इतिश्री (हास्यव्यङ्ग्य सङ्ग्रह)

फष्ठाप260 80: ७१0०ने७साझा शिक्षा ई-पाटी[०11-0011 110 ५५४५४४४,[१15101(919%90,01५४४/५४४,01€21121221,01 इतिश्री उस्तै पुराणो इतिश्वी समाप्तिको स्वीकृति होइन; अध्यायान्तको जनाउ मात्र हो ।यतिन्जेलको मेरो - लरखर खालि नेपाली लेख्न सिक्ने तरखर हो । तरयतिका वर्ष कलम घोटता पनि नेपाली जानिँदो रहेनछ, ख्बै साहित्य-सिर्जना गर्ने त कहिलेकहिले ? अहिले यो पनि उस्तै भयो । इतिश्री यतिको १ध्यायः २०२८।५।१३१ - भैरव अर्याल धन्यबादैधन्यवाद ! 'इतिश्री' छाप्न दिएकोमा अर्याललाई, चिनारी लेखिदिएकोमा वासुदेवत्रिपाडीलाई, गाताचित्र बनाइदिएकोमा टेकवीर मुखियालाई धन्यवाद !किनेर पढिदिने सबैलाई धन्यवाद !धेरैको केको वादविवाद !- कौवा प्रकाशन

अर्यालको 'इतिश्री' का सम्बन्धमा (क) 'कौवा प्रकाशन' बाट भैरव अर्यालको इतिश्वी छापिँदै छ।हास्यव्यङ्कग्यरचनाको यो सङ्कलन अर्यालको काहिँलो सन्तान हो । म आगामीसन्ततिका निम्ति पनि मर्यादाक्रम छोडिदिँदै भनिरहेको छु । 'रसमय नेपालीजीवन' तिरभन्दा वा समाजका फूलबारी र बैठकभन्दा हाम्रा जीवनका साँगुराराल्ली र विकृतिका रछानतिरै रमाइरहेका अर्यालको शीर्षस्थ उपलब्धिका रूपमाइतिश्ी देखा पर्दै छ, तापनि यो उनको हास्यव्यङ्ग्य- व्यवसायको इतिश्रीनबनौस्‌ भन्ने सगुन म सर्वप्रथम टग्ग्राउँछु । म यस्तै इतिश्वीको भूमिका लेख्न पलेँटी कस्तै छु र उपयुक्त भाकाखोज्दै छु । मेरा मनमा एउटा दुबिधा देखा पर्छ- म कुन भैरव अर्यालकोहिसापकिताप गरुँ ? नेपाली हास्यव्यङ्ग्यको विकासोन्मुख मुलुकका सन्दर्भमासाह्रैसाह्कै जेहेनदार र खप्पिस देखा पर्ने भैरव अर्यालको कि हास्यव्यङ्ग्यकोअति विकसित भूभागका सापेक्षतामा अनागत र आउन बाँकी भैरव अर्यालको ?अझ प्रश्नलाई अर्को रूपमा पनि ठड्याउन सकिन्छ- उनको वर्तमानकै मतारिफ गरुँ कि, उनीजति प्रवीण र खप्पिस बन्न सके नेपाली हास्यव्यङ्ग्य-निबन्धको गजुर गगनचुम्बी होला, त्यस सम्भाव्य भविष्यका निम्ति उनलाईआमन्त्रित गर्दै उनको पूजाआजा (उनको वर्तमानलाई छेडछाड) गरे ? आजउनी भाले देखा पर्छन्‌, तर भोलिपर्सिका निम्ति उनी सेर्रा निक्लन सक्लान्‌ किनसक्लान्‌ ? त्यही मेरो दुबिधाको मुटु हो । त्यसो भए म यो भूमिका तीतोबाट थालूँ कि मीठोबाट । म. मनमनैसोचिराख्छु तीतो-मीठो, मीठो-तीतो. । 'मधुरबाट समाप्त गर्नु" कुनचाहिँ मन्त्रहो यो ? साँच्ची हामी नुनिलो-अमिलो खाइसकेपछि गुलियोबाट(भेटियो भने। भोजन समाप्त गछौँ क्यार ! तैपनि परम्परा भाँच्नु नै उपलब्धिहुने परिवेशमा म गुलियो-मीठोबाटै हास्यव्यङ्ग्यकार अर्यालको परिचर्चा गर्न चाहन्छु । कुनै दिन मै पनि परम्पराको एक स्तूप बन्न पुगेँ र मैलाई पनिभाँचिदिए भने ! तर 'भने' को सम्बन्ध आजसँग छैन, पर्सि-निकोर्सिसँग छ ।त्यसैले मेरो निम्ति यौ तात्तातो प्रश्न होइन । मैले अठोट गरेँ- म पनि आजकाव्यङ्ग्यकारलाई पहिले मसारमुसुर पार्छु अनि बेसरी 'पूजाआजा' गर्छु ।नेपाली हास्यव्यङ्गग्यको विकासशील परम्परामा हास्यव्यङ्गग्यकार अर्यालकुन अनुहारका देखा पर्छन्‌ ? पस प्रसङ्गका निम्ति सत्सङ्ग अत्यावश्यक हुनजान्छ र म हाम्रा हास्यव्यङ्ग्य सन्तहरूको सूचीपत्र प्रस्तुत गर्ने अनुमतिमाग्दछु । समालोचना सूचीपत्र हो कि विशिष्ट प्रतिभाको परिचर्चा ? जे होस्‌,म टिपटाप र टाकनदुकन गरेर परम्पराबोधको पातलो पर्दा खडा गरेरहास्यव्यङ्ग्यकार अर्यालको निजी कोष्ठको खाका खिच्न लागिरहेको छु । ।ख)। भानुभक्तदेखि वा उनीभन्दा पनि पहिल्यैदेखि कविहरू नेपालीजीवनको सरसताको बखान गर्न चम्किएका हुन्‌ र अझै चम्किदै छन्‌ । तरनेपाली समाज र जीवनका विकृतिको व्याकरण र विसङ्गतिको सङ्गीतखोज्नेतिर बाटो भुलेर मात्रै दुई-चार कविहरू लागेका छन्‌ । भानुभक्त, लेखनाथ,लक्ष्मीप्रसाद देवकोटा, कुलमणि देवकोटा र भूपीका चास्सचुस्स वा छास्सछुस्सलेमात्रै काम फत्ते नहुने देखेर स्वयं कवि 'भीमनिधिले पुरानो भारी बिसाएरहास्यव्यङ्गग्य-कविताको नेतृत्व आफैँ लिएको दशाब्दी बितिसकेको छ । तैपनिनेपाली कविताको मुलुकमा हास्यव्यङ्ग्य-तत्त्वको धाक अझै जमिसकेको छैन,मैले जानेसुनेका होरेस, ड्राइडेन र पोपका चर्तिकला अझै देखा परेका छैनन्‌ । 'जेजस्तो हुनुपर्ने हो' र जेजस्तो छ' को अन्तर्दर्शन प्राप्त नभईहास्यव्यङ्ग्यको सक्कली कलाकार कलकलाउन सक्तैन । सामान्यता,स्वाभाविकता र सत्यको अतिक्रमण भएको बोधबाटै हास्यव्यङ्गग्यकारको पदयात्राप्रारम्भ हुन्छ । यसरी आदर्श र यथार्थको अन्तर्विरीधको चेतनाबाटै हास्यव्यङ्ग्यकोबिरुबा अङ्करित हुने भए पनि आदर्श वा सत्यको सस्तो सीधा फलाक्याइँलेकामै चौपट गरिदिन्छ (हास्यव्यङ्ग्यकारको) अनि यथार्थको कोरो फोटोग्राफीवा '“तस्बिर-उतारी' बाट पनि हास्यव्यङ्गग्यकार करुणा-बीभत्ससँग एकोहोरोमितेरी लाउन पुग्छ । हेरिने गरिएभन्दा भिन्नै कोणबाट, स्थूलीकरण वाक्षाद्रीकरणका प्रातिभ सिसाबाट अनि उल्टो- विलक्षण प्रक्षेपबाट 'जेजस्तो छ'लाई नवविलक्षण रूपमा प्रस्तुत गर्न सकियो र 'जेजस्तो हुनुपर्ने हो' को सृक्ष्ममिही ध्वनि वा व्यञ्जनाको परिष्कृत वासना मुग्धवेधक रूपमा मगमगाउनसक्यो भने मात्रै हास्यव्यङ्ग्यकारको कला मूर्त हुन जान्छ । यसका निम्ति समाज-गठनका विविध पाटाको सूक्ष्म पर्यवेक्षणशक्ति, मानवीय संस्कारकाबहुमुखी छायाछवि (मानसिक र बौद्धिक लोकको अन्तर्ज्ञान), भाषाका सम्भावना -सामर्थ्यको गम्भीर अवगाहन अनि शिल्प-प्रविधिका विशिष्ट-विलक्षण बान्कीकोस्फुरण-साधना हास्यव्यङ्ग्यकारका अपरिहार्य सामग्री, प्रतिभा र आराधनाठहरिन्छन्‌ । मान्छे र समाजको इयत्ताको बाँध बाँध्न नसकिए पनि आफैँलेभोगेका-जानेका र पढेगुनेका संस्कारबाटै मान्छे र समाज चिन्दै अनि आफू रआफ्ना अपरिष्कृत रागको क्रणीकरण गर्दै साधारणीकरण, सार्बभौमीकरण वाशाश्वतीकरण गर्न सक्ने स्थालीपुलाक न्यायको आचार्य हुन्छ हास्यव्यङ्ग्यकार ।बाहिरी ओठ मात्र होइन, मनका सूक्ष्म ओठसम्म स्वतः चलमलाउने गरीहास्यरसको सृष्टि गर्नु र मान्छे-समाज वितअङ्ग रहेछ भन्ने व्यङ्ग्य मनमाभने, बुद्धि सपार्ने र समाज सुधार्ने अप्रत्यक्ष बोध वा व्यञ्जनाका साथ प्रस्तुतगरेरै हास्यव्यङ्ग्यकार कृतार्थ हुन जान्छ । यस सन्दर्भमा हेर्दा नेपाली कवितामा हास्यव्यङ्ग्यको परम्पराको गोडादरिएको अनुभव हुँदैन । हास्यरस सतहकै हुनु र अन्तर्मनका ओठ-ओठ प्रकम्पितपार्न असमर्थ रहनु बा सामाजिक सेरोफेरो भ्रमण गर्न नसक्नु वा मानवीयमनोवृत्ति र चिन्तनवृत्तिलाई धुन-माभन नसक्नु बा यथार्थबोचै ज्यादा हुनु वाआदर्श चैतन्य नै-बढी ओकलिनु वा व्यङ्ग्य रहे पनि हास्य कमजोर हुनु वाहास्य भए पनि व्यङ्ग्यशक्ति तीखो नहुनु वा व्यङ्ग्य सतहकै भई व्यङ्ग्यशक्तिगुमाउनु वा व्यक्तिका रागतत््वको क्रणीकरण नहुनाले साधारणीकरण कब्जानहुनु वा हास्यव्यङ्गयका निम्ति उपयुक्त पर्याप्त शब्दचाल र शिल्पजालकोकला स्वतःस्फुरित नहुनु वा उस्तादी सामर्थ्य अविकसित हुनुजस्ता कमजोरीहाम्रो हास्यव्यङ्ग्य-कवितामा अझै बाँकी छन्‌ । भानुभक्त, मोतीराममण्डली,लेखनाथ, लक्ष्मीप्रसाद, कुलमणि, भीमनिधि, भूपी वा अन्य उत्तरवर्ती कविहरूमाहास्यव्यङ्गग्यका कतिपय तत्त्वहरू निहित भएर पनि तिनीहरूको सक्षम उपयोगर परिष्कार नभइसकेको महसुस हुन्छ । 'नहुनु मामाभन्दा काना मामा निको'को रूपमा नेपाली हास्यव्यङ्ग्य-कविताप्रति (“छद्याकन' देउता नरिसाकन्‌ !)म खुपै माया गर्छु, तर हास्यव्यङ्गय-कलाको सफल क्रियान्वयनमा गद्यकार वानिबन्धकारहरू नै मेरो सानो बिचारमा चिल्ला पात प्रतीत हुन्छन्‌ । नेपाली कविताले हास्यव्यङ्ग्यको जबरजस्त खुराक पचाउन नसकेकोअनुभव गर्छु म । हास्यव्यङ्ग्यको लेखुवा बन्न सजिलो छ, तर लेखक हुन गाह्रोछ क्या ? यसका निम्ति साहित्यकारमा जुन मेधाको आवश्यकता हुन्छ, त्यसलाई प्राप्त गर्न हाम्रा कविहरू अनकनाएका छन्‌ । साथै मानवीय व्यक्तित्व रसमाजगठनका अन्तर्विरोधलाई यसको विस्तृततामा फुकाउने कला हाम्राहास्यव्यङ्ग्य-कविहरूले अजमाएर नभ्याएफैँ म ठान्दछु । कविता स्वभावतःभाव-संक्षिप्तमा गर्व गर्छ, अनि मूलत: एकरसताको प्रवाह-प्रभावमा रमाउँछ ।'हास्यरसका' देवकोटा रिसाए पनि म भनिदिन्छु- कविका सङ्गीति चैतन्य रतरल चोलामा हास्यव्यङ्ग्यको खाँदबारी वा ठोस ठेला उब्जन गाह्रो पर्छ । हो,कविका स्वीकृत-प्रचलित भूमिकालाई बिदाइ गर्दिएर होरेस, ड्राइडेन वा पोपभैँदिशान्तरको दशा कबोले कवि पर्याप्त हास्यव्यङ्ग्यकार हुन सक्छ । तर यस्तोहिम्मत गर्ने ह्याउ भीमनिधिबाहेक अरू कविले देखाएनन्‌ । 'यशस्बी शव'सम्मको अतीतलाई ठ्याम्मै माया मारेर चोला बदल्ने भीमनिधिँको भक्तिभावहास्यव्यङ्ग्य-कबिताको बिशिष्ट घटना हो । तर समसामयिक समाजकाव्यवहारलाई व्याजोक्ति प्रदान गर्दा भीमनिधिका वैयक्तिक रन्काले अर्घल्याईगरेका छन्‌ । व्यक्तित्वको बिलयन-लीला गर्दै विषयवस्तुको सार्वजनिकीकरणभीमनिधि सिक्तै छन्‌ । तर नानीदेखि बसेको बानी बिर्सन गाह्रो हुँदो रहेछ ।विधाका मर्म र प्रविधिका दृष्टिले सिक्न-जान्न नचाहेरै त्यो विधा धानिरहनुसाहित्यकारको धर्म हो कि होइन ? हास्यव्यङ्गग्यकार भीमनिधिमा पनि योनिजत्व छँदै छ । तैपनि समसामयिक समाजका अस्तव्यस्तता र अर्थ नबर्धलाई विस्तृत रूपमा टिपिदिने र वाणी दिने हास्यव्यङ्ग्य-कविका रूपमाभीमनिधिको निकै गुन मान्नुपर्छ । अब म आशुकवि शम्भुप्रसादको पुर्ख्यौलीमा हर्किने गद्य-हास्यव्यङ्ग्यकोबंशाबलीतिर आँखा तन्काउन पुग्छु । 'जातीय रोगको अच्‌क औषधि' खोज्नेवेदनिधि बडो मापाका छन्‌ । हाम्रो जातिमा रोग छ र औषधिको आवश्यकताछ भन्ने अनुभव गर्नु चानचुने कुरा होइन । हामी रोगी छौँ भन्ने परमज्ञान तहामीलाई प्राप्त भयो, तर यस महारोगको अचूक औषधि खोज्ने वेदनिधि बाजेहस्सू नै रहेछन्‌ । गत आधा शताब्दीमा अचूक औषधि भन्दै धेरै औषध सेवननगरिएको-नगराइएको होइन । तर औषधिचाहिँ असफल, रोगचाहिँ झन्‌झन्‌महामहा हुँदै महामहा रोग भइरहेको अनुभव छ । लक्ष्मीप्रसाद देवकोटाकाकतिपय निबन्धहरू 'जे हनुपर्छ' र 'जे छ' को अन्तर्विरोधको चैतन्यबाटउक्‌समुक्‌सिएर उनका कविताभैँ हास्यव्यङ्ग्यको बाटो पनि समात्छन्‌ । तरकविसुलभ चाञ्चल्य र प्रबाहले गर्दा उनको हास्यव्यङ्ग्य कलाको परिष्कार हुनपाउँदैन । उनी लोभलाग्दा आरम्भ र अलमलिएको नियति बोक्ने हास्यव्यङ्ग्यकार हुन्‌ । हृदयचन्द्रको बैशिष्टच रोगान्वेषणभन्दा औषधि लेख्नुमा छ । औषधि तचर्कै दिएका हुन्‌ उनले, तर उनको पनि केही सीप लागेन । केशव पिँडालीकोखै-खै' को सम्झना तात्तातै छ अफ्नै, सेलाएको छैन । हाम्रा समाजका विकृति,विसङ्गति र विडम्बनालाई उपकथाका चुटकाचुट्कीमा मिसाएर पिँडालीले[तर नकोक्म्याउने गरी) हास्यव्यङ्ग्य-पिँडालु हाम्रा रौसिला पाठकहरूलाईप्रदान गरेका हुन्‌ । उनको व्यङ्ग्यकलामा व्यङ्ग्यको शक्ति देखा परेको हो ।गोला र गोलीभन्दा व्यङ्ग्यका छर्राहरूको सञ्चार गर्ने अभिनन्दनीय व्यापारउनले थालेका हुन्‌ र केवल व्यङ्गयको गुलेली खेलाउनु पनि पौरख होइन,क्रेवल हँसाइदिने गफाडी गुरु वा विदूषकावतार पनि सब थोक होइनन्‌ । हास्यर व्यङ्ग्यको यस संयुक्त कारोबारबाट केशव पिँडालीलाई फाइदै-फाइदा हुनुपर्नेहो तर उनी घाटैघाटामा रहेछन्‌ भन्ने कुरा भर्खरै उनैका घोषणबाट थाहा हुँदैछ । तैपनि पिँडालीको घाटा-घोषणा मेरो बिषय होइन र मैले कपाल दुखाएरपनि नउकल्चिने कुरा हो । नेपाली हास्यव्यङ्ग्य साहित्य र यसको समालोचनालाईदरिलो र तागतिलो खुराक पिँडालीले दिएका छन्‌, अहिले मलाई त्यत्ति भएपुग्छ । नेपाली हास्यव्यङ्ग्यका मूल पुरुष यिनै हुन्‌ । समालोचनाका जुवामापनि विषय वा प्रसङ्गअनुसार “भारेभुरे बाद' भन्नुपर्छ र म पनि भन्छु।हास्यव्यङ्ग्यकार अर्यालको समालोचनात्मक सालिक ठडयाउन यत्ति पृष्ठभूमिभए पुग्ला कि भन्ने मेरो नुझ छ। यसै सन्दर्भमा उन्तको हास्यव्यङ्ग्य-व्यवसायको लेखाजोखा तयार हुन सक्छ भन्ने मेरो अनुमान छ । हास्यव्यङ्ग्य साहित्यको इलाकामा निकैनिकै नाम र काम देखा परे पनिहास्यव्यङ्ग्य निबन्ध (जसले हास्यव्यङ्गय कलाको विकसित रूप बोकेको शिरपाउप्राप्त गरैको छ) को अखडामा देखा पर्ने प्रतिद्वन्द्धीहरू थोरै छन्‌ । पुरानो र नयाँपुस्तामा एक-एक गरी दुइटै उच्चतम मल्लहरू छान्नुपन्यो भने म केशवपिँडाली र भैरव अर्यालको पक्षमा मतदान गर्छु । अरूहरूको योग्यतामा शङ्कानगरेर पनि मत दिनुपर्ने स्थितिमा योग्यतम ठम्याउनुपर्छ, त्यही ठम्याइ होयो । केशव पिँडाली पुरानो पुस्ताको हास्यव्यङ्ग्य-सृजनाको प्रतिनिधित्व थाम्नसक्छन्‌ । ।हास्यव्यङ्ग्यकार देवकोटा, हृदयचन्द्र, अच्छा राई र प्रेमराजप्रभृतिकासाथै हास्यकथाकार कृष्णप्रसाद चापागाईंप्रति यथोचित सम्मानका साथ भनेकोहै !) नयाँ पुस्ताका (उमेर जेजस्तो भए पनि) वासुदेव लुइँटेल, श्रीधर खनाल,श्याम गोतामे, रामकुमार पाण्डे, घटोत्कच, विष्णु नबीनप्रभृति अनेकानेक सष्टाको अहंभावलाई घच्चा नलागोस्‌ : भैरब अर्याल नयाँ पुस्ताका सर्वाधिकसशक्त, त्यसैले प्रतिनिधि निबन्धकारको पगरी गुथ्न सक्छन्‌ । जेठो हिमाल भएपुग्ने र माहिली, साहिँली, काहिँली, ठाहिँली आदि हिमालको महत्त्यै गुम हुनेहाम्रो संस्कार ठूलो भनिएकाको ठुल्याइँको पछि हाहामा दौडन्छ र अरूकोबेवास्ता गर्छ भने सबै साहित्यकार महानै हुन चाहन्छन्‌ । उनीहरू प्रतिनिधिछानेको र तुलना गरेको मन पराउँदैनन्‌ । सिद्धिचरण, रिमाल, घिमिरे रव्यथितमा देवकोटा ठूला भन्दा चोट पर्ने परिवेश भएको ठाउँमा पुराना र नयाँपुस्ताका हास्यव्यङ्गग्यकारका प्रतिनिधिका रूपमा पिँडाली र अर्यालको छनोटअवश्यै रुचिकर नलाग्न सक्छ, व्यक्ति साहित्यकारलाई । तर के गररसमालोचनाको धर्मले सत्य बोल्न लगाउँछ । (ग) हास्यव्यङ्ग्यकार अर्यालको आफ्नै परिपाठ छ | प्रधथमप्रथमशब्दवैचित्र्यसँग खेल्दै र समाजका पुराना-नयाँ संस्कारमा अन्तर्निहितविसङ्गतिका दुप्पादुप्पी समाउँदै उनी हास्यव्यङ्ग्यको अखडामा परिहास-परायण व्यक्तित्वको रूपमा लुस्स पसेको सम्झना आउँछ । तर सूची-प्रवेशपछिमुसलप्रबेशको उखान दोहोरिन्छ : उनी हाम्रा सामाजिक जीवनका विविधपक्षका विसङ्गति र विडम्बनालाई एक-एक गर्दै आफ्ना हास्यव्यङ्ग्य-कृतिमाटिप्तै जान्छन्‌ र जराजरा खोतल्दै जान्छन्‌ । मकाएका परम्परा र पात्तिएकोनवीनताका सङ्क्रमण-बिन्दुबाट ठाउँ न ठेगानसाथ थुप्रैथुप्रै व्यभिचार र अनाचारअनि थिचोमिचो र ढाकछोपको सन्दर्भमा हुर्कदै गएको सामाजिक चरित्रकाठुन्काठुन्की र रन्कारन्की अर्यालको हास्यव्यङ्ग्यवृत्तभित्र समाविष्ट हुँदै सिङ्गोसामाजिक अन्तर्विरोधको व्यञ्जना दिन पुग्छन्‌ । काउकुती, जय भुँडी, गलबन्दीर इतिश्लीका माध्यमबाट हाम्रो समाज-मर्मको हँस्यौलीठटयौली मात्र नभई जेजस्तो छ' र 'जे जस्तो हुनुपर्छ' का अन्तर्विरोधमय ध्वनि गुञ्जित भएकोअनुभव हुन्छ । । सामाजिक परिवेशको यसै बिस्तीर्णताले प्रथमतः हास्यव्यङ्ग्यकारअर्याललाई समसामयिक सहकर्मीहरूभन्दा माथि उचाल्छ । आधुनिक नेपालकावर्गीय, पेसागत र अभिरुचिगत विविध गतिविधिमा अन्तर्निहित विकृति-विसङ्गतिको अन्तर्मन्धनद्वारा उनले आफ्नो पाठकमण्डली आर्जित गरेका छन्‌ ।उनको समाजको बोध राष्ट्रिय घेरामै रङमङिएर पनि बेलाबेला अन्तर्राष्ट्रियक्षितिजको छेउ छुन पुग्छ । यसैलाई परिवेशको विस्तीर्णता भन्न सकिन्छ,जसअन्तर्गत कूटनीति र राजनीति, अर्थतन्त्र र प्रशासनयन्त्र, सभ्यता र समृद्धिको मन्त्र, गृहस्थी र सामाजिक सम्बन्धका अङ्गभङ्ग आदिका पिरला र भयाउलाहरू अनि उन्माद र अर्धङ्गीपनको व्यञ्जनात्मक चित्रण अर्यालले प्रस्तुत गरेकाछन्‌ । मलाई लाग्छ- उनले हाम्रा नाडी मात्र होइन, सामाजिक मुटुर मथिङ्गालपनि जाँचेका छन्‌ । लाटो-सुधो खालको अनुहारभित्र सामाजिक विकार रवेदना अनि दुर्बलता र अहङ्कारको यति सशक्त-सजीव बोध कसरी प्राप्त भयोहोला, अचम्म लाग्छ । म अनि लेखनाथको भाका टिपेर भनूँ कि ? अदना यो चरीलाई यो स्वर्गीय सरीगम सिकाउने विधाताको धन्य हो त्यो परिश्म ! हास्यव्यङ्ग्य कलाको अपेक्षाकृत संयत-शालीन प्रयोग पनि उनकोउपलब्धि हो । हास्यव्यङ्ग्य एउटा सशस्त्र अस्त्र हो, यसको दुरुपयोगद्वाराव्वैयक्तिक प्रतिशोध वा आत्मश्लाघा पनि गर्ने सकिन्छ । तर अर्यालले आफ्नोहास्यव्यङ्ग्य कलालाई वैयक्तिक रागको क्रणीकरण प्रदान गरेका छन्‌ । व्यक्तिबा बर उनको अस्त्रको सिकार हुँदैन बरु उसका आनीबानीको शिष्ट उधिन्याइँ हन्छ अर्यालका कृतिमा । भनूँ- 'कमेडी अफ म्यानर' वा 'आचरणका सुखान्तक' का नजिकनजिक छन्‌ अर्यालका हास्यव्यङ्ग्य रचना । साथै कहीँ पनि उनीआक्रमणकर्ताको रूपमा देखा पर्दैनन्‌ र अस्त्रको रूपमा आफ्नो कलमको प्रयोगगर्दैनन्‌ । 'जे जस्तो छ' लाई अशोभनीय वा अवाञ्छनीय देखिने कोण, प्रक्षेप बापाराबाट उदङ्ग्याइदिनु उनको हास्यव्यङ्ग्यको धर्म रहेको छ । त्यसैले उनकाहास्यव्यङ्ग्य-कृति घुयँत्रो होइनन्‌ र घातक छैनन्‌, समाजका क्षतविक्षत घाउमाचरीअमिलो हाले चहस्याउने खालका पनि होइनन्‌ । भनुँ, उनका हास्यव्यङ्ग्य-कति खास पाराका ऐना हुन्‌, जहाँ समाज आफ्नो आत्मदर्शन गर्दै आफैँआफूसँग घिनाउन र सच्चिइन कुतकृतिन्छ । न उनी छुरी रोप्छन, न धुरीउधिन्छन्‌ । तैपनि हाम्रा आन्द्राभुँडी उधिन्दै हाम्रा विकृति र विवशता अनिहीनता र निम्सरोपन औँल्याउने सामर्थ्य उनले प्राप्त गरेका छन्‌ । अर्यालशिष्ट-स्वस्थ र सजीव-सक्षम हास्यव्यङ्ग्यकलामा प्रवीण देखा पर्छन्‌ । करुणाअन्तस्तलमा बोकेर हिँड्छन्‌, उनका हास्यव्यङ्कग्य रचना । भाषाको र यसका सम्भावना तथा सामर्थ्यको मर्म छाम्दै भनाइ-बैचित्र्यवा उक्तिविलक्षणताको सन्धान गर्नमा अर्याल सापेक्ष रूपमा खप्पिस देखापर्छन्‌ । यस्तो भाषिक सामर्थ्यले उनलाई समकालिक सतीर्थ्यहरूभन्दा विशेषओज प्रदान गरेको छ । समाजबोध शब्दकै माध्यम पाएर साहित्यमा ब्यूँतिन्छभने शब्दशव्दका रखाइ र चखाइको जादुसँग उनी परिचित छन्‌ । ठीक ठाउँमा ठीक शब्दको औचित्य निर्वाह भएन भने हास्यव्यङ्ग्यकार टुहरिन्छ भने अर्यालसहज ढङ्गले शब्दशय्या बुन्छन्‌ र त्यसमा आफ्नो प्रतिपाद्यलाई आरामसँगप्रतिष्ठित पारिदिन्छन्‌ । हास्यव्यङ्ग्यकार अर्याल शिल्प र सीपका नवनवब बान्कीहरूको खोजीगरिरहन्छन्‌ र एकपछि अर्को निबन्धलाई नयाँ परिपाठ दिन तम्सिन्छन्‌ ।प्रतिपाद्यमाथिको पकड र भाषा-सक्षमता मात्र पर्याप्त हुँदैनन, शिल्प-सशक्ततापनि उत्तिकै अपेक्षित रहन्छ । प्रकृति र जीवनका बनोट एकैनासे छैनन्‌ रहास्यव्यङ्ग्यकारे पनि नयाँनयाँ बनोट र बुनौटद्वारा आफ्नो विद्याको दुनोटघोकिरहन्छ, यदि उसमा बिकास-सम्भावना अन्तर्निहित छन्‌ भने । अर्यालशिल्पसज्जाको दृष्टिले मज्जामज्जाका प्रयोग गर्ने सृजना-सुलभ सोखबाट मुक्तछैनन्‌ । यही उनको 'हुने बिरुवाको चिल्लो पात' हो । यस दृष्टिले अर्यालआफ्ना समसामयिक सहकर्मीहरूका अगुवा प्रतीत हुन्छन्‌ । यिनै बुँदाहरू बटुलेर म भैरबपुराण एकछिन बिसाउन चाहन्छु । यत्तिकैमाप्रशंसा परिचर्चाको इतिश्री हुन्छ । तर तीतोबाट समाप्त गर्ने मेरो सङ्कल्पबाँकी नै छ । हास्यव्यङ्ग्यको विकासोन्मुख वर्तमानमा अर्याल खप्पिस देखा परेपनि अतिविकसित भविष्यको परिकल्पना-क्रममा उनका अप्राप्ति पनि भरभराउँदा छन्‌ र उनका दुर्बलताहरू पनि सिङ्गा-सग्ला देखिन्छन्‌ । (घ) पुराना र नयाँ पुस्ताका प्रतिनिधि-जोडी पिँडाली र अर्याललाईपरस्पर भिडाएर तपाईं-हामीः एकछिन तमासैको आसन ग्रहण गरौँ । पिँडालीकाउनै कथालाई क्नै सङ्ककलनकर्ता निबन्धको मिसिलमा दरिदिन्छन्‌ भने अर्कालेकथाको फाँटबारीमा राखिदिएका छन्‌ । उपकथा हाल्दै निबन्ध-विस्तार गर्ने ररोचकता थप्ने कलामा पिँडाली. अपेक्षाकृत सिपालु छन्‌ । यौ कथाकौशलअर्यालले कम अच््याउन सकेको अनुभव हुन्छ । तर चित्रणशक्ति अर्यालकोकलममा ज्यादा छ । निजात्मकता र वस्तुको सामीप्यमा छामछ्लम गर्दै मातबीयप्रवृत्तिको रेखाङ्कन गर्नमा पिँडाली निकै निपुण छन्‌ । उनको निजात्मकताआत्मोपहास हुन्छ, आत्मश्लाघा रहँदैन भन्न सकिन्छ । तर अर्याल सामाजिकवस्तुतथ्यका द्रष्टा-भोक्ता बढी प्रतीत हुन्छन्‌, आत्मरेखनद्वारा आर्द्वै मानवीयनिजत्व उनले अलि कमै पोखेका छन्‌ । कहीँ प्रवाहमा बग्ने र कहीँ तानतुनमातन्किने अर्याल विस्तृतिमा नामृद छन्‌ । अझ घनलत्वले गर्दा पिँडालीकोहास्यव्यङ्कग्य कला जति परिष्कृत-परिमार्जित देखिन्छ, त्यत्तिकै सफाइ भैरवअर्यालले प्राप्त गर्न बाँकी नै रहेको छ । भनूँ, हास्यव्यङ्ग्यकार पिँडालीको सुगठित कलात्मकताका तुलनामा हास्यव्यङ्गग्यकार अर्याल फैलाबटको जादुअङ्गीकार गर्छन्‌ । स्वभावतः बेधकता पिँडालीमा ज्यादा छ भने मोहकताअर्यालमा बढी । च्वास्सच्बास्स सिरुले झैँ घोच्न सक्नु पिँडालीकोहास्यव्यङ्ग्य कलाको मर्म हो भने घोचघाचभन्दा हाम्रो सामाजिक जिन्दगानीकोवर्णण-विश्लेषण घतलाग्दो र कृतकृत्याउने ढङ्गले गर्न सक्नु अर्यालकोहास्यव्यङ्ग्य कलाको वैशिष्टच । अनुप्रास वा शब्दवैचित्र्यको मिठास भर्नमाअर्याल खप्पिस छन्‌, पिँडाली शब्द तौलिएर मितव्ययितासाध काम फत्ते गर्नमासिपालु छन्‌ । सामाजिक संस्कारमा प्रवक्ताका रूपमा भैरव अर्याल निकै-निकै विस्तीर्णदेखा पर्छन्‌ । सानातिना कुरालाई लिएर हास्यव्यङ्ग्यको सृष्टि गर्ने पिँडालीमासक्ष्म-बोध भेटिन्छ भने समाजको बिस्तृत पाटोका संस्कार औँल्याउने अर्यालमाव्यापक-बोध झल्किन्छ । यसरी हेर्दा पिँडाली र अर्यालका सामग्री, पद्धतिप्रबिधि र प्रभाव समानभन्दा ज्यादा असमान भएर तेर्सिन्छन्‌ । यस्तो तुलनालाईअझै तन्काउन सकिन्छ तापनि दुवैका हास्यव्यङ्ग्य रचना हेर्दा प्राप्त मूल्यकोनिर्णय गर्नुतिर तम्सिनु नै बेस होला । ऐतिहासिक महिमा पिँडालीलाई प्राप्तछ, बिकास-सम्भावनामा अर्यालमा ज्यादा अङ्कुरित छन्‌ । हास्यव्यङ्कगयकासफल प्रयोगकर्ताका रूपमा अर्याल मात्रै पिँडालीका नजिक छन्‌ र पिँडालीमात्रै अर्यालका समीप छन्‌ । परिमाणद्वारा अर्यालले पिँडालीलाई उछिनिसकेकाछन्‌ । सम्भावनाद्वारा पिँडालीलाई हाँक दिइरहेका छन्‌ अर्याल । तैपनि पिँडालीकम अर्याल ज्यादा हास्यव्यङ्ग्य रचना लेख्तै छन्‌ । दुवैका रचनाका क्रम रप्रक्रिया थान्को नलागुन्जेल अन्तिम मूल्याङ्कन गर्नु त्यति सामयिक र सुसङ्गत ॥हँदैन कि ! दुवै चम्किएर लेखून्‌, सृजनात्मक प्रतिस्पर्धा अझ चर्कियोस्‌ अनितपाईं-हामीजस्ता रमितैका निम्ति हास्यव्यङ्ग्यको रामरमिता अझ उत्तेजक-उपयोगी बनोस्‌- यही हाम्रो मन्त्र हुनुपर्छ । यी दुवै खप्पिस र मापाकाहास्यव्यङ्ग्यकारका कानमा नपरोस्‌ नि ! सुटुक्क तपाईंहरूलाई भनेको ! (ङ) हास्यव्यङ्ग्यकार भैरब अर्यालको क्षौरक्रिया गर्ने साइत आइपुग्योअब सायद । हाम्रो प्रवृत्ति-दुर्बलताको अङ्कन गरिरहने हास्यव्यङ्ग्यकारकाप्रवृत्ति-दुर्बलताको चियोचर्चो गर्नु पनि रमाइलै अनुभव हो । अर्याल मूलतःसामाजिक संस्कारका हास्यव्यङ्ग्यकार देखा परेका छन्‌ । सङ्क्रमण बेलाकोहाम्रो समाजका अन्तव्यस्ततालाई नियाल्दा साहित्यमा पनि एक सिङ्गै युगव्यङ्ग्यमय भएको भए स्वागतयोग्य नै हुन्थ्यो भने अर्यालको सामाजिक संलग्नता ठीकै कुरा हो । तर अर्यालले काठमाडौँ उपत्यकाबाहिरको जनजिन्दगीलाईआफ्नो हास्यव्यङ्ग्यकलाद्वारा लगभग केलाएका छैनन्‌ । यो उनको सीमा हो ।साथै ठाउँविशेष र बेलाविशेषका आनीबानीको चित्रण समसामयिक सन्दर्भमाजति महत्त्वपूर्ण भए पनि कलात्मक शाश्वतीकरणबिना हास्यव्यङ्ग्यकार स्थायीमूल्य भेट्टाउन समर्थ बन्न सक्तैन । यो कलात्मक वैशिष्टच अर्याल भर्खरभर्खरैप्राप्त गरिरहेका छन्‌ । इतिश्वी यस दृष्टिले निकै सक्षम भए पनि कलात्मकचमकको चरमोत्कर्ष अझै बाँकी देखा पर्छ । साथै सामाजिक स्तरभित्रै मानवीयस्तर प्राप्त गर्न सक्नुपर्छ, उत्कृष्ट हास्यव्यङ्ग्य रचनाले । देशकालको सीमानाघेर पनि युगयुग र देशदेशान्तरमा प्रभावशाली बन्न मान्छेका मानसिक-बौद्धिक जीवनका खासखास बा मूलभूत प्रवृत्तिसँग दृष्टि पुच्याएरै अमरहास्यव्यङ्ग्यकारहरू देखा परेका छन्‌ । यस मनोलोक र मस्तिष्कजगत्‌ वाअन्तस्करणका स्थायी विसङ्गति, बद्धता र पिरला-हुटहुटीका सजीव-सशक्तचित्राङ्कन र व्यञ्जनाद्वारा नै हास्यव्यङ्ग्यकार अर्यालको कला पनि प्रौढ हुनसक्छ । “कमेडी अफ ह्युमर' वा मानवीय प्रवृत्तिको सुखान्तकको नजिकनजिकपुग्नु वाञ्छनीय देखिन्छ । अर्यालको हास्यव्यङ्ग्य रचनामा 'जे जस्तो छ' को बोध पर्याप्त भएपनि 'जे जस्तो हुनुपर्छ को सूक्ष्म व्यञ्जना कम छ । साथै दृष्टि-विस्तार रत्यसका काउकुती निकै प्रभावशाली भए पनि वेधकताको मात्रा अपर्याप्तपाइन्छ । आत्मदर्शन अर्यालका हास्यव्यङ्ग्यका विलक्षण दर्पणमा बेसरी गर्नसकिन्छ तर आत्मबेधनको अवसर कम उपलब्ध छन्‌ । हास्यव्यङ्कग्यकार अर्याल शाब्दिक जादुमा निकै रमाउँछन्‌ र शब्द-क्रीडाको मात्रा कतैकतै सिमाना नाघ्छ र प्रतिपाद्च अलमलिएअलमलिएझैँअनुभव कहिलेकाहीँ भइदिन्छ अनि अङ्ग्रेजी शब्दको डन्डीनियो खेल्छन्‌ ठाउँठाउँमाउनी । हाम्रा व्यावहारिक जीबनमा पनि हामी यस्तो गरिटोपल्छौँ, त्यसकोअतिरञ्जनाका सन्दर्भमा यस प्रयोगशीलतालाई स्वीकार्न पनि सकिएला । तरकेही तात्कालिक चमत्कार बढाउनकै निम्ति अङ्ग्रेजी शब्दसँग खेल्नुले चाहिँअर्यालजस्ता चोखो-मीठो नेपाली भाषामाथि असाधारण अधिकार भएकाहास्यव्यङ्ग्यकारलाई शोभा दिँदैन । 'भाषा अपर्याप्त छ' जन देवकोटा भन्छन्‌उनी आफैँ कमजोरी ओकल्छन्‌ जस्तो अनुभव हुन्छ । हामी साहित्यकारलाईजातीय भाषाका नयाँनयाँ सम्भाव्य खोज्दै भावको बाइपङ्खी घोडालाई सम्बद्धभाषाको मुलुक-सीमामा नचाउन सक्ने पौरखी ठान्छौँ । भ्वैरव अर्यालको हास्यव्यङ्ग्यकला फाटफुट कृतिमै रलमलिएको पाइन्छ ।जीवनको विस्तृत हास्यव्यङ्ग्य अङ्कनका निम्ति प्रबन्धरचनाको शिखरसम्मलेखकले उक्लन सक्नुपर्छ । एउटा बृहत्‌ आयोजनाले बिभिन्न स्तरमा जीवनकोविराटतालाई अभिव्यक्त गर्न जुन सन्दर्भ दिन्छ, त्यसको स्वीकारबिनाहास्यव्यङ्ग्यकारले पनि चरम प्रौढता प्राप्त गर्न गाह्रो पर्छ । अनि भैरव अर्यालकोहास्यव्यङ्ग्य कलाले अधिकाधिक घनत्व, परिष्कार, परिमार्जन अनि कस्सिलोपन,सङ्घटितता ।हाम्रो शरीररचना बा बनस्पति-रचनाजस्तै) र शालीनता प्राप्तगर्नु काम्य देखा पर्छ । नेपाली हास्यव्यङ्ग्य साहित्य स्विफ्ट, डिकेन्स, कृशनचन्दरवा हरिमोहन झाको स्तरीयताभन्दा पनि माथिमाथि उखोस्‌ भन्ने परिकल्पना-क्रममा हास्यव्यङ्ग्यकार भैरव अर्याललाई आमन्त्रित गर्दा यी तीता-टर्रा टिप्पणीकोकोसेली चढाउन सकिन्छ । 'तीतो-टर्रोबाट समाप्त गर्छु' -मेरो वाचाबन्धनभएकाले कलम-विश्वामको अनुमति माग्छु । जो आज्ञा ! - बासुदेव त्रिपाठीमुकाम- कीर्तिपुरइति संवत्‌ २०२८ साल भदौ १३ गते रोज १ सानो साँझ शुभम्‌ । केही राष्ट्रिय रोग : एक अनुसन्धान कोही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झन्डा भिर्न कद्नुभयो,केहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो ।यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो ।डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेकाडाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ जतिसुकै बढे पनि के लाग्यो र,बिरामीको सङ्ख्या बेकार स्नातकभैँ दिन दोब्वर रात चौबर बढेको छ, छ ।नपत्याए निःशुल्क अस्पतालहरूमा हेर्न जानोस्‌ कक्षमा मानौँ एउटा भव्यप्रोसेसन नै चलेको हुन्छ । तै हाम्रा कतिपय डाक्टरसाहेबहरू स्टेथोस्कोपसुँघाउनासाध रोगको गन्ध पाइहाल्नुहुन्छ र मात्रै हो, नत्र गयाका पण्डाले श्राद्धगराएकैँ आएजति बिरामीलाई लस्करै राखी आफ्नोआफ्नो रोग सम्झेर ममभन्नोस्‌ है भनी सामूहिक जाँच गर्नुपर्ला भनेजस्तो भइसकेको छ । यसै तटेलिफोनको कल आयो कि दमकलभैँ कृद्नुपर्ने डाक्टरी पेसा, त्यसमाथिटोलटोलमा बिलिनिकको साइनबोर्ड 'झुन्डयाएर प्रतीक्षारत औषधिपसल । योअसल कि उ असल ? सबभन्दा राम्रो आफ्नै बिरामी- प॒सल । अब तपाईं नैभन्नोस्‌, यस्तो बेफुर्सदीको अवस्थामा डाक्टरसाहेबहरूबाट नयाँनयाँ रोगकोरिसर्च कसरी होला ? 2 त्यसैले त आजदेखि यो महत्त्वपूर्ण कार्यभार मैले लिँदै छु । मैले नैनलिई नहुने कारण अर्को के पन्यो भन्नुहुन्छ भने मेडिकल साइन्स हाम्रो विद्यानै होइन । समुद्रपारिको साइन्स पढेर टुक्चावारिपारिका रोगहरूको रिसर्चकसरी गर्ने ? मेडिकल साइन्स मात्र पढेको डाक्टरसाहेब कसैलाई एक दिनबिहान विष्णुमतीको भ्रमण गराइदिनोस्‌, त्यहाँको पोजिसनबद्ध प्रोसेसन देख्ताउहाँ पक्कै सोच्नुहुनेछ काठमाडौँमा कलेरा बढेछ । वास्तवमा त्यो कलेराहोइन, काठमाडौँ सहरको टिपिकल रोग हो भन्ने कुरा उहाँलाई कसले १९८ ४ भैरव अर्यालका हात्यव्यड्ग्य बताइदैओस्‌ । त्यस्तै दिन बैँसैमा कृप्रिएका कतिपय तन्नेरीलाई देख्ता डाक्टरसाहेबआत्तिँदा हुन्‌... धनुष्टङ्कारले धेरैलाई खतम पार्न लागेछ; वास्तवमा उहाँलाईकसले बताइदैओस्‌; यो धनुष्टङ्कार होइन, पौने पेटको चमत्कार हो । अधिकांशनेपालीहरू साँझबिहान घरमा पौने पेट पाने- रोटी, दिउँसो होटेलमा हाफप्लेट आलुदम खान्छन्‌ भन्ने रहस्य मेडिकल साइन्सका पुस्तकमा कहाँ लेखेकोछ र ? हामी भिँडेखोर्सानीमा भिटामिन 'ए' पाउँछौँ, भ्यान्टामा भिटामिन 'भी'देखि 'जेड' सम्म; टिनका भाँडाकुँडामा परेजति पदार्थ स्वतः प्रोटिनभ्रैहाल्छन्‌; कालो भाँडामा पाकेजति सबै क्याल्सियम । त्यसैले त म भन्दै छुअब घन्वन्तरिको आयुर्वेद, हिप्पोक्रेटिसको एलोप्याथी र ह्यानिम्यानकोहोमियोप्याथी कुनैबाट पनि हाम्रो देशका खासखास रोगको पत्ता लाग्न सक्तैन !तर धन्दा नमान्नुहोस्‌, मैले शास्त्रै नयाँ आविष्कार गरेको छु- आधुनिकनेपालोप्याथी । यो नयाँ अनुसन्धान र आविष्कारमा लागेबापत मैले पनि कमसे-कमहाललाई कायममुकायम डाक्टरको दर्जा त पाउनै पर्ने हो, तर हाम्रो समाजकोआधुनिक परम्परा अलि बेग्लै छ, मैले रोगहरूको अनुसन्धान गर्न लागेकोसुइँको पाउनासाथ कतिपय डाक्टरहरू हाम्रो अधिकारमा हस्तक्षेप गत्यो भनीउजुर गर्न पाल्नुहुनेछ; कोही इृष्टमित्रचाहिँ यो छुसीले चाहिँदो- नचाहिँदोआयक्टिभिटी देखाएर हामीभन्दा माथि पुग्ने दाउ ल्यायो भनी खुट्टो तान्नथाल्नुहुनेछ । कोही बान्धव फलानाको मगज त सुइँकेछ नि भन्दै सम्भावितभैन्टल हस्पिटलको पेसेन्टलिस्टमा मेरो नाम दर्ता गराउन पुग्नुहुनेछ भने कूनैहितैषी साथीले चाहिँ फलानाको दृष्टिकोण अलि बक्र छ है भन्ने जनाउ ठाउँमापुच्याएर भद्रगोल जेलको बेटिङ लिस्टमा मेरो नाम टिपाउन सहयोग गर्नुहुनेछ ।तर जोसुकैले जेसुकै भने पनि मेरो अनुसन्धानलाई भोलिको समाजले ठीकभन्नुपर्नेछ र मरणोपरान्त एउटा ठूलो पुरस्कार मेरो नाममा पन्छाइनेछ भन्नेनिश्चित छ । दिव्य बाह्र घण्टाको अनुसन्धानपछि नेपालोप्याधीअनुसार मैले केहीनयाँ रोगहरू पत्ता लगाएको छु र यिनको भाव-प्रभाव दुभदा म के निष्कर्षमापुगेको छु भने आधुनिक नेपालका यी राष्ट्रिय महारोग हुन्‌ । यी बिसेकनभएसम्म न देश स्वस्थ हुन्छ, न देशवासीकै इच्छा पुग्छ । यो के झर्कोलाग्दोभूमिका भट्टघाइरहन्छ;. रोगै बताइदिए त भैहाल्यो नि भन्नुहोला; लौ टिप्तैजानोस्‌- केही राष्ट्रिय रोग : एक अतुतन्धात ” १९९ नं. १- अहिलेसम्मका डाक्टरसाहेबहरूलाई जोन्डिस मात्र थाहा छ;उहाँहरू भन्नुहुन्छ- जोन्डिसमा रोगीहरूको आँखा पहेँलो हुन्छ र उसले सबै'पहेँलै देख्न थाल्छ । तर नेपालोप्याथीअनुसार जोन्डिसभन्दा खतरनाकमहाजनेन्डिस भन्ने रोग हुन्छ । यो लागेपछि रोगीका आँखा साह्रै विचित्र भईबदलिन्छन्‌ र उनीहरूले आफूबाहेक अरू कसैलाई मान्छे नै देख्तैनन्‌ । धाक-रबाफ र कदु जबाफ यस रोगका प्रारम्भिक लक्षण हुन्‌; रोग बढ्दै गएपछिरोगीको हात लुलो तर जिभ्रो तीखो हुँदै जान्छ । क कसैसित मिलेर काम गर्नसक्तैन; त्यसैले एउटा आरामकुर्सीमा राखेर दिनभर आत्मपु्राण फलाकिरह्‌भनी छाडिदिनुपर्छ । महाजनेन्डिस पोज, मोज र भोजबाट फैलने रोग हो ।बेलामा उपचार हुन नसके रोगीज्यूहरू सम्झेजतिलाई सराप्तै गल्लीगल्लीभुस्याहा कुकुर घुकाएर रल्लिन थाल्नुहुन्छ । यो रोग प्रायः बुद्धिजीवीवर्गमालाग्दछ । नं. २- गनेरियाजस्तै अर्को नयाँ रोग पत्ता लागेको छ- चमेरिया । तरयो जाँघबाट होइन, जिभ्राबाट पस्ने रोग हो । यसले छुनासाथ मान्छेको जिभ्रोचिरिएर आउँछ र केही दिनपछि नै दुई फ्याक हुन्छ । एक फ्याकले “डाक्टरसाहेबनमस्ते भन्छ, अर्कोले 'डाक्टरसाहेब मरेस्‌' । चमेरियाका रोगीको आँखा चनाखाहुन्छन्‌ । हात लामो हुन्छ । यो रोग लागेको पहिले कत्ति पनि चिनिँदैन, यसैलेरोगीले सबैका ढोकामा सम्मानसाथ प्रबेश पाउँछ, तर धोका नदिई निस्कनसक्तैन । चमेरिया अन्तिम स्थितिमा पुगेपछि रोगीको सर्वाङ्गग सिनोझैँ गह्नाउनथाल्छ तर गह्नाउनुभन्दा अघि नै रोगीले धेरैलाई आफ्नो रोगको कृप्रभावपारिदिइसकेको हुन्छ । चमेरिया भन्ने रोग राजनीतिक रन्डीबाजीबाट उत्पन्नभएको हो भन्ने कुरा उहिल्यै पत्ता लागिसकेको छ । नं. ३- खास गरी जागिरदारहरूलाई बराबर दु:ख दिने अर्को नयाँ रोगछ- पद प्रेसर । ब्लड प्रेसरजस्तै यो पनि दुई किसिमको हुन्छ- हाईपद प्रेसर,लोपद प्रेसर । हाईपद प्रेसर लागेको छ भने हरहमेसा जाँडको पुङ्गोमा डुब्नेमान्छेको खप्परबाट पनि अपुङ्गोको बास्ना आउँछ, आफ्नो नाम लेख्न जानेपछिजुनसुकै काम गर्न सकिन्छ । लो प्रेसरले सताएको छ भने कानमा भयाउँभयाउँगरेर हिँड्न-सुत्न दिँदैन । जति माथि पुग्यो उति लो प्रेसरले सताउँछ । यसलाईकरकर पनि भन्छन्‌ । तर हाई वा लो जुनसुकै प्रेसर लागे पनि नियमकानुनभनी मुख बारिरहनु पर्दैन । नं. ४- नेपालोप्याथीअनुसार अर्को एउटा चर्को रोग पत्ता लागेको छ- २०० ४ भैरव अर्यालका हास्यव्यङ्ग्य कन्स्‌त्ले । कहाँकहाँ कसकसले केके कुरा गरे, ती सब पहिले शान्त भएरआफ्ना कानभित्र पार्नु र जोजौसँग सम्बन्धित छ, उसउसका कानमा सुलुत्तपसालिदिनु कन्सुत्ले रोगको प्रमुख लक्षण हो । कन्सुत्ले लागेका रोगीहरूजाँचताकाका ट्युसन मास्टरभझैं अथवा सोरसरादका पुरेतबाजेझैँ अधवा भनूँदसैँका फौबन्जारफँ चौबीस घण्टामा पच्चीसतिर पुगेर कुराको लेनदेन गर्दछन्‌ ।कतै केही पाइएन भने 'बुभ्नुभौ फलानाज्यू, तपाईंलाई फलानाले फलान्थोकभन्थ्यो है' भनी मनगढन्त क्रा सुनाएर पनि कन्सुत्लेहरू एकअर्काका बीचफाटो पारेर आफ्नो जिभ्रो कन्याउँछन्‌ । 'फलानाले फलानो दिन ठीक यति बजेयतिपल्ट डकात्यो; त्यसैले त्यो दिन राति उसले कतैबाट एउटा बासी पेडाखाएको हुनुपर्छ' भने जस्ता अनुमान गरी त्यो पेडा ख्वाउने को होला र किनख्वायो होला भनी गम्दागम्दै रातभर ननिदाउने कन्सुत्ले रोगीहरू पनि मैले धेरैपत्ता लगाएको छु । नं. ५- बिफरजस्तै अर्को चर्को सङ्क्रामक रोग पत्ता लागेको छ- रेमेनिया । तिलजत्रो कारणबाट पहाडजत्रो सम्भावना सोची हल्ला गर्दै हल्लिनुदे' नेनियाको पहिलो लक्षण हो । टाइमचोर र कामचोरलाई यस रोगले बढीआक्रमण गर्छु । नेपालेप्याथीअनुर रे' मेनियाका रोगीहरूमा सोच्ने शक्ति रतर्क गर्ने क्षमता केही हुँदैन; त्यसले उनीहरू फुटपाथमा उभिएर मन्त्रिमण्डलकोसूची बनाउँछन्‌, साइकलमा गुडेर नवग्रहको निर्णय सुनाउँछन्‌ । अझमेनियाका रोगीलाई यसपालि तिम्रो पनि भाग्य खुल्ने सम्भावना छ रे भनिदिनू,उसले स्वास्नीको सारी बन्धकी राखेर एउटा आडमभान्स पार्टी बोलाउन बेरछैन । नं. ६- नेपालोप्याथीले अर्को एउटा नयाँ रोग पत्ता लगाएको छ, जसकोनाम हो नामाञ्ची । हुन त दुनियाँमा जति मान्छे जन्मन्छन्‌ सबैलाई आफ्नोनाम राख्नै धोको हुन्छ । तर जब यो सामान्यबाट असामान्यमा परिणत हुन्छ,नामाञ्चीको रोगले छोएको बुभनुपर्छ । आलुबारीको उत्खननदेखि शौचालयकोशिलान्याससम्म के गरेमा ठूला अक्षरमा नाम छापिएला भन्ने नामाञ्चीकोध्याउन्न हुन्छ । रेडियोमा दिनको पन्ध्रोटा फर्माइसी पठाएर हुन्छ कि, सागपातकेलाउने समितिको अध्यक्ष भएर हुन्छ कि, दिनको चारोटा भाषण गरेर हुन्छकि, साताको एउटा वक्तव्य प्रकाशित गरेर हुन्छ, नामाञ्चीका रोगीहरूलाईनामै चाहिन्छ । नेपालोप्याथीमा उल्लेख भएअनुसार दुनियाँको बजारमा नामकोभाउ साह्रै महँगो छ; बिनाकाम नाम आउँदैन, तर नेपालका नामाञ्चीहरूलाई केही राष्ट्रिय रोग : एक अनुसन्धाव ” २०१ कामकुराको होइन, नामसुराको तिर्खाचाहिँ यस्तरी लाग्दछ कि कोठाको भित्ताभरिआफ्नो शुभकामना आफ्नै हस्ताक्षरमा लेखेर पनि उनीहरू तिर्खा मेदनसर्माउँदैनन्‌ । नं. ७- नेपालोप्याथीले अन्त्यमा एउटा व्यापक रोगको चर्चा गरेकोछ । अधिकांश जनतालाई बराबर दुःख दिने यस महारोगको नाम हो-पकेटोक्य्रासिस । भ्याउरे अनुहार, दाउरे जीउ र चाउरे गाला पकेटोक्ग्रासिसकालक्षण हुन्‌ । यो बढ्दै गएपछि फेमेलियोसाइटिस पनि हुन सक्छ भनी एकअनुभवीले बताएका छन्‌ । खास गरेर यो रोग शिक्षित बेकार र न्यूनबैतनिककामदारहरूमा बराबर लागेको देखिन्छ । "अहिले पत्ता लगाएका मुख्यमुख्य रोग यिनै हुन्‌ । अनुसन्धान गर्दै जाँदाकेरिफेरि पत्ता लागेका जति फेरिफेरि बताउँदै जाउँला भन्ने उम्मेद छ; अबमलाई डाक्टरको दर्जा दिने कि नदिने त्यसबारे तपाईंहरू छलफल गर्दै गर्नुहोला । यतीबन्धु २०२ “ भैरव अर्यालका हास्यव्यङ्ग्य भान्सा भो हजुर ? “भान्सा भो हजुर ?” आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्जे साहको आवाजगुञ्जिन आइपुग्छ । निद्रा भट्टीवाल्नी कान्छीभैँ हत्त न पत्त घैँटो लुकाउँदै जीउटकटक्याउँछे, सपनाहरू पुलिसको आबाज सुनेका जुवाडेहरूकैँ कोही खाटमुनिलुक्छन्‌; कोही भ्यालबाट हामफाल्छन्‌, । पिलिक्क आँखा उघार्दा मिलिक्क उहीबूढो साह महिना सुनाउन आएका बाजेभैँ बिपना सुनाउन भित्र पस्छ ।झोकको भझन्भझावातमा मगज यस्तरी झनझनाउँछ कि जुरुक्क उठेर साहृजीकाचाउरिएका गालामा चड्यामचड हिर्काउँदै जबाफ दिरँ- 'कौवाले समेतजलपान नगर्दै तेरा बाबुले भान्सा गर्छ लट्ठू " तर बोल्त नपाउँदै केटाकेटी नैउसलाई उल्ल्याउन थाल्छन्‌ । म आफ्नो 'फोक तकियामै बिसाएर सिरकलेगुम्लुङ्गग मुख छोपी आफू नब्यूँझेको बहाना गर्छु । किनभने एकैछिनकोध्यानदृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्ठो पर्दैन- साह्‌ अहिले भान्साभएको-नभएको सोध्न आएको किमार्थ होइन, क त अघिल्लै महिना भान्सागरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछ्यानैमा उठाउनआइपुगेको हो । त्यसैले देशको एउटै प्रश्नबाट नेताहरूले बेग्लाबेग्लै अर्थझिकेझैँ साहजीले एकाबिहानै सोध्न आएको “भान्सा गर्नुभो' भित्र धेरैधेरै अर्थलुकेको मैले पाएँ । पहिलो त हो- उसले कति दिन मेरा भान्सा चलाइदिएकोथियो । कजस्तो अन्नदाता साहकहाँ मुखै नदेखाई अचेल म कसरी भान्सागर्छु ? न हिजोअस्ति मेरो परिवारले भान्सै गरेको छैन कि ? म एउटा जागिरजीवीअधिकृत, पसलेको उघारै नखाई महिनाभर भान्सा गर्न-गराउन सक्छु र ?उसको सोधाइको अझ सबभन्दा चुरो अर्थ के होला भने आफूले उधारो भान्सागरेबापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैलेभान्सा गरिदिएँ कि ? उच्यारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र ? भ्वान्सा भो हजुर ? “ २०३ उधारौ, रिन, घूस, कमिसन, नाफा, नजराना भन्ने कुरा कौवाको बच्चालेजलपान नगर्दै खाए पनि हुन्छ रे, लाटाकोसेराका बच्चाले न्यासध्यातत नगर्दैसिद्ध्याए पनि हुन्छ रे । यसरी रहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साकोप्रश्न उठाएबापत उठेको झोक नशाले छाडेपछिको आत्मज्ञानझैँ आत्मर्लानिमापरिणत हुन्छ । म सिरकभित्र दुम्सीले झैँ जीउ खुम्च्याएर दम्पच पारी आफूलाईलुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचोकचिलो भान्साले भुँडीभित्रैबाटध्वालालल्ल गरी शौचालयको निम्ता दिन्छ । भान्साको कुरा गर्दागर्दै शौचालयको कुरा झिक्ता तपाईंलाई अलिबीभत्सताको गन्ध आउला, वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशकोसम्बन्धजस्तै घनिष्ठ छ । भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेशहो । दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्यागतीर्थ हो ।साँच्चै भनूँ भने आजको जटिल र व्यस्त जीवनमा शौचालयजस्तो आनन्दीठाउँ अर्को कनै छैन; कारण यहाँ उधारो उठाउन आएको साहले मात्र होइन,उधारो खान बाध्य गराउने केटाकेटीकी माउले पनि झिँजोल्न पाउन्न । कमसेकमएकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो ।त्यसैले म आश्रमभित्र पसी आर '- 7एर आत्मलीन हुँदै चिन्तन गर्न थाल्छु-मानौँ मलाई भान्सा गर्नुको अथबोध हुन लाग्छ । भान्सा गर्नु भनेको खानु हो । खानु भनेको कुनै पदार्थलाई मुखद्वारबाटप्रबेश गराई आन्द्रेमार्गद्वारा भुँडीभण्डारसम्म पुस्याउनु हो । तर खानुसित बढीमोह भएर हो कि खानुको समस्याले बढी सताएर हो नेपालीहरूले यसकोअर्थविस्तार यस्तरी गरेका छन्‌ कि तन्काउनु र सुर्क्याउनुलाई पनि खानु नैभन्तिदिन्छन्‌ । उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ । चिया पनि खान्छौँ ।पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ । तर अरू खानुसित त्यति चासोहुँदैन; हाम्रो खास खानु भात खानु हो । त्यसैले साँझबिहान टुप्लुक्क कोहीआइपुग्यो भने ढोगभेटपछिको दोस्रो प्रश्न हुन्छ- 'भात खानुभो ?' भात खानु भनेको ज्यूनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु रधोक्य्राउनु पनि हो । धनधान मानसानले ज्वाज्वल्यमान मानिसहरू ज्यूनारगर्छन्‌, हलो जोतेर खानुपर्ने परिश्रमीहरू सायद हसुर्छन्‌, धोक्रा बोकेर ज्यालाकमाउनेहरू सायद धोक्ग्राउँछन्‌ र साह्रै हिन्नेती ठहरिएका वा रिस उठेकामान्छेहरू घिच्छन्‌ । कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुकापानेरोटी धोक्य्राएको भए पनि, सुक्खा रोटी टोकेको भए पनि रिसाएको साहले २०४ “ भैरव अर्यालका हास्यव्यङ्ग्य कमसेकम यसरी त सोधिदिएन- 'घिच्यो बाज्या : धोक्य्रो साहेब ? हसुर्नुभोहजुर ?' अर्थ उही भए पनि ज्यूनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुकोध्वनिमा ठूलो अन्तर छ । ज्यूनार भन्नेबित्तिकै चौरासी व्यञ्जनका दर्जनौं-दर्जन रिकापीहरू वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्यूँमसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेकोदृश्य ध्वनित हुन्छ । भान्सा गर्नु भन्दा कमसेकम दालभात तरकारीको साथैट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दूधर एक-दुईओटाफलफूलको बास्ना आउँछ । भोजन गर्नु भन्दा निम्तालु बाहुन वा जोगी वाज्वाइँ, भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षिणासमेत लिईखीर, मालपुवा वा एक टपरी दहीभात बजाएको बुझिन्छ । भात खानु मात्रभन्दा सिलाबरको बा पित्ले थालमा पस्केको रातोरातो चपरी भात केही नकेही एक थोक तरल तिहनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । अधिकांशभद्वभलादमीकहाँ भात खाँदा फलफूलको त कुरै छाडौँ दालतरकारीको पनिनियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ । यसैले प्रायः दालतरकारी खाए-नखाएतिर वास्तै नराखी हामी सोध्ने गछौं- 'भात खायौ ?' त्यही, भात पनिउसिनाको पस्यो वा चामलको कायममुकायम मकै, कोदो, फापर या चनालेगराउनुपन्यौ र जिभ्रामा अड्काईअड्काई निल्नुपच्यो भने त्यसलाई घिचेकोभन्नमा कुनै आपत्ति छैन । कति जनालाई रिस उठाएर वा कतिदेखि रिसाएरगर्नुपर्ने हामीजस्ताको पेट भर्ने क्रियालाई 'भान्सा गर्नुभो ?' भनी सोध्नुसट्टा'घिच्नुभो ?' भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ । त, शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु, साहजीगनगनाइरहेको सुनिन्छ- “हजुरहरूले यस्तो गरिदिएपछि हामीले के खानेए ?” भनिदिङँ जस्तो लाग्छ- 'तिमीले नाफा खाने हामीले उधारो खाने', तरत्यसो नभनी म उसलाई आश्वासन दिन्छु- “तिम्रो पैसा हामी खाँदैनौँ साहूजी !अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन,आउनेबित्तिकै पुस्याउन पठाउँला !” मेरो भद्र आश्वासनले साहृजी त आश्वस्तभएर जान्छ । तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बै टिप्पणीआदेशार्थ प्रस्तुत हुन्छ- चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टीतेल,हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबदाना, स्टोभको वासर रसल्फागुनाइडिन । अफिसको मागफाराम हुँदो हो त म त्यसलाई यस्तरी भान्सा भो हजुर ? ” २०१ फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा खोज्नै फेरि एक महिनालागोस्‌ ! तर माग पस्यो बूढीकै; सार्दाम पन्यो भुँडीकै । जहानको समस्या पनिजनताको समस्याजस्तो टारेर टर्ने हो र ? न आश्वासनले टर्छ, न भाषणले; नयोजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर । मैले त तुरुन्तै आदेश मात्रैदिएर पुग्दैन, निकासा नै दिनुपर्छ नत्र एकछिनपछि 'भात पाक्यो ?' भनी सोध्नेअधिकार पनि मेरो हुने छैन; मलाई 'भान्सा गर्नुभो' भनी सोध्ने कर्तव्य पनिकसैको बाँकी रहने छैन । त्यसैले गिजाबाट टुथपेस्टको गाँज निकाल्दै मसम्झन थाल्छु- यस महिनामा उधारो नलिएको परिचित पसले कुनै बाँकी छकि ? या सापट नलिएका कुनै साथी वा सज्जन बाँकी छन्‌ कि ? तर तुरुन्तैसम्झनामा कोही पनि चढ्दैन । बरु यसपालि बत्ती धेरे चढेछ- छोरो भन्छ ।पानी धेरै चढेछ- छोरी भन्छे । म पनि निकै चढेको छु भनी टेलिफोनले घण्टीठोक्छ- टिन्न । आधुनिक जीवनमा घण्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पच्यो ।प्रसूतिगृहमा आमाको गर्भबाट जब म खुत्रुक्क ओलेथेँ, नर्स दिदीले टिङ्रिङ्गघण्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन्‌ रे ! त्यसैले स्कूल-कलेजदेखिघर-अफिससम्म नाना थरीको घण्टीले मलाई छाडेको छैन । बेला न कुबेलाकोयो घण्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिउँ ? तर कुनैभाग्यविधाताको घण्टी रहेछ भने के गर्ने ? त्यसैले उठाउँछु- भान्जीमैयाँकोमधुर स्वर गुञ्जिन्छ- “उहाँ हजुरको मामालाई नभेटी नहुने छ रे । दिउँसोभेट हँदैन भनेर हामी अहिले तीँ' खाने गरी आउँदै छौँ, माइजूलाई भनिदिनुहोला-उहाँ हजुर तेलमा बनाको कुरा ज्यूनार हुन्न !” आफैँलाई सुन्न धौधौ परेकोसन्देश माइजूचाहिँलाई कसरी सुनाइदिने ? त्यसैले म रिसिभरको साथै कुरोबटारेर उतैतिर फर्काइदिन्छु- “होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाईकिन दु:ख ! मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी,भान्सा त्यहीँ ठीक गर्नू । तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन, मद्टीतेलमाबनाएको पनि मीठो लाग्छ भनी बज्यैलाई सुनाइदिनू ।” भान्जीमैयाँ खिलखिलाउँदैटेलिफोन राख्छिन्‌ । एक जोर पाहुना हटाउनुको साथै भान्जीकहाँ एक छाकभान्साको चुलेनिम्तो माग्ने नकच्चस्याइँमा आफू सफल भएकोमा मलाईटीएडीएसहितको विदेशभ्रमणको निम्तो माग्न सफल भएजस्तै खुसी लाग्यो । यही खुसीमा आरामकर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ ।एकाएक एक जना बाजे चोकमा ठिङ्ग उभिएर ङ्याउरै स्वरमा पाती पढ्न २०६ “भैरव अर्यालका हात्यव्यङ्ग्य थाले- 'आब्रहमन्‌ ब्राह्मणो-ब्रह्मवर्च " त्यसको मूल अर्थ न उनले बुझेकाहोलान्‌, न मैले बुझेको छु, तर भावार्थ भने भात खानु हो । यो हाम्रा केटाकेटीर आइमाई सबैले बुझेका छन्‌ । त्यसैले उनीहरूले चुपचाप लागी एक मुठीभात बनाउने गेडा झोलीमा थपिदिइहाले । बाजे हिँड्न नपाउँदै अर्को अवतारचोकमा अवतरित भयो, त्यो अवतार थियो- दही- दाजुको । दुई हातमाबडेबडे घैँटा झुन्ड्याएको, बीचमा घ्याम्पिएको गाँठोले सकिनसकी हिँड्नुपर्नेदहीदाजु टोलभरिको परिचित विदूषकजस्तो थियो । भ्यालमुनि घैँटा बिसाउँदैमलाई नमस्कार गरेर उसले सविनय निवेदन गन्यो- “तीनै बीस ११ वर्षखाइहालियो, अब दुई-चार वर्ष खानलाई पर्नु हम्मे पच्यो हजुर !” म सुनेकोनसुन्यै गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोर्न थाल्छु,केटाकेटीहरू उसलाई 'ठग बूढो, हन्डे बूढो, घ्याम्पे बूढो' भन्दै गिज्याउँछन्‌ ।«दहीमा च्याउ मिलाएर ल्याउँछ' भन्छन्‌ । तर क यस्ता टीकाटिप्पणीको कुनैवास्ता गर्दैन; न गिज्याइको वास्ता गर्छ, न खिज्याइको । खानको लागि यस्ताउपेक्षा र अपमानहरू पहिल्यै पचाउनुपर्छ भन्ने उसको जीवनदर्शन ७० वर्षदेखिकोअनुभवमा खारिएको दर्शन हो । सामान्य रूपमा 'दही चाहिँदैन बूढाबा' भन्योभने एकपल्ट राम्रै भाषण गर्छ- “आज एकादशी, “भोलि आइतबार, यो दहीअघिपछिको जस्तो होइन, खावा दूधको दही, खावा दूधको ।” धेरैजसो कजित्छ हामी हाछौँ र दही किन्छौँ । थोरैजसो क हार्छ- रन्कन्छ, फन्कन्छ फेरिअर्को दिन दुप्लुक्क आइपुग्छ । दहीदाजुको प्रस्थानपछि दूधमैयाँ आइपुग्छे- एउटा फूलो परेको आँखोमतिर चढाएर निकै लजाएझैँ भित्र पस्छे र पहिल्यै आफ्नो महत्त्व गाउँछे-“आमालाई जाङँ न भनेको, तँ गए मालिकहरू खुसाउँछन्‌, धेरै दूध किन्छन्‌भन्छिन्‌ । हुन पनि क्या बज्यै, उ: त्यो टोलमा बस्ने देशीसाहेव छ नि, आमाले.लगेको बेला आधा माना दूध लिन्छ, म गएको बेला दुई माना लिन्छर दूधल्याएको ज्याला भनेर एक सुका पैसा बढ्ता पनि दिन्छ ।” दूधवाल्ती बूढीकोभान्सा गर्ने कलामा तरुनी छोरीको कति मद्दत रहेछ भन्ने बुभ्न मलाई गाह्रोपर्दैन । तर चुरोट बेस्कन तान्नसिवाय अरू केही बोल्दिनँ । दूधमैयाँ भयालमुनिबाटफेरि एक नजर मास्तिर चढाई लचकदार पैताला चाल्छे- म हेरिरहन्छ,हेरिरहन्छु । हेर्दाहरदै धुवाँको प्रवाहसित सम्झना-प्रवाह पाँज्जिन्छ- एउटा सेतोमुसो खोरमा पालेर ज्योतिष हेर्न टुँडिखेलको छेउमा बसेको पिलन्धरे युवक,बियरका थोत्रा टिन दुई-चारोटा बटुली सुकेनासले खाएको छोरालाई भझुम्रे भान्सा भो हजुर ? ” २०७ स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागीश्वरीको जलप्रसाद बाँड्न दिनहुँअफिसअफिसमा चहार्ने बहिरा बागीश्वर पण्डित, दिनभरि होटेलको कप पखालेरसाँझ चिउरा, तरकारी चोरी स्वास्नी-छोराछोरीलाई चारा लैजाने होटेलब्वाय,छेपारा बटुलेर उसिनी हरेक रोगको औषधि भन्दै दिनभर चिच्च्याउँदै हिँड्नेमुसहर सबै उही भान्सा भगवतीका उपासक हुन्‌ । यस्ता प्रत्येक उपासकलाईदिनहुँ भेटेर कसले सोधिदिने- 'भान्सा भो हजुर ?' बरु नेपथ्यबाट आफैँ फेरिसोधिन्छु- “भान्सा भो बाबू ?” मुन्टो बटार्दा जुम्लुङग उनै ठाहिँला बाजेकाछौरा उपस्थित देखिन्छन्‌ । म नमस्कार र प्रश्न दुबै फर्काउँदै सोध्छु- “तपाईँकोभान्सा भयो नि :” पढेगुनेका नभए पनि १२ हन्डर ५३ ठक्कर खाएका ठाहिँलाबाजेका छोरा भन्छन्‌- “भान्सा गर्न सकेको भए म बिहानबिहान बाबूलाईभिँजोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थेँ बाबू !” अनि उनीभान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्‌- “हाम्रो मूलव्यथा नै भान्सा गर्नुको व्यथा हो बाबू ! त्यसैले जो पायो उह्दीसँग भान्सागरेको-नगरेको नसोध्नु नै राम्रो बाबू, नसौध्नु नै राम्रो !" त्यहाँदेखि मलाई पनित्यस्तै लाग्छ-नसोध्नु नै राम्रो !अभिव्यक्ति २०८ भैरव अर्यालका हास्यव्यङ्ग्य साथी, साथी र साथी मेरा एक जना हिन्दुस्थानी साथी भन्यै- “अहिलेसम्म मैले दुई थरीसाथी पाएको छु- एक थरी 'हलो साथी' र अर्को थरी 'चलो साथी' । उनीयिनको परिभाषा यसरी गर्थे- 'हलो साथी' भनेका त्यस्ता साथी हुन्‌, जोबाटाघाटामा भेट हुँदा 'हलो हलो' भन्छन्‌; न भलो गर्छन्‌, न कुभलो गर्छन्‌ ।'चलो साथी' ती हुन्‌, जो आफ्नो गोजीमा केही छ भन्ने चाल पाउनासाथ 'चलोयार' भन्दै कहिले क्यासिनोमा तान्छन्‌, कहिले बार लान्छन्‌ । अर्थात्‌ “'चलोसाथी' का प्रत्येक 'चलो' मा चलिदिने हो भने दिनरात त खुबै रमाइलोसितबित्छन्‌, साँझबिहान भने बराबर बै बस्नुपर्छ ।” हिन्दुस्थानी साथीकासाथीसम्बन्धी प्रकार र परिभाषा सुनेपछि म थप्धेँ- “तर मैले त 'हलो साथी'र 'चलो साथी' को साथै केही 'भलो साथी' पनि पाएको छु । तिमी मेरो यत्रोभलाइ सोच्छौँ भने के तिमी मेरो भलो साथी हुन सक्तैनौ र ?” तर परिस्थितिलेजब उसलाई मोटरमा गुडाउन थाल्यो, मलाई पैदलपन्थीको थमौती दियो,अनि हामी पनि 'हलो साथी' का हलो साथी भयौँ । देखादेख हुँदा म एउटा हातउठाउएर हलो भनिदिन्छु, क दाँत देखाएर डिच्स गर्छ । हाम्रो साथीपन नविकसित हुन्छ, न मर्छ । जिन्दगी एउटा जात्रा न हो ! प्रत्येक बसमा, प्रत्येक बासमा र प्रत्येकअडान-उडान र लडानमा हामी कैयौँ नयाँ साथी कमाउँछौँ, कैयौँ कमाइसकेकासाथीहरूलाई गुमाउँछौँ । एक पटक म पटनामा हल्लँदै थिएँ, एक जना 'हलोसाथी' ट्वाक्क भेट भए । बेलिबिस्तारपछि उनले प्वाक्क भनि पनि हाले-“चलो यार दिल्ली ।" आफू हल्लन्तम्‌ भएकोले कुनै नयाँ भाग्य अजमाउनपाइन्छ कि भनी म कसिइहालेँ । उनले रेलको टिकट किने, मैले भोजनालयकोबिल तिरेँ । हामी पाँच-छ घण्टाभित्रै यति घनिष्ठतम भयौँ कि आफ्नोआफ्नोजवानीका राम्रा-नराम्रा कहानी बेटिङ रुममा बसेर सबै एकले अर्कालाई साथी, साथी र साथी ” २०९ सुनाइसम्यौँ । रेल आयो; सँगै सङ्घर्ष गन्यौँ, भित्र पस्यौँ । दुइटा वर्थ रिजर्भथिए- सुत्नको लागि । तर जब सुत्ने तरखर भयो, माथ्लोमा को र तल्लोमाको भन्ने प्रश्न निकै गम्भीर भएर दुवै जनाको मन मडारिन थाल्यो । मुखले“जो माथि गए पनि के भो र' भनी जतिसुकै मिलनसारिता देखाए पनि मास्तिरम्रै उक्लन पाए हुन्थ्यो भन्ने मलाई नलागेको त होइन, तर साथीको पनि यहीआशय बुझेकोले मैले खुरुक्क तल्लैमा ओछ्यान लगाएँ । साथी माथि गएरमलाई गुन्टा पुग्न देक न भन्न थाले, दिएँ । उनको सुटकेस मागे, दिएँ ।उनको लुगा मागे, दिएँ । यसै गरी उनी माथि बसेर अर्डर गर्दै जान्थे, मतलबाट पुग्न दिँदै गएको थिएँ, एकाएक अर्डर आयो, जुत्ताको । “त्यो मेरोजुत्ता पनि एक फेरा मलाई पुग्न दिनोस्‌ त !” यस अनुरोधले भने मेरो कन्सिरी बल्दो हिटरसित ठोक्किन पुगेझैँ गरीरन्क्यो र उसको जुत्ता टिपेर पहिले उसकै टाउकामा दिउँ जस्तो पनि लाग्यो ।तर साथीको हैसियतले त्यस्तो उग्र प्रतिक्रिया नजनाई खालि जबाफ दिएँ-“जुत्तासुत्ता आफैँ ओर्लेर लैजानोस्‌ बा !” उनी रातो मुख लगाएर ओली जुत्तालिएर उक्ले र नचिनेको सहयात्रीकँ निकैबेरसम्म चुपचाप रहे.। भोलिपल्टबिहान सबभन्दा पहिले उनको टिकट किन्दा लागेको खर्च मागे, दिएँ । हिजोदिनभरिमा दुई बट्टा चुरोट खर्च भएको छ, त्यसको आधा पैसा लेक भने, त्योपनि दिएँ । तैपनि हामी त्यस बेलासम्म साथी नै रह्यौँ, जहाँसम्म टिकटजाँचकी आएको थिएन । उनले एउटा टिकटै दबाएर मेरो बारेमा थाहा छैनभनिदिएकोले मैले दिल्लीमा खाने खर्च जरिमानामा सिद्ध्याएर सिल्ली हुनुपस्यो । जब म यो घटना आद्ोपान्त सम्झन्छु, साथीत्वका पाँच प्रकार हुँदारहेछन्‌ जस्तो लाग्छ । एउटा कहिलेकाहीँको 'हलो साथी' पटनामा भेट भएपछि'चलो साथी' भयो । रेल नचढुन्जेल क 'भलो साथी' देखियो त्यसपछि क जुत्ताबोकाएर मेरो 'दलो साथी' हुन खोज्यो । उसका सत्र अनुरोध मानेको कुनै मानेनै रहेन, अठारौँ अनुरोधमा आनाकानी गर्दा क 'ढलो साथी' हुन पुग्यो र कसरीयसलाई ढालेर तमासा हेरूँ भन्ने ध्याउन्नामै मेरो साथी व्यस्त रह्यो । त्यसैले अचेल नयाँ साथी बनाउँदा र आफूलाई कसैको साथी भनाउँदायो साथीपन कस्तो प्रकारको हुने हो भन्ने मलाई साह्रै उत्सुकता लाग्छ । योउत्सुकता जगाउन मलाई अर्को एउटा रमाइलो घटनाले पनि मद्दत गरेको छ ।उनीहरूको कानमा नपरोस्‌, तपाईंलाई भन्न के भो र हगि ? म वर्षौंको बेकारीपछि बल्लबल्ल खरदार भएको उपलक्ष्यमा एक जना २१० “भैरव अर्यालका हात्यव्यङ्ग्य 'भलो साथी' बधाई दिन घरै आइपुगेछन्‌ । साथीको खुसीमा खुसी हुनु साथीकोकर्तव्य हो । मेरी स्वास्नीले बल्लतल्ल एक कप चिया खान दिइन्‌, तर साथीलेभने- “यत्रो खुसीयालीमा एक कप चिया खुवाएर टार्ने ? भ्याट चाहिन्छभ्याट ।” उनले अलिकति सुर्क्याएरै आएका रहेछन्‌ भन्ने हामीलाई बुभन धेरैबेरलागेन । बरु गम्भीर साथीको यो ठट्यौलोपनमा साह्रै मजा लाग्यो । मैलेभनेँ- “तिमीलाई एक बोतल भ्याट ख्वाउने पैसा भए त केटाकेटीलाई एकमहिना भात ख्वाउँथेँ नि !” “तेरो कोट बेचेर पनि म आज नखाई छाडदिनँ”भन्दै उनी कीलाको कोट झिकेर लमलम हिँडिदिए । हामी मरीमरी हाँस्यौँ । बाटामा अर्को साथीले उनलाई व्यङ्ग्य गरेछ- “क्या हो डब्बल कोटलगाएछ नि, रङ त डबल परेन ?” उनले जबाफ दिएछन्‌- “त्यो छुसी रामजीखरदार भएपछि झन्‌ मात्तिएछ । मेरो अलिकति सापट लगेको, कहिल्यै तिरेनर आज त मोराको कोटै खोसेर ल्याएँ ।" कुरा कताकता सुसाउँदै मेरै कानमापनि पस्यो । फक त चलेको हो तर मुख झमभझमाएको बेला मान्छेले केभन्छ के भन्दैन भनी मैले यसलाई पनि हाँसोमै उडाइदिएँ । आइतबार अफिसपुग्नासाथ हाकिमले सोधे- “आज किन कोट नलगाईकन आउनुभयो ?” मैलेसजिलै उत्तर दिएँ- “गर्मी चढ्न थालेछ, बुर्सट, पैन्ट नै हल्का होला भनेर कोटछाडिदिएँ ।” उनले च्याँड्ठिएर भने- “यही चरित्रले त जागिर खाइन्न है ।” मजिल्ल परेँ । पछि बुझ्दा थाहा पाइयो कुनै 'भलो साथी' ले उनको कानमागढन्त कुरो सुटुक्क छिराइदिइसकेको रहेछ- “राम खरदारले हिजो कुन्नि कुनभट्टीमा जाँड खाँदाखाँदा कोटै बेचेर खाएछ ।” म स्तम्भित भएँ- भात खाँदादाल, तरकारी, अचार सबै थोक खानु परेभझैँ जागिर खाँदा गाली, चुक्ली,छुल्याइँ, झुल्याइँ सबै थोक खानुपर्दो रहेछ भन्ने लाग्यो । तैपनि भोलि कोटलगाएर आएपछि आरोप स्वतः खण्डित भइहाल्छ भन्ने ठानेर मैले कसैसितकुनै वादविवाद गरिनँ । अफिस छुटेपछि सरासर कोट लैजाने साथीकहाँ गएँ ।साथी आइपुगेका रहेनछन्‌, साथीकी श्रीमतीले भनिन्‌- “कोटसोटको कुरामलाई थाहा छैन । मेरो लोग्नेलाई अहिलेसम्म ससुरालीले पुन्याएदिएका छन्‌,कसैको जडौरी लाउनु पनि परेको छैन !” उनी भुट्न लागेको मकै भटभटाएझैँकेके भटभटाउँदै थिइन्‌- म दुई हात दुइटा काखीमा लुकाएर लस्केँ । फेरि म कोट माग्न पनि गइनँ, पुन्याउन पनि ल्याएनन्‌ । एउटा कोटसाथीले लियो या हरायो यसमा केही थिएन, एकैछिनको रमाइलोमा एउटाहिजोसम्मको 'भलो साथी' 'ढलो। साथी' मा परिणत भइसकेको देख्ता नेपाली साथी, साथी र साथी ” २११ साथीत्वको क्षणभङ्गुरतामा अत्यन्तै बिस्मात लाग्यो । घरै नगई म नयाँकोटको तर्जुमा गर्न आफ्नो पुरानो एउटा साथीकहाँ पुगेँ । क राणाजीको छोरोथियो । हुन त हाम्रो न वर्ग मिल्थ्यो, न वर्ण; तर पनि केटाकेटीदेखि नै मनमिलेको थियो । मलाई उसकहाँ पुगेर सपना नसुनाई ब्यूँझेजस्तो लाग्दैनथ्यो ।क पनि राम नआईकन घाम लाग्छ र ? भन्दै म नपुगुन्जेल औछचानछाड्दैनथ्यो । अलि ठूलो भएपछि सिकार खेल्त जाँदा र साथीको हैसियतलेमलाई छाड्दैनथ्यो; म साथीको हैसियतले बन्दुक बोक्थेँ । क जथाभाबी पैसाउडाउँथ्यो, म उसका बाबुआमाको गाली खान्थेँ । क बिराउँथ्यो, म थानामागई माफी माग्थेँ । छोटकरीमा भनूँ भने म उसको 'दलो साथी' नै हुँ ।उसकहाँ पुगेर कोटको हर्जा देखाउँदै मैले कसँग एक सय रुपियाँ कर्जामागेँ । उसले दार्शनिकभझैँ भाषण गत्यौ- “हेर राम, साथीलाई कर्जा दिनुभनेको साथी गुमाउनु हो । नमागूँ साधीकै पैसो त हो नि भन्छस्‌, तँ छिटोतिर्दैनस्‌, मागूँ सय रुपियाँको निम्ति खरी धस्नै भन्छस्‌, उल्टो मैदेखि रिसाउँछस्‌ ।त्यसैले साथीको हैसियतले म प्राण दिन सक्छु पैसो दिन सक्तिनँ बा!” योसुन्दा मैले झट्ट गँजडीहरूको मित्रता सम्झैँ । गाँजा खाउन्जेल उनीहरू यतिघनिष्ठ हुन्छन्‌ रे कि भोलिदेखि स्वास्नी साटासाट गर्ने सल्लाह पनि उनीहरूकोचल्छ रे ! यो अलौकिक त्यागको सल्लाह चल्दाचल्दै एउटाले अर्कोसँग 'एउटाचुरोट झिक्‌ न भाइ' भन्यो भने अर्को त्यागी साथी भन्छ रे- “त्योचाहिँ नभनबा ! यो एक खिल्लीको चार पैसा पर्ने चुरोट मैले बाँड्ने गरेकै छैन ।” यसोभनेर मैले आफ्नो राणा साथीलाई गँजडीसित अवमूल्यन गर्न खोजेको किमार्थहोइन, मित्रता, आदर्श राख्न मित्रको सङ्कटमा पनि आँखा चिम्लन सन्नुपर्दोरहेछ भन्ने 'दलो साथी' को दर्शन तपाईंलाई बताइदिन खोजेको मात्रै हो ।नढाँटीकन भनूँ भने आफ्नो निम्ति साथीभाइलाई दल्नुसम्म दल्ने र उनीहरूलाईपरेको बखत तीनोटा सिरक ओढेर छल्ने रोग कहिलेकाहीँ आफैँलाई पनिलाग्छ । पाईपत्यसैले राणा साथीसितका अनुनयविनय विफल भएपछि कोटको लागिएकपछि अर्को उपाय सोच्तै म राति घर पुगेँ । घरमा एउटा साथी सपरिवारआएर पर्खिरहेको रहेछ । पोहोरसम्म त क मेरो 'भलो साथी' थियो, तर अचेलमेरो बदख्वाइँ गर्दै हिँड्छ रे भनी मलाई अर्को साथीले सुनाएकोले झप्रति मेरोराम्रो धारणा भएन । बाटाघाटामा देखादेख हुँदा क निकै नजिकझैँ भएर कुरागर्न खोज्थ्यो, म अघिल्तिरको आधी दाँत देखाएर अर्कातिर तर्कन्थेँ । एक २१२ ” भैरव अर्यालका हात्यव्यङ्ग्य शब्दमा मैले उसलाई मनमनै 'भलो साथी' बाट एक नम्बरको 'ढलो साथी' माडिमोसन गरिसकेको थिएँ, त्यसैले उसको अनुहार देख्ता पनि मलाई रिसउदथ्यो । त्यस्तो मान्छेलाई स्वास्तीसहित आफ्नो घरमा आएर जमिरहेकोदेख्ता मलाई तुरुन्त तगाराको नोल झिकेर ठटाईठटाई लगारुँ जस्तो लाग्यो ।तर शिष्टाचारबश त्यो गर्न सकिनँ । भलाकुसारी भए । उसले भन्यो- “तैँलेमेरो जतिसुकै बदख्वाइँ गर्दै हिँड पनि म त तेरो 'भलो साथी' नै हुँ ।" मैलेभनेँ- “मेरो लास बेपत्ता पार्छु भन्थिस्‌ रे, आज यो ढाँचा देखाएर मेरो लासलिन आएको होस्‌ कि ?” विवाद गर्दागर्दै के पत्तो लाग्यो भने मलाई जुनसाथीले क मेरो बदख्वाइँ गर्दै हिँड्छ भन्ध्यो, उसैले उसलाई चाहिँ म उसकोबदख्वाइँ गर्दै हिँड्छ भनिदिएको रहेछ । हाम्रो साथीत्व पुनर्जागृत भयो, मैलेआफो मर्का बताएँ । क कसरी मद्ृत गरुँ भनी छटपटाउँदै थियो । श्रीमतीचाहिँलेलगाइरहेको तिलहरी फुकाल्दै भनिन्‌- “अहिले यही राखेर काम चलाउनेसाथीसाथीका बीच बसेर षड्यन्त्र खेल्ने साथीलाई कुन प्रकारमा राख्नेभन्नै प्रश्नले मलाई रातभर पिरोलिरह्यो । बिहान आफू नउठ्तै मेरो कोट जुनह्याङ्गरबाट झिकेको थियो, त्यसैमा झुन्डचाउँदै मेरो कोट लैजाने साथीभनिरहेको थियो- “हेर्‌ न अस्ति ससुराली जानु थियो, आफूसित उनीहरूलेदिएका कोट मात्र छन्‌ । सधैँ उही कोट लगाएर के जानु भनी तेरो कोटमाठाँड्टिएर गएको नि ! हिजोअस्ति खाँचो भो कि ?” यो साथीको चर्तिकलालेमगज चक्करायो । उसको समस्या पनि हाँसो उठ्तो, समाधान पनि हाँसोउठ्तो ! उसले कोट लगेको कुरा पहिले कताबाट लिक भयो, कसकसलै किनत्यसको नयाँनयाँ अर्थ कल्पे, कसले मैरो हाकिमकहाँ त्यस्तो रिपोर्ट लग्यो- यीसबै केलाएर केलाइनसक्नु छ । मैले 'ढलो साथी' भन्ने विशेषण दिन खोजेकोयस्तै षड्यन्त्रकारीलाई हो । त्यसैले साथी बनाउँदा या आफूलाई कसैको साथीभनाउँदा हामीले यो ख्याल राख्नै पर्छ कि त्यो साथी- 'हलो साथी' हो कि“चलो साथी' हो; 'दलो साथी' हो वा 'ढलो साथी' हो । यिनमध्ये पछिल्लोबाहेकसबै 'भलो साथी' हुन सक्छन्‌ तर जसको मनमा यो ढलोस्‌ भन्ने ईर्ष्या जाग्नथाल्छ, त्यो 'हलो साथी' हुन सक्छ, 'चलो साथी' हुन सक्छ तर 'भलो साथी'कहिल्यै हुन सक्तैन ।कलियुग साथी, साथी र साथी “ २१३ विकृति प्रतियोगिताको आयोजक समिति नेपालमा पनि सौन्दर्य प्रतियोगिता हुने भएको छ भन्ने सुन्दा नेपालीसुन्दरसुन्दरीहरू दसैँ पेस्की मिनाहा पाउने हल्ला सुनेका कर्मचारीभझैँ भित्रैदेखिप्रफुल्ल भएका थिए । तर, सो नहुने भन्ने सुन्नासाथ अघिल्लो दिन नम्बर'निस्केर भोलिपल्ट संशोधनमा परी फेल भएका विद्यार्थीझँ एकै पटकखड्प्याङ्खुङ्रुङ भइहाले । स्वास्नीलाई “नेपाल-सुन्दरी' बनाउन पाए आफूपनि “नेपाल-सुन्दर' भएर हङकङदेखि हलिउडसम्म घुमौँला भन्ने कतिश्रीमान्‌हरूको योजना त्यसै गरी भत्कियो, जसरी त्यति काम गरिदिन पाएएउटा बङ्गला बनाउन पाइन्थ्यो भनी कसिएका कर्मचारीको सपना एक्कासिखोसुवा पुर्जी पाउँदा भत्किन्छ । सौन्दर्य प्रतियोगिता नहुने भन्नासाथ मलाईपनि मेरो भाउजूले भन्नुभयो- “के गर्नु बाबू, कमसेकम तपाईं पनि नेपाल-सुन्दरीको देवर भनेर आफ्नो ख्याति फैलाउन त पाउनुहुन्थ्यो । तर, के लाग्योपाइएन । बढ्नै आँटेको ख्याति खोसिँदा कसलाई खिन्नता नलाग्ला र ?” यस्तैखिन्नता मनाउँदामनाउँदै दुई-चार जना बुज्रुग साथीले प्रस्ताव ल्याए- “हेर्नोस्‌गणेशज्यू, सौन्दर्य प्रतियोगिता त धेरै देशमा भएको थोत्रो कुरा हो, हामी कसैलेअहिलेसम्म कहीँ नगरेको एउटा नयाँ प्रतियोगिता गरौँ ।” कुरो राम्रो हो ।“अहिलेसम्म कतै नभएको त एउटा विकृति प्रतियोगिता छ । त्यही गर्ने कि ?”सबैले ताली दिएर सहमति जनाए । अन उक्त प्रतियोगितामा कस्तालाई भागलिन दिने त भन्ने छानबिन गर्ने र पहिला-दोस्रा छुट्टयाउने कामको लागिकमिटी बन्यो । देशमा दिनको सत्रोटा कमिटी बन्दा पनि आफूलाई सदस्यसम्महुन नपाएको 'फोकले मलाई पनि साह्रै रिस उठिरहेको थियो । यसैले विकृतिप्रतियोगिता कमिटीको अध्यक्षमा मैले आफ्नै नाम प्रस्तुत गरेँ । सरकारी सहयोग वा विदेशी सहायता पाउने भएको भए मैले अध्यक्ष तके अध्यक्षको पी. ए. पनि बन्न पाउने थिइनँ । सके उम्मेदवार-उम्मेदवारमा २१४ / भैरव अर्यालका हास्यव्यङ्ग्य कुस्ताकुस्ती र भुत्लाभुत्ली नै परेर कान्तिपुरबाट भकुन्डिएको टाउको क्रान्तिपुरमापुगी छघालब्याल हुन्थ्यो, उति नभए पनि गल्लीगल्लीमा गालीगलौजको हिलालेसयौँको मुख विकृत हुन्थ्यो । तर, विकृति प्रतियोगिताको लागि विदेशी सहायतापाउने त आसै थिएन, सरकारी सहयोग पाउने छाँट पनि कमै देखिन्थ्यो ।एउटै मात्र सम्भावना के थियो भने प्रस्तावित प्रतियोगितामा आफ्नो मान्छेकोही पहिला गराउन सकियो भने उसलाई विदेशबाट निम्तो आउँथ्यो र आफूपनि पछि लाग्न पाइन्थ्यो । तर, अपसोच ! विकृति प्रतियोगितामा भाग लिनेयोग्यता पुगेका मान्छे आफ्नो भन्नु कोही थिएन । त्यसैले पनि होकि त मनिर्बिरोध अध्यक्ष भएँ । अध्यक्ष त भइयो, तर कामको जिम्मेवारी पनि थाप्लोभरि परिहाल्यो ।अध्यक्षले काम गर्नु पर्दैन भन्ने चलनअनुसार मैले पनि मेचमा मात्र बस्ननखोजेको त होइन, तर कामको जिम्मेदारीजति जम्मै मैलाई सुम्पी सदस्यहरूकता लागे कता ! तलबभत्ता पाइने भएको भए मैले पनि नजानेको त कहाँथिएँ र मिटिङ गर्दागर्दै पाँच वर्ष बिताइदिन्थेँ- विधान कमिटी बनाई मस्यौदागर, पास गर, नियम बनाक, सबतिर सम्पर्क राख, देशमा विकृतहरूकोसङ्ख्या कति छ तथ्याङ्क लेक, तिनमा केकस्ता विकृति छन्‌ परीक्षण गर,वर्गीकरण गर, विज्ञापन गर, लिखित मौखिक अन्तर्वार्ता गर, पाल किन्ने टेन्डरदेक, दरी किन्न कलकत्ता पुग, टिकट छाप्न बेलाइत पुग, कति काम छन्‌कति । विश्वमा सबभन्दा पहिले हुन लागेको विकृति प्रतियोगिता भएकोलेकुनकुन देशबाट कस्ताकस्ता पर्यवेक्षक बोलाउनुपर्ने हो- त्यो पति विचारगर्नुपत्यो र सबभन्दा ठूलो काम चन्दासङ्कलन गर्नुपन्यो । तर, तलब नभत्ताको अध्यक्ष भएकोले काम लम्ब्याएर पनि आफूलाई कुनै फाइदा थिएन ।त्यसैले भोलिपल्ट बिहानैदेखि म कस्ताकस्ता विकृत चरित्रलाई प्रतियोगितामाभाग लिन दिने भनी घोत्लिन थालेँ । धालेको मात्र के थिएँ, एक जना भद्रभलादमीबाहिरदेखि चिच्च्याउँदै पस्नुभयो- “बधाई अध्यक्षज्यू, बधाई ! तपाईं कमिटीकोअध्यक्ष हुनुभएको कुरा सुन्दा मलाई मुटुको जरैदेखि खुसी लागेको छ । अहिलेसम्मदेशमा हजार थरी कमिटी बने होलान्‌ तर यहाँजस्तो योग्य अध्यक्षचाहिँ कुनैकमिटीले कहिल्यै पनि पाएको थिएन । मैले त आजभन्दा ठीक दस वर्षअघि,जुन दिन तपाईंको र मेरो कुमारीचोक अह्कामा भेटघाट भएको थियो, त्यसै दिनतपाईंको निधारको कोठी देखेर मलाई लागेको थियो- एक न एक दिन तपाईंठूलो मान्छे हुनुहुन्छ, नभन्दै भइहाल्नुभयो ।” दस वर्षअघि एक पटक चुरोट बिकृति प्रतियोगिताको आयोजक समिति ? २११ सल्काउँदा चिनेका मान्छेले दस बर्षपछि एकाएक घरैमा आएर त्यत्रो खुसीप्रकट गरेको देख्ता मलाई पनि ठूलै मान्छे भएछु कि भनेजस्तो लाग्यो रपम्भीरतासाथ उनलाई भनेँ- “अब तपाईंको सहयोग पाउनुपर्छ ।” उनलेभने- "त्यही सहयोग गर्ने मौका मिल्छ कि भनेर त म आएको । सबै कामअध्यक्षले मात्र गरेर साध्यै हुँदैन, महासचिव चाहिएला । मजस्तो महासचिबभए तपाईंलाई पनि सुबिस्तै हुन्थ्यो ।” पच्चीस आना फटाहा कुरालाई पचास आना दुरुस्त पार्दै चिप्लो घसेरमहासचिव माग्न आउने उनी कम योग्यताका थिएनन्‌ । मैले सामान्य आश्वासनदिइपठाएँ । त्यस दिनदेखि मकहाँ दरखास्तको ओइरो चल्त थाल्यो, दर्शनार्थीकोधुइरो चल्न थाल्यो । कोही सचिवको पद माग्थे त कोही प्रोम्योरमेन्ट अफिसरको;कसैले कोषाध्यक्षको पद मागे त कसैले एकाउन्टेन्टको । मेरो घर नयाँ खुलेकोकर्पोरेसनजस्तै भयो । भनूँ भने ठूलाबडाको इन्सल्ट हुने डरले मात्र नभनेको,नत्र एक जना मन्त्रीज्यूले समेत फोन गरेर आफ्नो एक जना मान्छेलाई मेरोपियन भर्ना गरिदिए हुन्थ्यो भन्ने आशय पनि प्रकट गरे । कमिटीको उद्देश्य कता, लक्ष्य कता । जताबाट हेरे पनि पदैको माग । पदत जति भने पनि बनाइदिनु हुन्थ्यो, तलब दिने कताबाट ? मजस्ता हरिलम्फूबेकार को थिए र बिनातलबभत्ता समाजसेवाको लागि खटिन्थे ? तलब दिनेजागिर मसँग छैन भन्नासाथ मेरा सबै आवेदक र आगन्तुकहरू त्यसै गरी नैभागे, जसरी मन्त्री खोसिएपछि उनकहाँ दिनहुँ धुइरिरहने मान्छे आफ्नोआफ्नोबाटो लाग्छन्‌ । चिठी आदानप्रदान गर्नेसम्म मान्छे नपाएर मैले आफ्नै भतिजालाईलगाउनुपप्यो । यस्तैमा एक दिन भतिजाले विदेशबाट आएको एउटा चिठील्याएर साथीभाइहरूको 'मुखिन्जेल मेरो अगाडि राखिदियो । “ल हेर, अध्यक्ष हुनुकता छ कता, बिदेश-भ्रमणको निम्ता आइसक्यो" भनी एक जनाले प्वाक्क भन्योपनि । तर, वास्तवमा चिठी मेरो हो कि होइन- मलाई सन्दैहै थियौ । विदेशबाटचिठी लेख्ने मेरो इष्टमित्र कोही पनि छैनन्‌ भनेर साथीहरूको अगाडि पुङमाङकिन भइहालूँ भन्ने ठानी मैले चिठी खोल्ने हतपतचाहिँ गरिनँ । भोलिपल्ट अखरबारमा निस्कियो- 'विकृत प्रतियोगिता कमिटीकाअध्यक्षलाई फलानो देशको फलानो सस्थाबाट निम्ता ।' म अध्यक्ष भएकोमामुटुको जरैदेखि खुसी भएर बधाई टक्य्राउन आउने उनै परम मित्रले भोलिपल्टदुई हात लामो वक्तव्य निकालेर भने- “त्यो अध्यक्ष चोर हो, त्यसले नातावादगरेर आफ्नै भतिजालाई महासचिव राखेको छ” इत्यादि । २१६ ” भैरव अर्यालका हास्यव्यङ्ग्य अर्कोले टिप्पणी गत्यो- “विकृत प्रतियोगिता कमिटीमा अविकृतमनोवृत्तिको मान्छे अध्यक्ष हुनु पच्चीसै आना अयोग्य हो । त्यसैले उसलाईतुरुन्त निकालेर अर्को अध्यक्ष राख्नुपर्छ ।" यस्तो टीकाटिप्पणी चल्दाचल्दै एकदिन अखबारमा विज्ञापन निस्क्यो- “विशुद्ध विकृतहरूको प्रतियोगिता गराउनेउद्देश्यले श्री शक्नी शर्माको अध्यक्षतामा एउटा नयाँ कमिटी गठित भएको छ,जसको सदस्यमा सर्वश्वी गालीबहादुर पाण्डे, मूढेवीर डङ्गोल, कुत्ताकाजीप्रधान, मूर्खराज गुरुङ र कन्सुत्सलासिंह कायस्थ पनि हुनुहुन्छ ।" यो सुनेपछि समाजसेवा गरेर ख्याति कमाउन अध्यक्ष भएको म स्वयंलेआफूसित रहेको त्यो महत्त्वपूर्ण विदेशी चिठी नयाँ अध्यक्षलाई बुझाइदिएँ, जुनबास्तबमा मेरो नभई मेरो नाम भएको अरू कसैको थियो र भित्र लेखिएकोथियो- “तपाईंसँग आलमुनियम कम्पनीको दुई हजार रु. बाँकी भई अहिलेसम्मनतिरेकोले तुरुन्त पठाइदिनुहोला ।” बडो विकृत अनुहारले पत्र च्याप्तै नयाँ अध्यक्षले विकृत प्रतियोगिताकमिटीको पदभार ग्रहण गर्नुभयो । म ढाक्रेको ढाक्रे नै रहेँ । रमझम बिकृति प्रतियोगिताको आयोजक समिति ” २१७ उन्नतिको शिखरतिर “सगरमाथाको शिखर अग्लो कि उन्नतिको शिखर अग्लो ?” अचानकएउटा केटोले मसित प्वाक्क सोध्यो । हुन पनि उसको खुलदुली गजबकोथियो- “पुस्तकमा सबभन्दा अग्लो शिखर सगरमाथा भनिएको छ, तर भाषणगर्नेहरूचाहिँ सघैँ हामीले उन्नतिको शिखरमा पुग्नुपर्छ भन्छन्‌ । सगरमाथाकोशिखरमा उहिल्यै पुग्न सक्नेले उन्नतिको शिखरमा अहिलेसम्म किन नपुगेको ?"उसको खुलदुली सुनेर केही बुज्जुक केटाहरू हल्ल हाँसे तर आफ्नो सम्झनाकोरोलचाहिँ फन्न घुमेर मामाघर पुग्यो किनभने सबभन्दा पहिले उन्नतिकोशिखरतिर पुन्याइदिन्छु भन्ने व्यक्ति मेरौ निम्ति मेरा मान्यवर मामा नै थिए । मेरो मामाको नाम सुन्नुभयो भने तपाईंहरू मेरो जन्मँदै नजन्मेकोछोरालाई आफ्नी छोरी दिन कसिनुहुन्छ, किनभने मान्छे उनी अपारकै थिए ।भनाइको मतलब के भने जीवनमा उनले गरेको उन्नति पार नपाइसक्नुथियो । मान्छे भन्थे उनी सुर्तीउद्योगदेखि मूर्तिवाणिज्यसम्म पोख्त छन्‌ ।पण्डित्याइँमा उनी रुसो र रस्सेललाई नाकका पोराभित्र घुसार्न सम्छु भन्छन्‌,प्रशासनमा टेबुल चपाएर फाइल थुक्नसम्म खप्पिस .छन्‌ । त्यसैले उनकोसरसङ्घात गरेर सुद्धिबुद्धि बढाउन खोज्नेहरूको धुइरो उनीकहाँ त्यसै गरीलाग्थ्यो, जसरी नाइट क्लब या क्याबरेमा धनीमानी र सन्मानीहरूको लर्कोचल्छ । सबैको अगाडि मामाको एउटै सल्लाह हुन्थ्यो- “जसरी भए पनिहामीले उन्नतिको शिखरमा पुग्नै पर्छ ।” तर पुग्ने कसरी त्योचाहिँ जसतसलाईउनले बताएका थिएनन्‌ । आफू केटाकेटी भएकोले उनका अगाडि राम्ररीबोल्त सकिँदैनथ्यो, तापनि उन्नतिको शिखर कस्तो हुन्छ भन्ने उत्सकुताआफूलाई त्यत्तिकै थियो, जत्तिको अहिले मेरो विद्यार्थी केटालाई छ । त्यसैलेएक दिन एकान्त पारी मैले विनम्रतापूर्वक मामासित प्रश्न गरेँ- “उन्नतिकोशिखर कति अग्लो हुन्छ मामा ? के हामी पनि कुनै दिन त्यहाँ पुग्न सकौँला ?” २१५ » भैरव अर्यालका हात्यव्यङ्ग्य "किन नसक्नु ! पन्ध्र-बीस हजार रुपियाँ कतैबाट बटुल्न सक्छौ भने उन्नतिकोशिखरैमा नपुगे पनि पुग्ने ठीक बाटोसम्म त भोलि नै देखाइदिन' सक्छु ।" तरमैले विद्यार्थी केटालाई त्यसै गरी जबाफ दिन सकिनँ; बरु क्लास छाडेर लागेँघरतिर । हो, त्यो दिन- बाबुको गुठुरीदेखि आमाको गहनासम्म लटरपटर पारी बटुलेका आठ-नौओटा हजारी भित्री गोजीमा घुसारेर म मामाको मर्सिडिजमा ठाँटसँग बसेँ ।उन्नतिको शिखरतिर जान लागेकोले मेरो नाक पनि चुलिँदाचुलिँदा एउटासानौसानो शिखर भएजस्तो मनमा लागिरहेको थियो । म आफ्नो चिरप्रतीक्षिताप्रेमिकालाई लिन हिँडेको दुलहाझैँ मक्ख परेर चुपचाप थिएँ । मामाचाहिँमलाई सिकाउँदै हुनुहुन्थ्यो- “बनुभयौ भान्जा ! उन्नतिको शिखरतिर लाग्दालाज, घिन, धक, पाप इत्यादि कुनै कुराको पर्बाह गर्नु हुन्न नि!” मैलेअसजिलो लाग्दालाग्दै पनि मुन्टो हल्लाएर 'हस्‌' भनेँ । हाम्रो कार एउटा विशाल पोखरीको किनारमा गएर टक्क अडियो ।रातोरातो पानीको त्यो विचित्र पोखरी देखाउँदै मामाले भन्नुभयो- “त्योउन्नति सागर हो, दुनियाँभरिका दरिद्र र बुद्धहरूको रगत निचोरेर बनाएको योसागर कति रमणीय र रोमान्टिक छ हेर त ! उन्नतिको शिखर यसैबाटजानुपर्छ ।” मामाले मलाई घिच्च्याएर किनारैमा लग्नुभयो र घाटको एउटास्विच धिच्नुभयो । जादुको ढोकाजस्तै गरी घाटको एउटा सानू भाग सर्रभासिँदै गयो । हामी पल्लापट्टि पुगेका हौँ कि तल्लापट्टि पुगेका हौं, त्यो मैले- ठम्याउन सकिनँ; सर्र भएको एकैछिनपछि मैले आफ्ना मामा-भान्जालाई एउटाअत्यन्त अग्लो भवनको प्राङ्गणमा उभिन पुगेको पाएँ । माथिल्लो भाग बादललेछोपेकोले भवनको धुरी कहाँ पुगेको छ बुभन साक्न्तथ्यो, तुवालोले यसकोचौडाइ पनि आँक्न दिँदैनथ्यो । “लौ भान्जा, नोट झिक, प्रवेशपत्र नलिई यहाँभित्र पस्नै पाइँदैन, उन्नतिकोशिखर जाने बाटाको यो पहिलो चौकी हो ।" मैले यन्त्रबत्‌ भई नोटको ब्यागैमामाको हातमा राखिदिएँ, मामा नैवेद्य थुतेर उफ्रेको बाँदरझैं एकै निमेषमाकता पसे कता ! म जागिर माग्न मन्त्रीको चाकडीमा पुगेको स्नातकझैं चारघण्टासम्म चोक ढुकिरहेँ, तर न मामा आए, न प्रवेशपत्र । बरु सम्झनामामामाको दिव्यबाणी आयो- 'उन्नतिको शिखरतिर लाग्दा लाज, घिन, धक,पाप कुनै कुराको पर्बाह गर्नु हुन्न भान्जा ।' त्यसैले म पनि लाज पचाउँदै उन्नतिको शिखरतिर ” २१९ बिनाअनुमति भवनभित्र पसेँ । त्यहाँ मेचैमेच लस्कर लागेर सजिएका थिए,कोही साना, कोही ठूला, कोही गद्दादार र कोही घुमन्ते मेचहरू । पस्नेबित्तिकैकामेको स्वरमा बिनम्रतापूर्वक भनेँ - "उन्नतिको शिखर हेर्न जान लागेको,मामाले धोका दिए, प्रवेशपत्र पाउँछु कि ?” मेचहरू हल्ल हाँसे । एउटा ठूलोमेचले अलि गम्भीर भएर सोध्यो- "तिमी कसको मान्छे ?” म अकमकिएँ ।ब्रह्माजीको मान्छे भनूँ कि नेपालको मान्छे भनूँ कि ? या यो नभनेर अरूथोकैको मान्छे भन्नुपर्ने हो कि ? वास्तवमा आजसम्म मैले सोचेकै थिइनँ- मकसको मान्छे हुँ । अर्को मेचले फेरि सोध्यो- “तिम्रो कुनै मेचसँग सम्बन्धछ ? छ भने सिफारिस लेराक, बिनासिफारिस उन्नतिको लोकतिर लाग्नपोको चाहिन्छ पोको ।” नभन्दै त्यहाँ मजस्तै एउटा सर्बसाधारण मान्छे एउटाझलभझले पोको च्यापेर भित्र पस्यो । सब मेचको ध्यान उतैतिर आकृष्ट भयो ।उसलाई सबै आफैँतिर तान्ने बल गरिरहेका थिए । म ट्वालट्वालती हेरेकोहेस्यै थिएँ । मेचहरू आआफैँ टक्कराउन थाले, मान्छे पोको छाडेर बेपत्ताभयो । मेचमेचको सङ्घर्ष झन्‌ मच्चियो । एउटा मझौला मेचले वरिपरिकातीन-चारोटा मेचलाई फालिदियो । ससाना मेचहरू ठूलाठूला मेचका मुनिछिर्न थाले, कुनैक्नै मेचले बुद्रुक्क उफ्रेर ठूलाठूला मेचको बुई चढेको पनिदेखियो । साँढेको जुधाइ बाच्छाको मिचाइ होला भन्ने ठानेर म धक चपाउँदैमाथ्लो तलामा उक्लिएँ । म माथ्लो तलामा उक्लिदा साँझ परिसकेको थियो । अघि देखेकाकतिपय ठूलठूला मेचहरू बड्डेबडे घैँटामा स्टयान्ड भइरहेका थिए 1 वल्लोछेउदेखि पल्लो छेउसम्म घैँटैघैँटा, पारदर्शी घैँटा, अपारदर्शी घैँटा, मानौँ योलोकै घैँटैचेँटाको जस्तो; मानौँ सबै भद्रभलादमी मरेर घैँटाको जुनि फेरेजस्तो ।म ढोकामा उभिरहेको देखेर एउटा मुखभरि फीँज भएको घैँटाले भन्यो-.“एबेकृफ फुच्चा, के हेरिरहेको ?" म के जबाफ दिरुँ के जबाफ दिङँ भनीअकमकाउँदै थिएँ, अर्को घैँटाले छर्चाल्किएर भन्यो- “जसले जेसुकै हेरोस्‌, तँपुङ्गालाई के वास्ता ?” पहिलो घैँटो छर्चल्किएर गर्ज्यो- "कसलाई पुङ्गोभनिस्‌ घ्याम्पा ?” दोसो घैँटो फीँज पोख्दै चर्कियो- "तेरा बाबुलाई घ्याम्पो भन्छस्‌ ? कोदेखेको छस्‌ मलाई ? तेरो मुख फुटाइदिउँ ?” हेर्दाहेर्दै घैँटाघँटाको बीचगुटहरू बने; गुटगुटका बीच छचल्काछचल्की चल्यो, उफ्राउफ्री चल्यो,घम्साघम्सी चल्यो । कुनै घैँटाको मुख फुटेर फीँज पोखियो, कुनैको पीँध प्वाल २२० » भैरव अर्यालका हात्यव्यडङ्ग्य परेर धारो लाग्यो । म छक्क परेँ । तैपनि उन्नतिको शिखरतिर बढ्नु त छँदैथियो, घिन पचाएर मास्तिर लागेँ । त्यो कक्ष झन्‌ विचित्र थियो । पस्नेबित्तिकै 'हलो' भन्दै एउटा सुमधुरस्वरले मेरो स्वागत गस्यो । स्वर मलाई आफ्नै मामाकी छोरीको जस्तो लाग्योतर उनलाई भने त्यहाँ देखिनँ । त्यहाँ त सबै जाँच्चैजाँघ र टाँगैटाँग मात्र थिए । “मेरो नाम कुमारी जङ्घा हो ।" एउटा जाँघ मनिर सर्दै टाँस्सिनआयो । मैले मुस्क्राइदिएँ । डलर र गिनीका झम्का हालेको उक्त जाँघबाल्जको धुनसँगै फनझनाएर नाच्न थाल्यो । दुर्भाग्यवश अचानक फ्युजगएफझैँ बत्ती भ्याप्प निभ्यो; कून जाँघ कता कोल्टिन पुग्यो; कुन टाँग कताजोल्टिन पुग्यो मैले देख्नै पाइनँ । मेरा खल्ती र खोकिलामा कुन्नि कसकसकाहात घुसँदै थिए, सबैलाई झड्कारेर म मास्तिरै लागेँ । माथ्लो कक्षमा आँखाले भ्याएसम्म यताउति निहारेँ, मान्छे कोही थिएन ।तर बीचबीचमा 'मारामारा' को सामूहिक स्वरले कक्षा गुञ्जायमान थियो ।एकटकले सुनिरहनुसिवाय अर्को केही उपाय सुझैन । सुन्दासुन्दै 'मारामारा'को आवाज 'मात्योमात्यो' मा परिणत भयो । म डराएर भौँतारिँदाभौँतारिँदैकताकता एउटा स्विचमा ठक्कर दिन पुगेछ्नु, घ्याराक्क ढोका उघ्चियो, ह्वास्सगन्ध आयो, भयास्स आँखा पर्दा कोठाभरि मान्छेका टाउका र गिँडहरू अलपत्रमिर्किरहेको देखेँ । मलाई झस्स डर लाग्यो; कता भागूँ जस्तो भएर जीउकाम्यो; हत्तपत्त निस्कन लागेको कताकताबाट म एउटा झुन्डिरहेको लासमाठोक्किन पुगेँ । यसो हेर्छु त लास तिनै साहको थियो, जो हिजो मात्र मोटरएक्सिडेन्टमा परे रे भन्ने हल्ला मैले मामाघरतिर सुनेको थिएँ । मेरो होसउड्लाउड्ला जस्तो भयो, रोक्तारोक्तै म आँखा चिम्लेर चिच्च्याउन पुगेँ- “उन्नतिकोशिखर भनेको यही हो मामा ?” आँखा खोल्दा मामा पिस्तोल सोभ्याउँदै मेरोअगाडि उभिरहेका थिए । उनका आँखा ज्वालाम्य थिए; दाह्वा किटकिटायमानथिए, मुखाकृति यमदूतको जस्तै थियो, एक पाइलो अझ अघि सर्दै उनी गर्जे-“हल्ला नगरी फर्कन्छस्‌ कि सूट गरिदिउँ ।" मैले विनम्रतापूर्वक हात जोडेरभनेँ- “फर्कन्छु मामा ! फर्कन्छु । तपाईंले देखाएको उन्नतिको शिखर पुग्ने बाटोमैले देखेँ तर मैले हेर्न खोजेको उन्नतिको शिखर यस्तो थिएन ।” अब तपाईं नै भन्नुहोस्‌, म आफ्नो विद्यार्थी केटोलाई कसरी बतारैँसगरमाथाको शिखर अग्लो हुन्छ कि उन्नतिको शिखर अग्लो ? रारा उन्नतिको शिखरतिर / २२१ कवि चम्नेलजी : एक शब्दचित्र चम्रेल कविले एकाएक जिभ्रो टोकेको देख्ता मलाई यति खुसी लाग्योकि पाएको भए यस खुसीमा काँचै खसीको कान टोकेर “चम्रेलको मृत्युजिन्दावाद' भन्दै चार पटक चोकमा उफन्धेँ । तर आफ्नो खल्तीमा खसीकोकुरै छाडौँ, एउटा फर्सी किन्ने पैसा पनि थिएन, न त आफ्नो घरवरिपरि टेक्नहुने चोक थियो । त्यसैले भोजको रूपमा एउटा सुक्खा पुरी र एक गिलासफिक्क्रा चिया खाएर हत्तपत्त मलामी गएँ । उनको अर्धसामयिक निधनमा शोकप्रकट गर्नुको साटो हर्ष प्रकट गरेको सुन्दा चम्रेल कविसित यसको भयानकशत्रुता रहेछ भन्ने तपाईँलाई पक्कै लाग्यो होला; तर तपाईं मारी हत्ते, उनीसँगसतिबयरको गेडाजति पनि मेरो कहिल्यै शत्रुता थिएन । बरु उनी मेरा कन्धनीलगाउने बेलादेखिका दौँतरी, कट्टु लाउन जानेदेखिका साथी र दोसल्लाओढ्ने साइतदेखिका मित्र थिए । मित्रता बाहिरी मात्र होइन, अन्तरड्गै थियो ।कति अन्तरङ्ग भने उनको पेटमा कतिका चिया अटाउँछ-.त्यो मेरो घरकाबूढाबूढीदेखि केटाकेटीसम्म कण्ठै थियो; मकहाँ कुन बेला के पाक्छ, त्यो पनिउनका घरका केटाकेटीदेखि बृढाबूढीसम्म बताइरहनु पर्दैनथ्यो । मान्छे मरेपनि गुन मर्दैन भन्छन्‌ । जिन्दगीमा उनले मलाई जति कबिता सुनाए त्यति तचन्द्रशमशेरलाई उनका हजुरियाले बिन्तीपत्र पनि सुनाएनन्‌ होला । मेरो क्रै छाडिदिङँ, चिनेजानेको कोही पनि कहीँ भेटियो भने सामान्यरहेछ भने “सुन्नोस्‌ सुन्नोस्‌, मैले भर्खर लेखेको सुन्दिहाल्नोस्‌" भन्दै उनीभट्टयाउन सुरु गरिहाल्थे । सन्मान्य रहेछ भने दस गज परदेखि साइकलबाटओर्लिएर नमस्ते गर्दै पियनले हाकिमसित पेस्कीको निवेदन गरेझैँ टाउकोकन्याएर घरमा भेट्ने समय मागिहाल्थे । हाटमा मिले हाटैमा, घाटमा मिलेघाटैमा सन्मान्य व्यक्तिहरूलाई कविताश्रवण गराएर स्याबासी ग्रहण गर्ने कविचम्रेलको ठूलो सोख थियो । दिनु-ख्बाउनु पत्ति त्यति पर्दैनथ्यो, खालि सूनिदिए २२२ ” भैरव अर्यालका हास्यव्यङ्ग्य पुग्थ्यो अर्थात्‌ कुरा के भने ध्यान दिन नसके कान मात्र दिए पनि पुग्थ्यो, कानपनि दिन नसके उनले अलि लेच्यो लहस्याएको ठाउँमा “कै रे के रे फेरिभन्नोस्‌” भनेर आफूलाई निकै घत लागेजस्तो सङ्केत मात्र दिइदिनुपर्थ्यो,अहिलेसम्मको गान्धार स्वर तुरुन्तै धैवतमा उचाल्दै उनी हातमा हात मिलाउनल्याउँथै र दोहोस्याउनू भनेका फाँकी तेहन्याएर पढ्थे । उनका आनीबानीपाउनेहरू कविताबाट झर्को लाग्यो भने “मान्छेको मुटु खाने कवि तपाईंबाहेककोही छैन” भनिदिन्थे, अनि त के चाहियो र ? कविजी जुरुक्क उठेर “कविताबुभ्ने भनेको तपाईबाहेक अरू कोही देखिनँ” भनिहाल्थे ! उनले यसो भन्दापहिलेपहिले त कविता बुभ्ने भनेको मै मात्र रहेछु क्यारे भनी म पनि गरुडकोजत्रो नाक पारी फुल्थेँ, तर एक दिन मेरै अगाडि होटेलको एउटा लठ्यौरोबेरालाई पनि “कविता बुभ्ने भनेको तिमी नै रहेछौ भाइ” भनी धाप दिएकोसुनेपछि मेरो गरुडको जत्रो नाक मुखमा हालेको गोलगप्पासँगै स्यापसुप्पनिलाएर झन्डै मुसाको जत्रो भएको । हत्त न पत्त खल्तीबाट रुमाल झिकीअँठ्याएरे अडघाइछाडेँ । कवितापाठको बयान गर्दागर्दै आफ्नो नाकको मोटाइ-दुब्लाइ नाप्नपुगेकोमा माफ राख्नुहोला, के लाग्छ, कुनै दिन मैले यही नाक ठोक्किएर रगतबहाउँदै रन्धनिएको बेला पनि चम्रेल कविको कविता नसुनी सुख पाएकोथिइनँ । यतिका कुरा बताइदिएपछि चम्रेल कविसँग मेरो दुस्मनी थियो कि भन्नेतपाईंहरूको शङ्का त पक्कै समाधान भयो होला । तर अर्को भ्रम के पर्नसक्छ भने कबिता सुनाईसुनाई,फर्काउने भएकोले उनले जिभ्रो टोकेकोमा मैलेहर्ष प्रकट गरेको हुँ कि ? यो झन्‌ पच्चीसै आना होइन । जिन्दगीमा कतिकाकचकच सुन्नुपर्छ, गनगन सुन्नुपर्छ, गाली सुन्नुपर्छ, सराप सुन्नुपर्छ भनेएउटा कविको कविता सुनिदिनुमा केको झर्कोफर्को ? म पनि कवि हुँदो हुँ तसायद चम्रेल कविजस्तै आज फलानाज्यूकहाँ कविता सुनाउन जानु छ भन्दैपुसको जाडामा बिहान सातै बजे सात ठाउँमा साइकलको जन्जिर खुस्काउँदै-हाल्दै दगुर्थे कि ? त्यसैले कुनै झर्कोफकोको कुरा हुँदै होइन । वास्तवमा चम्रेल कविको माया मलाई आफ्नो घरको गाईको भन्दा बढीलाग्थ्यो । उनी सज्जन थिए । भुराभुरीले भिँज्याए पनि झोकिन्नथे, ठिटाठिटीलेगिज्याए पनि रन्कन्नधे । समाजमा उनको रिस थियो भने जम्मा पाँच वर्गकामान्छेसित मात्र थियो । एक सम्पादकवर्ग- जो उनले लेखेजति जम्मै छापिँदैनथे, कावि चग्नेलजी : एक शब्बचित्र ? २२३ दोस्रो समालोचकवर्ग- जो कविहरूको चर्चा गर्दा उनको त्यति लामो नामैबिसिंदिन्थे, तेस्रो जाँचकीवर्ग- जो कहिल्यै पनि उनलाई त्रिभुवन पुरस्कार रमदन पुरस्कारको लागि छान्दैनथे, चौथो प्रकाशकवर्ग- जो उनी आएकोटाढैबाट देख्नासाथ आफू दराजले छेकिएर नोकरलाई उहाँ हुनुहुन्न भन्नलगाउँथे र पाँचौँ पाठकवर्ग- जो उनको किताब किन्न त परै जाओस्‌, उपहारदिँदा पनि पढिदिँदैनथे । म यी कुनै वर्गका पनि पर्दिनथैँ । उनको कवित्वमाशङ्का उठाएर उनले स्वयं पाइरहेको तृप्ति तित्याइदिन वास्तवमा म चाहँदिनथैँ ।कारण काव्यधन्दा छुटाएर अर्को धन्दा लेक भनूँ भने अब चोला-परिवर्तनकोबेलामा पेसा-परिवर्तन के गर भन्नु ? लेखिराख भनूँ भने महाकाव्य लेखिसक्नासाथत्यो छपाउन घर बेच्छु भन्थे । उनको यो दुस्साहस सुन्दा झसङ्ग भएर केहीदिनअघि मैले हप्काएको थिएँ- “घर भए कमसेकम एउटा भकारीमा किताबकापीमोरेर यो धानको भकारी है भनी केटाकेटी ढाँद्न त पाइन्छ ! काव्यसाधनाभन्दाभन्दै कोठाको गलैँचादेखि आलु रोप्ने बगैँचासम्म सिद्ध्याउनुभयो, अबत्यही चुहुने घर पनि स्वाहा पार्नोस्‌ ।” हुन पनि यहाँ कोर्स न फोर्सका पुस्तककसले पढ्छ ए किनेर ? मलाई खुसी लाग्नाको मुख्य कुरा के भने उनी प्वाक्कमरिदिएकोले अब उनका जहान-छोराछोरीले पाटी र पेटी खोजिरहन परेन ।लाउनु न खानुका रिनमा जाकिनु परेन । चम्रेल कविको पूरा नाम मार्कण्डेयबहादुर चम्रेल हो । तर जिउँदाकोनाम लेख्ता 'श्री' को शिर र 'जी' को पुच्छर छाड्नु हुन्न भन्ने उनको सिद्धान्तथियो । सकेसम्म 'श्री' को अघिल्तिर कबि र 'जी' को पछिल्तिर 'कोकिल' भन्नेउपनाम पनि जोड्ने उनको सोख थियो । त्यसैलै उनका पुस्तक, कापीकापत्रपत्रमा २४ प्वाइन्टका अक्षरले रबरछाप मारिएको हुन्थ्यो- कविश्रीमार्कण्डेयबहादुर चम्रेलजी 'कोकिल' । तर त्यसपछि जोर्ने डिग्रीसिग्री भनेउनले केही जोर्न सकेका थिएनन्‌ । उमेरले सेत्याउन खोजे पनि चुरोट तमाखुले खैच्याएका जुँघामनि खुँडेलेनयाँ बान्की दिएको माथ्लो ओठ र त्यही खटप्वालबाट टल्कने एउटा सुनकोदाँतले कवि चम्रेलको अनुहारमा एउटा दिव्य शोभा झल्काउँथे । उनकाशिरको भादगाउँले टोपी सधैँ कपालसितको सङ्गतले जस्तै कालोपन छाडेरसेत्याइँतिर अघि बढिरहेको प्रतीत हुन्थ्यो । जतिजति उनी आफूमा कवित्वलम्बिदै गएको ठान्थे, उतिउति दाह्दी लम्ब्याउने उनको सोख थियो । यहीलम्बाइको मोहले हो कि, यता केही वर्षदेखि उनी वर्षाभरि सेता टाँक टलक्क २२४ ” भैरब अर्यालका हास्यव्यङ्ग्य टल्कने कालो शेरमानीले आफ्नो कोमल कविकलेवर ढाक्ये भने हिउँदभरखरानी रङ्गको भव्य ओभरकोटले ! धौत्रै भए पनि ह्यान्डिलको एकापट्टि ऐना र अर्कापट्टि काँचको फूलसजाइएको साइकल उनका जवानी र जागिरे जीवनको ठूलो स्मृतिचिह्नथियो । महिनाको एक पक्ष उनी त्यही साइकलमा फूलसमेत फिरफिराएरगुडिरहेका देखिन्थे भने अर्को पक्ष एउटा ब्याग काखी च्यापी लुइँलुइँ लम्किरहेकाभेटिन्धे । हिँडिरहेको बेला कसैले 'साइकल खोइ नि' भनी सोधिदियो भनेचम्रेल कवि टक्क अडिएर पन्ध्र दिनअगाडि फलानो सर्दारकहाँ कविता सुनाउनगएको बेलादेखि साइकलले दिएको धोकाको नालीबेली लगाउँदै अब पन्ध्र दिनपैदलै हिँड्ने बिचार लिएको घोषणा गर्थ । यथार्थमा चम्रेल कविको साइकलठोटरीजस्तै थियो, महिनाको पहिलो पक्ष उनको पास रहे दोस्रो पक्ष गुप्तवासपुग्थ्यो । तै पहिले पक्ष भएकोले उनलाई यो स्वामीभक्त साइकलले छाडेकोरहेनछ, पहिले साइकलको बिक्रीसंस्कार सकेर उनको दाहसंस्कार गर्न पाइयो,मलाई खुसी लाग्नको यो पनि अर्को कारण हो । चम्ेल कविलाई आफ्नो कबिजीवनको प्रारम्भ महाकवि देवकोटासँगैभएकोमा ठूलो गर्व थियो । गुनासोचाहिँ एउटा के थियो भने देवकोटा बाठाथिए, लेखेजति खटाखट छपाएर उनले महाकवि पड्काइहाले, चम्षेल कविलेपहिलेपहिले छाप्नमा भन्दा ढोकाढीका पुगेर सुनाउनमा मन लगाए, अहिलेसबै हेप्न खोज्छन्‌ तर लेखनाथको जिउँदैको रथयात्रा सम्झँदा र देवकोटाकोगरेपछिको सालिक देख्ता उनमा पनि त्यो नामको प्यास मर्नको बदला झन्‌झन्‌उर्लेको थियो । अहिले छुल्याहाफुल्याहाले बाधा पारेको भए पनि उनलाईविश्वास थियो एक दिन बाध्य भएर सबैले उनलाई मान्नै पर्छ । त्यसैले उनकीश्रीमती कहिलेकाहीँ हामीसित गुनासो गर्थिन्‌- “व्यवहारका कुरा गर भनेउहाँ देबकोटाको सालिक देखाएर 'नरोक कविनीज्यू ! तिम्रा लोग्नेको पनित्यस्तै सालिक बन्छ' भन्नुहुन्छ । नरोउँ भने सालिकज्यूलाई एक तुर्को चियाचढाउने हबिगत पनि अब भएन । हुन पनि उनी घरमा सालिकजस्तै थिए ।कोही सिकिस्त बिरामी भयो भने औषधिउपचार जेसुकै होस्‌, उनलाई चाहिँकविता फुर्थ्यौ ।” अँ, अघि मैले भन्नै बिर्सेछु । कवि चम्रेललाई दुइटा अनौठा रोग थिए-सपनामा घुर्ने र बिपनामा फुर्ने । सपनामा त जतिसुकै घुरून्‌, कसैको वास्ताथिएन, तर बिपनामा फुर्ने रोगले भने उनलाई मात्र होइन, उनको सङ्गत गर्ने काबि चग्रेलजी : एक शब्बचित्र ” २२१ अरूलाई समेत बराबर सताउँथ्यो । कविता सुनाउँदासुनाउँदै होस्‌ वा कामगर्दागर्दै होस्‌, दुई-चार जना मान्छे देख्यो कि कविज्यू 'फुम्योफुत्यो' भन्दैघोत्लिन थालिहाल्थै । यो फुर्ने रोगले सबभन्दा बढी सताएको उनको बिहाकैदिन हो । कन्यादानको साइत भयौ भनी जब पण्डितबाजेहरू मङ्गल पढ्नथालेका थिए, दुलहासाहेब 'फुप्यो फुस्यो' भन्दै उफ्रन थालेछन्‌ । मैले सङ्कल्पबिराएछ्ु कि भनी पुरेत घोरिएछन्‌, गोडधुवा सानो भयो कि भनी दुलहीका बानुघोत्लिएछन्‌, दुलहा सन्काहा परेछन्‌ कि भनी दर्शक महिलाहरू खिलखिलाउनथालेछन्‌, विष्णुसित बिहा हुन थाल्यो भनेको त धतुराबाज महादेवकहाँ पोपरिछु कि भनी दुलही पिलपिलाउन लागिछन्‌ । हत्त न पत्त म पुग्दा तसाइतको वातावरण नै निस्तब्ध रहेछ । केवल दुलहाज्यू 'ए लौन फुप्यो, फुन्यो'भन्दै छटपटाइरहेका । मलाई देख्नासाथ उनले त्यसै गरी सान गरे, जसरीभाषणको कापी ल्याउन बिर्सेका मन्त्रीज्यूले माइकअगाडि उभिएर भएभरकाखल्ती छामछुम पार्दै सेक्रेटरीलाई सान गर्छन्‌ । ठाउँ न कुठाउँको उनको स्वाङदेख्ता एक मुठी चड्कनचिउरा गालामा फुराइदिउँ कि जस्तो मलाई पनिलागेथ्यो, तर पस्यो कन्यादानको बेला । त्यसैले मिजाससाथ अनुरोध गरेँ- “योलगनको बेलामा कहाँ कविता लेख्ने कविजी ! फुरेको भए अहिले मनमनैफुराइराख्नोस्‌ । पछि लेख्नुहोला ।” तै बिचराले तुरुन्त अनुरोध मानेर कन्यादानकोलागि हात तेर्स्याइदिए । सक्कली कविको चरणोदक पान गर्न पाएछौँ भनेरहोला, दुलहीका आमाबाबुसमेत सबै मुखामुख गरेर मुसुक्क हाँसे । पछि जग्गेमाचाहिँ दुई-तीन पटक कलमकापी लिएर घोत्लिरहेको देखेथेँ । चम्रेल कवि धर्मले मात्र होइन, स्बभाबले पनि सनातनी थिए र भावलेपनि सनातनी । कसैले “जमानाअनुसार अलिकति बदलिनुपर्छ कि कविजी"भन्यो भने उनी रन्किएर जबाफ दिन्थे- “मलाई के अवसरवादी कवि ठान्यौ ?”त्यसैले उनको कवित्वबारे टीकाटिप्पणी गर्नु बेकार थियो । तर एउटा कुरोपक्कै हो- उनका कवितामा केटाकेटीले पनि छर्लङ्ग नुभने प्रसादगुण हुन्थ्यो ।उनी जुनसुकै वार्णिक छन्दलाई पनि आफ्नो मुखजबानीले टाकटुक्क मिलाउनसक्थे । मात्रिक छन्द मातृजातिको छन्द हो र भयाउरे भनेको कवितामा उम्रेकोभ्याउ हो भन्ने उनको विश्वास थियो । अन्त्यानुप्रास मिलाउनु त उनकोनिम्ति हजामलाई छुरी मिलाउनुजस्तै थियो । उनी कहिले तन्नेरीलाई सम्बोधनगर्दै जनाउ दिन्थे- आन्द्रा खत हुन्छ सुपारि खाए २२६ ८ भैरव अर्यालका हास्यव्यङ्ग्य कहिले तरुनीलाई सम्बोधन गर्दै चैतावनी दिन्थे-, चिप्लिन्छ सारी त सिलीक लाए हुन त उनको किलिप-कवबच छापिन सकेको भए युवतीहरूलाई किलिपकिन्न क्याटलग पल्टाइरहनुपर्ने नै थिएन ! तर शृङ्गारी कवितामा भन्दाराष्ट्रवादी कवितामा उनको प्रतिभा आशु गतिले पोखिन्थ्यो । जम्मा पच्चीसओटाशब्दले पचासओटा कविता बनाउन सक्नु उनको कवित्वको अर्को विशेषताहो । नेपालपछि विशाल, विशालपछि कमाल, कमालपछि हिमाल, हिमालपछिमुनाल, मुनालपछि टुँडाल, टुँडालपछि फेरि नेपाल ! यी शब्द गोरखापत्रकोराशिफलझैँ कहिले तल कहिले मीथ पारी उनी पङ्क्तिमा चालिरहन्थे । हावापानीशुद्ध, सीता र बुद्ध, अमरसिंहको गाथा, सगरमाथा- यी पनि उनका अनुप्रासमिलाउने साबिकका साँचा हुन्‌ । बीररस बहाउने जोसिला कवितामा उनीबित्पातै छन्‌ भन्ने कुरा त उनले आफ्ना जेठानलाई कवितामै दिएको जबाफबाटमैले पहिल्यै बुझिसकेथेँ । उन्ती गर्जेथे- चाम्रै छु थर चम्रेले पनि बुझेँके दब्येँ जेठान्‌सित,नदेखाक गोरखालिकासँग कवैत्यो मक्बान्प्रे रित, एक दिन कुनै पोखरीमा पुगेर उनले टिन्न साइकलको घण्टी दिँदापोखरीका पाखापाखामा पाहार तापेर बसेका सारा भ्यागुता थर्कमान भएर एकैपटक पोखरीमा हामफालेको वर्णन अत्यन्तै सजीव छ । यो सुन्दा मैले उनलाईसच्चा सुझाब दिएको थिएँ- “तपाईं लेखाइमा जति ज्यान फाल्तुहुन्छ, त्यसकोएक चौथाइ परिश्रम अरूको कृतिमा पनि खर्चिनुभयो भने राम्रै कवि हुनुहुन्थ्योकि ?” सुझावको जबाफमा उनले भनेका थिए- “अरू भासभुसेहरूले केलेखेका छन्‌ र पढ्नु ?” उनको अनेपाली भाषामा पहुँच थिएन भन्ने क्रा तमलाई राम्रै थाहा थियो तर भन्थे- कुन्नि कसले हो उनलाई शेक्सपियर रकालिदासको प्रभाव पच्यो भनेर सुनाइदिए रे, त्यहाँदेखि उनले आफ्नो बाहेककसैको कृति झुक्किएर पनि पढ्नेछैन भनी जनै छोएर किरिया हालेका छन्‌ रे ।त्यसैले मौलिकतामा उनीप्रति शङ्का उठाउनु गाह्रै पर्थ्यो । चम्रेलज्यूको लामो कविजीवनमा ठूलाठूला बाधाव्यवधानहरू परे, तरहरुवा जुबाडीले कौडाका दाँती गन्न नछाडेभझँ उनले शब्दका पङ्क्ति जोर्नछाडेनन्‌ । उनले समाजलाई के दिए र समाजले उनलाई के दियो त्यसको कवि चग्नेलजी : एक शब्दचित्र ? २२७ हरहिसाब गर्नेहरूले गर्दै गर्लान्‌ । मेरा चर्मचक्षुले देख्ता त उनले कवि बनेरजिन्दगीभरमा कमाएको एउटा धन एक तोलाको सुवर्ण पदक थियो जो घरबसुन्जेल पारदर्शक प्लास्टिकको खोलमा उनको सिरानमाथि झुन्डिरहेको हुन्थ्यो,बाहिर निस्कँदा शेरमानी वा ओभरकोटको भित्री बगलीमा जतनसित घुसारीनिस्कन्ये । यसो भन्दा तपाईंहरू सम्झनुहोला- उनलाई जहान-छोराछोरीकोविश्वास थिएन कि ? तर क्रा यो मात्र होइन, सन्जोगले कुनै ठूलो मान्छेभेटियो भने प्रसङ्गग मिलाई आफ्नो नामाङ्कित सुवर्ण पदक देखाएर कवित्वकोपक्की प्रमाणपत्र प्रस्तुत गर्ने धोको उनको कहिल्यै सेलाएन । यो सुवर्ण पदकपनि उनको जीवनको एउटा महत्त्वपूर्ण निर्णायक अङ्ग थियो, जो २००८सालमा चित्लाङमा भएको कविसम्मेलनमा उनले कुन्नि कुन मन्त्रीको बाहुलीबाटवैद्वन पाएका थिए । बराबर सङ्कट पर्दा जहान-छोराछौरीहरू सिरानमाथिझुन्डिएको उनको सुवर्ण पदकमा ट्वाल ट्वालती हेर्थे, तर उनी भन्थे- "पख,अर्को कविसम्मेलनमा म एउटा हीरक पदक जितेर ल्याउँ, अनि यो मासेरतिमीहरूलाई गहना बनाइदिउँला । यो सुन्दा ससाना छोरीहरू मबख पर्थे; तरठूली छोरीले भने .अब पत्याउन छाडिसकेकी थिई । त्यो पदक लुकाएर कविनीलेमङ्लसूत्र बनाउने दाउ पनि गरेकी थिइन्‌ रे तर उनले थाहा पाइहालेछन्‌, होयताका १९ वर्षभित्र उनको सुवर्ण पदक ९९ पटक बन्धकी बस्यो होला, तरमासिनै भनी पुगेको चाहिँ अस्ति मात्रै । जब चम्रेल कवि धेरै गल्दै गए,एक्सरेपछि एक्सरे गर्नुपप्यो अनि बन्धकी राख्नै निहुँले श्रीमतीले उनको सुवर्णपदक बेचिदिने अठोट गरिछन्‌ । चम्रेल कविले यसपालि हुँदैन त भन्न सकेनन्‌तर आइमाईलाई ठगिदिन्छन्‌ भनी सकीनसकी रिक्सा चढेर आफू पनि बाँडाकहाँनगई छाडेनछन्‌ । सन्जोगले म पनि त्यो दिन कहाँबाट त्यहीँ पुगेछु । बाँडाजतिजति सुवर्ण पदक घोद्थ्यो उनी उतिउति आफ्नो मुटु घोटिएजस्तो गरीमुख बिगार्दै गइरहेका थिए । दस-पन्ध्र मिनेटको परीक्षणपछि जब बाँडालेपदक एक तोलाको भए पनि खास सुनचाहिँ एक मासा मात्रै रहेछ भन्नेसुनाएको थियो चम्रेल कवि बाँडाकै ज्यासलमा घुप्लुक्क घोप्टिहाले । हत्त नपत्त उनलाई अस्पताल पुस्याइयो तर अब चम्नेल कविको निम्ति गर्न सकिनेउपचार पनि बाँकी थिएन, गर्नुपर्ने उपकार पनि बाँकी थिएन । बेसै भयोबिचरा नमरेको भए आफ्नो नामको प्यासलाई कति दिन भ्रमको प्यालालेमेटाउन सक्ये होलान्‌ त ? कतै आत्महत्या गरिदिए भने. ...। रचना २२६ ४ भैरव अर्यालका हास्यव्यङ्ग्य 'हराम पाँडे हजुर' घरबाट स्ट्रेचरमा भ्याइँकृटी पार्दै कुदाएको सम्झन्छु, त्यसपछि कसले,कुन बाटो कसरी कहाँ पुन्याए भन्न सक्तिनँ । एक्कासि चित्रगुप्तको रिसेप्सनअफिसमा पुग्दा पो बोधार्थ पाइयो- म मरिसकेछु । एउटा बिरालो मर्दा त कति नरमाइलो लाग्छ भने मलाई आफू मर्दाकस्तो लाग्यो होला, तपाईं नै सोच्नोस्‌ ! तर जतिसुकै दुःख लागे पनि मर्दाआफैँ रुन नपाइने संसारको कानुन ! रोईकराई मरेको लोग्ने फिर्त्याइछाडनेसावित्रीको फोर्स पनि आफूसँग थिएन, लक्ष्मीको तर्फबाट विष्णुमा बिन्तीपु्याई जीवन थामिने कुनै सोर्स पनि आफूसँग थिएन । त्यसैले विशेष पुलिसकोकचहरीमा पुन्याइएको वनपालेझैँ कारिन्दालाई तीन पटक नमस्ते गरी थरथरकाम्दै थुचुक्क एउटा त्रिपाईमा बसेँ । कारिन्दाले नमस्तेसम्म नफर्काई टर्रोआवाजमा भझर्केर सोध्यो- “नाम क्या हो ?” मैले काम्दो स्वरमा हात जोड्दैबताएँ- "राम पाँडे हजुर !” कारिन्दाले नाम टिप्यो र पुर्जीको लागि “भोलिआङ” भन्यो । मैले छक्क पर्दै सोधेँ- “म आजै मरिसकेको मान्छे, भोलि त दुईदिन हुन्छ हजुर ! छोराले ढिकुरामा पिण्ड दिइसक्छ । आज कहाँ जाँ र भोलिफेरि यहाँ आउँ त ?” कारिन्दा एकछिन जिल्ल पन्यो र पछि झस्केभँ गरी बोल्यो- “एसाँच्ची त, तिमी मरेर आएको हगि ?” मैले सही थापेँ- “हो, हजुर !” उसले भन्यो- “म पनि डिल्लीबजार अड्डामा कारिन्दागिरी गर्दागर्दैमरेकोले यहाँ कारिन्दैमा परेको त हुँ नि ? खोइ क्राइभेन कोसेली केही ल्याएनौ !यहाँ आएपछि चुरोटसमेत पाएको छैन ।” मैले भनेँ- "ख्बै हजुर, एक त मलाई यति छिटै मरिएला भन्ने नैलागेको थिएन । दोस्रो मरिसकेपछि पनि अड्डाखाना धाउनुपर्छ भन्ने थाहाथिएन । कारिन्दाले एउटा खाली पुजामा किरिङमिरिङ अक्षर लेखी मलाई “भित्र हराम पाँडे हजुर" “ २२९ जाक” भन्यो । भित्र रिकर्डकीपर बूढाहरू खाता पल्टाएर घोस्लिदै रहेछन्‌ !मैले बाह्र राजा एकै स्वस्ति गरेँ । तर कोही बोलेनन्‌- नबोलेको मात्र होइन,कसैले मुन्टो उठाएर हेर्नसम्म हेरेन । निकैबेर उभिएर खुट्ल गलेपछि मैले पुर्जादेखाउँदै एउटा टेबुलको छैउमा पुगी भनेँ- “मेरो रिकर्ड हेरिदिनुहुन्थ्यो कि ?” उसले टाउकै नउठाई अर्कै टेबुलमा जाने सङ्केत गय्यो । उहाँ गएर भनेँ- “मेरो रिकर्ड हेरिदिनुहुन्थ्यो कि ?” उसले पनि अर्कोटेबुल देखायो । यही क्रमले एकपछि अर्को भित्ताको टेनुलमा पुगेपछि त्यहाँकोअफिसरले मेरो हातको पुर्जा लियो र पढ्यो- नाम- "राम पाँडे हजुर' ।लिङ्का-पुरुष । वर्ष ४२ । ठेगाता- का. जि. जुँगानगर, नेपाल । पुर्जामा पुण्यर पापको रिकर्ड भर्नुपर्ने दुई कोठा खाली नै थिए । अनि उसले खाता खोलेरनिकैबेर खोजी पल्टाउँदै मलाई भन्यो- “राम पाँडे हजुर' भन्नेको नाम त यहाँछैन । 'हराम पाँडे छ, श्रीराम खनाल छ, विराम गजुरेल छ, तर राम पाँडे हजुरभन्ने कुनै बाँचेको पनि देखिँदैन, मरेको पनि देखिँदैन ।” “लौ बित्यास परेछ"-मैले भनेँ- “नाम त मेरो राम पाँडे नै हो । जीबनमा केही वर्ष म हवलदार पनिथिएँ, त्यस बेला ह. राम पाँडे भनी आफ्नो दर्जा जनाउने पनि गर्थे, सायदचित्रगुप्तको कार्यालयमा त्यसै बेलाको रिकर्ड लेखिन गएछ कि ? सु. कुलबहादुरकोबीचको बिन्दु छुट्ता सुकुलबहादुर भएझैँ ह. राम पाँडेको हराम पाँडे हुन केबेर ! आखिर कारिन्दे अक्षर न हुन्‌ ।” मैले नम्रतापूर्वक निवेदन गरेँ । उनले रिसाएर भने- “लिखितम्‌को अगाडि बकितम्‌ चल्दैन बुभ्यौ ?यो चित्रगृप्तको रिकर्ड अड्डा हौ, गुइँठा करपोरेसनको जथाभाबी अफिस होरतिमीले जे भन्यौ म त्यही पत्याउँ ? पुर्जामा- 'राम पाँडे हजुर' छ रिकर्डमा'हराम पाँडे' छ, कसरी कारबाई गर्ने ?” मैले डराईडराई सुझाव टक्ग्राएँ- “कि रिकर्डमा पछि थोप्लो थपेरसच्याउनुपच्यो, कि पुर्जामा नामअघि दर्जा जनाई सच्याउनुपत्यौ । म आफैँकारिन्दाकहाँ गई दर्जा जनाएर ल्याकँ कि ?” श्रीमान्‌ फेरि जङ्गिए- “यो के कुनै निर्वाचन आयोग हो र नामसच्याईसच्याई मिलाउनुपर्ने ? तिमी आज कारिन्दाकहाँ नाम सच्याउँछु भन्छौ,भोलि पुरेतकहाँबाट सच्याएर ल्याउँछु भनौला, पर्सि ज्योतिषीकहाँबाट सच्याउँछुभनौला । त्यस्तो पाइँदैन बुभ्यौ ? तिम्रो रिकर्ड लेख्ने अफिसर उहिल्यै वैतरिणीकोघाटे चौकीमा सरुबा भै गैसक्यो ।” मैले विनम्रतापूर्वक सोधेँ- “त्यसो भएकहाँ जाँ त श्रीमान्‌ ?” २३० ० भैरव अर्यालका हात्यब्यङ्ग्य बूढाले च्याँद्िदै पुर्जामा रातो मसीले लेखिदिए- 'यो नाउँको मान्छेखातामा नभएकोले कारबाई गर्न नमिल्ने । म पर्जा लिई पालेले रोक्तारोक्तै पनि चित्रगुप्तकै मूल अफिसमा पुगेँ रभनेँ- “बाँचुन्जेल त अड्डाअड्डा घुम्नु पन्योपन्यो मरेपछि, पनि पुर्जामा यस्तोतोक लागेर अलपत्र पर्नुपस्यो श्रीमान्‌ !” चित्रगप्तजीले पुर्जा र तोक हेरी हरियो मसीले अर्को तोक लगाइदिँदैभने- “मृत व्यक्तिको तीनपुस्ते बुझ्न पुस्ता विभागलाई एउटा चिठी पठाउनूर आर्यघाटको घाटे चौकीलाई पनि तार गरेर एक पटक सोध्न्‌ ।" तर उत्तर नआउन्जेल मैले कसरी पर्खने भन्ने बारेचाहिँ उनले पनिकेही लेखेनन्‌ । चित्रगुप्त कार्यालय चौबीसै घण्टा खुला हुने र कर्मचारीको सिफट मात्रबराबर बदलिइरहने भएकोले म बाह् दिन त्यतै अलमलिएँ, दिनभर यो अफिसर उ अफिस घुम्दै आफ्नो नाम तहकिकात गर्ने काम छँदै थियो, चार पहर रातढोकैमा उभिएर बिताइदिन्थेँ । बाह्रौँ दिनको दिन एउटा अर्को समस्या आइलाग्यो-मेरो शुद्धिशान्तिमा छोराले मेरो नाममा दान गरेको ओढ्ने-ओछ्याउने, भाँडाकुँडार लुगाफाटो कहाँ पुच्याउने भनी धर्म मन्त्रालयअन्तर्गतको दानप्रदान बन्दोबस्तअङ्डाले चित्रगुप्त कार्यालयलाई सोधिपठाएछ । चित्रगुप्तने चिटचिट पसिनानिकाल्दै मलाई बोलाएर सोधे- “तिम्रो नामको तहकिकात हुँदै छ, नहुन्जेलतिम्रो अन्तरिम व्यवस्था गर्नुपत्यो । नढाँटीकन भन, तिमीले कुनै पाप गरेकाथियौ कि थिएनौ ?” मैले भनेँ- "पाप गरेको त थिइनँ श्रीमान्‌ !” उनले सोधे-“के कुनै पुण्य गरेका थियौ त ?” मैले भनेँ- “नभएको धाक लगाउनु हुँदैन,मैले कनै धर्म पनि गर्न सकेको थिइनँ श्रीमान्‌ !” चित्रगुप्त अकमक्क परे । उनको असिस्टेन्टले गर्जिएर मलाई झाँट्यो-“ध्वर्म पनि गरेको छैन रे, पाप पनि गरेको छैन रे ! बयालीसबयालीस वर्ष केगरेर बसिस्‌ त ?” मैले भनेँ- “बस्न त कहाँ पाएँ र हजुर, कहिले चाकरी गरेँ, कहिलेनोकरी गरेँ, कहिले मुद्दा गरेँ, कहिले सुर्ता गरेँ, कहिले बिहा गरेँ, कहिले तलाकगरेँ, आखिर जीवनभर जेजति गरेँ दुःखै गरेँ श्रीमान्‌ !” " चित्रगुप्तले मलाई आवेशमा नआउने सल्लाह दिँदै फकाए- “हैन,पाँडेजी जिन्दगीभर केही न केही धर्म त अवश्य गर्नुभो होला, सम्झनोस्‌ न ।”मैले भनेँ- “मैले बाँचुन्जेल गरेका कुरा प्राय: बताइहालेँ । तिनैमध्ये कुनै काम 'हराम पाँडे हजुर' “ २३१ धर्मको थियो कि पापको थियो श्रीमानूले नै छुट्टयाइदिनुपर्छ ।" मेरो जबाफसुनेपछि चित्रगुप्तजी निकै घोरिए र असिस्टैन्टलाई बताउन थाले- “यिनलेगरेका सम्पूर्ण कामहरू नोट गर र तिनमध्ये कुनै धर्मभित्र या पापभित्र पर्छन्‌कि निरूपण गरी पठाइदिनुपच्यो भनी 'पापपुण्य प्रमाण प्रतिष्ठान' लाई तुरुन्तलेखिपठाक । जबाफ नआउन्जेल यिनको गुन्टागुठुरी कतै नपठाउनू भनीदानप्रदान बन्दोबस्त अड्डालाई बोधार्थ पठाइदेक ।” तदनुरूप टिप्पणी लेखिए, चिठी लेखिए, म अझै त्यहीँको त्यहीँ भएँ । सात दिनपछि म फेरि चित्रगुप्तको बैठकमा बोलाइएँ । उनले भने-«आर्यघाट चौकीले 'हराम पाँडे हजुर' भन्ने कुनै मान्छेलाई यहाँबाट पठाइएकोछैन भन्ने जबाफ पठाएको छ । तीनपुस्ते बुझ्दा 'पाँडे हजुर' भन्ने कुनै थरनेपालमा नभएकोले र जात, धर्म र सम्प्रदाय नख्नुट्टयाई पापपुण्यको विवेचनागर्न मिल्दैन भनी पापपुण्य प्रतिष्ठानले लेखिपठाएकोले तिमी हिन्दू हौ किहोइनौ भन्ने शङ्का उठेको छ । तिमीसित हिन्दूत्वको कुनै पक्का प्रमाण छ मैले जनै देखाएँ । दुपी देखाएँ । चित्रगुप्तले भने- “जनै र दुपी विधर्मी हिप्पीहरूले पनि राख्न थालेकालेअचेल यिनको प्रमाण लाग्दैन । हिन्दूमा पनि सम्प्रदाय धेरै छन्‌, जात धेरै छन्‌ ।तिमी ठ्याहा हौ कि मठ्याहा हौ ।” मलाई अत्यन्त रिस उठ्यो र चर्किएँ- “मेरो नाम राम पाँडेहोरमविशुद्ध हिन्दू हुँ त भन्दै छु, पत्याइदिए त यो झन्झट तपाईंलाई पनि पर्दैनथ्योमलाई पनि पर्दैनथ्यो ।” चित्रगुप्तले सुस्केरा हालेर असिस्टेन्टलाई भने- “पाँडेहजुर भन्ने थर छ कि छैन र त्यो हिन्दू हो कि होइन बुझी सात दिनभित्रप्रतिवेदन पेस गर्न स्वर्गका बशिष्ठ पण्डितलाई बोलाई उनको अध्यक्षतामाएउटा कमिसत्त बत्ताइदिनू र त्यस कमिसनमा थधर-गोत्रावलीका लेखकशिंखरनाथलाई पनि सदस्य राख्नू ।" असिस्टेन्टले चिठीहरूको मस्यौदा गरे । मफेरि बसेको बस्यै भएँ । तै मरिसकेकोले खानपिनको झन्झट थिएन र मात्रै,जिउँदै भएको भए त्यहाँ कुर्दाकरदै सिलटिम्मुर चपाइसक्थेँ । रमाइलो एउटा केथियो भने दिनहँ थुप्रै मरेका मान्छे ल्याइन्थे । उनीहरू रिकर्ड हेरी स्वर्ग र नरककहाँ जाने हो चलानी- पुर्जी लिन्थे, हिँड्थे । आफू मात्रै न यता न उताभइरहेको थिएँ । चैँतालीस दिनपछि एक दिन मलाई बोलाएर चित्रगुप्तले भने- “सबै २३२ / भैरव अर्यालका हास्यव्यङ्ग्य बुभ्दाबिचार्दा तिम्रो नाम राम पाँडे नै भन्ने र धर्म हिन्दू नै भन्ने ठहरिए तापनिरिकर्डमा तिम्रो पाप केही नभएकोले नरकमा नपठाउनू भनी यमराजलेलेखिपठाएको र धर्म केही नगरेको हुँदा स्वर्गमा सिट नपाइने बुझिएकोले तिम्राछोराले दान दिएको गुन्टागुठुरी बाहुनले नै पाउने गरी फिर्ता गरिएको छ ।साथै कि धर्म कि पाप नगरी मर्दा स्वर्ग वा नरक कतैतिर पनि सिट नमिल्नेभएकोले हाल तिमीलाई संसारमै फिर्ता पठाइदिने निधो भएको छ ।” चित्रगुप्तको विचित्र कुरा सुन्दा म छक्क परेँ । एक मन फेरि बाँच्नपाइने भयो भनी खुसी पनि लाग्यो, अर्को मन फेरि दुःख भोगन त्यही साँगुरोगल्लीको अँध्यारो छिँडीमा पुग्नुपत्यो भनी पीर पनि लाग्यो । नढाँटीकन भनूँभने खुसीभन्दा पीर बढी लाग्यो र चित्रगुप्तसित भनेँ- “त्यो साँगुरो गल्लीमाभन्दा त नरकको गल्लीमा डेरा सस्तो पाइन्थ्यो कि श्रीमान्‌ !” चित्रगुप्तलेहाँस्तै आश्वासन दिए- “ल, ल, सकेसम्म मोज गरेर मरी आर न, म तुरुन्तैनरक पठाइदिउँला, अहिलेलाई चुपचाप लागेर फर्क !" चित्रगुप्तको अर्डर हुनासाथ मलाई पालेले घोक्य्राइदिड्हाल्यो । भित्तामाबजारिएर मुन्टो दुख्यो । म ऐँया भन्दै कराएको मात्र के थिएँ झल्याँस्सब्यूँझेछु । ब्यूँझैदा मेरो अगाडि डाक्टर, नर्सहरू उभिएर भन्दै थिएँ- “बधाईपाँडेजी बधाई ! तपाईंको अपरेसन सफल भयो । अब तपाईं होसमा पनि आउनुभयो बधाई !”खर्पन 'हराम पाँडे हजुर" ” २३३ आधा घण्टा बस आएन । आफूलाई बेर भएको दिन बसले झन्‌ अबेर गरिदिन्छ । बेर र अबैरकोअर्थ कसरी एउटै हुन्छ ? 'अ' लागेपछि अर्थ उल्टनुपर्ने । भाषा पनि ठाउँठाउँमारक्स्याहाझँ बाटो न घाटो दगुरिदिन्छ । अस्ति राति पिङ्गलप्रसादले साफरक्सी पिएछ । भन्थ्यो रे अब सडकमा हिँड्ने होइन, सुत्ने गरौँ । कुरा उसकोपनि कम छैन । हुनेहरू बेस्करी कार कुदाएर उपयोग गरून्‌, नहुनेहरू जुत्ताकोसमेत भार नदिई हलुकासँग उपयोग गर्न चाहन्छन्‌ तर पैदलयात्रीहरूलाईनिषेध गरेर पेटीमा घोक्ग्राइदिने किन ? सायद यही असमानताको विरुद्धरक्स्याहा क्रान्ति गर्छ- सडकभरिभरि भएर सडकको उपयोग गर्छ । तन्द्रङ्गसडकमै सुतेर स्वतन्त्र सपनाको उपभोग गर्छ । मोटर मात्र होइन, रङ्गीचङ्गगीरकेटैमा शयर गर्छ । सपना भनेको रक्सी हो कि रकेट हो, त्यो मलाई थाहा छैन- तरसपनामा यस्तो यातायात समस्या हुँदैन । आजै राति सपनामा म घरबिदालिएर आफ्नो घर गएछु । तनहुँको एउटा डाँडामा चिटिक्क परेको एउटाबङ्गला रहेछ, ग्यारेजमा मेरो एउटा हरियो टोयटा कार पनि रहेछ । स्वास्नीचाहिँमाइत गएकी ओखलढुङ्गामा । म आफैँ कार हाँक्तै हिमालको फेदीफेदीनाम्चेबजार पुगेछु र स्वास्नीलाई फोन गरेर आफू आएको जनाउ दिएछ ।ससुराली पुग्नासाथ स्वास्नीले स्टकहोमबाट भर्खर आएको टेलिग्राम देखाएरमुस्कुराउँदै मलाई गाली गरी- “पर्सि नोबेल पुरस्कार लिन जानु छ, हजुरचाहिँआज सबारी हुने ?”; “लौत जाऔँ” भनी ठाडै खुट्टाले म कार मोड्न थालेँ ।स्वास्ती र छोरा पति कारमा पसे । चाँडै पुग्नुपर्ने हुनाले मेरो गाडी यस्तरीकुदेछ कि पानीमा छ्यापल्याङ्ग हुँदा पो समुद्र आयो भन्ने थाहा पाइएछ ।कारभरि पानी पानी, स्वास्नीको सारी पनि भिजेको आफ्नो सुट पनि । छोरो त २३४ / भैरव अर्यालका हात्यव्यङ्रय झन्‌ निध्रुक्कै । अब जमिनमा फर्की लुगा फेर्नुपन्यो भनेर मैले कार मोड्नथालेको मात्र के थिएँ झस्याङ्गा ब्यूँझेछु । सँगै सुतेको सानु छोराले स्‌ गरेरमेरो कट्टु र आमाचाहिँको पेटीकोटसमेत भिजाइदिइसकेछ । त्यो सपनाको जीवन सम्झँदा कुम्भकर्ण भएर छ महिना निदाउन पाएहुन्थ्यो जस्तो लाग्छ कहिलेकाहीँ । सायद यस्तै रङ्गीन सपनाहरूको स्वादलिन अचेल एल्‌, एस्‌, डी, को प्रयोग बढेको होला । घ्यार्र गस्यो नि, बस आयो क्यारे ? सपनामा त्योविधि दगुर्ने मान्छेले बिपनामा थोत्रो बस कुर्नुपर्छ । तरवैज्ञानिकहरूले कति क्रामा त सपना र बिपनालाई एकछत्त पारिदिइसके बा !अस्ति कृ्‌ष्ण भन्थ्यो- कून्ति कहाँ हो तलमाथि लिफ्टजस्तै वरपर गर्ने 'स्विफ्ट'पनि चल्न धाल्यो रे ! यहाँ पनि चलाउन पाए महाराजगन्जबाट बटन थिच्योसर्र शहीदगेट, त्यहाँबाट अर्को बटन थिच्यो सर्र सिंहदरबार । बटनको कुरागर्दा अस्ति एउटा पत्रिकामा पढेको चर्चा सम्झिन्छु । अचेल कतिसम्म हुनथाल्यो रे भने बिहान उठेर सिरानमाथिको बटन थिचिदिएपछि कम्प्युटर कान्छालेपल्लो कोठाबाट आफैँ चिया पकाएर ल्याउँछ रे ! टेबुलसमैत आफैँ तानीकपप्लेट सजाएर टक्ग्राकटुक्रक चाहिने कुरा सब सजाइदिन्छ रे ! यसै गरीचिया खाने एउटी युवतीको गुनासो थियो- “यो बटन दाउने झन्झट मान्छेलाईकहिल्यै छुटेन । स्विच थिच्नै नपरी कम्प्युटर कान्छामा चिया खान दिने बुद्धिकहिले आउला ?' खोइ त बस के मर्थ्यो ? सके कतै बिग्रिएर अन्मरिएको होला । के भर यी ठाँडा मेसिनको ।अस्ति फिलिपिन्समा एउटा जेट गोली लागेको गिद्धझैँ फ्यात्त एरोड्ममै खसेरचर्ल्यमचुर्लुम्म भयो रे ! सुविधा खोज्दाखोज्दै मान्छेले बटन थिच्नै नपरीकनकम्प्युटरले एक दिन भएजति बम भरै पड्काइदिए भने ! बमै पड्काइदिए तकेही थिएन । सुनिन्छ अब अफिसको काम उसको जिम्मा दिने रे ! एउटाकम्प्युटर डाइरेक्टर, दुई-चारओटा क्लर्क, दुई-चारओटा पियन- कामै खतम ।मेरो ठाउँमा पनि मलाई खोसी एउटा कम्प्युटरै भर्ना गरियो भने ? झन्‌मज्जा, दिनभरि रङ्गरमिता गन्यो, बस्यो । न हाजिरको पीर न हजुरको ।चौबीसै घण्टा फुर्सत पाए म के गर्थे त ! यो यान्त्रिकताको विरुद्ध क्रान्ति गर्थे-मामको बन्दोबस्त नगरी मान्छेको काम खोस्न पाइन्छ त ? अनि मान्छे रकम्प्युटर कृस्ताकुस्ती हुन्थ्यो । संसार पूरै हिरोशिमा पल्टन्थ्यो । हिरोशिमा आधा घण्टा ” २३१ भन्दा मैले हिरोमामाको कुरा सम्झैँ । मेरा मामाका गाउँको एउटा बौलाहा छनि, हो त्यसैलाई हामी हिरोमामा भन्थ्यौँ, क सधैँ कराइरहन्थ्यो- “ए घरनबनाओ, भत्किन्छ । घर नबनाओ, भत्किन्छ ।" कसैको घर बनाउने कुरासुन्यो कि त हिरोमामा गएर सत्याग्रह गर्थ्यौ- “खबरदार ! घर नबनाओ,भत्किन्छ, भत्किन्छ ।” उसको कुरा सम्झँदा म फेरि एउटा कविता सम्झनपुग्छु" “काला केश नबाट है पुबतिहो फुस्किन्छ रे जोबन' घर नबनाओ भन्ने बौलाहा र कपाल नकोर भन्ने कविमा के फरक ?गीताले भनेको मान्छे मर्दैन रे ! बस पनि मर्दैन । यसको मतलब मरेपछि पनि यसै गरी बस पर्खनुपर्ला त ! पण्डितहरूभन्छन्‌- “मर्त्यलोकदेखि यमलोकसम्म साह्रै यातना सहेर पैदैलै हिँड्नुपर्छ रे ।तर हामी मरुन्जेल पनि त्यहाँ बससेवा चलिसकोइन त ?” वैतरणीमा सकेपक्की नसके झोलुङ्गो पुल त पक्कै बनेको होला ! सापद एक दिन यमराजलेझोलुङ्गे पुलको उद्घाटन गर्दै भाषण गरिसके होलान्‌- 'मान्छेहरूले युगौँदेखिपाएको दुःख घटाउने उद्देश्यले कुबेरलोकको आर्थिक सहायताबाट स्वर्गकोसुप्रसिद्ध प्राविधिज्ञ विश्वकर्मालाई समेत यहीँ बोलाई उनकै निर्देशनमा योबैतरणी पुलको निर्माण गरिएको हो ।' साधै नरकमा एउटा नयाँ नोटिस पनिटाँसियो होला- पुल बनेकोले वैतरणीमा अब गाई नै दान गर्नुपर्छ भन्ने केहीछैन- एउटा मोटो बँदेल वा राँगो दान गरे पनि हुन्छ । रोडशेष पनि सत्रपैसादेखि हैसियत हेरी एजेन्टबाजेहरूलाई बुझाइदिए हुन्छ । बैतरणीम्ा पुल हालेदेखि रौरव र कम्भीपाकका बीच पनि बससेवाचलेको होला, स्वर्ग र नरकका बीच सोझै हवाई यातायात पनि चल्दो हो ।कनै दिन स्वर्गबाट नरक जान लागेको विमान मान्छेले अपहरण गरेर हाम्रोत्रिभुवन विमानघाटमा ओराल्न लगाउने हुन्‌ कि ? स्वर्ग र नरकको अस्तित्वछ र त्यहाँ मरेका मान्छेहरूको आबादी छ भने ज्यूँदाले त जाल, जासुसी रजघन्यता गर्ने जमानामा मरेकाले नगर्दा हुन्‌ भन्ने के ग्यारेन्टी ? मरेपछि हामीहुन्नौँ भने हाम्रा वेदनाहरू पनि हुन्नन्‌, सम्भावनाहरू पनि हुन्नन्‌ । वास्तवमामलाई पिरेको मर्नुको पिरलोले हैन, सम्भावना नहुनुको पिरलोले पो त आज बस नआउनेनैहोकित? पाँच-दस मिनेट अझ पर्खूँ । सेकेन्ड सुई घुमिरहेको छ- फनफन २३६ ” भैरव अर्यालका हास्यव्यङ्ग्य हवामिलको एरियलकँ । ्ँ' मात्र होइन- प्रत्येक सेकेन्ड एउटा एरियल होचेतनाको । वशिष्ठहरू बसीबसी भूत भविष्य वर्तमानको सबै क्रा थाहापाउँथे रे । नारद ध्यानदृष्टिले एकै पटंक विश्वमा कहाँ के भइरहेछ, तुरुन्तैबुभ्थे रे । उः त्यो नीलो सुटले नारदजीलाई अहिले भेट्यो भने के सोध्ला ?सायद मेरो प्रमोसन कहिले हुने हो भनी सोध्ला । त्यो रातो सारीले लोग्ने रछोराछोरीको भविष्य सोध्ली ! उ: त्यो ज्यापूदाइले सोध्ला- “अहिलेको वर्षपानी कत्तिको पर्ला त बाज्या !” तर मैले नारदलाई भेट्न पाएँ भने दुपीअँठ्याएर भन्ने थिएँ- “बाजे ! आफूचाहिँ खराउको भरमा घरी सत्यलोक घरीमर्त्यलोक पुग्ने, हामी तिम्रै सन्तानले चाहिँ जोरपाटीबाट नयाँसडक जानघण्टौँ थोत्रो बस कुर्नुपर्ने ? खोइ त्यो तिम्रो पालाको ध्यानदृष्टि, खोइ त्योमन्त्रशक्ति ? सब आफैँले मासेर सिद्ध्यायौ ? शाखा-सन्तानलाई केही जेथाछाडिदिनुपर्दैनथ्यो ?' त्यो मान्त्रिक जेथा पाएको भए यो यान्त्रिक दुनियाँमा किन हबिगतखानुपर्थ्यो ? मनको जुन गति छ त्यसको सयकडा पच्चीस मात्रै पनि तनमासार्न पाए मैले जान्याथ्यो । खोड्‌ त आएन बस ! म लुइँलुइँ हिँडेर गएको भए पनि यस बेला महांकाल पुगिसक्थेँ ।महांकाल, भाटभटेनी पनि उड्थे रे बाबै ! स्वतन्त्रसँगै उड्न दिँदा बमवर्षकविमानले झैँ जथाभाबी बिगो गर्लान्‌ भनेर बडे सिक्रीले बाँधेका रे तान्त्रिकहरूले ।भाटभटेनी कहिल्यै भैँमा खुट्टा नृटेक्ने रे; बाँध्दा पनि क एक हात माथि तन्द्रङ्गगखुट्टा झुन्डघाएर उभिइरहिछ । महर्षिसँग मन्त्र माग्नु र वैज्ञानिकसँग यन्त्रमाग्नुभन्दा आफ्नै तन्त्रको विकास गर्न पाए कसो होला ? खोइ ! जामुनागुभाजू ? बाह्वर्षे इनार खोलखाल पार्नुपन्यो, केही जन्त्रतन्त्र लुकाइदिइराखेकोछ कि ? तान्त्रिक दुनियाँ फेरि आयो भने म के बस कुरिरहँदो हुँ ?” भात खाएर लुगासुगा लगाई एउटा तन्त्र जप्तै कलम टिप्थेँ; बिर्कोउघारिनसक्तै अफिसको हाजिरकापी अगाडि पर्थ्यो । हाजिरकक्षमा उभिएरकापीमा नाम लेखिसक्न नपाउँदै तीन तलामाथिकी टाइपिस्टले नमस्ते गरिसक्थी ।तैपनि एक सेकेन्ड किन अबेर गरिस्‌ भनेर मलाई चड्कन दिन हाकिमले हातउठाए भने उनको हात गालामा नपर्दै म तान्त्रिकयानमा पेरिस पुगिसक्थेँ ।चड्कन पर्न आँटेको गालामा मेरीशाँको चुम्बन पो परिराखेको हुन्थ्यो । बाटाघाटा जम्मै शून्य ! सडकमा त मुटुका बिस्कुन हालिराखेका ! किन आधा घण्टा ” २३७ रे भने बूढाबूढीका मुटुहरू बराबर ओसिन्छन्‌, त्यसैले दिउँसो घाममा रन्नतताएर बेलुका जड्दै सुत्ने रे । यसरी सुकाउँदा कसैको मुटु चीलले लगिदियोभने ? समस्या त त्यहाँ पनि बाँकी रहन्छ के समस्या ? अर्को मान्छै चीलै भएर उडी मुटु खोसेर ल्याउन सक्तो हो नि ! युद्धपनि तान्त्रिक हुन्थ्यो । एउटा नेताले अर्को नेतालाई ठाडै सुकाएर सत्ता हत्याउँदोहो, एक देशको राजधानीमा फूमन्तर गरेर अर्को देशमा भैँचालो ल्याइँदो हो ।यस्तैमा एक दिन पृथ्वीलाई नै फुक्ता फुक्ता फुक्ता सानो गुज्जाजत्रो पारेरसमुद्वका छालभित्र फुत्त फालिदिन्थ्यो कि कूनै तान्त्रिकले ? केही बेरै छैन ।फेरि कसैले बराहको अबतार लिई दाह्वामा पृथिबी च्यापेर नयाँ इतिहासको सुरुगर्नुपर्ने पो हो कि ? घुम्दो पृथिवीको इतिहास फेरि घुम्न के बेर ? साह्रै बेर भो,बस आएन । अफिसमा हाकिम खोज्दै होलान्‌- “हरिप्रसाद खोइ त ? अझ आइपुगेकोछैन ?” गर्जदा हुन्‌- “ठोक गयल त्यसलाई । के अह्डा भनेको कर्मचारीकोससुराली हो :” उनको पनि ससुराली जानुपर्छ क्यारे आज । सालीको बिहाभन्थे । सालीचाहिँ त राम्रै हो, उसको मस्याकमुसुक मोनालिसाको जस्तै छ ।रोममा त्यो मेरी गाइड थिई नि एउटी, क भन्थी मोनालिसा कुनै आइमाईकोहोइन, जिन्दगीकै चित्र हो । तर भिन्सी अब पुरानो भैसक्यो रे । साँच्ची " नारदको टुपी, आइन्स्टानइको टाउको, पिकासोका आँखा, घण्टाकर्णको कान, हनुमानको चिउँडो, आर्मस्ट्रेङ्को ओठ, उर्वशीको गाला, सोक्रेटसको नाक,काफ्‌काको कन्चट, लेनिनको दाह्री, कामदेवको रूप, बर्नार्ड शाको रङ, जामुनागुभाजूको जन्तर, भानुभक्तको टोपी सबै मिलाएर एउटै चित्र बनाउनु निकस्तो होला ? मान्छेकै चित्र बनाउने हो भने म त भन्छु- “टाउको टेकेरकृद्ने, खुट्टा टेकेर पर्खने मान्छेको चित्र बनाउनुपर्ला कि ?" उः बस आयो । हिमालनीबर्सेनि २३६ ” भैरब अर्यालका हास्यव्यङ्ग्य सम्भावित दुनियाँ (?) 'कलि" भन्ने शब्द सुन्नासाथ आर्यघाटमा कम्मरसम्म गाडिइरहेकोबिरूपाक्षको सालिक सम्झिन्छु त्यस मूर्तिबारेका अनेकौँ किंवदन्ती सम्झिइन्छन्‌,क आफ्नै आमासित सल्केको पापले त्यसरी गाडिएको रे; त्यसले खुट्टा टेक्नासाथसंसारमा प्रलय हुन्छ रे ! केटाकेटीमा बुढियाहरू भन्थे- प्रलय हुनुअघि मध्यकलिआउँछ रे, र त्यस बेला मान्छे खिइँदा खिइँदा खिइँदा बड्कौँलामा अडेसा लाग्नेजत्रो भइसकेको हुन्छ रे ! बड्कौँलामा अडेसा लाग्ने मान्छे कत्रो होला ? बोका-बाखाका बडकौँलासम्भिइन्छन्‌ । बड्कौँला मात्र भनेर पनि कहाँ हुन्छ र ? इजरायली बाखाको,लमकन्ना खसीको र सानो पाठाको कुनचाहिँको बड्कौँला ? सम्झौं- नेपालीबूढी बाखीकै बड्कौँला ? सरदर बदामको एउटा गेडाजत्रो बडकौँला; लभन्नोस्‌ त्यसमा अडेसा लाग्ने मान्छे कत्रो होला ? केटाकेटी बेलाको योकुतूहल अहिले पनि कहिलेकाहीँ आएर जिस्क्याउँछ । यो चन्द्रमाको दैलोखोलिएको युग; मङ्गलतिर पखेटा चालेको जमाना अनि शुक्रतिरको बाटोखोज्दै रहेको बेला मान्छे र उसका संसारको विशालताबारे सोच्नुपर्ने : कताबाटयो निराधार किंबदन्ती सम्झन पुगेको ? मध्यकलिमा मान्छे बडकौँलामा अडेसालाग्नै हुन्छन्‌ रे ?- सम्भावना किन यसरी खुम्चेको ? सम्भावना हो र ? मन खुम्चेको ! मन खुम्चँदै गएपछि संसार जतिसुकै विस्तार हुँदै जाओस्‌ मान्छे खिइँदैजान के असम्भव ? के असम्भव :- सोच्तासोच्तै अघिल्तिर स्बिटर वुनिर्टेकीआफ्नै स्वास्नी खुम्चिदै पानीको गाग्रीजत्रै देखिन्छे, म झस्किएर आँखा माडद्-क तीनमाने कसौँडीजत्रै थेप्चिन्छे, कूचोजत्रै दाउरिन्छै । म जतिजति झस्किदेहेर्छु उतिउति मेरी स्वास्नी खुम्चिदैखुम्चिदै लोरोजत्री र लोरीजत्री हुँदैहँदैचुस्ताचुस्तै चाउरिएको आफ्नै दूधको मुन्टोजत्री हुन्छे र एउटा बड्कौँलामा सम्भावित दुनियाँ 121 “ २३९ अडेसा लागेर मुसुक्क हाँस्छे । केटीकेटीहरू झिँगा भएर झुम्मिन्छन्‌; काखकोबच्चा घिउकमिलाजत्रो भएर दृध खान थाल्छ । म यसौ वरपर हेर्छु- भ्यालतालको प्लालजत्रै देखिन्छ । पाँच जना सुत्न पुग्ने बडे पलङ एउटा भिँगटीजत्रो;टेबुल पाटन औद्योगिक क्षेत्रबाट बनेको सलाईको बट्टाजत्रो, भित्ताको ऐनाबालुबाको एउटा सानो पारोजत्रो । झस्याङ्ग भएर हेर्छु आफू त आशाचुरोटको आधा अमलको ठुटोजत्रो भएर तीन छेस्का सलाईको त्रिपाई बनाईआस्ट्रेजत्रो कोठामा मग्नसित पल्टिरहेको ! 'टिक्‌, ए टिक्‌'- म उड्छु । पेन टर्चको गुलुबजत्रो मेरो साथी 'टिपलिक्‌'“सिकार खेल्न जान्छस्‌ ?” भन्दै भित्र पस्छ । मेरी स्वास्नी उसलाई अडेसालाग्न एउटा ठूलो बड्कौँला राखिदिन्छे । टिपलिक्‌ बस्तै गीतको आधा फाँकीगुनगुनाउँछ- कनिके आँखा ननिका ज्यादै......... टिपलिक्‌ निकै लहडी मान्छे हो- सिकारमा उसको ठूलो सोख छ।हामी करेसातिर गयौँ । त्यहाँ एउटा अजङको भन्टाको रूख थियो । टिपलिक्‌त्यही रूख चढ्यो र हाँगामा लुकेर फित्कौलीको एकै फायरमा उसले दुइटापुतली खसाल्यो । तर मेरो यो च्याम्पटीजत्रो बडेमानको भुँडीले रूख चढ्नैअप्ठ्यारो पार्छ । त्यसैले मैले भनेँ- “टिपलिक, म रूख चढ्न सक्तिनँ, सधैँपुतलीकै सिकार खेल्नुपर्छ भन्ने के छ र ? आज चिप्लेकीरा नै हानूँ न, खतरापनि कम मासु पनि थुप्रै !” हामी मासु पोलेर खाँदै थियौँ, एकछिनपछि एउटी सेतै फुलेकी फर्सीकोबियाँजत्री बुढिया भित्र पसिन्‌ । एउटा भुसुनोजत्रो बच्चालाई तुनाको एकछेउजत्रो डसनामा गुटमुटघाएर मलाई देखाउँदै भनिन्‌- “नाति नै जन्म्योटिक, हेर हेर कति गतिलो छ । लौ टिपलिक्‌ नानी पनि यहीँ रहेछन्‌ !” “नाति पाएकोमा बधाई आमै । ओहो ! तपाईं त निकै फुलिसक्नुभएछ ?नदेखेको पनि पाँच दिन भैसक्यो क्यारे ?”- टिपलिक्‌ एकै सासमा भन्छ । हामीउनलाई बस्नौस्‌ भनी ठाउँ खन्याइदिन्छौँ । तर उनी हाम्रो खाटतिर नआई भुइँमाओछ्याइराखेको भोगटेको पातमा थचक्क बस्तै भन्छिन्‌- “ले न दुलही एउटाबड्कौँलो; अब त सकिँदैन बा अडेसा नलागी । टिपलिक्‌ बाबू मलाई सेतै फुलिछभन्छ । अब के नफुलूँ, उमेर पनि त ४९ दिन १० घण्टा ३ मिनेट खाइसकियो ।”उनी बड्कौँलाको अडेसामा सजिलोसित बसेर बच्चा काखमा राख्नै भन्छिन्‌-“हाम्रा उमेराँ त तिमरू उठ्नै सक्तैनौ नानीहो ! काल खिइँदै जान्छ ।” २४० ० भैरव अर्यालका हात्यव्यङ्ग्य “क्काल खिइने होइन आमा, मान्छे खिइँदै जान्छ”- टिपलिक्‌ भन्छ । “मान्छे खिइने होइन आमा, मन खिइन्छ”- म संशोधन गर्छु । बुढियाउसिनेको सामाको गेडो चिमोटेर नातिको मुखमा हालिदिन्छिन्‌ । शिशु मुसुक्कहाँस्छ । “मरेँ बाबा” भन्दै मेरी स्वास्नी पिलिक्क आँखा पल्टाउँछे । सबैजव्याकजुरुक्क उठेर राम राम भन्छन्‌ । म उसको नाडी र छाती छामछुमपार्छु । कुन सड्का कुन सङ्का एउटा भझुसिल्कीराले उसको खुट्टामा डसिसकेछ ।उसले एक थोपा पानी पनि खान पाइन । राम राम राम राम ! घिच्च्याउँदैहामीले उसलाई बाहिर निकालेका मात्र के थियौँ एउटा कौवा आएर टप्प लासटिपी भुर्र उड्यो । “बिचरीको बैकुण्ठबास होस्‌ ?”- बुढिया अन्तिम आसिकदिँदै हिँडिन्‌ । करेसाको कुलिसानिर एउटा जोडी आपसमा छिल्लिदै थियो ।सायद टिपलिकले मेरी छोरी लगेछ क्यारे ? आमा सरेको बेला छोरीले केरोमान्स गर्न थालेकी होला ! दुनियाँको अजिब ताल देखेर म घोत्लन थालेँ । “ए टिक, के घोत्लिइराखेको ?” मेरो छिमेकी कि्कलिंक्‌ आत्तिँदै आइपुग्छ-“थाहा पाइनस्‌ कालेल्यान्डका सिपाहीले हाम्रा भन्टाका बोटमा झटारो हानेछन्‌,एउटा हाँगै भाँचिएको छ ।” म जुरमुराउँदै उठ्छु । दुबै जना छवालीका एकोटा लौरा लिएर निस्कन्छौँ । नभन्दै कालेल्यान्डकादस जनाजति सिपाही हाम्रो बोटबाट एउटा भन्टा झारेर नोल लगाई कुदाउँदैरहेछन्‌ । हामी हल्लाखल्ला गर्छौं; धेरै जम्मा हन्छौँ; सिपाहीहरू भन्टा त्यहीँछाडी जाइलाग्छन्‌ । घमासान लडाइँ हुन्छ- दुबै पक्षका सयौँ मान्छे सोत्र्याम्मेहुन्छन्‌ । केही दिनपछि किकलिक्‌ सुनाउँछ यो ऐतिहासिक भन्टा युद्धमा इक्‌देशका प्रधानमन्त्री ग्यास्टिकको ठूलो विजय भयो । यस विजयले इक्‌ देशकोठूलो सान रहेको छ । प्रधानमन्त्री श्री ग्यास्टिक गुह्येकीराको हौदामाथि काँक्राकाफूलको बडो टोप र सानो च्याउको छातामा निकै फुर्तिला देखिन्छन्‌ । बलेसीनेरकोआमसभामा हामी उनको स्वागत गछौं । उनी भाषण गर्छन्‌- “अब पञ्चदिवसीययोजना सफल भएपछि पाँच-पाँच अङ्गुल लुगा प्रत्येक नागरिकले सुपथमूल्यमा कोटामा पाउनेछ ।” उनले भाषण गर्दागर्दै भयानक आँधी आउँछ,असिना पर्छ, पानी आउँछ, बाढी आउँछ, इक्‌ देश खोलाले बगाउँछ; मयताउता छाम्छु-आफू अडेसा लागिराखेको बड्कौँलो पन्त बगाइसकेको हुन्छ ।सम्भावना सम्झनामा पल्टन्छ । के त्यो दुनियाँ सम्भव छ ? सम्भावित दुनियाँ (2) “ २४१ मान्छे खिइएपछि बड्कौँला किन उत्रै ? के बड्कौँला पार्ने बाखो खिइन्न ?मेरी स्वास्नीलाई डस्ने झुसिल्कीरो खिइन्न ?- इत्यादि प्रश्नका साथ चेतनाजुरमुराउँछ । म त्यस मध्यकलिको बड्कौँलामा अडेसा लाग्ने दुनियाँबाटफर्केर चन्द्रलोकमा मोटर कुदाउने आजकै दुनियाँमा आउँछु । तर एउटा प्रश्नसँगै आउँछ- मान्छे खिइएपछि बड्कौँलो किन खिइएन ? सायद पशु मान्छेजस्तोनबरालिएकोले उसको मन खिइँदैन होला; बाख्रो बाख्रैजत्रो रहला, झुसिल्कीरोझुसिल्कीरोजस्तै । मान्छे मात्रै खुम्चिएर बड्कौँलामा अडेसा लार्नेजत्रो होला ?बाखाको खोर खोरजत्रै होला, मान्छेको घर मात्र पिँजडाजत्रो होला। के योअसम्भव छ?कलियुग २४२ ” भैरब अर्यालका हास्यव्यङ्ग्य कन्जुस दिने-खाने कुरा पर्नासाथ जसको दाँतबाट खलखली पसिना बग्छ, त्यस्तामान्छेलाई नेपाली भाषाले थुप्रै विशेषण दिएको देखिन्छ । नपत्याए पानिहेर्नोस्‌-कन्जुस, मक्खीचुस, कृपणी, किरन्टोकी, खुनी, खोटी, चुइँया, चिम्टा इत्यादि ।तर नेपाली शब्दकोशले जतिसुकै विशेषण दिए पनि कन्जुसको शब्दकोशमाभने 'दिनु' अर्थको कुनै क्रियापद त हुँदै हुँदैन, उपभोगको अर्थको शब्दै पनिपाउन मुस्किल; मानौँ उनीहरूमा एउटा महत्त्वपूर्ण तन्तु जड्दन प्रकृतिले न्नैबिसेको हुन्छ । त्यसैले जतिसुकै विद्वान्‌, बुद्धिमान्‌, धनबान्‌ र रूपवान्‌ भए पनिती दानतन्तु नभएकाहरू आमाको काखदेखि आर्यघाटसम्म कन्जुसको कन्जुसनै रहन्छन्‌ । हाम्रो एक जना साथी भन्थे- उनको टोलमा एउटा यस्तै कन्जुसलखपति थियो । घरमा स्वास्नी, छोराछोरी जो बिरामी भए पनि क सर्वप्रथमकलमकापी लिएर हिसाब गर्न थाल्थ्यो रे औषधि गर्न थोरै खर्च लाग्छ किकिरिया गर्न । उसलाई त मैले चिनेको छैन तर ढुकुटी खोल्नाको गाह्रोलेऔषधि किन्न नकसेर कात्रो किन्न दगुर्ने किरन्टोकीहरूचाहिँ मैले पनि दर्जनौँचिनेको छु । यस्तै किरन्टोक्याइँमा खली खाएका एक जना साहूजी मसँगभन्थे- “डाक्टर 'टर' मात्रै हो बाबु, 'टार' होइन । डाक्यो, गाल मात्र टर्छ, कालटार्न सक्तैन; त्यसैले डाक्टरलाई ख्वाउने पैसाले बरु पोल्ने दाउरा टर्छ ।”उनको तर्वभन्दा हाम्रो स्कूलको सभापतिको तर्क मलाई रमाइलो लाग्छ, आफ्नैस्कूलको एउटा विद्यार्थी मर्दा सद्गति गर्न हामी चन्दा माग्दै उनकहाँ गएकाथियौँ- हामीले कुरा कोट्टयाउनै नपाई उनले भाषण भट्टयाए- “हेर बावुहो !मेरो सिद्धान्त के छ भने सम्पत्ति भन्ने जात शुभजात हो । अशुभ कार्यमालगायो भने यसले सराप दिन्छ; त्यसैले मुर्दा पोल्ने जस्तो अशुभ कार्यमा मबाटएक पैसा पनि भर्दैन ।” अनि उनले आफ्नो एउटा रोचक संस्मरण सुनाउँदैभने- "त्यसैले पोहोरका वर्ष आफ्नो छोराको सद्गति गर्न पनि मैले आफ्नो कन्जुस ” २४२३ सेफबाट एक पैसा नभझिकी छोराको लासै मृत्यु संस्कार संस्थालाई बुझाइदिएँ ।”उनको दृढ सिद्धान्त बुझेपछि हामी फरक्क फर्केका थियौँ । तर यसपालिसरस्वतीपूजामा सभापतिज्यूलाई निमन्त्रणा दिने र शुभकार्य भएकोले चन्दापनि माग्ने भनी फेरि हामीले उनकहाँ पुग्नुपत्यो । निमन्त्रणापत्रमा उनलेहार्दिक स्वीकृति दिए । तर चन्दाको कुरा कोट्टघाउँदाचाहिँ झसङ्ग भएझैँ गरीभने- “हत्तेरी बाबुहो ! पहिले नै भन्नुपर्दैनथ्यो, मैले निमन्त्रणा स्वीकार गरिसकेँ,मेरो सिद्धान्त के छ भने आफूले दान गरेको आफैँले नखानु । अन अहिले चन्दादिएर भोलि म कसरी खान आउँ ?” हाम्रो एउटा उटुङा साथीले प्वाक्कभनिहाल्यो- “सभापतिज्यू, बरु तपाईं नखाए नखानुहोला । चन्दा त दिनै पन्योबा !” “सरस्वतीको प्रसाद खान्न कसरी भन्नु नि ?”, भन्दै उनले हामीलाईसम्झाए- “मेरो सिद्धान्त के छ भने बाबुहो ! बोलाएको ठाउँमा नगई हुँदैन,गएको ठाउँमा नखाई हुँदैन ।” “खालास्‌ बूढा” भन्दै हामी फर्क्यौं; तर भोलिपल्ट उनले नखाई केछाड्थे । कन्जुसहरू नखाने त कहाँ हुन्‌ र ? मुखले नभ्याए नाकले तान्छन्‌ भन्नेकथन छ । तर आफ्नो खर्चमा भने उनीहरू सकेसम्म कम खान्छन्‌ । खानेकुरागर्दा म आफ्नो टोलका सुब्बालाई झलझली सम्झन्छु । भन्सार- अह्डाकासुब्बा भएकोले उनी रुपियाँ मोरेको तकिया र नोट तगेको डस्नामा सुत्छन्‌भन्थे; तर प्रत्येक दिन बिहान उदठ्नासाथ चियामा चिनी धेरै हालौला नि भन्दैएक पटक नसम्झाई छाड्दैनथे । खाने बेलामा उनकहाँ पुग्यो भने पथ्यापथ्यकोलामो व्याख्या छाँट्तै उनी भनिहाल्थे- “दालमा पथ्य मुसुराको खोस्टे, तरकारीमापथ्य रायोको साग ।” यसरी पथ्यापथ्यको साह्रै छ्यानबिछान गर्ने हुनालेउनको जहान-छोराछोरीलाई सुकेनासबाहैक अरू कुनै रोगले सताउनपाउँदैनथ्यो । कसैलाई केही भइहाले पनि उनी प्राकृतिक चिकित्सामा विश्वासगर्ने हुनाले पहिले पेटै ठीक पार्नुपर्छ भनी उपवास बसाउँथे र केही नलागे मात्रधन्बन्तरिको जप गर्दै बागबजारको बहिरो वैद्यकहाँ पुगेर पुरिया पारेको धूलोलेराउँथे । जे होस्‌, मलाई भेट्नासाथ खल्तीबाट एउटा 'आशा' चुरोट झिकेरट्ग्राउँदै भन्थे- “ल, सल्काउनोस्‌, दोइ जना बाँडेर खाऔँ ।” कन्जुस भएर पनि चुरोट खाने मान्छे देखेको मैले उनलाई मात्र हो, नत्रप्राय: कन्जुसहरू चुरोट, चिया, तमाखु, बियर केही खाँदैनन्‌, कन्जुस्याइँको योप्रभाव भने साह्रै प्रशंसनीय छ । तर पोहोर गोसाईंथान जाँदा मैले एउटा २४४ ” भैरव अर्यालका हास्यव्यङ्ग्य गँजडी कन्जुस भेटेको थिएँ । क मलाई गाँजा नखाई निद्रा आउँदैन भन्थ्यो; तरकाठमाडौँबाट लगेको दस पैसाको सुर्ती एक सय चिलिम गाँजामा मिलाएरपनि आधा उसले काठमाडौँ नै ल्याइपुन्यायो । सुर्तीको सट्टा क कहिले गुन्द्रुकमिसाउँथ्यो, कहिले जिम्बु; तर गाँजाचाहिँ घण्टैपिच्छै नतानी छाड्दैनथ्यो ।त्यहीँदेखि मैले थाहा पाएको हुँ- कन्जुसले कुनै नशाको लत लगाउँदै लगाउँदैन,लागिहाल्यो भने पनि त्यो लतलाई आफ्नो कन्जुस्याइँले कन्ट्रोल गर्न सजिलैसितसक्छ । त्यसैले चिया चुरोटको आफ्नो लत देख्ता आफू कन्जुस हुन नपाएकोमामलाई पनि दु:ख लाग्छ । तर हाम्रो जेठो मुखियालाई सम्भ्यो कि त्यो दुःख त्यसै भाग्छ । मान्छेभन्थे- क माखाको पित्त झिकेर साहको चित्त बुझाउँछ । माखाको बोसोऔषधि लाग्छ भन्ने क मसँग पनि बराबर कूरा गर्थ्यो । बोसोचाहिँ भझिक्थ्यो-झिक्तैनथ्यो, दैव जानोस्‌, मैले जानेको चाहिँ यत्ति हो- क एउटा सच्चाकन्जुस थियो ! मैले देखेसम्म दसैँमा बाहेक उसले सुकिलो लुगा लगाएन । कभन्ने गर्थ्यो- “एक त लुगा घोएपछि साबुनले काटेर पातलिन्छ र चाँडै फाट्छ,दोस्रो, साबुन स्वयं अपवित्र चीज भएकोले यो दलेको लुगा लगाउँदा जीउअपवित्र हुन्छ ।” साथै क जुत्ता लगाए पृथ्वीलाई भार पर्छ भनी नाङ्गै खुट्टालेनौ गाउँ चहारी गाईको व्यापार गर्थ्यौ । उसको किरन्टोक्याइँले आजित भएरएक दिन उसकी स्वास्नी बेपत्ता भइछ । क गाउँमा रुँदै भन्थ्यो- “स्वास्नी तहिँडी, अनिकालको खच जोगियो तर झन्डै पाँच सयको लुगा-गहना लिएरहिँडिदिई पापिनीले ।” सायद यही पीरमा सुक्तै क मप्यो । मर्ने बेलामा दसदान गर्न उसको जनैको साँचो बलात्कार झिकेर छोराचाहिँले बाकस खोलेकोत हरिया-हरिया गैँडा मात्र बीस हजारका रहेछन्‌, खुद्रा नोट र रुपियाँपैसा गन्दै- गनिएन । यी सबै प्रत्यक्ष प्रमाणबाट म के निष्कर्षमा पुगेँ भने कन्जुसहरूकोजीवनदर्शन उपभोगमा होइन सञ्चितामा निर्भर गर्छ । उनीहरूमा माया,ममता र दयाले परिलहाल्ने पिलन्धरे चित्त हुँदैन । त्यसैले पुराणले कन्जुस्याइँकाकथाहरू जति सुनाइरहोस्‌, नीतिले दानपुण्यको माहात्म्य जतिसुकै भट्याइरहोस्‌कन्जुसहरू आर्जन र सञ्चितामा यति विश्वस्त हुन्छन्‌ कि उनीहरूलाईउपभोगको वास्तै हुँदैन । तर वास्तवमा सम्पत्तिलाई चञ्चला लक्ष्मी मानौँ वाव्यवहारको माध्यममुद्रा मानौँ उसले उपभोगको एउटा न एउटा बाटोखोजिहाल्छ । त्यसैले हामी देख्छौँ, कुनै कन्जुसको कमाइ छोराले क्यासिनोमा कन्जुत ” २४५ खर्चिदिन्छ, कुनै कन्जुसको कमाइ छोरीले पिकनिकमा सिदध्याइदिन्छै । अपुतोकन्जुस छ भने अपुतालीवालाको तालुमा भोगटे जत्रो आलु फलिहाल्छ । यसकारणकन्जुस्याइँलाई म एउटा रोग ठान्छु तर के गर्नु, कन्जुसहरू मोजीहरूकोउडन्त्याइलाई झन्‌ महारोग ठानिदिन्छन्‌ । त्यसैले कन्जुस र उडन्तेका बीचकोमित्रता भट्टीको मित्रताजस्तो मात्र हो, त्यो शत्रुतामा परिणत हुन कति पनि बेरमान्दैन, किनभने उडन्तेलाई पैसाको फिटफिटीले कहिले छाड्ने होइन, कन्जुसआफ्नो कन्तुरमा परेको पैसा कहिल्यै निकाल्ने होइन । कथंकदाचित्‌ दुई जनामाआदानप्रदान भइहाल्यो भने पहिल्यै किस्तमा आपसमा मित्रता सिकिस्त भइहाल्छ ।जे होस्‌, आफ्नो कुनै क्लब र क्यासिनोमा हाजिर नभई नहुने मोजीसाथी पनि छैन, परेको बेला आफूसित छ भने पाँच-दस रुपियाँ पैँचो दिनदाँतबाट पसिना तर्काउने कन्जुस साधी पनि छैन, त्यसैले उक्त पीर त मलाईछँदै छैन, एउटै दु:ख के छ भने आफूलाई अपुताली पर्ने खालको कुनै कन्जुसपनि आफ्नो नातागोतामा अहिलेसम्म कोही थिएन ।अर्पण २४६ ” भैरव अर्यालका हास्यव्यङ्ग्य असनको डबली “चामल पाथीको दस रुपियाँ ! दस रुपियाँ ? अब पनि भात खाएरसाध्य भयो त ? कृषिप्रधान देशमा अन्नको यो अनिकाल !” “औँ, अन्तपूर्णाको दर्शन गर्न आएको; भाकल थियो । अरूभन्दा मलाईयिनै देवीको विश्वास लाग्छ । यी साक्षात्‌ देवी हुन्‌ ।” "देवी त देवी टुँडालदेवीको मूर्ति पनि झन्डै चोरिएको रे । कस्तोकाल ! हामी केही नचोरियोस्‌ भनी देवता पुकाछौँ, देवता स्वयं चोरिन्छन्‌ हेरन......” “हेरिसकेँ मैले, त्यही बेलबटम्‌वाली होइन ? निकै नखरमाउली रहिछ ।” -जवाना भी यिनका जवानी भी यिनकी- बुझिनस्‌ ?” “नुझैँ हजुर ! रुपियाँको पाँच मुठा भयो, भयो लगिबक्स्योस्‌- पातराम्रो छ । विग्रेको रहेछ भने म मोरीले यो जोवन भन्नै नपार । हजुरहरूलाईके थाहा छ, यति पात टिप्न कस्तो......।” “मलाई सब थाहा छ- उसको सम्बन्ध अचेल कतातिर छ भन्ने ।अघिअघि सिद्धाकोः दशा लाग्यो भने आजको सुदामा भोलि कुबेर हुन्छ भन्थे,अचेल सिद्‌ (0110) मात्र हुन सके आजका बेकारको भोलि तिनोटा कार “सरकारी कारलाई साइड दिनुपर्छ भन्ने तँलाई थाहा छैन ? दुई दिनटोयौटा चलाउन पाएँ भन्दैमा टुप्पिएको छुसी, तै, फुच्चाको खुट्टो मात्र किचिएछ,ज्यान गएको भए.....।” ५ ज्यानको मूल्य मामुली भन्ने कि अमामुली ? एकातिर गैसकेकोज्यानलाई मुटु फेरेर पनि जोगाइन्छ;, अर्कातिर बम बर्साएर हजारौँ ज्यानकोएक चिहान पर्छ ।” “परे आफ्नो उपकार नपरे परोपकार । भाग्योदय चिट्ठा किन्नुहोस्‌ अतनको डबली ? २४७ भाग्योदय, -पहिला १ के एक लाख पच्चीस हजार ।” “जति कुरा गरे पनि युग हजार र हजुरकै घेरोमा सेरोफेरो गरिरहेकोछ । पेन्सेन खाने बेलामा कारिन्दाले मोहोर तानेजस्तो कारबार यो के व्यापार !मैले त हङकङ नै ताकेँ, चालीस-पचास हजार भनेको के हो र...?” “दुइटा पैसा पनि हाम्रो निम्ति लाखजस्तै हो मालिक ! भारी पनि त ठूलैछ नि; जो पायो उही भरिया लाउनु पनि हुन्न अचेल; हामी भनेका रैथानेभरिया; मालिकजस्ताको भारी बोक्ताबोक्तै ३२ बर्ख बितिसके, बेइमानी भनेकोबाह् दामको गरिएको छैन ।” “डरमानदारी र बुद्धपनको सीमारेखा कहाँनेर पर्छ कुन्नि ? २० वर्षजागिर खाएँ बीस पैसा खाइन, अहिले जाउलो खान नसकेको देखेर सबै मलाईबुद्ध भन्छन्‌, तपाईं नै भन्नोस्‌ वास्तवमा म के हुँ?" “म भन्नु नै आत्मा हो । आत्मा नचिनी परमात्मासित साक्षात्कार हुनसक्तैन । भरे चार बजे यहीँ अध्यात्म प्रबचन हुने भएको छ । महिला तथासज्जनबुन्द......!” “ महिलाले लूप लगाएर बा चक्की खाएर, पुरुषले भ्याक्सेटोमी गरेरवा कन्डम लगाएर । परिवार नियोजन युगको माग हो ।” थ्यो युग पनि मगन्ते युग हो ॥कतै श्रम र चन्दा माग्यो; कतै शास्त्र रसैनिक माग्यो, कतै अन्न र पैसा माग्यो; कतै स्वतन्त्रता र अधिकार माग्यो,कतै बाटो र गौँडो माग्यो; जता हेच्यो मागामाग छ ।” “हाम्रो माग पूरा नभए हडताल गर्ने योजना छ ।” “योजना त तपाईंको राम्रै हो; तर कुनै पनि योजनाले स्थायी शान्तिल्याउला भनेजस्तो मलाई लाग्दैन । शान्तिकी लागि कति धनको खर्च भो,कति जनको खर्च भो, कति जोबनको खर्च भो, कति चिन्तनको खर्च भो, कतिजीबनको खर्च-: तर यतिका खर्चको उपलब्धिके)" “के भन्नुहोला यो सर्वरोगहारी तेल हो । कान पाकेको भए दुई थोपाहाल्नोस्‌, आँखा दुखेको भए गाजलझैँ लगाउनोस्‌, भिरुङ्गी भएको छ भनेमालिस गर्नोस्‌- चार दिनमा चमत्कार.....।” “चन्द्रलोक यात्रा चमत्कारै हो विज्ञानको । तर मानवता र विश्व-शान्तिमा यसको के भूमिका होला ?” “शान्तिस्वस्तिको सारदाम किन्न आएको, तपाईं कता नि ? आरामछ ? अलि उता जाँ, बाटो पेल्ने मेसिन आयो. ...।” २४३ ४ चैरब अर्यालका हास्यव्यङ्ग्य “यी मेसिनहरूले पनि आजकाल...” “दमकल दमकल !...... कहाँ दमकल हुन्थ्यो घण्टीवाल गाई- सागकोमुठै लिएर दौडिएछ, उ: साँढे पनि ।” “कति आत्तिएर दौडादौड गरेका यी मान्छेहरू, मानौँ यहाँ एउटा युद्ध नैआउँदै छ ।" "यहाँ यस्तै भीड हुन्छ पर्यटक ! यो काठमाडौँ सहरको मुटु हो-असनको डबली, उः त्यो भ्यालको कला हेर्नोस्‌ त ! कस्तो लाग्यो ? “मलाई त यो पाउडर राम्रो लागेन । बास्ना पनि कस्तो गल्लीगल्लीगनाउने छ्या; दुई स्टिक लिपस्टिक दिनोस्‌ त गुलाबी होइन, फुस्रोचाहिँ...।" श्यी फुस्रा हिप्पीहरू आनन्द खोज्न आएका रे ! गाँजा र रक्सीमालब्टिएर पाइने आनन्द पनि कुनै आनन्द हो ?......” “पख्नोस्‌ न आनन्देजी, म पनि हिँडिहालेँ । रानीपोखरीतिरबाट जानेहोइन त?” “...डुब्या रै ! रानीपोखरीमै हामफालेछ ।” “कल्ले फालेछ यो अलबम्‌, हेर्नोस्‌ हेर्नोस्‌, कस्ताकस्ता तस्बिर रहेछन्‌;ठिटीको हो कि ठिटाको ? पैसा पनि छकि ?” “एक बरफको दस-दस पैसा, एक बरफको दस-दस.....!" “के यो डबलीमा ट्वाल्ल परेर उभिइरहेको ए मिस्टर ?” प्रगति अतनको डबली ” २४१ आस्थाको फाइल संसार विभागका निर्देशक श्री ईश्वरदेव उमेरको हदम्याद पुगी खोसुवामापरे । खाईपाई आएको आस्था अर्चनाको एक लक्षांश उनले निवृत्तभरणकोरूपमा पाउने भए । निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविश्वासले दानागन्यो । धर्म धुमधुमती पस्यो, कर्म कनपारो कन्याउन थाल्यो । भाग्यले भगवानूकोसाक्खे भाइ म हुँ भनी किरिया खायो । ज्ञान गनगन गर्दै थियो, विज्ञानलेसबैका दाबी निराधार हुन्‌ भनी एक-एकको पर्दाफास गप्यो । बुद्धि खितितित्तहाँसी, बिबेक ट्वा-ल पस्यो । भ ., गी संसार विभागको निर्देशकमा मान्छेस्वयं मनोनीत घोषित भयो । आफू निर्देशक हुनासाथ मान्छेले पापधर्मको कानुन संशोधन गरी नरकअड्डाखारेज गरिदियो । मान्छेलाई धेरै शासन दिएको अभियोगमा यमराज सस्पेन्डभए; अमृत र अप्सरामा लम्पट भएको अभियोगमा देवताहरू कार्यभारमुक्तभए । भाग्यको ठाउँमा पुरुषार्थ र अन्धविश्वासको ठाउँमा शिक्षा भर्ना भए । एउटा हातमा शक्तिको डृम अर्को हातमा एटम बम लिएर विज्ञानसल्लाहकार भयो मान्छेक्रो । संसार विभागको हर्ताकर्ता स्वयं भएकोमा गजक्कफुली टेबुलमा थ्याच्च बसेर मान्छे गर्ज्यो- “संसार विभागका सहायिकाहरूको को छन्‌, लौ यहाँ आओ !” मेच छँदाछँदै टेबुलमा बसेको निर्देशकलाई देख्ता मर्यादाले नमस्कारैनगरी मुन्टो बटारी । मान्छेले उसलाई अनुशासन नभएकी बूढी भनी तुरुन्तैनिकालिदियो । अर्की सहायिकाले थर्र कामेर हात जोड्दै भनी- “म नैतिकताहुँ ।" मान्छे च्याँद्टिएर गर्ज्यो- "यस्ती लुली सहायिका लिएर म यत्रो विभागचलाउन सक्छु ?” तेस्री सहायिका सद्भावनाले भनी- “म आफ्नो कार्यभारबाटराजीनामा गर्न चाहन्छु ।” मान्छेले मर्यादाको ठाउँमा उच्छुङ्खलतालाई, २४० ४ भैरव अर्यालका हात्यव्यङ्ग्य नैतिकताको ठाउँमा स्वच्छन्दतालाई र सद्भावनाको ठाउँमा सङ्कीर्णतालाईभर्नौ गच्यो । पुनर्गठनपछि केही नयाँ ऐन बने । सत्ता, शक्ति, सम्पत्ति र बिलासकोसाधनामा धेरैले सुविधा पाए । संसार बिभागले सांसारिक विधिबन्धनहेरूमाधेरै स्वतन्त्रता ल्यायो । तर अंपसोच ! केही दिनपछि संसार विभागमा साह्रैगोलमाल चल्यो । कसैले कसैलाई टेर्न छाड्यो । बिभागभित्रै अनाचार,व्यभिचारहरू बढ्न थाले । रिसारिस, भुत्लाभुत्ली र पिटापिट चल्त थाले । हत्या, अपहत्या र आत्महत्याका टेलिफोन आउन थाले । विस्फोट, युद्ध र महायुद्धका आकाशवाणी आउन थाले । मान्छे केहिले बौलाएजस्तो भई टेबुलमा उफ्रन्थ्यो, कहिले 'झझोक्राएजस्तोगरी भुइँमा पसारिन्थ्यो । कहिले तमाम कर्मचारीलाई भेला गरेर सोध्थ्यो-“आस्थाको फाइल खोइ ?” कहिले तमाम कर्मचारी सँग सोध्ये- “विश्वासकोफाइल खोइ ?” खोइखोइको डाँको भित्तामा ठोक्किएर प्रतिध्वनित हुन्थ्यो- “खोइ खोइ !”बान्की असनको डबली । २४१