दसैँ, पिङ र हात्ती (बालकथा-सङ्ग्रह)

Revision as of 14:04, 14 June 2024 by Nepalikitab8848 (talk | contribs) (Created page with "जय प्रिय साथी रत्न 2 १. अक्षर ३२. जालमाथि चाल २.- अनमोल मणि (बालकथा सङ्कलन) ३३. जिन्की र जोकर (बालकथासङ्ग्रह)३. अनुहारको चित्र ३४. जुनेली साँझ ४. अन्तरिक्षयात्रीहरू (वैज्ञानिकको जीवनी। ३...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)

जय प्रिय साथी रत्न 2

१. अक्षर ३२. जालमाथि चाल

२.- अनमोल मणि (बालकथा सङ्कलन) ३३. जिन्की र जोकर (बालकथासङ्ग्रह)३. अनुहारको चित्र ३४. जुनेली साँझ

४. अन्तरिक्षयात्रीहरू (वैज्ञानिकको जीवनी। ३५. झुन्डिएको बगैंचा (यात्रासंस्मरण)५, अर्थ न बर्षका क्रा ३६. झ्यापुल्लेको बिजोग

६, आनन्दको आविष्कार ३७. टुटिलो र धनेश

७. आप्पाको झण्डा ३६. डिक र बिरालो

५. आमाको उपचार ३९, तारामण्डल

९. इन्द्र्धनुष (बालकथासङ्ग्रह) ४०. तिरमिर तारा

१०. इन्द्रेनी ४१. दङ्ग-फुरुङ्ग (बालकथा)११. कथाको किताब ४२. दयालु परी१२. कथा-कोपिला ४३. दसैं, पिङ र हात्ती (बालकथा)१३. कथा कथ्यौरी ४४, नयाँ साथी१४, काँक्रो र बूढीको नाक ४५. नातितातिना१५. काना-काना कुर्र (बालकविता) ४६. नानीहरूका कथाको किताब१६. काले कुकुर ४७, पञ्चतन्त्रका पाँच कथा१७. कालो माला (बालकथा) ४. पाँच प्रसिद्ध वैज्ञानिकहरूको जीवनी१५. कुभिन्डे भूत ४९, पुतलीको बिहे (बालकविता)१९, केही राष्ट्रिय विभूतिहरू भाग १, २ ५०. पुष्टकारी

२०. केही रमाइला कथा ५१. पौराणिक बालकथा

२१. गणितबाट रमाइलो (बौद्धिक परीक्षा) ५२. फुच्चे खरायो

२२. चरी आयो ५३. फूलजस्तो मन

२३. चहचह ५४, बाँदर्तीको माया (बालकथा)२४. चार चङेरी 99. बामपुड्के

२५. चिरबिर चरी ५६. बालगीत (भाग १, २)

२६. चील गाडीमा सरर ५७. बालबाटिका

२७, चुस्के र ल्लुस्के (बालकथा) ५५. बालबालिकाहरूका नाटक२८. छिमेकी चरा ५९, बाल रत्न

२९. जङ्गलमा मङ्गल ६०. बिचरो बुख्याचा (बालकथा)३०, जमिनदारको जुक्ति ६१. बुद्धिमानीको परीक्षा

की. जातक कथा ६२. बुहारी (लोककथासङ्ग्रह)

दसैँ, पिङ र हात्ती

(बालकथा-सङ्ग्रह)

कपिल लामिछाने

तेस्रो संस्करण : २०६७

प्रकाशक : रत्न पुस्तक भण्डारकाठमाडौं, फोन : ४२२३०२६लेखन : कपिल लामिछाने

चित्र : शान्ता हिताङ

सम्पादन : शाश्वत पराजुली

७ सर्वाधिकार : लेखकमा

चित्र तथा लेआउट 6 : प्रकाशकमासंस्करण : पहिलो २०६३मुद्वक : डंगोल प्रिन्टर्सकाठमाडौँ, फोन : ४२५६९३२

0954, 270 तव्यगी1589 : 99933-0-444-1

कथासन्दर्भ

अक्षर (२०५१), काले कुकुर (२०५१), भाँडाकुटी(२०५८), सुनकथा (२०५९), दसैँ, पिङ र हात्ती(२०६०) र राँकेभूत (२०६१) बालकथासङ्ग्रहमार्फत नेपालीबालसाहित्यका क्षेत्रमा देखिएका कपिल लामिछाने(२०१५) यस विधाका आसलाग्दा युवाप्रतिभा हुन्‌ । ...थोरै पात्र, संवाद, सरल र छोटा वाक्य तथा रोचकप्रस्तुतिका कारण लामिछानेका कथाहरू प्रभावपूर्ण हुनपुगेका छन्‌ । बालबालिकालाई शिक्षा, ज्ञान, चेतना रमनोरञ्जन आफ्ना बालकथामार्फत दिनु यिनको वैशिष्टचहो ।

“प्रमोद प्रधान

कथाक्रम

१. दसैँ पिङ र हात्ती ५२. उनीहरूको टारी खेत १२३. मोहन, सोहन र कछुवा १६

४४. एक विद्या चौध चतुस्याइँ २२

५. फूलको राजा रद

दसैँ, पिङ र हात्ती

भर्खर स्कूलमा दसैँको छुट्टी भएको थियो । केही दिनका लागि उनीहरूपढाइको टनटनबाट बचेका थिए । शरद्‌ क्रतुको मौसम रमाइलो थियो ।टाढाटाढाबाट आएका आफन्तसित भेट हुने, राम्रो खानलाउन पाइँने हुँदा पनि दसैँसबैलाई रामाइलो लाग्थ्यो । दिनेश र उसका साथीहरू छुट्टीको आनन्द लिँदै घुम्दैथिए ।

दिनेशले भन्यो- “मेरा दाजु हिजो काठमाडौँबाट आउनुभयो । मलाई राम्रोलुगा ल्याउनुभएको छ ।”

“मेरी दिदी पनि त आज बिहानै पोखराबाट आउनुभयो नि ! मलाई कितापल्याइदिनुभएको छ ।” उमेशले भन्यो ।

“केको किताप नि ?” दिनेश र दीपेशले एकैसाथ सोधे ।

“कथाको !” उमेशले जवाफ दियो ।

“क्या रमाइलो होला, हामीलाई पनि पढ्न देक ल !” बाबुचाले भन्यो ।

सुरेशले भन्यो- “मेरा बुबा त फूलपातीपछि आउनुहुन्छ ।"

“मेरा बुबा पनि !” बाबुचा र मङ्गलेले थपे ।

यस्तैमा उमेशका हजुरबा पनि त्यहीँ पुग्नुभयो ।

“नमस्ते हजुरबा !” उनीहरूले भने ।

उमेशका हजुरबाले भन्नुभयो- “तिमी स्कूले केटाहरूलाई लामो छुट्टी हुँदादिक्क लागेको होला, होइन ?”

“हामीलाई त बडो रमाइलो पो भएको छ, हजुरबा !” उमेशले भन्यो-“दिक्क लाग्ने त कुरै छैन ।”

“अझ रमाइलो बनाउने उपाय भए बताउनुहोस्‌ न बरु !” बाबुचाले भन्यो ।

उमेशका हजुरबाले घोरिएर भन्नुभयो- “हेर बाबुनानी हो, हामी ठाउँठाउँबाटतराईको यस ठाउँमा आएर बसेका छौँ । तिमीहरू त यहीँ जन्म्यौ । हामीले पहाडर तराई दुवै ठाउँको हावापानी खाएका छौँ । त्यहाँ र यहाँको रहनसहन देखेकाछौँ । त्यसैले तिमीहरूले पहाडतिरको दसैँको झलक पाउने गरी टोलमा एउटाचौराली पिड हालौँ । तिमीहरू रमाउला, हामी पनि पिर्की पु्जौँला ।..”

पिडको नाम सुन्नेबित्तिकै दिनेशहरू खुसीले बुरुक्क उफ्रे । उनीहरूले मेलामामात्र पिङ देखेका थिए ।

बाबुचाले सोध्यो- “कस्तो हुन्छ त्यो चौराली पिङ ?”

हजुरबाले भन्नुभयो- “कस्तो भन्ने अब ? कापा परेका दुईवटा खाँबा हुन्छन्‌,एउटा बलो हुन्छ, चारवटा पिर्की हुन्छन्‌, तल-माथि घुम्छ । अरू त बनेपछिदेखिहाल्छौ नि । अझ कहीँ चर्खे पिङ पनि भन्छन्‌ ।"

आज फूलपातीको दिन । टोलछिमेकमा सबै जुटिसकेका छन्‌ । हरेक घरमाअघिपछिभन्दा मीठोमसिनो पाकेको छ । घरघरबाट खसीबोकाको म्याँम्याँ आवाजआइरहेको छ ।

उमेशका हजुरबाको क्रा सबैलाई मन परेको छ । खुला ठाउँमा पिङ हाल्नेतयारी भइसकेको छ । पिडका खम्बा गाड्न दिनेश र उमेशले एकएकवटा खाल्डाखन्न थाले । खन्दाखन्दा हात दुखे अनि बाबुचा र मङ्गलेले पालो दिए । खाल्डाखन्ने काम सकिएपछि उनीहरू सिकर्मीहरू लिएर वनमा पुगे । वन कार्यालयलेअनुमति दिई छ्पान गरिदिएका ठूलाठूला रूखहरू ढलाए । रूख ढल्दा अरू रूखकाहाँगाहरू र साना बोटबिरुबाहरू भाँचिए । दिनेशहरूलाई नरमाइलो लाग्यो ।काटकुट र ताछतुछ पारी खम्बा तयार भए । खम्बा तीन फुट गोलाइका थिए,माथिपट्टि चोके परेका थिए । त्यही चोके वा कापामा राख्ने एउटा दरो बलो तथाअरू सरजाम पनि हेदहिदै तयार भए ।

अनि सबै मिलेर काटेका खम्बा पल्टाउन खोजे - होस्टे-हँसे ! होस्टे-हँसे !!होस्टे-हँसे !!1 फेरि एकैचोटि सबैले बल लगाए- होस्टे-हँसे ! होस्टे-हँसे !! होस्टे-हँसे 1! तर खाँबो हच्केन ।

&

खाँबाहरू, बलो र अन्य सरजाम झन्डै एक किलोमिटर टाढा पुन्याउनु थियो ।यति मानिसले मात्र पुन्याउनु सम्भव देखिएन ।

“डोजर ह्याउनुपन्यो, काका !” दिनेशका बाबुले उमेशका हजुरबाका मुखतिरहेरेर भने ।

“डोजर होइन, क्रेन ल्याउनुपर्छ भन्नुहोस्‌ त बुवा ! यस्तो कामका लागि क्रेत कामलाग्छ ।" दिनेशले भन्यो ।

“होहो !” दिनेशका दामलीहरूले भने ।“मान्छेको वशको कुरो होइन, यत्रा सत्तरीलाई उठाएर लैजान ।” रमितेले भने ।“अग्राख त फलामभन्दा गरुङ्गो र बलियो पो हुन्छ ।” सिकर्मीको नाइकेले भन्यो ।

मानिसहरू थरीथरीका कुरा गरिरहेका थिए । उमेशका हजुरबा भने घोरिएरसोचिरहनुभएको थियो ।

“खम्बा लैजान सकिन्न भने यहीँ पिङ हालौँ ।” बाब्चाले भन्यो ।“यस्तो जङ्गलका बीचमा पनि कहीँ पिङ हाल्छन्‌ ?” अर्कोले जवाफ दियो ।

“उठाउन-चलाउनै नसकेपछि यहीँ पनि कसरी हाल्ने पिङ ?” उमेशका हजुरबालेभन्नुभयो ।

“औँ त नि, हा हा हा ........!” सबै हाँसे ।उमेशका हजुरबा कसैलाई केही नभनी एक्कासि जानुभयो ।

हजुरबा एकैछिनमा जिमदारको हात्तीमाथि चढेर आइपुग्नुभयो । सबैले हजुरबाकोअक्कलको सराहना गरे ।

हात्तीका लामा-लामा दारा थिए । त्यस हात्तीलाई प्रायः सबैले चिन्थे । माउतेकाइसारामा हात्तीले खम्बालाई सुँढले च्याप्प समात्यो र घिसान्यो । सबै खुसी भए ।

अगिअगि खम्बा घिसारिरहेको हात्ती र पछिपछि मानिसको लस्कर ।जन्तीभौँ लाग्थ्यो ।

दिनेशहरूलाई पनि रमाइलो लाग्यो । मानिसको बृद्धि र हात्तीको बल भएठूलाठूला काम पनि सहज हुने रहेछन्‌ भन्ने कुरा सबैले बुझे ।

खम्बा टोलमा पुग्यो । मानिसहरू चारैतिर झुम्मिएका थिए । त्यत्रो अजङकोखम्बा एउटै हात्तीले ठडयाएको हेर्ने जोकोहीलाई पनि इच्छा थियो । त्यसैले सबैघचेडाघचेड गर्दै थिए र सबैको ध्यान हात्तीपट्टि थियो । कतै खम्बा ढल्ला रउछिट्टिएर आफूतिर आउला भन्ने डरले एकदमै नजिक जान कोही पनि सकिरहेकोथिएन ।

माउतेले हात्तीलाई खनेर ठिक्क पारेको खाल्डोमा खम्बाको फेद हाल्न भन्यो,हात्ती मानेन । माउतेले हात्तीलाई पटकपटक अरायो, तैपनि मानेन । यस्तो तकहिल्यै गर्दैनथ्यो भनी माउते भुतभुतायो ।

माउतेले हात्तीलाई पिट्यो । फेरि पनि हात्ती मानेन । हात्ती जहाँको तहीँउभिइरह्यो, सुँढ उचालेर ड्वाँ-ड्वाँ कराइरह्यो । मानिसहरू जिल्ल परिरहेकाथिए ।

“होइन ए चौधरी, आज किन मानिराखेको छैन यो हात्ती ? बहुलाउन तबहुलाएन ?” उमेशका हजुरबाले भने ।

“त्यसो नभन्नुहोस्‌ काका, हात्ती लाखमा एक हो । तपाईंलाई थहा छैन र ?"माउतेले भन्यो ।

“कुखुरा चढाउँला भनेर भाकल हाल्नुहोस्‌ काका, मान्ला बरु ।” दिनेशकाबाबुले भने ।

“कस्तो नचाहिने कुरा गर्छौं ए भाइ, हात्तीले पनि कहीँ भाकल खोज्छ ?...बरु खम्बाको मोटाइअनुसारको खाल्डो खनेको छैन होला, त्यसौ भएर नमानेकोहात्तीले । नापिहेर्नुहोस्‌ त ।” माउतेले दिनेशका बाबुसित भन्यो ।

“नचाहिने दुःख दिन्छौ चौधरी, दाइ ।” दिनेशका बाबुले भने ।

अनि उनी खम्बाको मोटाइ नापेर खाल्डातिर लागे । उनलाई देखेर बिरालाकोछाउरो म्याउँ गर्दै खाल्डाबाट फुत्त बाहिर निक्ल्यो । छाउरो निक्लेर जानेबित्तिकैहात्तीले खम्बाको फेद खाल्डामा हालेर उभ्याइदियो । सबैले ताली बजाए ।

१0

“छाउरो रहेछ र पो नमानेको मोरो ।” माउते भुतभुतायो ।

हात्तीले अर्को खम्बा पनि खडा गरिदियो, खम्बामाथि बलो चढाइदियो ।सिकर्मीहरूले पिङ जोड्ने काम फटाफट गरे । हेदहिदै चौराली पिङ तयार भयो ।

“अब पहिले कोको खेल्ने ?” कर्मी दाइले भने ।उमेशले भन्यो- “हजुरबा र माउते काका खेल्ने ।”

“एउटा पिर्कीमा सिकर्मी दाइ र अर्को पिर्कीमा म र बिरालाको छाउरो पनिखेल्ने । कसो ?” बाबुचाले थप्यो ।|

११

उनीहरूको टारी खेत

बजारको मुन्तिर उनीहरूको बारी थियो । बारीमा कतैबाट कूलो लाग्दैनथ्यो ।त्यसैले पाखेबाली कोदो, मकै, तोरी आदि लगाइन्थ्यो । धानखेती हुन्नथ्यो ।बेसाएको चामलको भात कहिलेकाहीँ मात्र खान पाइन्थ्यो । यसबाट आमाबाबुदुःखी थिए । यो उनीहरूको बुझेका थिए ।

असारको महिना उनीहरू पिँढीमा बसेर दुनोट घोक्दै थिए- पाँच एकाने पाँच,पाँच दुना दस.... ! बादल चारैतिरबाट घेरिँदो थियो । पातीका ठूलाठूला थोपातप्त्याकतुप्लुक खस्न थाले । हेदहिरदै पानी दरर दर्क्यो । एकै छिन पानी थामियो रफेरि लगातार दर्किरह्यो, दर्किरह्यो ।

आकाशबाट पानीका थोपा-थोपा पर्दै थिए, ' तर छानाबाट बलेसीको धारैखसिरहेको थियो ।

विशालले भन्यो- “असल, हेर पानीका धारा !”“देखिरहेको छु । किन र ?” किताब बन्द गर्दै असलले भन्यो ।

“बुझेनौ ? अस्तिअस्ति हामी स्कूलबाट आउँदा सडकको छैउछेउ भल बगेको ?त्यो भल काटेर बारीमा हाल्ने हो भने खेत बनाई रोप्न कसो नसकिएला ?”बिशालले भन्यो ।

असल बुरुक्क उफ्ग्रो । उसले किताबकापी थन्क्यायो र उठ्यो । विशालपनि उठ्यो । पानी दर्किरहेको थियो । दुबैले मुखामुख गरे । दुबैले एक-अर्काकोमनको कुरा बुझे ।

आमाबाबु मेलामा गएका थिए । असल र विशालले एकेकवटा कोदालोसमाते, घुम ओढे र उनीहरू आँगनबाट ओर्लिहाले ।

बारी सडकको मुन्तिर थियो । पानी परिरहेको थियो र भल सडककोछेउछेउ बगिरहेको थियो ।

१९

बिशालले कोदालाले भल काट्यो । भल बारीतिर सोभ्ियो । असललेकुलेसो अझ गहिन्यायो । भलपानी झन्‌ ठूलो भयो । बारीमा पानी त पुग्यो, तरबगोर जान थाल्यो । हतार-हतार उनीहरूले बारीका छेउछेउमा आली (डिल)लगाए । पानीले गरो डम्म भयो । विशालले दुई-तीन ठाउँमा पातलो-पातलोढुङ्गा राखेर समा बनायो । समाबाट पानी सलल्ल भर्न थाल्यो ।

ढाड सोझ्याउँदै निधारका पसिना पुछ्दै असलले भन्यो- “अब त भात खानपाइन्छ हगि ?”

“किन नपाउनु ? तर हेर, उ त्यो गराबाट पनि पानी बगिराखेको छ...”विशालले तल्ला गरामा भर्दै भन्यो ।

असल पनि तल्ला गरामा झन्यो । भर्दाझर्दै उसले भन्यो- “त्यसो त सबैगरामा आली लगाउनुपर्छ नि !”

पानी परेको पच्चै थियो । उनीहरू आली लगाइरहेका थिए, हिलो बनाउँदैथिए । छेउकुना खन्दै, किच्दै थिए ।

काम गर्दा गार्हो हुँदो हो, तर उनीहरूलाई रमाइलो लागिरहेको थियो ।उनीहरूको मन चङ्गा भयो । जीउ खुसीले फुरुङ्ङ भयो ।

“टुल्दाइ, ल खाजा खाने बेला भयो ।” कित्लीमा चिया र मजेत्रोमा मकैलिएर बहिनी लता आइपुगी । उसले भनी- “अब हाम्रो बारी त टारी खेत पोभएछ त !”

“भयो नि ! कस्तो लाग्यो त ! गरे कित हुन्न ?” विशालले भन्यो ।कित्लीको टुटीबाट बाफ निक्लिरहेको थियो ।“मौकैमा आइपुगिस्‌, ले !” असलले भन्यो ।

कान्लामा टुक्रुक्क बसेर उनीहरूले मकै र चिया खाए । कान्लाभरि भुइँकाफलथिए । मकै खाँदाखाँदै लताले भनी- "असल दाइको गोडामा कोदालाले काटेछ ।”

असलले गोडा हेप्यो, छाम्यो र भन्यो- “जुका रहेछ ।” उसले कान्लाबाटपाती टिप्यो र जुकाले टोकेको ठाउँमा दल्यो । जुका खस्यो ।

१४

कान्लामा जुका उनीहरूले “माछो-माछो-भ्यागुतो खेल्दा औँला हल्लाएझैँहल्लिरहेका थिए । कुनै बित्ता नाप्दै थिए ।

मकै खाँदै लताले थपी- “दाइहरूले त आज गर्नु गर्नुभयो नि !”“हामीले होइन, भातले गरेको हो !” असलले भन्यो ।

तीनै जना हलल्ल हाँसे । पानी परिरहेको थियो । भर्खर बनेको टारी खेतमा

भ्यागुताहरू ट्वारट्वार गर्न थाले ।॥ |

१७

मोहन, सोहन र कछुवा

मोहन र सोहन घुम्दाघुम्दै नारायणी नदीका किनारमा पुगे । नदी ठूलो रबाङ्गोटिङ्गो थियो । चितवन राष्ट्रिय निकुञ्जभित्रको त्यो ठाउँ घना जङ्गलकाबीचमा थियो । छुट्टीको समय बिताउन उनीहरू त्यहाँ पुगेका थिए । यसरी घुम्नउनीहरूलाई रमाइलो लाग्थ्यो ।

नारायणीमा ठूलाठूला लहर उठिरहेका थिए । लहरसँगै एउटा कछुवाआयो र उनीहरूछेउ रोकियो । मोहन पछि हट्न खोज्यो ।

सोहनले भन्यो- “अरे यो त कछुवा हो- 1011(015€ ! यसले केही गर्दैन ।”

सोहनले कछुवाको ढाडमा सुमसुम्यायो । सोहनले कछुवालाई छुँदा कछुवालेटाउको आफ्नो जीउमा बोकेको ठूलो खबटाभित्र लुकायो ।

मोहनलाई पनि रमाइलो लाग्यो । उसले पनि कछ्वालाई छोयो । उसकोआङ जिरिङ्ग भयो । कछुवाले सोहनका खुट्टामा सुमसुम्यायो । खुट्टा हटाउँदैसोहन हाँस्यो । मोहन पनि हाँस्यो ।

“मेरो नाम कुलबहादुर हो ।" कछुवाले अगाडिको पखेटा उचालेर भन्यो ।“मेरो नाम मोहन हो ।" दङ्ग पर्दै मोहनले भन्यो ।

“मेरो नाम सोहन हो ।” जिल्ल पर्दै सोहनले भन्यो ।

“नदीकिनारमा तिमीहरूलाई स्वागत छ ।” कछुवाले भन्यो ।“तिमीलाई पनि हाम्रो जमिनमा स्वागत छ ।” मोहनले भन्यो ।

कछुवाले टाउको ठड्याएर भन्यो- “त्यो त ठीक छ, तर यो जमिन मेरोपनि हो नि !”

मोहनले भन्यो- “कसरी ?”

१६

कछुवाले भन्यो- “ल तिमीलाई थाहा छैन ? म माछाजस्तोहोर ?मतपानी र जमिनमा बराबर बस्न सक्छु । पानी र जमिन दुवै मेरो संसार हो ।”

सोहनले मसिनो घाँस कछुवालाई दियो । कछुवाले त्यो ड्याडङयाड पारेरखाइदियो । छालले एउटा माछालाई छाडेर गयो । माछा उफ्रँदै अर्कोचोटि छालआउने बाटो हेरिरह्यो । मोहनले माछा च्याप्प समात्यो र कछुवाका मुखमाहालिदियो । कछुवाले त्यो पनि खाइदियौ । छालले एउटा ठूलो माछा छाडेरगयो । मोहनले त्यो माछा पनि च्याप्प समात्यो र कछुवाका मुखमा हालिदिनखोज्यो, तर कछुवाले त्यो खाएन । माछा फूत्केर पानीमा पुग्यो ।

“किन खाएनौ ?

“मेरो दाँतले यति ठूलो माछा चपाउन सक्दैन ।”

“हो र ?” उनीहरूले सोधे ।

“अनि के त ?” कछुवाले भन्यो ।

उनीहरूलाई रमाइलो लाग्यो ।

तीनै जना रमाउँदै खेल्दै थिए ।

उत्तरबाट एउटा जङ्गली जनावर आइरहेको थियो ।

पहिले कछुवाले देख्यो ।

उसले भन्यो- “उ: हेर है, ब्वाँसो आइरहेछ । त्यो खतरनाक जनावर हो ।”मोहन र सोहनले पनि देखे । ब्वाँसो आफूहरूतिरै लम्किरहेको थियो ।

मोहनले भन्यो- “हामी त अब दगु्छौं, भाग्छौँ र गुहार मागेर बच्छौँ । तिमीके गर्छौ नि ? मेरो बुई आउ बरु ।"

“धेरै-धेरै धन्यवाद ! तर बुझ, दौडेर त्यसबाट बच्न सक्दैनौ । मलाई धेरैथाहा छ । पर्ख !” कछुवाले भन्यो र तुरुन्तै पानीभित्र डुबुल्की मान्यो ।

सौहनले भन्यो- “कति डरछेरुवा रहेछ !”१८

मोहनले भन्यो- “त्यस्तासित पनि के मीत लाउन्‌ ? बेकार !”सोहनले भन्यो- “अब भागौँ, नत्र त्यो ब्वाँसाले खान्छ हामीलाई ।"

मोहनले भन्यो- “तर बस्ती पनि त टाढा छ । अब हामी दुग्रेर बच्न त सक्दैसक्दैनौँ ।”

सोहनले भन्यो- “त्यो त हो, तर हामीसित दुगुर्नुबाहेक अर्को उपाय पनि तछैन नि!”

दुवै दगुनै तयारी गर्दै थिए ।

एकाएक कुलबहादुर पानीबाहिर निक्ल्यो । उसका दुवै हातमा बडाबडाखबटा थिए ।

नजिकै पुगेर उसले भन्यो- “ल एकएकवटा खबटा मैले जस्तै ओढ !तिमीहरू यस्ता जनावर र चराहरूको झम्टाइबाट बच्न सक्छौ ।”

“खबटा ?” मोहन र सोहन आश्चर्यले चकित भए- “कत्ति ठूलठूला ?”

कुलबहादुरले भन्यो- “हामी समुद्रबाट यता बसाइँ सरेर आउँदा यस्तै केहीपर्ला भनी हामीले यस्ता खबटा ल्याएका थियौँ । आज काम लाग्ने भे । मलाईबडो खुसी लागेको छ । अहिले मेरा बाबुआमा पनि आउनुहुन्छ । ल ल लगा ।"

दङ्ग पर्दै मोहन र सोहनले खबटा ओढे । तिनीहरूलाई रमाइलो अनुभब भयो ।मीत कछुवालाई भगुवा ठानेकोमा मनमनै पछुतो लाग्यो ।

दुवैले कछुवालाई अँगालो हाले ।

उनीहरूले भने- “यति ठूलो पनि हुन्छ खबटा ?”

कछुवाले भन्यो- “यो त के ठूलो नि ? समुद्री कछुवा आठ फुटसम्म लामो रबार सय किलोसम्मका हुन्छन्‌ । चानचुने जन्तु नठान हामीलाई ।...”

“यसै पनि तिमी चानचुने होइन रहेछौ । हामीले बुझिसक्यौँ ।” मोहनले भन्यो ।

२0०

नारायणी किनारका रूखमा चराहरू चिरबिर गर्दै थिए ।

ब्वाँसो उतै जङ्गलभित्र पस्यो ।

मोहन र सोहन पनि फर्के । कुलबहादुरले उनीहरूलाई नदीका किनारबाटहेरिरह्यो ।

कुलबहादुरले पखेटा उठाएर उनीहरूलाई टाटा गस्यो । उनीहरूले बाई-बाई

गरे ।

२१

एक विद्या चौध चतृस्याइँ

क जतिखेर पनि पढ्विरहन्थ्यो । साथीहरू खेल्दा पनि क छेउमा बसेर पढिरहेकोहुन्थ्यो । स्कूल जाँदा-आउँदा बाटामा क घरीघरी किताबकापी निकालेर हेरथ्यो र रद्दैअघि बढ्थ्यो । मानौँ रट्नुलाई नै उसले पढाइ वा सिकाइ ठानेको थियो । आज पनि कहिसाबका सूत्र रट्दै थियो । त्यत्तिकैमा हस्याङफस्याङ गर्दै श्याम आइपुग्यो ।

श्यामले भन्यो- “हितेश, हिँड जाञँ, मेला घुम्न । कत्ति पढिरहेको ? बैशाखपूर्णिमाका उपलक्ष्यमा लुम्बिनीमा ठूलो मेला लागेको छ रे, देशविदेशका मान्छे आएकाछन्‌ रे । त्यहाँ थरीथरीको मेलाका साथै विज्ञान-प्रदर्शनी पनि लागेको छ रे ! जाउँ है,सबै मिलेर जाउँ । बडो रमाइलो हुन्छ । आखिर छुट्टीको दिन त हो !...”

उसले सोच्यो -मेला-प्रदर्शगीमा गएपछि दिनभर त्यतै भइन्छ । पढ्न पाइन्न ।सिक्ने समय त्यत्तिकै खेर जान्छ । अत्ति उसले भन्यो- " नाइँ, म जान्नै ।"

“बिन्ती, त्यसो नभन न हितेश । जाउँ न ।” श्यामले भन्यो ।

“नाइँ, मलाई पढ्न देक । म पढ्न चाहन्छु- जान्न चाहन्छु र आउँदो परीक्षामापहिलो हुन चाहन्छु ।”

श्यामले सम्झाउने गरी भन्यो- “तिमी जहिले पनि यस्तै कुरा गर्छौं । पढ्नु, सिक्नुभनेको खालि घोक्नु र रट्नु होइन है, हेर । पढ्नु पनि पर्छ, घुम्नु-हेर्नु पनि पर्छ गटपनि जानिन्छ, सिकिन्छ, बुझिन्छ ।"

“तिमी जेसुकै भन, म जान्नँ । क्षण त्यागे कृतो विद्या रे ! म मेरो अमूल्य समनष्ट गर्न चाहन्नँ । मलाई एक्लै छाडिदेङ, पढ्न देक !"

श्यामले कति गर्दा पनि हितेशको मन पग्लेन । श्याम दुःखित भएर फर्क्यौ । हितेशकिताप पल्टाएर पढ्न थाल्यो । मोहन, जोहन, सोहन र सीता पनि मेलामा गएनन्‌ ।

श्यामको मेलाटोली हिँड्यो । टोलीमा श्यामका साथ दीपेश, नरेश, राजेश तथारन्जु, अन्जु, सन्जुहरू थिए । प्रत्येकले एकएक झोला लिएका थिए । झोलामा डायरी,

२२

कलम, पानीको तुम्लेट र खाजा राखेका थिए ।

मेलामा हजारौँ मान्छे भेला भएका थिए । ठेलमठेल थियो । त्यो देखेरउनीहरू खुपै रमाए । बालबालिकाहरू, तरुनी-तन्नेरीहरू, बृढाबढीहरू, गाउँलेहरू,सहरियाहरू, किनमेल गर्नेहरू, खेल्नेहरू-खेलाउनेहरू, नाच्ने-बजाउने र गाउनेहरू,माग्नेहरू-दिनेहरू, मेला लगाउनेहरू र मेला भर्नेहरू आदिले गर्दा मेला साँच्चैहेर्खलायकको देखिन्थ्यो । सबै रमाएका देखिन्थे । यता पनि भीडभाड उता पनिभ्रीडभाड थियो । धक्कमधक्का, ठेलमठेल थियो । कतै मान्छेको कोलाहल थियोभने कतै माइक्रोफोनको । कतै खुसीको सुसेली थियो भने कतै हराएका मान्छेकोहुलिया र आफन्तको सन्देश थियो ।

श्याम रमायो- “हेर दीपेश, कति मज्जा हगि ?”

दीपेशले थप्यो- “अँ त निहै !”

रन्जु उफ्री- “श्याम, उ त्यता जाउँ । त्यहाँ त बिज्ञान-प्रदर्शनी रहेछ ।”दीपेशले भन्यो- “हुन्छ, हुन्छ, हामी सबै त्यतै लागौं ?"

विज्ञान-प्रदर्शनी मेलाको एक मुख्य आकर्षण नै थियो । प्रदर्शनीमा धमिलो पानीलाईफिटकीरीले तुरुन्तै सफा पार्ने, पानीबाट बिजुली उत्पादन गर्ने, गोबरबाट बिजुली निकाल्ने,भझारबाट पेट्रोल उत्पादन गर्ने आदि प्रविधि, कम्प्युटरको सफ्टवेयर सिस्टम, इन्टरनेटबाटजानकारी पाउने तरिका आदि थुप्रै प्रयोग देखाइएका थिए ।

श्याम गम्भीर भयो । उसले भन्यो- “साथीहरू, हाम्रा खोला र नदीहरूले नेपालकोसिमाना छिचोल्ने ठाउँमा फिटकीरीका ठूलाठूला ढिकाहरू राखिदिने हो भने हाम्रो मलिलोबलौटे माटो हामीकहाँ नै रहन्थ्यो । अनि बङ्गालको खाडीमा हरेक वर्ष नयाँनयाँ पहाडजन्मने काम कम हुन्थ्यो । यो पक्का हो ।”

रन्जु हाँसी । उसले ओठ लेप्प्राउँदै भनी- “हावादारी क्रा !”

दीपेशले थप्यो- “क्या फ्यान्टास्टिक आइडिया ! कहाँबाट आयो यो आइडिया ?”

“इन्डियातिर बगिरहेका नदीहरू र फिटकीरीले धमिलो पानीलाई सङ्ल्याएकोदेखेर ममा यस्तो बिचार आयो ।" श्यामले भन्यो ।

२४

“असम्भव !” राजेशले भन्यो ।

“सम्भव !” श्यामले अठोटका साथ भन्यो- “प्राविधिक रूपले यो सम्भव छ ।”सबैले बुझेभौँ टाउको हल्लाए ।

अहिले भने रन्जुलाई पनि पत्यार लागेछ क्यार ! लाजले ओठ टोक्न थाली ।

मेला लागेको लगत्तै विद्यालयको वार्षिकोत्सव सुरु भयो । सो उपलक्ष्यमा विभिन्नकार्यक्रम सञ्चालन हुन थाले । तीमध्ये हाजिरीजवाफ प्रतियोगिता पनि एक थियो ।योथाहा पाएर हितेश र श्यामले निम्तअनुसार आआफ्नो टिमको नाम दर्ता गराए-

भानु सदन हितेश सोहन, जोहन, सीताभानु वा देवकोटा सदन कुतले जित्छ भनेर व्यापक पूर्वानुमान चल्न थाल्यो ।- भानु सदनले जित्छ । हितेश पढैया छ ।

-काँटाको टक्कर हुन्छ । दुवै बराबर छन्‌ ।-नपत्याउने खोलाले बगाउला नि !

यी कुनै पक्ष कमजोर थिएनन्‌ । यस्ता अनुमानले गर्दा यस कार्यक्रमप्रति शिक्षकर विद्यार्थी सबैको आकर्षण र चासो बढ्यो । सहभागीमा जाँगर थपियो ।

हितेशहरू सामान्य ज्ञानका पुस्तकहरू खोजेर रट्न थाले । श्यामहरू पढ्नुकासाथसाथै छलफल र सोधपुछ गर्न थाले ।

प्रतियोगिताको दिन । प्रतियोगितासम्बन्धी नियम सुनाएपछि प्रतियोगिता सुरु भयो ।प्रतियोगितामा सामान्य ज्ञानका विभिन्न प्रश्नहरू सोधिए । एक-दुई प्रश्न मात्रपाठ्यपुस्तकभित्रबाट परेका थिए । समाज र साथीहरूसित घुलमिल हुने, खेलकुदमाभाग लिने, समाचार सुन्ने, मेलाप्रदर्शनी र शैक्षिक भ्रमण, आमसभा, कविगोष्ठी आदिमा

२६

सहभागी हुने, साथीभाइसित बसेर छलफल गर्ने, नबुझेका कुरा घोक्नुभन्दा सोधेरबुझ्नपट्टि लाग्ने श्यामको बानीले गर्दा श्यामले हरेक प्रश्नको फटाफट सही उत्तर दिनसक्यो । अन्तमा अत्यधिक अङ्क ल्याई देवकोटा सदन विजयी भयो ।

हितेशको शिर झुक्यो । श्यामको टिमलाई उसले अबिर लगाइदियो र बधाई दिँदैभन्यो- “श्याम, अब म पनि शैक्षिक भ्रमण, मेला-प्रदर्शनीमा अवश्य जान्छु ।”

श्याम मुसुक्क हाँस्यो । भानु सदन र देवकोटा सदन दुवैतर्फका सहभागी हातेमालोगरी उभिए र फोटो खिचाए ।

२७

फलको राजा

असल र अनूप गफ गर्दागर्दै बगैँचामा पुगे । त्यहाँ फूलहरू पनि मुन्टो हल्लाईहल्लाईकुरा गर्दै थिए । गुलाफको हाँगा झुक्यो र पहिले असल अनि अनूपलाई फूलको भुप्पालेम्वाइँ खायो । गुलाफको बास्ना उनीहरूलाई खुप मन प-्यो । उनीहरू लद्‌ठ परे र त्यहीँथपक्क बसे । एकै छिनपछि त उनीहरूले फूलका क्रा बुझ्न थाले ।

“आज म हामीले फूलको राजा कसरी चुन्यौँ त्यो सुनाउँछु" भनी गुलमोहरलेभन्यो । “हुन्छ हुन्छ, सुनाउनुहोस्‌” भनी बगैँचामा रहेका अरू फूलहरूले भने ।

कथा सुनाउने पारामा गुलमोहरले भन्यो- एक पटक फूलहरूको सम्मेलन भयो ।तीनतिर हरिया पहाड र उत्तरतर्फ हिमालले घेरेको नदीनाला र तालैताल भएकोरमाइलो ठाउँ पोखरा सम्मेलनका लागि छानिएको थियो । सम्मेलनमा गुराँस, सयपत्री,लालुपाते, गुलाफ, बाञ्हमासे, कमल, बुकी, गुहँली, जाही, जुही, बेली, चमेली, गोदावरी,सूर्यमुखी, मेरीगोल्ड, लाउरे, लिली, मखमली, सुपारे, असारे, बान्हबजे, बेगनबेलियाआदि हजारौँ फूल भेला भएका थिए । म पनि त्यहाँ पुगेको थिएँ ।

फूलहरूको जमघट देखेर मानिसहरू रमाइरहेका थिए । अतिथिका रूपमा आएकाचराचुरुङ्गीहरू पुतलीहरू, भमरा, मौरी र गाइनेकीराहरू पनि त्यहीँ रमाउँदै थिए ।पोखरा यी सबैको उपस्थितिले झन्‌ झिलिमिली र रमाइलो भएको थियो । रातकोअँधैरीमा आकाश र धर्ती दुवै विवाहका बेला सजाएको घरजस्तै देखिएका थिए ।आफूलाई खुपै राम्रो छु भन्ने फूलहरू पनि त्यो देखेर भित्रभित्रै लनाइरहेका थिए । मतझन्‌ अक्क न बक्क भइसकेको थिएँ ।

सम्मेलनको पहिलो सत्रमा उद्घाटन कार्यक्रम थियो । यस सत्रमा फूलको हकहितकाबारेमा छलफल भयो । आफूलाई कसरी जगाउने र जोगाउने, मान्छे, पुतली र अरूलाईकसरी लोभ्याउने, वनकौँचादेखि बैठक, बार्दली, कोठाचोटा र मठमन्दिरसम्म फूलकोराज कसरी फैलाउनेजस्ता विषयमा खुपै छलफल भयो । अतिथिहरूले सफलताकोशुभकामना प्रकट गरे ।

रह

दोस्रो बन्द सत्रमा बिभिन्न प्रस्ताव प्रस्तुत भए । लामो छलफलपश्चात्‌ तिनलाईपारित गरियो । बन्द सत्रकै अर्को महत्त्वपूर्ण काम थियो- नेता छान्ने काम ।

उद्घोषकको काम सुनगाभाले जिम्मा लिएको थियो । उसले कदुसको हाँगाबाटबास्ना छदै भन्यो- “अब राजा छान्ने काम सुरु हुन्छ ।”

२९

सुनगाभाका कुराले सबका कान ठाडा भए । सबै टाठा भए । निदाएका जागे ।टाठाबाठाहरू नेता हुन तँछाडमछाड गर्न थाले ।

सूर्यमुखीले भन्यौ “म राजा हुन्छु । म फूल पनि, तेल पनि । त्यसैले मैले राजाहुन पाउनुपर्छ । सबैसँग मलाई राजा छान्न आग्रह गर्दछु ।”

गुराँसले भन्यो- “मलाई राजा चुन्नुहोस्‌ । म त भन्‌ नेपालको राष्ट्रिय फूल नै हुँ ।

के कोर ७.

म फुल्दा सारा पहाडै ढकमक्क फुलेको देखिन्छ ।”

कमलले पोखरीबाट टाउको हल्लाउँदै भन्यो- “दाजुभाइ तथा दिदीबहिनीहरू !राजा म पो हुनुपर्छ । म एकै ठाउँमा सीमित छैन । पहाडदेखि तराईसम्म जहाँजहाँजलाशय, पोखरी छन्‌ त्यहाँत्यहाँ म फुल्छु म फैलिएको छु । मेरो फूल, फल, जरा, डाँठसबै मानिस र अन्य प्राणीलाई उपयोगी छन्‌ । त्यसैले मलाई राजा चुन्नुहोस्‌ ।”

पे

गुलाफले बास्ना चलाउँदै भन्यो- “सुन्नुहोस्‌ राजा भनेको प्रेम हो, दया हो, दान होर दण्ड पनि हो । ममा यी सबै छन्‌ । मलाई सबै प्रेम गर्छन्‌, माया गर्छन्‌ । मइच्छुकहरूलाई दान गर्छु सोभझासाभझा दुःखीलाई दया गर्छु तर नियमसित नचल्ने,अनुशासन गुमाउनेलाई तीखा-अङ्कुसे काँढाले चिथर्छु पनि । म व्यापक पनि छु । त्यसैलेमलाई राजा छान्नुहोस्‌ ।”

सयपत्री, पारिजात, लिली, गोदावरी, लालुपातेहरूले पनि आफ्‌ राजा छानिनचाहेका थिए, तर सरर्यमुखी, गुराँस, कमल र गुलाफले आआफ्नो इच्छा र योग्यताबताइसकेकाले उनीहरू चुप लागे ।

फूलहरू कोही कतै र कोही कतै लागे । हेदहिदै सम्मेलनमा फूलका चार समूहभए । सबै आआफ्ना अडानमा देखिए । मतदानै गर्नुपर्ने मान्छेको रोग फूलमा पनिसल्कन थाल्यो ।

म केही नबोली हेरिरहेको थिएँ, सुनिरहेको थिएँ । मजस्तै सबैका क्रा सुन्दै गमखाएर बसिरहेको लालुपातेले आफ्ना राताराता पत्ती हल्लाउँदै भन्यो- “म राजा हुनखोजेको छैन (सबै हाँसे) । सुन्नुहोस्‌, हाम्रो लक्ष्य एकातिर छ, त्यसलाई चटक्क छाडेरएउटा नेता छान्ने काममा नबाझौँ । हामी त्यस्तो फूललाई नेता छानौँ, जसले हाम्रो लक्ष्यपूरा गर्न सकोस्‌, जसले सबैको मन जित्न सकोस्‌, जो संसारैभर पुगेको होस्‌, जसका

३0

धेरैभन्दा धेरै प्रजाति होङन्‌ ।

लालुपातेका कुरा नसकिँदै पारिजातले बीचैमा भन्यो- “एकदम राम्रो क्रा, तरत्यस्तो फूल कृत होला ? थाहा पाउँ न !”

गुराँस गम्भीर भएर अघि सन्यो । अरूहरू जिल्ल परे, आश्चर्यमा परे । मैले पनिकेही बुझन सकेको थिइनँ । गुराँसले हाँगा हल्लाएर फूल बर्साउँदै भन्यो- “धन्दा नमान्नुहोस्‌ ।म आफ्नो नाम फिर्ता लिन्छु । त्यस्तो फूल हो- गुलाफ ! हामी सबै मिलेर गुलाफलाईराजा छानौँ ।”

गुलाफको नाम आउनेबित्तिकै सबैले छुनुमुनु टाउको हल्लाएर बास्ना छदै समर्थनजनाए । कमल र सरर्यमुखीले पनि आआफ्नो नाम फिर्ता लिँदै समर्थन जनाए । उनीहरूलेभने- “ठीक हो । हामीभन्दा गुलाफ नै नेता हुनलायक छ । त्यसैले हामी पनि गुलाफलाईनेता मान्छौँ ।”

गुलाफ मक्ख पन्यो । त्यसै राम्रो, झन्‌ राम्रो देखियो । उसले सबैतिर गुलाफजल'र पराग छदै भन्यो- “मलाई सबै फूलले सर्वसम्मतिले नेता चुनेकोमा म सबैलाई धन्यवाददिन चाहन्छु । म आफ्नो शक्तिले भ्याएसम्म फूलको हकहित, इज्जत, मानप्रतिष्ठाबढाउनमा सधैँ लागिरहनेछु । धन्यवाद !”

सबै फूलहरू खुसीले नाच्न-गाउन र रमाउन थाले । म पनि खुप नाचेँ ।

आजसम्म पनि गुलाफ नै फूलहरूको राजा रहिआएको छ । गुलाफलाई सबैलेराजा मानेका छन्‌ । गुलाफ सबै ठाउँमा सबै रङमा पाइन्छ । यी यहाँ पनि छ ।गुलाफतिर हेरेर गुलमोहरले भन्यो- कसो गुलाफ राजा !

गुलाफले भन्यो- “ठीक भन्यौ काका, म त सधैँ पुष्पबन्धुहरूप्रति आभारी छु ।”कुरा सुनिरहेका असल र अन्‌पले भने- “गुलाफ राजा- जिन्दावाद !”उनीहरूको नारा सुनेर फूलहरू पनि रमाए । सबै फूलले एकैचोटि बास्ना छरे ।

डर

. बूढाको अर्ती

. भकूल्लेको साथी को ? (बालकथा). भाँडाकुटी

. भालुलाई पाठ (बालकथा)

, भूतको कथा

. भूतसँग जम्काभेट

. मकमक घुर्र

. मकैको रोटी

- मनु र भँगेरा

. मन्टुकी बज्यैको कथाको पेटारो. मानिस नै देवता

. मामाघरको हजुरबा (बालकथा). माहरीको पुस्तकालय

. मितेरी गाउँ

७७. मेरो सानो घोडा

. मेरो मुरली

. मोती र गुलाब

. रङ्ग्गीचङ्गगी कथाहरू

. रमाइला नानी (भाग १, २, ३). रामेको कथा (बाल-उपन्यास). राम्रो काम

. राहुलका माछा र सुगा

. रूपैयाँ फल्ने रूख

. रि" का केही कथा

5७.. लुकामारी

. ल्वाँदै र गरबाँदै

. लोखर्केको बिहे

. विज्ञानका ताराहरू

. विदेशी बगैंचाका चार थुँगा फूल. विदेशी बगैँचाका पाँच थुँगा फूल. विदेशी बगैंँचाका छ थुँगा फूल

- शोकाकूल ढुङ्गाहरू

- श्रीकृ्‌ष्णलीला

।, सगुन र सडक (बालकथा)

. सन्तु र सुगा (बालकथा)

. सर्वश्रेष्ठ प्राणी को ? (बालकयासङ्ग्रह)

लाटोकोसेरोलाई लड्डू

१००.१०१.१०२.१०३.१०४.१०५.१०६.१०७.१०८.१०९.११०.१११.११२.११३.११४.१११.११६.

११७.

११०.११९.१२०.१२१.१२२.१२३.१२४,१२५.१२६.

१२७.१२०.१२९.१३०.१२१.१३२.१३३.

साथीसँग बनभोज

सारङ्गी (बालकविता)सीमाको सुगा

सुनचाँदीको बालक

सुनकेस्रा (बालकथा सङ्कलन)सुनौला तीन कुरा

सुनाखरी

सुनको छाती

सुरीको साइकल (बालकथा)सुशीला र सगुन (बालकथा)सेती परी काली परी

सूर्यमुखी फूल

सोझी नानू छद्दू राजु (बालकथा)स्वार्थी ब्वाँसो (बालकथासङ्ग्रह)हराएकी छोरी

हरियाली (बाल-उपन्यास)हान्स क्रिस्चियन एन्डरसन रउनका परीकथाहरू

हाम्रा केही प्रसिद्ध साहित्यकार(भाग १, २)

हिउँकान्छा (बालकथा)हिमाली डाँफे

हीराको टुक्रा

हीरा र मोती

कसले के बुझ्यो

कान्छाको मोटर

किसान र भालु

गीता पापा (पौराणिक बालकाव्य)घामको घर जूनको छानो(बालगीतमाला)

चराहरुको पर्यटन मेलाझलमल्ल घाम (बालकथासङ्ग्रह)झिलिमिली तारा

दानवीर स्कूल

लालीगुराँस

साथी-साथी (बौलकथासङ्ग्रह)सुन्दर पार्कका सुन्दर फूलहरू

।५।८५८०५ ४५

७१60

/४०४/४.००५४०।८०|०००.०/८/४////,0[८।१८|0०41.0/4

हाम्रा नयाँ प्रकाशनहरू

1581 १1133-॥ ३ 1995911, 2118 [२३ 11917 |

[॥-पमप-].2100 211०९: रर. 50.00 १9॥789११३ ॥