना भने दिनुहुँदैन रे ।” - चतुरेको कुरा सुनेर राजाका मान्छेआश्चर्यमा परे ।

“किन ? किन दिनुहुँदैन खाना ?” - पहरेदारले सोधे ।

“डाक्टरले भनेका छन्‌, खाना खायो कि मेरो भुँडी फुट्छ रे । भुँडी फुटेपछि बाँच्ने त कुरैभएन । खाना खानेबित्तिकै मर्ने भएपछि खाना खाने पनि कुरै भएन । दुई वर्ष भयो मैलेखाना नखाएको ।”

चतुरेको चर्तिकला

“हामीलाई उल्लु बनाउन खोजेको ? दुईदुई वर्ष नखाएर कोही जिउँदो रहन सक्छ ?”एकजनाले चतुरेको पिठ्युँमा एक कोर्रा थप्यो ।

“कृपया नरिसाउनुस्‌, मैले साँचै भनेको छु ।” उसले मुख खोलेर एउटा दाँत देखाउँदैथप्यो- “मलाई यो दाँतले बचाएको छ । यो दाँतमा विचित्र शक्ति छ । यसबाट रसनिस्कन्छ र त्यही रसले अघाएर म बाँचेको छु । त्यसैले म हात जोडी बिन्ती गर्छु, यो दाँतपनि नउखेलिदिनुहोला ।”

भनिराख्नुनपर्ला -

छिनभरमै चतुरेका अगाडि थालभरि खाना आयो । उसलाई जबरजस्ती खान लगाइयो ।त्यसपछि चतुरेले नउखेल्नु भनेको दाँत पनि उखेलियो ।

तँ उल्लू रहिछस्‌ चतुरे, उल्लू ! आफ्नो रहस्य आफैँले खोलिस्‌ । अब छिटै तँ उल्लूको भुँडीफुटेर काम तमाम हुँदै छ ।” पहरेदारले भने ।

“मलाई त भोक लागेको थियो, खाना खाएँ, दाँतले दुःख दिएको थियो, दाँत पनि उखेल्नलगाएँ । उल्लू तिमीहरू कि म ?” यति भनेर चतुरे तबेलातिर दौड्यो ।

चतुरे फुर्तीसाथ तबेलामा पुग्यो । तबेलाबाट एउटा घोडा निकाल्यो र त्यसैमा चढेर

भाग्यो । एकैछिनमा उसलाई पिछा गरिरहेका राजाका सिपाही चतुरेभन्दा धेरै पछि छुटेकिनभने चतुरेले छानेको घोडा तबेलाको सबैभन्दा छिटो दौडने घोडा थियो ।

दुई रोटीको भागबन्डा

चतुरे सानैदेखि नै चतुर थियो। योकुरा क स्कुलमा पढ्दै गर्दाकोतलको कथाले पनि पुष्टि गर्दछ ।

वैशाख महिनाको कुनै दिनचतुरेलाई स्कुल जानुपर्ने थिएन,स्कुल बिदा थियो । रूखबिरुवामानयाँ पालुवा पलाएका थिए ।काफल र एँसेलु पाक्ने महिनाथियो, जङ्गल रमाइलो थियो ।त्यसैले चतुरे र उसका दुईजनासाथीले गाउँ नजिकको जङ्गलमाघुम्न जाने सल्लाह गरे ।

दिउँसो जङ्गलमा घुम्दाघुम्दै तीसाथीहरू थाके ।

“मलाई त भोकले पनि सतायो ।” चतुरे भुइँमा पल्ट्यो ।

“यसो भए खाजा खाउँ न त ! हामीले तीनै जनालाई खाजा पुग्ने दुईओटा रोटी ल्याएकाछौँ ।” - एकजना साथीले भन्यो ।

“तर रोटी बाँड्ने कसरी, भोका तीन र रोटी दुई ?” साथीले समस्या राखे ।

“तिमीहरूले सिङ्गासिङ्गै खा, मलाई त्यसैबाट आधाआधा देउ हुँदैन ?” दुवै साथीलेमन्जुर गरे ।

तर ती साथीहरूले रोटी खाइसक्दा पनि चतुरेसँग आधा रोटी बाँकी रहेको देखे । त्यसपछि

मात्र उनीहरूलाई थाहा भयो सिङ्गो रोटी त उनीहरूलाई होइन चतुरेले पो आफ्नो भागमापारेछ । उनीहरूलाई रोटी थोरै पाएको भन्दा पनि उल्लू हुनुपरेकाले दु:ख लाग्यो ।

०७७

चतुरे अलिक परको झरनामा पानी खान गएको मौका पारी ती दुई साथीले सल्लाह गरे,01 चतुरेको चर्तिकला

“यो चतुरेले हामीलाई उल्लू बनायो । अब हामीले पनि उसका जुत्ता जङ्गलमा लुकाइदिऔँर उसलाई गाउँ फर्कदा नाङ्गै खुट्टा हिँड्ने बनाऔँ ।”

यो कुरामा दुवैको सहमति भयो ।

“तर चतुरेलाई कसरी जुत्ता फुकाल्न लगाउने ?” एकजनाले समस्या राख्यो । सल्लाहटुङ्गिने बित्तिकै चतुरे पानी पिएर फर्क्यो । “ए चतुरे भाइ ! तिमी अगाडिको यो काफलकोरूखमा चढ्न सक्छौ ?” एकछिनपछि एकजनाले सोध्यो ।

“किन ?” चतुरेले अचम्म मान्यो ।

“खास त केही होइन, मैले भनेँ तिमी त्यो रूखमा सजिलै चढ्न सक्छौ; मोहन भन्छ तिमीत्यो रूखमा चढ्न सक्दैनौ । हामीले यही कुरामा बाजी थाप्यौँ । अब मलाई जिताउने किमोहनलाई जिताउने तिम्रो हातमा छ ।” उसको साथीले भन्यो ।

“यो चतुरेको त्यो रूखमा चढ्ने ढङ्ग भए जस्तो त लाग्दैन ।” अर्को साथीले उक्साउनेप्रयास गस्यो ।

“यस्तो रूख त म सजिलै चढ्न सक्छु भन्ने कुरा यी दुवैलाई थाहा छ । तर यिनीहरूलेकिन मलाई उक्साइरहेका छन्‌ ?” चतुरे अल्मलियो ।

“प्रयास गरौँ के हुन्छ ?” तैपनि चतुरे रूख चढ्ने सुरसार गर्न लाग्यो ।“चतुरे जुत्ता यहीँ फुकाल्‌, हामी राखिदिन्छौँ ।” दुईजना साथीले एकैचोटि भने ।

चतुरेलाई लाग्यो साथीको रूख चढ्ने कुरा जुत्तासँग सम्बन्धित हुनुपर्छ । होइन भने दुवैजनाले एकैचोटि जुत्ताको कुरा किन गर्थे ।

“भइहाल्यो तिमीहरूले जुत्ता राख्नुपर्दैन । साथीहरूलाई बेकारमा किन दु:ख दिनु ?” चतुरेलेजुत्ता फुकालेर खल्तीमा राख्यो र रूखमा चढ्यो ।

चतुरेका साथीहरूले फेरि पनि जिल्लिनुपस्यो ।

मुखियाको ज्वाइँ

एकदिन चतुरे दिनभरि खेतमा काम गरेर निकै थाकेको थियो । त्यसैले साँझ खानाखानेबित्तिकै उ सुत्ने कोठामा गयो । चतुरेले बत्ती निभाउनै आँटेको थियो, ढोकाढकढक्याएको आवाज आयो । चतुरेले जाँगर नलागीनलागी ढोका खोल्यो । ढोकाबाहिरएकजना मानिस उभिएको थियो । त्यो ढोकाबाहिर उभिएको मानिसले भन्यो, “मलाई आजएक रात बास दिनुहोस्‌, मेरो घर टाढा छ, म अब धेरै हिँड्न सक्दिनँ ।”

“तर बुबा म पनि दिभरिको कामले साह्रै थोकेको छु, म त सुत्नै आँटेको थिएँ । मेरी

श्रीमती पनि घरमा छैनन्‌ । त्यसैले हुन्छ भने छिमेकका घरतिर बास खोज्दा राम्रो होला ?”चतुरेले नम्र भएर भन्यो । ॥

“त्यसो नगर बाबु ! म बूढो मान्छेलाई अब कहाँ दु:ख दिन्छौ ? मलाई एक छाक खाना रबास यहीँ मिलाक बाबु !” - ती बृद्धले नम्र भएर भने ।

चतुरे थाकेको भए पनि त्यसपछि आनाकानी गरेन - “ठीक छ, तपाईं साँझको पाहुना,

दुःखसुख गरौँला, भित्र आएर बस्नुस्‌ ।”

चतुरेले ती बास माग्ने मानिसलाई

लगेर आफ्नै कोठामा राख्दै भन्यो,

“बुबा तपाईँ आराम गर्दै गर्नुस्‌, म

तपाईँलाई खाना बनाउन जान्छु ।”

उसले न्यानो कम्बल ओढ्न दियो । हि

“ठीक छ ! खाना राम्रो बनाउन्‌,

मलाई मीठो खाना खुवायौ भने तिम्रै

लागि राम्रो हुनेछ, किनभने तिमी

बसेको यो गाउँका मुखिया मेरा ससुरा

हुन्‌ । तिमीले मलाई यसै पनि बास

दिनै पर्थ्यो ।” छ

चतुरेलाई बास माग्नेको कुराचित्तबुझ्दो लागेन । एक त चतुरेलाई

६ चतुरेको चर्तिकला

बास दिनै पर्थ्यो भन्ने कुरा मनपरेन, अर्को मीठो खाना बनाकभन्ने आदेश पनि ठीक लागेन । कमुखियाको ज्वाइँ भएको कुरामा पनिउसलाई विश्वास लागेन ।

तर यी मन नपरेका र विश्वासनलागेका कुरालाई मनभित्रै राखेरचतुरेले भन्यो, “ठीक छ तपाईँमुखियाको ज्वाइँ हुनुहुँदो रहेछ, म

तपाईँलाई राम्रो बासको व्यवस्थामिलाउँछु । बरु एकछिन पर्खनोस्‌ ।”

चतुरे आफ्नो कोठामा गयो रकपडा लगाएर बाहिर निस्क्यो ।

“ल मेरो पछिपछि आउनुस्‌ ।” चतुरे अघिअघि त पाहुना पछिपछि लागे । तिनीहरूलेगाउँको गोरेटो बाटो नाप्न थाले ।

“हैन हामी कहाँ जाँदै छौ ?” अलिक पर पुगेपछि पाहुनाले सोध्यो ।

“आत्तिनु पर्दैन, तपाईँलाई राम्रो गाँसबासको व्यवस्था भएको ठाउँमा लैजाँदै छु ।” चतुरेलेजवाफ दियो ।

मीठो खाना र आरामदायी बासको कल्पनामा हराउँदै ज्वाइँ पाहुना चतुरेलाई पछ्याउँदैगयो ।

केही बेरपछि तिनीहरू एउटा ठूलो घरको आँगनमा पुगे ।

“यो घर हाम्रा मुखियाको घर हो, अर्थात्‌ तपाईंको भनाइअनुसार तपाईंको ससुराली घर ।तपाईंलाई मेरो घरमा बस्नुभन्दा आफ्नै ससुरालीमा बस्नु राम्रो र सुविधायुक्त होला भनेरयहाँ पुग्याइदिएको ।” यति भनेर चतुरे फटाफट आफ्नो घरतिर लाग्यो ।

बिचरो त्यो ज्वाइँ भनाउँदो चतुरे ओझेल भएपछि बास खोज्न फेरि गाउँ चहार्न थाल्यो ।

चतुरेको चर्तिकला

मालेको मोल

कुनै गाउँमा जैमाने नाम गरेको एउटाठिटो थियो । एकपटक क कामको खोजीमानजिकैको बजारमा पुग्यो । जैमाने वजारपुगेर काम खोज्दै धेरै ठाउँ पुग्यो, तर कामपाएन ।

“यो सानो ठाउँमा के काम पाइन्थ्यो?” ककाठमाडौँ पुग्यो ।

काठमाडौँ पुग्दा उसका खल्ती र पेट दुवैरित्तिएका थिए । भोकले साह्रै सताएपछि जेपर्लापर्ला भन्दै क एउटा होटेलमा पस्यो ।होटेलमा जैमानेले दुईओटा उसिनेको अन्डा,केही पाउरोटी र चिया मगाएर खायो ।जैमानेले भोक त मेट्यो तर उसँग तिर्नेपैसा थिएन । त्यसैले पसलका मानिसकोआँखा छलेर उ लुसुक्क वाहिर निस्कयो रफटाफट आफ्नो बाटो लाग्यो ।

केही दिनको दौडधुपपछि जैमानेले एउटाससानो उद्योगमा काम पायो । उ मेहनतीर सिपालु थियो, राम्ररी काम गर्दै गयो ।वर्षदिन बित्दानबित्दै उसले केही पैसाजम्मा गयो । उसले त्यस वर्षको दसैँमागाउँ पुगेर बाबुआमालाई भेद्ने विचारगस्यो।

“साहुजी ! यो पच्चीस रुपैयाँ लिनुस्‌ ।वर्षदिन पहिले म तपाईँकहाँ आएर दुईओटाअन्डा, केही पाउरोटी र चिया खाएको

चतुरेको चर्तिकला

थिएँ । त्यतिबेला मसँग पैसाथिएन, त्यसैले पैसा तिर्न सकेकोथिइनँ । ल पैसा लिनुस्‌ ।”गाउँतिर हिँड्नुभन्दा पहिलेजैमाने होटेलमा पुग्यो । पहिलेखाएर पैसा नतिरेको जैमानेलाईपटक्कै मन परेको थिएन ।

जैमानेको इमानदारिता देखेरसाहुले अचम्म मान्यो । “यसरीवर्षदिन पहिलेको पैसा तिर्नआउने मानिस पक्कै पनि बुद्धहुनुपर्छ ।” साहुले साच्यो ।एकछिनपछि साहुले भन्यो, “हेरभाइ ! चिया र पाउरोटीको तकुरा नगरौँ तर अन्डाको

क्रा गर्दा दुईओटा अन्डाबाट

दुईओटा भाले निस्कन सक्थे । वर्षदिनमा ती भाले कम्तीमा पनि पाँच सयका हुन्थे । त्यसैलेदुईओटै भालेको नभए पनि तिमीले एउटा भालेको पैसा तिर्नुपर्छ ।”जैमाने अत्ताल्लियो “दुईओटा अन्डाको मोल दुईसय पचास ?!” साहु र जैमानेको वादविवादचल्यो । साहु दुईसय दिनै पर्छ भन्थ्यो, जैमाने “पच्चीस रुपैयाँ नै धेरै छ, मैले त वर्षदिनभएकाले थपेर दिएको भन्थ्यो ।जैमानेको भाग्य भनौँ कि संजोग तिनीहरूको वादविवाद चर्किरहेका वेला चतुरे त्यहीँ चियापिउँदै थियो । उनीहरूको विवाद देखेर चतुरेले साहुलाई भन्यो “साहुजी तपाईँलाई यो पैसा

" र भालेको 'मोल म तिर्छु, हुन्छ ?”चतुरेको कुरा साहुले मन्जुर गन्यो ।“तर आज छैन भोलि ल्याइदिन्छु ।” चतुरे वेलावेला त्यो होटेलमा चिया पिउन आउँथ्यो ।त्यसैले चतुरेको दोस्रो प्रस्ताव पनि साहुले मन्जुर गस्यो । चतुरेले जैमानेको पच्चीस रुपैयाँजैमानेलाई नै फिर्ता दियो । जैमाने पनि आफ्नो बाटो लाग्यो ।

चतुरेकोचर्तिला 2” ९

दोस्रो दिन चिया पिउन आउँदा जैमानेले सानोसानो पोको साहुलाई दिँदै भन्यो, “ल लेकतिम्रो हिजोको ठिटाले वर्ष दिन पहिले खाएको अन्डाबाट निस्कने कुखुराको भालेको मोल ।”

साहुले पोको खोलेर हेत्यो । त्यहाँ उसिनेको मकै थियो । साहुले आश्चर्य मान्दै र केहीझकँदै सोध्यो, “यो के दिएको चतुरे तिमीले ?”

'यो मकैको बिउ हो । साहजी, यो मकैको बिउ छर, यसबाट फलेको मकै बेच, कम्तीमाभनि पाँचसय पाउनेछौ । यसरी तिमीले अन्डाबाट निस्केका एउटाको मात्र होइन दुईओटैभालेको मोल पाउने छौ ।” चतुरेले भन्यो ।

'तिमीलाई उसिनेको मकै उम्रँदैन भन्ने पनि थाहा छैन ।” साहुले भन्यो ।

'उसिनेको अन्डाबाट भाले निस्कन्छ भने उसिनेको मकै पनि उम्रन्छ साहुजी ।” साहुलेत्रतुरुको चलाखी बुझ्यो । उसले चतुरेलाई केही जवाफ दिन सकेन ।

भइहाल्यो त्यो ठिटाले दिएको पच्चीस रुपैयाँ त देक ।” केही बेरपछि साहुले भन्यो ।

एउटा इमानदार मान्छेलाई ठग्न खोजेकाले त्यो पच्चीस रुपैयाँ तिमीलाईरिमाना ।”

ति भनेर चतुरे आफ्नो बाटो लाग्यो ।0 चतुरेको चर्तिकला

एकदिन चतुरेका छिमेकीकाकाले चतुरेलाई बोलाएर भने“ए चतुरे ! सिरुटारकाज्वाइँलाई एउटा चिठी लेखिदेकत एउटा सल्लाह माग्नु छ ।”त्यतिवेला पढेलेखेका मान्छे थोरैथिए । चतुरे पनि ती थोरैपढेलेखेकामध्ये एकजना थियो ।

काका लेख्नुपर्ने कुरा बताउँदैगए चतुरेले चिठी लेख्दै गयो ।

तर चिढी लेख्दालेख्दै उसलाई पनि सिरुटार जानुपर्ने कुराको सम्झना भयो र काकासँगभएको फुर्तिलो घोडा पनि सम्झ्यो । त्यसैले चिठी लेखिसकेपछि चतुरेले भन्यो । “चिठी तलेखेँ काका, तर मेरा अक्षर साह्टै नबुझिने छन्‌ । भिनाजुलाई पढन गाह्रो पर्ला कि ?”

“त्यसो भए तिमी मेरो घोडा लिएर जाङ । सिरुटार टाढा पनि छ, घोडामा गयौ भने आजपुग्छौ र भोलि फर्कन सक्छौ ।” काकाको कुराले. चतुरे रमायो । घोडा चढ्न पाउँदा कनिकै खुसी हुन्थ्यो । तिनै ताका चतुरेलाई उसको सिरुटारको मीतलाई भेट्नै पर्ने कामपरेको थियो । तर बाटो लामो भएकाले जाँगर गरेको थिएन । काकाको घोडा पाएपछि'फुर्तीसाथ सिरुटारतिर लाग्यो ।

सिरुटार पुगेर पहिले चतुरेले काकाको ज्वाइँलाई चिठी दियो अनि बास बस्न मीतको घरमा गयो ।

" “मीतज्यू, मैले नयाँ घर बनाएँ । मिस्त्रीहरूलाई ज्याला बुझाउन पैसा पुगेन । त्यसैले केहीदिनका लागि पैसा सापट माग्न आएको ।” खाना साना खाएपछि सुत्ने बेलामा चतुरेलेउसको मीतसँग कुरा राख्यो ।

सिरुटार मीतसँग पनि त्यतिबेला घरमा पैसा रहेनछ । उनले भने, “माफ गर्नुहोलामीतज्यू, मसँग अहिले घरमा पैसा रहेनछ । अर्को हप्ता आउनुस्‌, खोजिराख्छु ।”

चतुरेको चर्तिकला न विवि वा) ]

अर्को हप्ता आउने सल्लाह गरेर चत्रे फर्क्यो ।

“चिठीको जवाफ ल्यायौ त ?” गाउँमा फर्केपछि चतुरेका काकाले सोधे ।

“काकाले जवाफ लिनु भन्नुभएकै थिएन । मलाई के थाहा ?” चतुरेले थाहै नपाए जस्तोगच्यो । “जवाफ लिनै पर्ने भए म गइहाल्छु नि काका ! सिरुटार पुगेर आउँदा थाकेको छु ।दुईचार दिन थकाइ मेटौँ ।”

अर्को हप्ता एकाबिहानै चतुरे काकाको घरमा पुग्यो । चतुरेलाई देख्नेवित्तिकै काकालेचिठीको कुरा सम्झे । चतुरे अघिल्लो हप्ता जस्तै काकाको घोडा कुंदाउँदै सिरुटारतिरलाग्यो ।

अर्को दिन सिरुटारवाट गाउँ फर्कदा चत्रेको खल्तीमा काकाको चिठीको जवाफ मात्र थिएन- मिस्त्रीलाई ज्याला बुझाउन पुग्ने पैसा पनि थियो ।

“काका ! तपाईंलाई धेरैधेरै धन्यवाद, म तपाईँप्रति आभारी छु ।” काकालाई चिठी बुझाएरघर फर्कन लाग्दा चतुरेले उसका काकालाई भन्यो ।“चतुरेले दुईदुईपटक सिरुटार पुगेरमेरो काम गरिदियो, उल्टै मलाई धन्यवाद दिएर गयो । किन होला ?” चतुरेको बढ्याइँकोछेउटुप्पो नपाएका काका निकैबेर सोचिरहे ।

१२ चतुरेको चर्तिकला

सहरको ठूलो चोर

धेरै पहिले कुनै देशमा एकजना राजा थिए । उनी जनताको सुखसुविधाको निकै ख्यालराख्दथे । त्यसैले उनी जनप्रिय थिए ।

एकपटक उनको राज्यमा चोरीका घटनाहरू घट्न थाले । राजधानीमै पनि चोरी बढ्नथाल्यो । राजधानीमै त्यसरी चोरी बढ्न थालेपछि राजालाई जनताले के भन्लान्‌ भन्नेलाग्यो । त्यसैले राजाले घोषणा गरे :

“सहरको चोर पत्ता लगाउनेलाई सरकारी ढुकुटीबाट एकहजार चाँदीका सिक्का

पुरस्कार दिइनेछ ।”

संयोग नै भनौँ चतुरे पनि त्यही सहरमा बस्दथ्यो । अर्को संयोग के पन्यो भने राजालेपुरस्कारको घोषणा गरेकै भोलिपल्ट चतुरेको बाकसको साँचो हरायो ।

चतुरेको भनाइअनुसार साँचो हराएको बाकसभित्र एउटा पुरानो बत्ती थियो । त्यसैले उसले

सहरबासीलाई एकै ठाउँमा जम्मा गरेर उसको एउटा पित्तलको महत्त्वपूर्ण पानसबत्तीभएको बाकसको साँचो हराएको कुरा सुनायो ।

“त्यो पित्तलको पानस पनि कसरी महत्त्वपूर्ण भयो ?” - भिडबाट कसैले सोध्यो ।

«त्यो त मलाई पनि थाहा छैन । तर बत्तीसँगै एउटा बन्द चिठी छ । बत्ती र त्यो बन्दचिठी नखोली भोलिसम्म राजालाई पुग्याउन सके आधा राज्य पाइन्छ रे । तर मेरो दुर्भाग्यबत्ती भएको बाकसको साँचो हराएको छ । कसैले साँचो मेट्टाएर दिनुभयो भने उचितपुरस्कार दिनेख्नु ।”

उसको बाकसको साँचो त भेटिएन तरत्यसै रात उसको बत्ती भएको बाकसभने चोरियो ।

“अर्को दिन कुनै सहरबासीले चतुरेकोबाकसभित्रको बत्ती र चिठी लगेरराजालाई दियो । राजालाई दिएकोबत्तीसँगैको बन्द चिठीमा लेखिएकोथियो -

चतुरेको चर्तिकला | ---....भनाामााममममममममिमममममममममममममममगमललामाामाममममममममममम्बर रै

न्यायप्रेमी वरकार ।

सरकारको यो सहरको चोर पत्ता लगाउने सदिच्छा पूरा गर्न मैले एउटा जुक्ति सोचेँ ।सोचेको जुक्तिअनुसार मैले हिजो सहरमा प्रचार गरेँ :

“मेरो बाकसमा एउटा बत्ती र बत्तीसँगै एउटा चिठी छ । त्यो बत्ती र चिठी नखोलीभोलिसम्म राजा समक्ष पुग्याउन सके आधा राज्य पाइन्छ रे । तर दुःखको कुरा त्योबाकसको साँचो हराएको छ । कतैले साँचो भेटेर दिनुभयो भने राम्रो पुरस्कार दिनेछु ।”मेरो प्रचार सुनेर यो बत्ती र चिठी लिएर आउनेले मेरो बाकस चोप्यो र बत्ती र चिठीलिएर हजुरकहाँ आएको छ । अहिले सरकारका अगाडि उभिएको यो मानिस सहरको ठूलोचोर हो । सरकार ! आवश्यक कार्यवाहीका लागि अनुरोध गर्दछु ।

सरकारको भक्तचतुरप्रसाद

त्यसको भोलिपल्टै राजाले सहरमा ठूलो सभाको आयोजना गरे । भेलामा राजाले चोरसमाउने चतुरेको जुक्तिबारे सबै कुरा सुनाए । त्यही सभामा राजाले चतुरेलाई पुरस्कारस्वरूप एकहजार चाँदीका सिक्का दिए । चोरलाई अपराधअनुसारको दण्ड मिल्यो ।

१४ चतुरेको चर्तिकला

पिपल छायाको कारोबार

धेरै पहिले कुनै गाउँमा एउटा धनी मानिस बस्थ्यो । उसको नाम धनीराम थियो । उसलेबाटाको छेवैमा ठूलो घर बनाएको थियो । उसको घरनजिकै पिपलको राम्रो चौतारी

थियो । चौतारीबाट वरिपरिका रमाइला दृश्यहरू देख्न सकिन्थ्यो । गर्मीको बेला चौतारीकोछायामा बसेर शीतल हावा खान निकै रमाइलो हुन्थ्यो । त्यसै कारणले धनीरामले त्योचौतारी खुबै मन पराउँथ्यो ।

गर्मी महिनाको कुनै एक दिन धनीराम शीतल ताप्न चौतारीमा पुग्यो । धनीराम त्यहाँपुग्दा कुनै अर्को मानिस चौतारीमा पुगेर पहिलेदेखि नै बसिरहेको थियो । चौतारीमा कुनैअर्कै मानिस बसेको देखेर धनीरामलाई रिस उठ्यो । उसलाई त्यहाँ अरू मानिस बसेकोमन परेन ।

चौतारीमा भेट भएपछि धनीराम र चतुरेबीचमा भएका कुराकानी यस्ता थिए ।

“तिमीलाई यो चौतारीमा कसले बस्नु भन्यो ?”- धनीराम ।

चतुरेको चर्तिकला 2.----५५५५4444449444994999999०५०००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००००५ पपन

“चौतारी राम्रो लाग्यो र म आफैँ बसेँ ।” - चतुरे ।

«राम्रो लाग्यो भन्दैमा अरूको चौतारीमा बस्न पाइन्छ ?”

“यो चौतारो तपाईँको हो र ?”

“हो यो मेरो चौतारो हो ! मेरो स्वीकृतिबिना अरूलाई यहां बश्न मनाही छ।“साह्रै गर्मी छ, मलाई एकछिन बस्न दिनुहोस्‌ न ।”

“यो चौतारीमा मबाहेक अरू बस्न पाउँदैन ।”

वास्तवमा चौतारी धनीरामको थिएन । त्यो चौतारी साझा थियो । त्यो चौतारी धेरै पहिलेगाउँलेहरू मिलेर बनाएका थिए । चतुरेलाई पनि यो क्रा थाहा थियो तर उसले प्रतिवादगर्न उचित ठानेन र आफ्नो बाटो ततायो ।

धनीरामको कुराले चतुरेको चित बुझेको भने थिएन । “साझा चौतारीमा पनि बस्ननपाइने ?” उसको मनमा यो प्रश्न उठिरहयो ।

अर्को दिन पनि चतुरे चौतारीमा गएर बस्यो । धनीराम आएर अघिल्लो दिनको जस्तैउसलाई हकार्ने सुरमा थियो । त्यत्तिकैमा चतुरेले भन्यो -

“मलाई देखेर तपाईँ रिसाउनुभयो होला तर आज म अर्कै कामले आएको छु ।”“अर्कै काम रे, कस्तो अर्कै काम ?”

“मलाई यो चौतारीको बरपिपलको छाया असाध्यै मन पस्यो ।”

“तर मन परेर के गर्ने ! यो चौतारी मेरो हो ।”

“ठीकै छ, चौतारी कसको हो भन्नेबारेमा मलाई केही भन्नु छैन । तर बेच्नुहुन्छ भने मपिपलको छाया मात्र किन्न चाहन्छु । यही कुरा राखौँ भनेर आएको ।”

धनीराम धनी मात्र थिएन लोभी पनि थियो । छाया किन्ने कुराले क निकै खुसी भयोकिनभने चौतारी उसको थिएन । अर्का कुरा चतुरे छाया मात्रै किन्न खोजका थियो, पूरै चौतारीकिन्न त खोजको थिएन । त्यसैले छाया किनवेच गर्ने कुराको सहमति भयो । दिनभरिकोछलफल पछि छायाको मोलतोलको टुङ्गो लाग्यो । चतुरेले मोल भुक्तान गस्यो । सर्तनामालेखियो र दुवैले एकएकप्रति सर्तनामा राखे । छाया किनबेचको सबै कार्य सकियो ।

छायाको कारोबारपछि चतुरेलाई चौतारीमा जान कुनै अप्ठेरो रहेन । क मन लागेको बेला

१६ चतुरेको चर्तिकला

जान्थ्यो, अघाउन्जी चौतारीमा बस्थो । केही दिनपछि एकदिन चतुरे धनेसाहुको आँगनमापुगेर बस्यो ।

८ए चतुरे मेरो आँगनमा किन आएको ?” धनीरामले रिसाउँदै सोध्यो ।

चत्रेले जवाफ दियो, “वरपिपलको छाया तपाईँको आँगनमा छ, त्यसैले म छाया ताप्नआएको ।”

धनेसाहु झस्कियो - “हो त नि उसँग छाया परेको ठाउँमा बस्न पाउने त सहमति नैभएको छ । त्यतिवेला पनि त मेरो आँगनमा छाया थियो होला तर मैले मेरो आँगनमापनि छाया पर्न सक्छ भन्ने कुरा किन सोच्न सकिनँ ।”

धनेलाई तुरुन्तै सम्झना भयो त्यो दिन वादल लागेको थियो । छिटपुट पानी पनि परेकोथियो । त्यसैले सम्झौतापत्र लेख्दा धनेको घरभित्र बसेर लेख्नुपरेको थियो । धनीरामलेचतुरेको चलाखी वुझ्यो । तर काम विग्रिसकेपछि चलाखी बुझेर के गर्ने ? धनेले मनबुझाउन प्रयास गप्यो “भैहाल्यो चिन्ता गरेर के हुन्छ र ? छायाको मोल पनि त राम्रैलिएको छु ।”

तिनै ताका धनीरामकी छोरीको बिहेको कुरा छिनियो । बिहेको दिन बिहानै दुलाहाकोतर्फबाट आएका जन्तिहरू धनीरामका आँगनमा टनाटन भरिए । बिहेको रमझममा धनीरामको घर बिछट्टै रमाइलो थियो ।

अर्कोतिर चतुरे पनि आफ्नै योजनामा जुटेको थियो । उसलाई धनीरामले चौतारीमा एकछिनपनि बस्न नदिएको पटक्कै मन परेको थिएन । अर्को कुरा धनीराम घमन्डी पनि थियो ।गाउँलेहरूप्रतिको धनीरामको घमन्डी व्यवहार पनि चतुरेलाई मन पटक्कै परेको थिएन ।

बिहेको रमझम चलिरहेको वेला चतुरे, उसका छिमेकी र दर्जनौँ गाईवस्तुको हुल विवाहमण्डपमा पुग्यो । गाईवस्तुको हुल विवाहको रमझमले तर्सियो । गाईवस्तु बाँबाँ र बुँबुँ गर्दैयताउता दौडन थाले ।

त्यति मात्र नभएर चतुरेको हुल बैठक, भान्साघर, पाहुनाकोठा जहाँजहाँ पिपलको छायापुगेको छ त्यहीँत्यहीँ मनखुसी घुम्न थाले । बिचरा धनीरामसँग लाजले रातोपिरो हुनुबाहेकअरू उपाय थिएन ।

जन्तीहरू आश्चर्यमा परे । विवाह मण्डपमा त्यस्तो खैलाबैला मच्चिएको देखेर जन्तीहरूचतुरेसँग रिसाउन थाले । जन्ती रिसाउन थालेको देखेर चतुरेले भएको सबै कुरा जस्ताकोतस्तै राख्यो । उसले धनीरामसँग भएको सहमतिपत्र पनि देखायो । चतुरेको कुरा सुनेरजन्तीहरू रिसाउनुको सट्टा रमाइलो मानेर पेट मिचिमिची हाँस्न थाले । धनीराम लाजलेभुतुक्कै भयो ।

त्यसपछि धनीरामले विचार गप्यो त्यो गाउँमा बस्नु ठीक छैन । त्यसैले क अर्को गाउँमाबसाइँ सस्यो । पिपल चौतारी पहिले जस्तै गाउँलेको भेटघाट, छलफल, सरसल्लाह गर्ने,आराम गर्ने ठाउँ भयो । त्यहीँ चौतारीमा बसेर गाउँलेले धनीरामको आधा घरलाईपाहुनाघर बनाउने र आधा घरमा चतुरे बस्ने सल्लाह गरे ।

“तर अरूको घरमा म कसरी बस्ने ? मैले धनीरामलाई पाठ मात्र सिकाउन खोजेको हुँ,उसको घरमा बस्न खोजेको होइन ।” चतुरेले असहमति जनायो ।

“यो घर र चौतारी तिम्रो बुद्धिले प्राप्त भएको हो । यो घरमा गाउँलेको पनि प्रशस्तपरिश्रम भिजेको छ । फेरि तिम्रो घर पनि त छैन, धनीरामसँग पिपलको छाया किन्दातिमीले तिम्रो घर बेचिसकेका छौ । त्यसैले तिमीले यो घरमा बस्न अप्ठ्यारो मान्नुपर्दैन ।”गाउँलेहरूले भने ।

चतुरे गाउँलेको सल्लाहमा सहमत भयो । उसले पिपल चौतारी र पाहुनाघरकोमरम्मत सम्भार गर्ने जिम्मा पनि लियो ।

१८ चतुरेको चर्तिकला

देख्ने अन्घो

चतुरेको छिमेकमा एउटा परिवार थियो । परिवारमा दुई दाजुभाइ थिए । जेठो दाजुकीश्रीमती पनि थिइन्‌ । दुई दाजुभाइको सम्बन्ध राम्रै थियो, तर भाइजूले देवरलाई मनपराउँदिनथिन्‌ । भाउजूको सोचाइमा देवर हुनुभन्दा नभएको भए राम्रो हुन्थ्यो ।

त्यसैले उनी सधैँ नजिकैको मन्दिरमा गएर प्रार्थना गर्थिन्‌, “भगवान्‌, मेरो देवरलाई अन्धोबनाइदेक । तिमीले उसलाई अन्धो मात्र बनाइदियौ भने त्यसपछि के गर्नुपर्छ मलाई थाहा छ ।”

एकदिन कान्छो भाइलाई उत्सुकता जाग्यो, “भाउजू सधैँ मन्दिरमा गएर केका लागि पृजागर्छिन्‌ ?” त्यसैले एकपटक उ भाउजूले थाहा नपाउने गरी उनको प्रार्थना सुन्न पछिपछिमन्दिरतिर गयो ।

उसले भाउजूको प्रार्थना सुन्नमन्दिर पछाडि बसेर कानथाप्यो । जब उसले भाउजूकोप्रार्थना सुन्यो, क चकित

पस्यो । जे भए पनि भाउजूलेत्यति साह्वो नराम्रो गर्छिन्‌ भन्नेउसलाई लागेको थिएन ।

मन्दिरबाट घर फर्कंदा कान्छोभाइको चतुरेसँग भेट भयो ।उसलाई दु:खी र निरास देखेरचतुरेले त्यसको कारण साध्यो ।भाइले भएको सबै व्यहोराबतायो र भाउजूको दुष्टताबाटबच्ने उपाय बताइदिन पनिचतुरेसँग अनुरोध गप्यो ।

चतुरेको चर्तिकका .._____. १९

चतुरेले भन्यो, “आज म विचार गर्छु, त्यसको उपाय म भोलि बताउँला ।”

अर्को दिन चतुरेले बताएको उपायअनुसार कान्छो भाइ भाउजू मन्दिर जानुभन्दा पहिले नैमन्दिरपछाडिको रूखको टोडकामा लुक्यो । उसकी भाउजूले सधैँझैं भगवानसँग अन्धोबनाउने प्रार्थना सिध्याइन्‌ । त्यसपछि उसले आफ्नो आवाजलाई भाउजूले नचिन्ने गरीभन्यो, “तिम्रो देवरलाई एक महिनासम्म मीठोमीठो खानेकुरा दियौ भने क अन्धो हुन सुरुगर्नेछ र तीन महिनाभित्र केही पनि देख्न नसक्ने गरी पूरै अन्धो हुनेछ ।”

त्यसपछि उसले रूखको टोडकाबाट परेवा उडाइदियो । भाउजूलाई लाग्यो त्यो

परेवा त्यही भगवान्‌ हो जसले देवरलाई अन्धो बनाउने उपाय बताएको थियो । भाउजूलेपरेवालाई नमस्कार गर्दै भनिन्‌, “भगवानको जय होस्‌ !” "त्यसको भालिपल्टदेखि भाउजूले देवरलाई मीठोमीठो खानेक्रा दिन थालिन्‌ । वासमतीकोसुगन्धित चामलको भुजा, माछामासु र मीठोमीठो तरकारी; त्यो पनि दिनको तीनतीनपटक,कान्छाको अनुहार फेरिन धेरै दिन लागेन ।

एक महिना पुगेकै दिन भाइले दाजुसँग भन्यो, “दाजु मैले धामलो देख्न थालेँ किन होला ?"भाइले यो कुरा भाउजूले सुन्ने गरी भनेको थियो । उद्देश्य प्रा हुन लागेको देखेर भाउजूमख्ख परिन्‌ । उनी विहानदेखि साँझसम्म मीठा खाना वनाउन व्यस्त रहन थालिन्‌ ।

देवर पान वेलावेला आँखा कमजार हुँदैगएका कुरा दाहास्याउंथ्या । देवरकोआँखा कमजोर हँदै गएको कुरालेभाउजूको मीठा खाना बनाउने जाँगरअझ वढाउँथ्या ।

“अव त म केही पनि देख्न सक्दिनँ ।”तीन महिनापछि भाइले भन्यो । दुवैजनाले उसले नसुन्ने गरी ताली

बजाए । दुवै जनाले सल्लाह गरे, “अवयसलाई वाटोवाट पन्छाउनुपर्छ ।यसलाई पन्छायौ भने यसको सम्पत्तिपनि हाम्रै हुन्छ ।”

२०

चतुरेको चर्तिकला

एकदिन अन्धाले भन्यो, “दिउँसो तपाईँहरू बाहिर जानुहुन्छ । मलाई भुस्याहा

कुकुरले सताउँछन्‌, एउटा बलियो लौरो ल्याइदिनुस्‌ न ।”

“अव कति नै वाँच्न पाउलास्‌ र ?” उनीहरूले एउटा बलियो लौरो खोजेर भाइलाई दिए ।उनीहरूको योजना उसलाई वाँधेर नजिकैको भिरबाट खसाउने थियो ।

एकदिन उसकी भाउजू उसलाई वाँध्न डोरी लिएर उसको नजिकै पुगिन्‌ अन्धो बनेकोदेवरले भाउजूको योजना वुझेको थियो । क अन्धो भएको थिएन, उसले अन्धो भएकोवहाना मात्र पारेको थियो । त्यसैले भाउजू नजिकै आएको मौका पारेर अन्धाले भएभरकोवल लगाएर भाउजूको पिठ्युँमा लौरो बजायो ।

तीनतीन महिनासम्म बसीवसी खाएको मीठो खानाको बल लगाएर बजारेको

लौरोको बोटले भाउजू अचेत भएर लडिन्‌ । अन्धो चिच्यायो, “ए दाजुभाउजू ! बाहिरआउनुस्‌-आउनुस्‌ !! मैले एउटा कुक्रलाई भुतुक्कै पारेँ ।”

दाजु वाहिर आएर हेर्छ त श्रीमतीको बिजोग ! दाजुले श्रीमतीको विजोग मात्र देखेन,भाइको चतुयाइँ पनि वुझ्गो ।त्यसपछि दाजुले भाइसँग माफीमाग्दै भन्यो, “भाइ हामीलाईमाफ गर, अव कहिल्यै पनितिम्रो कुमलो सोच्नेछैनौँ ।”उनीहरूको कल्याङवल्याङ हल्लासुनेर खिमेकी चतुरे पनि त्यहिँआइपुग्यो । आफ्नो बुद्धिकोचमत्कार देखेर क आफैँरमाइरहेको थियो ।

.चतुरेको चर्तिकला

२१

दुई पण्डितको कथा

“पण्डितजीहरू दुवैलाई नमस्कार !”चतुरेको घरअगाडिको बाटोबाटदुईजना पण्डित कतै जाँदै थिए ।उनीहरूलाई देखेर चतुरेले नमस्कारगप्यो।

“कता जाँदै हुनुहन्छ ?” चतुरेलेसोध्यो !

“पल्लो गाउँमा पुराण सुनाउन जाँदैछौँ ।" पण्डितले जवाफ दिए ।

“खाना खानुभएको छैन होला, गाउँ अझै टाढै छ । यतै भान्सा गरेर जाँदा राम्रो होला कि !”चतुरेको कुरा पण्डितहरूलाई पनि बेसै लाग्यो । उनीहरू चतुरेकहाँ खाना खाने

कुरामा सहमत भए । चतुरेको श्रीमती माइतीमा गएकी थिइन । पण्डितहरूलाई चोटामाबसाएर चतुरे खाना तयार गर्न लाग्यो ।

चतुरेको घरनजिकै सफा पानीको खोलो थियो । एकजना पण्डित नुहाउन खोलातिर लागे ।“पण्डितजी ! तपाईंहरू निकै विद्वान्‌ हुनुहुन्छ हगि ? जसले पनि धार्मिक कर्मकाण्डमा

तपाईंहरूलाई नै खोज्छन्‌ ।” चतुरेले खानाको तयारी र पण्डितसँगको गफगाफ दुवैभ्याइरहेको थियो ।

नुहाउन नगएका पण्डितले चतुरेलाई जवाफ दिए, “त्यो नुहाउन गएको पण्डित नाममात्रैको पण्डित हो । त्यसलाई एउटा श्लोक पनि शुध्दसँग उच्चारण गर्न आउँदैन, मेरोभरमा पण्डित बनेको छ । त्यो गधा हो गधा ! बुझिस्‌ चतुरे ?”

एकछिनपछि नुहाउन गएका पण्डित नुहाएर फर्किए र अर्का पण्डित नुहाउन गए । त्यहीमौका पारेर कुरै क्रामा नुहाइसकेका पण्डितले पनि चतुरेसँग नुहाउन गएका पण्डितलाई

२२ चतरेको चर्तिकला

केही नजान्ने, सोझासाझालाई ठग्न मात्र सक्ने र उसैको भरमा मात्र कर्मकाण्ड गर्न सक्नेकुरा सुनाए । उनले पनि चतुरेसँग कुरा गर्दा वेलावेला नुहाउन गएका पण्डितलाई गधा भने ।एउटै गाउँमा बस्ने, कर्मकाण्ड, सप्ताह-पुराणमा सँगसँगै हिँड्ने तर एकले अर्कालाई मान्छेनगन्ने र मौका पारेर अर्काको कुरा काट्ने ती पण्डितहरूको बानी चतुरेलाई पटक्कै मनपरेन ।

पण्डितहरूको नुहाइधुवाइ र पूजापाठ सकिएपछि चतुरेले भन्यो-

“भान्सा तयार भयो, खाना खान आउनुहोस्‌ ।”

बिहान सबेरैदेखि केही नखाई लामो बाटो हिँडेका पण्डितहरू भोकाएका थिए ।

चतुरेको उनीहरूप्रतिको श्रध्दा देखेर उनीहरूले सोचेका थिए, चतुरेले पक्कै पनि मीठोखाना बनाएको होला । पण्डितहरू मुख मिठाउँदै भान्सातिर लागे ।

पण्डितहरू धोती फेरेर खाना खान पिर्कामा बसे ।

लौ फसाद.! चतुरेले खाना त ल्यायो तर ठूल्ठूला बाटामा कलिलो र हरियो घाँस र थोरथोरैभिजाएको चना र भुस !

“हाम्रो यत्रो बेइज्जती ! हामी तँलाई श्राप दिन्छौँ ।” दुवै पण्डित रिसले आगो भए ।

चत्रेले शान्त स्वरमा भन्यो, “पण्डितजीहरू ! नरिसाउनुहोस्‌, मैले त तपाईँहरूले लाए ।अद्दाएको काम मात्र गरेको हुँ । दुवैले एकअर्कालाई गधा भन्नुभयो, मैले त्यहीअनुसारकोखाना ल्याइदिएँ । भन्नुस्‌ यसमा मेरो के दोष छ?”

ती पण्डितहरूले न केही बोल्न सके न त एकअर्कालाई हेर्न नै ।चतुरे भने पण्डितहरूले नदेख्ने गरी मरीमरी हाँस्यो ।

चतुरेको चर्तिकला ....................................ननततमममममममभिमिििििििििजिजिजिजििििििजलि रे

खेतको पहाड

चतुरेको छिमेकी गाउँमा एकजना जमिन्दार बस्दथ्यो । जमिन्दारको गाउँको पुछारमा ठूलोफाँट थियो । त्यो फाँटको आधा खेत जमिन्दारको थियो । तर जमिन्दारलाई एउटा समस्याथियो । जमिन्दारको खेतमा स-सानो पहाडजस्तो देखिने ठूलो ढिस्को थियो । जमिन्दार त्योपहाडलाई सम्याउन चाहन्थ्यो तर पहाड सम्याउँदा लाग्ने खर्च देखि भने डराउँथ्यो ।एकदिन जमिन्दार खेतसँगैको बाटोमा बसेर त्यही पहाडबारे सोच्दै थियो, टुप्लुक्क चत्रेपुग्यो ।

“के सोच्दै हुनुहन्छ जमिन्दार बा ?”

“यो खेतको पहाड कसरी पन्छाउन सकिएला ? यही धुनमा छु चतुरे बाबु !” जमिन्दारलाईचतुरे चलाख छ भन्ने थाहा थियो । त्यसैले उमेरमा चतुरे जमिन्दारभन्दा धेरै कान्छो भएपनि अरूलाई जस्तो हेपेर कुरा गर्दैनथ्यो ।

«यसको चिन्ता नगर्नुस्‌, यो पहाड पन्छाउने जिम्मा मेरो भयो ।” एकछिन सोचेर चतुरेलेभन्यो ।

“कसरी पन्छाउँछौ ?”

२४ चतुरेको चर्तिकला

“यसमा तपाईंले चिन्तै नगर्नुस्‌ जमिन्दार बा । कसरी पन्छाउने भन्ने कुरा मेरो जिम्मामाछोडिदिनोस्‌ ।”“अनि कति लिन्छौ त पहाड पन्छाएको ?”“यत्ति कामको पनि केको पैसा, त्यो पनि आफ्नै गाउँको मान्छेसँग तपाईंले एकपैसादिनुपर्दैन ।”मानौँ पहाड पन्छाउनु वरको सिन्को पर सार्नु हो । जमिन्दार खुसी भयो ।“अनि कहिले पन्छाउने त यो पहाड ?”“भोलि नै पन्छाउँदा पनि हुन्छ, तर मैले हिजो मात्र खेतीपातीको काम सकेँ । केही कमजोरभएको छु । केही दिन अलि तागतिलो खाना खएर बलियो हुन्छु, अनि पन्छाउँला हुन्न ?”“तिमी आजैदेखि मेरो घरमा आङ । तिम्रा लागि खानेबस्ने सबै व्यवस्था म गर्छु ।”सस्तोमा पहाड पन्छिने कुराले जमिन्दार हुनसम्म खुसी भयो । त्यसै दिनदेखि नै चतुरेजमिन्दारको घरमा बस्न थाल्यो । जमिन्दारको मेजमानीमा मीठोमीठो खानाले हप्तादिनभित्रै चतुरेको रङरूप फेरियो ।“अब त पहाड पन्छाउने कि ?” - चत्रे जमिन्दारको घरमा बसेको सय दिन पुगेपछिएकदिन जमिन्दारले चतुरेका अगाडि कुरा राख्यो ।“म भोलि नै पहाड पन्छाउँछु, यसलाई लगेर रानीवनको पैरोमा राख्ने विचार गरेको छु ।खेत पनि सफा हुने, पैरोमा पनि हरियाली भरिने ।” चतुरेले तुरुन्तै जवाफ दियो । “बरूपहाड पन्छाएको हेर्न गाउँलेहरूलाई पनि खबर गर्नुहोस्‌ ।”अर्को दिन बिहान टन्न खाजा खाएर चत्रे खेततिर लाग्यो । खेतमा पुग्दा गाउँलेहरू पनिरमिता हेर्न खचाखच थिए ।चतुरेले दुईओटा केराका पात मगायो । क दुईओटा हात घुँडामा राखेर घोप्टो पस्यो ।केराका पातलाई उसको पिठ्युँमा राख्न लगायो । पिठ्युँमा केराका पात राखिसकेपछिगाउँलेहरूलाई भन्या, “लौ गाउँले दाजुभाइहरू हो ! त्यो पहाड उठाएर मेरो पिठ्युँमा, राख्नुस्‌ ! अनि म यसलाई अहिल्यै रानीवनको पैरोमा पुन्याएर राख्छु ।”

त्यसपछि मात्र जमिन्दार र गाउँलेहरूले थाहा पाए उनीहरूलाई चत्रेले उसको अर्कोचर्तिकलामा फसायो ।“यसपटकको खेतीपातीको थकाइ राम्रै गरी मेटियो ।”

- चतुरे मनमनै हाँस्दै घरतिर लाग्यो ।

चतुरेको चर्तिकला ..............................................--भभभभममभाममममाभभभभिभिभभिभिमममभिभिभिभििजिभिभिभिभिभिभिभिभिभिजिलिजि रेश

लौ पन्यो फसाद्‌

एकदिन काम विशेषले चतुरे कतै जाँदै थियो । बाटामा उसले तीनजनालाई भेट्यो ।उनीहरू तीन भाइ थिए । चतुरे र ती तीन भाइ सँगसँगै एउटै बाटो लागे ।

चतुरे नयाँनयाँ कपडा लगाएर चिटिक्क परेको थियो । ती तीन भाइले सल्लाहगरे - “कुनै तरिकाले यसका नयाँ कपडा फूत्काउनुपर्छ ।”

साँझको बास चतुरे पनि ती तीन भाइसँग बस्यो । खानासाना खाएर उनीहरूले सुत्नेसुरसार गर्न थाले ।

त्यसै वेला एक भाइले प्रस्ताव राख्यो - “रात लामा छन्‌ । हामीलाई जसरी पनिरात बिताउनु छ । त्यसैले हामी आफ्नाआफ्ना कथा सुनाऔँ । जसले अपत्यारिलो कथा भन्नसक्छ - त्यसैको जित हुनेछ, जित्नेले भनेको कुरा अरू तीन जनाले मान्नुपर्नेछ ।”

दुई भाइले तुरुन्त स्वीकार गरे किनभने यो प्रस्ताव ती तीनै भाइको सल्लाहले राखिएको थियो ।“तिम्रो के विचार छ चतुरे ?” एक भाइले चतुरेलाई सोध्यो ।

“ठीक छ, मेरो पनि सहमति छ तर पहिले तपाईंहरूले आफ्ना कथा सुनाउनुहोस्‌, अनि मसुनाउँला ।” चतुरेको सहमति सुनेर ती तीनै भाइ खुसी भए ।

विवि चतुरेको चर्तिकला

त्यसपछि जेठो भाइले आफ्नो कथा भन्न सुरु गन्यो, “म जन्मेको दिनको कुरा हो । आमालेबुबालाई घरअगाडिको ठूलो आँपको रूखबाट आँप टिपिदिनुहोस्‌ भन्नुभयो । बुबाले अल्छीगर्नुभयो । अनि म गएर दुई टोकरी आँप टिपेँ । सबैले मज्जासँग खायौँ । जन्मेकै दिनछोराले आँप टिपेर खान दियो भनेर आमा निकै खुसी हुनुभयो ।”

सबै भाइले चतुरेलाई हेरे । जेठो भाइको कुरा पत्यारिलो त थिएन तर उसकोकुरा नपत्याउनुको अर्थ उसको जित हुन्थ्यो । त्यसैले चतुरेले जवाफ दियो - “हुन सक्छ ।”

दोस्रो भाइले भन्यो, “मेरो उमेर एकहप्ता मात्र भएको थियो, नजिकैको जङ्गलमा बुबासँगसिकार खेल्न गएँ । बुबाले ठूलो बाघ देखेर गोली चलाउनुभयो । तर गोली बाघकोखुट्टामा मात्र लाग्यो । बाघले बुबालाई झम्टेर मार्ने आँटेको थियो - मैले बाघलाई समाएरछिन्नभिन्न पारेर मारेँ । मैले कमिजभित्र लगाएको बनियन त्यही बाघको छालाको हो ।”

“खै बनियन हेर ।” चतुरेले यो कुरा भनेन किनभने यसको अर्थ उसको कुरा अपत्यारिलोहुन सक्थ्यो । अपत्यारिलो हुनुको अर्थ कथा भन्नेको जित हुन्थ्यो ।

त्यसपछिको कथा भन्ने पालो कान्छो भाइको थियो । कान्छो भाइ पनि के कम थियो र !उसले कथा भन्न सुरु गन्यो, “मेरो उमेर एक महिना पनि पुगेको थिएन, एकपटक मसाथीहरूसँग माछा 'मार्न समुद्रमा गएँ । तर आधा दिन बितिसक्दा पनि हामीले एउटा पनिमाछा समाउन सकेनौँ । अनि म समुद्रमा डुबँ । लगातार चार घण्टासम्म डुबेपछिसमुन्द्रको पिँध भेटेँ । त्यहाँ एउटा पहाड जत्रो विशाल माछा थियो । मैले एक मुक्कादिएको त माछो खुत्रुक्कै ।

मलाई असाध्यै भोक लागेको थियो । मैलेत्यही समुन्द्रको पिँधमै एक थुप्रा सुकेकादाउरा खोजेँ । त्यो विशाल माछालाईआगोमा पोलेँ । माछाले टन्न अघाएपछिमात्र बाहिर आएँ ।”

“हुन सक्छ समुद्रका ठूलाठूला माछासमुद्रको पिँधमै बस्छन्‌ ।” चतुरेले कान्छोभाइको पत्याउनै नसकिने कुरामा पनिअविश्वास गरेको देखाएन ।

चतुरेको चर्तिकला तिजीडिडिसिसिसीिसीडिसिसि्ि् सि र)

त्यसपछिको कथा सुनाउने पालो चत्रेकोथियो । चतुरेले आफ्नो कथा सुरु गन्यो -“मैले तपाईंहरूले जस्तो अचम्मलाग्दाकाम गर्न सकिनँ । तर धेरै वर्ष पहिले मकपासको खेती गर्थेँ । एकपटक अचम्मभयो - मैले कपास टिप्दाटिप्दै कपासकोएउटा दानामा कपासको सट्टा तीन जनामानिस भेटेँ । ती मानिस साना मात्रैथिएनन्‌; साह्रै साना थिए - केवल माहुरीजत्रा मात्र । मैले तिनीहरूको पालनपोषण

गरेँ । ती मानिस हुकंदै गए । एक वर्षभित्रै तिनीहरू खेतीपाती गर्न सक्ने भए । खुसीकोकुरा के थियो भने तिनीहरूले मलाई कपास खेतीमा सघाउँथे । तर उनीहरूसँग खुसीकोकुरा मात्रै थिएन, तिनीहरू अल्छी र वेलावेला काममा ठग्न खोज्थे । वेलावेला तिनीहरूकोपिठ्युँमा लठ्ठी नबर्साए कामै गर्दैनथे ।

एकपटक म काम विशेषले बाहिर गएको थिएँ । त्यही मौका पारेर तिनीहरू भागेछन्‌ । तीअल्छी र ठगभगुवा अरू कोही नभएर तिमीहरू नै हौ । तिमीहरूलाई खोज्दा खोज्दा हैरानपरेँ, तर आशा भने मारिनँ । बल्ल आज तिमीरूलाई भेटेँ । उता कपास खेती चौपट छ ।ल तिमीहरू अहिले नै हिँड ।”

लौ पप्यो फसाद्‌ चतुरेको कुरा साँचो होइन भन्दा पनि चतुरेको जित हुन्छ किनभनेअपत्यरिलो कुरा गर्नेको जित हुनेछ भनेर पहिल्यै सर्त राखिएको छ । साँचो हो भन्दा पनिचतुरेसँग उसको कपास खेतीमा काम गर्न जानुपर्ने ।

चतुरेको कुराले ती तीनै भाइ अक्क न बक्क परे । ती तीन भाइले एकअर्कालाई मुखामुखगरेर हेर्न थाले । तिनीहरू मनमनै भन्दै थिए, “आफूले खनेको खाल्डोमा आफैँ परियो ।”त्यतिन्जेलसम्म चतुरेले विचार गस्यो, “यी मोरालाई पछि लगाएर पनि के गर्ने ? खै!गरी खालान्‌ जस्ता देखिँदैनन्‌ । पाल्नको मात्र हैरानी ।”

२८ ....................................................--०॥भनभाभमभममममममभििभिभफििभििमिममििभिमि चतुरेको चर्तिकला

त्यसैले एकछिन पछि चत्रेले भन्यो, “तर एउटा सर्त मान्छौ भने तिमीहरूलाई छोड्नसक्छु ।”भन चतुरे तिम्रो सर्त के हो ?' तिनै भाइमा केही आशा पलायो ।

“तिमीहरूले लगाएका कपडा दिन्छौ भने तिमीहरूलाई छोडिदिन्छु ।”चतुरेले भन्यो ।

चतुरेको सर्त मन्जुर गर्नै पर्ने थियो ।होइन भने चतुरेको पछिपछि लागेरउसले भनेअनुसार गर्नुपर्थ्यो । त्यसैलेएकै स्वरमा तीनै भाइले भने, “चतुरे !तिम्रो सर्त हामीलाई मन्जुर छ ।”

चतुरेले,ती तीन भाइ कपडाको कुटुरोबनायो । कपडाको कुटुरोलाईलौरोको एकापट्टि बाँध्यो र लौरोकाँधमा राखेर आफ्नो बाटो ततायो ।

विचरा ती तीन भाइ जाडाले थुर्‌-थुर्‌ ।

नानी हो ! तिमीले यो कथा पत्यायौ ?पत्यायौ भने ठीक छ । तर पत्याएनौभने ... । पत्याएनौ भने के गर्नुपर्छतिमीहरूलाई थाहा छँदै छनि !,किकसो ?

चतुरेको चर्तिकला जिया विजिजि्ववव्वव्् वि 00०१

दढुङगे झोल

“नमस्कार बुबा !”

“नमस्कार बाबु ! कति कामले आयौकुन्नि ?” “यसो डुलेर घर फर्कंदैगरेका, रात पर्न आँद्यो, बास पाइन्छकि भनेर ।”

बनजङ्गल,खोला, झरना नदी हेर्दै घुम्नचतुरेलाई निकै मन लाग्थ्यो । यसपटकपनि क घुमेर फर्कदै थियो ।

चतुरेको बास माग्ने कुरा सुनेर घरबेटीबा अलमल्ल परे । बास नदिउँ भनेसाँझको पाहुँना, बास दिरँ भनेउसलाई खाना दिनुपर्ने । फेरि चतुरेघरबेटी बाको चिन जानको मान्छे

पनि थिएन र नातेदार पनि थिएर ।त्यसैले घरबेटीबाले भने “बास तसाङ्ग्रो गरौँला, केही भएन, तरखानलाई अप्ठेरो छ नि त बाबु, मसँगकेही छैन ।”

चतुरेले विचार गस्यो, “यी बूढाबा अलिकन्जुस रहेछन्‌ । यति ठूलो घर भएरपनि खानलाई केही छैन रे ।” अनिएकछिन विचार गरेर चतुरेले भन्यो,“खानाको चिन्ता नगर्नुस्‌, मलाई बासमात्रै भए पनि पुग्छ ।”

चतुरेको चर्तिकला

झ्याउँकिरी कराउन थाले । झमक्क साँझ पस्यो । चिसो चिसो पनि भयो । उनीहरू घरभित्रपसेर अगेनाको आगो ताप्न थाले ।

आगो ताप्दै गर्दा चतुरेलाई थाहा भयो उसको पेटमा मुसा पनि कुद्न थालेछन्‌ । तर घरबेटीले खाना छैन भनिसकेको छ । एकछिन बिचारेर चतुरेले भन्यो, “एउटा कराही रअलिकति पानी पाइएला बुबा ?”

“केका लागि खोज्यौ कराही र पानी ? ० बूढाबाले सोधे ।

“ढुङ्गाको सुप बनाउन, मसँग एउटा ढुङ्गो छ यसको साह्रै मीठो सुप बन्छ ।” दिउँसोराम्रो लागेर नदीकिनारबाट उसले एउटा ढुङ्गो ल्याएको थियो । त्यही ढुङ्गो झोलाबाटझिकेर देखाउँदै चतुरेले भन्यो ।

“के नभा'को कुरा गरेको चत्रे बाबु ? ढुङ्गाको पनि सुप बन्छ ?”“बन्छ वुबा बन्छ, म तपाईंलाई अहिल्यै बनाएर देखाइदिन्छु । हेर्नुस्‌ न ।

बूढाले कराही र पानी दिए । चतुरेले सफा गरेर उम्लँदै गरेको पानीमा ढुङ्गाराख्यो । “यसलाई नुन खुर्सानी चाहिँदैन बाबु ?” उत्सुकतापूर्वक सुप हेर्दै गरेका बूढाबालेसोधे । “भए त चाहिन्थ्यो, तर नभए पनि खास फरक पर्दैन ।” चतुरेले जवाफ दियो ।

“छु छ यत्रो घरमा नुनखुर्सानी पनि नहुने त कुरै भएन ।” चतुरेले सुपमा ननुखुर्सानीराख्यो । एकछिन पछि चतुरेले भन्यो । यसो त “यो सुप यसै पनि मीठो छ तर प्याजराख्न पाए अझै राम्रो हुन्थ्यो ।”

“छु चतुरे बाबु प्याज पनि छ ।”

चतुरेले सुपमा प्याज राख्यो । चतुरेले सुप पकाउन निकै मेहनत गरेजस्तो गरी डाडुचलाउँदै गस्यो । “अरू केही चाहिन्थ्यो कि ?” वूढाबाले सोधे ।

“खास केही चाहिँदैन, तर छ भने अलिकति सुकुटी राख्न पाए निकै मीठो हुने थियो ।”चतुरेले अगेनामाथि सुकाएको सुकुटी देखिसकेको थियो ।छु बाबु छ, दसैँमा काटेको खुसीको सुकुटी बाँकी छ ।”

ढुङ्गाको सुप खान बूढाबा पनि उत्सुक देखिन्थे । उनले सुकुटी राखेको नाङ्लै चतुरेकोअगाडि राखिदिए । चतुरेले सुपमा सुकुटी राख्न कन्जुस्याइँ गरेन ।

चतुरेको चर्तिकला _ूटटटटलनाभननममाममभभमिममिमििभजिजिजििजिलजजजिलजिजलिललिलिलिजलिलललिलललिलललललिलिलललिलिलिलिलिलिलिलिलिलिललललििििलिललििलिलिलििलिललिललललिलिणि रौ

“ल बुबा चाख्नुस्‌ त कस्तो भयो ?” आहा ! क्या मीठो, यो त भातसँग खान पाए अझैमीठो हुन्थ्यो ।”

बूढाबाले चामल झिके र आफैँ भात पकाए । चत्रेको ढुङ्गाको झोल र बूढाबाको भातकोसंयुक्त स्वाद निकै मीठो थियो । दुवै जनाले जिब्रो पड्काउँदै पेटमा दौडेका मुसा मारेँ ।अर्को दिन बिहान चतुरेले बिदा भाग्दै थियो । बूढाबाले भने, “बाबु मलाई तिम्रो त्यो ढुङ्गादिन्छौ ? हिजो साँझ पकाएको झोल खुबै मीठो लाग्यो ।”

“तर यसको सुप बनाउँदा हिजो साँझ राखेका सबै कुरा राख्ने भए मात्र दिन्छु ।” चतुरलेसर्त राख्यो ।

“हुन्छ बाबु हुन्छ, म सबै राखेर मात्र ढुङ्गे सुप बनाउँला ।”

चतुरे बूढाको बृद्धि देखेर हाँस्दै आफ्नो बाटो लाग्यो । बूढाबाले पछिसम्म पनि ढुङ्गाकोसुपको स्वाद लिन छोडेनन्‌ ।

३२ चतुरेको चर्तिकला

पाठ्यक्रम विकास केन्द्रद्धारा वि.सं २०५७ मा प्रकाशितबाल सन्दर्भसामग्रीहरू भगामतामगअअतामाआजामाड अमयासआाएयादाआमामगतममालापरआामाआाभाधमममगमगमाआआासामालाममममाममामा

बाललीला

(कविता सङ्ग्रह)

अल्छीको औषधी

(कथा सङ्ग्रह)टाटे-पाङग्रे

(कथा सङ्ग्रह)

केही अमर मानिस(जीवनी)

बाईस पाटन-त्रिपन्न ताल(हाम्रा सम्पदा)

1112 19165 1२€९(०10(6101 $01165)

0९ $5012501 टा वाथा(1२11511165)

के कसरी बन्छ ?

(विज्ञान तथा वातावरण)पेटमा भूत कसरी पस्यो ?(विज्ञान तथा वातावरण)सङ्गत गुनको फल

(कथा सङ्ग्रह)

श्री ५ को सरकारशिक्षा तथा खेलकुद मन्त्रालयपाठ्यक्रम विकास केन्द्र

संयोजन: बाल साहित्य समाज, नेपाल

गोरखबहादुर सिंह

संयोजन: बाल साहित्य समाज, नेपाल

, संयोजन: बाल साहित्य समाज, नेपाल

संयोजन: बाल साहित्य समाज, नेपालगा) “9

(011600701: 341 5914 $9114विश्वम्भर चञ्चल

ध्रुब घिमिरे

रमेश विकल